स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ ।
एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली टोली आज स्वदेश फर्किएको हो ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० का महासचिव किरण राई र प्रवक्ता सुरेश शाहसँगै अन्य पदाधिकारीले खेलाडीहरुलाई विमानस्थलमा स्थागत गरेका थिए ।

उज्वेकिस्तानमा भएको प्रतियोगिताअन्तर्गत समूह ‘एफ’ मा दुई खेलमा जित निकाले पनि अन्तिम खेलमा हार बेहोरेसँगै नेपालको एसियन कप खेल्ने सम्भावना समाप्त भएको थियो ।

क्रिकेटमा नेपालको सफलता खेलाडीहरूको समर्पण र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरूले पाएको सफलता प्रशंसनीय भएको बताएका छन् ।

एसीसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई शीतल निवासमा बधाई दिँदै उनले क्रिकेटमा नेपालीले हात पारेको सफलता खेलाडीहरूको खेलप्रतिको समर्पण, लगाव र मेहनतको प्रतिफल भएको उल्लेख गरे ।

उनले सिंगापुरसँग भएको फाइनल खेलमा एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेर मुलुकको प्रतिष्ठा उँचो बनाएको भन्दै यसले नेपाल र नेपालीको इज्ज्त, प्रतिष्ठा बढाएको स्पष्ट पारे ।

राष्ट्रपति पौडेलले परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकिएमा देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने उल्लेख गरे ।

राष्ट्रपति पौडेलले देशभित्रै खेलकुदका लागि आवश्यक पूर्वाधार बढाएर तथा प्रतियोगिता र प्रशिक्षण बढाएर देश विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान आवश्यक रहेको उल्लेख गरेका छन् ।

डाक्टरहरूको आन्दोलनले बिरामी मारमा, देशभर आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौं- नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएको छ ।

उपभोक्ता अदालतले उपचारमा लापरबाही गर्ने चिकित्सक र अस्पतालहरूलाई धमाधम क्षतिपूर्ति तिराउन थालेपछि नेपाल चिकित्सक संघको आह्वानमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो ।

चिकित्सकले सेवा बहिष्कार गर्दा बिरामी मर्कामा परेका छन् । यो आन्दोलनमा नौवटा स्वास्थ्य संस्थाले ऐक्यवद्धता जनाएका छन् ।

ती संघसंस्थाहरुले गत शुक्रबारदेखि नै जिल्ला प्रशासनलाई ज्ञापनपत्र बुझाउनेदेखि विभिन्न सांकेतिक आन्दोलनका कामहरु भइरहेका छन् ।

कुलिङ अफ पिरियड विवाद : आज छानबिन समिति गठन हुँदै

काठमाडौं– निजामती विधेयकको ‘कुलिङ पिरियड’ मा छेडखानी गर्ने व्यक्ति पत्ता लगाउन आज छानबिन समिति गठन हुँदै छ । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र प्रतिनिधिसभाबाट समेत पारित विधेयकको ‘कुलिङ पिरियड’ प्रावधान खण्डित हुने अर्को व्यवस्था रहेको खुलेपछि छानबिन गर्न संसद्ले विशेष समिति बनाउन लागेको हो ।

सभामुख देवराज घिमिरेसहित दलका प्रमुख सचेतकहरूको बैठकले जालझेल गरिएको विषयमा छानबिन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेको थियो । जसअनुसार नेपाली कांग्रेस र आफ्नो पार्टीबाट दुईरदुई तथा नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाट एकरएकजना सदस्य रहनेछन् ।

समितिको नेतृत्व कांग्रेसले गर्ने र उक्त समितिमा को को रहने भन्ने व्यक्तिहरूको नाम आज घोषणा हुने एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । आज बिहान ११ बजे प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक डाकिएको छ । उक्त बैठकले छानबिन तथा अध्ययनका निम्ति १५ वा २१ दिनको समय दिँदै समिति गठन गर्नेछ ।

कैलालीका किसानहरु माटोलाई सुरक्षा गर्दै

टीकापुरः कैलालीका किसानहरु माटोको सुरक्षामा सचेत बन्न थालेका छन्। मानव स्वास्थ्य र वातावरण संरक्षणका लागि माटो स्वस्थ हुनुपर्छ भन्ने बुझेपछि किसानहरु माटो जोगाउन सक्रिय भएका छन्।
माटो जोगाउन किसानले माटो परीक्षण गरेर खेती गर्न थालेका छन्। किसानले पालिका र माटो परीक्षण प्रयोगशाला कञ्चनपुरको सहयोगमा माटो परीक्षण गरेर माटो परीक्षण कार्ड बनाउन थालेका छन्। किसानले माटोको रिपोर्ट अनुसार खेती गर्न थालेका छन्।

कैलालीको जानकी गाउँपालिका–२ की त्रलेक्यदेवी थापामगरसँग माटो परीक्षण नतिजा कार्ड छ। उनले आफ्नो जमिनको माटोको गुणस्तरबारे थाहा पाउने गरी यसरी कार्ड लिएको चार वर्ष भइसकेको छ। थापामगर प्रत्येक वर्ष आफ्नो खेतबारीको माटो परीक्षण गराउछिन्। ‘माटो परीक्षण रिपोर्टमा कृषि प्राविधिकले सिफारिस गरे अनुसार खेती गर्ने गरेका छौँ’,उनले भनिन्, ‘कुन बाली लगाउँदा राम्रो हुन्छ भन्ने ज्ञान भएको छ, यसले उत्पादन वृद्धिमासमेत सहयोग पुगेको छ।’

अर्का किसान लक्ष्मीदेवी मगरसँग पनि माटो परीक्षण कार्ड छ। उनीहरुलाई यसरी माटो परीक्षण गर्न जानकी गाउँपालिकाले सघाइरहेको छ। माटोको स्वास्थ्य बारेमा थाहा पाएपछि मलपानी आवश्यकता अनुसार प्रयोग गरे पुग्नेमा किसान सचेत भएका छन्। ‘माटोको अवस्था, माटो संरक्षणका लागि गर्नुपर्ने प्रयासबारे जानकारी हुने गरेको छ’, लक्ष्मीदेवीले भनिन्, ‘रासायनिक विषादीको प्रयोग घटाइरहेका छौँ, जैविक विषादी घरमै बनाउने गरेका छौँ, जसले उत्पादन बढेको छ, उत्पादन विषादीरहित हुँदै गएको छ।’

किसान जयसरा देवीले पनि माटो परीक्षण गरेपछि माटो अवस्था, कुन समयमा कुन खेती गर्दा बढी उत्पादन लिन सकिन्छ, मल प्रयोग र वातावरण कसरी जोगाउने भन्नेबारे पनि सिकेकी छिन्। ‘नियमित खेती गर्न हुँदैन रहेछ भन्ने सिके, माटोभित्र पनि रोग हुनसक्छ, त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने सिकाइ भएको छ’, उनले भनिन्, ‘माटो मलिलो बनाउने, कुन खेती गर्दा माटो जोगिन्छ भन्नेबारे पनि सिकेका छौँ।’

कैलालीमा स्थानीय तह र विभिन्न सङ्घ संस्थाको सक्रियतामा माटो जाँच कार्यक्रम हुने गरेका छन्। माटो जाँच गरेर आफ्नो खेतबारीको माटोको अवस्था थाहा पाउनु अघि जथाभावी रासायनिक मल प्रयोग गर्ने किसान अहिले प्राङगारिक, गोठे मलको प्रयोग बढाइरहेका स्थानीय कर्णबहादुर थापाले बताए। ‘माटो, मानिसको जीवन र वातावरण संरक्षण गर्ने जिम्मा किसानकै हातमा रहेछ’, उनले भने, ‘यसमा स्थानीय सरकारले साथ दिनुपर्छ। हामीले प्राविधिक ज्ञान पाइरहेका छौँ।’

कैलालीकै जोशीपुर गाउँपालिका–२ मुद्धिका किसान प्रेमलाल महत्तोको खेतीपाती गर्ने तरिका हिजोआज बदलिएको छ। पहिले उत्पादन बढाउन रासायनिक मल धेरै हाल्दा उल्टै उत्पादन घट्यो। छरछिमेकमा सल्लाह गरेर माटो परीक्षण गर्ने निधो गरेपछि थाहा भयो माटोमा अमिलोपना बढेको तथा प्राङ्गारिक मलको कमी भएको रहेछ। कृषि प्राविधिकको सल्लाह अनुसार उनीहरुले खेती गर्ने तरिका बदलेपछि हाल उत्पादन बढेको छ।

‘विगतमा हामी उत्पादन बढी लिने प्रयासमा माटो बिगार्ने काममा सक्रिय रहेछौँ भन्ने बुझेको छु’, उनले भने, ‘माटो बचे पो जीवन बच्न भन्नेमा सचेत भएको छु। माटोमा बढेको अमिलोपना घटाउन ढैँचा जस्ता खेती, लहरे बालीमा ध्यान दिएका छौँ।’ कैलालीमा माटो जाँच गर्ने र माटो परीक्षण कार्डको आधारमा रासायनिक मलको मात्रा मिलाएर हाल्ने किसानको सङ्ख्या बढ्दै गएको छ।

किसानलाई गोबर मल, हरियो मल जस्ता प्राङ्गारिक मल प्रयोग गर्न स्थानीय पालिका, रानी जमरा कुलरिया सिँचाइ आयोजनालेसमेत किसान सचेत बनाइरहेका छन्। स्थानीय तह र सिँचाइ आयोजनाले किसान पाठशाला जस्ता कार्य गरेर हरियो मल, जैविक मलबारे किसानलाई शिक्षा दिन थालेका छन्। जोशीपुरकै अर्का किसान प्यारेलाल महत्तो सबैतिरको प्रयासले किसानको बालीको उत्पादन बढ्नुका साथै माटोको गुणस्तर पनि सुधार हुँदै गएको र यसले गर्दा दिगो माटो व्यवस्थापनमा सघाउ पुगिरहेको उनको भनाइ छ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी नियमावली २०८१ बनाएर लागू गरिसकेको छ। अनि, प्राङ्गारिक मल र प्राङ्गारिक विधिमा गरिने खेती किसानीमा जोड दिइरहेको छ। सङ्घ, प्रदेश र स्थानीय, तीनै तहका सरकारले यस विषयलाई प्राथमिकतामा राखेको कृषि प्राविधिक बताउँछन्। पालिकामा रहेका कृषि शाखामार्फत रासायनिक मल र विषादी दुबैको प्रयोग घटाउने र उत्पादन बढाउने उद्देश्यले माटोको गुणस्तर अनुसार खेती गर्ने काम भइरहेको जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालवीर चौधरी बताउछन्।

‘सुरुमा किसानको बारीको माटो जाँच हुन्छ, सोही अनुसार खेतीबाली लगाइन्छ’, उनले भने, ‘यसरी खेती गर्दा उत्पादन बढ्छ, माटोको गुणस्तर बिग्रदैन। वातावरण संरक्षणमा सहयोग पुग्छ।’ जानकी गाउँपालिकाले गतवर्ष माटो परीक्षण प्रयोगशाला कञ्चनपुरको सहयोगमा हरेक वडाका १०/१० किसानलाई माटो परीक्षण कार्ड उपलब्ध गराएको थियो। यस वर्ष पालिकामा दुई सय ६२ किसानले माटो परीक्षण कार्ड बनाएका छन्।

‘किसानमा माटो सुधार गर्नुपर्छ भन्ने जनचेतना बढाउन र माटो सुधार गरी उत्पादन र वातावरणमा नै सुधार गर्न पालिकाले लगानी बढाएको हो’, उनले भने, ‘पालिकाले किसानलाई सचेत बनाउन यस वर्षबाट एकीकृत किट व्यवस्थापनका लागि आकस्मिक बाली संरक्षण सेवा पनि हरेक वडामा दिएको छ।’ माटो परीक्षण गराएर किसानले काम गर्दा एकातिर माटोको स्वास्थ्य राम्रो हुने र अर्कातिर किसानले लगाएको बालीको फसल पनि राम्रो हुने विज्ञहरुको सुझाव छ।

माटो विज्ञ श्रीप्रसाद विष्ट माटो स्वस्थ भएपछि विश्व नै स्वस्थ हुने भएकाले माटो सुरक्षामा ध्यान दिनुपर्ने सुझाव दिन्छन्। ‘अधिकांश जीवित प्राणीको गाँस र बास स्थान भनेको नै माटो हो’, उनी भन्छन्, ‘माटो नै स्वस्थ भएन भने धेरै क्षेत्रमा समस्या आउने गर्छ। त्यसैले माटो र वातावरण जोगाउने जिम्मा सबैले लिनुपर्छ।’

भदौ १ गतेदेखि बयालपाटा अस्पताल प्रदेश सरकारले सञ्चालन गर्ने

धनगढी, २३ असार ।

भदौ १ गतेदेखि अछामको बयालपाटा अस्पताल सुदूर पश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने भएको छ ।

बयालपाटा अस्पताल सञ्चालक संस्था न्याय हेल्थ नेपाल र सुदूर पश्चिम प्रदेश सरकारबीच आईतवार यस्तो सम्झौता भएको हो ।

यो सम्झौतासंगै बयालपाटा अस्पतालबाट न्याय हेल्थ नेपाल बाहिरिएको छ । बयालपाटा अस्पताल सञ्चालन गर्दै आएको न्याय हेल्थ नेपालले १० करोडभन्दा बढिको भवन, उपकरणहरु प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

आईतवार न्याय हेल्थ नेपालका अध्यक्ष कुन्द दीक्षित र सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीबीच हस्तान्तरण प्रकृयाको सम्झौता भयो । हस्तान्तण प्रकृयामा मन्त्री मेघराज खड्का समेत सहभागी थिए ।

सुदूर पश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२ ८३ को नीति तथा कार्यक्रमको बूँदा नम्बर ६७ र बजेट वक्तव्यको बूँदा नम्बर १४५ मा बयलपाटा अस्पताल प्रदेश सरकारको मातहतमा सञ्चालन गर्ने र सो का लागि बजेट बिनियोजन गर्ने उल्लेख गरिएको थियो ।

बजेट वक्तव्यमा साउन १ देखि बयालपाटा अस्पताल आफ्नो मातहतमा सञ्चालन गर्ने घोषणा गरेको प्रदेश सरकारले आवश्यक तयारी नभएका कारण एक महिनापछि देखि सञ्चालन गर्ने गरी न्याय हेल्थ नेपालसंग आईतवार सम्झौता गरेको छ ।

बयालपाटा अस्पताल पर्चीसंगै सम्पूर्ण सेवा, सुविधा, औषधी, शल्यक्रिया र बिरामीको लागि खाना समेत निशुल्क उपलब्ध गराउने देशकै एक मात्र अस्पताल हो ।

बयालपाटा अस्पतालले सुदूर पश्चिमका पहाडी जिल्लाका झण्डै एक लाख बढि बिरामीलाई वार्षिक रुपमा सेवा दिदै आएको छ ।

न्याय हेल्थ नेपालका अध्यक्ष दीक्षितले अस्पतालले प्रदान गर्दै आएको सेवा, सुविधा र उपचारलाई निरन्तरता दिन प्रदेश सरकारसंग आग्रह गरे ।

कोभिडपछि आर्थिक अभावसंग जुध्दै आएको न्याय हेल्थ नेपालले प्रदेश सरकारसंग वार्षिक रुपमा ८ देखि १० करोड माग गर्दै आएपनि सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयका कर्मचारीले बयालपाटालाई बजेट दिनुको साटो असहयोग गर्दै आएका थिए ।

खासगरी सामाजिक विकास मन्त्रालयका उपसचिव गणेश बहादुर सिंहले मन्त्री र मुख्यमन्त्रीलाई समेत प्रभावमा पारी बयालपाटा अस्पताललाई बजेट निकासामा अवरोध सृजना गरेको आरोप छ ।
मुख्यमन्त्री र मन्त्रीहरु कर्मचारीका अगाडि लाचार हुदा बयालपाटा अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने रकम प्रदेश सरकारले सहयोग गर्न नसकेको आरोप लाग्ने गरेको छ ।

प्रदेश सरकारबाट सहयोग प्राप्त नभएपछि न्याय हेल्थ नेपाल प्रदेश सरकारलाई अस्पताल हस्तान्तरण गर्न बाध्य भएको हो ।

साउनदेखि नै आफ्नो मातहतमा अस्पताल सञ्चालन गर्ने निर्णय गरेको प्रदेश सरकारले बजेट र आवश्यक कर्मचारीको व्यवस्थापन गर्न नसकेका कारण साउन महिनाभरी अस्पतालको बजेट लगायतको सम्पूर्ण जिम्मेवारी निर्वाह गरिदिन न्याय हेल्थ नेपालसंग आग्रह गरेको छ ।

सामाजिक विकास मन्त्रालयको आग्रहपछि न्याय हेल्थ नेपालको टीमले एक महिनाको कर्मचारीको तलव बराबर हुन आउने ८५ लाख रुपैया मन्त्रालयलाई सहयोग गर्ने बताएपनि मन्त्रालयले रकम लिने कानूनी व्यवस्था नभएका कारण न्याय हेल्थलाई थप एक महिना अस्पताल सञ्चालन गरिदिन आग्रह गरेको थियो ।

न्याय हेल्थ नेपाल स्वयम आर्थिक संकटमा रहेकोले मन्त्रालयको आग्रहपछि न्याय हेल्थ नेपालका अध्यक्ष कुन्द दीक्षित र बोर्ड सदस्यहरुले सो बराबरको रकम व्यक्तिगत रुपमा अस्पताल सञ्चालनका लागि सहयोग गर्ने भएको छ ।

न्याय हेल्थ नेपाल र सामाजिक विकास मन्त्रालयबीच आईतवार भएको सम्झौता अनुसार भदौ १ गते प्रदेश सरकारले बयालपाटा अस्पताल सञ्चालन गर्नेछ ।

अस्पताल सञ्चालनको बिधि, प्रकृया र मोडेल टुंगो नलागेपनि बयालपाटा अस्पताल भदौ १ गतेदेखि सरकारी चिकित्सक र सरकारको दरबन्दीमा कार्यरत स्वास्थ्यका कर्मचारीहरु मार्फत सञ्चालन हुनेछ ।

हाल बयालपाटा अस्पतालका प्रमुख रहेका डा. मन्दीप पाठक लगायत न्याय हेल्थ नेपालद्धारा नियुक्त गरिएका चिकित्सकहरु सहित एक सय २५ जना अस्पतालका कर्मचारी र ६५ जना सामुदायीक स्वास्थ्य कार्यकर्ताको जागीर समेत संकटमा परेको छ ।

यो सम्झौता अनुसार डा. पाठकले समेत भदौ १ गतेदेखि अस्पताल प्रमुखको जिम्मेवारी र जागीर छोड्नु पर्नेछ ।

सम्झौता पत्र :

दृष्टि फाउन्डेसनद्वारा अत्तरियामा वृद्धाश्रम सञ्चालन

कैलाली । कैलालीको धनगढीमा क्रियाशील दृष्टि फाउन्डेसनले अत्तरियाको गोदावरी नगरपालिका–२, तेघरीमा वृद्धाश्रम सञ्चालनमा ल्याएको छ। आईतबार आयोजित उद्घाटन समारोहमा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले वृद्धाश्रमको उद्घाटन गरे । कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टको सभाध्यक्षता भएको थियो।

उद्घाटन कार्यक्रममा नगर उपप्रमुख शारदा देवी रोकाया, कैलालीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, धनगढी उपमहानगरपालिकाका पूर्व नगर प्रमुख नृप वड, तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले राज्यले लिनुपर्ने जिम्मेवारी दृष्टि फाउन्डेसनले निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले फाउन्डेसनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

त्यस्तै, उप प्रमुख रोकायाले सडकमा अलपत्र अवस्थामा भेटिएका मानवहरूको उद्धार गर्दै आएको फाउन्डेसनको कार्यलाई “पुण्यको काम” भनी प्रशंसा गरिन। कार्यक्रममा नगर प्रमुख भट्टलाई वृद्धाश्रमको संरक्षकको रूपमा नियुक्त गरिएको छ।

फाउन्डेसनकी सञ्चालक कल्पना भट्टले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा रहेको बताइन । उनले दृष्टि फाउन्डेसनमा रहेका धेरै महिला मानसिक असन्तुलनमा रहेको हुँदा ज्येष्ठ नागरिकलाई छुट्टै राख्नुपर्ने बाध्यताका कारण वृद्धाश्रम स्थापना गरिएको स्पष्ट परिन।

 

दोधारा-चाँदनी सुक्खा बन्दरगाह निर्माण कार्य छिट्टै हुन्छ : गृहमन्त्री लेखक

कञ्चनपुर: गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुने बताएका छन । आज सुक्खा बन्दरगाह निर्माणस्थलको अवलोकन गर्दै उनले बन्दरगाह निर्माणका लागि ठेक्का स्वीकृत भइसकेकाले अब छिट्टै काम सुरु हुने बताएका हुन ।

गृहमन्त्री लेखकले बन्दरगाहमा आवश्यक संरचना निर्माणका लागि ठेक्का स्वीकृत भइसकेको र अब चाँडै शिलान्यास गर्ने गरी तयारी भइरहेको जानकारी दिए । उनले निर्माण सुरु भएपछि तीन वर्षभित्र बन्दरगाह बनाइसक्ने योजना पनि सुनाए । बन्दरगाह निमार्णका लागि दोधारा–चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वनको ४१ हेक्टर जग्गामा एक हजार ५९३ रुख कटान भइसकेका छन् ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच १ जुन २०२३ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।  सोही सम्झौताअनुसार दुवै तर्फबाट निर्माणको तयारी भइरहेको हो । भारतीय पक्षले बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लाख ९९ हजार भारतीय रुपैयाँको लागतमा टेन्डर आह्वान गरेर निर्माण कम्पनी छनोट गरिसकेको छ ।

बन्दरगाह निर्माणका लागि प्रयोग हुने जग्गामा दुई वटा गोदाम, भन्सार जाँच तथा क्वारेन्टाइन भवन, इमिग्रेसन तथा सुरक्षा भवनललगायत पूर्वाधार निर्माण हुने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण गरिसकेको छ । भारतले आफ्नो क्षेत्रतर्फ बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ । सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।।

अमेरिकामा विनाशकारी बाढी आउँदा कम्तीमा ५० जनाको मृत्यु

काठमाण्डु : अमेरिकाको मध्य टेक्सासमा आएको विनाशकारी बाढीमा १५ बालबालिकासहित कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

बेपत्ता दर्जनौं मानिसहरूको खोजी कार्य जारी छ । खोज्न दौडिरहेका छन् । सबैभन्दा खराब मानिएको केर काउन्टीमा ४३ जनाले ज्यान गुमाएका छन् ।

क्रिश्चिअन युथ क्याम्प २७ जना बालबालिका अझै हराइरहेको अधिकारीहरूले बताएका छन् । अहिलेसम्म करीब ८५० जनाको उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्राभिस काउन्टी र टम ग्रिन काउन्टीसहित राज्यका अन्य स्थानमा पनि मानिसहरूको मृत्यु भएको पुष्टि भएको छ । केर काउन्टी, जहाँ अचानक आएको बाढीले पनि तहसनहस पारेको थियो ।

त्यहाँको ग्वाडालुप नदीमा शुक्रबार बिहान सबेरै ३ घण्टाभित्र पानीको सतह २.३ मिटरबाट बढेर ९ मिटर पुगेको छ ।

जुन अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार रेकर्डमा दोस्रो उच्चतम स्तरमा पुगेको छ । नदी र जलाशयहरूमा पानीको बहाव बढ्दै जाँदा यस क्षेत्रभरि बाढीको चेतावनी जारी छ ।

समुदायले ज्यान गुमाएकाहरूको शोक मनाइरहेका र अझै हराइरहेकाहरूको लागि आशामा बाचिरहेका छन् ।

 

पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेट

काठ्माण्डौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ। उनीहरूबीच बिहीबार ३० मिनेट जति भेट भएको बालेनका स्वकीय भूपदेव साहले नेपालखबरलाई जानकारी दिए।
भण्डारीलाई भेट्न बालेन उनकै निवास भंगाल पुगेका थिए।

‘उहाँहरूबीच बिहीबार भेट भएको हो। भेटमा समसामयिक विषयमा कुराकानी भयो’ उनले भने।

युरोपियन युनियनविरुद्ध चीनले घोषणा गर्‍यो प्रतिशोधात्मक प्रतिबन्ध

बेइजिङ । युरोपेली सङ्घ (ईयू) ले चिनियाँ कम्पनीहरूलाई प्रमुख चिकित्सा उपकरण खरिदमा प्रतिबन्ध लगाएपछि चीनले आइतबार जवाफी प्रतिबन्धको घोषणा गरेको छ ।

चीनको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चीनमा स्थापना भएका युरोपेली पुँजी भएका कम्पनीहरूबाहेक युरोपेली युनियनका कम्पनीहरूलाई चार करोड ५० लाख युआन (६३ लाख अमेरिकी डलर) भन्दा बढीको मागबाट बाहिर राखिनेछ ।’

सम्बन्ध सुधारका लागि चीनका विदेशमन्त्री वाङ यीले गत साता युरोपेली सङ्घको मुख्यालय ब्रसेल्सका साथै फ्रान्स र जर्मनीको भ्रमण गरेका थिए ।

यद्यपि ईयूको चीनसँग ३५७.१ अर्ब डलरको व्यापार घाटासहित आर्थिक सम्बन्धमा गहिरो द्वन्द्व कायमै छ ।

आइतबारदेखि लागू हुने गरी चीनले लगाएको प्रतिबन्धमा कृत्रिम उपकरण, पार्टपुर्जादेखि मेडिकल मेसिनरी र सर्जिकल उपकरणसम्मका उत्पादन समावेश गरिएको छ ।

चिनियाँ अर्थ मन्त्रालयले गैरयुरोपेली कम्पनीहरूको सवालमा ईयूका उत्पादनहरूको अनुपात ५० प्रतिशतभन्दा बढी हुन नसक्ने बताएको छ ।

ईयूले चीनविरूद्ध दोहोरो मापदण्ड अपनाएको र चिनियाँ कम्पनीहरूलाई ५० लाख युरो (५८ लाख डलर) भन्दा बढीको सरकारी मेडिकल उपकरणहरू खरिदमा प्रतिबन्ध लगाएको बेइजिङले आरोप लगाएको र बदलामा ईयूले बेइजिङका तर्फबाट आक्रोशपूर्ण प्रतिक्रियाको सामना गर्नुपरेको हो ।

युरोपेली सङ्घले उक्त प्रतिबन्ध ‘चीनले लामो समयदेखि ईयूमा निर्मित मेडिकल उपकरणलाई चिनियाँ सरकारी सम्झौताबाट बहिष्कृत गरेको’ प्रतिक्रिया भएको बताएको थियो ।

ब्रसेल्सका अनुसार चीनमा निर्यात हुने चिकित्सा उपकरणहरूको लागि सार्वजनिक खरिद सम्झौताको झण्डै ९० प्रतिशत ईयूका फर्महरू ‘बहिष्करण र भेदभावपूर्ण मापदण्डको दायरामा’ थिए ।

चीनको वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चीनले पटक-पटक द्विपक्षीय संवादका माध्यमबाट सार्वजनिक खरिदका क्षेत्रमा परामर्श, संवाद र द्विपक्षीय व्यवस्थाका माध्यमबाट यी विवादहरूको उचित समाधान गर्न आफ्नो इच्छा व्यक्त गर्दै आएको छ ।’

विगत तीन वर्षमा ब्रसेल्स र बेइजिङ इलेक्ट्रिक कार, रेल उद्योग, सौर्य प्यानल र हावाबाट चल्ने टर्बाइनसहितका धेरै आर्थिक कारोबारहरूमा द्वन्द्व देखिएको थियो ।

महाकाली नदी किनारका बस्ती जोगाउन बाँध निर्माण हुन्छः गृहमन्त्री लेखक

कञ्चनपुर : गृहमन्त्री रमेश लेखकले महाकाली नदी किनारका बस्ती जोगाउन ठूलो वर्षा हुनुअघि नै बाँध निर्माण गर्नेगरी नेपाली सेनालाई जिम्मा दिइएको बताएका छन्।

आज कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माणाधीन बाँधको अनुगमन गर्दै उनले बाढीका कारण वर्षौदेखि नदी किनारका नागरिकले भोग्दै आएका समस्या समाधानका लागि सरकारले विशेष निर्णय गरेर सेनालाई जिम्मा दिएको बताए। मन्त्री लेखकले भने,“महाकाली किनारका बस्ती वर्षौदेखि बाढीको जोखिममा छन्। यसैकारण ती बस्ती जोगाउन गृह मन्त्रालयले सेनासँगको समन्वयमा काम अगाडि बढाएको हो। अब बजेट अभावले बाँध निर्माण कार्य रोकिँदैन, बस्ती जोगाउन सरकारले चाहिने जति बजेट व्यवस्थापन गर्छ।”

गत वर्ष महाकालीको बाढीले दुई सय ६० मिटर बाँध भत्काएपछि महाकाली नदी बस्तीतर्फ सोझिएको थियो। यसले भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका विभिन्न बस्ती जोखिममा परेपछि सरकारले उक्त क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर काम अघि बढाएको हो।

गृहमन्त्री लेखकले महाकाली नदीका कारण यहाँ बनेको चारलेन पुल र बस्ती नै जाखिममा परेपछि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको बाँध निर्माणको जिम्मा सेनालाई दिइएको बताए। “सरकारले नदी नियन्त्रण तथा संरक्षणका लागि विशेष प्राथमिकताका साथ बाँध निर्माण गरिरहेको छ। अब स्थायी रूपमा समस्या समाधान हुनेगरी काम हुन्छ”, उनले भने।

गृहमन्त्री लेखकले निर्माण कार्यमा सङ्लन्न टोलीलाई निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्देशनसमेत दिए। यहाँ गत जेठ ६ गतेको निर्णयअनुसार सेनालाई एक महिनामा बाँध निर्माण गर्ने गरी जिम्मेवारी दिइएको थियो।

यूएसएडको सहयोगले ९ करोड भन्दाबढी व्यक्तिको जीवन जोगाएको अनुमान

एजेन्सी । अमेरिकी अन्तराष्ट्रिय विकास एजेन्सी (यूएसएड) को अनुदान कटौतीले सन् २०३० सम्ममा १ करोड ४० लाखभन्दा बढी मानिसको ज्यान जान सक्ने खतरा बढेको एक अनुसन्धानले देखाएको छ।

प्रख्यात चिकित्सा जर्नल द ल्यानसेटमा प्रकाशित अनुसन्धानले अमेरिकी सहयोग कटौतीले २०३० सम्म १ करोड ४० लाखभन्दा बढीको ज्यान जाने खतरा बढेको जनाएको हो।

अनुसन्धानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले वैदेशिक अनुदान कटौती गरेपछि सन् २०३० सम्म ४५ लाख बालबालिकाको मृत्यु हुने सम्भावना बढाएको जनाएको छ।

वार्षिक ६ लाखसम्म एचआईभी संक्रमितको मृत्यु हुने र मलेरिया, कुपोषण र मातृ मृत्युदर समेत बढ्ने अनुसन्धानले देखाएको छ।

सन् २०२५ देखि ८३ प्रतिशत वैदेशिक रकम कटौतीले समग्र सार्वजनिक स्वास्थ्य प्रणालीलाई असफल बनाउने खतरा पनि देखाइएको छ। यसले विशेषत निम्न–मध्यम आय भएका देशका महिला, बालबालिका, र कमजोर समुदायहरूलाई प्रत्यक्ष असर गर्ने अध्ययनमा उल्लेख गरिएको छ।

अध्ययनले सन् २००१ देखि २०२१ सम्ममा युएसएडको सहयोगले करिब ९ करोड १० लाख व्यक्तिको जीवन जोगाएको अनुमान गरेको छ। पाँच वर्ष मुनीका बालबालिकाको मृत्युदर १५ प्रतिशत घटेको र एचआईभी एड्सको मृत्यु ७४ प्रतिशत कम भएको अनुसन्धानमा उल्लेख गरिएको अमेरिका हालसम्मको सबैभन्दा ठूलो मानवीय सहायता दिने राष्ट्र हो।

अमेरिकाले ६० भन्दा बढी देशहरूमा सहायता कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो।

मौद्रिक नीति, वित्त नीतिकै समन्वयमा आउँछ: गभर्नर

काठमाडौं । नेपाल रास्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले मौद्रिक नीति र वित्त नीतिबाट अवसर लिन सक्नुपर्ने बताएका छन् ।

उनले मौद्रिक नीति, वित्त नीतिकै समन्वयमा आउने उल्लेख गरे ।

आइतबार सेजनले आयोजना गरेको कार्यक्रममा गभर्नर पौडेलले उनले बैंक चलाउने पोलिसी र मनिटरी पोलिसी एउटै हुनुपर्ने बताए ।

देशको समृद्धिका लागि लागि सबै मिलेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

बस्ती बस्तीका सडकमा सुदूरपश्चिम प्रदेशको लगानी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, जनज्योति चोक हुँदै वडा नं। २ को वडा कार्यालय जोड्ने कच्ची सडक कालोपत्रे हुँदा यहाँका बासिन्दालाई सहज भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा जनज्योति टोल हुँदै हरियाली जोड्ने सडक कालोपत्रे गरिँदा अहिले यहाँका स्थानीयलाई आवतजावतमा सहजता भएको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका अनुसार यस वर्ष सो टोलमा ३७० मिटर कालोपत्रे र ७४२ मिटर सडक मर्मत गरिएको हो ।

गतिलो सडक नहुँदा विगतमा यात्रा गर्न निकै कठिन हुने गरेको स्थानीय अटो चालक सीताराम डगौराले बताए । “यो सडक भएर अटो चलाउँदा पार्टपुर्जा बिग्रने, यात्रा गर्न असहज हुने गरेको थियो,” उनले भने, “अहिले यात्रा गर्न पनि सहज भएको छ ।”

सडक कालोपत्रे गरिँदा विद्यार्थीलाई पनि सहज भएको छ । जनज्योति क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत रमिता बोहोराले क्याम्पस जाँदा सास्ती हुने गरेकोमा अहिले सहजता भएको बताए । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कञ्चनपुरमा यस वर्ष ३१ किलोमिटर सडक कालोपत्रे गरेको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका–६ स्थित शान्ति निकेतन टोल नयाँ प्रतिभाको पश्चिम हुँदै भगवती टोल जोड्ने ३०६ मिटर सडक कालोपत्रे गरेको छ । यस्तै नवदुर्गा महादेव टोलमा २१५ मिटर सडक कालोपत्रे गरिएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका इन्जिनियर हेमराज भट्टले जानकारी दिए।

यस्तै भीमदत्त नगरपालिका–६ स्थित पूर्णागिरि टोलमा ४६२ मिटर सडक कालोपत्रे र ८० मिटर आरसिसी गरिएको छ । निर्माणको जिम्मा पाएको उत्तम कन्स्ट्रक्सनले ३२ लाख ८३ हजारको लागतमा सडक कालोपत्रे गरेको जनाइएको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरले गत वर्ष, भीमदत्त नगरपालिका–१८, वनदेवी मन्दिर हुँदै उत्तरतर्फ जाने ११० मिटर सडक कालोपत्रे गरेको थियो । प्रदेश सरकारको २० लाखको लगानीमा सो सडक निर्माणको काम भएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र अधिकारीले जानकारी दिए ।

भीमदत्त नगरपालिका–४, वनदेवी मन्दिर हुँदै उत्तरतर्फ जाने सडक यस वर्ष कालोपत्रे भएपछि यहाँका स्थानी हर्षित छन् । बर्सौंदेखि स्थानीय सरकारको उपेक्षामा परेको सो सडक प्रदेश सरकारले कालोपत्रे गरेपछि यात्रा गर्न सहज भएको भगतपुरका स्थानीय श्याम न्यौपानेले बताए । पूर्वाधार विकास कार्यालय कञ्चनपुरले यस वर्ष वेदकोट नगरपालिकामा एक करोड ५४ लाख ७८ हजारको लागतमा २।६ किलोमिटर सडक ज्ञान जेभीले कालोपत्रेको काम गरेको इन्जिनियर हेमराज भट्टले जानकारी दिए । वेदकोट नगरपालिका–१ स्थित पिपलथला हुँदै हात्तीथला जोड्ने एक किलोमिटर सडक कालोपत्रे गरिएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरले जनाएको छ ।

यस्तै वडा नम्बर ३ सामादैजीदेखि हेल्थपोस्टसम्मको चार सय मिटर सडक कालोपत्रे, वडा नम्बर ४ स्थित सिद्धवैजनाथ सामुदायिक वन कल्पटे मन्दिर हुँदै नहरसम्मको २९० मिटर सडकको कालोपत्रेको काम सम्पन्न गरेको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख अधिकारीले बताए ।

शुक्लाफाँटा नगरपालिकामा गत आर्थिक वर्षमा ८६ लाख ५२ हजारको लागतमा प्रदेश सरकारले चार किलोमिटर सडक कालोपत्रे गरेको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका इन्जिनियर हेमराज भट्टका अनुसार वडा नम्बर १ स्थित लौटा भकुन्डा, सुन्दर टोल हुँदै वनशाह राना बस्ती सिद्धवैजनाथ स्कुल जोड्ने दुई हजार ३४५ मिटर सडक गत वर्ष प्रदेश सरकारले स्तरोन्नति गरेको छ ।

यस्तै सो क्षेत्रमा ५५१ मिटर सडक कालोपत्रे र एक हजार ७९४ मिटर सडक ग्राभेल गरिएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका इन्जिनियर भट्टले बताए  । यस्तै वडा नम्बर २ स्थित पिपलचौतारी टोल हुँदै सिद्धवैजनाथ माविको उत्तरपट्टिको ६६२ मिटर सडक कालोपत्रेको काम भएको इन्जिनियर भट्टले बताए ।

यस्तै गत वर्ष पुनर्वास नगरपालिकामा प्रदेश सरकारले १० किलोमिटर सडक कालोपत्रेको गरेको छ । पुनर्वास कोटिहोम जाने ३।५ किलोमिटर सडक कालोपत्रे गरिएको छ । यस्तै पुनर्वास नगरपालिका–११ ९नेपाल–भारत सिमाना० देखि इलाका प्रशासन जोड्ने ३।८ किलोमिटर सडक कालोपत्रे गरिएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरले जनाएको छ ।

पुरानो कम्पनी डाँडादेखि पशुपति चौराहामा २।५ किलोमिटर सडक कालोपत्रेको काम अन्तिम चरणमा रहेको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख अधिकारीले बताए । यस्तै पुनर्वासको भकुन्डा ढक्का महेन्द्र बस्ती जोड्ने २।८ किलोमिटर सडक गत वर्ष कालोपत्रे गरिएको छ । प्रदेश सरकारले बस्ती बस्तीमा अधुरा रहेका सडकलाई कालोपत्रे गरेपछि सहज भएको स्थानीयले बताएका छन् ।

स्थानीय गीता तामाङले प्रदेश सरकारले सडक कालोपत्रे गरेपछि बर्सौंदेखि यात्रामा कठिनाइ भोग्नु परेकोमा अब भने सहज भएको बताए ।

शवमा हुने आर्थिक लेनदेनमा ब्रेक लगाउँदै आप्रवासन

डडेलधुरा। रोजगारीका लागि खाडी एवं अन्य मुलुकमा गएकाको विभिन्न कारणले हुने मृत्युपछि शवमा हुँदै आएको आर्थिक लेनदेन रोक्न पछिल्ला वर्षमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । सुरुमा स्विस सरकारको बजेटमा सुरु भएको सामी कार्यक्रम अहिले नेपाल सरकार सङ्घीय, प्रदेश र स्थानीय सरकारले अपनत्व लिइरहेका छन् । श्रम स्वीकृति लिएर विदेश गएपछि विदेशमै मृत्यु वा अङ्गभङ्ग हुँदा वैदेशिक रोजगार बोर्डले करिब २५ लाख रुपियाँ क्षतिपूर्तिबापतको रकम मृतकका आफन्तलाई दिने गरेको छ ।

तर यसबारे जानकारी नहुँदा सरोकार नभएका व्यक्तिले रकम उपलब्ध गराउने भन्दै पीडितबाटै अनियमित तरिकाले मोटो रकम असुल्दै आइरहेका छन् । सरोकारै नभएका व्यक्तिबाट जोगिन सुरक्षित आप्रवासनले स्थानीय सरकारका रोजगार शाखा र जिल्ला प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र शाखा स्थापना गरेर परामर्श, जानकारीसहित सहयोग गर्दै आइरहेको छ ।

स्वदेशमै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर सिप सिकेर मात्र जाऔँ, अभियान सञ्चालन गर्दै सामीले नेपाल सरकार वैदेशिक रोजगार बोर्डले गर्ने गतिविधि र कामबारे जानकारी दिइरहेको सामीका कार्यक्रम अधिकृत विष्णु अर्यालले जानकारी दिए ।

अमरगढी नगरपालिकाको सुरक्षित आप्रवासन ९सामी०, रोजगार शाखाले बिहीबार आयोजना गरेको पत्रकार तथा सञ्चारकर्मीसँग अन्तर्क्रिया कार्यक्रममा कार्यक्रम अधिकृत अर्यालले विदेशमा मृत्यु भएकाको किरिया गोठमै पुगेर केही व्यक्तिले आफूले क्षतिपूर्ति रकम उपलब्ध गराइदिने भन्दै खाली चेकमा हस्ताक्षर गराई रकम असुल गरिरहेको पाइएको उनले बताए । वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउने क्षतिपूर्तिबापतको रकम सम्बन्धित पालिकाको रोजगार शाखाबाटै प्रक्रिया अघि बढाइ प्राप्त गर्न सकिन्छ ।

उनले भने, “सडक बाटो भएको स्थानसम्म शव पनि पुर्‍याइन्छ तर यो प्रक्रियाबारे थाहा नभएकालाई दलालले आफूले गराइदिने, गरिदिने भन्दै रकम असुलेको पाइएको छ । यसलाई रोक्न श्रम स्वीकृति लिएर विदेश गएका परिवार वा आफन्तले आआफ्नो पालिकाको रोजगार शाखा वा जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको आप्रवासी स्रोत केन्द्र वा उपकेन्द्रबाट सबै जानकारी लिन सकिन्छ ।”

वैदेशिक रोजगार बोर्डबाट कल्याणकारी कोष अन्तर्गत वैदेशिक रोजगारमा रहेका कुनै पनि व्यक्तिको मृत्यु भए एक वर्षभित्रमा १० लाख रुपियाँ, मृतकका परिवारलाई आर्थिक सहायता, शव घरसम्म निःशुल्क पुर्‍याउने, नेपाल फर्केको एक वर्षभित्र अधिकतम आर्थिक सहायता तथा क्षतिपूर्ति रकम सात लाख रुपियाँसम्म, अङ्गभङ्ग भएका कामदारलाई आर्थिक सहायता तथा क्षतिपूर्ति, मृतक तथा पूर्ण अशक्त कामदारका छोराछोरीलाई छात्रवृत्ति, आधारभूत तहलाई १२ हजार, माध्यमिक तहलाई १६ हजार रुपियाँ, नेपाल फर्केको एक वर्षभित्र अधिकतम आर्थिक सहायता तथा क्षतिपूर्ति रकम सात लाख रुपियाँ, बिरामी कामदारलाई उपचार खर्च, कामदारका परिवारलाई उपचार खर्च, उपचार गराएको एक वर्षभित्रमा अधिकतम २० हजारसम्म खर्च पाइने उनले जानकारी दिनुभयो । सामी कार्यक्रम नेपालका ५६ जिल्लामा लागु भएको छ ।

