प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग आजै भेटवार्ता
चीन : प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहरमा पुगेका छन्।
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलाइन्सनको विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन्।
उनलाई चीन सरकारका उच्चाधिकारी र नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरे।
ट्रेन्डिङ
सम्बन्धित
विराटनगरविरुद्ध विशाल जित निकाल्दै सुदूरपश्चिम लगातार दोस्रोपटक एनपीएलको फाइनलमा
२४ मंसिर २०८२ १९:२८
