आज र भोलि दुई दिन सामाजिक सुरक्षा कोषको अनलाइन सेवा अवरुद्ध हुने

काठमाडौँ । सामाजिक सुरक्षा कोषको अनलाइन सेवा आज बिहीबार र भोलि शुक्रबार गरी दुई दिन अवरुद्ध हुने भएको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै कोषले यसको जानकारी दिएको हो ।

कोषको सूचना प्रणालीको डीसी-डीआर ड्रिल गरिने भएकाले दुई दिनका लागि निश्चित अवधिसम्म सेवा अवरुद्ध हुने उल्लेख छ । जसअनुसार बिहीबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म र शुक्रबार दिउँसो दुई बजेदेखि साँझ ५ बजेसम्म कोषको अनलाइन प्रणालीबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू अवरुद्ध हुनेछन् ।

यद्यपि समयावधि अगावै कार्य सम्पन्न भएमा सेवा सञ्चालनमा आउन सक्ने कोषले जनाएको छ ।

विधेयकमा विद्यालय, विश्वविद्यालय बन्द गर्न नपाउने व्यवस्था राखौं : सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय, विश्वविद्यालय कुनैपनि कारणले बन्द गर्न नपाउने कुरा विधेयकमा लेख्नुपर्ने बताएकी छन् ।

बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले निजी विद्यालयका शिक्षकहरूको हकमा पनि बन्द हड्ताल गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताइन् ।

‘विद्यालय, विश्वविद्यालय कहिले कसले बन्द गर्ने, यो कुरा अन्त्य होस् । विद्यालय, विश्वविद्यालय कसैले पनि तालाबन्दी गर्न, बन्द गर्न पाउँदैन’ उनले भनिन्, ‘विद्यार्थीले पाउने मौलिक हकको हनन कसैले गर्न पाउँदैन, जुनसुकै कारण भएपनि ।’

उनले थपिन्, ‘त्यो हामीले शिक्षकहरुको हकमा बन्द हड्ताल गर्न पाउँदैन भनेर लेखेका छौं । तर हामीले त्यो कुरा निजीको लागि पनि लेख्नुपर्नेछ । विद्यालयहरू कुनैपनि बहानामा बन्द गरिनुहुँदैन ।’

सांसद श्रेष्ठले अनिवार्य निःशुल्क शिक्षा तोकेबमोजिम सबैले पाउनुपर्ने बताइन् ।

बिहीबार विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

गृहमन्त्रीको निजी सचिवमा उपाध्याय

काठमाडौं, ४ भदौ ।
गृहमन्त्री रमेश लेखकको निजी सचिवमा उप सचिव दीर्घराज उपाध्याय नियुक्त भएका छन् ।

गृहमन्त्रीको निजी सचिवको भूमिकामा रहेका उपसचिव बद्रीप्रसाद तिवारीको म्याग्दी जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएपछि उनको स्थानमा उपाध्याय नियुक्त भएका हुन् ।

बाँके, डोटी लगायत विभिन्न जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरिसकेका उपाध्यायले बैतडी र दार्चुला जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका छन् ।

कति प्रधानमन्त्री भइरहने भन्नेलाई देउवाको जवाफ- जनताले भोट हाल्छन् त के गर्ने मैले ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेसम्म प्रत्यक्ष निर्वाचन लडेर नै प्रधानमन्त्री भएको बताउँदै कति प्रधानमन्त्री भइरहने ? भनेर गरिएको प्रश्नमाथि आलोचना गरेका छन् ।

बुधबार काठमाडौंमा स्व.  प्रदीप गिरीको स्मृतिमा आयोजित राजनीतिमा निष्ठा र नैतिकता विषयक विमर्श कार्यक्रममा बोल्दै उनले धेरैले कति प्रधानमन्त्री भइरहेको भन्दै प्रश्न गर्ने गरेको बताउँदै जनताले भोट हाल्छन् त के गर्ने मैले ? भन्दै प्रतिप्रश्न गरे ।

उनले भने, ‘यहाँ धेरै साथीहरूले कुरा उठाएका छन् अब आफ्नै विषयमा उठाएको कुरालाई मैले के भन्ने । कति प्रधानमन्त्री भइरहने भन्नुभयो । म कहाँ भएको छु, जनताले भोट हाल्छन् त के गर्ने मैले ? पार्टीका सांसदहरूले सहयोग गरे, सबै पार्टीहरूले सहयोग गरेर प्रधानमन्त्री भएको हो म । त्यस कारण एउटा सौभाग्यशाली व्यक्ति पनि हो । अहिलेसम्म म प्रत्यक्ष निर्वाचन लडेको हो जहिल्यै पनि  । सौभाग्यले कहिले पनि हारेको छैन ।’

उनले डडेलधुराबाट आफूलाई हटाउन पार्टीका नेताहरू आफ्नो खिलाफमा लाग्दा पनि निर्वाचन जितेको बताए । जनता भन्दा ठूलो कोही नभएको बताउँदै सभापति देउवाले सबैले जनताको सेवा गरी मन जित्ने काम गर्नुपर्नेमा जोड दिए ।

‘धेरै पार्टीका नेता साथीहरू मेरो खिलाफमा लाग्नुभयो, मलाई डडेलधुराबाट हार्छ भनेका थिएँ, तै पनि जितेछु । त्यसैले जनता सबैभन्दा ठूलो कुरा हो । जनतालाई त्यही कारण सार्वभौम सम्पन्न जनता भनेका छौँ । जनता देशको मालिक हो । जनता भन्दा ठूलो कोही छैन । त्यसैले सबै साथीहरूले जनताको सेवा गरौँ जनताको मन जित्ने काम गरौँ,’ उनले भने ।

गायिकाबीच एलिनाको खादा भित्र डलर ट्रेण्ड

काठमाडौं– गायिका एलिना चौहान यतिबेला अमेरिकामा छिन् । उनी त्यहाँ ‘अब नाच्छ अमेरिका’ कार्यक्रम अन्तर्गत आफ्नो प्रस्तुति दिन पुगेकी हुन् । एलिनाले अमेरिका विभिन्न शहरमा आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ । यसैबीच गायिका चौहानले न्युयोर्क शहरमा प्रस्तुति दिने क्रममा उनलाई नयाँ अवतारमा देखिएको छ ।

उनलाई स्टेजमा गीत गाइरहेको बेला टाउकोमा खादाको फेटा, फेटामा डलर राखेर स्टेजमा उत्साहित हुँदै प्रस्तुति दिइरहेको देखिएको थियो । एलिनाको यो अवतार सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो भने सञ्चार माध्यमको हेडलाइन ।

