एनपीएल ट्रफी टुर : जानकी मन्दिरमा पूजापाठसँगै टुर सुरु

द एभरेष्ट पोष्ट
२ कार्तिक २०८२ १५:१८
एनपीएल ट्रफी टुर : जानकी मन्दिरमा पूजापाठसँगै टुर सुरु

सर्लाही । नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुरको क्रममा आज जनकपुरधाममा विशेष कार्यक्रमका साथ ट्रफी प्रदर्शनी गरिएको छ ।सातै प्रदेशमा आयोजना भइरहेको ट्रफी टुर कार्यक्रम अन्तर्गत मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज जानकी मन्दिरमा विधिवत पूजापाठ गरी ट्रफी प्रदर्शन सुरु गरिएको हो ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास वैष्णवले ट्रफीको पूजापाठ गरेपछि आयोजक टोलीले मन्दिर प्रांगणमा निर्माण गरिएको विशेष मञ्चमा ट्रफी प्रदर्शन गरेको थियो । त्यसपछि ट्रफीलाई नगरका विभिन्न प्रमुख स्थलहरूमा ¥यालीसहित घुमाइएको जनाइएको छ ।

जानकी मन्दिरबाट सुरु भएको ट्रफी यात्रा राम मन्दिर, मुरलीचौक, जिरो माइल, रामानन्द चौक, पिडारी चौक, मिल्स एरिया, भानु चौक, कदम चौक हुँदै पुनः मुरलीचौक र जिरो माइल पार गर्दै बस स्ट्यान्डस्थित होटलमा सम्पन्न गरिने छ । नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा जनकपुर बोल्ट्सले विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस