बंगलादेशसँग दोस्रो खेलमा पनि नेपाल पराजित
काठमाडौं। बंगलादेशसँगको लगातार दोस्रो हारसँगै नेपालले साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि यात्राबाट बाहिरिएको छ।
भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपाल ४–१ ले पराजित भएको हो।
जितसँगै बंगलादेशले ४ खेलबाट ९ अंक पुर्याएको छ। एक खेल कम खेलेको भारतको पनि ९ अंक छ। नेपालको भने ४ खेलबाट ३ अंक मात्रै छ। नेपाल पहिलो खेलमा भारतसँग ८–० ले पराजित भएको थियो।
भुटानसँग २–१ को पुनरागमन जित निकाले पनि बंगलादेशसँग पहिलो लेगमा ३–० ले पराजित हुन पुगेको थियो।
ट्रेन्डिङ
सम्बन्धित
विराटनगरविरुद्ध विशाल जित निकाल्दै सुदूरपश्चिम लगातार दोस्रोपटक एनपीएलको फाइनलमा
२४ मंसिर २०८२ १९:२८