यद्यपि, अहिले यहि अवतार अर्कै गायिका ज्योती मगरको पनि देखिएको छ । गायिका मगर अहिले आफ्नो प्रस्तुतिका लागि जापानमा पुगेकी छिन् । त्यहाँ उनलाई पनि दुरुस्तै एलिनाको अवतारमा देखिएको छ । फरक छ त ज्योती र एलिनाको पहिरन, खादाको प्रकार र रंग । एलिनाको नयाँ अवतार देखिएको दुई दिनको फरकमा ज्योतीलाई उस्तै अवतारमा देखिँदा धेरैले गायिका मगरले एलिनाको नक्कल गरेको भन्ने किसिमका प्रतिक्रिया दिइरहेका छन् । यद्यपि ज्योतीले आफैँ उक्त अवतारमा देखिन चाहेकी हैनन्, दर्शकले नै उनलाई उक्त अवतार बनाइदिएका हुन् । यहाँ ज्योती मगरले भन्दा पनि दर्शकले पो एलिनालाई झैँ गर्न खोजेको देखियो ।

यसैबीच, अर्की गायिका शान्ति सिंह परियारलाई पनि खादा अवतारमा स्टेज कार्यक्रम गर्दै गरेको देखिएको छ । अस्ट्रेलियमामा आफ्नो प्रस्तुति दिने क्रममा टाउकोमा खादा अनि खादामा अस्ट्रलियन डलरका साथ देखिएकी छिन् । त्यस्तै अर्की गायिका रचना रिमाललाई पनि खादा अवतारमा देखिएको छ । यतिबेला बेलायतमा प्रस्तुतिका लागि पुगेकी गायिका रचना रिमालालाई पनि टाउकोमा ढाकाको खादा अनि खादा माथि पाउण्डमा स्टेज तताउँदै गरेकी देखिएको छ ।

उनलाई त झन् टाउकोमा बेरेको खादाको वरिपरि नै पाउण्ड राखिदिएको देखिाएको छ । स्टेज चढ्ने क्रममा नै खादा बानेर पठाइएको गायिका रिमालको खादा भित्र घुसाईको पाण्ड कति होला भन्दै दर्शकले प्रश्न समेत गरेका छन् ।

अहिले स्टेजमा विशेष गरेर विदेशको स्टेजमा प्रस्तुति दिने क्रममा गायिकाहरुले टाउकोमा खादाको फेटा बनाएर जाने र त्यहाँ उपस्थित दर्शकले फेटा भित्र डलर र पाउण्ड राखिदिने ट्रेण्ड बढेको देखिएको छ । पहिलो पटक गायिका एलिना उक्त अवतारमा देखिएकोले अहिले यो ट्रेण्डलाई एलिनाको खादा भित्र डलर ट्रेण्ड भन्न थालिएको छ ।

 

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

काठमाडौं : साफ यू-१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ। भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपालले भारतसँग ७–० ले पराजित भएको हो।  पहिलो हाफमा ५–० ले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल बेहोर्‍यो। भारतका लागि अनुष्का कुमारी र अविस्ता बस्नेत र निरा चानुले २/२ गोल गर्दा जुलन नोन्गमाइथिमेले १ गोल गरिन् ।

खेलको १४औँ मिनेटमा अविस्ताको गोलमार्फत भारतले अग्रता लिएको थियो । ९ मिनेटपछि नै निराले टोलीको अग्रता दोब्बर बनाइन् । अनुष्काले ३३औँ मिनेटमा गोल गर्दा भारतको अग्रता ३–० मा पुग्यो । ४१औँ मिनेटमा अविस्काले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन् । पहिलो हाफको इन्जुरी समयमा जुलनले गोल गर्दा भारतले ५–० को आरामदायी अग्रता बनायो ।

दोस्रो हाफमा खेलको ५६ औँ मिनेटमा सबै डिफेन्डरलाई बिट गर्दै निरा छानुले व्यक्तिगत दोस्रो र भारतका लागि छैटौँ गोल गरिन्। उनले गोलकिपर झरना डुम्राकोटीसँग वान वाइ वानमा बिट गर्दै गोल गरिन्। ६३ औँ मिनेटमा भारतले सातौँ गोल गर्‍यो। भारतकी फर्वाड अनुष्का कुमारीले व्यक्तिगत दोस्रो गोल गरिन्।

रूस र युक्रेन युद्ध रोकेर स्वर्ग जान चाहन्छन् ट्रम्प !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको बारेमा फेरि एक पटक चकित पार्ने बयान दिएका छन् । ट्रम्पले मजाक गर्दै रूस र युक्रेनबीच शान्ति सम्झौता गराउन सफल भएमा आफ्नो स्वर्ग जाने सम्भावना बढ्ने टिप्पणी गरेका छन् ।

एक अमेरिकी टिभी च्यानलसँग कुरा गर्दै उनले भने, ‘म स्वर्ग जाने प्रयास गरिरहेको छु । मैले सुनेको छु कि मेरो अवस्था राम्रो छैन, म तल छु । तर यदि म यो काम गर्न सक्षम भएँ भने, सायद यो कारण बन्नेछ कि म पनि स्वर्ग जाने बाटो पाउनेछु ।’

ट्रम्पले पहिले पनि रूस-युक्रेन युद्ध अन्त्य गर्न चाहेको बताउदै आएका छन् । ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा विश्व भरका युद्ध रोक्नेमा आफुलाई केन्द्रित गरेको बताउदै आएका छन् । उनले यसका लागि उनले नोबेल शान्ति पुरस्कारको लोभ समेत गरेका छन् । शान्ति सम्झौताको पहल विश्वको लागि मात्र महत्त्वपूर्ण हुनेछैन, तर उनको राजनीतिक र व्यक्तिगत जीवनमा पनि ऐतिहासिक कदम साबित हुने उनको विश्वास छ ।

ट्रम्पको जीवन विवादले भरिएको छ। उनले तीन पटक विवाह गरे, दुई पटक महाभियोगको सामना गरे र हालै फौजदारी मुद्दामा दोषी ठहरिएपछि ट्रम्पले प्रायः आलोचनाको सामना गर्नुपरेको छ । यद्यपि, गत वर्ष हत्या प्रयासबाट बचेपछि ट्रम्पको धार्मिक झुकाव झनै गहिरो भएको छ। जनवरीमा आफ्नो शपथग्रहणको क्रममा उनले भने, ‘भगवानले मलाई बचाउनुभएको छ ताकि म अमेरिकालाई फेरि महान बनाउन सकूँ।’

अमेरिकाको धार्मिक वर्ग, विशेष गरी क्रिश्चियन दक्षिणपन्थी समूह, ट्रम्पको पक्षमा दृढतापूर्वक उभिएको छ। आफ्नो दोस्रो कार्यकालको सुरुवातदेखि नै ट्रम्पले विश्वासलाई अझ खुला रूपमा अँगालेका छन् । उनले आधिकारिक रूपमा आध्यात्मिक सल्लाहकार पाउला ह्वाइट नियुक्त गरेका छन् । पाउला ह्वाइटले ह्वाइट हाउसमा धेरै पटक प्रार्थना सभाहरू आयोजना गरेकी छिन्, जहाँ मानिसहरूले ट्रम्पको लागि सामूहिक रूपमा प्रार्थना गर्छन् र उनीमाथि हात राखेर उनलाई आशीर्वाद दिन्छन्।

यसैबीच स्वर्ग जाने प्रसंगमा ट्रम्पकी प्रेस सचिव क्यारोलिन लेविटले पनि मंगलबार बयान दिदै भनेकी छन्- ‘मलाई विश्वास छ कि राष्ट्रपति यस विषयमा गम्भीर छन् । उहाँ साँच्चै स्वर्ग जान चाहनुहुन्छ, जस्तै हामी सबै गर्छौं।’

रवि लामिछानेलाई भेट्न अध्यक्ष ‘प्रचण्ड’ कारागार जाने

काठमाडौं । सहकारी ठगी मुद्दामा नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाने भएका छन्। प्रचण्ड आज बुधबार साँझ ६ बजे लामिछानेलाई भेट्न नक्खु पुग्ने उनको सचिवालयले जानकारी दिएको छ।

बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा रुपन्देही कारागारमा रहेका लामिछानेलाई गत शनिबार ललितपुरको नक्खु कारागार सारिएको थियो।  यहाँ सारेसँगै पार्टीका नेता कार्यकर्ता, आफन्त र शुभेच्छुकसँग लामिछानेले भेटघाट बढाएका छन्। आफू सत्ताबाट बाहिरिने अन्तिम क्षणसम्म साथ दिएका लामिछाने सहकारी ठगीमा निर्दोष रहेको प्रचण्डले सार्वजनिक रुपमै बताउँदै आएका छन्।

वर्तमान सत्ता गठबन्धनले लामिछानेसँग प्रतिशोध साँधेको र उनलाई फसाइएको भन्दै प्रचण्डले आपत्ति जनाउँदै आइरहेका छन्। लामिछानेविरुद्ध ५ वटा सहकारी ठगेको अभियोग छ। सुप्रिमबाहेकका सहकारी ठगीको अभियोगमा उनी धरौटीमा रिहा भएका थिए। पर्साको सानोपाइला सहकारी ठगीको अभियोगमा थुनछेक बहस हुनै बाँकी छ।

रञ्जिताले आफैंलाई दलको नेता घोषणा गर्दै संसद्‍मा पठाइन् पत्र

४ भदौ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलको नेताबाट गंगाराम चौधरीलाई हटाएकी छन् । गंगारामलाई हटाएर उनले आफैँले दलको नेताको जिम्मेवारी राखेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएकी छन् ।

पत्रमा अध्यक्ष श्रेष्ठले ‘यस नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताको भूमिकामा रहनु भएका मा. गंगाराम चौधरीलाई पार्टीको हित विपरीत कार्य गरे उपर पार्टीको विधान बमोजिम स्पष्टीकरण सोधिएको’ उल्लेख गरेकी छन् ।

‘स्पष्टीकरण सोधिएकोमा तथ्यपरक एवं सन्तोषजनक जवाफ प्राप्त नभएको हुँदा निज मा. गंगाराम चौधरी पार्टीको केन्द्रीय कार्यसमिति पदाधिकारी तथा संसदीय दलको भूमिकामा नरहने गरी मिति २०८२/०४/३० गते कारबाही गरेको’ संसद् सचिवालय पुगेको पत्रमा उल्लेख छ ।

‘..कारबाही गरेको हुँदा त्यहाँ यस पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकोमा यस नागरिक उन्मुक्ति पार्टीको निर्णयअनुसार पार्टी अध्यक्ष स्वयंले संसदीय दलको नेताको भूमिका समेत निर्वाह गर्ने व्यहोरा जानकारी गराइन्छ’ पत्रमा भनिएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २५ बमोजिम संसदीय दलको नेताको नयाँ विवरण अभिलेखीकरण गर्न भनेर अध्यक्ष श्रेष्ठले संसद् सचिवालयमा पत्र पठाएकी हुन् ।

साफ यू-१७ महिला च्याम्पियनसिप : भारतसँग नेपालको फराकिलो हार

४ भदौ, काठमाडौं । भुटानमा आजदेखि सुरु भएको साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग फराकिलो अन्तरले पराजित भएको छ ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा भारतले नेपाललाई ७-० गोलअन्तरले हराएको हो । पहिलो हाफमै ५ गोल गरेको भारतले दोस्रो हाफमा थप २ गोल मात्र गरेको थियो ।

मंगलबार आयोजित प्रि-म्याच कन्फेरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि जित्ने मुख्य लक्ष्य भएको बताएपनि पहिलो खेलमै नेपाललाई ठुलो धक्का लागेको छ ।

अगस्ट २० देखि ३१ सम्म भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी छन् । प्रतियोगिता डबल राउण्ड रोबिन लिगमा खेलिनेछ र सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ ।

आजै हुने अर्को खेलमा आयोजक भुटानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले अब अर्को खेलमा शुक्रबार भुटानसँग खेल्नेछ ।

बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन)विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । मन्त्री सुडीले विधेयकमा सुधारको आवश्यकता भएका बताउँदै बालसुधार गृहका लागि यो विधेयक उपयोगी हुने धारणा राखे।

‘सङ्घीय सरकारको मातहतमा पाँच वटा बालसुधार गृह छन्, चार वटा गैरसरकारी संस्थाबाट सञ्चालन भएका छन्’, उनले भने, ‘बालसुधार गृहमा देखिएका समस्या समाधान गर्न विधेयक ल्याइएको हो । बालबालिकाको हकमा छुट्टै न्यायालयको व्यवस्था हुनेछ ।’

छलफलमा सांसदहरू वासुदेव घिमिरे, दामोदर पौडेल वैरागी, रणकुमारी बलम्पाकी मगर, ठकुरप्रसाद गैरे, प्रकाश ज्वाला, विमला सुवेदी, सुशीला सिर्पाली ठकुरी, भगवती चौधरी, सराज अहमद फारुकी, ज्ञानु बस्नेत सुवेदी, रमा कोइराला पौडेल, जावेदा खातुन जागा, बिजुला रायमाझी, विद्या भट्टराई, हर्कमाया विश्वकर्मा, प्रेम सुवाल, प्रतिमा गौतम, सपना राज भण्डारी र प्रेमबहादुर महर्जनले भाग लिएका थिए।

उपसभामुख नेपाल नफर्किएसम्म हटाउने प्रस्ताव अगाडि नबढ्ने

४ भदौ, काठमाडौं । उपसभामुख इन्दिरा राना नेपाल नेपाल नफर्किएसम्म उनलाई पदबाट हटाउने प्रस्ताव अगाडि नबढ्ने भएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा यस्तो सहमति भएको नेताहरू बताउँछन् । यो विषयमा कांग्रेसले आन्तरिक छलफल समेत गरेको छ । बुधबार बिहान कांग्रेसको कार्यसमिति बैठक बसेको थियो ।

बिहान ९ बजेदेखि सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको थियो । जहाँ उपसभामुख हटाउने प्रयास तत्कालका लागि केही पर सरेको विषयमा छलफल भएको थियो ।

उपसभामुख राना अमेरिका भ्रमणमा छिन् । उनी यही भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम छ । त्यसपछि मात्रै थप छलफल हुने र बरु यसबीचमा हस्ताक्षर संकलन जारी रहने नेताहरू बताउँछन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संकलित हस्ताक्षरको प्रयोग तत्काल नहुने बताए । खाली कागजमा हस्ताक्षर गर्ने अभ्यास विगतमा पनि रहेको अहिले पनि त्यही भएको उनले बताए ।

‘हस्ताक्षर गराएर राख्ने अभ्यास पुरानै हो । पहिला पनि यो अभ्यास थियो । अहिले पनि हामीले त्यही अभ्यास गरेको हो’ कांग्रेसका प्रमुख सचेतक घिमिरेले भनेका छन् ।

मंगलबार कति सांसदको हस्ताक्षर संकलन भयो भन्ने यकिन विवरण सार्वजनिक भएको छैन ।

उपसभामुखाई हटाउन प्रस्ताव दर्ता गर्नका लागि ६९ जना सांसद भए पुग्छ । हटाउने निर्णयका लागि लागि भने दुई तिहाइ मत आवश्यक पर्छ ।

संविधानको धारा ९१ को ‘ग’ मा ‘…पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा’ सभामुख र उपसभामुखको पद रिक्त हुने भनिएको छ ।

यस्तो प्रस्ताव भने एक चौथाइ सांसदले नै संसद्‌मा लैजान सक्छन् ।

प्रतिनिधिसभा नियमावलीको नियम २१० मा सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव सम्बन्धी व्यवस्था छ ।

यो नियम अनुसार कुनै सदस्यलाई सभामुख वा उपसभामुखले आफ्नो पद अनुकूल आचरण गरेको छैन भन्ने लागेमा प्रतिनिधि सभाका तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यको समर्थन प्राप्त गरी पदबाट हटाउने माग गर्दै प्रस्ताव लैजान सकिन्छ । २७५ सदस्यीय सभामा एक चौथाइ भनेको ६९ जना सांसद हो ।

हाल प्रतिनिधि सभामा २७४ जना बहाल रहेका छन् । रुपन्देही ३ बाट निर्वाचित सांसद दिपक बोहराको निधन भएकाले उक्त स्थान रिक्त छ ।

यदि सभामुख वा उपसभामुखलाई हटाउने हो भने तत्काल बहाल रहेको २७४ को दुई तिहाइ (१८२.६६) अर्थात, १८३ जना सांसद आवश्यक पर्छ ।

नेपाली कांग्रेसको ८८ र नेकपा एमालेको ७९ जोड्दा १६७ पुग्छ ।

सत्तापक्षमै रहेको जनता समाजवादी पार्टीका ७ जना सांसद रहेका छन् । जनमत पार्टीका ६, लोकतान्त्रिक समावादी पार्टीका ४ जना सांसद छन । नागरिक उन्मुक्ति पार्टीका ४ जना रहेका छन् ।

प्रतिनिधि सभामा नेकपा माओवाद केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३, नेकपा एकीकृत समाजवादीका १० जना सांसद रहेका छन् ।

जनता समाजवादी पार्टी नेपालका ५, नेमकिपाको १, जनमोर्चाको एक, आजपाको १ र स्वतन्त्र २ जना रहेका छन् ।

रविलाई भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् । लामिछानेलाई भेट्न प्रचण्ड आज (सोमबार) साँझ ६ बजे नख्खु कारागार पुग्ने जनाइएको छ ।

आफू प्रधानमन्त्री हुँदा प्रचण्डले रविलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाएका थिए । त्यतिबेला रविमाथि लागेका आरोपहरू निस्तेज पार्न प्रचण्डले भूमिका खेलेका थिए । अहिले पनि प्रचण्डले रविमाथि षड्यन्त्र भएको बताउँदै आएका छन् ।

सत्तापक्षले हिजो उपसभामुख इन्दिरा रानामगरमाथि महाभियोग लगाउने तयारी गरेको थियो । त्यसपछि प्रचण्डले विपक्षी दलहरूको बैठक राखेका थिए । विपक्षी दलहरूको बैठकले उपसभामुख हटाउने सत्तापक्षको प्रयासलाई विफल पारी यो मुद्दालाई जनतासम्म लैजानुपर्ने निष्कर्ष निकालेको थियो । त्यसको दोस्रो दिन प्रचण्ड रविलाई भेट्न कारागारमै जान थालेका विषयलाई चासोका साथ हेरिएको छ ।

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई गत शनिबार मात्रै रुपन्देही कारागारबाट नख्खु कारागार सारिएको थियो । उनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको टोलीले जेलमै पुगेर जाँच गरेको थियो । स्वास्थ्य परीक्षण गर्दा उनको शरीरमा भिटामिन डीको कमी रहेको पाइएको चिकित्सकहरूले बताएका छन् ।

भारतविरुद्धको पहिलो हाफमा नेपालले खायो पाँच गोल

काठमाडौं । भुटानमा आजदेखि सुरु भएको साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत भारतविरुद्धको पहिलो हाफमा नेपाल ५–० ले पछाडि परेको छ ।

बुधबार भुटानको चिङलिमिथाङ रंगशालामा जारी उद्घाटन खेलको पहिलो हाफमा भारतकी अभिष्टा बस्नेतले दुई गोल गरिन् । यस्तै, अनुष्का कुमारी, निरा चानु लोंगजाम र जुलान नोंगमैथेमले समान एक–एक गोल गरिन् ।

खेलको १७औँ मिनेटमा अभिष्टाले भारतलाई अग्रता दिलाएकी थिइन् । २५औँ मिनेटमा निराले अग्रतालाई दोब्बर बनाइन् । ३३औँ मिनेटमा अनुष्काले गोल गर्दै अग्रतालाई ३–० को अवस्थामा पुर्‍याइन् ।  खेलको ४१औँ मिनेटमा अभिष्टाले अर्को गोल गरेपछि भारतले ४–० को अग्रता कायम गर्‍यो । पहिलो हाफको इन्जुरी टाइममा भारतकी जुलान नोंगमैथेमले एक गोल थपिन् ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानको सहभागिता छ ।

निजी विद्यालय सञ्चालकको आन्दोलन घोषणा, पूर्ण छात्रवृत्ति हटाउन माग

काठ्माण्डौँ- निजी विद्यालयहरूका दुई संगठनले संयुक्त रूपमा आन्दोलन घोषणा गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेशनल प्याब्सन र प्याब्सनले आन्दोलन घोषणा गरेका हुन् ।
शिक्षा विधेयकमा संशोधनको माग गर्दै शिक्षा मन्त्रालय, संघीय संसद्को सम्बन्धित समिति र प्रमुख राजनीतिक दललाई पटक-पटक औपचारिक ध्यानाकर्षणपत्र र ज्ञापनपत्र बुझाउँदा पनि सम्बोधन नभएको भन्दै उनीहरूले आन्दोलनमा जाने निर्णय गरेका हुन् ।

आन्दोलनका कार्यक्रम अन्तर्गत बिहीबार बिहान (भदौ ५ गते) बिहान ११ बजेदेखि १ बजेसम्म माइतीघर मण्डलमा सम्पूर्ण प्रिन्सिपलहरूले ब्यानरसहित नयाँ बानेश्वरचोकसम्म ऱ्याली निकाली पुन: माइतीघर मण्डलमा पुगी कोणसभा गर्ने, शुक्रबार बिहान ११ बजे देशैभरिका स्कूल बसहरू विद्यालयको नजिक पर्ने चोकमा उतारी नगर परिक्रमा गर्ने रहेका छन् ।

बालबालिकाको गोपनीयता उल्लङ्घन, तीन करोड डलर जरिवाना तिर्दै गुगल

काठमाडौँ । युट्युब प्रयोग गर्ने बालबालिकाको गोपनीयता उल्लङ्घन गरेको दाबीसहित परेको मुद्दा मिलाउन अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन कम्पनी गुगलले ३ करोड डलर क्षतिपूर्ति दिने भएको छ ।

३४ बालबालिकाका अभिभावकले कम्पनीमाथि मुद्दा दायर गरेका छन् । अभिभावकको सहमतिबिना बालबालिकाको व्यक्तिगत जानकारी सङ्कलन गरिएको र लक्षित विज्ञापन पठाउन प्रयोग गरिएको आरोपमा मुद्दामा लगाइएको छ ।

यो मुद्दा मिलाउन गुगल क्षतिपूर्ति तिर्न पनि सहमत भएको छ । यद्यपि, सान होजे (क्यालिफोर्निया) को सङ्घीय अदालतमा दायर गरिएको मुद्दालाई अमेरिकी मजिस्ट्रेट न्यायाधीश सुसान भ्यान कलेनको स्वीकृति चाहिनेछ । यद्यपि, यस विषयमा गुगलबाट कुनै प्रतिक्रिया आएको छैन ।
२०१९ मा अल्फाबेटले तिरेको थियो १७ करोड डलर जरिवाना

गुगलको मातृ कम्पनी अल्फाबेटले २०१९ मा अमेरिकी सङ्घीय व्यापार आयोग र न्यूयोर्क महान्यायाधिवक्ता लेटिया जेम्सले लगाएका समान आरोपहरू मिलाउन १७ करोड डलर जरिवाना तिर्न र केही नीतिहरू परिवर्तन गर्न सहमत भएको थियो ।

यो सजाय गुगलको लागि धेरै हल्का भएको केहीको भनाइ थियो । २०१९ को सम्झौता पछि पनि गुगलले कन्टेन्ट प्रदायकहरूलाई व्यक्तिगत जानकारी सङ्कलन गर्न मद्दत गर्ने अनुमति दिएको अभिभावकहरूको आरोप छ ।

बालबालिकालाई कार्टुन, नर्सरी राइम्स र अन्य सामग्री देखाएर उनीहरूको गोपनीयतामा छेडछाड गरिएको थियो भने दर्जनौँ कानुनहरू उल्लङ्घन गरिएको थियो । प्रस्तावित सामूहिक मुद्दाले २०१३ को जुलाई १ देखि २०२० को अप्रिल १ सम्मको युट्युब हेरेका १३ वर्ष मुनिका अमेरिकी बालबालिकाहरूलाई समेटेको छ ।

यस मुद्दामा लगभग साढे तीन करोडदेखि साढे ४ करोड बालबालिकाहरू संलग्न हुन सक्ने वादीका वकिलहरूले भनेका छन् । यी बालबालिकाहरूमध्ये १ देखि २ प्रतिशतले मात्र दाबी दायर गरेका छन् । त्यस्तै प्रत्येकले ३० देखि ६० डलर (खर्च र शुल्क कटौती गरेपछि) प्राप्त गर्न सक्नेछन् । वकिलहरूले कानुनी शुल्कको रूपमा ९० लाख डलर लिनेछन् ।

टप इन्ड सिरिजमा नेपालले मेलबर्न रेनगेड्सलाई ३३ रनले हरायो

काठमाडौं । अस्ट्रेलियामा जारी टप इन्ड सिरिज क्रिकेट प्रतियोगितामा नेपाली टोलीले लगातार दोस्रो जीत हासिल गरेको छ। नेपाली टोलीले बुधबार आफ्नो पाँचौं खेलमा मेलबर्न रेनगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो।

नेपालले टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो।

मेलबर्न रेनगेड्सलाई लक्ष्यसम्म पुग्न नदिन नेपाली टोलीका बलर सोमपाल कामी एक्लैले पाँच विकेट लिए। उनले चार ओभरमा केवल १५ रन खर्चिए। उनले अन्तिम ओभरमा दुई विकेट लिए। कुशल भुर्तेलले पनि दुई विकेट लिए। साहब आलम र रुपेश सिंहले पनि एक–एक विकेट हात पारे।

त्यसअघि, पहिले ब्याटिङ गरेको नेपालले सन्तोषजनक शुरूआत गर्न सकेको थिएन। नेपाली टोलीका कप्तान रोहित पौडेलसँगै नियमित ओपनर आसिफ शेख, प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेलगायतका खेलाडी मेलबर्न रेनगेड्स एकेडेमीविरुद्धको खेलमा मैदानमा ओर्लिएका थिएनन्।

ओपनर कुशल भुर्तेल एक रन बनाउँदै पेभेलियन फर्किए। अर्का ओपनर भीम सार्की पनि १७ रनभन्दा अगाडि बढ्न सकेनन्। तेस्रो नम्बरमा क्रिज सम्हाल्न आएका आरिफ शेख पनि १२ रनमै आउट हुँदै पेभेलियन फर्किए।

अनुभवी खेलाडी दीपेन्द्रसिंह ऐरीले २७ रन जोडे। उनले २८ बलको सामना गरी दुई चौका हिर्काए।

जारी प्रतियोगितामा नेपाली टोलीले हात पारेको यो दोस्रो जीत हो। यसअघि, आफ्नो चौथो खेलमा नेपाली टोलीले होबर्ट हरिकन्स एकेडेमीलाई ६६ रनको फराकिलो अन्तरले हराएको थियो। नेपाली टोली तीन खेलमा भने पराजित भएको थियो।

नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपाली टोली बंगलादेशको ‘ए’ टोलीसँग ३२ रनले हारेको थियो। तेस्रो खेलमा नेपाली टोली मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो। टप इन्ड सिरिज अगस्त २४ तारिखसम्म सञ्चालन हुनेछ।

सर्वोच्चको परमादेशको विरुद्धमा छैनौँ, भ्रामक समाचार आयो : जसपा नेपाल

काठमाडौं ।  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले ‘गौर हत्याकाण्ड’को विषयमा सर्वोच्च अदालतद्वारा जारी परमादेशको विरुद्धमा नरहेको स्पष्ट पारेको छ । जसपा नेपालका प्रवक्ता मनिस कुमार सुमनले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट जारी भएको परमादेशको विपक्षमा नरहेको उल्लेख गरेका छन् । उनले विज्ञप्तिमार्फत सञ्चारमाध्यमले भ्रामक समाचार सम्प्रेषण गरेको आरोप लगाए ।

“सम्मानित सर्वोच्च अदालतबाट आदेशको पूर्णपाठ पा संक्षिप्त आदेश नै नआउँदै सर्वोच्च अदालतबाट जारी भएको आदेशसँगको मुद्दामा पक्ष वा विपक्षको रूपमा रहँदै नरहेको यो राजनैतिक दल तथा यसका अध्यक्षलाई लक्षित गर्दै सम्प्रेषण भएको समाचार पूर्वाग्रही, भ्रामक तथा सस्तो लोकप्रियताका लागि नियतवश सम्प्रेषण गरिएको हुँदा त्यसकार्यप्रति भर्त्सना समेत गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ ।

विसं २०६३ सालको दुःखद् घटनाकाबारे तत्कालीन सरकारले नै उच्चस्तरीय न्यायिक जाँचबुझ समिति गठन गरी सत्यतथ्य अभिलेखीकरण गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

संवैधानिक निकायका रूपमा रहेको राष्ट्रिय मानव अधिकार आयोगका साथै नेपालस्थित संयुक्त राष्ट्र संघीय मिसन (अनमिन) समेतले तत्कालकै अवस्थामा घटना बारदातको सम्बन्धमा स्वतन्त्र अनुसन्धान गरी सत्यतथ्यसहितको प्रतिवेदन समेत सार्वजनिक गरिसकेको विज्ञप्तिमा स्मरण गराइएको छ ।

सुमनले विज्ञप्तिमा सर्वोच्च अदालतबाट जारी भएको परमादेशको आदेश अनुसार पुनः निष्पक्ष विश्वसनीय एवं वस्तुपरक रूपमा अनुसन्धान हुने भए पनि आत्तिहाल्नु पर्ने अवस्था नरहेको उल्लेख गरेका छन् ।

अध्यक्ष यादवलाई राजनीतिक प्रतिशोधको निशाना बनाउने र मधेस आन्दोलनलाई कमजोर पार्ने क्रियाकलाप भइरहेको जसपा नेपालले बताएको छ ।

उपसभामुखलाई पदमुक्त गर्ने तयारी अनुपयुक्त : विश्वप्रकाश शर्मा

 काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्ने तयारीप्रति विमति जनाएका छन् ।

सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुख रानामगरलाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन जारी रहेकै बेला महामन्त्री शर्माले असन्तुष्टि व्यक्त गरेका हुन् ।

रुपन्देही–३ मा १७ कात्तिकमा हुने उपनिर्वाचनमा पार्टीभित्रको आन्तरिक तयारीमा भैरहवामा रहेका शर्माले अनलाइनखबरसँग भने, ‘उपसभामुखको प्रकरणमा म यहीँबाट आफ्नो असहमति जनाइसकेको छु ।’

उपसभामुखले नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेख्नु गम्भीर गल्ती भए पनि उनलाई पदमुक्त गर्न अनुपयुक्त भएको शर्माले बताए ।

‘प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश विदेश जाँदा देशको प्रतिनिधित्व गरिरहेका हुन्छन्,’ शर्माले अनलाइनखबरसँग भने, ‘देशको प्रतिनिधित्व गरेर विदेशमा भएको बेला नै हस्ताक्षर जुटाइदिनु भनेको कति सुसंस्कृत कुरा हो ?’ ।

उपसभामुख रानामगर हाल अमेरिकामा छन् ।

शर्माले पार्टीले संसदीय दलको कार्यालयमा संकलन भएको हस्ताक्षरमा आफूले नगरेको बताए ।

‘भैरहवामा पार्टीको काममा व्यस्त छु । मेरो चाहिँ हस्ताक्षर पनि छैन । काठमाडौँ फर्किसकेपछि यो बेठीक भएको छ भनेर छलफलमा पनि राख्नेछु ।’

