विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले फिर्ता गरे गाडी

द एभरेष्ट पोष्ट
११ असोज २०८२ १०:४६
विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले फिर्ता गरे गाडी

काठमाडौं । विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले सुविधा वापत्त लिएको गाडी फिर्ता गरेका छन् ।

संसद् सचिवालयको सवारी शाखा प्रमुख प्रदीप नेपालका अनुसार १२ वटा विषयगत समितिका सभापति र चार जना प्रमुख सचेतक र सचेतकले गाडी फिर्ता गरेका छन् ।

प्रतिनिधि सभा अन्तर्गत १० वटा विषगत समिति रहेका छन् । संयुक्त दुई वटा समितिको सभापतिमा समेत प्रतिनिधि सभा सदस्य नै थिए । उनीहरू सबैले सुविधा वापत्त लिएको गाडी फिर्ता गरेका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक र सचेतकले समेत गाडी फिर्ता गरेका छन् । कांग्रेसका प्रमुख सचेतक र सचेतकको गाडी भने जलेको छ ।

गच भदौ २४ गते सिंहदरवारमा आगलागी हुँदा कांग्रेस र एमालेको संसदीय दलको कार्यालय समेत जलेको थियो । त्यसबेला कांग्रेसका प्रमुख सचेतक र सचेतकको गाडी सचिवालय परिसरमै थियो ।

सरकारले मितव्ययिता अपनाउने भनेर पूर्व राजनीतिक पदाधिकारीहरूको समेत गाडी फिर्ता गराउने भनेको छ । त्यसअनुसार संसद सचिवालयले समेत पूर्वसभामुख, राष्ट्रिय सभाका पूर्वअध्यक्ष लगायतको गाडी फिर्ताका लागि पहल लिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस