खुटिया खोलामा वेपत्ता ४ किशोर मृत अवस्थामा फेला
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–९, शेहरी झुलोंगे पुल नजिक खुटिया खोलामा वेपत्ता युवा मृत अवस्थामा फेला परेका छन् । नुहाउन गएका सात जना किशोरमध्ये चार जना वेपत्ता भएका थिए।
धनगढी घर भएका १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतिक चौधरी मृत अवस्थामा फेला परेका हुन् । उनीहरू चार जना मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएस्पी रणबहादुर चन्दले जानकारी दिएका छन्।
ट्रेन्डिङ
सम्बन्धित
विराटनगरविरुद्ध विशाल जित निकाल्दै सुदूरपश्चिम लगातार दोस्रोपटक एनपीएलको फाइनलमा
२४ मंसिर २०८२ १९:२८
