हितेन्द्र देव शाक्यको रिटमा आज सुनुवाइ

द एभरेष्ट पोष्ट
२२ कार्तिक २०८२ १२:४२
हितेन्द्र देव शाक्यको रिटमा आज सुनुवाइ

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ। न्यायाधीश अव्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ।

यसअघि उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई आजलाई बोलाएको थियो। सरकारले आफूलाई गैरकानुनीरुपमा पदबाट हटाएको भन्दै उनले पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

जेनजी आन्दोलनपछि कुलमान घिसिङ ऊर्जामन्त्री भएपछि उनको सिफारिसमा मन्त्रिपरिषद बैठकले शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको थियो। सरकारले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

केपी ओली नेतृत्वको सरकारले कुलमानलाई हटाएर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस