पर्यटन बोर्डको बजेट पारित, अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा ७० प्रतिशत

काठमाडौँ–नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्षको लागि १ अर्ब ५९ करोड ९७ लाख रुपैयाँको बजेट पारित गरेको छ । बजेट ७० प्रतिशत रकम अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्नको लागि छ्ट्याएको हो । चालु वर्षमा महत्वाकांक्षी र प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्यका साथ गत असार १३ गते बसेको बोर्डको कार्यकारी समितिको बैठकमा बजेट प्रस्तुत गरिएको थियो ।

कुल बजेटको करिब १ अर्ब १२ करोड रुपैयाँ अन्तर्राष्ट्रिय बजारीकरण र प्रवद्र्धनात्मक गतिविधिमा खर्च गरिने भएको हो । पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धनमा ४३ करोड ६१ लाख रुपैयाँ खर्च गरिने बोर्डले जनाएको छ । विशेष प्रवद्र्धनात्मक कार्यक्रममा ४६ करोड २ लाख रुपैयाँ, पर्यटन सम्पदा विकासमा १८ करोड ६३ लाख रुपैयाँ, जनसम्पर्क तथा प्रचारप्रसारको लागि १२ करोड ९५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

क्षेत्रीय कार्यालय स्थापना तथा सञ्चालको लागि ११ करोड १२ लाख रुपैयाँ र अनुसन्धान तथा योजनमा २ करोड ६७ लाख रुपैयाँ विनियोजन गरिएको छ । बोर्डले अन्तर्राष्ट्रि व्यापार मेला, सेल्स मिसन, डिजिटल मिडिया अभियान, डायस्पोरा संलग्नता र सिने पर्यटन जस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राखेको छ । युरोप, अमेरिका, भारत, चीन, जापान, थाइल्यान्ड र भियतनाम जस्ता प्रमुख बजारहरुलाई लक्षित गरी प्रवद्र्धनात्मक कार्यहरु तीव्र पारिने बोर्डले जनाएको छ ।

पूर्वमन्त्री राजकुमार गुप्तालाई अख्तियारमा बोलाइयो

काठमाडौँ, ५ साउन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अडियो काण्डमा विवादित भएका पूर्वमन्त्री राजकुमार गुप्तालाई छलफलको लागि बोलाएको छ । आयोगका एक अधिकारीका अनुसार उनलाई भोलिसम्म अख्तियार हाजिर हुन बोलाइएको हो ।

यद्यपि अख्तियारले यसलाई आधिकारिक पुष्टि भनेको गरेको छैन । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बोलाउनु ठुलो विषय नभएको बताए । ‘बोलाएको हुनसक्छ तर कहिले, कुन मितिमा बोलायो भन्ने अहिले भन्न सकिएन,’  उनले भने ।

अख्यितारका एक कर्मचारीका अनुसार भने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट राजीनामा दिएका गुप्तालाई सोधपुछ‘ इन्क्वायरी’ को लागि बोलाइएको हो । अडियो काण्डमा उनको आवाजबारे सोधपुछ हुनसक्ने ती अधिकारीले बताए ।

स्वास्थ्य कार्यक्रमका लागि सिटीईभीटीले खुलायो आवेदन

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य कार्यक्रमहरूमा अनलाइन आवेदन खुला गरेको छ ।

सीटीईभीटीले आज सूचना प्रकाशन गरी शैक्षिक सत्र २०८२-०८३ को लागि अनलाइन आवेदन खुला गरेको हो । परीक्षा नियन्त्रण कार्यालयले साउन १९ गते भित्र नियमित शुल्क र २६ गते भित्र विलम्ब शुल्क तिरेर अनलाइन आवेदन फारम भर्न विद्यार्थीहरूलाई आग्रह गरेको छ ।

नयाँ शैक्षिक सत्रदेखि प्रवेश परीक्षा नभइ एसईईमा प्राप्त जीर्पीए र विद्यालयको प्रकारको आधारमा तय हुने अंकको योगफल अनुसार योग्यता क्रमानुसार विद्यार्थी छनोट गरिने सीटीईभीटीले जनाएको छ ।

परिषद्ले हालै जारी गरेको ‘प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२’ लागू भएसँगै यो व्यवस्था हटाइएको हो ।

निर्देशिका अनुसार अबदेखि एसईई वा एसएलसीमा प्राप्त अंकका आधारमा विद्यार्थी छनोट गरिनेछ। एसईईमा प्राप्त अंकलाई जीपीए ४ पूर्णांक मानिनेछ।

सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई अतिरिक्त १ अंक र संस्थागत (निजी) विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ०.८५ अङ्कका दरले योग्यता क्रम तय गरिनेछ । स्वास्थ्य तर्फका कार्यक्रमहरूको सिट सङ्ख्या चिकित्सा शिक्षा आयोग, सीटीईभीटीबाट सम्बन्धन तथा पोलिटेक्निक महाशाखाबाट प्राप्त सूचनाका आधारमा निर्धारण गरिएको हो ।

परिषद्को ‘डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०८२’ अनुसार विद्यार्थी छनोट प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख गरिएको छ । छनोट हुने विद्यार्थीले परिषद्का आङ्गिक, साझेदार तथा निजी शिक्षण संस्थाहरूमा स्वीकृत २८५ वटा कलेजमा भर्ना हुन पाउने छन् ।

चिकित्सा शिक्षा आयोगको २० औँ बैठकले यस वर्ष डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्न २ निजी कलेज थप गरेको छ।

गृहमन्त्री लेखकले भूमि विधेयकबारे गरे कांग्रेस महामन्त्री थापा र प्रमुख सचेतक घिमिरेबीच छलफल

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग छलफल गरेका छन्।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार मध्याह्न गृहमन्त्री, महामन्त्री र प्रमुख सचेतकबीच छलफल भएको हो।

गृहमन्त्री लेखकले महामन्त्री थापा र प्रमुख सचेतक घिमिरेसँग भूमि विधेयकबारे कुरा गरेका हुन्।

‘एमाले भूमि विधेयक फुल हाउसबाट पास गर्ने पक्षमा देखिएको छ,’ गृहमन्त्री लेखकले भनेका छन्।

तर महामन्त्री थापाले यसमा असहमति जनाएका छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भूमि विधेयकमाथि संशोधन हालेका थिए। दुवै महामन्त्री भूमि विधेयकलाई समितिमा पठाएर छलफल गर्नुपर्ने पक्षमा छन्।

यसअघि प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा भूमि विधेयक परेपछि महामन्त्री शर्माले आपत्ति जनाएका थिए।

अम्रिसो खेतीबाट आम्दानी गर्दै चुरेफेदको सामुदायिक वन

कञ्चनपुर । कृष्णपुर नगरपालिका–१, दोमिल्लास्थित ऐश्वर्या सामुदायिक वन उपभोक्ता समूहले अम्रिसो खेतीलाई आयआर्जनको दिगो माध्यम बनाउँदै आएको छ ।

वनको झण्डै ३५ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा अम्रिसो खेती गर्दै समूहले वन संरक्षणसँगै आर्थिक समृद्धि हासिल गरिरहेको छ । वन कार्यालयका सचिव दामोदर जोशीका अनुसार सामुदायिक वनमा करिब डेढ दशकअघि सुरू गरिएको अम्रिसो खेतीलाई पछिल्लो छ वर्षदेखि व्यवस्थित र व्यावसायिक बनाइएको हो ।

“गएको असारसम्म सात हजार कुचो बिक्री गरेर तीन लाखभन्दा बढी आम्दानी गर्‍यौँ”, जोशीले भने, “अघिल्लो वर्ष कुचो बिक्रीबाट दुई लाख मात्र आम्दानी भएको थियो ।”

वनबाट सङ्कलन गरिएको अम्रिसोबाट स्थानीय उपभोक्तालाई रोजगारी दिइएको छ । “अम्रिसो सङ्कलनदेखि उपभोक्तालाई नै झाडु ९कुचो० बनाउन लगाइन्छ”, जोशीले भने, “प्रत्येक झाडु बनाउँदा उनीहरूले १५  पारिश्रमिक पाउँछन् भने बजारमा ५० देखि ७० सम्ममा बिक्री हुन्छ ।”

समूहका अध्यक्ष इश्वर बुढाका अनुसार बजारमा अम्रिसोको झाडुको माग उच्च छ । स्थानिय बजारमै सहज बिक्री हुन्छ । यद्यपि वन क्षेत्रमा अम्रिसो खेतीको क्षेत्र विस्तारका साथसाथै जङ्गली हात्तीको समस्या पनि बढ्दै गएको छ ।

“हात्तीले नोक्सानी गर्दा यस वर्ष केवल तीन लाख बराबरको झाडु मात्र बिक्री हुन सक्यो”, अध्यक्ष बुढाले भने, “अम्रिसोको आकर्षणले गर्दा हात्तीको बथान बस्ती छिर्न थालेको छ, त्यसैले अम्रिसोखेतीलाई चुरे क्षेत्रतर्फ सार्ने योजना बनाएका छौँ ।” हात्तीले नोक्सान नगर्ने हो भने १५ देखि २० लाखसम्मको झाडु उत्पादन गर्न सकिने अध्यक्ष बुढाले बताए ।

समूहको दीर्घकालीन योजनामा चुरे क्षेत्रका खोल्सा तथा समथर भूभागलाई अम्रिसो खेतीयोग्य बनाउने लक्ष्य रहेको छ । कुचो बिक्रीबाट आएको रकम वन संरक्षणका विविध कार्यमा लगानी गरिएको छ । मेसवायर जडान, फलफूल र बाँसका नमूना प्लट विकास, उपभोक्ताका लागि आयआर्जनमूलक तालिम तथा कार्यक्रम सञ्चालन गर्दै वन संरक्षणलाई संस्थागत बनाइँदै आएको छ ।

विसं २०५८ मा स्थापना भएको सो सामुदायिक वन हाल तीन सय ९७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वनसँग ८१६ उपभोक्ता आबद्ध छन् । आम्दानी, रोजगारी, संरक्षण र समुदायबिचको सहकार्यको सफल नमूना बनेको यो वन अन्य सामुदायिक वनका लागि पनि प्रेरणाको स्रोत बन्दै गएको सामुदायिक वन समन्वय समितिकाका अध्यक्ष महेशदत्त जोशी बताउछन

एमाले केन्द्रीय कमिटी बैठक सुरु, विधान संशोधनको प्रस्तावमा छलफल हुने

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा विधान संशोधनको प्रस्तावमा छलफल हुनेछ ।

संशोधन प्रस्तावमा ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउनेलगायत विषय छन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठिनक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने तय भएको छ ।

संशोधन प्रस्तावमा एमालेमा पदेनसहित ३५५ जना केन्द्रीय सदस्य छन् । उनीहरूले संशोधन प्रस्तावमा आआफ्नो धारणा राख्नेछन् ।

पशुपतिमा भक्तजनको भीड

काठमाडौँ — साउन महिनाको सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन् । यसका लागि विश्व सम्पदा सूचीमा सूचिकृत आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा बिहान तीन बजेदेखि नै भक्तजनको घुइँचो लागेको थियो ।

साउनको पहिलो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटले सो जानकारी दिँदै दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्न सक्ने पूर्वानुमा गरी व्यवस्था मिलाएको बताए ।

साउन महिनामा विशेष पूजाका लागि सात हजार ५ सय रुपैयाँभन्दा कमको टिकट नकाटिने कोषले जनाएको छ ।

साउने सोमबारका अवसरमा विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध

काठमाडौँ । राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेको हुनाले मर्मत पूरा नभएसम्म विभागसम्बद्ध तोकिएका सेवाहरू आंशिकरुपमा अवरुद्ध भएको विभागले जनाएको छ ।

अवरुद्ध भएका सेवाहरुमा अनलाईनमार्फत् राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा कार्ड वितरण सेवा, राष्ट्रिय परिचयपत्रको विवरण सच्याउने सेवा, जन्म दर्ता गर्दाका बखत राष्ट्रिय परिचय नम्बर प्राप्त हुने सेवा, सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूको नाम दर्ता तथा नवीकरणका क्रममा राष्ट्रिय परिचय नम्बर/जैविक विवरणबाट प्रमाणीकरण सेवा र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्तरआबद्धता भएका अन्य सार्वजनिक सेवाहरु रहेका छन् ।

विभागले सरोकारवाला एवम् सेवाग्राहीको जानकारीका लागि सार्वजनिक सूचना प्रकाशन गरी मर्मतको कार्य सम्पन्न हुनासाथ सेवा प्रवाह सूचारु हुने जनाएको छ । आइतबारदेखि नै उक्त सेवा रोकिएको विभागले जनाएको छ ।

नेपाली महिला फुटबल टीम आज बंगलादेशसँग भिँड्दै

काठमाडौं– नेपाली महिला फुटबल टीमले आज शक्तिशाली मानिएको बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली यू–२० महिला फुटबल टोली साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि लागि सोमवार बंगलादेशसँग भिँडन लागेका हो ।

यस प्रतियोगिताको अन्तिम खेल आज ढाकास्थित बसुन्धरा किंग्स एरेनामा साँझ ६ः४५ बजेदेखि प्रारम्भ हुँदैछ ।

हालसम्म बंगलादेशले सबै पाँच खेलमा जीत हासिल गरेर १५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपालले चार जीत तथा एक हारसहित १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

नेपाली महिला टोलीले लामो र फरक अन्तरले भुटान र श्रीलंकालाई दुई–दुई खेलमा पराजित गरे पनि तर आज पुनः प्रतिस्पर्धमा उत्रन लागेको बंगलादेशसँग भने पराजित हुन बाध्य भएको थियो ।

यद्यपि, राउण्ड रोविन लीगको अन्तिम खेल भए पनि नेपालका लागि भने यो अघोषित फाइनल जस्तै हुनेछ । किनभने, अन्तिम खेलअघि नेपालभन्दा बंगलादेशले तीन अंक बढी जोडेर प्रतिस्पर्धामा आउँदैछ । त्यसैले अंक बराबरी गर्न पनि नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउनु अनिवार्य छ । त्यसो भएमा मात्रै नेपालले बंगलादेशसँग समान अंक साझेदार गर्न सक्छ । त्यसमा पनि, यस्तोमा च्याम्पियन बन्नका लागि गोल अन्तर निर्णायक हुनेछ ।

हालसम्म पाँच खेलमा नेपालले कुल ३० गोल गर्दा बंगलादेशले भने जम्मा २४ गोल मात्रै गरेको छ । दुवै टीमले समान ४ गोल खाएका छन् । नेपाल र बंगलादेशबीच ‘हेड टु हेड’ मा बंगलादेशले पहिलो खेल ३–२ ले जितेको थियो ।

अहिलेसम्म बंगलादेश ‘हेड टु हेड’ मा पनि अघि छ र ‘हेड टु हेड’ गोल अन्तरमा पनि उ एक गोलले अघि रहेको छ । तर, आज जित्नै पर्ने दवावका बीच नेपाली महिला फुटबलर मैदानमा उत्रदैँछन् ।

समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधार आवश्यक : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन्।

सोमबार सिएनआइ (नेपाल उद्योग परिसंघ) का नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भेट गर्दै प्रचण्ड यस्तो बताएका हुन्।

भेटका क्रममा अध्यक्ष प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे। उनले राज्यको माइन्डसेट परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकता औँल्याए।

‘निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन,’अध्यक्ष प्रचण्डले भने,’राज्यले दुःख दिने नभइ सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ।’

सिएनआइका पदाधिकारीहरूले पनि मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले खेलेको भूमिका र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भएको सहकार्य वातावरण सशक्त रहेको स्मरण गराएका थिए।

पाकिस्तानमा बाढीका कारण २०० बढीको मृत्यु

काठ्माण्डौँ। पाकिस्तानमा जारी मनसुनी वर्षा र अचानक आएको बाढीका कारण हालसम्म दुई सयभन्दा बढीको मृत्यु भएको छ

जसमा करिब एक सय बालबालिका रहेको पाकिस्तानको राष्ट्रिय आपदा व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जानकारी दिएको छ।

जसअनुसार पञ्जाब प्रान्तमा सबैभन्दा बढी १२३ जनाको मृत्यु भएको छ भने यसपछि खैबर पख्तुनख्वामा ४०, सिन्धमा २१, बलुचिस्तानमा १६ र इस्लामाबाद र पाकिस्तान प्रशासित कश्मीरमा १–१ जनाको मृत्यु भएको छ ।

एनडीएमएका अनुसार भवन भत्किँदा १ सय १८, बाढीका कारण ३० जनाको मृत्यु भएको छ भने डुबेर, चट्याङ, विद्युत् करेन्ट र पहिरोका कारण पनि धेरैको मृत्यु भएको छ।

पाकिस्तानमा आएको बाढीका कारण अहिलेसम्म ५६० भन्दा बढी घाइते भएका छन् जसमा १८२ बालबालिका रहेका छन्। उनीहरू यतिखेर आश्रयस्थल र स्थानिय अस्पतालमा उपचाररत रहेका छन् ।

पाकिस्तानमा हरेक वर्ष जुन देखी सेप्टेम्बरको बीचमा मनसुन बाढी आउँछ। जसले गर्दा ठूलो धनजनको क्षति हुदैँ आएको छ ।

उता, संयुक्त राष्ट्रसंघले खैबर पख्तुनख्वा र गिलगिट–बाल्टिस्तानका पहाडी क्षेत्रमा हिमनदीको ताल फुट्ने सम्भावना रहेको चेतावनीसमेत दिएको छ। सो हिमताल फुटेमा थप क्षति हुने जनाइएको छ ।

करार कर्मचारी नियुक्तिका लागि सुदूरपश्चिम सरकारको सहमति आवश्यक

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले स्वीकृत रिक्त दरबन्दी पूर्तिका लागि ज्यालादारी वा करारका कर्मचारी राख्नुपर्ने भएमा सहमति माग गर्न स्थानीय तहलाई आग्रह गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रदेशका सबै स्थानीय तहलाई पत्राचार गर्दै विभिन्न प्रक्रिया पूरा गरी प्रदेश सरकारबाट सहमति माग गर्न आग्रह गरेको हो। सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को दफा १५ को उपदफा (३) बमोजिम ज्यालादारी वा करार नियुक्तिका लागि प्रदेशका विभिन्न स्थानीय तहले सहमति माग गरेका छन्।

तर, ऐन कार्यान्वयनका लागि नियमावली जारी नभएकाले ऐनको दफा १५ को उपदफा (३) मा उल्लिखित पदको स्वीकृत दरबन्दी रिक्त रहेको अवस्थामा ज्यालादारी वा करारमा कर्मचारी नियुक्तिका लागि विभिन्न चार प्रक्रिया पूरा गरेर सहमति माग गर्न आग्रह गरिएको छ। प्रदेश सरकार मुख्यमन्त्री स्तरीय निर्णयमा भनिएको छ, “स्थानीय तहको स्वीकृत दरबन्दीको रिक्त रहेको पदमा ऐन जारी हुनु अगावै वा पश्चात् करार वा ज्यालादारीमा कर्मचारी नियुक्तिका लागि विज्ञापन भई छनोटको चरणमा रहेका वा छनोटको प्रक्रिया अगाडि बढाई नियुक्ति नभएको हकमा सहमति माग गर्नुपर्ने छ ” यसै गरी नयाँ प्रक्रिया थालनी गर्नुपर्ने भएमा पनि सहमति माग गर्नुपर्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका वरिष्ठ शाखा अधिकृत नरेन्द्र शाहले बताए।

सहमति माग गर्दा स्थानीय तहको स्वीकृत दरबन्दी विवरण, उक्त दरबन्दीमा स्थायी/अस्थायी/करार/ज्यालादारीमा कार्यरत कर्मचारी तथा रिक्त रहेको पद सङ्ख्या खुल्ने गरी त्यसको विवरणसमेत कार्यालय प्रमुखले प्रमाणित गरी पठाउनुपर्ने शाहले बताए। ज्यालादारी वा करारमा नियुक्ति गर्ने पदको तलब भत्तालगायतका खर्चका लागि बजेट भए, नभएको वा स्रोतको उपलब्धता रहे नरहेको विषयसमेत प्रस्ट रूपमा उल्लेख गरी मात्र सहमति माग गर्न प्रदेश सरकारको आग्रह छ। नेपाल सरकारद्वारा हस्तान्तरित कार्यक्रम बमोजिमका पदमा उक्त कार्यक्रमले तोकेको दरबन्दी र कुनै सङ्घ संस्था वा दातृ निकायसँगको सम्झौता बमोजिम दातृ निकायबाट तलब, भत्ता उपलब्ध गराउने गरी तोकिएको पदको हकमा भने सम्झौता र प्रचलित कानुन बमोजिम नियुक्ति गर्न बाधा नहुने जनाइएको छ।

केही महिनाअगाडि प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन बनाएको थियो। ऐन कार्यान्वयन गर्ने सवालमा विभिन्न पालिकामा समस्या आएको जनाइएको छ। ऐन कार्यान्वयनमा समस्या देखिएपछि संशोधनको तयारी पनि भइरहेको छ। ऐन संशोधन गर्न विधेयकको मस्यौदा तयार पार्नका लागि कार्यदल गठन गरिएको वरिष्ठ शाखा अधिकृत शाहले बताए। ऐन कार्यान्वयन गर्दा देखिएका समस्या तथा संशोधनका सुझावसमेत उपलब्ध गराउन प्रदेश सरकारले स्थानीय तहसँग माग गरेको छ।

धनगढीको उत्तरवेहीस्थित परिवर्तन ईम्पेक्समा आगलागी, लाखौको क्षति

धनगढी, ६ साउन ।
धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित परिवर्तन ईम्पेक्समा शनिवार राति आगलागी भएको छ । आगलागीबाट लाखौं रुपैया बराबरको क्षति भएको छ ।

राति करीव १० बजे विद्युत सर्ट भएर होलसेल व्यवसायी विश्व पौडेलको परिवर्तन ईम्पेक्समा लागेको आगो ११ः४५ बजे नियन्त्रणमा आएको थियो ।

प्रहरी, दमकल र स्थानीय बासिन्दाको प्रयासमा झण्डै दुई घण्टामा आगो नियन्त्रणमा आएको थियो ।

प्रहरीले आगलागीबाट लाखौको क्षति भएपनि क्षतिको एकिन विवरण प्राप्त नभएको जनाएको छ ।

तस्वीर : पंकज देउवाको वालबाट साभार गरिएको हो ।

साफ यू–१७ च्याम्पियनसिपका लागि ३ प्रशिक्षक नियुक्त

भुटानमा आयोजना हुने साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको सहायक प्रशिक्षकमा रितेश मल्ल नियुक्त भएका छन् । यस्तै, श्रीलङ्कामा हुने साफ यू–१७ पुरुष च्याम्पियनसिपका लागि रामचन्द्र थापा सहायक प्रशिक्षक र राजु सिंह गोलकिपर प्रशिक्षकका रूपमा नियुक्त भएका छन्।

नवनियुक्त प्रशिक्षकहरूलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । तीनै प्रशिक्षकलाई साफ प्रतियोगिताको तयारीका लागि टोलीमा जिम्मेवारी दिइएको एन्फाले जनाएको छ।

ओली-भण्डारीबीच च्यासलमा डेढ घण्टा छलफल, के-के भयो कुराकानी ?

काठमाडौं ।  पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समसामयिक राजनीतिबारे छलफल भएको बताएकी छिन् । एमाले अध्यक्ष ओलीसँग डेढ घण्टा छलफल गरेपछि भण्डारीले राष्ट्रिय राजनीतिबारे कुराकानी भएको बताएकी हुन् ।

ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा आइतबार अपरान्ह डेढ घण्टा छलफलपछि सञ्चारकर्मीहरूसँग उनले राष्ट्रिय राजनीतिबारे कुरा भएको बताएकी हुन् ।सञ्चारकर्मीसँग भण्डारीले सदस्यताको विषय पुरानो भइसकेको बताइन् । ‘पार्टी सदस्यताको विषय पुरानो हो,’ भण्डारीले भनिन्, ‘नवीकरण पनि भइसक्यो । तर आज यसबारेमा कुराकानी भएन ।’

स्थानीय तहमा पुँजीगत बजेट खर्च हुन सकेन

धनगढी । जनताको घरदैलोसम्म विकासको जिम्मेवारी बोकेका कैलालीको स्थानीय तहहरू विकास अर्थात पुँजीगत बजेट खर्च गर्नमा पछाडि देखिएका छन् ।

चालु बजेट खर्च प्रगति राम्रो गरेका स्थानीय तहहरूले पुँजीगत बजेट भने चालुको तुलनामा कम खर्च गरेका हुन । पालिकाहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१र८२ को वित्तीय प्रगति विवरण अनुसार प्रायः सबै स्थानीय तहको चालु बजेट खर्च प्रगति बढी र पुँजीगत बजेट खर्च प्रगति कम रहेको छ । पालिकाहरुले बजेट पनि चालुमा बढी र पुँजीगतमा कम विनियोजन गरेका थिए ।

पुँजीगत बजेट एक अर्ब १६ लाख विनियोजन गरेको धनगढी उपमहानगरपालिकाले ६२ करोड ९९ लाख ९६२।८९ प्रतिशत० खर्च गरेको छ । यो पालिकाले चालुतर्फ एक अर्ब २१ करोड ६१ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये एक अर्ब एक करोड ६२ लाख खर्च भइ वित्तीय प्रगति ८३।५६ प्रतिशत पुगेको छ । कुल दुई अर्ब २१ करोड ७८ लाख बजेट धनगढी उपमहानगरपालिकाको थियो । जसमध्ये एक अर्ब ६४ करोड ६२ लाख ९७४।२२ प्रतिशत० खर्च भएको छ ।

२२ करोड ५८ लाख पुँजीगत बजेट विनियोजन गरेको मोहन्याल गाउँपालिकाले १७ करोड ७० लाख ९७८।३७ प्रतिशत० खर्च गरेको छ । चालुतर्फभने ३२ करोड ७५ लाख रुपियाँ विनियोजन गरिएको थियो । जसमध्ये २९ करोड ४३ लाख ९८९।८६ प्रतिशत० बजेट खर्च गरिएको छ ।

बर्दगोरिया गाउँपालिकाले पुँजीगत बजेट १३ करोड ९३ लाख ९७५।१४ प्रतिशत० खर्च गरेको छ । पुँजीगततर्फ १८ करोड ५३ लाख विनियोजन गरेको यो पालिकाले चालुतर्फभने ३१ करोड ६९ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । चालु बजेट २९ करोड ४५ लाख ९९२।९५ प्रतिशत० खर्च गरिएको छ।

त्यस्तै, २१ करोड ७३ लाख पुँजीगततर्फ विनियोजन गरेको गौरीगङ्गा नगरपालिकाले १३ करोड ३८ लाख ९६१।६१ प्रतिशत० मात्रै बजेट खर्च गरेको छ । चालुतर्फ भने विनियोजित कुल ५२ करोड ५९ लाखममध्ये ४५ करोड ८८ लाख ९८७।२५ प्रतिशत० बजेट खर्च गरिएको छ ।

यसैगरी, जोशीपुर गाउँपालिकाले १८ करोड ४५ लाख पुँजीगत बजेटमध्ये १३ करोड ४ लाख ९७०।६७ प्रतिशत० खर्च गरेको छ । यो पालिकाले चालु बजेट भने २९ करोड ६८ लाख ९८६।२२ प्रतिशत० खर्च गरेको छ । चालुतर्फ कुल ३४ करोड ४२ लाख रुपियाँ बजेट विनियोजन भएको लेखा अधिकृत टिपेश तिमिल्सिनाले जानकारी दिए।

सिरिया साम्प्रदायिक हिंसा, ९४० जनाको मृत्यु

काठमाडौँ । सिरियाको ड्रुज बहुल स्वेइडा क्षेत्रमा भएको साम्प्रदायिक हिंसामा ९४० जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार हिंसाका क्रममा मेसिन गन र मोर्टार गोलाबारीका आवाजहरू सुनिएको थियो । धेरै दिनको हिंसा पछि, इस्लामिक नेतृत्वको सरकारले युद्धविराम लागू गर्न असफल भएको छ ।

हिंसा ड्रुज समुदाय र बेदुइन जनजातिहरू बीचको सामान्यबाट शुरु भएको झडप हिँसामा परिणत भएको थियो । रोयटर्सका अनुसार, हताहतको स्पष्ट संख्याको पुष्टि अझै भएको छैन ।तर विभिन्न रिपोर्टमा ९४० भन्दा बढीको मृत्यु भएको बताइएको छ । सरकारले तनाव कम गर्न सेना पठायो, तर तिनीहरू ड्रुज लडाकुहरूसँग पनि झडप भयो र ड्रुज र बेदुइन फेरि आमनेसामने भएका थिए ।

पार्टी कार्यालयमा अध्यक्ष ओली र नेतृ भण्डारीबीच भेटवार्ता

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेतृ विद्या देवी भण्डारीबीच भेटवार्ता भएको छ। ललितपुरस्थित पार्टी कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

सदस्यता नवीकरणको विषयमा चर्काचर्की भइरहेका बेला उनीहरूबीच छलफल हुन लागेको हो। छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य कर्ण थापालगायत सहभागी छन्।

सेयर बजारमा ऐतिहासिक रेकर्ड,एकैदिन २१ अर्बमाथिको कारोबार

काठमाडौं : सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ। सेयर कारोबार रकम २१ अर्ब नाघेर नयाँ रेकर्ड कायम गरेको हो। साताको पहिलो कारोबार दिन आइतबार २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँको सेयर कारोबार भएको छ। यसअघि साउन १ गते १६ अर्ब बढीको सेयर कारोबार भएको थियो।

मौद्रिक नीति घोषणा भएपछि कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको हो। नेप्से परिसूचक २८६७.७६ विन्दुमा अडिएको छ। कारोबार रकममा उच्च वृद्धि भए पनि नेप्से परिसूचक भने घटेको छ।

यसदिन ३१६ स्क्रिप्सको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर २१ अर्बमा खरिदबिक्री भए।  यसदिन दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलम कारोबार भए। उन्नति सहकारी लघुवित्त वित्तीय संस्था र सानभी इनर्जीको सेयर १० प्रतिशतले बढयो।

यसैगरी ट्रेड टावर,शिव श्री हाइड्रोपावर र बिन्ध्यावासिनी हाइड्रोपावरको सेयर ९ प्रतिशत बढीले बढ्यो। कारोबार रकमका आधारमा  नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। उक्त कम्पनीको ९८ करोडमाथिको सेयर कारोबार भयो। बुटवल  पावरको ६४ करोडको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सले  ५६ करोड,नगदी ग्रुपको ५० करोड र  सानिमा माइ हाइड्रोपावरको ४८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १०५ स्क्रिप्सको मूल्य बढ्दा १४४ वटाको घट्यो। आज पाँच समूहको उपसूचक बढ्दा अन्यको उपसूचक नकारात्मक देखिएका छन्।

छाउगोठमा मृत्यु भएकी कमलाको परिवारलाई ५० हजार सहयोग

कञ्चनपुर। छाउगोठमा सर्पको टोकाइबाट मृत्यु भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीकी २८ वर्षीया कमला दमाईंको परिवारलाई कृष्णपुर नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ ।

नगर प्रमुख हेमराज ओझाले पालिकाको कार्यपालिकाबाट निर्णय गरी मृतक दमाईंको परिवारलाई रु ५० हजार आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए । ‘अहिले मृतकको परिवारलाई रु ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेका छौँ’, उनले भने, ‘मृतकका तीन बालकको पढाइका विषयमा छलफल गरेर निर्णय गर्नेछौँ।’

समाजमा रहेको कुप्रथाबाट अकालमा ज्यान गुमाउनु परेको बताउँदै नगरप्रमुख ओझाले यस्ता कुप्रथाको अन्त्यका लागि नगरभित्रका छाउगोठ भत्काउने अभियान सुरु भइसकेको जानकारी दिए ।

‘हामीले छाउगोठ भत्काउने अभियान सुरु गरिसकेका छौँ । महिनावारी भएको समयमा महिलालाई सुरक्षित तरिकाले बस्ने वातावरणका लागि अभियानसहित जनचेतनामूलक अभियान चलाउन लागिरहेका छौँ”, उहाँले भन्नुभयो, “छाउगोठ राख्नेलाई पालिकाले दिने सामाजिक सुरक्षाभत्ता, सिफारिसलगायत सेवा सुविधामा रोक लगाउँछौं।’

उनले प्रशासनसँग छलफल गरेर छाउगोठ नभत्काउने परिवारलाई विद्युत् सेवाबाटसमेत वञ्जित गराउने तयारी भइरहेको बताए ।

गत शनिबार कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतिरहेकी २८ वर्षीया दमाईंको सर्पको टोकाइबाट मृत्यु भएको थियो।

मिडिया काउन्सिल सरकारबाट पूर्णरूपमा अलग भएर बस्न सक्दैन : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल कुनै न कुनै रूपमा सरकारसँग जोडिनुपर्ने भएकाले सरकारबाट पूर्ण रूपमा टाढा राख्न नसकिने बताएका छन्।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले भने, ‘मिडिया काउन्सिल स्वतन्त्र र स्वायत्त हुनुपर्छ भन्ने कुरा सही हो र यसले सञ्चार क्षेत्रमा मर्यादा कायम राख्नुपर्ने पनि छ। तर, स्वतन्त्रताको नाममा सरकारबाट पूर्ण अलग भएर बस्ने कुरा संभव छैन।’

उनले थपे, ‘सञ्चार क्षेत्र कहीँ न कहीँ सरकारसँग जोडिनैपर्छ। सरकारले हस्तक्षेप र नियन्त्रण गर्न सक्छ, त्यसैले हामीले स्वतन्त्र संयन्त्र विकास गर्ने प्रयास गरिरहेका छौं।’सरकारका प्रवक्ता समेत रहेका गुरुङले सञ्चार क्षेत्रमा अनुशासन र मर्यादा कायम गर्न स्वतन्त्र संयन्त्र निर्माण गर्ने ऐन ल्याइएको बताए। उनले भने, ‘मिडिया काउन्सिललाई स्वतन्त्र, स्वायत्त र जिम्मेवार भएर काम गर्नुपर्नेछ। तर सरकारसँग कुनै न कुनै रूपमा जोडिएको हुनुपर्छ।’

मन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत हुने साइबर अपराधको अवस्था गम्भीर रहेको भन्दै चिन्ता व्यक्त गरे। उनका अनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्म १९ हजार ७३० वटा साइबर अपराध उजुरी परेका छन्। ‘साइबर बुलिङदेखि ठगीसम्म धेरै उजुरी परेका छन्, जसमा ५० प्रतिशतभन्दा बढी बैंकिङ कारोबारसँग सम्बन्धित छन्।’

सामाजिक सञ्जालबाट हुने अपराध नियन्त्रणका लागि सरकारले सामाजिक सञ्जालसम्बन्धी छुट्टै विधेयक संसदमा दर्ता गरिसकेको गुरुङले बताए। ‘यसमा अपराधीलाई कस्तो कारबाही गरिने भन्ने व्यवस्था राखिएको छ र यसको अध्ययन हुनुपर्छ।’

राष्ट्रिय सभाबाट पास भएको मिडिया काउन्सिल विधेयकमा समितिले सैद्धान्तिक छलफल सकाएको छ र सोमबार तथा मंगलबार संशोधन गर्ने सांसदहरूसँग छलफल गर्ने तयारी गरिएको छ।

महेन्द्रनगरमा दुई अर्ब ४१ करोड ७९ लाख राजस्व सङ्कलन

कञ्चनपुर : आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व सङ्कलन वृद्धि भएको छ । कार्यालयका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीका अनुसार  कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा दुई अर्ब ४१ करोड ७९ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ ।

अघिल्लो आवमा कार्यालयले दुई अर्ब ३९ करोड चार लाख २२ हजार राजस्व सङ्कलन गरेको थियो । यसपटक आयकरमा १३ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ । प्रमुख कर अधिकृत पराजुलीका अनुसार आव २०८१/८२ मा ८५ करोड आठ लाख ६५ हजार आयकर सङ्कलन भएको छ ।

अघिल्लो आवमा ७५ करोड एक लाख ७२ हजार आयकर सङ्कलन भएको थियो । त्यसैगरी, ब्याजकरमा पनि २२ प्रतिशतले वृद्धि भएको छ । कार्यालयले आव २०८१/८२ मा दुई करोड ८९ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा दुई करोड ५२ लाख ५० हजार सङ्कलन गरेको थियो ।

घरबहाल कर १२ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । कार्यालयले आव २०८१/८२ मा एक करोड ३७ लाख ८० हजार घरबहाल कर सङ्कलन गरेको छ । अघिल्लो आवमा एक करोड २२ लाख ७७ हजार घरबहाल कर सङ्कलन गरेकामा कार्यालयले भ्याटमा रु ६० करोड ८८ लाख ६१ हजार र अन्तःशुल्कमा रु ९० करोड ९१ लख ७१ हजार राजस्व सङ्कलन गरेको छ ।

