ट्रम्पले जेलेन्स्कीसँग गरे लामो फोन वार्ता, बोलाए वाशिङ्टन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन्।

शनिबार बिहान रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घन्टा वार्ता गरेर वाशिङटन फर्कँदै गर्दा ट्रम्पले एयरफोर्स वान बाटै जेलेन्स्कीसँग टेलिफोन संवाद गरेका हुन्।

ट्रम्पले विमानबाटै जेलेन्स्की र नेटो आबद्ध युरोपेली नेताहरूसँग संवाद गरेको ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले जानकारी दिएकी छन्।

अमेरिकी मिडिया सिएनएनका अनुसार ट्रम्पले सुरूमा जेलेन्स्कीसँग र पछि युरोपेली नेताहरूसँग अलास्कामा भएको भेटवार्ता र छलफल र त्यसको प्रगतीबारे संवाद गरेका थिए।

ट्रम्पसँगको कुराकानीपश्चात युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफू आगामी सोमबार वाशिङ्टन जाने बताएका छन्।

उनले ट्रम्पले नै वाशिङ्टन आउन निम्तो दिएको बताउँदै त्यसका लागि धन्यवाद पनि भनेका छन्।

‘सोमबार वाशिङ्टन डिसी पुगेर राष्ट्रपति ट्रम्पसँग भेट्नेछु र युक्रेनमा जारी हत्या र युद्ध अन्त्यका लागि छलफल गर्नेछु। निम्ताका लागि आभारी छु,’ जेलेन्स्कीले भनेका छन्।

उनले युक्रेनमा शान्ति स्थापनाका लागि अधिकतम प्रयत्नका लागि आफू तत्पर भएको पनि बताएका छन्।

‘राष्ट्रपति ट्रम्पले अलास्कामा भएको वार्ताबारे जानकारी गराउनुभयो। पुटिनसँगको बैठक र त्यसमा भएका मुख्य विषयबारे पनि अवगत गराउनुभयो। अहिलेको परिस्थिती बन्नुमा अमेरिकाको भूमिका महत्त्वपूर्ण छ,’ जेलेन्स्कीले भनेका छन्।

 बल अब जेलेन्स्कीको कोर्टमा छः ट्रम्प

अलास्कामा पुटिनसँग तीन घन्टा लामो वार्ता सकिएपछि फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले बल अब जेलेन्स्कीको कोर्टमा पुगेको बताएका हुन्।

‘धेरै बुँदामा सहमत छौं। तर सम्झौता भएको छैन। अन्तिम सहमति नभएसम्म सम्झौता भएको मानिँदैन। तर तत्कालका लागि धेरै प्रगती भएको छ,’ उनले भने।

उनले महत्त्वपूर्ण विषयमा  सहमति हुन बाँकी रहेको बताएका छन्। तर त्यो विषय के हो भन्ने खुलाएका छैनन्।

‘अब यो जेलेन्स्कीमा निर्भर रहन्छ। युरोपेली नेताहरू पनि संलग्न हुनुपर्छ। तर अन्ततः जेलेन्स्कीमाथि नै निर्भर रहने हो। अर्को बैठकको तयारी भइरहेको छ। उनीहरू चाहन्छन् भने त्यो बैठकमा म पनि हुन्छु,’ ट्रम्पले भनेका छन्।

पुटिनका चार अडान 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामका लागि आफ्ना अडानहरू कायमै राखेका छन्।

पत्रकार सम्मेलनका क्रममा पुटिनले युक्रेन युद्धलाई रूसको सुरक्षामा रहेको मौलिक खतरा भनेका छन् ।

त्यसलाई समाधानका लागि रूसले राखेका सर्तहरू उनले पुनः दोहोर्‍याए।

न्युयोर्क टाइम्सका अनुसार पुटिनका चार अडान छन्।

युक्रेनको ठूलो भू-भाग रूसी नियन्त्रणमा जाने, सेना घटाउने, युक्रेनलाई नेटोमा सहभागी नगराउने र युक्रेनको सरकार परिवर्तन गर्ने।

यी मागलाई युक्रेन र पश्चिमी मुलुकहरूले अस्वीकार्य भनेका छन्।

ट्रम्प र पुटिनबीच वार्ता तय भएपछि युरोपेली मुलुकका नेताहरूले ट्रम्पसँग भर्चुअल संवादसमेत गरेका थिए।

त्यस क्रममा उनीहरूले जमिनको अदलाबदलीलगायत युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई असर गर्ने कुनै पनि निर्णय अमान्य हुने भनेका थिए।

ट्रम्पले पनि जमिनबारे युक्रेनले नै निर्णय गर्ने भनेर युरोपेली नेताहरूलाई जबाफ दिएका थिए।

पाकिस्तानमा बाढी र पहिरोका कारण २२५ जनाको मृत्यु

काठमाडौँ, ३१ साउन: पाकिस्तानमा लगातारको भारी मनसुन वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण पछिल्लो २४ घण्टामा कम्तीमा २२५ जनाको ज्यान गएको छ । सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको हो, जहाँ १८० जनाको मृत्यु भएको छ । पाकिस्तानअधीन कश्मीरमा नौ जना र गिलगित–बाल्टिस्तान क्षेत्रमा पाँच जनाको ज्यान गएको छ ।

बाढी र पहिरोका कारण महिलासहित धेरै बालबालिकाहरूको मृत्यु भएको छ । उद्धार कार्यका क्रममा मौसम खराबीका कारण प्रान्तीय सरकारको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटसहित पाँच जनाले ज्यान गुमाएका छन् । सरकारले बुनर, बजौर, मानसेहरा र बट्टाग्राम जिल्ला ‘विपद् प्रभावित क्षेत्र’ घोषणा गरेको छ । स्थानीय बासिन्दाहरूले घटनालाई ‘प्रलय’ र ‘प्रलयको दिन’ सरह भयावह भएको बताएका छन् ।

पाकिस्तानको मौसम विभागले आगामी दिनमा झनै भारी वर्षा हुने चेतावनी दिँदै जोखिमयुक्त स्थानबाट टाढा रहन आग्रह गरेको छ । सरकारद्वारा शनिबारलाई शोकको दिन घोषणा गरिएको छ, जहाँ राष्ट्रिय झण्डा आधा झुकाइनेछ र मृतकहरूलाई राज्य सम्मानसहित अन्त्येष्टि गरिनेछ । जलवायु परिवर्तनका कारण पाकिस्तानमा यस्ता चरम मौसम घटनाहरू बढ्दो क्रममा छन् । यो वर्षको असामान्य मनसुनले अहिलेसम्म ५०० जनाभन्दा बढीको ज्यान लिइसकेको छ ।

वार्ताकै बिच युक्रेनमाथि ड्रोन र मिसाइल वर्षा !

काठमाडौँ, ३१ साउन: रुसले शुक्रबार साँझदेखि रातभर युक्रेनमाथि ८५ आत्मघाती ड्रोन र एक ‘इस्कान्दर–एम’ ब्यालिस्टिक मिसाइल प्रहार गरेको युक्रेनी वायु सेनाले जनाएको छ। किभसहित चार अग्रपंक्ति क्षेत्रलाई निशाना बनाइएको थियो। युक्रेनले ६१ ड्रोन खसालेको दाबी गरेको छ।

यो आक्रमण अमेरिकाको अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच भएको महत्त्वपूर्ण वार्ताकै दिन भएको हो। एंकोरेजमा झन्डै तीन घण्टा चलेको यो वार्ता सन् २०२१ पछिको पहिलो प्रत्यक्ष भेट थियो, तर युक्रेन युद्ध अन्त्यका लागि कुनै ठोस सहमति हुन सकेन।

ट्रम्पले भने, ‘हामीसँग यसलाई पूरा गर्ने राम्रो सम्भावना छ।’ उनले युक्रेन युद्धविरामको जिम्मेवारी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि रहेको बताए। ट्रम्पले पुटिन, जेलेन्स्की र युरोपेली मुलुकहरू सम्मिलित अर्को बैठक चाँडै हुने संकेत गरे, तर मिति र स्थान खुलाएनन्।

सन् २०२२ फेब्रुअरीदेखि सुरु भएको रुसी आक्रमणले हजारौँको ज्यान लिइसकेको छ। जेलेन्स्कीले वार्तापछि कुनै प्रतिक्रिया दिएका छैनन्। एजेन्सी

रवि लामिछानेलाई अहिले ३ बजे नख्खु कारागारमा ल्याइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज नख्खु कारागार ल्याइने भएको छ । रूपन्देही कारागारमा रहेका रविलाई आज दिउँसो ३ बजे हवाईमार्ग हुँदै ल्याउन लागिएको हो ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख राजेन्द्र भट्टले भने, “रवि लामिछानेलाई आज दिउँसो ३ बजे फ्लाइटबाट ललितपुरको नख्खु कारागार लैजाँदैछौँ ।”

सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने हाल रूपन्देही कारागारमा थुनामा छन् । रविलाई नख्खु कारागार ल्याउन कारागार व्यवस्थापन विभागले निर्णय गरेको थियो ।

कारागार व्यवस्थापन विभागले निर्णय गरेर रुपन्देही कारागारमा जानकारी पठाइएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले शुक्रबार जानकारी दिएका थिए । रविले नै नख्खु कारागार बस्न माग गरेका थिए ।

अँध्यारो कोठामा मानव अधिकारका न्यूनतम मापदण्ड पनि पालना नगरेर राखिएको दाबीसहितका समाचार बाहिरिएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले साउन २६ मा रूपन्देही कारागारको अनुगमन गरेको थियो ।

आयोगको टोलीले रूपन्देही कारागारको अवस्था दयनीय रहेको निष्कर्ष निकालेको थियो । अदालतबाट आदेश हुँदासमेत लामिछानेलाई स्थानान्तरण नगरिएको पाइएको आयोगले अनुगमनका क्रममा बताएको थियो ।

कोप- ३० को तयारी सुरु, सगरमाथा संवादका निष्कर्षलाई प्राथमिकताका साथ उठाइने

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप-३०) का लागि नेपालले तयारी प्रारम्भ गरेको छ । कोप– ३० आगामी १० देखि २१ नोभेम्बर (आगामी २४ कात्तिकदेखि ५ मङ्सिरसम्म)सम्म ब्राजिलको बेलेममा आयोजना हुँदै छ । यो सम्मेलन जिवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र र जैविक विविधता संरक्षण अभिवृद्धि, कृषि र खाद्य प्रणालीको रुपान्तरण, मानव पक्षपोषण र सामाजिक विकास तथा प्रविधि, क्षमता अभिवृद्धिललगायत एकअर्कामा गासिएका विषयमा छलफल केन्द्रित हुने जनाइएको छ । त्यसका लागि ब्राजिल सरकारले प्रस्ताव अघि बढाएको छ ।

नेपालले पनि गत जेठमा सम्पन्न गरेको ‘सगरमाथा संवाद’का निष्कर्ष ‘सगरमाथा आह्वान’ को हिमाल संरक्षणलगायत विषयलाई जोडदार रुपमा उठाउने गरी तयारी थालेको छ । वन तथा वातावरण मन्त्रालयले शुक्रबार नेपालका लागि ब्राजिलका राजदूत, सरोकारवाला सरकारी तथा गैरसरकारी र विकास साझेदारका प्रतिनिधिसहितको बैठक गरी कोप– ३० को तयारी थालेको छ ।