परम्परागत काठको ठेकी लोप हुँदै

बैतडी । पहाडी जिल्लाहरूमा परम्परागत रूपमा दुध, दही, घ्यू जस्ता परिकार भण्डारण तथा प्रशोधनमा प्रयोग हुँदै आएको काठको ठेकी अहिले लोप हुने अवस्थामा पुगेको छ । प्लास्टिक र स्टिलका भाँडाको सहज उपलब्धता तथा पशुपालन व्यवसायमा आएको ह्रासका कारण परम्परागत भाँडाको प्रयोग निरन्तर घट्दै गएको हो ।

पाटन नगरपालिका–३ का भुवन भट्टका अनुसार पछिल्लो पाँचदेखि सात वर्षयता ग्रामीण भेगमा काठका ठेकीको प्रयोग अत्यधिक घटेको छ । ‘‘ पहिले घरघरमा दुध दही राख्न ठेकी अनिवार्य जस्तै हुन्थ्यो,’’ भट्टले भन्नुभयो, ‘‘तर अहिले प्लास्टिकका सस्ता र सजिला भाँडोले स्थान लिएको छ ।’’

डडेल्धुरा, बैतडी, बझाङ र दार्चुला जिल्लामा भित्री मधेश तथा तराई क्षेत्रबाट व्यापारीहरू ठेकी बोकेर गाउँगाउँमा बिक्री गर्न आउने चलन थियो । तर अहिले त्यो परम्परा हराउँदै गएको अनारखोली बजारका व्यापारी डम्बर भट्टले बताए । ‘‘ पशुपालन घट्दा दुधको उत्पादन कम भएको छ,’’ उनले भने, ‘‘ त्यसैले ठेकी प्रयोगको आवश्यकता पनि घटेको हो ।’’

एक ठेकीको मूल्य न्यूनतम एक हजारदेखि आठ हजार रूपियाँसम्म पर्ने गरेकामा सोही प्रयोजनमा प्रयोग हुने प्लास्टिक र स्टिलका भाँडो चार पाँच सय रूपियाँमै पाइने भएकाले उपभोक्ता सस्तो र सजिलो विकल्पतर्फ आकर्षित भएको दशरथचन्द नगरपालिका–४ का व्यापारी खेमराज भट्ट बताउटन् ।

बैतडीबाट मात्र वार्षिक झण्डै १५ सय भैँसी निकासी हुने जिल्ला समन्वय समितिको तथ्याङ्क छ । निकासी कर सङ्कलन सुरु भएपछि सार्वजनिक भएको उक्त तथ्याङ्क अनुसार लुकिछिपी तराईतर्फ लैजाने सङ्ख्या दोब्बर हुन सक्ने स्थानीय व्यापारीहरू बताउछन् ।

यसरी व्यवसायमा आएको मन्दीले ठेकी निर्माण गर्ने साना उद्योगीहरू सङ्कटमा परेका छन । काठका पुराना भाँडो समेत व्यापारको साधन बन्न छाडेका छन् । स्थानीय कृषक चक्रदेव भट्टका अनुसार केही व्यापारीले पुराना वा फुटेका ठेकी प्लास्टिकका भाँडासँग साट्ने चलनसमेत चलेको छ । पाटन नगरपालिका–१ का चक्रबहादुर चन्दका अनुसार प्रयोग गर्न सकिने काठको भाँडोको प्रतिकिलो दुई सय र नचल्ने टुक्राको एक सय रूपियाँसम्म मूल्य तोकिएको छ ।

पहिला–पहिला स्थानीय मेला र जात्रामा मधेश र तराईबाट व्यापारीहरू यस्ता भाँडो लिएर बिक्री गर्न आउँथे । तर पछिल्लो समय बैतडीका देहिमाण्डौं, पात्तालभूमेश्वर, गोकुलेश्वर, पाटन, त्रिपुरासुन्दरी, मेलौली जस्ता धार्मिक स्थलहरूमा लाग्ने मेलामा समेत ठेकीको व्यापार घटेको व्यापारीहरूको गुनासो छ । ‘‘अहिले त दुई–चार हजार रूपियाँको सामान बेच्न पनि गाह्रो हुन्छ, यात्रा खर्चसमेत नउठ्ने अवस्था छ,” जोगबुडाका व्यापारी धनबहादुर भण्डारीले बताए ।

सुदूरपश्चिममा मुख्यमन्त्री शाह र रेशम चौधरीबीच बर्दियामा गोप्य भेटवार्ता : मुख्यमन्त्रीले देउवाको सन्देश सुनाए, चौधरी केन्द्रकै कुरा हुन्छ भने

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । बर्दियास्थित रेशम चौधरीको निवासमा आज दुई जनाबीच भेटवार्ता भएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको सन्देश लिएर मुख्यमन्त्री शाह आज बिहान चौधरी निवास पुगेका थिए ।

बिहीबार मुख्यमन्त्री शाहले नाउपाको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपा चिढिएको थियो । शुक्रवार सुदूरपश्चिम प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको नाउपाले शनिवार सङ्घीय सरकारबाट पनि बाहिरिने निर्णय गरेको थियो ।

शनिवार नै मुख्यमन्त्री शाह र सभापति देउवाबिच बुढानिलकण्डमा भेटवार्ता भएको थियो । देउवाले नाउपासँग छलफल र संवाद गरेर अघि बढ्न सुझाव दिएपछि मुख्यमन्त्री शाह र संरक्षक चौधरीबीच भेट भएको हो ।

भेटमा मुख्यमन्त्री शाहले देउवाको सन्देश सुनाएका थिए । मुख्यमन्त्री शाहले सुदूरपश्चिम सरकारमा सहभागी हुन चौधरीलाई आग्रह गरेका थिए । जवाफमा चौधरीले तत्काल सरकारबाट फिर्ता हुने निर्णय भइसकेको भन्दै सत्ता गठबन्धनका विषयमा केन्द्रमै छलफल हुने बताएका थिए । मुख्यमन्त्री शाहसँग भएको भेटघाटका विषयमा चौधरीले पनि बताएका छन् ।

‘उहाँ (मुख्यमन्त्री) आउनु भएको थियो भेट भयो । उहाँले सत्ताको कुरा गर्नुभयो मैले नाउपाले प्रतिपक्षमा बस्ने निर्णय भइसकेको जानकारी दिए ’चौधरीले भने ।

टेक्सासमा विनाशकारी बाढी: मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता २७ बालिकाको खोजी

काठमाडौँ । अमेरिकाको टेक्सास राज्यमा मुसलधारे वर्षाका कारण आएको विनाशकारी बाढीले भयावह रूप लिएको छ। अहिलेसम्म ५० जनाको मृत्यु भइसकेको छ भने उद्धारकर्मीहरूले हराइरहेका २७ जना बालिकाको खोजी कार्य जारी राखेका छन्।

मध्य टेक्सासका समुदायहरूमा पानीको सतह बढेपछि धेरै आकस्मिक बाढीको चेतावनी जारी गरिएको छ। ग्वाडालुप नदी बाढीका कारण मात्र ४५ मिनेटमा २६ फिट (आठ मिटर) ले बढेको थियो।

केर काउन्टीको ग्रीष्मकालीन शिविरमा सयौँ मानिस बसिरहेका समय आएको बाढीका कारण ठूलो सङ्ख्यामा मानवीय हताहत भएको हो। बाढी प्रभावित क्षेत्रका शेरिफ ल्यारी लेइथाले भने, “हामीले केर काउन्टीमा ४३ जना मृतकलाई उद्धार गरेका छौँ। तीमध्ये २८ जना वयस्क र १५ जना बालबालिका छन्।” अन्य काउन्टीहरूमा पनि बाढीको असर परेको र धेरै पीडितहरू फेला परेकाले बाढीका कारण अहिलेसम्म (आइतबारसम्म) मृत्यु हुनेहरूको सङ्ख्या ५० पुगेको छ।

टेक्सास डिपार्टमेन्ट अफ इमर्जेन्सी म्यानेजमेन्टका प्रमुख निम किडले वायु, स्थल र जल सेनाले ग्वाडालुप नदीको किनारमा बेपत्ताहरूको खोजी कार्य जारी राखेको बताए। उनले भने, “बेपत्ता भएका सबै नभेटिँदासम्म उनीहरूको खोजी जारी रहनेछ।”

टेक्सासका गभर्नर ग्रेग एबोटले आफूले राज्यको विपद् घोषणालाई विस्तार गरिरहेको र राष्ट्रपति डोनाल्ड ट्रम्पसँग थप सङ्घीय स्रोतको अनुरोध गरिरहेको बताएका छन्। उपराष्ट्रपति जेडी भान्सले शनिबार उक्त विपत्तिलाई ‘नबुझिने खालको त्रासदी’ को संज्ञा दिए।

टेक्सास राज्यको सार्वजनिक सुरक्षा विभागका निर्देशक फ्रिम्यान मार्टिनले लगातारको भारी वर्षाका कारण उद्धारकर्ताका लागि अवस्था चुनौतीपूर्ण बनेको बताए। मार्टिनले यस विपत्तिलाई ‘सामूहिक हताहतको घटना’ भनेका छन्। राज्य र स्थानीय अधिकारीहरूले नदीको किनारमा अवस्थित क्याम्प मैदानहरूसहित दर्जनौं सडक क्षेत्रमा यात्रा गर्ने बासिन्दाहरूलाई चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा १२ इन्चसम्मको भारी वर्षाका कारण आएको बाढीले घर र रूखहरू बगाएको देखाइएको छ, जुन केर काउन्टीको औसत वार्षिक वर्षाको एक तिहाइ हो।

सुनचाँदी व्यवसायीहरुको देशभर संयुक्त विरोध कार्यक्रम, २७ गतेसम्म पसल बन्द रहने

काठमाडौं- सुनचाँदी र हिराका गहनामा अव्यवहारिक कर लगाइएको भन्दै आन्दोलित सुनचाँदी व्यवसायीहरुले असार २२ देखि २७ गतेसम्मको संयुक्त विरोधको तालिका सार्वजनिक गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले देशभर संयुक्त विरोध कार्यक्रम गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।

विरोध कार्यक्रमका क्रममा सम्बन्धित पसल तथा व्यवसाय बन्द रहने जनाइएको छ । व्यवसायीहरूले विलासिता सर खारेज नभएसम्म आन्दोलन जारी रहने बताएका छन् भने साउन १ देखि त अनिश्चितकालीन पसल बन्दको घोषणा यसअघि नै गरिसकेका छन् ।

आज हरिशयनी एकादशी: घरका मठमा रोपियो तुलसी

काठमाडौँ ।प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा रोपी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिएको छ। ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरको तुलसी मठ (मोठ) मा राखिएको दलका बिरुवा आज मोठमा सारिएको हो।
आयुर्वेद क्षेत्रमा लामो समय काम गरेका डा. वंशदीप शर्मा खरेलले तुलसीको वैज्ञानिक र औषधीय गुणहरूका कारण नै हाम्रा पुर्खाले घरघरमा यसको मठ बनाएर पूजा आराधना गर्ने परम्परा बसालेको बताए। तुलसीको चियाले मानव शरीरभित्रका कीटाणु नाश गरी स्वस्थ बनाउने भएकाले दैनिक सेवन फलदायी हुने उनको भनाइ छ। कोरोना महामारीका बेला पनि तुलसी, सुठो, पिप्ला, मरिच, त्रिकटुलाई काँडा पानी बनाएर पिउँदा फाइदा पुगेको उनले उल्लेख गरे।

डा. खरेलले हाम्रा वनस्पति र खाद्यान्न स्वास्थ्यसँग सम्बन्धित रहेको भन्दै अमृतासमेत भनिने गुर्जो धेरै रोगका लागि लाभदायक रहेको बताए। वैज्ञानिक रूपमा बढी अक्सिजन दिने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ। तुलसीको मठ भएका स्थानमा रोग सार्ने विषालु कीटाणु नआउने विश्वास गरिन्छ भने वास्तु दोष निवारण भई सकारात्मक फल प्राप्त हुने मान्यता छ। तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो। भगवान् विष्णु शयन गर्नुहुने यी चार महिनालाई चतुर्मास पनि भनिन्छ।

यस वर्ष साउनमा अधिकमास परेका कारण चान्द्रमास अनुसार चतुर्मास पाँच महिनाको हुने भएको छ। एक वर्षमा २४ एकादशी पर्छन् तर अधिकमास परेको वर्ष भने २६ वटा एकादशी पर्छन्। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन्। नसक्नेले चतुर्मासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन्। कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन्। यी दुवै एकादशीलाई व्यवहारमा ‘ठूलो एकादशी’ भन्ने प्रचलन पनि छ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। चतुर्मासभर देशभरका नारायण मन्दिरमा भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ। एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने, रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ।

चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ। तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्नि स्थापना विधिबाट पूजा आराधनासहित चतुर्मास व्रतको उद्यापन गरिन्छ। उद्यापनका लागि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म जुराउनु नपर्ने र त्यसपछि भने अग्नि स्थापना जुरेका दिन हवन गरी तुलसीको व्रत समापन गर्ने परम्परा रहेको प्रा. डा. भट्टराईले उल्लेख गरे।

आज मुसलमान समुदायको मोहर्रम पर्व मनाइँदै

काठ्माण्डौँ- मुसलमान समुदायको मोहर्रम पर्वका अवसरमा घरघरमा राखिएका ताजियाले नेपालगञ्ज ताजियामय बनेको छ ।
मुसलमान समुदायका व्यक्तिहरूले पर्वका अवसरमा आफ्नो गच्छेअनुसारका ताजिया घरमा स्थापना गरेका छन् । मुस्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदको नाति हजरत इमाम हुसेनले गरेको साहदतको सम्झनास्वरुप मोहर्रम पर्वका अवसरमा ताजिया राख्ने चलन रहेको बाँकेका मुस्लिम अगुवा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका केन्द्रीय अध्यक्ष मोहम्मद हारुन हलवाईले बताए ।

उनका अनुसार इस्लामिक क्यालेन्डरको पहिलो महिनामा मनाइने मोहर्रमको नवौँ दिनमा मुस्लिम धर्मावलम्बीहरूले आ–आफ्नो घरमा राखेको ताजिया १०औँ दिनमा कर्बलामा विसर्जन गर्ने गरिन्छ । ताजिया बाँस, कागजको ढड्ठालगायतका कच्चा सामग्रीको प्रयोग गरी बनाइने गरिएको छ ।

मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिक रूपमा आज घर नजिकै रहेका कर्बलाहरूमा विसर्जन गर्छन् । नेपालगञ्जमा मुस्लिम, हिन्दू तथा अन्य जातिले पनि आ–आफ्नो घर अगाडि ताजिया राखेर पूजाआजा गर्ने गर्छन् । मोहर्रमको अन्तिम दिन घरघरमा राखिएका ताजिया बोकेर स्थानीय कर्बलामा पुगी ताजिया सेलाएपछि मोहर्रम सकिन्छ ।

आफ्नो आर्थिक हैसियतअनुसार ताजिया स्थापना गरिने परम्परा भए पनि पछिल्ला केही वर्ष ठूलो ताजिया राख्ने अस्वस्थ प्रतिस्पर्धा देखिएको मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीको भनाइ छ । उनले साना–ठूला जस्तो ताजिया राखे पनि विसर्जन गरिने भएकाले ठूलै राख्नुपर्ने कुनै जरुरी नरहेको बताए ।

हिन्दूलगायत अन्य धर्म समुदायले समेत मनाउन थालेपछि मोहर्रम पर्व धार्मिक सद्भावका रूपमा विकसित हुँदै गएको छ । भाकल गरी घरमा स्थापना गरिएको ताजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, समृृद्धि तथा मनोइच्छा पूरा हुने विश्वास रहेको उनले बताए ।

अग्लो ताजिया राख्ने होडबाजी

नेपालगञ्ज उपमहानगरपालिका–११ पासाङल्हामु मार्ग निवासी चाँदबाबु राहीले यो वर्ष ७० फिट उचाइको ताजिया स्थापना गरेका छन । मोहर्रम पर्वका अवसरमा राहीले केही वर्षयता बाँके जिल्लामै सबैभन्दा अग्लो ताजिया राख्ने होडबाजी गर्दै आएका छन । भारतको बहराइच जिल्लास्थित आलीनगरबाट यो वर्ष रु एक लाखमा खरिद गरेर ल्याएको ताजिया बाँके जिल्लामा सबैभन्दा अग्लो रहेको उनको दाबी छ ।

मोटरसाइकल ग्यारेजमा मिस्त्री काम गर्दै आउनुभएका २७ वर्षीय राहीले चन्दा अथवा दानबाट नभई आफ्नो निजी रकम खर्च गरेर आफ्नो टोलमा प्रत्येक वर्ष अग्लो ताजिया राख्ने गरेका छन । ताजिया खरिदका लागि प्रत्येक महिना आफ्नो आम्दानीबाट रकम छुट्याएर बचत गर्ने गरेको उनको भनाइ छ ।

“मेरो मनको खुसी र श्रद्धाका लागि मैले आफ्नै खर्चमा ताजिया लगाउने गरेको छु”, राहीले भने, “यो वर्ष ७० फिटको उचाइको यो बाँके जिल्लामा सबैभन्दा ठूलो ताजिया हो ।” चार महिना अगाडि नै राहीले ताजिया निर्माणका लागि ‘अर्डर’ गरेका थिए। चारवटा ट्रयाक्टरको ट्रलीमा भारतको बहराइचबाट ल्याएको ताजियालाई गए राति घर अगाडि स्थापना गरेको उनले जानकारी दिए ।

विगत आठ वर्षदेखि राहीले आफ्नै लगानीमा जिल्लामै सबैभन्दा अग्लो ताजिया राख्दै आएको उनका छिमेकी मोहम्मद जुनेद राहीले बताए । बाँकेमा मात्र रु एक करोडभन्दा बढीका ताजिया राखिएको राहीको अनुमान छ ।

नेताहरूको रगतमै भ्रष्टाचार छ : सांसद कार्की

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेताहरूको रगतमा नै भ्रष्टाचार रहेको बताएकी छिन् । आज बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले उड्दै नउड्ने जहाज किन्ने र चल्दै नचल्ने विमानस्थल बनाउने स्थिति नेपालमा जारी रहेको बताइन् । उनले यो सबैको कारण भ्रष्टाचार रहेको बताइन् । भ्रष्टाचार र राजनीतिक नियुक्तिमा नेताहरू व्याप्त भइसकेको उनले बताइन् ।

समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको हो ।

अल्ट्रा रनर मिरा राईको सपना

दीर्घराज उपाध्याय । क्रेष्टेड व्यूट, कोलोराडो ।

२१ मे २०१४ को अपरान्ह नामै नसुनिएकी एउटी फुच्ची केटी समाचारमा छाईन् । सन्दर्भ थियो, हिमालयन आउट डोर फेष्टिभलको ५० किमी लामो रेसको । त्यो जितेर सनसनी मचाउने फुच्ची केटी थिईन, मीरा राई ।

उनले टे«ल रनिङ बुझेकै थिईनन् । प्रतिस्पर्धामा सहभागी भईन । र, भईन बिजेता । न कुनै तयारी । न पोशाक । न गतिलो जुत्ता । त्यसमाथि अनुभवी देशीविदेशी प्रतिस्पर्धी ।

काठमाण्डौं उपत्यकाका थुप्रै उकालो ओराली छिचोलेर हात्तीवन पुग्न उनलाई कम्ति सकस भएन । भोकै थिईन । त्यसमाथि असिनापानीले चुट्यो । रिंगटा लागेर बाटोमा झण्डै ढलिनन् । तर उनी रोकिईनन । र हात पारिन, महिला एकल उपाधी । प्रतिकूल मौसमका बाबजुद उनले त्यो रेस सात घण्टामा पुरा गरिन् ।

उनले पछि मात्र थाह पाईन, त्यसलाई टे«ल रनिङ भन्दा रहेछन् । उनले मनमनै सोचिन, बच्चामा यस्तो टे«ल रनिङ त कति गरियो, गरियो । उनले त्यही दिन ठानिन्, म यसैका लागि जन्मिएकी हूँ ।

त्यो जीतले उनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको बाटो खोल्यो । त्यसपछि के थियो, उनी कुदिईरहिन् । जितिईरहिन । उनले टे«ल पछ्याईन । उपाधीले उनलाई पछ्यायो । उनी त्यही वर्ष ९ वटा अन्तर्राष्ट्रिय रेसमा सहभागी भईन । दुई बाहेक सबैमा स्वर्ण पदक जितिन । १८० किमी लामो मुस्ताङ टे«ल रेसमा स्वर्ण जितिन् ।

ईटलीमा ५७ किमी लामो सेलारोन्डा अल्ट्रा टे«ल रेस ६ घण्टा ३६ मिनेट ३० सेकेण्डमा पार गरिन् । र जितिन, स्वर्ण पदक । त्यसलगत्तै ईटलीमै भएको ८३ किमी लामो टे«ल अफ हिरोजको अल्ट्रा टे«ल रेस ९ घण्टा १६ मिनेटमा तय गरिन । र हात पारिन, दोस्रो अन्तर्राष्ट्रिय उपाधी ।

त्यही वर्ष हङकङमा आयोजित ५० किमी लामो एमएसजेके एचके अल्ट्रा टे«लमा स्वर्ण पदक जितिन । लगत्तै मनास्लु टे«ल रेसमा स्वर्ण पदक हात पारिन । हङकङमै भएको किङ्गस अफ द हिल्सको अल्ट्रा टे«लमा सिल्भर मेडल जितिन । एचकेएमएसआईजे ५० एचके ५० सिरिजमा स्वर्ण जितिन ।

२०१५ मा फ्रान्सको मोंट ब्लांक स्काई रेसमा उपाधीसंगै नयाँ किर्तिमान कायम गरिन् । २०१७ मा बेलायतको स्कटल्यान्डमा १२० किमी लामो बेन नेभिस अल्ट्रा रेसमा स्वर्ण पदक जितिन । १४ घण्टा २४ मिनेटमा रेस तय गरेर उनले किर्तिमान समेत कायम गरिन् । सोही वर्ष नेशनल ज्योग्राफीको पिपुल्स च्वाईस एडभेञ्चर अफ द ईयरको उपाधी जितिन ।

त्यसबाहेक ईटली, अष्टे«लिया, फ्रान्स र हङकङ लगायतका देशमा आयोजित थुप्रै अन्तर्राष्ट्रिय स्पर्धामा उपाधी हात पारिन ।

योबीचमा उनको घुडाको लिगामेण्ट च्यातियो । दुःखाईका बीच दगुरेर नेपाललाई पटक पटक उपाधी दिलाईन । उपाधी उचाल्दा सबै दुखाई बिर्सिन्थिन ।

२०१६ मा ईटलीमा पहिलो पटक उनले लिगामेण्टको अप्रेशन गरिन । दुई वर्षपछि फ्रान्समा दोस्रो पटक उनको घुडाको अप्रेशन भयो । अप्रेशनपछि केही समय आराम गर्थिन् । फेरि होमिन्थिन्, प्रतिस्पर्धामा ।

संभवत उनी अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धामा सबैभन्दा बढि सहभागी हुने नेपाली खेलाडी हुन् । र, त्योसंगै सबैभन्दा उपाधी हात पार्ने खेलाडी पनि । उनी विश्वव्यापी खेल ब्रान्डले समर्थन गर्ने नेपालकी पहिलो महिला अल्ट्रा रनर हुन् । जसलाई रेडबुलले प्रायोजन गरेको थियो ।

उनको संघर्ष र सफलतामा आधारित ‘मिरा’नामक वृतचित्रले क्यानडामा आयोजित भ्यानकोभर ईन्टरनेशनल माउण्टेन फिल्म फेष्टिभल र बान्फ माउण्टेन फिल्म एण्ड बुक फेष्टिभलमा उनको वृतचित्र सम्मानित भएको थियो ।

अभावमा वितेको मिराको बाल्यकाल

२०४५ साल पुष १७ गते भोजपुरको पौवा दुङमा गाउँपालिका– ५ सानुदुङमामा जन्मिएकी उनको बाल्यकाल अभावमा बित्यो । सुक बहादुर र पम्फा रानीका पाँच सन्तान थिए । दुई छोरा । तीन छोरी । उनी माहिली थिईन् । परिवारको आर्थिक दुरावस्थाका बीच उनले विद्यालय जान पाईन । खेतीपाती पर्याप्त थिएन । जीविका चलाउन उनकी आमा भारी बोक्थिन । धनकुटाको हिले जान्थिन् । डोकोभरी सामान लिएर फर्किन्थिन् । भोजपुरमा १५  दिनमा लाग्ने हटियामा त्यो सामान बेच्थिन् ।

उनी सानै थिईन । उनलाई लाग्यो, आमालाई सघाउन पाए हुथ्यो । उनले सानैमा आमालाई पछ्याईन । आमालाई सघाउन हिले जान थालिन् । फर्किदा उनको पिठ्युमा कुम्लो हुन्थ्यो । कुम्लोमा सामान । आमाले ५५/६० किलोको भारी बोक्थिन् । उनले १० देखि १२ किलो । १२ वर्षमा उनले उमेरभन्दा दोब्बर भारी बोक्न थालिसकेकी थिईन् ।

उनको गाउँबाट धनकुटाको हिले पुग्न झण्डै एक दिन लाग्थ्यो । फर्किन एक दिन । उनका बुवाबाजे र काकाहरु अरुण पौडेर पार गर्थे । अरुण तर्ने क्रममा कैयौंको ज्यान गयो । उनका पालामा अरुणमा झोलुंगे पुल बनिसकेको थियो । त्यस अर्थमा उनी भाग्यमानी थिईन ।

सुसेलिदै बग्ने अरुण खोला । अरुणको खोल्साको गर्मी । तातो हावा । खुट्टाका पैताला पोल्ने ढुंगाहरु । त्यही अरुण छिचोलेर उनी हिले पुग्थिन् । डोकोभरी नुन, तेल, चामल, विस्कुट । भोक लाग्थ्यो । उनी पानी र चिउरा खाएर बाटो काटथ्नि । उनी आमाको साथी । सहयोगी । छोरी । सबै थिईन् ।

बाटो विस्तार भएपछि हटिया बिस्थापित भयो । त्योसंगै उनको पेशा । सामान बिक्री हुन छाड्यो । उनलाई आमाको चिन्ता । आमालाई सन्तान हुर्काउने चिन्ता ।

माओवादीको सशस्त्र संघर्ष देशव्यापी रुपमा फैलिईसकेको थियो । उनको गाउँपनि अछुतो रहेन । उनी एक पटक चामल बोकेर आउदै थिईन । तलबाट उक्लिदै गरेका सेनाको फौजमाथि माओवादीले माथिबाट आक्रमण ग¥यो । दुबैपक्षबीच गोली हानाहान भयो । उनी बीचमा थिईन । धन्न गोली लागेन । मुस्किल जोगिएर साँझ घर पुगिन ।

माओवादीहरु गाउँमा आउथे । सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्थे । विद्यार्थी र शिक्षकहरुलाई जनअभियानमा लैजान्थे । उनी १४ वर्षकी थिईन । थाहै नपाई माओवादी युद्धमा अप्रत्यक्ष रुपमा संलग्न भईन । विस्तृत शान्ति सम्झौतापछि सरकारले माओवादी ‘जनमुक्ति सेना’ शिविरमा राख्यो ।

उनी सिन्धुलीस्थित जनमुक्ति सेनाको दोस्रो डिभिजनमा बसिन । त्यहाँ नियमित रुपमा व्यायाम गर्थिन । कुद्थिन् । खेल अभ्यास गर्थिन् । शिविरबाटै पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने अवसर पाईन । कहिल्यै रंगशाला नदेखेकी उनले जीवनमा पहिलो पटक ५ र १० किलोमिटरको दौडमा प्रतिस्पर्धा गरिन् । उनलाई रमाईलो लाग्यो । नतिजाका लागि त उनी दगुरेकै   थिईनन ।

उनी नाबालिक थिईन । सेना समायोजन प्रकृयामा उनी बहिर्गमनमा परिन । बहिर्गमनपछि सिन्धुलीमा पढाई शुरु गरिन् । गोमती स्कुलमा पढिन् । दुधौली जनजागृति माविबाट एसएलसी परीक्षा दिईन । पास भईन् । ओरेकको सहयोगमा उदयरपुरको गाईघाटमा १५ महिने जेटिएको पढाई पुरा गरिन् ।

त्यहीबेला जनकपुरमा दौडमा सहभागी भर्ईन । अर्को पटक गुरु चन्द्र गुरुङले हेटौडा रेसमा भाग लिन बोलाए । १० किमीको रेस पुरा गर्न दुई सय मिटर बाँकी थियो । उनी गर्मीले ढलिन् । होस आउदा अस्पतालको शैयामा थिईन ।

२०१४ मा उनी विदेश जाने सोचले भोजपुरबाट काठमाण्डौं पुगिन् । त्यही क्रममा बालाजु डोजोमा कराँते खेल्न थालिन । डोजोका गुरु थिए, धु्रव बिक्रम मल्ल । माओवादी शिविरमा ब्राउन बेल्ट लिएकी उनले त्यहाँबाट ब्ल्याक बेल्ट लिईन ।

उनलाई नेपाली सेनाका धावक भीम गुरुङले तालिमका लागि भनेर बोलाए । र, सहभागी हुन लगाए, काठमाण्डौं उपत्यकामा हिमालयन आउट डोर फेष्टिभलमा । त्यही प्रतियोगिताले उनको जीवन फेरियो । दिनचर्या फेरियो । यो त्यही प्रतियोगिता थियो, जसले उनलाई पृथक पहिचान दियो । टे«ल रनिङ पनि स्पोर्टस हुदो रहेछ भन्ने थाह नभएकी उनलाई त्यही टे«ल रनिङले विश्वभरी चिनायो ।

भोजपुरको विकट गाउँ । त्यसमाथि बिपन्न परिवार । विवाह गरेर अर्काको घरमा पठाउने छोरीलाई किन पढाउनु ? यस्तो परम्परागत सोचले जकडिएको समाज । त्यही समाजमा जन्मिएकी मीराको संघर्ष र सफलताले भन्छ, मान्छे कुन भूगोल र परिवेशमा जन्मियो, त्यसले अर्थ राख्दैन । ईतिहास त्यसको लेखिन्छ, जसले छोड्दैन, अभावका बीच संघर्ष गर्न । हो ईतिहास, थाक्ने, भाग्ने र बिचलितहरुको लेखिदैन् ।

अविचलित संघर्ष र अथक परिश्रमबाट प्राप्त गरेको उचाई र उनको सफलताको कथा महिलाका लागि मात्र नभएर पुरुषहरुका लागि प्रेरणादायी छ ।

मिराको सपना : मिरा राई इनिसिएटिभ 

दौडेरै उनले संसार देखिन् । दर्जनौ उपाधीहरु जितिन् । चर्चा बटुलिन् । ख्याती कमाईन् । हो, दौडले उनको जिन्दगी बदल्यो । दिनचर्या बदल्यो । र, दौडबाटै आफूजस्तै दूरदराजका महिलाको जीवन बदल्ने अठोट गरिन् । त्यही अठोट पुरा गर्न सन २०१७ मा उनले खोलिन्, मिरा राई ईनिसियटिभ ।

आफ्नो कमाईले उनले फर्पिङमा जग्गा जोडेकी थिईन् । बेलायतमा रहेका दाईको सहयोगले ईनिसियटिभका लागि दुई करोडको लागतमा घर बनाईन । त्यसैलाई बनाईन, आवासीय तालिम केन्द्र । र शुरु गरिन, एक्सचेञ्ज एण्ड ईम्पावर कार्यक्रम । एक्सचेञ्ज एण्ड ईम्पावर कार्यक्रमलाई साथ दियो, हङकङले । नेपाली चेलीहरुलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी गराउन यो कार्यक्रम निकै सहयोग भयो । तालिमकेन्द्र मार्फत ग्रयाजुयट भएका २१ जना मध्ये १८ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन पाए । सुनमाया बुढा, तिनैमध्ये एक हुन्, जसले थाईल्याण्डमा युटीएमवी वल्र्ड सिरिज हात पारिन । र भनिन्, यो जित मिरा दिदीको पनि जित हो ।

आफ्नै तालिम केन्द्र नहुदा उनले निकै सास्ती खेपिन । अहिलेसम्म घर भाडामा लिएर तालिम दिएकी उनी नोभेम्बरदेखि आफ्नै तालिम केन्द्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारीमा जुटेकी छन् । जसका लागि आवश्यक रकम जुटाउन उनी सक्रिय छन् । एक वर्षदेखि श्रीमान तेञ्जिङ शेर्पासंगै अमेरिकाको कोलोराडोमा बस्दै आएकी उनी आफ्नो सुख, सुविधाभन्दा पनि दूर दराजमा रहेका चेलीहरुलाई अन्तर्राष्ट्रिय स्पर्धाका लागि कसरी सक्षम र सबल बनाउने सोचिरहन्छिन् ।

एक वर्षमा उनी अमेरिकामा दुई वटा रेसमा सहभागी भईन । फेब्रअरीमा टेक्ससको अष्टिनमा ५० किमी लामो रेस उनले भाग लिएको पछिल्लो रेस हो । यद्दपि हरेक दिन फुर्सद निकालेर क्रिष्टेड व्यूटको पहाड भने ओहोर दोहोर गर्छिन् । दगुरेन भने त के छुट्यो, छुट्यो लाग्छ उनलाई ।

आफ्ना लागि सबै सपना देख्छन् । उनी दूर दराजमा जन्मिएका आफू जस्तै महिलाहरुका लागि सपना बुनिरहन्छन् । सोच्छिन्, उनीहरु पनि दगुरुन । र, बनाउन नयाँ किर्तिमान ।

उनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धामा जोड्ने व्यक्ति हुन्, टे«ल रनिङ नेपालका संस्थापक रिचर्ड बल । र, अमेरिकामा उनलाई डेस स्मिटी स्पोन्सर गरेका हुन् । उनी आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छिन् ।

१० वर्षको अवधिमा उनले ४० भन्दा बढि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिईन । जसमध्ये अधिकांशमा स्वर्ण पदक जितिन । उनले खेल जीवनबाट सन्यास त लिएकी छैनन् । तर उनी अव उपाधीका लागि प्रतिस्पर्धामा सहभागी हुने छैनन् । उनी दूर दराजमा आफू जस्तै ‘मिरा’को खोजीमा छिन् । जसले उनलाई पछ्याउन । र, ब्रेक गरिदिउन उनका सबै रेकर्डहरु । गफिदै जादा उनले आफ्नो बाँकी जीवनको उद्देश्य र आफ्नो ईच्छाको पुन्तुरो फुकाईन् ।

सुदूरपश्चिमका निरज विश्वकर्मा नेपाल आइडलको टप १२ मा

धनगढीः सुदूरपश्चिम प्रदेशबाट एक्लो प्रतिस्पर्धी निरज विश्वकर्मा नेपाल आइडलको १२ औँ स्थानमा पुगेका छन।

डोटीको दीपायल–सिलगढी नगरपालिका–४ राजपुरका निरज नेपाल आइडल सिजन सिक्सको १२ औँ स्थानमा पुगेका हुन्। उनी सुदूरपश्चिमबाट हाल एक्लो प्रतिस्पर्धी हुन्। सुमधुर स्वर र साङ्गीतिक निखारताले भरिपूर्ण निरजलाई अब नेपाल आइडलका अन्य चरणमा पुग्न भोटको आवश्यकता परेको छ।

उनका बुवा प्रतापका अनुसार शनिवार राति साढे ९ बजेरदेखि हुने अनलाइन भोटिङ मङ्गलवार दिउँसाे २ बजेसम्म रहेको छ। छोटो समयमा हुने भोटिङ गरेर अघिल्लो चरणमा जानका लागि सहयोग गर्न प्रतापले आग्रह गरेका छन्। सानैदेखि गायन क्षेत्रमा लागेका निरजको उमेर १८ वर्ष मात्र भएको छ। उनी सुदूरपश्चिमका सहित सबै भाकामा पोक्त छन्। नेपालबाट इ–सेवा र विदेशमा रहेकाहरूले मोमो एपबाट भोट गर्नुपर्ने छ। उनको भोटिङ कोड एनआइ ०९ रहेको छ। एसएमएसका लागि एनआइ–०९ टाइप गरेर नमस्ते तथा एन्सेलका प्रयोगकर्ताहरूले ३७००० मा म्यासेज पठाउनु पर्ने छ।

‘कुलिङ अफ पिरियड’ प्रकरण छानबिनका लागि सात सदस्यीय समिति गठन हुने

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडको लागू नहुने प्रावधान राखिएको विषयमा छानबिन गर्न सात सदस्यीय  संसदीय विशेष  छानबिन समिति गठन हुने भएको छ । सभामुख देवराज घिमिरेले दलहरूसँगको परामर्शका आधारमा छानबिन समिति गठन गर्ने निर्णय गरेका हुन् ।

समितिमा कांग्रेस र एमालेबाट २-२ जना सदस्य रहने र अन्य दलबाट पनि सदस्य हुने सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।  समितिमा राज्य व्यवस्था समितिकै सदस्यलाई संलग्न नगराइने सहमति भएको छ । दलहरूले नाम दिएपछि समितिले पूर्णता पाउनेछ ।

समितिलाई छानबिनको प्रतिबेदन बुझाउन २१ दिनको समय तोकिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयको दफा ८२ मा निजमाती र सरकारी सबै कर्मचारीलाई सेवाबाट राजीनामा वा अवकाशको दुई वर्षपछि मात्रै अर्को नियुक्ति लिन पाउने व्यवस्था गरिएको थियो ।

त्यसको उपदफामा कुलिङ अफ पिरियड लागू नहुने प्रावधान घुसेपछि यस विषयमा छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग हुँदै आएको छ । यस प्रकरणपछि समितिको सचिवबाट सुरजकुमार दुराले राजीनामा दिइसकेका छन् भने समिति सभापति रामहरी खतिवडाले दलले निर्देशन दिएमा आफूले पनि पद छोड्ने बताएका छन् ।

यस प्रकरणमा सांसदले सभापतिलाई दोष लगाएका छन् । सभापतिले कर्मचारीलाई  र कर्मचारीले सांसद र समितिलाई दोषारोपण गरेका छन् । जेठ २ गते समितिबाट संघीय निजामती विधेयक पारित गर्दा समिति सभापतिले परिमार्जनसहित विधेयक पारित भएको छ चित्त नदुखाउनुहोला भनेका थिए ।

त्यसपछि विधेयकमा कानुनी भाषा मिलाउनका लागि कानुन मन्त्रालय र संघीय मामिला मन्त्रालयमा पठाउने उनले समितिलाई जानकारी गराएका थिए । भाषा मिलाइसकेपछि आफुहरूलाई परिमार्जित विधेयक प्राप्त नभएको सांसदहरूले बताउँदै आएका छन् । कुलिङ अफ पिरियड खण्डित हुनेगरी विधेयकमा प्रावधान कहाँबाट घुस्यो भन्ने छानबिन अब संसदीय विशेष छानबिन समितिबाट हुनेछ ।

समितिले लामो समय छलफल गरेर निजामती सेवाबाट अवकाशप्राप्त कर्मचारीलाई दुई वर्षसम्म कुनै पनि संवैधानिक वा सरकारी नियुक्तिमा जान नपाउने गरी ‘कुलिङ पिरियड’ को व्यवस्था उक्त विधेयकमा गरेको थियो। तर प्रतिनिधिसभाबाट पारित हुँदा कुलिङ पिरियडको व्यवस्था निस्क्रिय हुने गरी विधेयक पारित भयो ।

यसबारे समितिमा हंगामा भएसँगै समिति सभापतिले नै सभामुख घिमिरेलाई छानबिनका लागि आग्रह गरेका थिए।

विराटनगरले रिटेन गर्‍यो सन्दीपसहित ६ खेलाडी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किङ्सले रिटेन्सन लिस्ट सार्वजनिक गरेको छ । विराटनगरले‌ शनिबार रिटेन्सन लिस्ट सार्वजनिक गरेको हो ।

यसअघि अघिल्लो सिजनका मार्की सन्दीप लामिछाने रिटेनको घोषणा गरिसकेको विराटनगरले उनी सहित ६ खेलाडी रिटेन गरेको छ । रिटेन भएका खेलाडीहरूमा सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारी छन्।

विराटनगरले यसअघि शनिबार बिहान सामाजिक सञ्जालमा पोस्ट राख्दै सन्दीपलाई दोस्रो सिजन पनि मार्की खेलाडीकै रूपमा निरन्तरता दिने जनाएको थियो ।

उनी पहिलो सिजन विराटनगरको कप्तान पनि थिए । विराटनगरको प्रदर्शन भने राम्रो भएको थिएन । विराटनगरले ७ खेलमा २ जित मात्र निकालेर ८ टिममध्ये सातौं भएको थियो ।

एनपीएलको दोस्रो सिजनका लागि मार्की खेलाडीबाहेक ६ अन्य खेलाडी रिटेन गर्न पाउने प्रावधान छ । योसँगै सबै ८ वटै टिमले रिटेन्सन लिस्ट सार्वजनिक गरिसकेका छन् ।

एनपीएलको दोस्रो सिजनका लागि आउँदो अगस्टमा मिनी अक्सन पनि हुने तय छ ।

विद्यार्थीलाई गगनको आग्रह : यो देश बर्बाद भयो भन्ने कुरा नपत्याउनुस्

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भए पनि भने जति गर्न नसकेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले कसैले देशमा खतरा गरेको छ भनेर पनि नपत्याउन र देशमा केही भएन भनेर भन्नेहरूको कुरा पनि नपत्याउन विद्यार्थीलाई आग्रह गरेका हुन् ।

उनले आफूले अध्ययन गरेर मात्रै समर्थन र विरोध गर्न सुझाव दिए । राम्रो गरेकोमा धन्यवाद दिन र भने जति गर्न नसकेकोमा प्रश्न गर्न उनले आग्रह गरे ।

महामन्त्री थापाले भने– ‘कसैले यो देशमा खतरा गरेको छ, भएको छ भनेर नपत्याउनुस् । तर कसैले आएर यो देश बर्बाद भयो, झुर भयो भनेर पनि नपत्याउनुस् । दुइवटै रङ । यो देशमा केही राम्रो भएको छ । केही राम्रो गर्न सकिएको छैन । राम्रो गरेकोमा धन्यवाद भन्नुस् । गर्नुपर्ने जति राम्रो किन गरिनस् भनेर गाली पनि गर्नुस् । बाँकी रहेको म गर्छु भनेर जिम्मा लिनुस् न । नथाक्नुस्, नभाग्नुस् । नगल्नुस् । अडिएर बस्नुस् । नयाँ कुरा सिक्नुस्, प्रश्न गर्नुस् । क्रिटिकल हुनुस्, रमाइलो पनि गर्नुस् ।’

महामन्त्री थापाले अब आउने पुस्ताले आफूले भन्दा राम्रो काम गर्ने आफूलाई विश्वास रहेको बताए ।

खोज्नुहोस