सुदूरको सेवामा डा. कायस्थका ३६ वर्ष

अल्वर्ट आईन्सटाईनको भनाई छ, अरुका लागि विताईएको जीवन मात्र साँचो अर्थमा मूल्यवान हुन्छ । संसारमा त्यस्ता कैयौ व्यक्ति छन्, जसले पुरै जीवन मानव सेवामा समर्पित गरे । र बनाए, पृथक पहिचान । तिनै मध्येका एक हुन्, क्षय, कुष्ठ तथा छातिरोग विशेषज्ञ प्रा.डा. शुभेषराज कायस्थ । जसले आफ्नो पुरै जीवन सुदूर पश्चिमका जनताको स्वास्थ्योपचारमा समर्पित गरेका छन्।

काभ्रेपलाञ्चोकको बनेपा । भोलाखा टोल । वि.स. २०१३ सालमा त्यही जन्मिएका हुन्, उनी । कायस्थ परिवारका पाँच सन्तानमा उनी माईला थिए ।

बुवा चन्द्रराज नाम चलेका वकिल । बाजे राणाशासनका जिम्मावाल । उनको घरमा सबैले पोत बुझाउथे । उनका बाजे पोत वाफत संकलित सिक्का बोरामा भरेर भक्तपुर पु¥याउथे । जिम्मावालको परिवारको रवाफ थियो । उनी फरक स्वभावका थिए । सिक्काको मोह उनी भित्र हुर्किएन । हुर्कियो, सेवा गर्ने सोच । उपचार नपाएर छटपटाईरहेकाहरु देख्थे । सोच्थे, यिनको उपचार गर्न पाए हुन्थ्यो ।

उनको बाल्यकाल भोलाखा टोलमै बित्यो । त्यही कखरा सिके । आजाद हाईस्कुलबाट एसएलसी पास भए । हेल्थ असिसटेण्ट(एचए) चाहन्थे । जहाँ ईच्छा । त्यहाँ उपाय । महाराजगञ्जस्थित चिकित्सा अध्ययन संस्थान (आईओएम) मा भर्ना पाए । उनी एचएको पहिलो व्याचका विद्यार्थी थिए । त्यहीबाट एचएको पढाई पुरा गरे ।

त्यही बेला बंगलादेशको राजशाही मेडिकल कलेजमा छात्रवृति खुल्यो । उनले निवेदन दिए । केही दिनपछि रेडियो नेपालमा एमवीवीएसको छात्रवृति पाउनेहरुको नाम प्रसारण भयो । जसमा उनको नाम पनि थियो । त्यो उनको भाग्य बदल्ने सूचना थियो । उनले बिर्सेका छैेनन्, अझै । विहान सात बजे मुख्य समाचार अघि प्रसारण भएको त्यो सूचना ।

त्यसको केही दिनमै उनले काठमाण्डौंबाट बंगलादेशका लागि उडान भरे । साथमा थिए, तीन जना साथी । बिमानसंगै उनका सपनाले पनि उडान भ¥यो । हो, उनको डाक्टर बन्ने सपनामा पखेटा पलाएका थिए ।

उनी मिहिनेती थिए । र, पढाईमा तेज । पाँच वर्षमै एमवीवीएसको पढाई पुरा गरे । उनका साथीहरुले सात वर्षमा समेत सकेनन् ।  एक वर्ष मेडिकल बिभागमा प्रोफेसरको मातहतमा क्लिनिकल असिसटेण्ट भएर ईन्टर्नसीपमा त्यही काम गरे । र, नेपाल   फर्के ।

जागीरको शुरुवात

२०४६ सालमा उनले मेडिकल अफिसरमा नाम निकाले । उनीसंग तीन वटा अप्सन थिए, पहिलो सिन्धुपाल्चोक, दोस्रो,लमजङ र तेस्रो महाकाली अञ्चल अस्पताल महेन्द्रनगर । उनले महाकाली अस्पताल रोजे । त्यहाँ कार्यरत थिए, उनका एचए पढ्दाका साथी डा. गणेश बहादुर सिंह ।

पूर्व पश्चिम राजमार्गसंग सुदूरपश्चिम जोडिएको थिएन् । कर्णालीमा पुल थिएन । फेरीमा गाडीहरु तार्थे । न यातायातको सहज सुविधा । न भरपर्दो सञ्चार सेवा । उनले सुदूर पश्चिम रोजे । भारतको बाटो भएर महेन्द्रनगर पुगे । र, महाकाली अञ्चल अस्पतालमा काम गर्न थाले । संगै काम गर्थिन्, उनकी पत्नी डा. गौहरी सुलोचना कायस्थ । २१ वर्षपछि एमडी गर्न काठमाण्डौं गए । वीर अस्पतालको राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (एनएएसएस)बाट ईन्टरनल मेडिसिनमा एमडी गरे । एक वर्ष त्यही छाती रोग तथा मेडिसिन बिभागको प्राध्यापकका रुपमा काम गरे ।

त्यसपछि उनको सेती अञ्चल अस्पतालमा सरुवा भयो । जहाँ नौ वर्ष सेवा गरे । र, त्यहीबाट नौ वर्षअघि अवकाश पाए । अवकाश पछि धेरैले भन्छन्, भो, अव पुग्यो । कति काम गर्नु ?  तर उनको मनमा त्यस्तो सोच आएन । न मनले भन्यो, अव आराम गर । र त, अवकाशपछि पनि निरन्तर बिरामीको सेवामा खटिए । उनी बनेपा फर्केनन । उनले काठमाण्डौ रोजेनन् । धनगढीसंग उनको अटुट प्रेम छ । लगाव छ । त्यही कारण धनगढी छोड्न सकेन । पैसा त उनले क्लिनिक चलाएर कही पनि कमाउथे । उनले धनगढीलाई स्थायी मुकाम बनाए । घर जोडे । चिकित्सक छोरी र ज्वाईलाई बोलाए ।

उही असल चिकित्सक हो, जसले आशाको सबैभन्दा राम्रो सञ्चार गर्छ । उनलाई बिरामीले सदैव असल चिकित्सकका रुपमा सम्झिन्छन् । यसर्थ कि, उनी विरामीलाई अनावश्यक औषधी दिदैनन् ।

‘डाक्टर साप म चामल बेचेर जचाउन आएको हूँ, बिन्ति मलाई खाली पेट खाने दवाई दिनुहोला ?’ विरामीको यस्तो व्यथा सुन्दा उनको मन कुडिन्छ । हो, उनले अभावमा खाली पेट औषधी खाने विरामीको पीडा बुझेका छन् । पैसाका लागि अनावश्यक औषधी दिने चिकित्सकहरु देख्दा उनको मन खिन्न हुन्छन । चिकित्सकको धर्म बिरामीलाई लुट्ने होईन् । सेवा गर्ने हो, उनी भन्छन्, जसले चिकित्सा सेवालाई धन्दा बनाए । र, तिनैले यो क्षेत्रको बदनाम गरे ।

बिरामीको आशिर्वाद नै तक्मा

उनले जिन्दगीमा धेरै सम्मान पाएका छन् । तक्मा पाएका छन् । राजाको हातबाट गोरखा दक्षिण बाहु पाए । संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रका तर्फबाट उनले थुप्रै सम्मान पाएका छन् । उनलाई हेल्थ दर्पण म्यागेजिनले राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट सम्मानित गरेको थियो । तर सम्मान र तक्मा भन्दा सन्तुष्टि र खुशी भने बिरामीको उपचारबाट प्राप्त हुन्छ, उनलाई ।  भित्तामा झुड्याईने तक्मा र प्रमाण पत्र भन्दा मान्छेको मनमा कुँदिनुको आनन्द बेग्लै हुन्छ । त्यसको महत्व बेग्लै हुन्छ ।

महाकाली अस्पतालको कायापलट

उनी महाकाली अञ्चल अस्पतालमा मेडिकल सुपरीटेण्डेट हुदा त्यहाँ १४ जना डाक्टर कार्यरत थिए । जवकी सेती अञ्चल अस्पतालमा ४ जना डाक्टर मात्र थिए । महाकाली अस्पतालको सेवा भरपर्दो थियो । कैलाली जिल्लाको पहलवानपुर,लम्की, टीकापुरबाट बिरामीहरु उपचारका लागि त्यहाँ जान्थे ।

उनले महाकाली अञ्चल अस्पताल छोडेपछि अस्पतालको अवस्था पनि बिग्रियो । हाल सेती अञ्चल अस्पतालमा ५० भन्दा बढि डाक्टर कार्यरत छन् । महाकाली अञ्चल अस्पताल भने डाक्टरको अभाव झेलिरहेको छ ।

अनुसन्धान र सेवा संगसंगै 

उनले रोगीको उपचारका क्रममा आफ्नो ज्यानको कहिले परवाह गरेनन् । मल्टीड्रग रेसिस्टेण्ट ट्युवरक्लोसिस(एमडीआर) र एक्सटेन्सिभली ड्रग रेसिस्टेण्ट ट्युवरक्लोसिस (एक्सडिआर टीवी) को उपचार अत्यन्त जोखिमपूर्ण मानिन्छ । उनी भने ती विरामीको जीवन बचाउन खटिरहे । एमडीआर र एक्सडीआरलाई टीवीको सबैभन्दा जोखिमपूर्ण चरण मानिन्छ । सर्ने भएकोले एमडीआर र एक्सडीआरका रोगीलाई अलग राखेर उपचार गर्नुपथ्र्यो । डा. कायस्थले उनीहरुको उपचारका लागि धनगढीमा उपचार केन्द्र स्थापना गरे । स्थानीयको बिरोधपछि उपचार केन्द्र एक ठाँउबाट अर्को ठाँउमा सारिरहे । तर उनी बिचलित  भएनन् ।

हो, एमडीआर र एक्सडीआर टीवीका बिरामीको उपचारका क्रममा थुप्रै स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । र उनको आँखै अघि थुप्रै बिरामीको पनि उपचारकै क्रममा मृत्यु भयो । तर बिरामीलाई अन्तिम घडीसम्म आशा बाडिरहे ।

कैलाली र कञ्चनपुरमा थारु जातीमा देखा परेको सिकलसेल एनिमियाको उपचारका लागि गरेको उनले अविस्मरणीय छ । उनले सिकलसेल एनिमियाका बिरामीको उपचार मात्र गरेनन । हरेक बिरामीको रोगको सुक्ष्म अध्ययन गरे । यसको जोखिम र अवस्थाका बारेमा सरकारकै ध्यानाकर्षण गरे । सेती अञ्चल अस्पतालमा संभव नहुने उपचारलाई यही संभव गरे । उनकै अथक पहलमा प्रयोगशालाको व्यवस्था भयो । बिरामीले निशुल्क उपचार पाउन थाले । आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न नसकिरहेका बिरामीहरुको सजिलोका लागि सरकारले एक लाख रुपैया दिने घोषणा ग¥यो ।

नेपाल सरकारको निर्देशिका नेशनल गाईडलाईन अफ म्यानेजमेण्ट अफ सिकलसेल डिजिज लेखे । नेशनल गाईडलाईन अफ ट्रपिकल डिजिजका मुख्य लेखक पनि उनी नै हुन् ।

डा. कायस्थले सुदूर पश्चिमका जिल्लाहरुमा लाग्ने ट्रपिकल रोग बारे पनि अनुसन्धान गरे । शाकाहारी मानिसमा हुने भिटामिन बी १२ को कमीबारे उनले गरेको अनुसन्धानलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषदले अनुमोदन गरिसकेको छ ।

अविस्मरणीय  घट्नाहरु 

उनले विरामीको उपचारका क्रममा थुप्रै सुखद अनुभूति संगालेका छन् । केही दुःखद पनि । उनी तीन वटा घट्ना कहिल्यै बिर्सिदैनन् । सर्पले टोकेका एक युवक महाकाली अञ्चल अस्पतालमा भर्ना थिए । उनी बोल्न सकिरहेका थिएनन् । युवकले उपचारमा खटिएकी नर्सलाई आफूतिर ताने । उनको हातमा डा. कायस्थको नाम लेखे । र, बोलाउन लगाए । डा. कायस्थले हेरे निको हुने ती युवामा विश्वास थियो । नभन्दै डा. कायस्थको उपचारले ती युवा निको भएर घर फर्के ।

निम्बुखेडाका एक व्यक्ति छाती दुख्यो भनेर उपचारका लागि महाकाली अञ्चल अस्पताल आए । डा. कायस्थले लक्षणका भरमा उनको हृदयघात भएको निष्कर्ष निकाले । र, उपचार शुरु गरे । चार दिनपछि थप उपचारका लागि बरेली पठाए ।

बरेलीका डाक्टरले उनका आफन्तलाई सही तरिकाले उपचार भएको बताए । केही दिन त्यहाँ उपचार गरेपछि बिरामी निको भए । र, घर फर्के । हृदयघात थाह पाउने न ईसिजी मेसिन थियो । न त जटिल शल्यक्रिया गर्ने टीम । त्यसका बाबजुद पनि उनले बिरामीको उपचारमा कुनै कसर बाँकी राखेनन् ।

उमेरले ६९ मा नाघे । उनको उर्जा र सक्रियताले भन्छ, उमेर भनेको संख्या मात्र हो । उनी बिरामीको उपचार र अनुसन्धानमा अहिले पनि व्यस्त छन् । जति उनी सरकारी अस्पतालमा जागीरे हुदा खटिन्थे । हुन् त, उनले आफूलाई कहिल्यै जागीरे ठानेनन् । उनले कहिल्यै विदा भनेनन् ।

कार्यालय समयपछि बिरामीको उपचारमा खटिन्थे । हरेक दिन बिहान उठेपछि बिरामी हेर्थे ।  राति सुत्नु अघि पनि एकपटक बिरामी हेर्थे । र, अरु बेला पनि बिरामीका आफन्तले बोलाए जान्थे ।

र, धेरै कम डाक्टरले बिरामीलाई छुन्छन । टाढैबाट कस्तो छ भनेर सोध्छन् । तर डा. कायस्थ भने हरेक बिरामीलाई नजिकबाट हेर्छन । छुन्छन । र सोध्छन्, कस्तो छ अहिले ?

उनी एक जना क्षयरोग र एचआईभीबाट संक्रमितको उपचारमा खटिएका थिए । एकदिन बिरामी उनको हात समातेर रुन थाल्यो । रुदा रुदै उसको गला अबरुद्ध भयो । केहीबेर बोल्न सकेन । एकछिन पछि उसले आँशु झार्दै भन्यो, डाक्टर साप मलाई छुने तपाई पहिलो व्यक्ति हो । क्षयरोग र एचआईभीबाट संक्रमित भएपछि घरबाट निकालिएका उनलाई कसैले छुन्थेनन् । भनिन्छ, आधा रोग त डाक्टरले छोएरै ठिक हुन्छ । दया र सहानुभूति डाक्टरले दिन सक्ने सबैभन्दा शक्तिशाली औषधि हो ।

भनाई छ, कहिलेकाहीं निको पार, प्रायः उपचार गर, तर सधैं सान्त्वना देउ । डा.कायस्थले बिरामीलाई निको मात्र पारेनन् । सधै सान्त्वना दिए ।

उनले बिरामीमा यही फर्मुला प्रयोग गरे । र, कमाए ख्याति । महाकाली अञ्चल अस्पतालमा दुई दशक बिरामीको सेवा गरे । त्यहाँबाट धनगढी आए । शुरुवाती दिनमा धनगढीका लागि नयाँ थिए । कञ्चपुरमा कमाएको ख्यातिले उनको धनगढीको क्लिनिकमा पनि बिरामीको घुईंचो लागिरह्यो ।

कोढ लागेका बिरामीहरु घर र समाजबाट बहिस्कृत हुन्थे । घरबाट निकालिएका कुष्ठरोगीहरुका लागि त उनी भगवान थिए । कुष्ठरोगीहरुका घाउमा मल्हम लगाए । उनीहरुको उपचार गरे । र, निको बनाएर घर पठाए । उनले पुनर्जीवन दिए ।

कुष्ठरोगलाई अघिल्लो जन्मको पापका रुपमा हेरिन्थ्यो । यो पाप होईन । रोग हो, उनले सन्देश दिए,  उपचार गरे निको हुन्छ ।

निको भएर फर्किने क्रममा बिरामीले दिने आशिर्वादले उनमा उर्जा भर्छ । र, त्यही उर्जाले सेवा गरिरहन प्रेरित गर्छ । उमेरले ७० टेक्दैछ । र त, बिरामीको उपचारमा यो उमेरमा पनि सक्रिय छन् ।

उनी सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रको विकासको साक्षी हुन् । अस्पतालका नाम मात्रका थिए । उपकरण थिएन । गतिलो अप्रेशन कक्ष थिएन । बेहोस गर्ने बिधि अहिलेजस्तो थिएन । त्यसका बाबजुद पनि चिकित्सकहरुले अप्रेशन गर्थे । बिरामी एम्बुलेन्समा होईन, बयलगाडामा आउथे । अस्पताल पु¥याउन नपाउदै बिरामीको मृत्यु हुन्थ्यो । प्रसव व्यथा लागेपछि अस्पताल होईन, सुडेनी गुहार्ने त्यो युग । सबै दुःखाईको एउटै औषधी सिटामोल । तमाम मिठा नमिठा अनुभूति ।

तीन दशकको अबधिमा सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा थुप्रै सेवा, सुविधा थपिए । सरकारी अस्पतालहरुको स्तरोन्नती भयो । थुप्रै निजी अस्पतालहरु खुले । विशेषज्ञ चिकित्सकहरु थपिए । यद्दपि जटील रोगको उपचारका लागि अन्यत्र जानु पर्ने बाध्यता यथावत छ । त्यसका लागि गेटामा सुविधा सम्पन्न मेडिकल कलेज जतिसक्दो चाँडो सञ्चालन गर्नुपर्ने उनको सुझाव छ ।

बंगलादेशमा विवाह

उनी राजशाही कलेजमा पढ्थे । त्यही पढ्थिन्, बंगलादेशकी गौहरी सुलोचना । सहपाठी सुलोचनासंग पढाईका क्रममा नियमित रुपमा भेट हुन थाल्यो । त्यो भेट विस्तारै प्रेममा परिणत  भयो ।

प्रेमको कुनै धर्म हुदैन । न त यो कुनै भूगोल र वादको घेरामा कैद हुन्छ । हो, उनी देश बाहिर थिए । देशको सीमा भन्दा पर । धर्म र जातीको छेकवार लागेको समाज । अनि निर्मम समय । उनले केही सोचेनन् । उनले दुवै परिवारलाई सहमत गराए । र, गौहरीसंग विवाह गरे । बंगलादेशमै उनकी जेठी छोरी निराजनाको जन्म भयो । एमवीवीएसको पढाई सके । र, फर्किए माईती देशबाट गौहरी र छोरी सहित । नेपालमा छोरी प्रज्ञा जन्मिईन् ।

दुबै छोरीले उनीहरुलाई पछ्याए । निराजनाले बाल रोगमा एमडी गरिन् । र, रोजिन, सेती प्रादेशिक अस्पताल । जहाँ पिता सुभेषले एक दशक सेवा गरे । कान्छी छोरी प्रज्ञा मेडिसिनमा एमडी  गर्दैछिन् ।

…………………
डाक्टर हुनु केवल पेशा होइन, यो जिम्मेवारी हो, एक आह्वान हो, र एक सौभाग्य हो । कतिपय डाक्टरले यसलाई धन्दा बनाई दिए । उनले यसलाई जिम्मेवारी ठाने ।

भन्नेको के जान्छ, भनि दिन्छन्, के उनले पैसा नलिएर उपचार गरेका छन् ? पैसा लिएर पनि विरामीसंग राम्रो व्यवहार नगर्ने डाक्टर यही समाजमा छन् । बोलीमा नम्रता । व्यवहारमा सरलता । सोचमा समानता । त्यो डाक्टर होईन, जसमा यी गुण छैनन् । उनमा यी गुण छन् । हो, उनले कहिल्यै हेरेनन्, विरामीको आर्थिक हैसियत । जात । वर्ण । र, धर्म ।

त्यसैले भनिन्छ, मानिसहरू डाक्टरलाई उनको परिश्रमको तलब तिर्छन्, तर उनको दयाको ऋण कहिल्यै तिर्न सक्दैनन् ।

अन्तरिक्ष स्टेशनतर्फ अमेरिका, जापान र रुसी अन्तरिक्ष यात्रीको संयुक्त यात्रा

 एजेन्सी । अमेरिकी अन्तरिक्ष संस्था नासा र निजी कम्पनी स्पेसएक्सले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) तर्फको आगामी ‘मानवयुक्त मिसन’ सन् २०२५ जुलाई ३१ मा प्रक्षेपण गर्ने तयारी गरेका छन् ।

नासाले बिहीबार दिएको जानकारीअनुसार, यो मिसन फ्लोरिडास्थित नासाको केनेडी अन्तरिक्ष केन्द्रबाट अमेरिकी पूर्वी समय अनुसार दिउँसो १२ः०९ बजे प्रक्षेपण गरिनेछ । अन्तरिक्ष यानले शनिबार, अगस्ट २ तारिखको बिहान करिब ३ बजे आईएसएसमा डक गर्ने अपेक्षा गरिएको छ । “क्रू-११“ नाम दिइएको यस मिसनमा नासाका अन्तरिक्ष यात्री जिना कार्डम्यान र माइक फिन्के, जापानको एयरोस्पेस अनुसन्धान संस्थान (जेएएकसए) का किमिया युई तथा रसियाको रोस्कोसमोस अन्तरिक्ष संस्थाका ओलेग प्लातोनोभ सहभागी हुनेछन् ।

यो मिशन नासाको ‘कमर्शियल क्रू कार्यक्रम’ अन्तर्गत स्पेसएक्ससँगको सहकार्यमा सञ्चालन हुन लागेको ११औं मानवयुक्त अभियान हो । कमर्शियल क्रू कार्यक्रम संयुक्त राज्य अमेरिका स्थित अन्तरिक्ष संस्था नासाले सुरु गरेको एक विशेष पहल हो, जसको उद्देश्य निजी क्षेत्रसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) सम्म मानवसहितको यात्रा सुरक्षित, भरपर्दो र लागत–प्रभावी तरिकाले सम्पन्न गर्नु हो ।

यस कार्यक्रम अन्तर्गत नासाले स्पेसएक्स र बोइङ जस्ता निजी कम्पनीहरूलाई आफ्नो अन्तरिक्ष यान विकास गर्न प्रोत्साहन दिएको छ, जसबाट सरकारी मात्र नभई व्यावसायिक साझेदारमार्फत पनि अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा पठाउने सुविधा सुनिश्चित गरिएको छ । यसले अमेरिका भित्रैबाट अन्तरिक्ष यात्राको स्वदेशी क्षमतामा वृद्धि गर्दै आएको छ, साथै अन्तरिक्ष अन्वेषणलाई दिगो र प्रतिस्पर्धी बनाउने दिशामा ठोस कदम हो ।

उद्योगमन्त्री भण्डारी र रोजगारदाताको अन्तर्राष्ट्रिय संगठन आईओईका महासचिवबीच भेट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग रोजगारदाताको अन्तर्राष्ट्रिय संगठन ‘इन्टरनेसनल अर्गनाइजेसन अफ इम्प्लोयर्स’ (आईओई) का महासचिव रोबर्टो स्वारेज सान्तोसले शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा मन्त्री भण्डारीले कोभिड महामारी तथा विश्व आपूर्ति शृङ्खलामा देखिएका अवरोधबीच नेपालको अर्थतन्त्र पुनरुत्थान क्रममा रहेको उल्लेख गर्दै नेपालको आर्थिक विकासमा निजी क्षेत्रको अग्रणी भूमिका रहेको र सरकारले व्यवसायमैत्री तथा लगानीमैत्री वातावरण निर्माणका कार्य जारी राखेको जानकारी गराए ।

उनले नेपालमा रहेको लगानी सम्भावनााबारे जानकारी गराउँदै विदेशी लगानी भित्र्याउन नीतिगत, कानुनी र प्रक्रियागत सुधार भइरहेको तथा त्यसको परिणामस्वरूप हालका वर्षमा विदेशी लगानी स्वीकृतिका दर क्रमशः वृद्धि भइरहेको विषयमा जोड दिए ।

मन्त्री भण्डारीले नेपालको सन् २०२६ मा अतिकम विकसित मुलुकबाट हुने स्तरोन्नति तथा दिगो विकास लक्ष्य प्राप्तिका सन्दर्भमा थप स्रोत, प्रविधि, क्षमता विकास र साझेदारी आवश्यक रहेको सन्दर्भमा आईओई र नेपाली निजी क्षेत्रबीच साझेदारी प्रवर्द्धन हुने अपेक्षा व्यक्त गरे ।

उनले महासचिव सान्तोसलाई नेपालमा रहेका लगानी सम्भावनाबारे विश्वभरिका लगानीकर्तामाझ सूचना सम्प्रेषण, नेपालका साना तथा मझौला उद्यमी–व्यवसायीको क्षमता विस्तार तथा आधुनिक प्रविधि हस्तान्तरण लगायत क्षेत्रमा नेपालको निजी क्षेत्रसँग सहकार्य विस्तार गर्न अनुरोध गरे ।

आईओईका महासचिव सान्तोसले नेपालको लगानी सम्भावना तथा अतिकम विकसित मुलुकबाट हुने स्तरोन्नतिले सिर्जना गरेको अवसर र चुनौतीबारे यस भ्रमणबाट थप बुझ्ने मौका प्राप्त गरेको बताए ।

विश्वव्यापी सञ्जाल भएको संस्थाका रूपमा आईओई रहेको बताउँदै उनले नेपालको साना तथा मझौला उद्यमीको क्षमता विस्तारमा सहकार्यको पहल भइरहेको उल्लेख गरे ।

उक्त भेटमा आगामी दिनमा समेत नेपालको निजी क्षेत्रसँग सहकार्यका थप सम्भावना खोजी गर्ने तथा नेपालमा लगानी विस्तारका लागि सूचना सम्प्रेषणमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको छ ।

रन्जिता श्रेष्ठलाई २४ घण्टे ‘अल्टिमेटम’,बैठक नबोलाए थप निर्णय गर्ने चेतावनी

भानुभक्त आचार्य,

नागरिक उन्मुक्ति पार्टीका बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्ष रन्जिता श्रेष्ठलाई केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् । अध्यक्ष श्रेष्ठसहितका २१ जना केन्द्रीय सदस्यमध्ये १२ जना केन्द्रीय सदस्यहरूले आज संयुक्त रूपमा बैठक बोलाउन माग गरेका हुन् ।

दिउसो १ बजे नाउपा पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकले पार्टीको केन्द्रीय सदस्य बोलाउने निर्णय गरेको थियो । अध्यक्ष रन्जिता श्रेष्ठलाई पटक पटक बैठक बेलाउन आग्रह गरे पनि अध्यक्ष श्रेष्ठले बैठक बोलाउन आनाकानी गरेको बहुमत केन्द्रीय सदस्यहरूको आरोप छ । बैठक नबोलाएर ११ गते २ बजे काठमाडौँमा केन्द्रीय समितिको बैठकले थप निर्णय गर्ने उनीहरूको भनाइ छ ।

‘आजको मितिले २४ घण्टा भित्र समय स्थान तोकी केन्द्रीय समितिको बैठक बोलाउनु भएमा सो बैठकमा उपस्थित भई केन्द्रीय समितिको बैठक बसी निर्णय गर्ने र यदि उहाँले केन्द्रीय समितिको बैठक तोकिए बमोजिम नबोलाउनु भएमा ११ गतेका दिन २ बजे काठमाडौँमा केन्द्रीय समितिको बैठक बसी थप निर्णय गर्ने’ बहुमत सदस्यहरूले गरेको निर्णयमा उल्लेख गरिएको छ ।

बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्षलाई लिखित रूपमा बैठक आह्वान गर्न माग गर्ने निर्णय गरेसँगै उनलाई एउटा पत्र पनि पठाएका छन् ।

मलाई राजनीतिमा आउन कसैले रोक्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई आउन कसैले रोक्न नसक्ने बताएकी छिन्‌ ।

काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा लिखित वक्तव्य वाचन गर्दै भण्डारीले पार्टीमा आबद्ध बनेर नै अगाडि बढ्ने टुङ्गोमा पुगेरै पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेको बताएकी हुन्‌ ।

उनले आफूमा पदप्रति लालसा, महत्वाकाङ्क्षा र आशक्ति नभएको पनि दावी गरेकी छन्‌ ।

विज्ञप्तिको पूर्णपाठ :

नेकपा (एमाले) मा मेरो संलग्नता र पार्टी सदस्यताको नवीकरणको विषयलाई लिएर विगत केही समयदेखि पनिभूत ढङ्गले आम सञ्चार जगतले चासो राखिरहेकोमा मेरो ध्यान गम्भीर रूपमा आकर्षित भएको छ। मुलुकको एक जिम्मेवार नागरिक भएको नाताले मेरा बारेको चासो र सरोकारलाई थप स्पष्ट पार्नु आफ्नो दायित्व ठानेको छु।
देशको राष्ट्रपतिको भूमिकालाई सफलतापूर्वक पूरा गरी एक नागरिकको रूपमा रहदै आएको केही महिनापछिदेखि नै आमसञ्चार माध्यम, पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणबाट मेरो भावी राजनीतिक यात्राको बारेमा चासो व्यक्त हुँदै आएको थियो। विगत एक वर्षदेखि त व्यापक रूपमै मेरा बारेमा आमसञ्चार माध्यमले सरोकार राखेको पनि सबैलाई अवगतै छ।
राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन(मनन् गर्दै आएको र आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाडि बढाउने/नबढाउने भन्ने विषयमा उपयुक्त समयमा जानकारी गराउने कुरा गर्दै आएको थिएँ। जब म पार्टीमा आबद्ध बनेर नै अगाडि बढ्ने टुङ्गोमा पुगें, तब मैले पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरें।
मैले यो विषय सार्वजनिक नगरिरहेकै अवस्थामा पार्टी कार्यालय, नेता, कार्यकर्ता र शुभेच्छुकको हवाला दिँदै मेरो पार्टी सदस्यता नवीकरणका बारेमा सञ्चार माध्यमले बाहिर ल्याए। अब यस्तो परिवेशमा मेरो पार्टी सदस्यता नवीकरणको विषयमा चुपचाप रहनु उपयुक्त हुँदैनथ्यो। सदस्यता नवीकरण गर्नुको औचित्य पनि नेकपा (एमाले) मा आबद्ध भएर अगाडि बढ्नु नै थियो। यसै विषयलाई मध्यनजर गर्दै मैले २०८२ साल असार १४ गते जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा आफूले नेकपा (एमाले) को सदस्यता नवीकरण गरेको सार्वजनिक गरीकन पार्टी परिवारको सदस्य भएर राजनीतिमा क्रियाशील हुने सङ्कल्प गरेको कुरा सबैलाई जानकारी गराएको थिएँ।
हालैका दिनमा नेकपा (एमाले) को केन्द्रीय कमिटीसहितका उपल्ला संरचनामा मेरो पार्टी सदस्यता नवीकरणको विषयमा छलफल भएको कुरा सञ्चार माध्यमका समाचार, पार्टीका नेता तथा कार्यकर्ताका अन्तरवार्ता र सामाजिक सञ्जालबाट थाहा पाएँ। मेरो पार्टी सदस्यताको विषयमा पार्टी केन्द्रीय कमिटीको बैठकको अघिल्लो दिन नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र मेरा बीचमा सौहार्दपूर्ण वातावरणमा छलफल समेत भएको थियो। त्यसो त यसभन्दा पहिले पनि पार्टी सदस्यता नवीकरण र पार्टीमा मेरो जिम्मेवारीको विषयमा पार्टीका नेताहरूसँग पटक पटक कुरा हुँदैआएको थियो। मैले पार्टी अध्यक्षसँगको पछिल्लो भेटमा आफूले विधिसम्मत ढङ्गले पार्टी सदस्यता नवीकरण गरेको र यसकै आधारमा पार्टीमा आवद्ध भएर कार्य गर्ने विषयमा समेत छलफल गरेको थिएँ। यसको भोलिपल्ट पार्टी केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरण नगरेको कुरा पार्टीले गरेका निर्णयहरूबारे जारी गरेको विज्ञप्तीबाट थाहा पाएँ। वास्तवमा मेरो पार्टी सदस्यता नवीकरण भैसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन।
म एक राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय होइन। यो संवैधानिक अधिकार मात्र होइन, बरु म राजनीति गरेर, पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको हुँ र आफ्नो बाँकी जीवन पनि राजनीतिमा लगाएर नै देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हुँ। कुनै पदप्रति लालसा, महत्वाकाङ्क्षा र आशक्ति म मा छैन। किनकी, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकै छु। मेरो उद्देश्य भनेको पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीति मार्फत देश र जनताको सेवा गर्ने नै हो। अनि मुलुक र जनतालाई समृद्ध र सुखी बनाउने अभियानलाई अगाडि बढाउने नै हो।
नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूति गरेको छ। संविधानका विभिन्न धारा, मर्म र भावना कहिँ कतैबाट पनि म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन
। यो घाम जत्तिकै छर्लङ्ग भएको विषय हो। जनताको बहुदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँग आत्मसात गरेको सन्दर्भमा यस सिद्धान्तको प्रतिकूल हुने गरी पार्टी सदस्य हुनबाट मलाई बञ्चित गर्नुपर्ने कुनै कारण छैन।
यस सन्दर्भमा, नेपालको संविधान, ऐन कानुन र पार्टीको लोकतान्त्रिक मूल्यमान्यता समेतलाई नजरअन्दाज गरेर राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई सङ्कुचन वा नियन्त्रण हुने गरी गरिएका अपरिपक्व निर्णयले मलाई दुःखित तुल्याएको छ। यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ। आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिएता पनि वास्तविकतालाई सधैं छोप्न सकिंदैन। विषद् छलफल गरिकन विवेकसम्मत ढङ्गले निर्णय लिनु पर्दछ भन्ने जबजको पार्टी निर्माणसम्बन्धी अवधारणाको मर्म पनि यही हो। पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुनेगरी गरिएको निर्णय वैध र परिपक्व हुनै सक्दैन ।
म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको पैंतिस वर्ष भइसकेको थियो। अहिले पार्टी सदस्य भएको पैंतालिस वर्ष बितिसकेका छन् । त्यसैले, पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै मलाई पार्टी सदस्य हुनबाट बञ्चित गर्न कदापि मिल्दैन। यो पार्टी बनाउन म लगायत हजारौं नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना, मिहिनेत लागेको छ। यो कुरा म यहाँ कुनै भावनामा बगेर गरिरहेको छैन। बरु हाम्रो पार्टीका असल परम्परा, मूल्य एवं आदर्शलाई आधार मानेर बहुत शान्त र गम्भीर भएर म यी कुराहरू राखिरहेको छु। यस आधारमा, जबजले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न म देशभरका सबै एमाले पङ्क्तिमा आग्रह गर्दछु। मेरो यो आग्रह र सङ्कल्प अन्तरआत्माको आवाज हो, आफ्नो निर्णयबाट म विचलित हुने छैन। त्यसैले, म सम्पूर्ण पार्टी पंक्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरूलाई आत्मसात गर्दै पार्टी निर्माणमा सक्रिय हुन समेत हार्दिक आव्हान गर्दछु ।
जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) प्रतिको नेकपा (एमाले) का नेता, कार्यकर्ता र आम सदस्य एवम् सम्पूर्ण जनसंगठनमा आबद्ध सबैको गहिरो आस्था, विश्वास र निष्ठाले नै आज हाम्रो पार्टीले यो सफलता हासिल गरेको हो। नेपाली माटोको सुवासमा विकसित भएको जबजको मार्गदर्शनमा नै एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने र मुलुकमा दिगो राजनीतिक स्थायित्व कायम भएर समाजवादको आधार निर्माण हुनेछ। हामी ऐतिहासिक सफलतातर्फ उन्मुख बनिरहेको यस्तो महत्वपूर्ण घडीमा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउनुपर्ने दायित्व हाम्रै हो। यसका निम्ति हामी सबैको निष्ठायुक्त र निस्वार्थ प्रयास अहिलेको आवश्यकता हो। यसो हुन सक्दा नै जननेता मदन भण्डारीको विचारलाई कार्यान्वयन गरेर देशलाई समुन्नत बनाउन सकिनेछ।

मलाई कुनै पदको लालसा, महत्वकांक्षा र आशक्ति छैन : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको बताएकी छिन् ।

शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफू राष्ट्रकै सर्वोच्च पदमा पुगेकाले अब पदको कुनै आशक्ति नभएको तर्क गरेकी हुन् ।

‘कुनै पदप्रति लालसा, महत्त्वकांक्षा र आशक्ति छैन । किनकी मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु,’ उनले भनिन् ।

साथै, उनले आफू राजनीतिमा आएर देश र जनताको सेव ागर्ने विषयलाई अनौठो नमान्न आग्रह गरेकी छिन् ।

‘म राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनेर देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्यजनक विषय होइन,’ भण्डारीले भनिन्, ‘यो संवैधानिक अधिकार मात्रै होइन । मुलुकमा राजनीति गरेर पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको दिन र आफ्नो पार्टी जीवन आफ्नो पार्टीमा नै राजनीतिमा लगाएर देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हो ।’

 

सरकारमाथि एमाले सांसदको आरोप- भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्छ, काण्डमा मुछिएका मन्त्रीलाई संरक्षण गर्छ

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसद किरणकुमार साहले सरकारको चर्को आलोचना गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले भ्रष्टाचारको काण्डमा मुछिएका मन्त्रीहरूको रक्षा गर्नमा केन्द्रित भएको आरोप लगाए ।

उनले भने, ‘सरकार भन्छ भ्रष्टाचारीको अनुहार हेर्दिनँ, सुशासनमा प्रतिबद्ध छौँ। कास्की लिची बगैँचा काण्डमा मुछिएका अझै किन पदमा छन् ? भिजिट भिसा काण्डमा मुछिएकाहरूलाई सम्मान गरिन्छ। यो मौनताले लाज हराएको शासन हो कि? भ्रष्टाचारको सुरक्षित शासन हो ?’

उनले मधेश सुख्खा क्षेत्र हुँदा पनि सरकार संवेदनहीन बनेको भन्दै चर्को आलोचना गरे ।

तिनकुने घटनाबारे धवल शमशेर – ‘न्याय पाउने विश्वास छ’

काठ्माण्डौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबराले गत चैत १५ गते काठमाडौंको तिनकुनेमा भएको राजावादी प्रदर्शनलाई गलत तरिकाले बुझिएको आरोप लगाएका छन्

उनले शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै भने, ‘हामीले संविधानले दिनु भएका अधिकारअनुसार शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थियौं, तर राज्यको तर्फबाट अत्यधिक र अनावश्यक बल प्रयोग भयो।’

जबराले थपे, ‘यहाँसम्मकी मञ्चमा राष्ट्रगान बजिरहेको बेला अश्रु ग्यास प्रहार गरिएको थियो।’ उनले आन्दोलनकारीलाई तितरबितर गर्न प्रहरीबाट सयौं राउण्ड अश्रु ग्यास, रबर बुलेट र लाइभ बुलेट प्रहार भएको दाबी गर्दै भने, ‘यसले एक आन्दोलनकारीको मृत्यु भएको र गोली लागेर २५ जना घाइते भएका छन्।’ घटनामा आफ्ना अनुभव साझा गर्दै उनले भने, ‘जीवन बचाउनको लागि हामी एउटा गल्लीको सटरमा आश्रय लिन पुगेका थियौं, तर साँझ अस्पतालमा घाइतेहरूको उपचार गरिरहेका बेला प्रहरीले हामीलाई पक्राउ गरेर काठमाडौंको प्रहरी परिसरमा राखेर झुठा मुद्दा लगाएको छ।’

राप्रपा सांसद जबराले आफू र आफ्नो पार्टीको विचारधारालाई निरुत्साहित गर्ने उद्देश्यले देशद्रोह र संगठित अपराध जस्ता झुठा मुद्दा लगाइएको आरोप समेत लगाए। ‘मलाई विश्वास छ कि न्यायालयले दूधको दूध र पानीको पानी गरी निष्पक्ष न्याय दिनेछ,’ उनले भने। चैत १५ को घटनामा संसदीय छानबिन समिति गठन गर्नका लागि उनले माग गर्दै भने, ‘यस्तो गम्भीर घटनाको छानबिन नगरेमा केको छानबिन गर्ने? दोषीलाई कारबाही र निर्दोषलाई रिहा गरियोस् भन्ने मेरो माग छ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्या घट्यो

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमि आएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०८१-८२ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा कमि आएको हो ।

आर्थिक वर्ष २०८०-८१ मा चार हजार पाँच सय ७४ जनाले निकुञ्ज भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । जसमा चार हजार दुई सय ९४ जना नेपाली, एक सय ३७ जना सार्क मुलुकका तथा एक सय ४३ जना विदेशीले निकुञ्ज भ्रमण गरेका थिए । उक्त तुलनामा आर्थिक वर्ष २०८१-८२ निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमि आएको छ । यो आर्थिक वर्षमा आन्तरिक तथा बाह्य गरी जम्मा तीन हजार सात सय २२ जनाले निकुञ्ज भ्रमण गरेका सूचना अधिकारी वाग्लेले बताए। जसमा तीन हजार तीन सय ७१ जना नेपाली, सार्क मुलुकका एक सय ९९ जना र एक सय ५२ जना विदेशी पर्यटकले यस निकुञ्ज भ्रमण गरेका थिए ।

आर्थिक वर्ष २७९-८० मा तीन हजार पाँच सय ५७ जनाले निकुञ्ज भ्रमण गरेका थिए । जसमा सार्क मुलुकका एक सय ५८ जना र विदेशी एक सय २१ जना थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसारको कमि, पूर्वाधार नहुनु लगायतका समस्याले यहाँ आउने पर्यटकको सङ्ख्यामा कमि आएको सूचना अधिकारी वाग्लेले जानकारी दिए ।

‘जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा पर्यटकका लागि आकर्षक गन्तव्य हो, थोरै क्षेत्रफलमा धेरै वन्यजन्तुको अवलोकन गर्न सकिन्छ’, उनले भने।

हवाई भाडा महँगो, पूर्वाधार विकास नहुनु र निजी क्षेत्रबाट लगानी नभएका कारण पनि पर्यटकको सङ्ख्यामा कमि आएको सूचना अधिकारी वाग्लेको भनाइ छ । उनले शुक्लाफाँटा पर्यटनको सम्भावना बोकेको गन्तव्य भएको बताए।

‘यहाँ भारतीय पर्यटकको ठूलो सम्भावना छ तर नाकामा असहजताका कारण पर्यटक आउन सकेका छैनन्’, सूचना अधिकारी वाग्लेले भने–’यसको प्रचारप्रसार र निजी क्षेत्रको लगानी हुन जरुरी छ ।’

उनले विदेशी पर्यटक प्रकृतिसँग रमाउन यहाँ आउने गरेपनि त्यो अनुसारको टुर प्याकेजको व्यवस्था हुन नसक्नुले पनि विदेशी पर्यटक शुक्लाफाँटासम्म नपुगेको उनले बताए।

‘विदेशी पर्यटकलाई हवाई भाडामा पनि झण्डै दोब्बर छ, सबै देशका नागरिकलाई समान भाडादर हुनुपर्ने थियो त्यो छैन त्यसकारण पनि नजिकैको काठमाडौँ, पोखरा र चितवनसम्म पुगेर उनीहरु फर्किने गरेका छन्’, सूचना अधिकारी वाग्लेले भने–’पर्यटक लक्षित विभिन्न टुर प्याकेजमा निजी क्षेत्रको लगानी हुन जरुरी छ ।’

यहाँका पर्यटन व्यवसायी शुक्लाफाँटा सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसारको अभावका कारण उलेख्य रुपमा पर्यटक आउन नसकेको बताउँछन ।

शुक्लाफाँटामा बाह्रसिङ्गा, बाघ, गैँडालगायत दुर्लभ वन्यजन्तु एकै ठाउँमा देखिने भएकाले विदेशी पर्यटक शुक्लाफाँटा पुग्ने गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका नेचर गाइड विष्णुप्रसाद पनेरुले बताए।

उनले भने–’यहाँ आउने विदेशी पर्यटक थोरै ठाउँमा धेरै वन्यजन्तु देखिने भएकाले शुक्लाफाँटा मन पराउँछन् ।’

उनका अनुसार यहाँ छिमेकी मूलुक भारतबाट समेत पर्यटक यहाँ आउने गरेका छन ।

‘यहाँको विशाल घाँसे मैदान, चराचुरङ्गी, शान्त वातावरण विदेशीहरूले एकदमै मन पराउँछन्’, पथप्रदर्शक पनेरुले भने–’फाँटामा एकै ठाउँमा विभिन्न प्रजातिका चरा, बाह्रसिङ्गा, बाघ, गैँडालगायत दुर्लभ वन्यजन्तु देखिँदा विदेशी धेरै खुसी हुन्छन् ।’

पथप्रदर्शक पनेरुका अनुसार शुक्लाफाँटामा अध्ययन अनुसन्धानका लागिसमेत पर्यटक आउने गरेका छन् । तीन सय ५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज दुर्लभ वन्यजन्त र वनस्पतिका लागि प्रसिद्ध छ । निकुञ्जमा विश्वको सबैभन्दा ठूलो बथानमा बाह्रसिङ्गा पाइन्छ । निकुञ्जमा दुई हजार तीन सय २३ भन्दाबढी बाह्रसिङ्गा छन् । यहाँ ४४ पाटेबाघ रहेका छन् ।

विश्वकै सबैभन्दा ठूलो घाँसेमैदान रहेका कारण पनि यसको वेग्लै विशेषता छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वन्यजन्तु र दुर्लभ वनस्पतिका लागि प्रसिद्ध छ ।

कुलिङ अफ पिरियड छानबिन समितिको म्याद ७ दिन थपियो

काठमाडौं : प्रतिनिधिसभाले संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ मा त्रुटि भएको  विषयमा छानबिन गर्न गठित समितिको म्याद ७ दिन थप भएको छ। समिति अध्यक्ष जीवन परियारले कुलिङ पिरियडमा भएको त्रुटिमा अनुसन्धान गर्न समय अपुग भएकाले समय थप गरिदिन भन्दै सभामुख देवराज घिमिरेसमक्ष निवेदन दिएका थिए। सभामुख घिमिरेले शुक्रबारको प्रतिनिधिसभा बैठकमा समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई बैठकले सहमति जनाएको हो।

समितिलाई छानबिन गरी प्रतिवेदन बुझाउन २१ दिनको म्याद दिएको थियो। कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा २३ असारमा समिति गठन गरिएको थियो । त्यो समय साउन ११ गते आइतबार सकिदैछ।  संघीय निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडमा भएको छेडखानीको अध्ययन तथा छानबिन गर्न प्रतिनिधिसभाले सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ।

समितिमा कांग्रेसकी सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन्।

राज्य व्यवस्था समितिबाट निजामति कर्मचारीहरू अवकासमा गएपछि  वा राजीनामा दिएपछि अर्को स्थानमा नियुक्ति खान दुई वर्षे कुलिङ पिरियडको प्रावधान राखेको थियो। सोही व्यवस्थाअनुसार असार १५ गते प्रतिनिधिसभा बैठकमा उक्त विधेयक पारित भएको थियो। तर,त्यसलाई खण्डित गर्ने अर्को दफासमेत समावेश गरेको भेटिएपछि विवाद सुरू भएको थियो।

महँगी भत्ता आफूहरूलाई पनि चाहिने, सुदूरपश्चिमका करार कर्मचारीको माग

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत विभिन्न निकायमा करार दरबन्दीमा कार्यरत कर्मचारीहरूले आफूहरूलाई महँगी भत्ता तथा सामाजिक सुरक्षामा समावेश गराउन माग गरेका छन्।आर्थिक मामिला तथा योजना मन्त्रालय, सुदूरपश्चिम प्रदेश सचिवसमक्ष पेश गरिएको निवेदनमा उनीहरूले स्थायी दरबन्दीका कर्मचारीसरह नियमित सेवा दिँदै आएको उल्लेख गर्दै राज्यले आफूहरूप्रति विभेद गर्दै आएको बताए।

निवेदनमा भनिएको छ हामी राष्ट्रसेवक भएर पनि महँगी भत्ता नपाउँदा समान कार्यको लागि असमान सुविधा भोगिरहेका जुन अन्यायपूर्ण रहेको बताए ।२०८२ साउन १ गते अर्थ मन्त्रालयबाट जारी मार्गदर्शनको बुँदा ६८ अनुसार, बजेट वक्तव्यको बुँदा ३४९ मा सबै कर्मचारीलाई महँगी भत्ता उपलब्ध गराउने भनिएको छ। सोही आधारमा स्थायी कर्मचारीलाई मासिक रु। ५,००० महँगी भत्ता दिने व्यवस्था गरिएको छ तर करार कर्मचारी भने त्यसबाट वञ्चित भएका छन्।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २ ९(घ)अनुसार करार, मनोनित वा नियुक्त सबै कर्मचारी राष्ट्रसेवकको परिभाषामा पर्छन्। साथै,अन्तर्राष्ट्रिय श्रम संगठनको सन्धि र नेपालको श्रम ऐन २०७४ को दफा १०६ ले समान कामको लागि समान ज्यालाको सिद्धान्तलाई मान्यता दिएको स्पष्ट गरिएको छ।

निवेदकहरूका अनुसार महँगी भत्ताबाट करार कर्मचारीलाई बञ्चित गरिनु विभेदपूर्ण, पूर्वाग्रही र गैरकानुनी छ। पुरानो निर्णय सच्याई न्यायोचित व्यवस्था मिलाउन आग्रह गरेका छन्।यस विषयमा मुख्यमन्त्रीको समेत ध्यानाकर्षण गराउँदै प्रदेशभित्रका कर्मचारी बीच समानता र सम्मान कायम गर्न पहल गरिदिन माग गरिएको छ।

राप्रपा र रास्वपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका छन् ।

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद विनिता कठायतलाई बोल्न दिएका थिए । उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबस्दासम्म विरोध गरिरहने बताइन् ।

त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद धवल शमशेर राणालाई बोल्ने समय दिए । उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताए ।

दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।

निराश हुन जरुरी छैन, हामी आशामा बदल्न कटिवद्ध छौं : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको ध्यये नै जनताको आवाज सुन्ने, जनताको चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रुपमा समृद्ध नेपाल निर्माण गर्ने रहेको बताएका छन्।

राष्ट्रिय विभूति भीमसेन थापाको २५१औं जयन्तीको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यही शासन प्रणालीबाट नै हामीले हाम्रा पूर्खा र इतिहासले सुम्पिएको दायित्व पूरा गर्न सक्ने स्पष्ट गर्दै सबैको ध्यान त्यसतर्फ केन्द्रित गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘इतिहासका अनेकौ कालखण्डबाट गुज्रदै हाम्रो देश अहिले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली अंगालेर अघि बढ्दैछ। वास्तवमा यो शासन प्रणालीको ध्येय भनेको जनताको आवाज सुन्ने, जनताको चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रुपमा समृद्ध नेपाल निर्माण गर्ने नै हो। यसबाट नै हामीले हाम्रा पूर्खा र इतिहासले सुम्पिएको दायित्व पूरा गर्न सक्छौ। हामी सबैको ध्यान त्यसतर्फ केन्द्रित होस् भन्न चाहन्छु।’

राष्ट्रपति पौडेलले षड्यन्त्रै षडयन्त्रको अभिशप्त इतिहासलाई बदल्नुपर्ने आफूले लेख लेखेको स्मरण गर्दै भने,‘ हामी अहिले अभिशप्त इतिहास बदलेर एउटा निष्कपट, खुला र उन्नतशील समाज बाट नेपाललाई डोर्याउन कटिबद्ध छाँै। त्यसैले निराश हुन जरुरी छैन, हामी निराशालाई आयामी बदल्न कटिवद्ध छौं।’

राष्ट्रपति पौडेलले इतिहासको जगमा वर्तमान खडा हुने भन्दै वर्तमानको जगमा भविष्यको आधारशीला तय हुने भएकाले वीर पूर्खाहरूको त्याग, बलिदान र बुद्धिमत्तापूर्ण कार्यबाट नै हाम्रो देश बनेको स्ष्पट पारे।

उनले नेपालको सार्वभौमसत्ता राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षाको खातिर आफ्नो जीवनको आहुति दिएका राष्ट्रिय विभूति भिमसेन थापा नेपालको इतिहासमा उच्चकोटिका राजनीतिज्ञ भएको पनि बताए। उनले दक्षिण एशियामा प्रभाव जमाउँदै आएको औपनिवेशिक साम्राज्य शक्तिलाई परास्त गर्दै मुलुकलाई पराधीन हुनबाट थापाले जोगाएको स्मरण गरे।

राष्ट्रपति पौडेलले भीमसेन थापाको राष्ट्र«प्रतिको प्रेम, प्रशासनिक क्षमता र राजनीतिक दूरदर्शिताको कारणले नै मुलुक स्वतन्त्र र अटल रुपमा रहन सकेको भन्दै आर्थिक, प्रशासनिक, सैनिक, सामाजिक सुधारलगायत राष्ट्रको हित, प्रगति र विकासको लागि गर्नुभएको योगदान सदैव सराहनीय रहेको बताए। उनले भने, ‘उहाँको राष्ट्रप्रतिको प्रेम, प्रशासनिक क्षमता र राजनीतिक दूरदर्शिताको कारणले नै मुलुक स्वतन्त्र र अटल रुपमा रहन सकेको हो। थापाले आर्थिक, प्रशासनिक, सैनिक, सामाजिक सुधारलगायत राष्ट्रको हित, प्रगति र विकासको लागि गर्नुभएको योगदान सदैव सराहनीय छ। त्यसैले नेपालको इतिहासमा भीमसेन थापाको स्थान उच्च रहेको स्पष्ट हुन्छ।’

सो क्रममा राष्ट्रपति पौडेलले कुटनीतिज्ञ भेषबहादुर थापालाई यसवर्षको भीमसेन थापा पुरस्कार प्रदान गरेका थिए।

बजेट अभावले थलियो महाकाली करिडोर

महेन्द्रनगर : पर्याप्त बजेट विनियोजन नहुँदा महाकाली करिडोर निर्माणले गति लिन सकेको छैन । करिडोर निर्माणको सुरुवातदेखि बजेट अभाव र रुख कटानलगायतको समस्याका कारण निर्माणले गति लिन नसकेको हो ।

चालु आर्थिक वर्षमा करिडोर निर्माणका लागि २२ करोड ९७ लाख रुपैयाँमात्रै बजेट विनियोजन भएको महाकाली करिडोर सडक (ब्रह्मदेव–झुलाघाट–दाचुला–टिंकर सडक) योजना कार्यालयका योजना प्रमुख दीपक सुनारले जानकारी दिए । ‘योजनाअन्तर्गत कार्यालयले डेढ अर्ब रुपैयाँ दायित्व भुक्तानी गर्नुपर्नेछ तर बजेट झन्डै २३ करोडमात्रै आएको छ’, उनले भने, ‘चालु आर्थिक वर्षमा आएको बजेट न्यून छ । यसले नयाँ ठेक्का खोलेर काम गर्न सकिने अवस्था छैन ।’ उनले यही गतिमा बजेट आए करिडोर निर्माण गर्न अझै वर्षौं लाग्ने बताए ।

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म ३ सय ३४ किलोमिटरमध्ये अझै ५४ किलोमिटरमा ट्र्याक खोल्न बाँकी छ । करिडोरअन्तर्गत डडेल्धुरामा करिब २७ किलोमिटर, बैतडीमा ९ र दार्चुलामा १८ किलोमिटर ट्र्याक खोल्न बाँकी छ । करिडोरको हालसम्म करिब ५ किलोमिटर सडक कालोपत्र गरिएको छ ।

विभिन्न स्थानमा कालोपत्रका लागि ठेक्का भएर काम चलिरहेको भए पनि बजेट अभावका कारण निर्माण व्यवसायीलाई भुक्तानी दिन सकिने अवस्था छैन । दार्चुलाको मालिकार्जुन र खलंगा–हिकिला खण्डमा कालोपत्रका लागि काम भइरहेको छ । महाकाली करिडोर योजनाअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म ३ सय ३४ किलोमिटरमध्ये कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५८, बैतडीमा १ सय ४४ र दार्चुलामा १ सय २१ किलोमिटर सडक पर्छ । तुसारापानीदेखि टिंकरसम्मको ७९ किलोमिटर सडक खण्डमा ट्र्याक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । योजना कार्यालयका अनुसार करिडोरअन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५८ किलोमिटर, बैतडीमा १ सय ४४ किलोमिटर र दार्चुलामा १ सय २१ किलोमिटर सडक निर्माण हुनेछ । जसमध्ये कञ्चनपुरमा ११ किलोमिटर ट्र्याक खुलिसकेको छ भने डडेल्धुरामा २८ किलोमिटर ट्र्याक खुलेको छ । त्यसैगरी बैतडीमा १ सय १४ किलोमिटर र दार्चुलामा ७७ किलोमिटर ट्र्याक खुलेको छ ।

महाकाली करिडोरलाई त्रिदेशीय व्यापारिक नाकामा रूपमा समेत हेरिएको छ । कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण थालनी भइसकेको छ । बन्दरगाह निर्माणस्थलदेखि गड्डाचौकी पूर्वपश्चिम राजमार्गको जिरो प्वाइन्टसम्म ६ लेनको पक्की सडक निर्माण भइसकेको छ । यही बिन्दुमा महाकाली करिडोरलाई जोडेर महाकाली नदीको किनारैकिनार उत्तरतर्फ चीनसँग व्यापारिक मार्ग बनाउने योजना भए पनि सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन नगर्दा निर्माणले गति लिन नसकेको हो । करिडोर निर्माण सुरु भएको झन्डै दुई दशक बित्न लाग्दासमेत अपेक्षाकृत काम हुन सकेको छैन । यो सडक नबन्दा व्यासका नागरिकहरूले दार्चुला खलंगा आवतजावत गर्नका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

करिडोरलाई सरकारले प्राथमिकतामा राखेर चाँडो सम्पन्न गर्नुपर्ने यहाँका उद्योगी व्यवसायीहरूको माग छ । ‘अहिले पनि दार्चुला सदरमुकामबाट टिंकरसम्म जानका लागि प्रशासनबाट पास बनाएर भारतको बाटो हुँदै जानुपर्ने बाध्यता छ ।’ दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष सुरेशसिंह थापाले भने, ‘सरकारले चाँडै करिडोर निर्माण गरिदिए टिंकरसम्म सहज आवागमन हुन्छ । व्यावसायिक हिसाबले पनि हामीलाई फाइदा पुग्छ ।’ डेढ दशकअघि सुरु भएको योजना सरकारको प्राथमिकतामा नपर्दा अहिलेसम्म अधुरै रहेको उनले बताए ।

आर्थिक वर्ष २०६५/०६६ देखि सुरु भएको करिडोर सुदूरपश्चिम प्रदेशका चार जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सिमानामा रहेको पिल्लर नं.१ सम्म निर्माण ४ सय १३ किलोमिटर लम्बाइ रहेको छ । यो सडकबाट उक्त क्षेत्रमा बसोबास गर्ने करिब ८ लाख जनता प्रत्यक्ष लाभान्वित हुने र त्रिदेशीय नाका भएका कारण व्यापारिक महŒव धेरै छ । आयोजनाको सुरुको कुल लागत अनुमान १८ अर्ब १६ करोड रुपैयाँमा आर्थिक वर्ष २०८०/८१ सम्म पूरा गर्ने लक्ष्य थियो । तर बजेट अभाव, रुख कटानलगायतका प्रक्रियागत अल्झनले योजनाको लागत र समय लम्बिँदै गएको छ ।

५० रुपैयाँ दरका नोट छाप्दै राष्ट्र बैंक, अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली रूपैयाँ ५० दरका ४२० मिलियन अर्थात ४२ करोड नोट छपाइ आपूर्तिका लागि बोलपत्र आह्वान गरेको छ ।

केन्द्रीय बैंकले आज सार्वजनिक सूचना प्रकाशन गर्दै ती नोट सुरक्षित तवरले छाप्नका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको हो ।

बोलपत्र सिंगल स्टेज टु इन्भेलोप प्रणालीबाट हुनेछ । प्रविधिक प्रस्ताव र मूल्य प्रस्ताव पेश गर्न भनिएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले यस कार्यका लागि आवश्यक बजेट विनियोजन गरिसकेको जनाएको छ ।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बोलपत्रको मूल्य नेपाली रुपैयाँमा २० हजार रहेको छ भने अन्य विदेशी मुद्राहरूमा यूएस डलर १४६, यूरो १२६ र पाउण्ड १०९ निर्धारण गरिएको छ ।

बोलपत्र दस्ताबेज खरिज गर्ने कम्पनीले उक्त रकम राष्ट्र बैंकको थापाथली खातामा जम्मा गर्नुपर्ने छ । बोलपत्र बुझाउने अन्तिम मिति २०८२ भदौ २३ गतेलाई तोकिएको छ ।

बोलपत्र कम्तीमा १२० दिनसम्म मान्य रहनेछ र न्युनतम ४ करोड रुपैयाँको बैंक जमानतपत्र पनि संलग्न गर्नुपर्ने उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले कुनै पनि वा सम्पूर्ण बोलपत्र रद्ध गर्ने अधिकार सुरक्षित राखेको जनाएको छ ।

गोदावरीबाट राजधानी धनगढी सार्न गृहकार्य, मुख्यमन्त्रीलाई दुई तिहाइको सकस

सुदूरपश्चिम प्रदेशसभाको दुईतिहाइ बहुमतले प्रदेशको स्थायी राजधानीको रूपमा कैलालीको गोदावरी नगरपालिका–२ र ४ को वन क्षेत्र तोकेको थियो । तर, घोषणा गरेको सात वर्षसम्म पनि प्रदेशको राजधानी कार्यान्वयनमा आउन सकेको छैन।

प्रदेश सरकारले २०७५ माघमै गोदावरी क्षेत्रको ४४४ बिघा वन जमिनको भोगाधिकार माग्दै सङ्घीय सरकारलाई पत्राचार ग¥यो तर सङ्घीय सरकारले भोगाधिकार दिएन । दुई तिहाइ मतले तोकेको राजधानी भोगाधिकार नपाउँदा कार्यान्वयन हुन सकेको छैन। सर्वोच्च अदालतमा दायर भएका दुई मुद्दाले झन् प्रक्रिया अलमल्याएको छ। राजधानी तोकेको सात वर्षपछि गोदावरीमा स्थायी राजधानी कार्यान्वयन हुन नसकेको सरकारले निष्कर्ष निकालेको छ । मुख्यमन्त्री कमल बहादुर शाहले गोदावरीको राजधानी धनगढी सारेर भए पनि राजधानी कार्यान्वयन गर्ने गृहकार्य गरिरहेका छन् ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूसँग समेत छलफल गरिसकेका छन् । उच्च स्रोतका अनुसार धनगढीलाई नै स्थायी राजधानी बनाउने तयारीस्वरूप मुख्यमन्त्री कार्यालयदेखि खानेपानी कार्यालयसम्म फैलिएको करिब १३ बिघा जमिनमा स्थायी संरचना निर्माण गर्ने सरकारको योजना छ। यदि तीन प्रमुख दलबीच सहमति जुटेमा गोदावरीको सट्टा धनगढीलाई नै स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा लैजाने तयारी भइरहेको छ ।

प्रदेश सभा स्थापना दिवसमा पनि राजधानी कार्यान्वयन गर्न नसकेको भन्दै सरकारको आलोचना भएपछि त्यसको भोलिपल्टै मुख्यमन्त्री शाहले माओवादीको नेतासमेत रहेका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट, एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, एकीकृत समाजवादी संसदीय दलका नेतासमेत तथा पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी तथा सभामुख भीम भण्डारीसँग वर्तमान मुख्यमन्त्री शाहले राजधानी कार्यान्वयन लगायतका विषयमा गम्भीर छलफल गरेका थिए । यही आर्थिक वर्षबाटै संरचना निर्माणको तयारी गर्ने गरी सबै दलका नेता तथा पूर्व मुख्यमन्त्रीबिच छलफल भएको थियो ।सबै दलका नेताहरूले आफ्नो पार्टीका शीर्ष नेताहरूलाई सुदूरपश्चिमको राजधानी कार्यान्वयन गर्ने विषयमा छलफल गर्ने र सामूहिक रूपमा सरकारलाई ध्यानाकर्षण गराउने विषयमा पनि उक्त छलफलमा सहमति भएको थियो ।

तर, राजधानी फेरबदल गर्न प्रदेशसभाको दुई तिहाइ बहुमत आवश्यक पर्छ। नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले दुई तिहाइ गुमाए । ५३ जना सांसद रहेको सुदूरपश्चिममा दुई तिहाइको लागि ३५ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । कांग्रेस र एमालेको मात्र मतले दुई तिहाइ पुग्दैन। नागरिक उन्मुक्ति पार्टीका ७ वा माओवादी केन्द्रका सभामुख बाहेकका १० सांसदले पनि समर्थन गर्दा राजधानीको विषयमा दुई तिहाइ पुग्ने देखिन्छ । राजधानी कार्यान्वयन गर्ने विषयमा अहिले सबै दललाई साथमा लिएर अघि बढ्ने तयारी मुख्यमन्त्रीले गरेको उनी निकट स्रोतको दाबी छ ।

‘एमाले कांग्रेसले मात्रै दुई तिहाइ नपुग्ने भएपछि माओवादी र नागरिक उन्मुक्तिलाई पनि साथमा लिने तयारी मुख्यमन्त्री ज्यूले तयारी गरिरहनु भएको छ’ मुख्यमन्त्री निकट स्रोतले भन्यो ‘कार्यान्वयन नहुने ठाउँमा राजधानी हुनुभन्दा सारेर राजधानी कार्यान्वयन गर्नु पर्छ भन्ने विषयमा शीर्ष नेता सहमत देखिनु भएको छ । ’

यसैबीच मुख्यमन्त्री शाहले बिहीबार मुख्यमन्त्री कार्यालयमा राजधानी कार्यान्वयनको विषयमा छलफल गरेका थिए । मुख्यमन्त्रीसहित सभामुख भीम भण्डारी, आर्थिक मामिला मन्त्री बहादुर थापा , सामाजिक विकास मन्त्री मेघराज खड्का,कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी र एमालेका प्रमुख सचेतक चक्र मल्ल उक्त छलफलमा सहभागी थिए । छलफलमा केही कर्मचारी पनि थिए ।

‘मुख्यमन्त्री ज्यूले राजधानी कार्यान्वयन गर्ने विषयमा छलफल गर्नु भयो, अहिलेसम्मको अवस्था, जग्गाको उपलब्धताको विषयमा जानकारी गराउनु भयो ’ छलफलमा सहभागी स्रोतले भन्यो, ‘छलफल सकारात्मक रह्यो, सर्वदलीय छलफलबाट निकास निकाल्ने निष्कर्ष आयो । ’

शुक्रवार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेर ११ गतेदेखि संसद् सुचारु गर्ने तयारी भइरहेको छ । अहिलेको अधिवेशनमा सर्वदलीय सहमतिबाट अस्थायी राजधानीलाई नै राजधानी तोक्ने गरी गृहकार्य भइरहेको बताइन्छ । स्थायी राजधानी तोकिए पनि कार्यान्वयन नहुँदा प्रदेश सरकारले गत ६ वर्षमा अस्थायी संरचनाहरूमा ठुलो रकम खर्च गरिसकेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयको विवरण अनुसार २०७५\७६ देखि २०८०\८१ सम्म २७ करोड ५३ लाख रुपैयाँ खर्च भइसकेको छ। ‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एक्लैले ६ वर्षमा मर्मतका लागि २ करोड २९ लाख खर्च गरेको देखिन्छ। राजधानी कार्यान्वयन गर्न नसकेको भनेर हामी माथि चौतर्फी आरोप र आलोचना भइरहेको छ ’ छलफलमा सहभागी एक नेताले भने ‘सर्वदलीय सहमतिबाट राजधानी कार्यान्वयन गर्ने विषयमा हामी लागिरहेका छौँ ।’