वनमन्त्री ऐनबहादुर शाही ठकुरीले मन्त्रालयले कार्ययोजना बनाई सम्मेलनको तयारी थालेको बताउँदै विगतका अनुभवलाई ध्यानमा राखेर अघि बढ्ने उल्लेख गरे । उनले भने, ‘सबैका आवाज र साथ लिएर चुस्त टिमका साथ सम्मेलनमा सहभागिता जनाउँनेछौँ । नेपालले विगत वर्षहरूका कोपबाट पनि धेरै अनुभव हासिल गरेको छ । कमीकमजोरी हुन नदिन थप सशक्त तयारी गर्नेछौँ । सम्मेलनमा जलवायु वित्त, कार्बन व्यापार, जलवायु अनुकूलन र न्यूनीकरण, जलवायुजन्य हानी नोक्सानीलगायत विषयलाई सशक्त रुपमा उठाउने गरी तयारी अघि बढाएका छौँ ।’ यस पटकको सम्मेलन नेपालबाट धेरै टाढा रहेको ब्राजिलको मुख्य सहरभन्दा टाढा सम्मेलनस्थल भएकाले कम पूर्वाधारका कारण आगन्तुकको बसाइ खर्चिलो हुने बताइएको छ ।

विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको मुलुकमध्येमा पर्दछ । जलवायु परिवर्तनको असर विशेषगरी हिमाली क्षेत्रमा हिमताल पग्लने र विस्फोट हुने, पहाडी क्षेत्रमा पहिरो र सुक्खा खडेरी र तराई मधेसमा बाढी पहिरोहरू देखिन थालेको मन्त्री शाहीले बताए । हिमाल, पहाड र तराई/मधेसमा बसोबास गर्ने गरिब, साना किसान, सीमान्तकृत आदिवासी, महिला, बालबालिका, अशक्त, तथा ज्येष्ठ नागरिक बढी प्रभावित बनेका छन् ।

सगरमाथा संवादका निष्कर्षलाई प्राथमिकताका साथ उठाइने

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा. महेश्वर ढकालले सम्मेलनको तयारीका लागि पेभिलियन र साइड कार्यक्रमको अवस्था, राष्ट्रिय अवधारणा पत्र तयारी, प्रतिनिधि मनोनयनको निर्देशिका स्वीकृति, अन्तरमन्त्रालय समन्वय, अमेरिकाको न्यूयोर्कमा रहेको नेपाली स्थायी नियोगसँग समन्वय, सगरमाथा आह्वान कार्यको बारेमा अन्तरक्रियालगायत विषयमा छलफल गरिने जानकारी दिए ।

‘यसका साथै राष्ट्रिय वातावरण तथा जलवायु परिवर्तन परिषद्को बैठक, कोप सम्मेलनको पूर्वतयारी बैठक, राष्ट्रिय जलवायु परिवर्तन परिषद् बैठक, पेरिस सम्झौताको धारा ६ अन्तर्गतको छलफल, संयुक्त राष्ट्रसङ्घका महासचिवले जलवायु कार्यमा नेपालको एनडीसीको उच्चस्तरीय सहभागिता तयारी गर्नेछौँ,’ उनले भने, ‘नयाँ वार्ता समूह दर्ता, उच्चस्तीय शिखर सम्मेलनको तयारी, सम्बन्धित अधिकारीहरूलाई तालिम, मनोनित प्रतिनिधिहरूको भूमिका विभाजन, कोप– ३० मा भाग लिनका लागि आचारसंहिता, कोप– ३० को भर्चुअल अनुगमन र समन्वय संयन्त्रलगायतका विषयमा तयारी गर्नेछौँ ।’

पेरिस सम्झौताअनुसार विश्व समुदायले यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन सहमति गरे पनि सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम सरदर १.८ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ । साथै उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुई तिहाई हिम भण्डार पग्लने अनुमान अध्ययनले गरेका छन् ।

युथ एलाइन्स फर इन्भायरोन्मेन्ट (युएई) अध्यक्ष सनोत अधिकारीले यस सम्मेलनमा नेपालले खासगरी युवाका विषयका साथै जलवायु वित्त, हरित जलवायु कोष र हानी नोक्सानी कोषमा पँहुच र सरलीकरण विषय, कार्बन व्यापार, जलवायु अनुकूलन र न्यूनीकरणलगायत विषयमा आवाज उठाउनुपर्ने बताए । यसका साथै नेपालले सगरमाथा संवादको निष्कर्ष ‘सगरमाथा आह्वान’ का विषयका साथै नेपालले जलवायु परिवर्तनमा गरेका राम्रा अभ्यासका बारेमा सशक्त रुपमा आवाज उठाउन मन्त्रालयलाई सुझाव दिए ।

नेपालबाट उच्चस्तरीय सहभागिता

कोप– ३० मा नेपालबाट राष्ट्रप्रमुख वा सरकार प्रमुख तहको उच्चस्तरीय सहभागिता जनाउने गरी मन्त्रालयले तयारी गरिरहेको छ । यस सम्मेलनमा सम्भवतः प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपालले सहभागिता जनाउनेछन् । पछिल्लो समय उनले जलवायु परिवर्तन र वातावरणका विषयमा प्राथमिकताका साथ चासो लिँदै आएका छन् ।

नेपालबाट हालसम्म पाँच सम्मेलनमा राष्ट्र/सरकार प्रमुखस्तरबाट सहभागिता भएको छ । सन् २००९ डेनमार्कको कोपनहेगनमा भएको १५औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल, सन् २०१८ मा पोल्याण्डमा भएको २४औँ सम्मेलनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, सन् २०२१ मा संयुक्त अधिराज्यको स्कटल्याण्डमा भएको २७औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, सन् २०२३ मा युएईको दुबईमा भएको कोप– २८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गत वर्ष अजरबैजानको बाकुमा भएको कोप–२९ सम्मेलनमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वको नेपालले उच्चस्तरीय सहभागिता जनाएको थियो ।

उच्चस्तरीय प्रतिनिधत्वले सम्बन्धित मुलुकले सम्मेलनलाई कति गम्भीर रूपमा लिएको छ भन्ने सन्देश जाने र यसले निर्णय क्षमता र कार्यान्वयनमा ठूलो महत्त्व राख्ने कूटनीतिक विषयका जानकारहरूको भनाइ छ ।

वैज्ञानिक अध्ययनअनुसार हिमाली क्षेत्रको तापक्रम वर्तमान तथा भविष्यमा विश्वको औसत तापक्रमको दाँजोमा ०.३ डिग्री सेल्सियसदेखि ०.७ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ । परिवर्तित जलवायुका कारण नेपालमा पछिल्लो समय मनसुनी वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक हेरफेर देखिन थालेको छ । यसप्रकारको हेरफेरका कारण उत्पन्न हुने जलवायुजन्य प्रकोप र विपद्ले गर्दा नेपाली जनताले बहुपक्षीय चुनौतीको सामना गर्नुपरिरहेको छ ।

शिक्षा विधेयक ४ भदौमा प्रतिनिधिसभामा पेस हुने

काठकाडौं । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-२०८० भदौ ४ गते प्रतिनिधिसभामा पेस हुने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ४ भदौमा शिक्षा विधेयकलाई प्रतिनिधिसभामा पेस गर्ने तयारी गरेको शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।

अनुसार विधेयकको प्रतिवेदन लेखनको काम अन्तिम चरणमा पुगिसकेको छ भने १ भदौमा शिक्षा समितिका सदस्यहरूलाई उक्त प्रतिवेदन अध्ययन गर्न दिने र ४ भदौमा विधेयकलाई प्रतिनिधिसभामा टेबुल गर्ने योजना रहेको छ । उनले भने, ‘जसरी पनि भदौ ४ गते विधेयकलाई प्रतिनिधिसभामा टेबुल गर्छु भनेर लागेको छु । विवादका कुरा लगभग टुंगी सकेका छन् । केही छुटपुट विषयलाई पनि एक/दुई दिनभित्रै सहमति जुटाएर विधेयक टेबुल हुन्छ ।’ सरकारले (शिक्षा मन्त्रालय)ले साथ दिए उक्त मितिमा विधेयक टेबुल गर्न कसैले राेक्न नसक्ने उनकाे भनाइ छ ।

सभापति थापाले ४ भदौमा शिक्षा विधेयकलाई प्रतिनिधिसभा पेस गर्ने दाबी गरेपनि सोही मितिमा विधेयक पेस हुन्छ भनेर  विश्वस्त हुनसक्ने अवस्था भने छैन । शिक्षा विधेयकमाथिका अधिकांश विषयमा सहमति जुटेपनि निजी विद्यालयले विद्यार्थीलाई दिनुपर्ने छात्रवृत्तिको विषयमा भने सरकार, समिति र निजी विद्यालय सञ्चालकहरूबीच सहमति जुट्न सकेको छैन ।

शिक्षा समितिका अधिकांश विद्यार्थीलाई आवाससहितको छात्रवृत्ति दिनुपर्ने व्यवस्था गर्नुपर्ने आवाज उठाइरहेका छन् भने निजी विद्यालय सञ्चालकहरूले त्यसलाई अस्वीकार गर्दै आएका छन् । यही विषयलाई लिएर निजी विद्यालय सञ्चालकहरूका छाता संगठनहरु हिसान, प्याब्सन, एनप्याब्सन र नेशनल प्याब्सनले २८ असारदेखि संयुक्त रुपमा चरणबद्ध आन्दोलन नै सुरु गरिसकेका छन् । त्यस्तै नेपाल शिक्षक महासंघ पनि शिक्षा विधेयकमाथि गरिएका व्यवस्थामा पुर्न रुपमा सन्तुष्ट देखिएको छैन । महासंघले पनि भदौ दोस्रो सातादेखि आ​न्दोनल गर्ने घोषणा गरे आन्दोलनको मोडालिटी खोजी गर्दै छ ।

विधेयक मुख्य सरोकारवाला पक्ष नेपाल शिक्षक महासंघ र निजी विद्यालय सञ्चालक नै असन्तुष्ट रहेको सन्दर्भमा शिक्षा विधेयक आगामी साताभित्रै प्रतिनिधिसभामा पेस गर्ने शिक्षा समितिको दाबीमा पूर्णरुपमा विश्वस्त हुनसक्ने अवस्था भने छैन ।

शिक्षा विधेयकमाथि देखिएका समस्या समाधानमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आवश्यक पहलकदमी चाल्न नसक्दा समस्या समाधान अझै समस्या समाधान हुन सकेको छैन । अहिले शिक्षा विधेयकमा देखिएका बिबादमा समाधान खोज्नुको सट्टा शिक्षामन्त्री रघुजी पन्तले निजी विद्यालय सञ्चालकहरुलाई नै उचाल्ने काम गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार उनी सार्वजनिक कार्यक्रमहरूमा गएर निजी विद्यालयलाई आन्दोलन गर्न उक्साइरहेका छन् ।

गत साउन २२ गते बसेको शिक्षा समितिको बैठकमा पनि शिक्षामन्त्री पन्तले निजी स्कुलहरूले आवाससहितको छात्रवृत्ति दिने व्यवस्था गर्दा निजी विद्यालय सञ्चालकहरूलाई समस्या पर्ने दाबी गरेका थिए । छात्रवृत्तिकै विषयले पछिल्लाे पटक  शिक्षामन्त्री पन्त र समिति सभापति थापाबीच नाेकझाेक समेत भएकाे र मन्त्री पन्तले शिक्षा समितिकाे बैठकमा नआउनेसमेत भनेकाे स्राेतकाे दाबी छ ।

महिला मैत्री कार्यस्थलका लागि नीति परिवर्तनमा डा.संग्रौलाको जोड

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले पछिल्ला दशकहरूमा कार्यस्थल र वित्तीय क्षेत्रमा महिला श्रमिकहरूको सहभागिता उल्लेखनीय रूपमा बढेको बताएकी छिन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा अहिले यी क्षेत्रमा कार्यरत महिलाहरूले व्यावसायिक र पारिवारिक भूमिकाबीच सन्तुलन कायम गर्नुपर्ने दबाब, लैंगिक असमानता, कार्यबोझ, र यौन दुव्र्यवहारजस्ता समस्याहरूका कारण गम्भीर मानसिक स्वास्थ्य चुनौतीहरू झेलिरहेको पनि टिप्पणी गरेकी छिन् । नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवि विभागकी प्रमुखसमेत रहेकी केन्द्रीय सदस्य संग्रौलाले

महिलाहरूले कार्यस्थलमा उच्च तनाव, डिप्रेसन, आन्तरिक अपराधबोध र थकान जस्ता समस्याहरूको सामना गर्नु परेको उल्लेख गरिन् । उनले संस्थाको डेडलाइन र लक्ष्य हासिल गर्ने दबाब, पारिवारिक जिम्मेवारी, र लैंगिक विभेदका कारण तनाव र डिप्रेसन बढ्दो रहेको बताउँदै समाधानका लागि सबैको सामूहिक पहलको आवश्यकतामा जोड दिइन् ।

उनले भनिन् ‘महिलाहरूले कार्यस्थलमा आफ्नो आवाज दबाइएको र मूल्यांकन नभएको महसुस गर्छन्, जसले उनीहरूको आत्मविश्वास र उत्पादकतामा असर गर्छ’ संग्रौलाको भनाई छ ।

अहिले पनि सामाजिक दृष्टिकोणले महिलालाई घरायसी जिम्मेवारीको ‘प्राकृतिक भूमिका’ मा मात्रै सीमित राख्ने मान्यता कायमै रहेको चर्चा गर्दै कार्यस्थलमा लैंगिक पूर्वाग्रह, निर्णय तहमा महिलाको न्यून सहभागिता र मानसिक स्वास्थ्यसम्बन्धी चेतनाको अभावले यी समस्याहरूलाई थप जटिल बनाएको उल्लेख गरिन् । उनले भनिन् ‘अहिले पनि हाम्रा दिदी वहिनीहरूले डर र लाजका कारण आफ्ना मानसिक समस्याहरू खुलेर व्यक्त गर्न सकिरहनु भएको छैन ।’

संग्रौलाले महिलाहरूको मानसिक स्वास्थ्य सुधारका लागि संस्थागत र सामाजिक स्तरमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै कार्यस्थलमा मानसिक स्वास्थ्य नीति र यौन उत्पीडनविरुद्ध शून्य सहनशीलताको नीति अवलम्वन गर्न आग्रह गरिन् । लचिलो कार्यसमय, मातृत्व बिदा र टेलिवर्कजस्ता सुविधाहरू उपलब्ध गराउनु पर्नेमा जोड दिइन् । यसैगरी प्रत्येक संस्थामा गोप्य मनोपरामर्श सेवा र सहकर्मी सहयोग समूहको व्यवस्था गर्दै। मानव स्रोत विभाग (एचआर)मार्फत महिला मैत्री वातावरणका लागि तालिम र वर्कशप आयोजना गर्नु पर्ने तर्क पनि गरिन् ।

कुनै पनि संघ संस्थाहरुले मानसिक स्वास्थ्यलाई कमजोरी नठान्ने सोच विकास गर्न र नियमित रूपमा मानसिक स्वास्थ्य मूल्यांकन तथा लैंगिक समानतासम्बन्धी तालिम अनिवार्य गर्नु पर्ने मत पनि उनको छ ।

संग्रौलाले सरकार, निजी क्षेत्र, मिडिया र सामाजिक संस्थाहरूको संयुक्त प्रयासले मात्र समस्याको समाधान सम्भव हुने बताउँदै सरकारले महिला मैत्री श्रम नीति निर्माण गर्नुपर्ने, निजी क्षेत्रले समावेशी कार्यसंस्कृति स्थापना गर्नुपर्ने, मिडियाले सकारात्मक महिला भूमिका प्रस्तुत गर्नुपर्ने र सामाजिक संस्थाहरूले मनोपरामर्शको पहुँच सहज बनाउनुपर्नेमा जोड दिइन् ।

उनले अगाडि भनिन् ‘कार्यस्थललाई महिला मैत्री, सुरक्षित, र समावेशी बनाउन सक्यौं भने महिलाहरूको मात्र होइन, समग्र संस्थाको उत्पादकता र रचनात्मकता अभिवृद्धि हुन्छ ।’

मानसिक स्वास्थ्य सुधारका लागि नीति, व्यवहार र सामाजिक सोचमा व्यापक परिवर्तनको आवश्यकता रहेको उल्लेख गर्दै यस्ता प्रयास गर्दा कार्यस्थलमा कार्यरत महिलाहरूको मानसिक स्वास्थ्य सुनिश्चित गर्नुका साथै समग्र विकासमा योगदान पुग्ने उनको विश्वास छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच अलास्कामा शिखर वार्ता सुरु

एंकोरेज, अलास्का, १५ अगस्त ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको बहुप्रतिक्षित शिखर वार्ता आज अमेरिकाको अलास्का राज्यको एंकोरेज शहरमा सुरु भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वागतका लागि रातो कार्पेट बिछ्याईएको थियो । बिमानस्थलमा दुबै जनाले एक अर्कासंग हात मिलाएर अभिवादन गरे ।

बैठक सुरु हुनु अघि नै पत्रकारहरूले रूसी राष्ट्रपति पुटिनलाई एक साथ थुप्रै प्रश्नहरु गरे । प्रश्नको जवाफ दिन अलमलिएका पुटिन प्रश्नहरुबाट चिढिएका देखिन्थे ।

पत्रकारहरुले रूसी राष्ट्रपति पुटिनलाई के तपाईं युद्धविराममा सहमत हुनुहुन्छ ?, के तपाईं सर्वसाधारणको हत्या नगर्ने प्रतिबद्धता जनाउनुहुन्छ ?,
राष्ट्रपति ट्रम्पले किन तपाईंको कुरामा अब विश्वास गर्नुपर्छ ? लगायतका प्रश्नहरु गरेका थिए ।

पुटिन पत्रकारले सोधेका कुनै प्रश्नको जवाफ दिएनन् । उनले पत्रकारहरूको दिशामा केही चिच्याउँदै बोलेको देखिए पनि त्यसको आशय अस्पष्ट रह्यो। उनको हाउभाउ अलमलिएकोजस्तो देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

बैठक सुरु हुनुअघि पुटिनको अनुहारमा देखा परेको चिन्ता र अलमलिएको हाउभाउ अहिले सामाजिक सञ्जालमा भाइरल बन्दैछ। उनी पत्रकारहरूको सवालपछि केही छक्क परेका देखिए। ट्रम्प भने बैठकमा आत्मविश्वासी मुद्रामा उपस्थित देखिएका छन्।

अलास्कामा भइरहेको ट्रम्प–पुटिन शिखर वार्ता यूक्रेन युद्धको भविष्यका लागि निर्णायक मोड सावित हुन सक्छ। अहिलेसम्म प्रत्यक्ष सहमतिको संकेत आएको छैन, तर वार्ता अझै जारी छ। अबको केही घण्टा विश्व राजनीति र यूक्रेनी जनताको भविष्यका लागि अत्यन्त महत्त्वपूर्ण हुनेछ।

युक्रेन र रुसबीच तीन वर्षदेखि युद्ध अन्त्यका लागि शुरु भएको अलास्का शिखर सम्मेलनमा ट्रम्पले पुटिनसँग कडा रूपमा युद्धविरामको विषय उठाउने अनुमान गरिएको छ ।

यदि पुटिनले युद्धविराममा सहमति जनाएमा यूक्रेन–रूस–अमेरिकाबीच त्रिपक्षीय शिखर बैठकको तयारी हुनेछ ।

युद्धविराम पश्चात शान्तिवार्ताको औपचारिक प्रक्रिया थालनी हुनेछ । यूरोप र अमेरिका मिलेर रूसमाथिको प्रतिबन्ध सम्बन्धी रणनीति पुनः मूल्यांकन गर्न सक्छन्

तर, यदि पुटिनले युद्धबिराममा सहमति नजनाए पश्चिमी राष्ट्रहरूले थप प्रतिबन्ध, सैन्य सहायता, र कूटनीतिक दबाब बढाउने सम्भावना उच्च देखिन्छ।

यूक्रेनको स्पष्ट सन्देश : पहिले युद्धविराम, अनि मात्र वार्ता

शिखर वार्तासँगै, यूक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेंस्कीले बर्लिनमा आयोजित एक संयुक्त पत्रकार सम्मेलनमा स्पष्ट रुपमा भने, यूक्रेनको पहिलो र प्रमुख माग युद्धविराम हो।

उनले जोड दिँदै भने, युद्ध रोकिएन भने कुनै पनि शान्तिवार्ता सम्भव छैन। उनका अनुसार, अमेरिका र युरोपेली नेताहरूबीच बुधवार भएको कुराकानीमा राष्ट्रपति ट्रम्पले पुटिनमाथि युद्धविरामका लागि दबाब दिने प्रतिबद्धता जनाएका थिए।

जेलेंस्कीले थप भने, यूक्रेनसँग सम्बन्धित सबै विषयहरूमा छलफल यूक्रेनको सहभागिता बिना सम्भव छैन। अबको तयारी त्रिपक्षीय वार्ताको हो – अमेरिका, रूस र यूक्रेन।

 

ट्रम्प-पुटिन शिखर बैठकले युक्रेनको नक्सा बदल्न सक्छ? यी क्षेत्रहरू ‘दाउ’मा छन्

पल एडम्स/ बीबीसी कूटनीतिक संवाददाता

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको शिखर वार्ताले युक्रेनको मानचित्रमा जबर्जस्ती वा आधारभूत फेरबदल ल्याउला कि नल्याउला भन्नेबारे विभिन्न किसिमका अड्कलबाजीहरू भइरहेका छन्।

रुसले सन् २०१४ देखि नै युक्रेनको ठूलो हिस्सामाथि दाबी प्रस्तुत गर्दै आएको छ। सोही वर्ष पुटिनले त्यसतर्फ पहिलो कदम चालेका थिए।

त्यस बेला केही महिनाको अन्तरालमा मस्कोले तुलनात्मक रूपमा कम रक्तपातयुक्त कारबाहीमार्फत् क्राइमिया प्रायःद्वीपमाथि कब्जा गरेर आफूमा विलय गराएको थियो।

त्यसपछि पूर्वी डोनबास क्षेत्र र त्यसमा पनि खास गरी डोनेट्स्क र लुहान्स्कमा रुससमर्थित पृथक्तावादी गतिविधि सुरु भयो।

त्यहाँ आठ वर्षसम्म युद्ध चल्यो।

सन् २०१४ पछिको र सन् २०२२ मा पूर्ण स्तरको आक्रमण सुरु हुनुअघिको युक्रेनको नक्सा
तस्बिरको क्याप्शन,सन् २०१४ पछिको र सन् २०२२ मा पूर्ण स्तरको आक्रमण सुरु हुनुअघिको युक्रेन

उक्त अवधिमा युक्रेनले सैनिक र सर्वसाधारण गरी झन्डै १४ हजार जनाको क्षति बेहोर्‍यो।

तर सन् २०२२ को फेब्रुअरीमा पुटिनले पूर्ण स्तरको युद्ध सुरु गरे। द्रुत गतिमा किएभको बाह्य भागमा पुगेको रुसी सेनाले जापरिज्या र खेअर्सनका ठूल्ठूला हिस्सासहित दक्षिणको ठूलो भूभागमाथि नियन्त्रण जमायो।

युद्ध सुरु भएको एक महिनापछि युक्रेनमा रुसी सैन्य नियन्त्रणको स्थिति दर्शाउने नक्सा

त्यसयता युद्धमा विभिन्न किसिमका उतारचढावहरू आएका छन्। सन् २०२२ को वसन्त यामको तुलनामा अहिले रुसले कम भूमि नियन्त्रण गर्छ। सन् २०२२ मा २७ प्रतिशत रहेको रुसी नियन्त्रणको स्थिति अहिले २० प्रतिशत मात्रै छ। पूर्वमा रुसी सैनिकहरू अघि त बढिराखेका छन् तर त्यो गति निकै सुस्त र त्यसका निम्ति निकै मूल्य चुकाउन परिराखेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिले निसर्त युद्धविरामको खाँचो रहेको बताएका छन्। युरोपेली सहयोगीहरूले पनि युद्ध रोकिनुपर्नेमा जोड दिइरहेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आफूसमेत त्यही स्थिति हासिल गर्ने कोसिसमा रहेको बताएका छन्।

भूमि साटफेरको सम्भावना

तर पुटिनसँगको अलास्का शिखर बैठकअघि ट्रम्पले त्यसको सट्टा युक्रेनको केही भूमि रुसलाई हस्तान्तरण गर्ने कुरा उठाएका छन्। त्यसले किएभ र युरोपमा हलचल मच्चिएको छ।

ट्रम्पले कुन भूमिको कुरा उठाएका हुन् र त्यो कसरी वा कस्तो हुन सक्छ भन्ने स्पष्ट छैन किनकि कानुनी हिसाबले ती सबै क्षेत्र युक्रेनका हुन्।

अगस्ट २०२५ सम्म युक्रेनको भौगोलिक स्थिति यस्तो देखिन्छ :

गत अगस्ट १२ को मितिसम्म युक्रेनी युद्धमोर्चा जनाउने नक्सा
तस्बिरको क्याप्शन,गत अगस्ट १२ को मितिसम्म युक्रेनी युद्धमोर्चा जनाउने नक्सा

रुस समग्र लुहान्स्क र डोनेस्ट्कमाथि आफ्नो नियन्त्रण बढाउन चाहन्छ।

पुटिनले दुवै क्षेत्रका बाँकी भूभागमाथिको नियन्त्रण पनि आफूलाई सुम्पिन युक्रेनसँग माग गरिराखेको केही विवरणहरूले जनाएका छन्।

तर त्यसो गर्दा किएभले क्रामाटोर्स्क र स्लोभ्यान्स्कजस्ता सहरहरू गुमाउँछ जसको रक्षाका निम्ति दशौँ हजार युक्रेनी सैनिकहरूले ज्यान अर्पिएका थिए। साथै त्यसो गर्दा उत्तर र पश्चिमका युक्रेनी भूमि जोगाउने सुरक्षा रेखाहरू पनि गुम्न पुग्छ।

डोनबास क्षेत्र (पहेँलो रङ्गमा)

तर किएभका निम्ति त्यस्तो सम्झौता तितो औषधि निल्नु परेझैँ हुने छ। झनै भयावह क्षति बेहोरेको मस्कोले भने त्यसलाई जितका रूपमा लिने छ।

जेलेन्स्कीले मङ्गलवार मस्कोले देशका बाँकी भागमा आक्रमण गर्न डोनबासलाई “स्प्रिङबोर्ड”झैँ प्रयोग गर्ने भएकाले युक्रेनले उक्त क्षेत्र “छाड्न नसक्ने” बताएका छन्।

हालैका दिनहरूमा रुसी सैनिकहरू डोब्रोपिल्या नगरनजिकै कडा मेहनतका साथ अघि बढिराखेको देखिन्छ। उक्त गतिविधि वास्तवमै रणनीतिक कदम हो वा ट्रम्पलाई मस्कोको स्थिति बलियो रहेको देखाउने कोसिस हो भन्ने स्पष्ट छैन।

खेअर्सन र जापोरिज्या

सन् २०२२ मा नियन्त्रण गरिएका खेअर्सन र जापोरिज्याको स्थिति के छ?

विवरणहरूका अनुसार यी ती ठाउँ हुन् जहाँ रुसले आफ्नो आक्रमण रोक्ने र सीमालाई स्थिर बनाउने प्रस्ताव राखिरहेको छ।

तर के यीमध्ये कुनै पनि हिस्सा फिर्ता दिन रुस तयार होला?

सोमवार ट्रम्पले अस्पष्ट रूपमा “ओसिअन-फ्रन्ट प्रोपर्टी”बारे चर्चा गरे – सम्भवत: उनले ‘सी अफ आजोभ’ र ब्ल्याक सीका किनारका हिस्सातर्फ सङ्केत गरेका थिए।

जापरिज्या र खेअर्सन क्षेत्र (पहेँलो रङ्गमा)

तर यी सबै रुसलाई क्राइमियासँग भूमिमार्फत् जोड्ने पुटिनको रणनीतिका हिस्सा हुन्।

रुसी नेता यीमध्ये कुनै पनि हिस्सा छाड्न सहमत भएको देख्न कठिन हुने देखिन्छ। डोनेट्स्क र लुहान्स्कजस्तै पुटिनले यिनलाई पनि रुसको हिस्सा ठान्छन्। चार चरणमा जनमत सङ्ग्रह गराएर पुटिनले ती क्षेत्रमाथि कब्जा जमाएका थिए जसलाई व्यापक रूपमा देखावटी चुनाव ठानिएको थियो।

युक्रेन र युरोपका निम्ति भूमि साटफेर गर्ने कुरा वार्ताको सुरुवाती चरणमा उपयुक्त होइन।

तर भविष्यमा अन्तत: यसबारे कुरा गर्नुपर्ने हुन सक्छ र त्यो त्यस्तो स्थितिमा मात्रै हुन सक्छ जति बेला युद्ध रोकिन्छ र युक्रेनको सुरक्षा सुनिश्चित गरिन्छ।

बीबीसीबाट साभार

पाकिस्तानमा भिषण वर्षा र बादल फाट्यो, अहिलेसम्म ७८ जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानको खैबर-पख्तूनख्वा, गिलगित बाल्टिस्तान र पाकिस्तान प्रशासित जम्मू र कश्मीरमा बाढीका कारण कम्तिमा ७८ जनाको मृत्यु भएको छ ।

जियो न्यूजका अनुसार भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण महिला र बालबालिकासहित कम्तीमा ७८ जनाको मृत्यु भएको हो ।

यद्यपि, बुनेरका उपायुक्तले भारी वर्षा र अचानक आएको बाढीका कारण बुनेर जिल्लामा कम्तीमा ७५ जनाको मृत्यु भएको दाबी गरेका छन् ।

गिलगिट-बाल्टिस्तान सरकारले धेरै क्षेत्रहरूमा आपतकालीन उपायहरू लागू गरेको छ, गिलगिट-विपद् व्यवस्थापन प्राधिकरण र उद्धार ११२२ लाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ । चुनौतीपूर्ण मौसमको बावजुद राहत र खोजी कार्यहरू जारी रहेको रिपोर्टमा उल्लेख छ ।

एमसीसीलाई पुन: निरन्तरता दिने निर्णयविरुद्ध विप्लव नेकपाको विरोध

काठमाडौं– विप्लव नेतृत्वको नेकपाले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेपालमा एमसीसी परियोजना पुनः सक्रिय गर्ने अमेरिकाको निर्णयविरुद्ध नेकपाले शुक्रबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, एमसीसी परियोजना खारेज गर लगायतका नारा लगाएका थिए । नेकपा केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामाले एमसीसी देशको हित विपरीत रहे पनि दबाबका आधारमा ठूला दलले अघि बढाएको आरोप लगाए ।

उनले नेपालमा स्थगित भइसकेको एमसीसी परियोजना पुनः सक्रिय गरेको भन्दै निरन्तर विरोध गर्ने स्पष्ट पारे ।

एनटीएसले नेपाललाई दियो १७८ रनको लक्ष्य

काठमाडौं : अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गतको खेलमा नर्थन टेरिटोरी स्ट्राइक (एनटीएस)ले नेपाललाई १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

डार्विनको मरारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्ट्राइकले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको हो। एनटी स्ट्राइकको लागि डार्सी शर्टले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले। उनलाई ८.४ ओभरमा सन्दीप लामिछानेले बोल्ड गरे।

ज्याक वेथरहाल्डले ११ रन बनाए। उनी ३.४ बलमा रुपेश कुमार सिंहको बलमा सोमपाल कामीको हातमा क्याच भए। कनर क्यारोलले १८ रन बनाउँदै साहब आलमको हातबाट बोल्ड भए। जोर्डन सिल्कले १९ रन बनाउँदै दिपेन्द्रको हातबाट बोल्ड भए।

क्याडेल म्याकमोहन १८.२ ओभरमा विकेटकिपर आसिफ शेखबाट स्टम्पिङ आउट भए। उनले १२ बलमा १२ रन बनाए। टम एन्ड्रिज ३२ रनमा अविजित रहे । हामिस मार्टिन २ रनमा अविजित रहे।

नेपालका लागि बलिङमा सन्दीपले सर्वाधिक ३ विकेट लिए। साहब आलमले २ विकेट लिँदा रुपेश कुमार सिंह, दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले समान १-१ विकेट लिए।

नेपालविरुद्ध स्ट्राइकलाई सातौं झड्का, सन्दीपले लिए तीन विकेट

अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा नर्दन टेरिटोरी (एनटी) स्ट्राइकविरुद्ध नेपाललाई सातौं सफलता मिलेको छ । नेपाललाई सातौं सफलता स्पिनर सन्दीप लामिछानेले दिलाए ।

उनले १८.२ ओभरमा विकेटकिपर क्याडेल म्याकमाहनलाई १२ रनमा आउट गरे । नेपाललाई छैटौँ सफलता कप्तान रोहितकुमार पौडेलले दिलाए ।

उनले १५.१ ओभरमा प्याट हमान्डलाई ५ रनमा आउट गरे । नेपाललाई पाँचौं सफलता उपकप्तान दीपेन्द्र सिंह ऐरीले दिलाए । उनले १३.३ ओभरमा १९ ओभरमा आउट गरे । नेपाललाई चौथो सफलता स्पिनर साहब आलमले दिलाए ।

उनले १०.४ ओभरमा कोनर क्यारोललाई १८ रनमा आउट गरे । नेपाललाई दोस्रो सफलता पूर्वकप्तान सन्दीप लामिछानेले दिलाए । उनले ८.४ ओभरमा कप्तान डा’र्सी सर्टलाई ५३ रनमा बोल्ड गरे । सन्दीपले लगातार चार चौका दिएर विकेट लिएका हुन् ।

उनले ४.४ ओभरमा जे डिकम्यानलाई शून्यमै बोल्ड गरेका थिए । नेपाललाई पहिलो सफलता युवा अलराउन्डर रुपेश सिंहले दिलाए । टस जितेर फिल्डिङ रोजेको नेपाललाई पहिलो सफलता दिलाउनेक्रममा रुपेशले ३.४ ओभरमा ज्याक वेदरल्डलाई ११ रनमा आउट गरे ।

खेल डार्विनको मरारा क्रिकेट ग्राउण्ड–२ मा भइरहेको हो । एनटी स्ट्राइकले सन् २०२३ मा सिरिजको पहिलो संस्करणको उपाधि जितेको थियो ।

ऊ गत वर्ष सेमिफाइनलमा पुगेको थियो । नेपाल भने पहिलोपटक यो प्रतियोगिता खेलिरहेको हो ।

तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक

काठमाडौं–लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ गीत ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ । सुधा मरहट्टाको शब्द र किरण कंडेलको संगीत तथा एरेञ्जमा तयार गरिएको यस गीतको भिडियो दिनेश मुस्कानले निर्देशन गरेका हुन् ।

गीतको निर्माणमा अनुराग परिहारले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । गीतमा अस्मिता रन्पाल, बिपना शर्मा, तुलाराम परियार, दिनेश मुस्कान र विमला श्रेष्ठको अभिनय रहेको छ । आकर्षक प्रस्तुति र कथावस्तुलाई प्रभावकारी बनाउन छायांकन प्रकाश खड्काले गरेका हुन् ।

सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन् । गीतमा लोक र आधुनिक शैलीको मिश्रण भेटिन्छ । भिडियोमा सांस्कृतिक रंग र भावनात्मक कथावाचनलाई प्राथमिकता दिइएको छ । दर्शकले पारम्परिक आभूषण ‘छड्के तिलहरी’ लाई केन्द्रमा राखेर तयार गरिएको यस गीतमा लोकजीवनको सौन्दर्य र प्रेमको मिठास अनुभव गर्न सक्नेछन् ।

‘छड्के तिलहरी’ सनराइज म्युजिक नामक युट्युबमार्फत सार्वजनिक भएको छ । सार्वजनिक भएको केही समयमै सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

लोकसेवा आयोग नियमावली २०८२ को अनुसूची हेरफेर

काठमाडौं । लोकसेवा आयोगले ‘लोक सेवा आयोग नियमावली, २०८२’ को अनुसूची ४(ख) हेरफेर गरेको छ।

आयोगको नियमावली, २०७९ को नियम ७४ बमोजिमको अधिकार प्रयोग गरी, सोही नियमावलीको विद्यमान अनुसूची ४(ख) को सट्टा नयाँ संशोधित अनुसूची ४(ख) प्रतिस्थापन गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार, यो संशोधनको उद्देश्य प्राविधिक स्पष्टता र कार्यान्वयनमा सहजता ल्याउने हो।

कुलिङ पिरियड गडबडीको छानबिन प्रतिवेदन कार्यान्वयन गराउन सभामुखको निर्देशन

काठ्माण्डौँ । सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएका छन् ।

सभामुख घिमिरेले शुक्रबार सो प्रतिवेदन कार्यान्वयनको लागि सरकारी निकायमा पठाउन प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिएका छन् ।

सभामुखले प्रमुख दलका प्रमुख सचेतकहरूको सुझावअनुसार आज सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघीय संसद सचविालयलाई आवश्यक कार्यान्वयनका लागि पठाउन प्रतिनिधिसभाका सचिवलाई निर्देशन दिएका हुन् ।

जम्मू कश्मीरमा बाढीबाट मृत्यु हुनेको संख्या ६० पुग्यो

जम्मु कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई घटना बारे ब्रिफिङ गर्दै अहिलेसम्म ६० जनाले ज्यान गुमाएको र १०० भन्दा बढी घाइते रहेको जानकारी दिएका हुन् ।

त्यस्तै अचानक आएको बाढीबाट २०० जनाभन्दा बढी बेपत्ता रहेको स्थानीय प्रशासनलाई उदृत गर्दै भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।  अहिले पनि राहत र उद्धारको काम जारी रहेको बताइएको छ

माचैल माता यात्राको लागि हजारौं भक्तजन किश्तवारको पद्दार उप-डिभिजनको चाशोती गाउँ पुगेको बेला अचानक बाढी आएको थियो । यो यात्राको पहिलो गन्तव्य रहेको र यात्रा सुरु हुने ठाउँमा बादल फुटेको रिपोर्टमा उल्लेख छ । यहाँ भक्तजनहरूको बस, पाल, लङ्गर र धेरै पसलहरू थिए । सबै बाढीको पानीमा बगेको बताइएको छ ।

एनटीविरुद्ध नेपाललाई दोस्रो सफलता, सन्दीप र रुपेशले लिए विकेट

काठमाडौं : नेपाललाई दोस्रो सफलता हात परेको छ। अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत नर्थन टेरिटोरी(एनटी)सँगको खेलमा नेपालले दुई विकेट लिएको हो।

नेपालका लागि रुपेशकुमार सिंह र सन्दीप लामिछानेले १-१ विकेट लिए। सन्दीपले ४.४ ओभरमा डिकम्यानलाई बोल्ड आउट गरे भने पहिलो विकेट रुपेशले क्याच आउट गराएका थिए।

टप एण्ड टी-२० सिरिज : एनटी स्ट्राइकविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठ्माण्डौँ । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा नर्दन टेरिटोरी (एनटी) स्ट्राइकविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । खेल डार्विनको मरारा क्रिकेट ग्राउण्ड–२ मा भइरहेको छ ।

एनटी स्ट्राइकले सन् २०२३ मा सिरिजको पहिलो संस्करणको उपाधि जितेको थियो भने गत वर्ष सेमिफाइनलमा पुगेको थियो । टोलीमा बिग ब्यासमा अनुभव हासिल गरेका खेलाडीहरू रहेका छन्, जसले नेपालका लागि चुनौती थपेका छन् ।

डार्सी शर्ट मुख्य आकर्षण मानिएका छन् । उनी पावरप्लेमा खेल पल्टाउन सक्ने क्षमता राख्छन् र अस्ट्रेलियाको सिनियर टोलीबाट पनि टी–२०आई अनुभव भइसकेको छ ।

नेपाल भने पहिलोपटक यो प्रतियोगिता खेलिरहेको हो ।

भ्रष्टाचारको अन्त्य कानुनी कारबाहीबाट मात्र सम्भव छैन : प्रधानमन्त्री

काठ्माण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि केवल कानुनी व्यवस्था र कार्यान्वयन पर्याप्त नहुने बताउँदै मोडल शिक्षाको आवश्यकता औँल्याएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ संवाद’ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानिसको चरित्र, आचरण र सोचमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।

ओलीले भने, ‘भ्रष्टाचारलाई हामी शून्यमा पुर्‍याउन सक्छौँ, तर यो केवल ‘ल इम्प्लिमेन्टेसन’ र ‘ल इन्फोर्समेन्ट’ बाट सम्भव हुँदैन । मानिसले आफूभित्रबाट ‘म गलत गर्दिन’ भन्ने सोच विकास गरे मात्र यो समस्याको समाधान सम्भव छ ।’

उनले कानुनको भूमिका अस्वीकार नगरे पनि केवल कानुनी कारबाहीका भरमा भ्रष्टाचार नियन्त्रण गर्न कठिन हुने तर्क गरे । ‘कानुनले पत्ता लगाएर कारबाही गर्छ भने पनि पत्ता लगाउन गाह्रो हुन्छ । भ्रष्टाचारको अन्त्य कानुनले मात्र होइन, समाजमा नैतिक शिक्षा र मूल्यका आधारमा सम्भव हुन्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले मोडल एजुकेसन (आदर्श शिक्षा) लाई भ्रष्टाचार नियन्त्रणको मुख्य माध्यमको रूपमा प्रस्तुत गर्दै शिक्षा प्रणालीमा सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा उनले डिजिटल नेपाल अभियानको प्रभावकारी कार्यान्वयनका लागि पारदर्शिता, उत्तरदायित्व र नागरिक सचेतनालाई पनि महत्त्वपूर्ण तत्त्वका रूपमा उल्लेख गरे ।

भूमि आयोगले माग्यो सुकुम्वासी जग्गासम्बन्धी निवेदन

काठमाडौँ । भूमि समस्या समाधान आयोगले भूमिहीन दलित, सुकुम्वासी, अव्यवस्थित बसोबासी तथा विगतका आयोगहरूबाट थाती रहेका कामहरूका लागि निवेदन दिन ३५ दिने अन्तिम म्याद तोकेको छ ।

आयोगले आज एकै दिन दुई वटा छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै जग्गा प्राप्तिका लागि र पुराना समस्या समाधानका लागि निवेदन आह्वान गरेको हो । दुवै प्रकृतिका निवेदनहरू आज अर्थात् २०८१ साउन ३० गतेदेखि ३५ दिनभित्र सम्बन्धित निकायमा बुझाउनुपर्नेछ।

भूमिहीन र अव्यवस्थित बसोबासीका लागि नयाँ निवेदन

आयोगले जारी गरेको सूचना अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागिएको छ ।

यसका लागि आयोगले तोकेको ढाँचामा निवेदन फाराम भरी स्थानीय तहबाट वडाले तोकेका स्थानहरूमा खटिएका लागत सङ्कलकमार्फत ३५ दिनभित्र आवेदन पेस गर्न भनिएको छ । कार्य सहमतिपत्र अनुसार सम्झौता भइसकेका सम्पूर्ण स्थानीय तहका लक्षित नागरिकले यो अवसर उपयोग गर्न सक्नेछन् ।

विगतका आयोगका बाँकी काम टुङ्ग्याउन अर्को सूचना

त्यसैगरी आयोगले अर्को सूचनामार्फत २०७७ साल वैशाख १ गतेभन्दा अगाडि प्रचलित कानुनबमोजिम गठन भएका विभिन्न आयोग, समिति र कार्यदलले वितरण गरेका जग्गाहरूको स्वामित्व, दर्ता स्रेस्ता वा नक्सा प्रमाणीकरणजस्ता विषयमा समस्या भएमा त्यसलाई समाधान गर्न निवेदन आह्वान गरेको छ ।

विगतका निकायहरूबाट काम सम्पन्न हुन नसकेका र अधुरा रहेका फाइलहरूका सम्बन्धमा आवश्यक प्रमाण कागजातसहित निवेदन दिन आग्रह गरिएको हो ।

यस्तो निवेदन ‘विगतका आयोग, समिति र कार्यदलका बाँकी काम सम्पन्न गर्ने सम्बन्धी कार्यविधि, २०८१’ को अनुसूची २ बमोजिमको ढाँचामा सम्बन्धित जिल्लास्थित आयोगको सचिवालयमा ३५ दिनभित्र पेस गर्नुपर्नेछ ।

नेकपा एसमा तेस्रो वरियता पाएका वामदेव गौतमले माधव नेपालसँग लिए शपथ

काठमाडौं । नेकपा एकीकृत समाजवादीले वामदेव गौतमलाई पार्टीको तेस्रो वरियता दिएको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी सचिवालय बैठकले नेता गौतमलाई अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालपछि वरियता तोकिएको हो।

वरिष्ठ नेता गौतमलाई अध्यक्ष नेपालले शपथ ग्रहण गराएको पार्टी उपाध्यक्ष प्रकाश ज्वालाले बताए।

बैठकले डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्यको जिम्मेवारी र भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र बम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई केन्द्रीय सदस्यमा बनाएको छ।

कुवेतमा विषाक्त मदिरा सेवनले तीन दिनमा ९ नेपालीको मृत्यु

३० साउन, काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवन गरेका कारण ९ जना नेपालीले ज्यान गुमाएका छन् । अझै केही उपचारकै क्रममा छन् । केहीलाई भने डिस्चार्ज गरिसकिएको त्यहाँस्थित अस्पतालले नेपाली राजदूतावासलाई जानकारी गराएका छन् ।

दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यले अनलाइनखबरलाई दिएको जानकारी अनुसार, मृत्यु हुनेहरूको विवरण संकलन हुँदैछ ।

मेडिकल रिपोर्ट नआउँदासम्म मृत्युको कारण यकिन गर्न नसकिने उनले बताए ।

‘तीन दिनको बीचमा ९ नेपालीको मृत्यु भएको छ । मेडिकल रिपोर्ट नआउँदासम्म विषाक्त मदिरा वा अन्य के कारण भन्न सकिने अवस्था छैन,’ उनले भने ।

कुवेतस्थित स्वास्थ्य मन्त्रालयले मेथानोल मदिराका कारण बिरामीहरू धमाधम अस्पताल भर्ना हुने क्रम बढेको उल्लेख गरेको छ ।

नेपाली ९ सहित अन्य एसियाली मुलुकका २३ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छ ।

१ सय ६० जनाभन्दा बढी उपचारका क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

कुवेतस्थित आदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा बिरामीहरूको उपचार भइरहेको छ

कुवेतमा मदिरा पूर्णरूपमा प्रतिबन्धित छ । तर, पनि लुकिछुपी हुने उत्पादन गरी अवैधानिक बेचबिखन भएको पाइएको हो । विषाक्त मदिराको स्रोत पत्ता लगाउन अनुसन्धान भइरहेको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ ।

मिर्गौला फेल भएकाहरूको डायलासिस चलिरहेको, केहीमा पूर्ण र आंशिक दृष्टिदोष देखिएको मन्त्रालयले जनाएको छ ।

विषाक्त मदिरा सेवन गरेर मृत्यु हुने र गम्भीर बिरामी हुनेमा अधिकांश निर्माण मजदुर रहेका छन् ।

प्रारम्भिक अनुसन्धानमा मदिरामा मेथानोल प्रयोग भएको देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पुष्टि गरेका छन् । मेथानोल एक विषालु रसायन हो ।

उद्योगहरूमा एन्टिफ्रिज, सोल्भेट र इन्धन बनाउन प्रयोग गरिने मेथानोल मदिरामा प्रयोग भएको देखिएको अधिकारीहरूले बताएका छन् ।

सामान्य मदिरामा पाइने एथानोल मानव उपभोगका लागि प्रयोग हुने भएपनि मेथानोल खाद्य प्रयोजनमा प्रयोग गरिँदैन ।

मेथानोलयुक्त पेय पदार्थ पिउँदा टाउको दुखाइ, बान्ता, दृष्टि धमिलो हुने, कोमामा पुग्ने लक्षण देखिन्छ भने व्यक्तिको मृत्यु समेत हुनसक्छ ।

बजेटका उदेश्य पूरा गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेटले लिएका उदेश्य पूरा गर्ने गरी लाग्न निर्देशन दिएका छन्।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस पटकको बजेट यथार्थपरक रहेकाले आर्थिक वृद्धि, पूँजीगत खर्च, राजस्व संकलनलगायतका लक्ष्य पूरा गर्नका लागि अहिलेदेखि सक्रिय भएर लाग्न निर्देशन दिएका हुन्।

औषत प्रयासले लक्ष्य पूरा गर्न नसकिने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले कार्यशैली बदल्न जरुरी रहेको बताए। उनले समस्यमा अल्झिने भन्दा समाधानका लागि सकारात्मक भूमिका निर्वाह गर्न र नतिजालाई ध्यान आग्रह गरे।

निजी क्षेत्रको मनोबल बढाउनल अध्यादेश, नीति तथा कार्यक्रमहरुले ल्याइएको, संवादलाई बढाइएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यसबारे थप अध्ययन तथा अनुसन्धान गर्नुपर्नेमा जोड दिए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले अर्थतन्त्रका सूचक ठीक भए पनि निजी र सार्वजनिक क्षेत्रमा ‘इकोनोमिक कन्फिडेन्स’ बढाउन जरुरी रहेको बताए।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले व्याजदर कम भएका बेला अर्थतन्त्रलाई अझ बढी चलायमान बनाउन निश्चत क्षेत्रमा सरकारले नै ‘विग पुस’ गर्नुपर्नेमा जोड दिए।

अर्थ सचिव घनश्याम उपाध्यायले विगतको लक्ष्य र नतिजाहरु आइसकेका हुनाले आत्मसमीक्षा गरी काममा केन्द्रित हुनु पर्ने बताए।

राजस्व सचिव दिनेशकुमार घिमिरेले कार्यक्रमहरु कार्यान्वयनमा अहिलेदेखि तदारुकताका साथ लाग्दा मात्र लक्ष्यहरु पूरा हुन सक्ने बताए। उनले राजस्व प्रशासनमा अझ बढी सुधारको खाँचो औंल्याए।

अर्थ मन्त्रालय योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख तथा प्रवक्ता श्यामप्रसाद भण्डारीले अर्थतन्त्रका सूचक सकारात्मक रहेको जानकारी दिँदै आगामी दिनमा थप समन्वय र सहजीकरणलाई प्राथमिकता दिने बताए।

बैठकका सहभागीले कार्यक्रम कार्यान्वनयका क्रममा देखा पर्ने समस्या र चुनौतीलाई तत्काल समाधान गर्दै अघि बढ्दा थप नतिजा आउन सक्ने धारणा व्यक्त गरेका थिए।

अमेरिकाको अनुमतिपछि एमसीए नेपालले बढायो कामको गति : दुई प्रसारण लाइन निर्माण सम्झौता

काठ्माण्डौँ । अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेसँगै मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले पनि कामको गति बढाएको छ । सोही क्रममा एमसीए नेपालले रातमाटे–नयाँ दमौली प्रसारण लाइन र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता गरेको छ ।

एमसीए नेपालले १५ करोड ४५ लाख अमेरिकी डलर (२१ अर्ब ६३ करोड रुपैयाँ) को प्रसारण लाइन निर्माण सम्झौता गरेको हो । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा एमसीए नेपाल र निर्माण पक्षबीच सम्झौता भएको हो ।

संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा प्रतिबद्धताका साथ एमसीसीको नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको हो । यसअनुसार एमसीए नेपालले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित कम्प्याक्टको विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा बिहीबार दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरेको छ । नेपालमा सञ्चालन भइरहेका रूपान्तरणकारी पूर्वाधार निर्माणसम्बन्धी आयोजनाका लागि यो महत्त्वपूर्ण उपलब्धि भएको एमसीए नेपालले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनले रोकिएको एमसीसी कार्यक्रमले यही साउन तेस्रो साता निरन्तरताको अनुमति पाएको थियो । कार्यक्रमलाई निरन्तरता दिन अमेरिकी सरकारले निर्णय गरेको भन्दै नेपालस्थित अमेरिकी दूतावासले अर्थ मन्त्रालयलाई औपचारिक जानकारी गराएको थियो । ‘अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले एमसीसी नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको छ, हामीले नेपाल सरकारलाई यस निर्णयबारे सूचित गराएका छौं,’ दुई साताअघि अमेरिकी दूतावासले भनेको थियो, ‘५० करोड डलर बराबरको एमसीसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९.७ करोड डलर योगदानले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्द्धनमा टेवा पुर्‍याउँछ ।’

यो निर्णयसँगै निर्बाध रूपमा एमसीसी नेपालको कार्यक्रम अघि बढ्न बाटो खुलेको थियो । उक्त अनुमतिपछि एमसीए नेपालले पहिलो पटक दुई प्रसारण लाइनको निर्माण सम्झौता गरेको हो । त्यसअघि एमसीए नेपालले निर्माण सुरु भएका आयोजनाको काम जारी रहिरहेको दाबी गरे पनि नयाँ काम हुन सकेको थिएन । निर्माणको गति पनि सुस्त थियो । अब भने एमसीए नेपालले नयाँ निर्माणको काम पनि अघि बढाएको हो ।

अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियाबाट छानिएका दुई निर्माण कम्पनीसँग बिहीबार सम्झौता गरिएको हो । यसअनुसार एमसीए नेपालले रातमाटे–नयाँ दमौली प्रसारण लाइनको निर्माण सम्झौता एन्जेलिक स्किपर जेभी (संयुक्त उपक्रम) सँग र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता वाइबा सलासर जेभी (संयुक्त उपक्रम) सँग गरेको हो ।

अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसीसीका कार्यवाहक उपाध्यक्ष, एमसीसी आवासीय राष्ट्रिय नियोगका प्रतिनिधिहरू, अमेरिकी दूतावासका अधिकारीहरूको उपस्थितिमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र दुई कम्पनीका प्रतिनिधिले बिहीबार सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा दुवै प्रसारण लाइन निर्माणको काम ४२ महिनाभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर (करिब साढे २१ अर्ब नेपाली रुपैयाँ) रहेका यी सम्झौताअन्तर्गत १८० किमि लामो ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालनलगायत काम हुनेछन् ।

प्रसारण लाइन र सबस्टेसन निर्माणसम्बन्धी नेपाल सरकारको योजनालाई कार्यान्वयन गर्न अमेरिकी सरकारबाट प्राप्त आर्थिक सहयोग निकै महत्त्वपूर्ण रहेको एमसीए नेपालका सञ्चालक समितिका अध्यक्ष एवं अर्थ सचिव घनश्याम उपाध्यायले बताए । यस कार्यक्रमका लागि नेपाल सरकार पनि निरन्तर सहयोग गरेर समयमै आयोजना सम्पन्न गर्न लागिपर्ने उनले बताए । नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका क्रममा यी प्रसारण लाइन कोसेढुंगा सावित हुने उनको भनाइ छ ।

‘सम्झौतामा हस्ताक्षर गरी एमसीसीले पारस्परिक प्राथमिकता र नेपालको विकास लक्ष्यहरूमा संयुक्त राज्य अमेरिकाको सहयोगलाई पुनः पुष्टि गरेको छ,’ एमसीसीका कार्यवाहक उपाध्यक्ष जोन विंगलले भने, ‘नेपालमा बिजुलीको उपलब्धता र विश्वसनीयतामा सुधार गर्नुका साथै क्षेत्रीय विद्युत् व्यापार र अन्तरआबद्धता अभिवृद्धि गर्न नेपाली समकक्षीहरूसँग मिलेर काम गर्न पाउँदा हामी गौरवान्वित छौं ।’

नेपाल र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसनको सहलगानीमा कार्यान्वयन गरिने कार्यक्रमको जिम्मेवार निकायका रूपमा विकास समिति ऐन, २०१३ अन्तर्गत २०७५ वैशाख ५ मा एमसीए–नेपाल स्थापना गरिएको हो । ‘आज भएको निर्माण सम्झौता एउटा उपलब्धि मात्र नभई नेपालको विकास र समृद्धिप्रति संयुक्त राज्य अमेरिकाको स्थायी प्रतिबद्धताको मूर्त प्रतीक हो,’ नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख जेसन मिक्सले भने, ‘यस साझेदारीमार्फत हामी विद्युत् प्रसारण लाइन र आर्थिक पूर्वाधार मात्र निर्माण गरिरहेका छैनौं, नेपालको दीर्घकालीन विकासलाई पनि तीव्र पारिरहेका छौं ।’

नेपाल र संयुक्त राज्य अमेरिकाबीचको सहकार्यको एक महत्त्वपूर्ण आधारशिला एमसीसी कम्प्याक्ट नेपाल भएको र यसले सम्पूर्ण नेपाली नागरिकलाई लाभान्वित गर्ने उनले बताए । ‘नेपाल र नेपालीको उज्यालो भविष्यसँग एकैसाथ अघि बढ्न पाउँदा गर्वको अनुभूति गरिरहेका छौं,’ उनले भने ।

कम्प्याक्टलाई अघि बढाउन अमेरिकी सरकारबाट भइरहेको निरन्तर सहयोग र पछिल्लो अनुमतिको सराहना गरिने एमसीए नेपालका कार्यकारी निर्देशक विष्टले जनाए । ‘आजको यो महत्त्वपूर्ण उपलब्धिमा यस राष्ट्रिय गौरव आयोजनाप्रति नेपाल सरकार र सबै सरोकारवालाको साझा प्रतिबद्धता प्रतिविम्बित भएको छ,’ उनले भने । एमसीए नेपालले दिगो सहकार्य गर्दै आयोजनाअन्तर्गतका कार्यक्रम सफल निर्माण तथा कार्यान्वयनमा केन्द्रित रहने विष्टको भनाइ छ ।

एमसीसी नेपाल कम्प्याक्ट निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि सकारात्मक वातावरण निर्माण गर्दै नेपालको दीर्घकालीन आर्थिक विकासका लागि गरिएको ६९ करोड ७० लाख डलरको लगानी ऐतिहासिक भएको बताइएको छ । यसअन्तर्गत विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन गरी महत्त्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार अभिवृद्धि र नेपालको यातायात सञ्जालमा सुधार गरेर अन्तरआबद्धता विस्तार गर्दै आर्थिक वृद्धिमा टेवा पुर्‍याउन एमसीसी नेपाल कम्प्याक्ट तयार रहेको जनाइएको छ ।

एमसीए नेपाल एमसीसीअन्तर्गतको कार्यक्रम हो । २०७४ भदौ २९ मा नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताअनुसार २०८० भदौ १३ देखि परियोजना कार्यान्वयन सुरु भएको हो । सुरुवाती सम्झौतामा ६९ करोड ७० लाख डलरको (करिब ९२ अर्ब) परियोजनामा अमेरिकी सरकारले ५० करोड डलर र नेपाल सरकारले १९ करोड ७० लाख डलर बेहोर्ने उल्लेख छ ।

प्रधानन्यायाधीशद्वारा इजलासमै पत्रकारलाई छुट्टै स्थान दिने घोषणा

काठ्माण्डौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पत्रकारहरूका लागि इजलासमै छुट्टै स्थान बनाएर बस्ने व्यवस्था मिलाउने बताएका छन्। उनले पत्रकारको न्यायालयमा सहज पहुँच नभएको गुनासोलाई गम्भीरतापूर्वक लिएको जनाए।

सर्वोच्च अदालतमा मुद्दाको अवस्था र प्राथमिकताका क्षेत्रबारे सञ्चारकर्मीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले इजलासको बाहिर छुट्टै स्थान व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सूचना प्रवाहमा सहजता ल्याउन आफूहरू प्रयासरत रहेको पनि बताए।

प्रधानन्यायाधीश राउतले न्यायालयको आलोचना हुनु स्वाभाविक भए पनि गलत तथ्य उजागर गरेर अदालतको मर्यादामाथि आँच पुर्‍याउने काम नगर्न चेतावनी दिए। उनले अदालतमा मानिसको भरोसा डगमगाएको भए लाखौँ मुद्दा दर्ता नहुने भन्दै न्यायालयमाथि विश्वास अझै कायम रहेको स्पष्ट पारे।

आफू पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै उनले भने, “समाचार सनसनीपूर्ण बनाउने मोहमा अदालतको गरिमा र मर्यादा भत्किने गरी समाचारहरू प्रकाशन भए अदालत टुलुटुलु हेरेर बस्दैन।” उनले न्यायालयले आफ्नो मर्यादा र संयमता नगुमाउने बताउँदै न्यायिक नेतृत्व पूर्ण प्रेस स्वतन्त्रतालाई सम्मान गर्न सचेत र संवेदनशील रहेको पनि जानकारी दिए।

उनले न्यायालयलाई भरोसा र विश्वासको केन्द्र बनाउन आफूहरू लागिपरेको बताए।

विश्वकप तयारी : अस्ट्रेलियाको डार्विनमा आज नेपाल र नर्दर्न टेरिटोरी स्ट्राइकर भिड्दै

काठमाडौँ- अस्ट्रेलियाको डार्विनमा जारी ‘टप एण्ड टी-२० सिरिज’को उद्घाटन खेल आज नेपाल र अस्ट्रेलियाली क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरबीच हुँदैछ।

नेपाली समयअनुसार मरारा क्रिकेट मैदानमा आज अपराह्न २:१५ बजे खेल सुरु हुनेछ। ट्वान्टी-२० विश्वकप छनोटको तयारीस्वरूप पहिलोपटक यो प्रतियोगितामा नेपाल सहभागी भएको हो।

प्रतियोगितामा आयोजक अस्ट्रेलियासहित अमेरिका, पाकिस्तानलगायत ११ देशका टोली प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिता आगामी भदौ ८ गतेसम्म जारी रहने छ।

अमेरिकामा ठडिएको प्रेमको साम्राज्य

सुदूर पहाड, जहाँ सूर्योदय आशाका उज्याला किरणहरु लिएर आउन नपाउदै भालेले बासेर भन्थ्यो, उठ बम्बै जाने समय भयो । तारानाथ शर्माले २० को दशकमा अछामको यात्रापछि त्यसै लेखेका थिएनन, बैकिनीका आँशुमा रुँदो छ, बयालपाटा । बिहा गरेकै भोलिपल्ट बम्बै जाने बैकानको विदाईमा बैकिनीका आँखा आँशुको आहाल बन्थ्यो । यस्तै थियो, सुदूर पहाडको भाग्य र नियति ।

त्यही पहाडमा जन्मिएका थोरै व्यक्ति, जसले भाग्य र नियतिलाई दोष दिएनन् । जसले संघर्षले बद्ले, भाग्य । र बद्ले, सुदूर पहाडको भाष्य । यहाँ तिनै अपवाद मध्येका एक, प्रेम शाहीको चर्चा गर्दैछु ।

भनिन्छ, जुन परिस्थितिमा जन्मिन्छौं, त्यो हाम्रो हातमा हुँदैन; तर जीवनलाई कहाँ पु¥याउने भन्ने निर्णय हाम्रो हातमा हुन्छ । उनी यो कुरामा विश्वास गर्थे । उनले भाग्य र परिवेशलाई सरापेनन् । कडा मिहिनेत गरे । र, आफ्नै बलबुतामा अमेरिकामा व्यापारिक साम्राज्य खडा गरे ।

उनको जन्म ११ जनवरी १९७५ मा अछामको बिनायकमा शाही परिवारमा भयो ।  उनका  तीन दाजुभाई र दुई दिदी बहिनी थिए । उनी सबैभन्दा जेठा । उनी जन्मिएको केही समयपछि बुवा जगु शाही भारत पसे । परिवारको जिम्मेवारी आमा लालशोभाको काँधमा आयो ।

नेपाल ओहोरदोहोर गरिरहनुको झञ्झट । परिवारको चिन्ता । बुवाले पाँच वर्षको नहुदै उनलाई सुरत लगेर गए । बुवाको चौकीदारको जागीर । खोलीको बास । नौ महिनामा बुवा गुमाएका टुहुरा बुवा । जसलाई उनकी हजुरआमाले हुर्काएकी थिईन् । बुवाले एक छोरीलाई आमाको हेरचाहका लागि अछाममै छोडे । उनी सहित चार सन्तानलाई आफूसंगै राखे । उनका बुवाले स्कुल टेक्न पाएनन् । पढ्न नपाउनुको पीडासंगै बाँचे । अठोट लिए, सन्तान पढाउने । र त, भोक, अभाव, पीडा भनेनन् । सन्तानलाई निजी विद्यालयमा पढाए । हुर्काए ।

सुदूर पहाडमा बिशुँ र दशैं किस्तामा आउछ । हरेक वर्ष आउदैन । परदेशिएको बैकान नफर्किए के दशैं ? के बिशुँ ? बुवाको आशिर्वाद । नयाँ भोटो । चिल्ला नोट । यी बिना सन्तानलाई के को खुशी ? निधार र मन । दुईटै खाली । पालो पारेर दशैं र बिशुँमा उनका बुवा दुई वर्षमा अछाम जान्थे । कहिले बहिनीको निधार खाली । कहिले उनको ।

अध्याँरो खोली । त्यही खोलीमा बस्थ्यो, छ जनाको परिवार । भनिन्छ, उज्याला सपनाहरुको उदय अध्याँरा छिडीहरुमै हुन्छ । त्यही अध्याँरोमा बुवाले देखेका थिए, उनलाई डाक्टर बनाउने सपना ।

सन् १९९५ मा दक्षिण गुजरात विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातक गरेपछि उनी नेपाल फर्किए । भारतमा पढेका उनी प्रष्टसंग नेपाली बोल्न सक्दैनथे । कि हिन्दी बोल्थे । कि अछामी भाषा । शुरुवाती दिनमा उनले भाषागत कठिनाई झेले ।

उनलाई थाह थियो, भाषा कम्युनिकेशनको माध्यम मात्र हो । उनको ईच्छाशक्तिका अगाडि भाषा बाधक कसरी हुन्थ्यो ? छ महिनामै नेपाली भाषामा पोख्त भए ।

उनी १९९५ मा त्रिभुवन विश्व विद्यालयमा एमबीएमा भर्ना भए । एमबीएमा कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीहरुको दवदवा थियो । १९९८ मा एमबीएको रिजल्ट आयो । टप हुने अनुमान गरिएका विद्यार्थी पास भएनन् । नवराज खनिया टप भए । उनी दुई अंकले दोस्रो भए ।

एमबीएको पढाई सकेर उनी कैलाली फर्किए । भर्खरै खुलेको मालिका विकास बैंकमा २००० मा उनले सिनियर असिसटेण्टका रुपमा काम पाए ।

एकवर्ष नबित्दै नेपाल बंगलादेश बैंकमा अफिसरका रुपमा जागीर पाए । उनीसंगै काम गर्थे, अमरनाथ श्रेष्ठ । आईटी बिभागमा कार्यरत  श्रेष्ठकै जिद्दीले उनले डिभी भरे । उनलाई डीभी प¥यो । श्रेष्ठलाई परेन् । न अमेरिकाको सपना । न अमेरिका जाने योजना । अमेरिकामा के गर्ने ? दिमाग शुन्य थियो । २००८ मा डीभीले उनलाई अमेरिका पु¥यायो ।

बैंकको अफिसर । आकर्षक तलव । वर्षौको मिहिनेतले साकार भएको सपना । सामान्य संघर्षले हासिल भएको थिएन्, त्यो मुकाम । सोचेका थिए, दुःख र संर्घषका दिन सकिए । अमेरिका पुगेपछि त दुःख र संघर्षका दिन फेरि शुरु भए ।

साँघुरो अपार्टमेण्ट । शेयरिङको बसाई । न भोक । न प्यास । बस्, कामको चिन्ता । उनलाई यस्तो लाग्थ्यो, अमेरिकामा होईन, सुरतमा छु । जहाँ जीवन शुन्य छ । जहाँ सपनाहरु अध्याँरा छिडीहरुबाट बाहिर निस्किन संघर्ष गरिरहेका छन् ।

मुस्किलले फोन बनाउने कम्पनीमा काम पाए । घण्टाको ८ डलर मिल्थ्यो । केही समयपछि ग्याँस स्टेशन काम थाले कहाँ बैंकको अफिसरको जागीर ? कहाँ ग्याँस स्टेशन ? एकमनले भन्थ्यो, नेपाल नै बेश । हार्न उनले जानेका थिएनन् । उनी परे जिद्दी । मिहिनेत उनको धमनीमा थियो । पछि हट्ने उनको स्वभाव थिएन् ।

एक वर्ष यसैगरी बित्यो । उनले सोचे, यसरी त जिन्दगी चल्दैन् । टेक्सास बोर्ड अफ पब्लिक एकाउन्टेन्सीमा सर्टिफाईड चार्टर्ड एकाउण्टेण्टस्(सीपीए)को पढाई शुरु गरे । पढाई । काम । गृहकार्य । रात कतिखेर बित्थ्यो ? पत्तै हुदैनथ्यो । आराम र निन्द्राका लागि समय कहाँ ? उनी बढिमा तीन/चार घण्टा सुत्थे ।

यसरी २०११ मा सीपीएको कोर्स पुरा गरे । २०१२ मा ड्यालसमा सीपीएको जागीर पाए । तीन वर्ष बिभिन्न कम्पनीका लागि काम गरे । यो बीचमा उनले क्षमता बढाए । सम्बन्ध विस्तार गरे । र, सबैको विश्वास जिते । प्रेम शाही नाम होईन्, ब्राण्ड बने ।

उनी अरूको सीमामा बाँधिएर बाँच्न वा काम गर्न चाहदैनथे । किनकि उनी आफ्नो क्षमतामाथि विश्वास गर्थे । त्यही विश्वास उनलाई सधैं आफ्ना सीमा नाघ्न प्रेरित गथ्र्यो । उनलाई लाग्छ, स्वतन्त्रता त्यहीँबाट सुरु हुन्छ । जहाँ हामी आफैंले आफ्नो बाटो बनाउन सक्छौं ।

यही सोचले उनले आफ्नै व्यवसाय सुरु गर्ने निर्णय लिए । सुरुमा घरबाटै व्यवसाय थालेँ । तर छोटो समयमै एक कदम अगाडि बढ्न सफल भए । सानो अफिस लिएर व्यवसाय विस्तार गरे ।

२०१५ मा उनले आफ्नै सीपीए फर्म दर्ता गरे । एक वर्षपछि सह संस्थापकका रुपमा उनी अवान्त ग्रुप अफ कम्पनीजसंग जोडिए । दुई जना साझेदार रहेको अवान्त ग्रुपको उनी प्रमुख कार्यकारी अधिकृत हुन् ।

अवान्त ग्रुपको साम्राज्य फैलिदो छ । जस अन्तर्गत रहेको अवान्त ट्याक्स एण्ड फाईनान्सले कर तथा वित्तिय परामर्शको काम गर्छ । अवान्त ईन्स्योरेन्सले बीमाका क्षेत्रमा काम गर्छ । अवान्त क्यापिटलले रियल स्टेटमा लगानी गरिरहेको छ ।

त्यसबाहेक उनको आवद्धतामा ग्रोसरीको थोक बिक्रेता हिमालयन भ्याली फुड्स र खुद्रा बिक्रेता कैराली फार्म प्रोड्युस सञ्चालनमा छ ।

उनी सोच्थे । सपना देख्नु त ठूलो देख्नु । किन सानो देख्नु ? र, सपना जस्तो सुकै होस । त्यो पुरा गर्न कडा मिहिनेत गर्नैपर्छ । सफलताका लागि समर्पण र मिहिनेत अनिवार्य शर्त हुन् । यो उनले बुझेका थिए । उनले कडा मिहिनेत गरे । काममा समर्पित भए । क्रमशः सफलताको सिढिमा उक्लिदै गए ।

कसैले हात समातेर उचाईमा पुग्नुलाई के सफलता भन्नु ? उनी अपवाद थिए । आफ्नै बलबुता र कडा मिहिनेतले सफल भए । र, बनाए पृथक    पहिचान ।

उनी एकपछि अर्को कम्पनी थप्दै गए । उनले ग्रोसरीको होलसेल र खुद्रा व्यवसायमा हात पारे । रियल स्टेटमा जोडिए । हेल्थ केयर कम्पनी खोले । बीमा कम्पनी थपे ।

ड्यालसबाट शुरु गरेको व्यवसायलाई भारत र दुबईमा विस्तार गरे । यतिबेला उनीसंग १५ भन्दा बढि कम्पनी छन् । जसको नेटवर्थ ३५ मिलियन डलरभन्दा बढि छ ।

दक्षिण भारतमा उनका दुई वटा अफिस सञ्चालनमा छन् । जहाँ ३० जनाभन्दा बढिले रोजगारी पाएका छन् । उनले त्यहाँ ट्याक्स र अकाउण्टिङ सेवा विस्तार गरेका छन् । र, ग्रोसरीको अफिस पनि सञ्चालनमा ल्याएका छन् । भारतबाट ग्रोसरीका सामानहरु अमेरिका आयात गर्छन् ।

केही समयअघि उनले दुबईमा रियल स्टेटको अफिस सञ्चालनमा ल्याए । त्योसंगै उनले ट्याक्स र अकाउण्टिङ सेवा थपेका छन् । निकट भविश्वमा ड्यालस, ह्युष्टन र अष्टिनमा ग्रोसरीको पाँच वटा आउटलेट थप्ने उनको योजना छ । छोराहरु प्रज्वल र आरोनसंगै हुर्किदैछन्, उनका कम्पनीहरु । उनी सन्तानलाई झै माया गर्छन्, आफूले जन्माएका कम्पनीहरुलाई ।

नेपालमा के थियौ ? बिर्सिदेउ । नेपालको पहिचान, सम्मान र सम्पत्तीको धङधङी रहीरह्यो भने मान्छे पीडामा बाँच्छ । त्यही पीडाले डिप्रेशनमा लैजान्छ । नेपालमा बाँचेको जीवन नखोज । शुन्यबाट जीवन बाँच्न तयार होउ । यो उनको सिकाई हो । उनी यही अनुभव सबैमा लागु हुने बताउछन् ।

उनी नेपालमा आरामदायी जीवन बिताईरहेका थिए । अमेरिकामा बिताएका सुरुवाती दिनहरू उनका लागि निकै पीडादायी थिए । जीवन यापन गर्नका लागि उनले मजदुरीका कामहरू गर्नुप¥यो । ती कठिन समयहरूले उनलाई त्याग र समर्पणको गहिरो पाठ सिकाए । जुन उनको अहिलेको सफलताको आधार हुन् । कडा मिहिनेत र समर्पणले यो सफलता प्राप्त भएको उनको बुझाई छ । यो सफलताको श्रेय उनी परिवार र पत्नी लतालाई दिन्छन् ।

सपना देख्नेहरूले होइन, सपना पूरा गर्नेहरूले इतिहास बनाउँछन् । उनी तिनैमध्ये एक थिए । उनी खुला आँखाले सपना देख्थे । र, सपना पुरा गर्न सुत्दैनथे । यही हो उनको सफलताको सुत्र । सफल सबै हुन् चाहन्छन् । तर सबै मिहिनेत गर्दैनन् । सफल तिनै व्यक्ति हुन्छन्, उनी भन्छन्, जसले कडा मिहिनेत गर्छन् ।

उनको दिमागमा व्यवसाय वा मुनाफा मात्र छैन् । त्यो भन्दा माथि छ, सेवा भाव । र त, व्यस्तता बीच  सामाजिक र धार्मिक कार्यमा सहभागी भईरहन्छन् । अछामको ठाँटी, जहाँ उनी जन्मिए । चार वर्षको हुदाँ आफ्नै घर जलाएर खरानी बनाएको, स्मृतिबाट धुमिल हुदै गरेको नमिठो घट्ना बाहेक ठाँटीसंग बाल्यकालका सम्झनाहरु खासै छैनन् ।

पाँच वर्षमा छोडेको ठाँटीमा उनी १४ वर्षपछि फर्किएका थिए । उनले जे कमाए । उनी जे बने । उनी जहाँ पुगे । त्यो ठाँटीबाटै प्राप्त भएको ठान्छन् । ठाँटीसंग गहिरो लगाव छ । अथाह प्रेम छ । त्यही प्रेमले डो¥याएर उनलाई पु¥याईरहन्छ, ठाँटी । कहिले उनी स्वयम पुग्छन् । कहिल्यै राहत र सहयोग सामग्रीहरु मार्फत पुग्छन् । भूकम्प, बाढी र दैवी प्रकोपले सुदूरको भूगोल प्रभावित हुदा उनी चुप लागेर बस्न सकेनन् । कोभिडबाट आहत सुदूरलाई सिलिण्डर, मास्क र सेनिटाईजर पठाएर जन्मभूमि प्रतिको दायित्व निर्वाह गरे । अछाममा बाढीबाट क्षति हुदाँ आर्थिक सहयोग संकलन गरेर पठाए ।

जहाँ पुगेपनि शीरमा सगरमाथा छ । हृदयमा सुदूरपश्चिम । टेक्सासमा सुदूरपश्चिम नेपाली समाज स्थापनामा महत्वपूर्ण योगदान पु¥याए । यद्दपि भेगीय भावना भन्दा माथि रहे । टेक्सस नेपाली समाजमा आवद्ध उनी म टेक्सासस्थित नेपाली मन्दिरको बोर्ड अफ ट्रस्टीको सदस्य पनि हुन् ।

अछामको विनायक स्थित वरिष्ठ नागरिक सेवा केन्द्र र जाल्पादेवी मन्दिर निर्माणमा पाँच लाखभन्दा बढि सहयोग गरे । सुदूरपश्चिममा मोबाइल ब्लड बैंक स्थापनाका लागि सहयोग गरे । बिनायकमा गणेश मन्दिर निर्माणका लागि पाँच लाख दिए ।

उनले हिसाव गरेर कहिले बाँडेनन् । न अपेक्षा । न चर्चाको आस । न प्रचारको मोह । बस्, बाडिरहेका छन्, प्रेम । लगाईरहेका छन्, मल्हम, चहराईरहेका घाउहरुमा ।

बील गेट्स भन्छन्, यदि तिमी गरिब भएर जन्मियौ भने त्यो तिम्रो गल्ती होइन, तर यदि तिमी गरीब भएर मर्छौ भने त्यो तिम्रो गल्ती हो ।
उनी किन गर्थे, त्यो गल्ती ?

खोज्नुहोस