यसरी हेर्नुहोस् कक्षा १२ को नतिजा

द एभरेष्ट पोष्ट
२० साउन २०८२ १८:२२
यसरी हेर्नुहोस् कक्षा १२ को नतिजा

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) ले कक्षा १२ को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । आज साँझसम्म नतिजा सार्वजनिक गर्ने योजनासहित परीक्षा बोर्डको बैठक बस्दै छ ।

नतिजा प्रकाशित भएसँगै विभिन्न माध्यमबाट परीक्षाफल थाहा पाउन सकिनेछ । यसअन्तर्गत नेपाल टेलिकमले आईभीआर, यूएसएसडी, वेबसाइट र मेसेजबाट नतिजा हेर्न मिल्ने व्यवस्था मिलाएको छ ।

टेलिकमको सिम तथा ल्यान्डलाइन नम्बरबाट १६०१ मा फोन गरेर त्यहाँ दिइएको निर्देशन अनुसार नतिजा हेर्न सकिन्छ । यस्तै *१६००# डायल गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।

यस्तै वेबसाइटबाट ग्रेडसिट सहित कक्षा १२ को नतिजा हेर्न सकिने कम्पनीले जनाएको छ । neb.ntc.net.np मा गएर वा यहाँ क्लिक गरेर सिम्बोल नम्बर र जन्ममिति राखेर ग्रेडसिट सहित नतिजा हेर्न सकिन्छ ।

त्यस्तै मोबाइलको मेसेज बक्समा गई NEB<space> सिम्बोल नम्बर टाइप गरी १६०० मा पठाएर पनि नतिजा हेर्न सकिन्छ । (उदाहरणका लागि NEB 12345678 टाइप गरेर १६०० मा पठाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस