नेपाल-स्पेनबीच सांस्कृतिक कूटनीतिक सहकार्यको समझदारी

बार्सिलोना । नेपाल र स्पेनबीच सांस्कृतिक कूटनीति, अन्तर्राष्ट्रिय संवाद र शैक्षिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

म्याड्रिडमा मंगलबार आयोजित समारोहमा स्पेनी कूटनीतिक प्रतिष्ठान ‘अकाडेमिया दे ला डिप्लोमेसिया देल रेइनो दे एस्पान्या’ र ‘द डिप्लोम्याट नेपाल (एम्ब्यासडर्स क्लब)’ बीच उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

कार्यक्रम स्पेनको प्रतिष्ठित संस्था ‘इन्स्टिटुतो दे इन्जिनिएरोस दे एस्पान्या’ मा सम्पन्न भएको थियो ।

नेपालका लागि स्पेनस्थित राजदूत शनिल नेपाल, एसिया-प्रशान्त क्षेत्रका डीन तथा भारतका लागि स्पेनस्थित राजदूत दिनेश पटनायक, विभिन्न देशका कूटनीतिज्ञ, स्पेनी सरकारका वरिष्ठ अधिकारी, संस्कृति तथा शिक्षा क्षेत्रका अगुवा व्यक्ति र दुबै संस्थाका प्रतिनिधिहरू थिए ।

समझदारीपत्रमा अकाडेमीका कार्यकारी अध्यक्ष सान्तियागो भेलो दे अन्तेलो र नेपालका लागि पूर्वराजदूत तथा ‘द डिप्लोम्याट नेपाल’ की अध्यक्ष डा. शर्मिला पराजुली ढकालले हस्ताक्षर गरेका थिए ।

समारोहमा बोल्दै डा. ढकालले कूटनीतिको परिभाषा फराकिलो भएको बताउँदै भनिन्, ‘आजको कूटनीति केवल सरकार र दूतावासमा सीमित छैन, यो जन-जनको मन, माटो र विचारसँग जोडिने संवादको माध्यम हो, नेपालजस्तो सानो राष्ट्रले पनि विश्व शान्ति, संवाद र विश्वासको प्रेरणा दिन सक्छ भन्ने हाम्रो विश्वास हो ।’

त्यस्तै, अध्यक्ष भेलो दे अन्तेलोले सहकार्यलाई दुई देशबीचको साझा भविष्य निर्माणतर्फको प्रतिबद्धता भन्दै भने, ‘हामी विचार, संस्कृति र ज्ञानमार्फत सन्देश फैलाउन सँगै काम गर्नेछौं ।’

समझदारीअनुसार दुवै संस्थाले संयुक्त सम्मेलन, अनुसन्धान तथा प्रकाशन सञ्चालन गर्ने, नेपाल-स्पेनबीच शैक्षिक तथा सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्ने जनाईएको छ ।

यस्तै युवा कूटनीतिज्ञ र अनुसन्धानकर्ताका लागि तालिम तथा नेतृत्व विकास कार्यक्रम सञ्चालन गर्ने,साथै नैतिक, सांस्कृतिक र आर्थिक कूटनीति सशक्त बनाउँदै दुई देशबीच जनस्तरसम्मको सम्बन्ध बलियो बनाउने सहमति भएको छ ।

टी-२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक, नेपाल समूह-२ मा

काठमाडौं । आईसीसी टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोटको तालिका सार्वजनिक भएको छ । विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले बिहीबार कुल नौ टोलीको सहभागिता रहने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगितामा नेपाल, पपुवा न्युगिनी (पीएनजी) र ओमानसँगै कुवेत, मलेसिया युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, जापान र समाओ सहभागी हुनेछन् ।

तालिकाअनुसार अक्टोबर ८ देखि ओमानमा हुने प्रतियोगितामा नेपाल समूह–२ मा परेको छ । यो समूहमा नेपालसँगै कुवेत र जापान छन् ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा अक्टोबर ८ मै कुवेतसँग खेल्नेछ । यसपछि नेपालले अक्टोबर १० मा जापानविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

सेयर बजार ४ महिनाकै उच्च

काठमाडौं । बिहीबार सेयर बजार करिब ४ महिनाकै उच्चतम अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २५.८९ अंक बढेसँगै २७३१ मा कायम भएको छ ।

यो अंक २८ फागुनयताकै उच्च हो । सो दिन २७३६ अंकमा रहेको बजार त्यसयता २७३० भन्दा तल रहँदै आएको थियो । आज सेयर बजारमा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ६८ करोडको भयो ।

१६१ कम्पनीको मूल्य बढ्यो भने ८७ को घट्यो । बिहीबार पनि वाणिज्य बैंकहरुकै सेयरमा आकर्षण देखिएको छ । नेप्से ०.९५ प्रतिशत बढ्दा सो समूह सबैभन्दा धेरै ३.०२ प्रतिशत बढ्यो ।

विकास बैंक १.१२, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०.१४, लगानी ०.३५, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.४५, माइक्रोफाइनान्स १.४६, निर्जीवन बीमा ०.२७ तथा अन्य ०.१७ प्रतिशत बढे ।  व्यापार ०.५३ तथा हाइड्रोपावर ०.२२ प्रतिशत घटे ।माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.१५ प्रतिशत बढ्यो । माण्डु हाइड्रोपावरको ६.७६, समता घरेलु लघुवित्तको ६.५७, भगवती हाइड्रोपावरको ६.५२, सानिमा बैंकको ४.८० प्रतिशत मूल्य बढ्यो ।

प्रतिशतका आधारमा आज मूल्य धेरै बढेका वाणिज्य बैंकमा सानिमापछि एसबीआई, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक तथा कृषि विकास बैंक अगाडि रहे । ती सबै बैंकको मूल्य ३.४५ प्रतिशतभन्दा धेरै बढ्यो।

कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशत घट्यो । राप्ती हाइड्रोको ६.४, सिन्धु विकास बैंकको ४.३ तथा पन्चकन्या माइको ४.३ प्रतिशत घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, सानिमा बैंक, सप्तकोशी पिकास बैंक र सीईडीबी होल्डिङ्स छन् । बजारको पूँजीकरण ४५ खर्ब ५१ अर्ब पुगेको छ ।

पहिले नेप्सेको पुनर्संरचना गरौँ, अर्काे लाइसेन्स दिन हतार नगरौँ : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बिहीबार (असार २६)को बैठकमा पुनले पहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना गरेर केही समय हेर्नुपर्ने बताएका हुन् ।

“अहिले नै नयाँ स्टकको लाइसेन्स दिन हतार गर्नु हुँदैन, नेप्सेको पुनर्संरचना गरेर हेर्नुपर्छ । यदि, चाहिने नै रहेछ भने पछि दिँदा पनि हुन्छ,” उनले भने, “निजी क्षेत्रका लगानीकर्ता नेप्सेमा भित्र्याउन सरकार स्पष्ट हुनुपर्छ । पहिले लाइसेन्स दिएर नेप्सेको पुनर्संरचना अलमलमा पार्नु हुँदैन ।”

भोलि ‘कार्टेलिङ’को समस्या उत्पन्न हुन सक्ने उनले बताए । अध्यक्षको कम्पनीलाई नै आईपीओ निष्कासन गर्न दिइएको भन्ने विषय चर्चामा रहेको पनि उनले उल्लेख गरे ।

तीजकाे विकृति फैलाउने दुई गीत प्रतिबन्ध

काठमाडौँ- राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीजकाे विकृति फैलाउने दुई गीत प्रसारण तथा प्रकाशनमा प्रतिबन्ध लगाइएको छ।

प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारकर्मी नेपालले मौलिक परम्परलाई प्रहार गरेको भन्दै ‘गाई कालो’ र ‘सल्ला दमारमा’ बोलको गीतलाई प्रतिबन्ध लगाइएको जानकारी दिएको छ।

‘गाई कालो’ गीत धुर्व पुन र चन्द्र कुमारी शाहीले गाएका छन्। राजकुमार वली, अस्मिता थापा र सक्ष्मी बापाको स्वरमा ‘सल्ला दमारमा’ गीत केही दिनअघि सार्वजनिक भएको थियो।

विज्ञप्तिमा भनिएको छ, ‘विगत केही वर्षदेखि यस पर्वको नाममा बजारमा आइरहेका गीत/संगीतमा परिलक्षित विकृति, भड्किलोपन, सांस्कृतिक अपमान तथा अश्लील सामग्रीप्रति राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल गम्भीर चिन्तित र सतर्क रहेको छ।’

पछिल्ला वर्षमा केही स्वार्थलोलुप कलाकार, युट्युबर तथा व्यवसायिक उत्पादन घरानाले तीजलाई केवल व्यापारिक लाभको माध्यम बनाउँदै सामाजिक मर्यादा विपरीत अश्लील र विकृत गीतसंगीत उत्पादन तथा प्रसारण गरिरहेको र यो निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ।

यस्ता आपत्तिजनक गीत तथा भिडियो निर्माण तथा प्रकाशन गर्नेलाई कारबाही गर्न सूचना तथा सञ्चार मन्त्रालय, नेपाल प्रहरी साइबर ब्यूरो, कलाकार संगठन लगायतलाई आग्रहसमेत गरेको छ।

टी-२० विश्वकप छनोटको पहिलो चरणमा नेपालले कुवेत र जापानसँग भिड्ने

काठ्माण्डौँ- ओमानले यस वर्षको अक्टोबरमा हुने आइसिसी पुरुष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिता आयोजना गर्दैछ। यस प्रतियोगितामा नौ टोलीले सहभागिता जनाउनेछन्।

सन् २०२४ को उप-क्षेत्रीय छनोटबाट आएका कुवेत, मलेसिया, यूएई, कतार, जापान र सामोआले आयोजक ओमान, नेपाल र पपुवा न्यू गिनीसँगै आगामी वर्षको आईसीसी पुरुष टी-२० विश्वकपका तीन स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

यो प्रतियोगिता १० दिनसम्म चल्नेछ, जसको समूह चरण अक्टोबर ८ देखि १० सम्म हुनेछ।

नौ टोलीलाई तीन-तीन टोलीको तीन समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्।

सुपर सिक्स चरणका खेलहरू अक्टोबर १२ देखि १७ सम्म चल्नेछ।

सुपर सिक्स चरणका शीर्ष तीन टोलीले भारत र श्रीलंकामा आयोजना हुने पुरुष टी-२० विश्वकप २०२६ मा आफ्नो स्थान पक्का गर्नेछन्।

समूह विभाजन
• समूह १: यूएई, मलेसिया र कतार
• समूह २: नेपाल, कुवेत र जापान
• समूह ३: ओमान, पपुवा न्यू गिनी र सामोआ

नेपालको खेल तालिका (सबै खेल ओमान क्रिकेट एकेडेमी अल अमरेतमा हुने)
८ अक्टोबर – नेपाल भर्सेस कुवेत – राति ८:४५ नेपाली समय
१० अक्टोबर – नेपाल भर्सेस जापान – दिउँसो पौने ४ बजे

टी-२० विश्वकप २०२६ मा १२ टोली भने सिधा छनोट भइसकेका छन्। जसमा आयोजक भारत र श्रीलंकासहित अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, अमेरिका र वेस्ट इन्डिज छन्। आयोजकबाहेक अरू टोली टी-२० विश्वकप २०२४ को सुपर-८ मा पुगेका कारण छनोट भएका हुन्। वरीयताका आधारमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान छनोट भएका छन्।

बाँकी आठ टोली क्षेत्रीय छनोटबाट विश्वकपमा पुग्नेछन्। एसिया र इस्ट एसिया प्यासिफिबाट तीन टोली, युरोप र अफ्रिकाबाट दुई दुई टोली तथा अमेरिकन क्षेत्रबाट एक टोली विश्वकप २०२४ मा पुग्नेछन्।

गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो, ४ जना अझै बेपत्ता

गुजरात । गुजरातको बडोदरा र आनन्दलाई जोड्ने पुल बुधबार भत्किँदा महिसागर नदीबाट १५ जनाको शव निकालिएको छ। बुधबार नै १३ जनाको शव निकालिएकोमा बिहीबार बिहान थप २ जनाको शव फेला पारेको हो ।

दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। चार जना अझै बेपत्ता रहेको बताइएको छ। उनीहरूको खोजी जारी छ।

बुधबार बिहान महिसागर नदीमाथिको पुल भत्किँदा दुई ट्रक, दुई कार र एउटा रिक्सा नदीमा खसेका थिए। एउटा ट्याङ्कर भने पुल भाँचिएको छेउमा अड्किएको थियो।

यो ४५ वर्ष पुरानो पुलले दक्षिण गुजरातलाई सौराष्ट्रसँग जोड्थ्यो। यो पुल भत्किँदा भरुच, सुरत, नवसारी, तापी र वलसाडबाट सौराष्ट्र पुग्न अप्ठ्यारो भएको छ। अब यसका लागि अहमदाबाद हुँदै जानुपर्नेछ।

जीवित व्यक्तिलाई ‘मृत’ देखाएर रकम हिनामिनाको प्रयास

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकामा ‘ओखर पकेट क्षेत्र कार्यक्रम’को रकम हिनामिनाका लागि नगरपालिकाका कर्मचारीले जीवित व्यक्तिलाई मृत देखाएर फर्जी कागजात बनाएको पाइएको छ ।

नगरपालिकाका कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरेनरी प्राविधिक जनसिंह धामी (नगर प्रमुख विजयसिंह धामीका छोरा समेत) को मिलेमतोमा जीवित रहेका शैल्यशिखर–६ स्थित मालिकार्जुन अगुवा कृषक समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीको मृत्यु भइसकेको भनेर झूटा कागजात तयार पारेको भेटिएको हो ।

कृषि शाखा प्रमुख विष्टले जिउँदो मान्छेलाई मृत्यु भइसकेको भनी बैंकलाई खाता नवीकरणका लागि सिफारिस गरेको पाइएको छ । नगर प्रमुखका कान्छा छोरा एवं कृषक समूह अध्यक्ष जनकसिंह धामीको निवेदनका आधारमा बैंकलाई खाता नवीकरण गर्न सिफारिस गरिएको विष्टले बताए । बैंकले मृतक भनिएका व्यक्तिलाई खबर गर्दा जिउँदै भएको भेटिएपछि खाता नवीकरण कार्य रोकिएको छ ।

कृषि शाखा प्रमुख विष्टले ग्लोबल आईएमई बैंक, गोकुलेश्वर शाखालाई पत्र लेख्दै समूहको खातामा अब जानकी र मञ्जुको सट्टा अध्यक्ष जनकसिंह धामी र सचिव वसन्ती बोहराको हस्ताक्षर मान्य गरिदिन अनुरोध गरेका थिए । जानकीले यो नगरका ६ कृषक समूहमा ओखर पकेट कार्यक्रम आएको र त्यो कार्यक्रम हाम्रो समूहमा परेको आफूहरूलाई जानकारी नभएको बताइन् । उनले भनिन्, ‘त्यसबारे अध्यक्षले हामीलाई कुनै जानकारी दिएनन्, त्यही रकम खानलाई हाम्रो मृत्यु भैसकेको कागज बनाएछन् ।’ ओखर पकेट कार्यक्रमको रकम हत्याउन कृषि शाखा प्रमुख र अध्यक्षले फर्जी काम गरेको उनीहरूले बताए ।

अध्यक्ष धामीले ओखरका बिरुवा आफ्नै खेतमा रोपेका छन् । ‘समूह निष्क्रिय रहेकाले हाम्रो समूहको खाता नवीकरण थिएन, लामो समयदेखि हाम्रो बैठक पनि बसेको थिएन,’ सचिव मञ्जुले भनिन्, ‘बैंकका कर्मचारीले मलाई चिन्ने हुँदा यस्तो बदमासी बेलैमा थाहा पाइयो । बैंकबाट फोन आएरै हामीहरूले उक्त करतुत थाहा पाएका हौं ।’

 

कृषक समूहका अध्यक्षले पेस गरेको निवेदन र माइन्युटका आधारमा बैंकलाई मृत्यु भैसकेको पत्राचार गरिएको कृषि शाखा प्रमुख विष्टले बताए । उनले विगतदेखि नै निवेदन र माइन्युटकै आधारमा कागज तयार पारिने र त्यसैगरी बैंकलाई खाता नवीकरण र व्यक्तिका नाम परिवर्तनका लागि सिफारिस पत्र लेखिएको हो । ‘समूहका अध्यक्षको जालसाजी रहेछ,’ उनले भने, ‘हामीले मृत्यु दर्ता प्रमाणपत्रको कागजपत्र खोज्नु पर्थ्यो, त्यो गरिएन ।’

दुवै पक्षलाई बोलाएर छलफलपछि आवश्यक कारबाही अगाडि बढाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए । ‘यसमा बदमासी भएको देखिन्छ । दुवै पक्षलाई बोलाएर यसबारे बुझ्ने र कर्मचारी वा जसको गल्ती भेटिन्छ, त्यसलाई कारबाही गरिनेछ,’ उनले भने ।

युक्रेनमा रुसी ड्रोन आक्रमण तीव्र, दुई जनाको ज्यान गयो

काठ्माण्डौँ- युक्रेनको राजधानी किएभमा रुसी ड्रोन आक्रमण हुँदा कम्तीमा दुई जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन् ।

बीबीसीका अनुसार युक्रेनको किएभ शहरका विभिन्न ठाउँहरूमा आगलागी भइरहेको छ । युक्रेनी सेनाले ब्यालिस्टिक मिसाइल आक्रमणको सम्भावनाको चेतावनी पनि दिएको छ ।

यसअघि मङ्गलवार राति युक्रेनमा अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण भएको युक्रेनी सेनाले बताएको थियो । त्यस क्रममा सात सय २८ ड्रोन र १३ क्रुज वा ब्यालिस्टिक मिसाइलले विभिन्न शहरहरूलाई निशाना बनाएका थिए ।

किएभको सैन्य प्रशासनका प्रमुख टिमुर त्काचेनकोले आज बिहान राति किएभका ६ वटा जिल्लामा रुसी ड्रोनले आक्रमण गरेको र आवासीय भवन, गाडी, गोदाम, कार्यालय र अन्य संरचनाहरूमा आगलागी भएको बताइएको छ ।

स्थानीयवासीलाई हवाई साइरन सकिएसम्म सुरक्षित ठाउँमा बस्न र अत्यधिक धूलोका कारण घर फर्किएपछि झ्यालहरू बन्द गर्न अनुरोध गरिएको छ ।

युक्रेनी वायु सेनाले देशका अन्य क्षेत्रहरूमा पनि रुसी ड्रोन आक्रमणको खतरा रहेको जानकारी दिएको छ ।

 

सुदूरपश्चिममा असारमामात्रै नौ अर्ब १० करोड खर्च

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा असारमामात्रै ३० प्रतिशत बढी बजेट खर्च गरेको छ । योजना कार्यान्वयन चरणको अन्तिमसम्म थोरै बजेट खर्चेको प्रदेश सरकारले असारमामात्रै नौ अर्ब १० करोड रुपियाँ खर्च गरेको हो ।

यस आर्थिक वर्षमा प्रदेश सरकारले कुल २२ अर्ब २८ करोड ९७०.५० प्रतिशत० बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । जसमा पुँजीगत खर्च १२ अर्ब ४७ करोड ९६६.५० प्रतिशत०, चालु खर्च नौ अर्ब ८० करोड ९७६.८१ प्रतिशत० रहेको प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीले गोरखापत्रलाई जानकारी दिए ।

कुल ३१ अर्ब ५३ करोड ६६ लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले गत जेठ मसान्तसम्म १३ अर्ब १८ करोड रुपियाँ बजेट खर्चेको थियो । असार २५ गतेमात्रै एकैदिन दुई अर्बभन्दा बढी रकम भुक्तानी भएको जोशीले बताए ।

बङ्गुरका पाठापाठी बेचेर वार्षिक बाह्र लाख आम्दानी

कैलाली । यहाँको धनगढी उपमहानगरपालिका–११ बाँसखेडाका परशुनारायण चौधरीले विगत १४ वर्षदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आएका छन्। चौधरीको फार्ममा हाल भालेपोथी गरेर २७ वटा बङ्गुर छन्। उनको फार्मबाट वार्षिक ३० लाख बराबरको बङ्गुरका पाठापाठी बिक्री हुन्छ।

खर्च कटाएर औसतमा वार्षिक १२ लाख आम्दानी हुने गरेको उनले जानकारी दिए। व्यवसाय फस्टाउँदै गएपछि आम्दानी पनि राम्रै हुन थालेको उनले बताए। बङ्गुरको पाठापाठी हुर्काएर बिक्री गर्ने उमेर पुग्न करिब एक महिना लाग्छ। एउटा पाठा वा पाठी छ हजारमा बिक्री गर्ने गरेका छन्।

बङ्गुरपालनबाट गरेको कमाइले उनले गाउँमा इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको बताए। ‘बङ्गुरपालन राम्रै फापेको छ’, उनले भने, ‘यो व्यवसायको कारोबार बढ्दै गयो र फाइदा हुँदै गयो, अहिले गाउँमा सानो इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको छु, जसबाट घर परिवारका सदस्यले काम पाए।’

चौधरीले धनगढीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट यसै वर्ष ९० हजार अनुदान प्राप्त गरेका छन्। अनुदान रकमले व्यवसाय गर्न अझै सहज भएको उनले बताए। उनी सफल कृषकका रुपमा समेत पुरस्कृत भइसकेका छन्।

सुरुका वर्षमा मासु बिक्री गरेका उनले मासुका लागि बजार नपाएपछि पाठापाठी बिक्री गर्न थालेको बताए। किसानलाई व्यवसाय सहजताका लागि सरकारी तवरबाट कोल्डस्टोर, बधशाला स्थापना गरिदिए अझै सहज हुने उनको भनाइ छ।

रसुवा बाढीमा परेका १० जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा मंगलबार आएको बाढीका कारण ठूलो परिमाणमा जनधनको क्षति भयो । केन्द्रीय प्रहरी प्रवक्ता (डीआईजी) विनोध घिमिरेका अनुसार बाढीमा परेर २० जना बेपत्ता भएका थिए ।

बेपत्तामध्ये प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव फेला परिसकेको छ । उद्धारका लागि निस्किएको प्रहरी टोलीमध्ये श्रेष्ठसहित तीन प्रहरी बेपत्ता भएका हुन् ।

प्रहरीबाहेक ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण नागरिक बाढीमा परेका हुन् । प्रहरीले हालसम्म नौजनाको शव फेला पारेको छ । डीआईजी घिमिरेका अनुसार शव फेला परेकाहरू बेपत्ता भएकाहरूमध्येकै हुन् ।

“हालसम्म दशजनाको शव फेला परेको छ । त्यसमा एकजना प्रहरी कर्मचारीको सनाखत भइसकेको छ । अन्यको सनाखत हुन बाँकी छ,” उनले भने, “तर, उनीहरू पनि बेपत्ताहरूमध्येबाट नै रहेको हाम्रो आशंका छ । सनाखत हुन भने बाँकी रहेकाले बेपत्ताको सूचीबाट नहटाइएको हो ।’’

बेपत्ताको सूची सुरुवाती २० बाट नबढेका कारण शव उनीहरूकै भएको प्रहरीको विश्वास छ ।

प्रहरीका अनुसार बाढीका कारण नेपाल–चीन नाका जोड्ने मितेरी पुल, ईभी चार्जिङ स्टेसन, आठवटा इभी गाडी, भन्सार कार्यालयमा क्षति, रसुवागढी हाइड्रोपावरमा क्षति तथा ड्राइपोर्ट बगाउँदा ठूलो मात्रामा कन्टेनरहरू समेत बगाएको छ ।

हाल बाढी प्रभावित क्षेत्रका स्थानीयको उद्धार तथा राहतको काम भइरहेको प्रहरीले जनाएको छ ।

‘रसुवागढी हाइड्रोको इनटेकभित्र गाडी नै छिर्‍यो, सुरुङबाहेक अरु ड्यामेज छ’

काठमाडौं । भोटेकोशीमा आएको बाढीले रसुवागढी हाइड्रोपावरको सुरुङ बाहेकका अरु संरचनामा क्षति पुगेको त्यहाँका कर्मचारीले बताएका छन् । रसुवागढी हाइड्रोपावर केन्द्र प्रमुख सन्तोष अधिकारीले बाढीले बगाएर ल्याएको एउटा गाडी नै इनटेकभित्र छिरेको बताए ।

कहिले नसोचेको बाढी आएको बताउँदै उनले अनलाइनखबरसँग भने, ‘तीन बजे पानी फ्ल्यास फ्लडको रुपमा आयो । पूर्वानुमान नै थिएन । किनभने यहाँ पानी नै परेको थिएन । एकैचोटि माथिबाट आयो । हाम्रो हेडवर्क्स चाइनाको एकदमै बोर्डरमा छ । तीन सय मिटर मात्र डाउनसाइडमा छ । एकैचोटी माथिको मितेरी पुल बगाएर हेडवर्क्सको स्ट्रक्चर भित्र नै त्यो पुलले हान्यो ।’

उनले थपे, ‘कहिले पनि नभएको, हाम्रो एक सय वर्षको डिजाइनमा पनि नभएको, लेभलभन्दा माथि पानी आयो । हाम्रो १७९६ मा टप लेभल थियो । त्योभन्दा पनि माथि गएर, ओभरटप भएर, इनटेकभित्रैसम्म बालुवा, ढुंगा, एउटा सानो गाडी छिरेको छ भन्ने सुनिएको छ त्यहाँ । इनटेक भित्र नै एउटा सानो गाडी पनि छिरेको छ ।’

असार २४ गते बिहान चीनको तिब्बत क्षेत्रबाट बगेर आउने केरुङ र लेन्दे खोलाको बाढी भोटेकोशीमा मिसिएको थियो । गेग्रानसहितको सो बाढीले नेपाल–चीन मितेरी पुल भत्काउनुका साथै टिमुरे भन्सार यार्डमा रहेका गाडीहरुसमेत बगाएको थियो । बाढीमा परेर ९ जनाको मृत्यु र कम्तिमा २० जना वेपत्ता भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

सोही बाढीको चपेटामा रन अफ रिभरमा आधारित रसुवागढी हाइड्रोपावर पनि परेको थियो । रसुवागढी हाइड्रोपावर केन्द्र प्रमुख सन्तोष अधिकारीका अनुसार सुरुङ सुरक्षित भए पनि अन्य संरचनामा क्षति पुगेको छ ।

उनले भने, ‘सुरुङमा क्षति पुगेको छैन । डिसेन्डरमा थोरै लेदो र ढुंगाहरु छिरेको छ । बाहिरको स्ट्रक्चर, गेट कन्ट्रोल गर्नुपर्ने पम्प हाउस, मोटर हाउस सबै ड्यामेज छ । गेट सबै ड्यामेज भएको छ ।’

भोटेकोशीमा एक्कासी बाढी आएपछि अधिकारीसहित कर्मचारीको टोलीले जंगल क्षेत्रमा गएर ज्यान जोगाएको थियो । उनीहरुलाई पछि सुरक्षाकर्मीहरुले उद्धार गरेका थिए ।

चर्चामा मनिष कुमार र रेखा जोशीको ‘सुन हौ कि चाँदी हौ’

खेमराज उपाध्याय, धनगढी ।
गायक मनिष कुमार र रेखा जोशीको स्वर रहेको ‘सुन हौ कि चाँदी हौ’ बोलको डेउडा स्रोता तथा दर्शकहरुले निकै रुचाएका  छन् ।

८ महिनाअघि युट्युवमा रिलिज भएको डेउडालाई पछिल्लो समय हेर्ने दर्शकहरुको संख्या ह्वात्तै बढेको छ । सुदर्शन थापाको शब्द र मनिष कुमारको संगीत रहेको डेउडालाई युट्युवमा ४७ लाख भन्दा बढि पटक हेरिएको छ ।

डेउडामा प्रेम छ । प्रेमिकाको सुन्दरताको बखान छ । संगै जिउने मर्ने रहर छन् । प्रेमिकाको त्यो रहर पुरा गर्ने प्रेमीका बाचा छन् । बिर्सिदै गएका शब्दहरु, हराउदै गएको भाका, सस्तो मनोरञ्जनका साधन बनाईदै गएको डेउडा । सुन हौ कि चाँदी हौले डेउडलाई पुनर्जीवन दिएको छ । जसका शब्दहरु ओजपूर्ण छन् । जसमा संगीतले मिठास भरेको छ । मोडेलको अभिनयले आकर्षण थपेको छ ।

उत्कृष्ट शब्द चयन, कर्णप्रिय स्वर र समधुर संगीतले डेउडालाई उत्कृष्ट बनाएको छ । बिबेक थापा कमलले निर्माण गरेको म्युजिक भिडिओमा सुदर्शन नेपालीको कथा र निर्देशन रहेको छ ।

प्रेमिकाको सुन्दरताको बर्णन गरिएको डेउडाको शुरुवातमा भन्छन्,
परी हौ कि अप्सरा हौ,सुन हौ कि चाँदी हौ,
यति राम्री काँ जन्म्या हौ, क्या फल खाँदी हौ ।

जसको प्रत्युत्तरमा प्रेमिकाले भन्छिन्,
कस्तुरी हूँ पाटनकी, पंक्षी हूँ, पाखाकी,
स्यावासी छ साईबाजकी, धन्य छ आँखाकी

प्रेमी थप्छन्,
मन मिल्या माया जाल लाउनु, क्या हेर्नुछ कुल
मैतिर फर्किजा पन, सूर्जेमुखी फूल,

प्रेमिकाले भन्छिन्,
बेल छुन हिडेका बास, क्या भनेर निहुरी
फूल तेरो, बगैचा तेरो, लैजा बाज सिउँडी

प्रेमीले जवाफ फर्काउछन्,

आत्मा न हौ छियाछिया, मन न हौ खरानी,
म हुला मुटुकको धडकन, सुवा हौ परानी,

आफ्नो धोको सुनाउदै प्रेमिका भन्छिन्,

अग्नी भन्दा पवित्र छ, गंगा है चोखो छ,
काखबसी माया दिन्या, म पन धोको छ,

प्रेमी आफ्नो चाहना व्यक्त गर्दै भन्छन्,

रात प¥या फर्केर आयई, मुल्कै डुलन्या चरी,
साईले दिनु, मैले खानु, होईजाउ जनमभरी

प्रेमिकाले सातै जुनी संगै जिउने ईच्छा प्रकट गर्छिन्,

सर्कले वर्षन आट्यो, बादल घेरीघेरी,
सातै जुनी संगै हौली, चोला फेरी फेरी,

प्रेमी किन छुटाउथे, संगै दिनरात बिताउने चाहना,

बर्खाका भुणले हो कि, अनकन्याको सेरी
दिन बितिजाउ, रात बितिजाउ, तुम्रै मुख हेरी

अन्तिममा प्रेमिका प्रेमीसंगै जिउने, संगै मर्ने ईच्छा सुनाउछिन्,

फूल फुली बासना आईजाउ, रुप्स्या चमरको,
संगै होईजाउ जिउनु मर्नु, जोली भ्रमरको

माईत जादै गरेकी श्रीमतीलाई सम्बोधनबाट शुरु भएको डेउडाका हरेक शब्दहरु मिठासपूर्ण छन् ।

सुदूर पहाडको परिवेशमा छायांकन गरिएको म्युजिक भिडिओको दृष्य, डेउडा र डेउडाको भाव अनुसार मोडेलहरुको अभिनय उत्कृष्ट छ । जसले दर्शकहरुलाई म्युजिक भिडिओमा तानिरहन्छ । म्युजिक भिडिओमा ९९९ जनाले कमेण्ट गरेका छन् । कमेण्ट गर्नेमा सुदूरपश्चिमेली मात्र नभएर देशविदेशमा नेपाली भाषीसंगै भारतको उत्तराखण्डका दर्शकहरु समेत छन् । उनीहरुले डेउडाका हरेक शब्द उत्कृष्ट भएको भन्दै प्रशंसा गरेका छन् । कतिपयले त जति पटक हेरे पनि धीत नमरेको बताएका छन् ।

 

प्रमुख प्रशिक्षकका कारण कप्तान चयनमा विवाद भयो : एन्फा

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डका कारण कप्तान चयनमा विवाद भएको जनाएको छ।

एएफसी एसियन कप छनोट खेल्न उज्बेकिस्तान गएको नेपाली टोलीका अफिसियलहरुले बुधबार एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै कप्तान चयनमा प्रमुख प्रशिक्षक प्याट्रिक एकतर्फी ढंगले अघि बढ्दा विवाद भएको जनाएका हुन्।

टिम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले काठमाडौंमा नै खेलाडी बिदाइ कार्यक्रममा कप्तान चयन गर्न प्रस्ताव गर्दा प्याट्रिकले असहमति जनाएको बताइन्। उनले एएफसी एसियन कप छनोटको पहिलो खेलको केहि समय अघि समेत कप्तानसहितको टिम लिस्ट नआएपछि आफूहरूले पटकपटक आग्रह गर्दा ५ मिनेटअघि मात्रै टिमको नाम लिस्ट आएको जिकिर गरिन्। तर त्यसमा कप्तानको नाम नभएकाले सिनियर खेलाडीको रुपमा रेनुका नगरकोटीको नाम राखेर लिस्ट एएफसीलाई पठाएको उनले बताइन्।

त्यसपछि आर्मब्यान्ड लगाउन खोज्दा प्रशिक्षकले रोकेर साम्बा कप्तान भएको जानकारी गराएको श्रेष्ठले बताइन्। उनले साम्बालाई कप्तान बनाउँदा आफूहरूलाई कुनै आपत्ति नहुने भएपनि प्रशिक्षक प्याट्रिकले किन त्यस्तो गरे भन्न बुझ्न नसकेको धारणा राखिन्।

उनले प्रशिक्षक प्याट्रिक नेपाल फर्कने वा नफर्कने भन्ने बारेमा अनविज्ञ रहेको बताइन्। नेपाली टिमका व्यवस्थापकसँग प्याट्रिकले आफ्नो पारिश्रमिक माग्नका लागि भनिदिन समेत आग्रह गर्ने गरेको श्रेष्ठको भनाइ छ।

सिसन र गुँरास नानीसँगको सहकार्यमा दुर्गेशले ल्याए ‘जाने भए जाम माया’

धनगढी । दुर्गेश थापाले भ्लगर सिसन बानियाँसँग सहकार्य गरेको गीत युट्युबमा सार्वजनिक गरेका छन्। बुधबार सार्वजनिक ‘जाने भए जाम माया’ को भिडिओमा यी दुईसँगै गुँरास नानी पनि फिचर्ड छिन्।  उनी सामाजिक सञ्जालमा चर्चामा र ट्रोल समेत हुँदै आएकी छिन्। दुर्गेश, सिसन र गुँरास नानीले सहकार्य गरेको खबरलाई लिएर केही दिनदेखि सामाजिक सञ्जालमा चर्चा भइरहेको थियो।

गीतको शब्द, संगीत र संगीत संयोजन दुर्गेश स्वयंको हो। स्वरमा पनि दुर्गेश र सिसनले सहकार्य गरेका छन्। साथमा अल्हाजी गेरोले समेत यसमा स्वर दिएका छन्।

भिडिओमा दुर्गेश, सिसन र गुँरास नानीसँगै अन्य कलाकारहरू पनि देखिएका छन्।  शिव बि.कको कोरियोग्राफी तथा निर्देशनमा यसको भिडिओ बनेको हो। भिडिओमा हुमागाईं र टिमको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ।

 

 

अमेरिकाले थप दुई नेपालीलाई गर्‍यो निष्कासन

काठमाडौं : अमेरिकाले थप दुई जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो

निष्कासन गरिनेमा रेशमबहादुर केसी र गविन्दराज वली रहेका छन्। उनीहरूलाई कतार एयरायन्सको विमानबाट नेपाल फर्काइएको हो। स्रोतका अनुसार वलीलाई बुधबार र केसीलाई गत २१ गते काठमाडौं फर्काइएको थियो। अघिल्लो हप्तामात्रै तीन जना नेपालीलाई अमेरिकाले निष्कासन गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसन नीतिमा कडाइ गरेसँगै गैरकानुनी रूपमा बसोबास गर्ने नेपालीहरू धमाधम निष्कासनमा पर्दै आएका छन्। अमेरिकाले यसअघि पनि पटक-पटक नेपालीहरूलाई निष्कासन गरी नेपाल फर्काएको छ। केहीलाई त चार्टर्ड विमानमार्फत पनि नेपाल फर्काइएको छ।

पत्रकार साहमाथि जलेश्वरमा दुर्व्यवहार, महासंघले सम्झायो आचारसंहिता

काठमाडौं । नेपाल पत्रकार महासंघले महोत्तरीका पत्रकार दिवाकर साहमाथि जलेश्वरस्थित पूर्वाधार विकास कार्यालयमा भएको दुर्व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

२०८२ असार २३ गते सोमबार राति उक्त कार्यालयमा ‘अनुचित गतिविधि भइरहेको’ आशंकामा समाचार संकलन गर्न गएका एचटिपी खबरका सञ्चालक साहमाथि केही व्यक्तिबाट दुर्व्यवहार भएको महासंघ महोत्तरी शाखाले जानकारी गराएको छ।

‘पेशागत धर्म निर्वाहका क्रममा कुनै पनि किसिमले अवरोध पुर्‍याउनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो’ महासंघले बुधबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘महासंघ यस्ता हर्कतको सधैँ निन्दा गर्दछ र दुर्व्यवहारमा संलग्नको पहिचान गरी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायसँग माग गर्दछ।’
साथै, महासंघले पत्रकार साहलाई पनि कर्तव्य पालनाका क्रममा पत्रकार आचारसंहिता पालना गर्न अनुरोध गरेको छ।

यसैगरी सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्यासलाई लिएर रामेछापका पत्रकार शम्बरबहादुर हायु (प्रशान्त) लाई मन्थली माध्यामिक विद्यालय रामेछापमा कार्यरत शिक्षक ऋषि कार्कीले दुर्व्यवहार गरेकोमा महासंघले ध्यानार्षण भएको जनाएको छ।
यही असार २१ गते शनिबार कुनै व्यक्तिको नाम तथा चरित्र नखुलाई लेखेको स्ट्याटसको निहुँमा पत्रकार हायु कार्यरत रेडियो तफदीको कार्यालयमा प्रवेश गरेर कार्कीले दुर्व्यवहार गरेको महासंघ रामेछाप शाखाले जनाएको छ।

‘कुनै पनि विषयमा असन्तुष्टि भए छलफल र वार्ताका माध्यमबाट समाधान खोज्ने उपाय हुँदाहुँदै शिक्षण पेशाजस्तो मर्यादित क्षेत्रमा कार्यरत व्यक्तिबाट अपनाइएको यो शैलीलाई महासंघले अत्यन्त निन्दनीय, अशोभनीय र प्रेस स्वतन्त्रता विरोधी घटनाका रुपमा लिएको छ’ महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

महासंघले यो हर्कतप्रति कडा आपत्ति र खेद प्रकट गर्दै घटनाको छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएर पत्रकारलाई निर्वाध रुपमा प्रेस स्वतन्त्रता उपभोगको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

उद्धारमा ६८२ सुरक्षाकर्मी खटिएका छन् : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भोटेकोसी आएको बाढीका कारण रसुवाको गोसाइकुण्ड गाँउपालिका–२ को रसुवागढीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा गृहमन्त्री लेखकले रसुवामा भएको विपद्को घटनामा हालसम्म नेपाल प्रहरीका दुईजना, ११ जना सर्वसाधारण नेपाली एवं ६ जना चिनियाँ नागरिक गरी १९ जना बेपत्ता भएको जानकारी दिए ।

मन्त्री लेखकले बेपत्ताहरूको खोजीकार्यका लागि नेपाली सेनातर्फ ७५ जना, नेपाल प्रहरीतर्फ ३६८ जना र सशस्त्र प्रहरी बलतर्फ २३९ जना गरी ६८२ जना सुरक्षाकर्मी खटिएको बताए ।

“हालसम्म धादिङस्थित त्रिशूली नदीको किनारमा हालसम्म नाम, थर नखुलेको दुई पुरुषको शव फेला परेको छ । रसुवा, धादिङ र नुवाकोटमा तीनवटा शरीरको अंग फेला परेको छ,” उनले भने, “नुवाकोट बिदुर नगरपालिका–३, शिरखाली नयाँ पुलस्थित त्रिशुली नदीको किनारामा दाँया खुट्टा नभएको अवस्थामा पुरुषको शव फेला परेको छ ।”

धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदीस्थित त्रिशूली नदी किनारमा अन्दाजी ४०/४५ वर्षका पुरुषको शव फेला परेको उनले बताए । भरतपुर नगरपालिका– २९ पन्ध्रकिलोस्थित त्रिशूली नदीको किनारमा इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव फेला परेको उनले जानकारी दिए ।

मन्त्री लेखकले हालसम्म हवाई उद्दारबाट ३० जना नागरिकको उद्धार गरिएको जानकारी दिए ।

मन्त्री लेखकले सुख्खा बन्दरगाहमा भन्सार जाँचपासको लागि राखिएका २३ वटा मालबाहक कन्टेनर ट्रक, ३५ वटा विद्युत्तीय गाडी र ६ वटा सिनो ट्रक बाढीले बगाएको बताए । मन्त्री लेखकले भने, “रसुवागढी हाइड्रोपावरको ड्याम, त्रिशूली–३ बगाएर लगेको र अन्य थप क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए ।

राप्रपाको अनुशासन समिति प्रमुखमा रोशन कार्की मनोनीत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समिति प्रमुखमा रोशन कार्की मनोनीत भएकी छन्।

अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार पार्टी उपाध्यक्षसमेत रहेकी प्रतिनिधि सभा सांसद कार्कीलाई अनुशासन समिति प्रमुख मनोनीत गरेका हुन्।

कार्की नेतृत्वको समितिले पार्टीका नेता तथा कार्यकर्ताहरूको अनुशासनसम्बन्धी उजुरीहरू हेर्ने काम गर्छ।

भारतमा वायुसेनाको विमान दुर्घटनाग्रस्त

काठमाडौं : भारतको राजस्थानस्थित चुरुमा एउटा विमान दुर्घटना भएको छ। रतनगढमा वायुसेनाको विमान अचानक दुर्घटनाग्रस्त भएको भारतीय अधिकारीहरूले बताएका छन्।

विमान दुर्घटनाको जानकारी पाउने बित्तिकै प्रहरी विभाग घटनास्थलमा पुगेको छ। दुर्घटनाले वरपरको क्षेत्रमा पनि त्रास सिर्जना गरेको छ।

पहिरोले म्याग्दी नदी थुनियो, तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो म्याग्दी नदी थुनिएको छ ।

पहिरो नदीमा थुप्रिएर तलाउ बनेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए। त्यहाँ निरन्तर पहिरो खसिरहेको जनाइएको छ ।

धौलागिरि गाउँपालिका ४ र ७ को सिमाना काउसीबोटको भिरमुनि म्याग्दी नदीमा पहिरो थुप्रिएर थुनिएको हो । बिहान भारी वर्षापछि बढेको म्याग्दी नदीको सतह पहिरोपछि घटेको बासबोटको छिमेकी गाउँ छहरीका बासिन्दा तम पुनले बताए।

नदी थुनिएपछि तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाइएको छ। छहरी, कल्लेनी, भारवाङ, साँवता, थापाचौर, दरवाङ, छिसवाङ, खोप्टी, पिपलबोट, बाबियाचौर, तोराखेत, सिमलचौर, तातोपानी, सिंगा र बेनी बजार म्याग्दी नदीको तटीय क्षेत्रका बस्तीहरु हुन् ।

धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगरसहित जनप्रतिनिधि र ताकम प्रहरीचौकीबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको छ । घटनास्थल पुगेपछि तलाउ कत्रो बनेको छ भन्न सकिने अध्यक्ष पुनले जानकारी दिए।

उनले नदी थुनिएर बनेको तलाउ एकै पटक बग्दा तटीय क्षेत्रमा कटान र बाढी आउने सक्ने भएकाले प्रशासन कार्यालयमार्फत सतर्कता अपनाउन अनुरोध गरिएको बताए। धौलागिरि हिमालमा मुहान भएको म्याग्दी नदी बेनी बजारमा आएर कालीगण्डकीमा मिसिन्छ ।

जसपा नेपालले सरकारलाई दिएको समर्थन आज फिर्ता लिने

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारलाई दिएको समर्थन आज फिर्ता लिने भएको छ । आज बस्ने संसदीय दलको बैठकले औपचारिक रूपमा समर्थन फिर्ता’bout निर्णय लिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

उनले भने, ‘पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन’bout निर्णय गर्न पार्टी संसदीय दललाई निर्देशन दिएको छ । आज बस्ने संसदीय दलको बैठकले यस’bout औपचारिक निर्णय गर्छ ।’

समर्थन फिर्ता लिने एजेन्डा तय गरेरै बैठक बस्न लागेको उनले बताए । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको पनि सुनाए । काँग्रेस-एमाले गठबन्धन सरकारले कुनै क्षेत्रमा पनि सन्तोषजनक नतिजा दिन नसकेको पार्टीको निष्कर्ष रहेको उनले सुनाए ।

उनले थपे, ‘संविधान संशोधन, सुशासनको प्रत्याभभूति, अर्थतन्त्रमा सुधार र भ्रष्टाचार, कमिसनतन्त्र र लुटतन्त्रको नियन्त्रण गर्ने गठबन्धन सरकारले गरेको प्रतिबद्धता पूरा नभएपछि पार्टीले सरकारलाई दिएको समर्थन कायम राखी राख्ने स्थिति रहेन ।’सरकारलाई दिएको समर्थन यसअघि नै नागरिक उन्मुक्ति पार्टीले पनि फिर्ता लिइसकेको छ ।

बैंकको नयाँ लाइसेन्स दिनु हुँदैन: विनोद चौधरी

काठमाडौं । बैंकको नयाँ लाइसेन्स खोल्नु नहुने सांसद तथा व्यवसायी विनोद चौधरीले बताएका छन्।

राष्ट्र बैंकले ल्याउन लागेको आगामी वर्षको मौद्रिक नीति सम्बन्धमा संघीय संसदको अर्थ समितिले आयोजना गरेको छलफलमा चौधरीले यस्तो बताएका हुन्।

‘बैकको नयाँ लाइसेन्स दिने होइन, बैंकको संरचनात्मक सुधार गर्नुपर्छ,’ चौधरीले भने।

पहिले जिल्लास्तरमा मात्र काम गर्न विकास बैंक ल्याइएको भए पनि विभिन्न लबिङले गर्दा यस्ता संस्था राष्ट्रियस्तरका बन्न गएको उनको भनाइ छ।

अहिले बैंकहरूले यसअघिका विभिन्न समस्याबाट अगाडि बढिरहेकोले नयाँ बैंक अहिले ल्याउन नहुने बताए।

उनले अन्य क्षेत्रमा कर्जा नजानुमा त्यो क्षेत्रको विकास नभएको वा आफूलाई विकास नगरेकोले समस्या भएको बताए। त्यसैले ठूला संस्थामा कर्जा गएको विषयलाई दुष्प्रचार गर्न नहुने उनले बताए।

चौधरीले अर्थतन्त्र चलायमान गर्न दीर्घकालको लागि स्थिर ब्याजको व्यवस्था हुनुपर्ने समेत बताएका छन्।

‘अहिले सात प्रतिशतमा ब्याजदर आँउदा पनि कर्जा किन गइरहेको छैन भने दीर्घकालको लागि स्थिर ब्याज गर्ने व्यवस्था छैन, त्यो हुनुपर्छ,’ चौधरीले भने।

रास्वपा र राप्रपाले आज पनि गरे सदन बहिस्कार

काठमाडौं । रास्वपा र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन्।

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपाले राप्रपाले निरन्तर सदन अवरोध गर्दै आइरहेको छ।

सरकारले गठन गरेको छानबिन समितिमा उनीहरुले चित्त बुझाएका छैनन्।

त्रिविको उपकुलपतिमा डा. दीपक अर्याल नियुक्त

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा सिफारिस भएकामध्येबाट प्रा डा दीपक अर्याल नियुक्त गरेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो।

समितिले वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा डा खड्ग केसी, त्रिविको विज्ञान संकायका पूर्वडीन प्रा डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा दीपक अर्याललाई सिफारिस गरेको थियो।

उपकुलपति प्रा डा केशरजंग बरालले दिनुभएको राजीनामा गत चैत २८ गते स्वीकृत भएपछि गत चैत ३१ गते विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए।

खेलाडी खेलेरै बाँच्न सक्ने स्थितिमा पुगेका छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा वर्तमान सरकारले पर्याप्त ध्यान दिएको दाबी गरेका छन् । बुधबार विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडीलाई सम्मान र पुरस्कार प्रदान कार्यक्रममा ओलीले अहिले खेलाडीहरू खेलेरै बाँच्न सक्ने स्तरमा पुगेको बताए ।

पहिले खेलमै समर्पित खेलाडी हुन सक्ने स्थिति नरहेकामा अहिले समर्पित खेलाडी हुन सक्ने परिस्थिति निर्माण भएको बताए ।

“खेललाई अघि बढाउन थालेको धेरै भएको छैन । अरू धेरै देशमा संगठितरूपले खेल अघि बढाएको लामो समय भइसक्दा हाम्रोमा संगठितरूमपा खेल अघि बढाएको थिएन । पछिल्लो समयमा बढाए पनि त्यसमा पर्याप्त ध्यान गएको थिएन । अहिले सरकारको पनि ध्यान छ र अब खेलाडीहरू व्यावसायिकरूपमा पनि खेलको अर्थ छ, खेलबाट पनि बाँच्न सकिन्छ जस्ता स्तरमा पुगेका छन्,” उनले भने ।

उनले अगाडि थपे, “पहिला व्यावसायिक खेलाडी वा सम्पूर्णरूपमा खेलमै समर्पित खेलाडी हुनै सक्दैन थियो । अहिले समर्पित खेलाडी हुन सक्छ । यसैले नै सफलता पनि प्राप्त गरिरहेका छौँ,” उनले भने ।

साफ यू-१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल र भारत खेल्ने

काठमाडौं । आउँदो अगस्टमा भुटानको थिम्पुमा हुने साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को खेलतालिका सार्वजनिक भएको छ।

अगस्ट २० देखि ३१ सम्म चाङ्लिमिथाङ रंगशालामा सञ्चालन हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतविरुद्ध खेल्नेछ। सोही दिन आयोजक राष्ट्र भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार टोली मात्र सहभागी छन्।

डबल राउण्ड रोबिन लिगमा खेलिने प्रतियोगितामा सबैभन्दा धेरै अंक जोड्ने टोली च्याम्पियन बन्नेछ।

खोज्नुहोस