सभामुख भीम भण्डारीले चाँडै संसद् सुरु हुने भन्दै सरकारले त्यस विषयमा प्रस्ताव ल्याए संसद्मा छलफल हुने बताउँछन् । ‘आज कार्यव्यवस्था परामर्श समितिको बैठक छ त्यसपछि संसद् सुरु हुन्छ ’ उनले भने ‘सरकारले राजधानीसँग सम्बन्धित विषय ल्याए सदनबाटै छलफल हुन्छ । ’

जोडबलमा तोकिएको थियो राजधानी

प्रदेशको स्थायी राजधानी तोकिने दिन नेपाली कांग्रेसले प्रदेशसभा बैठक बहिस्कार गरेको थियो । तत्कालीन प्रमुख प्रतिपक्षी कांग्रेसका संसदीय दलका नेता डा.रणबहादुर रावलले विशेष सुझाव समितिले ल्याएको प्रस्ताव मान्य नहुने बताएका थिए ।

‘जङ्गल फडानी गरेर राजधानी बनाउने विषयमा हामी सहमत छैनौँ’ रावलले आक्रोश पोखेका थिए । रावलले धारण राखेपछि काँग्रेसले रोस्टम घेराउ गरेको थियो । उनीहरूले संसद् संसदीय अभ्यासविरुद्ध गएको भन्दै नाराबाजी समेत गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपाले संसद् बहिष्कार गरे पनि सत्तारुढ दलका सांसदहरू भने मतदान प्रक्रिया सहभागी भएका थिए ।

सुदूरपश्चिम प्रदेश नाम र स्थायी राजधानी तेघरीमा हुनु पर्नेमा ३८ जना प्रदेश सभा सदस्यको मत परेको थियो ।

विपक्षमा शून्य मत परेको थियो । ३६ जना पुगे दुई तिहाइ मानिन्छ । दुई तिहाइ भन्दा बढीको मतले राजधानी र नाम स्वीकृत भएको थियो । प्रदेश सभाले स्वीकृत गरेको सुदूरपश्चिम नाम तत्कालनै लागू भए पनि राजधानी कार्यान्वयन भने अझै भएको छैन । जोडबलमा तोकिएको थियो राजधानी

प्रदेशको स्थायी राजधानी तोकिने दिन नेपाली कांग्रेसले प्रदेशसभा बैठक बहिस्कार गरेको थियो । तत्कालीन प्रमुख प्रतिपक्षी कांग्रेसका संसदीय दलका नेता डा.रणबहादुर रावलले विशेष सुझाव समितिले ल्याएको प्रस्ताव मान्य नहुने बताएका थिए ।

‘जङ्गल फडानी गरेर राजधानी बनाउने विषयमा हामी सहमत छैनौँ’ रावलले आक्रोश पोखेका थिए । रावलले धारण राखेपछि काँग्रेसले रोस्टम घेराउ गरेको थियो । उनीहरूले संसद् संसदीय अभ्यासविरुद्ध गएको भन्दै नाराबाजी समेत गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपाले संसद् बहिष्कार गरे पनि सत्तारुढ दलका सांसदहरू भने मतदान प्रक्रिया सहभागी भएका थिए ।

सुदूरपश्चिम प्रदेश नाम र स्थायी राजधानी तेघरीमा हुनु पर्नेमा ३८ जना प्रदेश सभा सदस्यको मत परेको थियो ।

विपक्षमा शून्य मत परेको थियो । ३६ जना पुगे दुई तिहाइ मानिन्छ । दुई तिहाइ भन्दा बढीको मतले राजधानी र नाम स्वीकृत भएको थियो । प्रदेश सभाले स्वीकृत गरेको सुदूरपश्चिम नाम तत्कालनै लागू भए पनि राजधानी कार्यान्वयन भने अझै भएको छैन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपाले संसद् बहिष्कार गरे पनि सत्तारुढ दलका सांसदहरू भने मतदान प्रक्रिया सहभागी भएका थिए ।

सुदूरपश्चिम प्रदेश नाम र स्थायी राजधानी तेघरीमा हुनु पर्नेमा ३८ जना प्रदेश सभा सदस्यको मत परेको थियो ।

विपक्षमा शून्य मत परेको थियो । ३६ जना पुगे दुई तिहाइ मानिन्छ । दुई तिहाइ भन्दा बढीको मतले राजधानी र नाम स्वीकृत भएको थियो । प्रदेश सभाले स्वीकृत गरेको सुदूरपश्चिम नाम तत्कालनै लागू भए पनि राजधानी कार्यान्वयन भने अझै भएको छैन ।

देशभरका एक सय ६५ युवा सांसदले लिए शपथ

काठमाडौँ- देशभरका १६५ युवा सांसदले शपथ लिएका छन् । राष्ट्रिय युवा सांसदको आयोजनामा यहाँ सम्पन्न राष्ट्रिय युवा सांसद शपथ ग्रहण समारोहमा बिहीबार देशका विभिन्न निर्वाचन क्षेत्रका प्रतिनिधित्व गर्ने युवा सांसदहरूलाई ग्लोबल एफ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

त्यस अवसरमा प्रमुख अतिथि कुलमान घिसिङले बत्तीको उज्यालोले मात्रै देश समृद्धि नहुने उल्लेख गर्दै स्वास्थ्य, शिक्षा पूर्वाधार, कृषिलगायतका क्षेत्रमा पनि उज्यालो आवश्यक भएकामा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले कुर्सीका लागि नभई राष्ट्र निर्माणका लागि सम्झौता गर्नुपर्नेमा जोड दिइन् । सांसदहरू देश बनाउनका लागि क्रियाशील रहनुपर्ने उनको भनाइ थियो ।

क्याप्टेन विजय लामाले कुनै पनि पद वा बर्दी नक्कली हुन नसक्ने उल्लेख गदै पद र बर्दी ओगट्ने व्यक्तिहरू नक्कली हुँदा देश र जनताले दुःख पाएको धारणा व्यक्त गरे ।

कार्यक्रममा नवनिर्वाचित युवा सांसदहरूलाई ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल, सांसद छनोट प्रक्रियाका निर्णायक बुद्धिसागर मरासिनी र सञ्चारकर्मी राजन कुइँकेलले प्रमाणपत्र तथा ब्याच वितरण गरेका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा पूर्वराजदूत महेशराज दाहाल र अधिवक्ता रामहरि नेपालले नवनिर्वाचित युवा सांसदहरूलाई कानुन निर्माण प्रक्रिया र संसदीय अभ्यासबारे प्रशिक्षण दिए ।

त्यस अवसरमा नागरिक समूहका अध्यक्ष निगम हुमागाई, नेपाल–चीन मामलाका जानकार दिनेश खनाल, समाजसेवी विष्णुहरि दाहाल, युवा अभियन्ता विजय कँडेललगायतको उपस्थिति थियो ।

युवा सांसद छनोटका लागि देशभरका १६५ निर्वाचन क्षेत्रका लागि अनलाइनमार्फत खुला आवेदन आह्वान गरिएको थियो । जसमध्ये प्राप्त सात हजारभन्दा बढी आवेदनबाट उनीहरूको अध्ययन, समाजप्रतिको योगदान तथा कामको अनुभवका आधारमा प्रत्येक निर्वाचन क्षेत्रका लागि अन्तिम तीन उम्मेदवार चयन गरेको थियो । तीमध्ये एकजना असार १५ गते भएको अनलाइन भोटिङबाट निर्वाचित भएका हुन् ।

सांसद छनोट समितिमा पूर्वराजदूत महेशराज दाहाल, रक्षा नेपालकी अध्यक्ष मेनुका थापा, पत्रकार बुद्धिसागर मरासिनी, अधिवक्ता रमण कर्ण, समाजसेवी विन्दु परियार थापा, अर्थविद् नवराज अर्याल र ग्लोबल युथ पार्लियामेन्टका उपाध्यक्ष कैलाश श्रेष्ठ थिए ।

घुस काण्डमा मुछिएका दुई पूर्व मन्त्रीको मोबाइल अख्तियारको नियन्त्रणमा

काठ्माण्डौँ- घुस काण्डमा मुछिएका दुई पूर्व मन्त्रीको मोबाइल अख्तियार दुरुपयोग अनुसान्धान आयोगले नियन्त्रणमा लिएको छ । पछिल्लो समय उच्च तहका व्यक्तिहरुलाई निरन्तर रुपमा छानविन गरिरहेको अख्तियारले पूर्व मन्त्रीहरु राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको मोबाइल नियन्त्रणमा लिएको हो ।

गुप्ता निवर्तमान सामान्य प्रशासन मन्त्री हुन् भने श्रेष्ठ पूर्व भूमि, व्यवस्था तथा सहकारी निवारण मन्त्री हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको मालपोत प्रमुखको थमौतीका लागि ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका लागि १० लाख गरी ६३ लाख रुपैयाँ लिएको र कुल ७८ लाख डिल गरेका पूर्वसामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग बयान लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताको मोबाइल समेत फरेन्सिक ल्याबका लागि नियन्त्रणमा लिएर अनुसन्धान गरेको जनाएको छ ।

त्यस्तै, पूर्व भूमि, व्यवस्था तथा सहकारी निवारणमन्त्री रञ्जिता श्रेष्ठसँग पनि बयान लिएको छ । श्रेष्ठको मोबाइल पनि अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विगत चार दिनदेखि निरन्तर बयान दिइरहेको र पोखरामा सुकुम्बासी भए पनि अडियो सार्वजनिक भएपछि केही मिडियाको दूषित प्रयासमा बिचौलिया बनाइएका पीडित सुजन लामाले भने आफ्नो मोबाइल मन्त्रीहरूले कब्जामा लिएको बयान दिएका छन् ।

प्रदेश सरकारलाई नीतिको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समितिले छाउपडीसँग सम्बन्धित सङ्घीय कानुन र प्रदेशको छाउपडी प्रथाजन्य कुरीति उन्मूलन नीतिको प्रभावकारी कार्यान्वयन गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ।

बिहीवार बसेको समितिको बैठकले प्रदेश सरकारका साथै सामाजिक विकास मन्त्रालयलाई कानुनको प्रभावकारी कार्यान्वयनसँगै प्रदेशका सबै स्थानीय तहमा स्थानीय सरकारसँग समन्वय गर्दै चेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो।

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउपडी गोठमा सर्पले टोकेर महिलाको मृत्यु भएको घटनाबारे स्थलगत अनुगमन गरेको समितिले सङ्घीय सरकारले बनाएका कानुन र प्रदेशको नीतिहरुको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। समितिका सभापति धर्मराज पाठकले नीति र कानुन नबनेकाले समस्या भएको भन्दा बनेका कानुनको प्रभावकारी कार्यान्वयन नभएका कारण महिनावारी हुँदा महिला गोठमा बस्नुपरेको र त्यहाँ मृत्युसमेत हुने गरेको देखिएकोले समितिले कानुन प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न निर्देशन दिएको बताए।

सभापति पाठकले कानुनमा भएको दण्ड र जरिवाना विषयलाई प्रमुखताका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको जानकारी दिए। उनले शिक्षा, स्वास्थ्य जस्ता विषयमा जोडेर छाउपडी कुरीतिबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको बताए। असार २७ गते कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर १ निगालीमा छाउपडी गोठमा सुतको बेला सर्पले टोकेर ३२ वर्षीया कमला आउजीको ज्यान गरेको विषयमा समितिले घटनास्थल अवलोकन तथा सरोकारवालाहरुसँग छलफल गरेको थियो।

छलफलबाट प्राप्त सुझावका आधारमा समितिले सामाजिक विकास मन्त्रालयका सचिव हेमराज रेग्मी, महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती गिरी र कानुन अधिकृत दानबहादुर सुनार समितिको बैठकमा बोलाएर प्रदेश सरकारले छाउपडी प्रथाको कुरीति हटाउन गरेका हालसम्मका प्रयासबारे छलफल गरेको थियो।

छलफलका क्रममा सामाजिक विकास मन्त्रालयका सचिव रेग्मीले मन्त्रालयका तर्फबाट नीति कार्यान्वयनका लागि काम भइरहेको जानकारी दिए। उहाँले सामाजिक विकास समितिले दिएको निर्देशनअनुसार मन्त्रालयले थप काम गर्ने बताए।

‘समृद्धि मुठ्ठीभर मानिसको लागि हुनु हुँदैन’: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको समृद्धि केवल सीमित व्यक्ति वा समूहका लागि नभई आम जनताले महसुस गर्ने गरी हुनुपर्नेमा जोड दिएकी छिन् । नेपाल खबरको आयोजनाका भएको ‘राइजिङ नेपाल समिट’मा प्रमुख वक्ताको रूपमा बोल्दै भण्डारीले भनिन्, ‘हामीले के पनि बिर्सनु हुँदैन भने समृद्धि केवल मुठ्ठीभर मानिसहरूको लागि होइन, आम जनताको लागि हुनु पर्दछ।’

भण्डारीले राजनीतिक स्थायित्व र विश्वासको वातावरण निर्माण गरेर मात्रै देशमा लगानी भित्र्याउन सकिने र त्यसको प्रतिफल सबै नागरिकसम्म पुर्‍याउनुपर्ने बताइन् । लगानीसँगै रोजगारी, सामाजिक समावेशिता, ग्रामीण विकास र वातावरणीय जिम्मेवारी जस्ता विषयलाई सँगसँगै लैजानुपर्ने आवश्यकता रहेको उनको जाड थियो ।

पूर्वराष्ट्रपति भण्डारीले लगानीको ढोका खोल्नु भनेको केवल पुँजी र मुनाफाका लागि मात्र नभई न्याय, सम्भावना र विश्वासका लागि पनि भएको बताइन्। ‘देशभित्र लगानीको वातावरण बनाउने सबैभन्दा ठुलो कारक राजनीतिक स्थायित्व र विश्वासको वातावरण नै हो’ उनले भनिन्, ‘नीतिगत स्पष्टता, विधिको शासन र पारदर्शी प्रशासन आवश्यक छन्, तर त्यसको आधार बनाउने कार्य राजनीतिक नेतृत्वको काँधमा छ।’

उनले नेपालले अरूको विकास मोडेलको नक्कल गर्नुभन्दा पनि आफ्नै समाजको आवश्यकता, स्रोत, साधन र सम्भावनालाई विश्लेषण गरेर समृद्धिको मार्ग तय गर्नुपर्ने बताइन् । कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण गरी आयात प्रतिस्थापन गर्नु अर्थतन्त्रको मुख्य आधार भएको भण्डारीको भनाइ थियो ।

स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई आह्वान गर्दै भण्डारीले नेपाल अब स्थायित्व, परिवर्तन र विश्वासको नयाँ युगमा प्रवेश गरिरहेको बताइन् । ‘यहाँ लगानी गर्नु केवल मुनाफा कमाउने कुरा मात्र होइन, इतिहासको साझेदार बन्ने अवसर पनि भएको भन्दै नेपालमा गरिएको लगानीले गरिबलाई रोजगारी दिने, एक उद्यमीलाई हौसला दिने र गाउँलाई उज्यालो दिने काम गर्ने बताइन् । ।

समृद्धि अब सपना मात्र नभई सबैको सङ्कल्प बन्नुपर्ने बताउँदै आर्थिक समृद्धिको यात्रामा सबैलाई सक्रियतापूर्वक लाग्न उनको आग्रह थियो ।

सांसदको गुनासो- केन्द्रमा बन्ने बजेट गाउँमा पुगेन

काठमाडौं– केन्द्रमा बन्ने बजेटमा उल्लेख भएकै रकम किन गाउँ गाउँमा पुग्दैन यसको कारण खोजी गरी रोक्नुपर्नेमा सांसदले जोड दिएका छन् ।

प्रतिनिधिसभाको बिहीबार बैठकको विशेष समयमा सांसद डा. चन्द्रकान्त भण्डारीले राजधानीबाट १०० पठाउँदा गाउँमा रु ५० मात्र पुग्ने भएकाले यसलाई रोक्न संसद्ले भूमिका खेल्नुपर्ने बताए। धवलागिरीमा स्याउको खेती हुने उल्लेख गर्दै उनले त्यहाँको जग्गा नापी नभएकाले नापी गर्ने गरी रुलिङ गर्न सभामुखसँग माग गरे।

सांसद लीलानाथ श्रेष्ठले तराइ मधेसमा पानीको अभाव भएकाले खानेपानीको व्यवस्था गर्न माग गरे। लम्पी स्किनले तराइ मधेस क्षेत्रमा क्षति भएकाले सरकारले केन्द्रबाट पठाएको सुई लगाउनुपर्नेमा पनि उनले जोड दिए ।

सांसद पूर्णबहादुर घर्तीमगरले संविधान संशोधनको सात बुँदासहित सरकार गठन भएको एक वर्ष पूरा हुँदा पनि कुन कुन दफा संशोधन गर्न लागिएको हो भन्ने थाहा नपाइएको बताए।

सांसद राजेन्द्रप्रसाद पाण्डेले २१ वर्ष पुरानो सौर्य एयरलाइन्स नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति विना उडाएर गत वर्ष दुर्घटना भएकाले दोषीलाई कारबाही गरी पीडितलाई क्षतिपूर्ति एवं न्याय दिन माग गरे ।

सांसद रञ्जुकुमारी झाले मधेस प्रदेशमा खानेपानीको समस्या समाधान गर्न माग गरिन् ।

‘काठमाण्डु गोर्खाज’को नयाँ लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि काठमाडौं गोर्खाज नयाँ रूप र रणनीतिसहित प्रस्तुत भएको छ। टोलीले नाम परिवर्तन गर्दै नयाँ लोगो सार्वजनिक गरेको छ ।

नयाँ लोगोले काठमाडौं उपत्यकाको संस्कृति र सम्पदालाई प्रतिनिधित्व गर्ने बताइएको छ। नयाँ लोगोमा काठमाडौं, भक्तपुर, ललितपुर र नुवाकोटको मिश्रणसहित डिजाइन राखिएको छ ।

गत सिजनसम्म काठमाण्डु गुर्खाज नाममा खेलेको टोलीले अब काठमाण्डु गोर्खाज (Kathmandu Gorkhas) नामले प्रतिस्पर्धा गर्नेछ। सामाजिक सञ्जालका सबै प्लाटफर्ममा पनि नयाँ नाम राखिएको छ।

काठमाडौं गत सिजन पाँचौं स्थानमा रहेर प्लेअफ खेल्नबाट वञ्चित भएको थियो । टोलीका सीइओ सुरज सिंह ठकुरीले पहिलो सिजनको प्रदर्शनका कारण भन्दा पनि परिवर्तन आवश्यक रहेकाले चेन्जेजहरू ल्याइएको बताए ।

टोलीले मोन्टी देसाईलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। नेपाली क्रिकेटमा नयाँ दृष्टिकोण ल्याइरहेका मोन्टीलाई साथ दिन प्रशिक्षक वसन्त शाही, टेक्निकल एनालिस्ट सुरज शाक्य र फिजियो पुरन तिरुवालाई निरन्तरता दिइएको छ। अन्य सहायक सदस्यहरू चाँडै घोषणा गरिनेछ।

टोलीका मार्की खेलाडी करण केसीले मोन्टीले नेपाली टोलीका लागि दिएको योगदान सम्झँदै यसपटक उनको प्रशिक्षणमा उपाधि जित्ने लक्ष्य रहेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम चाँडो सम्पन्न भए रातको समयमा खेल सञ्चालन गर्ने योजना रहेको बताए ।

गोर्खाजले हस्पिटालिटी पार्टनरको रूपमा ललितपुरको ग्वार्कोमा रहेको रोयल टुलिप काठमाडौंसँग सम्झौता गरेको छ। यो नयाँ पाँचतारे होटलले टोलीलाई सम्पूर्ण आवासीय सुविधा उपलब्ध गराउनेछ।

त्यस्तै, टोलीले वर्ल्डलिंकलाई मुख्य प्रायोजकका रूपमा अनुबन्ध गरेको छ। सम्झौताअनुसार काठमाडौं गोर्खाज एनपीएलमा खेल्दा टोलीको अग्रभागको जर्सीमा वर्ल्डलिंकको लोगो रहनेछ। टोलीका कार्यकारी निर्देशक अनुभव स्वर सिरोहिया र वल्ड लिंकका कार्यकारी निर्देशक मनोज अग्रवालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

एनपीएलको पहिलो सिजन मार्की रहेका करण केसीसहित भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई काठमाडौंले रिटेन गरेको छ।

टोलीको ट्रेनिङ पार्टनरको रूपमा थन्डर बोल्ट क्रिकेट एकेडेमी रहनेछ। जेम्स स्कुल परिसरमा रहेको यो एकेडेमीले फ्लडलाइट सुविधासहितको अत्याधुनिक पूर्वाधार विकास गरिरहेको छ, जहाँ गोर्खाजले आफ्नो तयारी गर्नेछ।

दुर्घटनाग्रस्त अवस्थामा भेटियो रुसी यात्रुवाहक जहाज, सवार सबैको मृत्यु

काठ्माण्डौँ। रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । स्थानीय समाचार एजेन्सीहरूका अनुसार दुर्घटनामा कोही पनि जीवित छैनन् ।

रुसको नागरिक रक्षा, आपतकालीन तथा विपद् राहत मन्त्रालयले बिहीबार जनाएअनुसार साइबेरियास्थित ‘अंगारा’ एयरलाइनद्वारा सञ्चालित एन–२४ विमान चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने क्रममा राडारबाट सम्पर्कविहीन भएको थियो ।

रुसी उद्धारकर्मीहरूले विमानको भग्नावशेष जलिरहेको अवस्थामा फेला पारेका छन् । इन्टरफ्याक्स समाचार एजेन्सीले विमानका टुक्राहरू अमुर क्षेत्रमा भेटिएको जनाएको छ ।

मन्त्रालयले टेलिग्राममार्फत भनेको छ, ‘रुसको नागरिक उड्डयन प्राधिकरण (रोसाभियात्सिया) द्वारा सञ्चालित एमआई–८ हेलिकप्टरले विमानको जलिरहेको भग्नावशेष देखेको छ ।’

टास समाचार एजेन्सीका अनुसार, खराब मौसमका कारण कम दृश्यता (भिजिबिलिटी) भएका बेला अवतरण गर्ने क्रममा चालक दलबाट भएको त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्छ ।

विमानमा ५ बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्यहरू सवार थिए । यद्यपि, आपतकालीन मन्त्रालयले भने यो संख्या करिब ४० रहेको उल्लेख गरेको छ ।

रुसका दुर्गम क्षेत्रहरू, विशेषगरी आर्कटिक र सुदूर पूर्वमा, जहाँ मौसम प्रायः अत्यन्तै खराब रहन्छ, हवाई यात्रा जोखिमपूर्ण मानिन्छ । पछिल्ला वर्षहरूमा रुसको उड्डयन सुरक्षा मापदण्डमा सुधार आए पनि दुर्गम क्षेत्रहरूमा पुराना विमानहरू दुर्घटनामा पर्ने घटनाहरू भइरहन्छन् ।

यसअघि सन् २०२१ मा पनि रुसको सुदूर पूर्वमा एउटा पुरानो एन्टोनोभ एन–२६ विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । सोही वर्षको जुलाईमा कामचाट्कामा भएको अर्को दुर्घटनामा एन्टोनोभ एन–२६ विमानमा सवार सबै २८ जनाको ज्यान गएको थियो ।

महाकाली सिचाँइ तेस्रो चरण : नहर बन्यो, पानी आएन

कञ्चनपुर : महाकाली सिँचाइ आयोजना तेस्रो चरणको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौ भइसक्यो। फुलेलीदेखि कैलालीको गोदावरीसम्म थप २० किलोमिटर निर्माणाधीन अवस्थामा छ ।

मूल नहर निर्माण भएको २८ किलोमिटरमा २२ वटा शाखा नहरमध्ये आधा निर्माण भइसकेका छन् । उक्त क्षेत्रमा तीन हजार हेक्टर क्षेत्रफलमा सिचाँइ सुविधा उपलब्ध गराउने संरचना तयार भए पनि भारतले टनकपुरबाट नहरमा पानी नछोड्दा नहर यहाँका किसानले सिचाँइ सुविधा पाउन सकेका छैनन् ।

टनकपुर ब्यारेजबाट भारतीय पक्षले पानी नछाड्दा किसानको खेतमा पानी पुग्न नसकेको हो । उक्त नहर निर्माण भएर परीक्षणसमेत भइसकेको अवस्थामा भारतीय पक्षले आनाकानी गर्दा पानी सञ्चालन हुन सकेको छैन । चार वर्षअघि उक्त नहर परीक्षणको क्रममा टनकपुरबाट आएको पानीले धान दिवससमेत मनाइएको थियो । त्यसपछि भने नहरमा पानी आउन सकेको छैन ।

‘नहरमा पानी आयो भने किसानको तीन हजार हेक्टर खेतमा पुर्‍याउन सकिन्छ,’ महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक डा योगेन्द्र मिश्रले भने, ‘तीन हजार हेक्टरमा संरचना तयार छन्, महाकालीबाट पानी आएको अवस्थामा थप पाँच हजार हेक्टरमा सिँचाइ सुविधा पुग्छ ।’

उनले टनकपुरबाट पानी छाड्नका लागि थुप्रै प्रयास भए पनि नेसनल हाइड्रोपावर कर्पोरेसन (एनएचपीसी) ले पानी छाड्न नमानेको बताए। एनएचपीसीले माथिल्लो तहबाटै उद्घाटन गरेर मात्रै पानी छाड्न सकिने बताउँदै आएको छ । ‘दिल्लीको आदेश आउनेबित्तिकै पानी छाड्छौ भन्ने जवाफ एनएचपीसीका कर्मचारीले दिने गरेका छन,’ उनले भने, ‘यस विषयमा हामीले विभागमा समेत जानकारी गराइसकेको छौं ।’

दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उक्त आयोजनाको उद्घाटन गरेपछि मात्रै नहरमा पानी आउने अवस्था बनेको छ । आगामी भदौमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएको छ । उक्त भ्रमणका क्रममा यो विषयले प्राथमिकता पाउन सके नेपालले महाकाली सन्धिअनुसारको पानी महाकाली नदीबाट पाउने छ ।

नहरमा पानी सञ्चालन हुन सके निर्माण कम्पनीलाई पनि कामको गति बढाउन दबाब पुग्ने आयोजना निर्देशक मिश्र बताउँछन्। ‘अहिले जग्गा अधिग्रहण गर्दा पनि नहरमा पानी आएको छैन भन्ने जवाफ आउँछ,’ उनले भने, ‘नहरमा पानी सञ्चालन हुन सकेमा खेतमा सिँचाइ हुने आसमा यी समस्याको समाधान पनि हुने थियो ।’

उनले आगामी तीन वर्षभित्रमा ब्रह्मदेवदेखि कैलालीको गोदावरीसम्मको मुल नहर निमार्ण सम्पन्न गरि पाँच हजार हेक्टरमा सिचाँइ पुगाउने गरि काम भइरहेको बताए। ‘यहाँ जग्गाको मुख्य समस्या छ, यहाँका नागरिकले मुआब्जा रकम बढी दाबी गर्ने गरेका छन्, नहर बनाउनुपर्ने स्थानमा ऐलानी जग्गा छ, मुक्त कमैयाको जग्गा छ,’ उनले भने, ‘जग्गा र वनको समस्याले आयोजनाको काममा ढिलाइ हुँदै आएको छ ।’

महाकाली सन्धिमा सम्झौता भएको छ महिनाभित्र नहर निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि सम्झौताको ३० वर्षसम्म नेपालले पाउनुपर्ने पानी नपाएको महाकाली सन्धिका जानकार विष्णु अवस्थीले बताए। ‘सन्धि सम्झौता भएको तीन दशकसम्म पनि नेपालले पानी पाउन सकेको छैन, यसमा सरकार गम्भिर भएर लाग्नुपर्छ,’ उनले भने, ‘यस पटक प्रधामन्त्रीको भ्रमणमा यो विषयले प्राथमिकता पाउनुपर्छ नेपालले सन्धि सम्झौताअनुसारको पानी पाउनुपर्छ ।’

नेपालतर्फ नहरका संरचना तयार भए पनि सरकारको तर्फबाट पहल नपुग्दा यहाँका किसानको खेतमा पानी पुग्न सकेको छैन । उनले सन्धि सम्झौताअनुसार टनकपुर ब्यारेजबाट हिउँदमा ३०० क्यूसेक र बर्षातमा एक हजार क्यूसेक पानी पाउनुपर्ने बताए।

आर्थिक वर्ष २०६३/६४ देखि सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाका लागि सुरुवातदेखि नै प्रयाप्त बजेट नहुँदा निमार्ण कार्यले गति लिन सकेनको थिएन । सरकारले आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेपछि निमार्ण कार्यले गति लिएको थियो ।

लक्ष्यअनुसार मुल नहरसहित १५१ किलोमिटर नहर निमार्ण भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । आयोजनाका अनुसार हालसम्म नौ अर्ब बजेट खर्च भइसकेको छ। चालु आर्थिक वर्षमा पनि आयोजनाका लागि करिब दुई अर्ब बजेट विनियोजन भएको छ । कञ्चनपुरमा हाल महाकाली सिचाँइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिचाँइ सुविधा उपलब्ध छ ।

विसं २०४२ मा सुरु भई २०४८ मा सम्पन्न भएको महाकाली सिचाँइ पहिलो चरणबाट चार हजार ८०० हेक्टर र २०५२ मा सम्पन्न भएको दोस्रो चरणबाट छ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । पहिलो र दोस्रो चरणको सिचाँइबाट यहाँको भीमदत्त र बेदकोट नगरपालिका तथा बेलडाँडी गाउँपालिकासम्म सिचाँइ सुविधा उपलब्ध छ ।

महाकाली सिचाँइ तेस्रो चरणको काम सम्पन्न भए कैलाली र कञ्चनपुरको ३५ हजार हेक्टरमा सिचाँइ सुविधा पुग्नेछ ।

सुदूरपश्चिम सरकारले ९ अर्ब रुपैयाँ खर्च गर्न सकेन, समानीकरणको दुई अर्ब फिर्ता

धनगढी — आर्थिक वर्ष २०८१/०८२ मा सुदूरपश्चिम प्रदेश सरकारले नौ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च गर्न सकेन। प्रदेशको विनियोजित बजेट ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँ रहेकोमा चालु र पुँजीगत समेत गरी २२ अर्ब २२ करोड २१ लाख ४१ हजार रुपैयाँमात्रै खर्च गर्न सकेको हो। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार यो वर्ष खर्च गर्न नसकेका कारण ९ अर्ब ४० करोड ७६ लाख ८६ हजार रुपैयाँ फ्रीज भएको छ। त्यसमध्ये संघीय सरकारबाट समानीकरणमा प्राप्त २ अर्ब रुपैयाँ भने फिर्ता भएको छ। बाँकी रहेको रकम भने प्रदेश सरकारको संचित कोषमा रहने छ।

संघीय सरकारले आफैँ योजना र कार्यक्रम तर्जुमा गरी समानुकरण राजश्व बाँडफाँटतर्फको साढे ३ अर्ब रकम योजना टुंगो लाग्न नसकेको र केन्द्र तथा प्रदेश सरकारबीच समन्वय हुन नसकेका कारण निकाशा हुन नसकेको कार्यालयले जनाएको छ। लेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकारबाट प्राप्त हुने सशर्त, विशेष र समपुरक अनुदानको हकमा भने खर्च हुन नसकेको लगभग साढे २ करोड रकम संघ सरकारमै फिर्ता जाने भएको हो ।

‘गत आर्थिक वर्षमा खर्च हुन नसकेको ६ अर्ब १५ करोड बचत हुने अनुमान गरिएको भएपनि केन्द्रले मञ्जुरी गरेको साढे ३ अर्बको समानीकरण रकम प्राप्त नहुँदा बचत हुने अनुमान गरिएको १० प्रतिशत पनि घट्न गएको छ,’ सुदूरपश्चिम प्रदेशका लेखा नियन्त्रक वासुदेव जोशीले भने।

लेखा नियन्त्रक जोशीका अनुसार समपुरक र बिशेष अनुदान प्रदेशबाटै माग हुने गरेको हो भने शशर्त तर्फको संघले नै योजना र कार्यक्रम छनौट गरी पठाउने गरेको छ । ‘तर प्रदेश र संघबीच सन्वय हुन नसक्दा समानीकरण र राजश्व बाँडफाँटको रकम खर्च हुन नसकि फ्रीज हुन गएको हो,’ उनले भने ।

गत आर्थिक वर्ष २०८१/०८२ को समग्र बजेट खर्च विगतका वर्षभन्दा सन्तोषजनक रहेको लेखा नियन्त्रक कार्यालयले जनाएको छ। तथ्यांक अनुसार गत आर्थिक वर्षमा चालु तथा पुँजीगत खर्च हालसम्मकै उच्च रहेको छ।

गत आर्थिक वर्षमा चालुतर्फ ७६ दशमलव ३५ र पुँजीगतमा ६६ दशमलव ५० प्रतिशत गरी कुल बजेट ७० दशमलव ४६ प्रतिशत खर्च भएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ७ प्रतिशतले बढी रहेको छ । उक्त आर्थिक वर्षमा ६३ प्रतिशत मात्र बजेट खर्च हुन सकेको थियो ।

गत आर्थिक वर्ष २०८१/०८२ मा चालु तथा पुँजीगत तर्फ सबैभन्दा बढी प्रदेश व्यवस्थापिकाले ८५ दशमलव २४ प्रतिशत खर्च गरेको छ। सबैभन्दा कम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३९ दशमलव ४७ प्रतिशत मात्र खर्च गरेको तथ्यांकमा उल्लेख छ।

यसैगरि सबैभन्दा बढी बजेट हुने गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयको ६९ दशमलव ७०, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ६६ दशमलव ४३, आर्थिक मामिला मन्त्रालय ६७ दशमलव ८८ , प्रदेश लोक सेवा आयोगले ७१ दशमलव ७६ र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले ७३ दशमलव १८ प्रतिशत खर्च गरेको छ।

अन्य मन्त्रालयहरुमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ६७ दशमलव ६७, सामाजिक विकास मन्त्रालयको ७५ दशमलव ८७ र प्रदेश योजना आयोगको ६५ दशमलव ६६ प्रतिशत खर्च भएको छ ।

सुदूरपश्चिम प्रदेशको आन्तरिक स्रातबाट राजश्व संकलन विगतको तुलनामा गत आर्थिक वर्षमा लक्ष्यको हाराहारीमा रहेको छ । ‘गत आर्थिक वर्षमा १ अर्ब ६० करोड प्रदेशको आन्तरिक राजश्व संकलन हुने अनुमान गरिएको थियो,’ प्रदेश लेखा नियन्त्रक जोशीले भने, ‘अनुमान गरिएको हाराहारीमै १ अर्ब ५६ करोड राजश्व उठेको छ ।’

करिब ५० जना सवार रुसी विमान सम्पर्कविहीन

रुसको सुदूर पूर्वमा लगभग ५० जना सवार एएन-२४ यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ । स्थानीय आपतकालीन मन्त्रालयले अंगारा नामक एयरलाइन्सद्वारा सञ्चालित विमानसँग हवाई ट्राफिक नियन्त्रकहरूको सम्पर्क टुटेको जनाएको छ ।

एपी र रोयटर्सको समाचारअनुसार चीनको सीमामा रहेको अमुर क्षेत्रको टिन्डा शहर नजिक पुग्दा विमान राडारबाट बेपत्ता भएको हो ।

विमानको खोजी कार्य भैरहेको मन्त्रालयले जनाएको छ । दुर्गम जंगल र पहाडी क्षेत्रमा खोजी कार्य चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन् ।

विमानमा पाँच बालबालिकासहित ४३ यात्रु र ६ जना चालक दलका सदस्यहरू रहेको समाचारमा उल्लेख छ ।

गभर्नरमा विश्व पौडेलको नियुक्तिका विषयमा छानबिन गर्न अख्तियारमा उजुरी

काठ्माण्डौँ- नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको नियुक्तिसम्बन्धी विषयमा छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

‘राष्ट्रभक्तनेपाली’ नामक समूहद्वारा दर्ता गरिएको उक्त उजुरीमा पौडेललाई नेपाल राष्ट्र बैंक ऐन, २०५६ मा तोकिएको मापदण्ड नपुगेको व्यक्तिका रूपमा नियुक्त गरिएको दाबी गरिएको छ।

उजुरी अनुसार, ऐनअनुसार गभर्नर नियुक्तिका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य व्यवस्थापन वा वाणिज्य कानुनका क्षेत्रमा लब्धप्रतिष्ठित व्यक्ति वा डेपुटी गभर्नरहरूमध्येबाट सिफारिस गर्नुपर्ने व्यवस्था छ। तर पौडेलको शैक्षिक योग्यता उक्त मापदण्ड अनुरूप नपर्ने बताइएको छ। उनीद्वारा पेस गरिएको शैक्षिक प्रमाणपत्रमा स्नातक तहमा सफ्टवेयर इन्जिनियरिङ, स्नातकोत्तर र विद्यावारिधि रिसोर्स एग्रिकल्चर विषयमा रहेको जनाइएको छ। उजुरीमा भनिएको छ, ‘उक्त उपाधिहरूले राष्ट्र बैंक गभर्नरका लागि आवश्यक विषयगत विज्ञताको पुष्टि गर्दैन।’

त्यस्तै, पौडेलसँग सम्बन्धित क्षेत्रमा पर्याप्त कार्यानुभव नरहेको दाबी गर्दै उजुरीमा उल्लेख छ कि उनले केवल काठमाडौं विश्वविद्यालयमा उपप्राध्यापक (उपसचिव सरह) को अनुभवमात्र राख्छन्।

गभर्नर नियुक्तिमा राजनीतिक पूर्वाग्रह निषेध गरिएको प्रावधानको उल्लङ्घनसमेत उजुरीमा उठाइएको छ। पौडेलले नेपाली कांग्रेसको महासमिति सदस्यका रूपमा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका थिए र तेस्रो स्थानमा पराजित भएको उजुरीमा उल्लेख छ।

त्यसैगरी, राष्ट्र बैंक ऐनअनुसार कुनै व्यक्ति वाणिज्य बैंक वा वित्तीय संस्थामा ५ प्रतिशत वा सोभन्दा बढी शेयर वा मतदान अधिकार भएका खण्डमा गभर्नर बन्न अयोग्य ठहरिन्छन्। तर पौडेल सानिमा बैंकका संस्थापक सेयरधनी रहेको जानकारी प्राप्त भएको दाबी उजुरीमा गरिएको छ।

उजुरीकर्ताले यस्ता विषयले नियमनकारी संस्थाको निष्पक्षता र पारदर्शितामा गम्भीर प्रश्न उठाउने भन्दै तत्काल छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन्।

जेष्ठ नागरिकका माग पूरा गर्न पहल गर्छु: प्रचण्ड

काठ्माण्डौँ- माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेष्ठ नागरिकका माग पूरा गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

आज आफ्नै निवास खुमलटारमा जेष्ठ राष्ट्रिय नागरिक महासंघका पदाधिकारीसँगको भेटमा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्।

महासंघका प्रतिनिधिले प्रचण्डसँग जेष्ठ नागरिकसम्बन्धी विभिन्न माग राखेका छन्।

महासंघका पदाधिकारीहरूले अध्यक्ष प्रचण्डसँग यातायातमा छुट, नागरिकता नपाएका जेष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था तथा राष्ट्रिय सभामा जेष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेसहितका माग गरेका हुन्।

देशभरि दुई हजार पाँचसय भन्दा बढी जेष्ठ नागरिक नागरिकताविहीन रहेको भन्दै महासंघले प्रचण्डको ध्यानाकर्षण गराएका छन्।

उनीहरूलाई राज्यका सेवाबाट बञ्चित गरिएको भन्दै उनले यो समस्या समाधानको लागि नेतृत्व लिन पनि प्रचण्डलाई अनुरोध गरेको छ।

महासंघका माग गम्भीरतापूर्वक सुनेपछि अध्यक्ष प्रचण्डले भने, ‘तपाईंहरूले उठाएका माग अत्यन्तै न्यायसंगत छन्। म आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु। यी माग पूरा गर्ने दिशामा हाम्रो पार्टी माओवादी केन्द्रले सकारात्मक पहल गर्नेछ।’

खोज्नुहोस