तुईन खोलाको पहिरो पन्छाउने कार्य जारी, रातिसम्म सडक खुल्ने सम्भावना
चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने कार्य निरन्तर रूपमा अगाडि बढिरहेको छ । विहिबार बिहान साढे ५ बजेदेखि शुरु गरिएको पहिरो पन्छाउने कार्य अहिले पनि जारी रहेको छ ।
हाल पहिरो पन्छाउन नारायणघाट र मुग्लिन तर्फबाट ५ वटा उपकरण निरन्तर रूपमा परिचालन भैरहेको सडक डिभिजनकार्यालय भरतपुरले जनाएको छ । सडक आवागमन पुर्ण रूपमा सुचारू नहुन्जेलसम्म उक्त सडक प्रयोग गर्ने सम्पूर्ण सवारीधनी एवं यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गरेर सहयोग गर्न आग्रह गरेको छ ।
सडक डिभिजनले आज रातिसम्म पहिरो पन्छाएर सक्ने लक्ष्य राखेको छ ।
ट्रेन्डिङ
सम्बन्धित
ट्रम्प–पुटिन वार्ता रद्द भएको केही घण्टामा रुसी हवाई हमला हुँदा बालबालिका पनि मारिए
६ कार्तिक २०८२ २१:४८