टप एन्ड टी-२० सिरिज : मेलबर्न रेनेगेड्सलाई नेपालको मध्यम लक्ष्य

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा आफ्नो पाँचौं खेल खेलिरहेको नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई मध्यम लक्ष्य दिएको छ । नेपालले रेनेगेड्सलाई १४० रनको लक्ष्य दिएको हो ।

डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो ।

नेपालका लागि कुशल मल्लले २२ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाए । आजको खेलमा कप्तानी गरेका दिपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाए ।

लोकेश बमले १६ बलमा २४ रन बनाए । भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२ रन बनाए ।

रेनेगेड्सका लागि फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले २-२ विकेट लिए ।

नेपाल हालसम्म खेलेका चारमध्ये तीन खेलमा पराजित हुँदा एक जित निकालेको छ । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।

मंगलबार भएको चौथो खेलमा भने नेपाल होबार्टविरुद्ध ६६ रनले विजयी भएको थियो ।

नेपाल हाल ४ खेलमा २ अंक जोडेर आठौं स्थानमा छ । शीर्ष ४ टोलीले सेमिफाइनल खेल्ने प्रावधान छ ।

नेपालले यसपछि शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

प्रधानमन्त्री अस्वस्थ भएपछि संसद्‍मा प्रश्नोत्तर कार्यक्रम स्थगित

काठ्माण्डौँ- प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि संसद्‍मा आज हुने भनिएकाे प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।

एमाले मुख्य सचेतक महेश कुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिकाे बैठकमा स्वास्थ्यका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएकाे जानकारी गराएका हुन्।

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजकाे बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची थियाे।

टप एण्ड टी-२० सिरिज : मेलबर्न रेनेगेड्स विरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं। अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो पाँचौँ मेलबर्न रेनेगेड्स एकेडेमी विरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ।

डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन्। यससँगै मेलबर्न रेनेगेड्स एकेडेमीले पहिला बलिङ गर्नेछ। नेपालले हालसम्म खेलको चार खेलमा एक खेलमा जित तथा तीन खेलमा पराजय भोगेको छ।

नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो।

मंगलबार भएको आफ्नो चौथो खेलमा भने नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाइ ६६ रनले पराजित गर्दै विजयी भएको हो। आज नेपालले आफ्नो जितलाई निरन्तरता दिने लक्ष्यमा रहेको छ।

घाइते ३९ कैदीबन्दी अस्पतालबाट डिस्चार्ज

धनगढी। कैलाली कारागारमा हिंसात्मक झडपमा परी घाइते भएका ३९ कैदीबन्दी अस्पतालमा डिस्चार्ज भएका छन्। निको भएपछि सेती प्रादेशिक अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको हो।अस्पतालले डिस्चार्ज गरेका मध्ये ३४ जनालाई कोभिड अस्पतालमा राखिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो।उहाँका अनुसार निको भएका पाँच जना कैदीलाई उनीहरुको इच्छानुसार अन्यत्र स्थानान्तरण गरिएको छ।

चार जनालाई कञ्चनपुर कारागार र एक जनालाई नवलपरासी कारागारमा स्थानान्तरण गरेको जनाइएको छ।बाँकीलाई पनि अन्यत्र स्थानान्तरणको लागि कारागार प्रशासन र जिल्ला सुरक्षा समितिले पहल गरिरहेको छ।यहाँ रहेकामध्ये केहीले अन्यत्र स्थानान्तरण भएर जाने इच्छा व्यक्त गरेको प्रमुख जिल्ला अधिकारी लम्सालको भनाइ छ।केही कैदीबन्दी भने कोभिड अस्पतालमै बस्न चाहेको उनले उल्लेख गरे।

साउन २३ गते मध्यरातमा कैलाली कारगारमा ब्लक ए र ब्लक बी का कैदीबिच हिंसात्मक झडप भएको थियो।ब्लक ए का कैदीले ब्लक बी का कैदीमाथि आक्रमण गर्दा धनगढीका भरत चौधरीको ज्यान गएको थियो भने ४७ जना घाइते भएका थिए।मृतक चौधरी लागुऔषध मुद्दामा कैद सजाय भुक्तान गर्दै थिए।

घाइते सबैलाई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।गम्भीर अवस्थाका तीन जना घाइते कैदीबन्दीलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो।उनीहरुको अवस्था अब खतरामुक्त रहेको प्रजिअ लम्सालले जानकारी दिए। त्यस्तै, धनगढीको कोभिड अस्पतालमा तीन र सेती प्रादेशिक अस्पतालमा दुई जना घाइतेको उपचार भइरहेको छ।अब आठ जना घाइते निको हुन बाँकी रहेको जनाइएको छ।

कारागार घटना छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोकत्वमा छानबिन समिति गठन गरिएको थियो।यसैगरी, पीडित परिवारको जाहेरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।छानबिन र अनुसन्धान जारी रहेको प्रजिअ लम्सालले आज पत्रकार भेटघाटमा जानकारी दिए।

रविबारे कांग्रेस सांसद भन्छन्- जेल ससुराली घरमा जस्तो मेजमानी खोज्ने ठाउँ होइन

काठमाडौंँ– नेपाली कांग्रेस सांसद दुर्लभकुमार थापाले सहकारी ठगीमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै जेलमा ससुराली घरमा जस्तो मेजमानी नपाइने बताएका छन् ।

मंगलबार हस्ताक्षर संकलनपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै भक्तपुरबाट निर्वाचित सांसद थापाले अहिले कांग्रेस र एमालेलाई सबै दोष लगाएर आफू मात्रै असल देखाउने प्रवृत्ति बढेको उल्लेख गरेका छन् ।

‘कांग्रेस र एमालेलाई मात्रै दोष लगाएर सबै राम्रो हुँ भन्छन् । पार्टी गतिलो छ भनेर कुन उदाहरण छ ?’, उनले सोधे, ‘व्यक्ति पनि एउटाको उदाहरण दिनुस् न। जेल भनेको ससुराली घर गएको जस्तो होइन नि ! ढोका टालेको छ, झ्याल टालेको छ ।’

थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको उदाहरण दिँदै परिवर्तनका लागि १४ वर्ष कालकोठरीमा बस्ने नेतामाथि अनेक आरोप लाउने गरिएको बताए । देशमा परिवर्तनका लागि जेल बस्नेलाई चोरको संज्ञा दिनेले अहिले ठग नै असल भएको भन्ने प्रवृत्तिलाई अस्वीकार्ने पनि थापाले बताए ।

उपसभामुख इन्दिरा रानामगरलाई हटाउन सोमबार सिंहदरबारमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदबाट हस्ताक्षर संकलन गरिएको छ । त्यही क्रममा थापा पनि सिंहदरबार छिरेका थिए ।

डिम्ब निष्काशन र भण्डारणको काम रोक्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले महिला तथा किशोरीहरूबाट डिम्ब निकाल्न र भण्डारण नगर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले डिम्ब निष्काशन तथा भण्डारणको कार्य रोकेर सरकारको नियमन र निगरानी प्रभावकारी बनाउन आदेश जारी गरेको हो ।

अधिवक्ताहरू निरब ज्ञवाली, ध्रुव भण्डारी र अंकिता त्रिपाठीले प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरीलगायतलाई विपक्षी बनाउँदै १ भदौमा रिट दायर गरेका थिए ।

बबरमहलस्थित होप फर्टिलिटी एन्ड डाइगोनिसिस्ट प्रालिले अवैध रूपमा किशोरीहरूको डिम्ब निकालेर बिक्री वितरण गरेको विषय सार्वजनिक भएपछि यससम्बन्धमा सर्वोच्च अदालतमा रिट परेको हो ।

कानुन बनाएर मात्रै महिला तथा किशोरीहरूको डिम्ब निकाल्नु र भण्डार गर्नुपर्ने निवेदकको माग अनुसार न्यायाधीश ढुंगानाको इजलासले आदेश जारी गरेको हो ।

भियतनामी उपराष्ट्रपति जुआन शनिबार नेपाल आउँदै

काठमाडौं । भियतनामका उपराष्ट्रपति भो थि आन्ह जुआन नेपालको तीनदिने औपचारिक भ्रमणको लागि शनिबार काठमाडौं आउने भएकी छन् ।

उनी उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा नेपाल आउन लागेकी हुन् ।

उनको भदौ ७ गते शनिबार नेपाल आउने र भदौ ९ गते सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

नेपाल भ्रमणका बेला उनी उपराष्ट्रपति यादवसँग द्विपक्षीय वार्तामा सहभागी हुनेछिन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भियतनामका उपराष्ट्रपति जुआनसँग शिष्टाचार भेट गर्नेछिन् ।

किम जोङले गरे नयाँ युद्धपोत निरीक्षण, दक्षिण कोरिया र अमेरिकासँग छन् आक्रोशित

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो सबैभन्दा उन्नत युद्धपोत ‘चो ह्योन’ को निरीक्षण गर्दै दक्षिण कोरिया र अमेरिकाबीच सुरु भएको संयुक्त सैन्य अभ्यासको तीव्र आलोचना गरेका छन् ।

उनले यस्तो अभ्यासलाई ‘शत्रुतापूर्ण’ भन्दै आणविक शक्ति विस्तारलाई अझै छिटो अघि बढाउने घोषणा गरेका छन् ।  दक्षिण कोरिया–अमेरिकाको ‘उल्ची फ्रिडम सिल्ड’ नामक ११ दिने अभ्यासमा करिब २१ हजार अमेरिकी र १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी छन् । यस अभ्यासमा कम्प्युटर–सिमुलेटेड युद्ध योजनादेखि फिल्ड प्रशिक्षणसम्म समावेश गरिएको छ । उत्तर कोरियाले भने यसलाई आक्रमणको तयारीका रूपमा व्याख्या गर्दै आएको छ ।किमले पाँच हजार टन क्षमताको विध्वंसक ‘चो ह्योन’ लाई उत्तर कोरियाको नौसेना आणविक शक्तिको मुख्य आधारका रूपमा वर्णन गरेका छन् ।

यो युद्धपोत विभिन्न एन्टी–एयर, एन्टी–नेभल हतियारसहित ब्यालेस्टिक र क्रुज मिसाइल जस्ता आणविक सक्षम प्रणालीले सुसज्जित छ । यसलाई अर्को वर्षदेखि सक्रिय कर्तव्यमा ल्याउने तयारी भइरहेको छ । उत्तर कोरियाले यसै वर्ष दोस्रो र तेस्रो विध्वंसक निर्माणमा समेत काम गरिरहेको जनाएको छ । तर केही जहाज निर्माण प्रक्रियामा समस्या आएकाले बाह्य विशेषज्ञहरूले यसको पूर्ण क्षमतामा शङ्का व्यक्त गरेका छन् ।

किमले अभ्यासलाई ‘पहिलेभन्दा बढी उत्तेजक’ भन्दै सक्रिय र भारी प्रतिकार गर्ने चेतावनी दिएका छन् । उनले सुरक्षा वातावरण दिनप्रतिदिन गम्भीर बन्दै गएको र यसका लागि सैन्य सिद्धान्त तथा अभ्यासमा द्रुत परिवर्तन आवश्यक भएको बताएका छन् ।

दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जे म्युङले भने वार्ता र विश्वास पुनःस्थापनामा जोड दिँदै सन् २०१८ को अन्तर–कोरियाली सैन्य सम्झौता पुनर्जीवित गर्न चाहेको बताएका छन् । तर उत्तरले त्यो सम्झौता पालना नगर्ने घोषणा गरिसकेकाले भविष्यको संवाद अझै अनिश्चित देखिन्छ ।

उपसभामुख हटाउन हस्ताक्षर गर्ने वा नगर्ने निर्णय लिइसकेका छैनौं : रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सभामुखलाई पदीय मर्यादा विपरित आचरण गरेको अभियोगमा  पद मुक्त गर्नेबारे आफ्ने पार्टीले निर्णय गरिनसकेको बताएकी छिन् । कांग्रेस र एमालेका प्रमुख सचेतकहरूसँग सिंहदरबारमा भेटेर निस्किएपछि आफूहरूले अझै निर्णय गरिनसकेको बताइन् ।

‘उहाँहरूले हामीले त हस्ताक्षर गरिरहेका छौं, तपाईंहरूले पनि साथ दिनुपर्‍यो भन्नुभएको थियो,’  श्रेष्ठले भनिन्, ’मैले अहिले उपसभामुख पनि देशबाहिर हुनुहुन्छ । अहिले नै निर्णय भइहाल्दैन । हामीले पनि अहिले नै निर्णय दिन सक्दैनौं भनेँ ।’ प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीका ४ जना सांसदहरू छन् ।

एमाले कांग्रेसले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारीस्वरुप संकलन गरिरहेका छन् ।

खोज्नुहोस