अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्धारा ११ वटा विधामा पुरस्कार प्रदान

द एभरेष्ट पोष्ट
१७ कार्तिक २०८२ २०:०३
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्धारा ११ वटा विधामा पुरस्कार प्रदान

भर्जिनिया, १६ कात्तिक ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले ११ वटा विधामा पुरस्कार प्रदान गरेको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्तीका अवसरमा शनिवार भर्जिनियाको मनाससमा आयोजित पुरस्कार वितरण कार्यक्रममा अनेसासले पूर्व घोषित निर्णय अनुसार ११ विधाका पुरस्कार प्रदान गरेको हो ।

दुई हजार एक सय डलर राशीको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार रोशन थापा नीरवको सन्त्रासका साठी दिन उपन्यासलाई प्रदान गरिएको छ ।
अनेसास एकराज पाण्डे सर्वोत्कृष्ट उपन्यास पुरस्कार अखण्ड भण्डारीको उपन्यास वोरालाई प्रदान गरियो । अनेसास नन्दादेवी सर्वोत्कृष्ट लोक साहित्य पुरस्कार रुकुमका लोककथाका लेखक शशिराम कार्कीले प्राप्त गरे ।

एक हजार डलर राशीको अनेसास होमनाथ सुवेदी डायस्पोरा वाङ्गमय पुरस्कार डा. तुलसी आचार्यको स्वप्न भूमि उपन्यास, अनेसास सर्वोत्कृष्ट तीर्थ पाण्डे निबन्ध नियात्रा, संस्मरण पुरस्कार मोमिलाको निबन्ध संग्रह प्रश्नहरु त बाँकी नै छन् लाई प्रदान गरियो ।

त्यसैगरी साँस्कृतिक अध्ययन विधाको अनेसास सीता शर्मा संस्कृति तथा दर्शन पुरस्कार डा. दुर्गाबहादुर घर्तीको साँस्कृतिक अध्ययन,अनेसास राष्ट्रकवि काव्य पुरस्कार (डायस्पोरा) जगन्नाथ पौडेलको बग्दा बग्दै कविता संग्रह,अनेसास राष्ट्रकवि काव्य पुरस्कार कृसु क्षेत्रीको कविता संग्रह पसिनाको क्यानभास, अनेसास पदम विश्वकर्मा उत्कृष्ट कथा पुरस्कार कृष्ण कुसुमको कथा संग्रह पाश्र्वधुनलाई प्रदान गरियो ।

यसैगरी अनेसास लक्ष्मण सत्याल गीत गजल पुरस्कार लक्ष्मण सिटौलाको गीत संग्रह धर्तीका ध्वनिलाई र अनेसास शिव लामिछाने गीत वाल साहित्य पुरस्कार वाल साहित्य यात्रामा देशकी लेखिका विमला निरौलालाई प्रदान गरियो ।

समारोहमा प्रमुख अतिथि बोर्ड अफ ट्रष्टीका (विओटी)का पूर्व अध्यक्ष डा. श्याम कार्की, अमेरिकाको मेरिल्याण्ड राज्यका डेलिगेट डा. ह्यारी भण्डारी, गोरखा पत्र संस्थानका महाप्रबन्धक लाल बहादुर ऐरी, गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष सतेन्द्र साह, अनेसासका अध्यक्ष सर्वज्ञ वाग्ले, बोर्ड अफ ट्रष्टीका (विओटी)का अध्यक्ष पदम विश्वकर्मा, पूर्व अध्यक्ष गीता खत्री, सल्लाहकार तीर्थराज अधिकारी, अनेसासका पूर्व अध्यक्ष गोवद्र्धन पूजा, ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष महेश्वर पन्तले मन्तव्य व्यक्त गरेका थिए ।

अनेसासले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको विभिन्न ११ विधाका पुरस्कार शनिवार भर्जिनियामा एक समारोहमा प्रदान गरेको हो । कूल ११ हजार छ सय डलर राशीका ११ वटा पुरस्कारका लागि विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका थिए ।

समारोह पुरस्कार समितिका संयोजक तीर्थराज पाण्डेयको सभापतित्वमा सम्पन्न भएको थियो ।

दुई शत्रमा सञ्चालित समारोहको पहिलो शत्रको सञ्चालन अनेसासकी कोषाध्यक्ष तारा अधिकारी र दोस्रो शत्रको सञ्चालन महासचिव राजु सिटौला गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस