मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
काठमाडौं : राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने बताएका हुन्।
उनले आन्दोलनबारे मानव अधिकार आयोगलाई समेत जानकारी गराएको बताए। आन्दोलनका क्रममा कसैले बन्द उल्लंघन गरे, तोडफोड वा आगजनी भए त्यसको जिम्मेवारी अभियानले नलिने उनको भनाइ छ।
उनले आन्दोलन शान्तिपूर्वक हुने दावी गरे।
ट्रेन्डिङ
ताजा समाचार
सम्बन्धित
कात्तिक २२ भित्र प्रतिनिधिसभा समानुपातिक उम्मेदवार आह्वान गर्ने रास्वपाको निर्णय
१३ कार्तिक २०८२ १२:३९
