भण्डारीको बोरा उपन्यासलाई सर्वोत्कृष्ट उपन्यास पुरस्कार प्रदान
भर्जिनिया, १६ कात्तिक ।
अन्नपूर्ण पोष्टका प्रधान सम्पादक अखण्ड भण्डारीको उपन्यास वोरालाई अनेसास एकराज पाण्डे सर्वोत्कृष्ट उपन्यास पुरस्कार प्रदान गरिएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्तीका अवसरमा शनिवार भर्जिनियाको मनाससमा आयोजित पुरस्कार वितरण समारोहमा अनेसासले पूर्व घोषित निर्णय अनुसार अनेसास एकराज पाण्डे सर्वोत्कृष्ट उपन्यास पुरस्कार प्रदान गरेको हो ।
समारोहका प्रमुख अतिथि बोर्ड अफ ट्रष्टीका (विओटी)का पूर्व अध्यक्ष डा. श्याम कार्की र पुरस्कार समितिका अध्यक्ष तीर्थराज पाण्डेयले १००० डलर धनराशी सहित पुरस्कार भण्डारीलाई प्रदान गरेका हुन् ।
अनेसासले प्रत्येक दुई वर्षमा विभिन्न ११ विधाका पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्षको सर्वोत्कृष्ट उपन्यास पुरस्कार भण्डारीको उपन्यास बोरालाई प्रदान गरिएको हो ।