‘यो आवमा आयकर बढेको छ, भ्याटमा कम छ,’ प्रमुख कर अधिकृत पराजुलीले भने, ‘अन्तशुल्क कर बराबरी छ समग्रमा गत आवको तुलनामा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।’ कार्यालयको १३ करोड राजस्व बक्यौता रहेको छ । ‘भ्याटमा नौ करोड र आयकरमा चार करोड बक्यौता बाँकी छ,’ उनले भने, ‘बक्यौता रकमका लागि करदातालाई पसलमै गएर, फोनबाट जानकारी गराउने गरेका छौँ ।’

बक्यौता रकम नतिर्ने करदातालाई पटकपटक बक्यौता तिर्न प्रेरित गर्ने र नतिर्ने करदाताको पत्रपत्रिकामा सूचना निकाल्ने गरेको प्रमुख कर अधिकृत पराजुलीले बताए। ‘पटकपटक ताकेता गर्दा पनि अटेरी गर्ने करदातालाई पत्रपत्रिकामा सूचना निकाल्ने र समयमै बक्यौता नतिर्नेको बैंक खाता रोक्कासमेत हुनसक्छ,’ उनले भने।

बच्चाको मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौं: स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्ने तयारी गरिरहेको बताएका छन्।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आइतबार आयोजित मधुमेह परीक्षण तथा जनचेतना कार्यक्रममा उनले सातवटै प्रदेशमा सेवा सञ्चालनको तयारी गरिरहेको बताएका हुन्।

“बालबालिकामा हुने मधुमेह परीक्षण र उपचारका लागि सातवटै प्रदेशमा निःशुल्क गर्नेगरी हामीले काम अगाडि बढाइरहेका छौँ”, स्वास्थ्यमन्त्री पौडेलले भने, “बुढ्यौलीतर्फ उमेर ढल्किँदै गएपछि मधुमेह हुन्छ भन्ने मानसिकता समाजमा रहेको छ, तर बच्चाहरुलाई पनि यो रोग लाग्ने रहेछ।”

नेपालको स्वास्थ्य व्यवस्थामा बालबालिकामैत्री विशेष कार्यक्रम ल्याउनु जरुरी रहेको मन्त्री पौडेलको भनाइ छ। वंशानुगत रोगसहितका अन्य रोगका बारेमा विशेष कार्यक्रम ल्याएर बालबालिकालाई सम्बोधन गर्नुपर्ने उनले बताए।

“पछिल्लो समय समाजमा बालबालिकाका विषयमा थुप्रै समस्या देखिएका छन्”, उनले भने, “मोबाइल, टिभी, ल्यापटपसहितका डिजिटल उपकरण प्रयोग गर्न स्क्रिनमा हेर्ने विषयले समस्या निम्त्याउँदै गएको छ।”

बच्चाहरुलाई हुनसक्ने समस्याका बारेमा सबैले सावधानी अपनाउनुपर्ने र सरकारले उपचारमा सहजीकरण गर्नुपर्ने मन्त्री पौडेलले बताए। बालबालिका र ज्येष्ठ नागरिकको उपचारलाई निःशुल्क कसरी बनाउन सकिन्छ भन्नेतर्फ राज्यले नीति निर्माण गर्नुपर्ने उनको भनाइ छ।

“वृद्धवृद्धा र बच्चाका सन्दर्भमा यसको भार राज्यले बहन गर्नुपर्ने हुन्छ”, उनले भने, “यस विषयमा विभिन्न संस्था बनाएर अन्यत्र जिम्मा लगाउन मिल्दैन।” राज्यले स्वास्थ्योपचारमा सहयोग पुर्‍याउन सक्दैन भने त्यो लोककल्याणकारी राज्य नभएको उनले जिकिर गरे।

कार्यक्रममा नुरा हेल्थ फाउन्डेसनका देशीय निर्देशक डा. सुशील कोइरालाले मधुमेह दुई प्रकारको हुने उल्लेख गर्दै बालबालिकालाई लाग्ने यस रोगलाई ‘मधुमेह टाइप १’ नामकरण गरिएको बताए।

“पाका उमेरका व्यक्तिलाई हुने मधुमेहमा शरीरले उत्पादन गर्ने इन्सुलिनको मात्रा थोरै हुने तथा औषधि खाएर पनि नियन्त्रण गर्न सकिने हुन्छ”, उनले भने, “बालबालिकामा हुने मधुमेहमा शरीरले इन्सुलिन उत्पादन गर्दैन, जीवनभर सुइबाट इन्सुलिन दिएर जीवनरक्षा गर्नुपर्ने हुन्छ।”

मधुमेह टाइप १ लागेका बालबालिकाको सङ्ख्या धेरै भएको हुनसक्ने भन्दै उनले नेपालमा अहिले ६०० बिरामी सूचिकृत रहेको बताए।

“कति बिरामी उपचारका लागि आउनुभएको छैन, कतिले भारतमा गएर समेत उपचार गराइराख्नुभएको छ”, उनले भने, “मधुमेह लागेका बालबालिकाको एकिन तथ्याङ्क हामीसँग छैन।”

नेपालका विभिन्न पाँच अस्पतालबाट मधुमेह टाइप १ को उपचार भइरहेको उनले सुनाए। यो रोग किशोरावस्थामा सुरु हुने भएकाले यससम्बन्धी विशेष सतर्कता र सावधानी अपनाउनुपर्ने डा. कोइरालाको भनाइ छ।

उक्त कार्यक्रममा मधुमेह टाइप १ का बिरामी बालबालिकाले आफ्नो भोगाइ राखेका थिए। बिरामी भएर पनि समयमा उपचार गर्दा सामान्य जीवन बिताउन सकिने उनीहरुको भनाइ थियो।

गैँडाकोटमा रहेको विजय विकास स्रोत केन्द्रको ४७औँ स्थापना दिवसका अवसरमा आयोजित मधुमेह परीक्षणमा गैँडाकोट आधारभूत अस्पताल तथा क्वेस्ट फर्मास्युटिकल्स प्रालिले प्राविधिक सहयोग गरेका थिए।

कार्यक्रममा विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले मधुमेहबारे स्वास्थ्य सचेतना आवश्यक रहेर कार्यक्रम गरिएको बताए।

स्वास्थ्य नै ठूलो धन भएकाले मानिस स्वस्थ हुनका लागि खानपान र जीवनशैलीमा सुधार ल्याउनुपर्ने अध्यक्ष सापकोटाको भनाइ छ।

नेपालले जित्यो आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड प्राप्त गरेको छ। आईसीसीको वार्षिक कन्फरेन्समा यो अवार्ड क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले ग्रहण गरे।

क्यानले लगातार दुई वर्ष यो अवार्ड जित्न सफल भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

यो समूहमा क्षेत्रीय विजेताको रुपमा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, एसियाबाट नेपाल र इस्ट एसिया प्यासिफिकबाट इन्डोनेसिया ग्लोबल छनोटमा पुगेका थिए।

मिडिया क्षेत्रलाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई

काठमाडौँ । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले मिडिया क्षेत्रलाई सरकारअन्तर्गत नभई संसद्अन्तर्गत राखेर जानुपर्ने बताएकी छन् ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद भट्टराईले मिडियालाई सरकारअन्तर्गत राख्दा सरकारले आफ्नो अनुकूल हस्तक्षेप गर्न सक्ने बताएकी हुन् ।

उनले नागरिकले सूचना पाउने संवैधानिक अधिकारलाई मध्यनजर गरेर मिडिया काउन्सिल विधेयक अगाडि बढ्नुपर्नेमा जोड दिइन् । उनले सञ्चार क्षेत्र स्वतन्त्र र निष्पक्ष नभएसम्म लोकतन्त्रको व्याख्या गर्न नसकिने पनि धारणा राखिन् ।

उनले भनिन्, ‘नागरिकले सूचना पाउने हकलाई मध्यनजर गरेर यो विधेयक अघि बढाउनुपर्छ । स्वनियमलाई संस्थागत गर्दै नियमन गर्ने संयन्त्र विकास गर्न खोजेको छ । जबसम्म मिडिया निष्पक्ष हुँदैन हामीले लोकतन्त्रको व्याख्या गर्न सक्दैनौँ । हामीले एउटा संस्थालाई अर्कोमा रूपान्तरण मात्र होइन फरक तरिकाले अघि बढ्नुपर्छ । संस्थागत मूल्य मान्यताको इतिहास र पृष्ठभूमिमाथि अङ्कुश लगाउन खोजेको पनि आउने गरेको छ । नियमनको नाममा मिडियाको भावनामाथि खेल्नु हुँदैन । मिडियालाई प्रोत्साहित पनि गर्नुपर्छ ।’

उनले थपिन्, ‘मिडियालाई संंसद् अन्तर्गत राख्नुपर्छ । सरकारअन्तर्गत राख्दा राज्यको प्रभाव पर्न सक्छ । नेपाल पत्रकार महासङ्घलाई पनि यसमा जोड्नुपर्छ । उसलाई हामीले स्टेट होल्डर मात्र नभई एउटा पत्रकारको हकहितको लागि काम गर्ने संस्थाको रूपमा विकास गर्नुपर्छ ।’

युवा पलायन रोक्न प्रविधिमैत्री र रोजगारमुखी शिक्षा आवश्यक : सांसद राई

काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद माया राईले नेपालमा बढ्दो युवा पलायन रोक्न शिक्षा प्रणालीमा आमूल सुधार आवश्यक रहेको बताएकी छन्।

रासससँगको कुराकानी उनले मुलुकमा पर्याप्त मात्रामा रोजगारीको अवसर नहुँदा युवा विदेशिन बाध्य भएको बताइन्। ‘अहिले आफ्ना सन्तानलाई राम्रो शिक्षा दिन सहर पस्नेको संख्या बढ्दो छ,त्यसपछि सहर हुँदै विदेश जाने क्रम तीव्र हुँदै गएको छ,’ सांसद राईले भनिन्,‘यसलाई रोक्न शिक्षा प्रणाली प्रविधिमैत्री,व्यावहारिक र रोजगारमुखी बनाउनु आवश्यक छ।’

सांसद राईले सरकारी विद्यालयप्रति आम जनताको विश्वास घटिरहेको बताइन्। उनले भनिन्,‘राजनीतिक दलका नेताका छोराछोरी निजी विद्यालयमा पढ्छन्,सरकारी विद्यालयमा सर्वसाधारणका मात्रै सन्तान छन्। यति मात्रै होइन,सरकारी विद्यालयका शिक्षकहरूले समेत आफ्ना छोराछोरी निजी विद्यालयमै पठाइरहेका छन्।’

उनले शिक्षकमै राजनीतिक पार्टीको सक्रिय सदस्यता लिएर काम गरिरहेको अवस्थालाई पनि आपत्तिजनक भन्दै यसले शिक्षा क्षेत्रमा गम्भीर असर परेको बताइन्। ‘शिक्षक राजनीतिमा संलग्न हुनु अब अन्त्य हुनुपर्छ,’ उनले भनिन्,‘सरकारले शिक्षामा सुधार ल्याई रोजगारी सिर्जना गर्ने नीतिमा जोड दिनुपर्छ। रोजगारी नभएसम्म विदेशिने बाध्यता हट्दैन।’

रोजगारीको अवसर सिर्जना गर्न सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै मुलुकमै उत्पादनशील उद्योग तथा व्यवसायमा लगानी बढाउनुपर्ने उनको सुझाव छ।

प्रधानमन्त्री ओली सेप्टेम्बर १६ मा भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली सेप्टेम्बर १६ तारिकमा भारत भ्रमणमा जाने भएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणको निमन्त्रणा आएको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ ।

साफ यू-१७ च्याम्पियनसिपको ड्र सम्पन्न, नेपालको समूहमा श्रीलंका र बंगलादेश

काठमाडौं । साफ यू-१७ च्याम्पियनसिपको ड्र सम्पन्न भएको छ । आइतबार भर्चुअल रूपमा ‘ड्र’ सम्पन्न भएको हो।

ड्र अनुसार नेपाल समूह ए मा परेको छ, जहाँ श्रीलंका र बंगलादेश पनि छन्।

त्यसैगरी समूह बी मा भारत, माल्दिभ्स, पाकिस्तान र भूटान परेका छन्।

प्रतियोगिता आगामी सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकोको कोलम्बोमा आयोजना हुनेछ।

खोज्नुहोस