डेभिस कप खेल्न नेपाली खेलाडी मलेसिया जाने

काठमाडौं । मलेसियामा हुने डेभिड कस टेनिसमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएको छ ।

यही जुलाई १६ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा सहभागि हुन नेपालबाट ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टेनिस टोली आइतबार मलेसियाको क्वालालम्पुर जाने भएको छ ।

नेपाली टिममा प्रदीप खड्का, प्रणव मानन्धर, निसान श्रेष्ठ र आयुशमान हजुर घले छन् । यस्तै प्रशिक्षकमा जितेन्द्र परियार तथा व्यवस्थापकमा जयजीव हाडा छन् ।

डेभिस कप अन्तर्गत ग्रुप ४ को यो प्रतिस्पर्धामा नेपालसहित कुवेत, किर्गिस्तान, मलेसिया, प्यासिफिक ओसिएना, कतार, इराक र फिलिपिन्स गरी ८ राष्ट्र सहभागि छन् । सहभागि राष्ट्रलाई दुई समूहमा विभाजन गरेर खेल्ने छन् ।

दुबै समूहको शीर्ष दुईमा रहने टिमले प्रमोसनको लागि प्लेअफ खेल्नेछन् भने तेस्रो रचौथोमा रहने रेलिगेसन प्लेअफ खेल्नेछन् ।

टोलीलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक मनोहरदास मुललगायतले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

‘जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यक’: मन्त्री पौडेल

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले देशमा जनसङ्ख्या वृद्धिदर घट्दै गएको, युवा जन जनसङ्ख्याको लाभांश प्रयोग गर्न नसकिएको र विभिन्न जनसाङ्ख्यिक चुनौती देखिएका भन्दै राष्ट्रिय जनसङ्ख्या नीति-२०८२ मार्फत समाधानको बाटो सुरु गरिएको बताएका छन् ।

विश्व जनसङ्ख्या दिवस तथा राष्ट्रिय जनसङ्ख्या नीति सार्वजनिक करण कार्यक्रममा मन्त्री पौडेलले यो नीति केवल जनसङ्ख्याको सङ्ख्यासँग मात्र नभई जनताको चाहना, अधिकार र सामाजिक आवश्यकतासँग जोडिएको बताएका हुन् ।

“विभिन्न पक्षलाई समेटेर यो नीति आएको हो,” मन्त्री पौडेलले भने, “जनसाङ्ख्यिक अवस्था ऋणात्मक दिशातर्फ जाँदै छ । त्यसैले प्रजनन अधिकारलाई सुरक्षित गर्दै सन्तुलित जनसङ्ख्या संरचना कायम गर्न यो नीति प्रेरित गरिएको हो ।”

तीनै तहका सरकार मार्फत नीति कार्यान्वयन गरेर प्रभावकारी कार्यक्रम सञ्चालन हुने मन्त्री पौडेलले विश्वास व्यक्त गरे । जनसङ्ख्याको बनावट, वितरण र संरचनासँग जोडिएका अवसर तथा चुनौतीलाई सम्बोधन गर्न राज्यको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै उनले नेपालको जनसङ्ख्यालाई उच्चतम सदुपयोग गर्न तथा युवा पुस्ताको सपना साकार पार्न सबैलाई एकजुट हुन आह्वान गरे ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनसङ्ख्या व्यवस्थापन महाशाखाका सहसचिव ढुण्डिप्रसाद निरौलाले नीति कसलाई, कहिले, के सेवा दिने र सक्षम जनसङ्ख्याको उपयोग कसरी गरेर समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने पक्षसँग जोडिएको जानकारी दिएका छन् ।

उनले भने, “यो नीतिको विशेषता युवा पुस्ताको सशक्तीकरण गर्दै जनसाङ्ख्यिक लाभांशको भरपुर उपयोग गर्नु, असन्तुलित आन्तरिक तथा बाह्य बसाइँसराइ, अव्यवस्थित बसोबास र गाउँ–पहाडका रित्तिँदै गएका बस्तीलाई विकास र अवसरसँग जोडेर सन्तुलनमा ल्याउनु हो ।”

सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली सुधार्न जरुरी : मन्त्री साह

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सामाजिक सुरक्षा भत्ता प्रणालीको सुधार आवश्यक रहेको बताएका छन् । ज्येष्ठ नागरिकलाई सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

प्रस्तावमाथीको छलफलमा भाग लिने अधिकांश सांसदले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता ४ हजारबाट बढाएर ५ हजार पुर्‍याउनुपर्ने माग गरे ।

साहले भने, ‘यहाँ धेरै माननीयज्यूले ४ हजारलाई ५ हजार गर्न भन्नुभएको छ । अहिले खरब रूपैयाँभन्दा बढी हामी सामाजिक सुरक्षाको नाममा सरकारले बेहोरिरहेछ । तर, त्यो बेहोर्ने जो तरिका छ, बेहोर्ने जो जुन पद्धति छ अर्बपतिले लगिरहेका छन् ।’

उनले थपे, ‘यसरी हुँदैन । जो वास्तविक जसलाई एकदम आवश्यक छ सामाजिक सुरक्षाको, उसलाई आर्थिक मदत गर्नुपर्छ । अब मलाई किन दिनु पर्‍यो ? मेरो श्रीमतीलाई किन दिनु पर्‍यो ? त्यसै कारण यसमा सुधार हुनुपर्छ ।’

सम्पत्ति शुद्धीकरण मामिलामा खैरो सूचीबाट बाहिर निस्कन अनुसन्धान र कारबाही प्रभावकारी बनाइने

काठमाडौं– राष्ट्र बैङ्कले नेपाललाई सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स– एफएटिएफ) को खैरो सूचीबाट बाहिर निकाल्न शङ्कास्पद कारोबारको निगरानी, अनुसन्धान र कारबाहीलाई प्रभावकारी बनाउने नीति लिएको छ ।

आव सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले नेपाललाई खैरो सूचीबाट चाँडो बाहिर निकाल्न कार्ययोजनाअनुसार अनुसन्धान, अभियोजन र कारबाहीलाई प्रभावकारी बनाउने उल्लेख गरेको छ ।

‘एफएटिएफको सघन निगरानी सूची अर्थात् खैरो सूची (ग्रे लिस्ट) बाट मुक्त हुन नेपाललाई प्राप्त कार्ययोजनाबमोजिमका कार्य सम्पन्न गर्न सम्बद्ध निकायबीच प्रभावकारी समन्वय गरिनेछ । राष्ट्र बैङ्कसँग सम्बन्धित राष्ट्रिय रणनीति तथा कार्ययोजनाको पूर्ण कार्यान्वयनका लागि निगरानी, अनुसन्धान र कारबाहीलाई थप सबल बनाइनेछ’, मौद्रिक नीतिमा भनिएको छ ।

एसिया प्यासिफिक समूह (एपिजी)ले प्रकाशन गरेको नेपालको तेस्रो चरणको पारस्परिक मूल्याङ्कन प्रतिवेदनमा उल्लेखित नियमनकारी निकायसँग सम्बन्धित प्राथमिकताका कार्य र सुधारका सुझाव प्राथमिकताका साथ कार्यान्वयन गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

यसैगरी, राष्ट्र बैङ्कअन्तर्गतको वित्तीय जानकारी एकाइबाट सम्बन्धित निकायमा सम्प्रेषण गर्ने फाइनान्सियल इन्टेलिजेन्सलाई स्वचालित बनाई अनुसन्धान कार्यको प्रभावकारिता अभिवृद्धिमा सहजीकरण गरिने जनाइएको छ ।

विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने

काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत विदेशी विनिमय व्यवस्थापनसम्बन्धी केही व्यवस्थामा परिमार्जन र नयाँ व्यवस्था गरेको छ।

मौद्रिक नीतिमा भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई हाल प्रतिपटक अमेरिकी डलर दुई हजार ५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकामा यस्तो सटही सुविधा वृद्धि गरी अमेरिकी डलर तीन हजार कायम गरिने उल्लेख छ।

यसैगरी, बंगलादेश र श्रीलंकालगायत विदेशी मुद्राको कारोबार बढ्दै गएका मुलुकका मुद्रालाई परिवत्र्य विदेशी मुद्राको सूचीमा थप गर्दै लगिने पनि राष्ट्र बैंकले जनाएको छ।

विप्रेषण कारोबारमा प्रयोग हुने विनिमय दर (फेडान रेट) लाई आवश्यकताअनुसार पुनरावलोकन गरिने र परिवत्र्य विदेशी मुद्रामा हुने अन्तरबैंक कारोबारसम्बन्धमा नीतिगत व्यवस्था गर्ने मौद्रिक नीतिमा उल्लेख छ।

विदेशी लगानी आकर्षण गर्न वाणिज्य बैंकमार्फत विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने व्यवस्था मिलाइने पनि राष्ट्र बैंकले जनाएको छ।

आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिमा सहजीकरण हुनेगरी ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ लाई संशोधन गर्ने नीति अवलम्बन गरिएको छ।

भन्सार स्वघोषणा गर्नुपर्ने नगद विदेशी मुद्राको सीमामा पुनरावलोकन गर्ने र नेपाली नागरिक वा संस्थाका नाममा विदेशमा रहेको विदेशी विनिमयको विवरण पेस गर्नुपर्ने व्यवस्थामा सहजीकरण गरिने व्यवस्था पनि मौद्रिक नीतिमा राखिएको छ।

सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ। यस्तै, विप्रेषण कम्पनीको अर्थतन्त्रमा योगदान बढ्दै गएको सन्दर्भमा त्यस्ता कम्पनीलाई पुँजी तथा कारोबारका आधारमा वर्गीकरण गर्ने व्यवस्था मिलाइने जनाइएको छ।

काठमाडौं महानगरपालिकाले २५ अर्बको बजेट ल्याउने

काठमाडौं- काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समिति बैठक बिहीबार सम्पन्न भएको छ ।

काठमाडौं प्लाजास्थित महानगर कार्यालयमा सम्पन्न उक्त बैठक प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको हो ।

बैठकले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि अनुमानित बजेट सीमा निर्धारण गर्दै करिब २५ अर्ब ११ करोड रुपैयाँसम्मको बजेट ल्याउने प्रस्ताव गरेको छ ।

बैठकमा बोल्दै प्रमुख शाहले जनअपेक्षा अनुसारको विकास कार्यक्रमलाई प्राथमिकता दिँदै पूर्वाधार निर्माणका क्षेत्रमा बजेट वृद्धि गर्न निर्देशन दिएका थिए ।

चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष पूर्वाधार क्षेत्रमा थप बजेट विनियोजन गरिने निर्णयसमेत समितिले गरेको छ ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसहित अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

अब केही समयमै बस्न लागेको ४०औँ नगर कार्यपालिका बैठकले नगर सभाको मिति तोक्ने र त्यसपछि नगर सभामार्फत बजेट सार्वजनिक गर्ने कार्य अघि बढाइनेछ ।

नगर सभामा प्रमुख बालेन शाहले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेस गर्ने छिन् ।

महानगरपालिकाले आगामी वर्षको योजना निर्माणमा सार्वजनिक सहभागीता र जनआवश्यकतालाई प्राथमिकता दिने संकेत दिएको छ ।

लघुवित्तले लाभांश दिने सीमामा पुनरावलोकन गरिने

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई हाल लाग्दै आएको लाभांश सीमामा पुनरावलोकन गर्ने भएको छ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ल्याएको मौद्रिक नीतिमा यस्तो उल्लेख गरेको हो।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले भने, ‘लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बाेनस) वितरण गर्ने सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ।’

हाल लघुवित्तहरूले १५ प्रतिशतभन्दा बढी लाभांश दिँदा त्यसभन्दा धेरै हुने रकम विभिन्न कोषमा राख्नुपर्ने व्यवस्था छ।

राष्ट्रिय परिचय पत्रमार्फत केवाईसी संकलन गर्ने राष्ट्र बैंकको घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा राष्ट्रिय परिचयपत्र प्रणालीको प्रयोगलाई बैंकिङ क्षेत्रसँग अझ प्रभावकारी रूपमा एकीकृत गर्ने घोषणा गरिएको छ ।

नीतिअनुसार बैंक तथा वित्तीय संस्थाहरूले ग्राहक पहिचान (केवाईसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सक्नेछन् । ग्राहकले एक पटक कुनै एक बैंकमा आफ्नो विवरण अद्यावधिक गरेपछि अन्य बैंक तथा सम्बन्धित निकायले पनि सो विवरण विद्युतीय प्रणालीमार्फत प्राप्त गर्न सक्ने पूर्वाधार निर्माण गरिनेछ ।

राष्ट्र बैंकले आधुनिक प्रविधिको प्रयोगमार्फत वित्तीय प्रणालीलाई नयाँ चरणमा प्रवेश गराउने योजनाअन्तर्गत डिजिटल प्रणाली, सबल भुक्तानी संरचना, र नवप्रवर्तनको प्रवर्द्धनमा समेत जोड दिएको छ । साथै, भुक्तानी प्रणालीलाई बलियो र सुरक्षित बनाउँदै ‘रेगुलेटरी स्यान्डबक्स’ जस्ता नविन अभ्यास सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

‘सबल र सुरक्षित भुक्तानी प्रणाली विकास गरी विद्युतीय माध्यमबाट हुने कारोबार र वित्तीय पहुँच अभिवृद्धि गरिनेछ,’ गभर्नर विश्व पौडेलले भने, ‘भुक्तानी प्रणालीलाई सबल र सक्षम बनाउन यस क्षेत्रमा हुने नविन अभ्यास र नवप्रवर्तन प्रवर्द्धन गर्न रेगुलेटरी स्यान्डबक्स सञ्चालनमा ल्याइनेछ ।’

डिजिटल प्रविधिको आत्मसाथसँगै, बैंक तथा वित्तीय संस्थाहरूलाई विशिष्टिकृत सेवा प्रवाहमा प्रोत्साहन गरिने र ग्राहक पहुँचलाई अझ व्यापक बनाउने रणनीति राष्ट्र बैंकले अघि सारेको छ ।

सुनिल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १५ करोड ८८ लाख बिगो

काठमाडौं ।राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

गुरुयोजना तयार नगरी मिलेमतोमा राष्ट्रिय सूचना प्रविधि केन्द्रको हाई कम्प्युट इन्फ्रास्ट्रक्चर खरीद गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आरोपपत्रमा पौडेल, श्रेष्ठसहित केन्द्रका सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, तत्कालीन लेखा अधिकृत निमबहादुर वली, वर्ल्ड डीष्ट्रीव्युसन नेपाल प्रालि र उक्त कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठलाई प्रतिवादी बनाइएको छ ।

१५ करोड ८८ लाख ५० हजार रुपैयाँ अनियमितता भएकोले सोही बराबर बिगो माग गरि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीतिको पूर्णपाठ सार्वजनिक

काठ्माण्डौँ- नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेपछि ल्याइएको यो पहिलो मौद्रिक नीति हो, जसले देशको समष्टिगत अर्थतन्त्र, वित्तीय प्रणाली र लगानी वातावरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

नयाँ मौद्रिक नीतिमा ब्याजदर, कर्जाको सीमा, तरलता व्यवस्थापन, सेयर बजार तथा रियल स्टेटलगायतका क्षेत्रमा महत्त्वपूर्ण प्रावधानहरू समावेश गरिएका छन्। नीति सार्वजनिक भएसँगै अब यसको प्रभाव बैंक तथा वित्तीय क्षेत्र हुँदै समग्र अर्थतन्त्रमा देखिनेछ।

राष्ट्र बैंकले उक्त नीति पूर्णपाठसहित आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ।

राष्ट्र बैंकले सम्पत्ति व्यवस्थापन कम्पनीको लागि ऐन बनाउने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा बढेको खराब कर्जा व्यवस्थापनको लागि आवश्यक सम्पत्ति व्यवस्थापन कम्पनीको ऐनको मस्यौदा तयार गरेर सरकारलाई पेस गर्ने भएको छ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ल्याएको मौद्रिक नीतिले यस्तो उल्लेख गरेको हो।

राष्ट्र बैंकले सम्पत्ति गुणस्तरको मूल्यांकन गरिने समेत मौद्रिक नीतिमा उल्लेख गरेको छ।

सम्पत्ति व्यवस्थापन कम्पनीलाई ‘ब्याड बैंक’ भनेर समेत चिनिन्छ। यस्ता कम्पनीले बैंकहरूको खराब भएको ऋण किन्ने र त्यसको धितो बिक्री गरेर असुल्ने मात्रै गर्दैनन्।

यस्ता कम्पनीहरूले कर्जाको भाका बढाइ दिने, त्यस्तो ऋणीको संस्थाको व्यवस्थापन सम्हाल्ने र केही नलागेमा बिक्री गरिदिने समेत गर्छन्।

पछिल्लो समय बैंकिङ क्षेत्रमा खराब कर्जा उच्च दरले बढिरहेको छ। गत चैतसम्मको तथ्यांक अनुसार समग्र क्षेत्रको यस्तो खराब कर्जा औसतमा ५‍.२४ प्रतिशत छ।

शेयर धितो कर्जाको सीमा बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति मार्फत यस्तो सीमा बढाएको हो ।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले भने, ‘बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जालाई १५ करोडबाट बढाइ २५ करोड रूपैयाँ पुर्‍याइनेछ ।’

त्यस्तै, दोस्रो वित्तीय क्षेत्र रणनीति नेपाल सरकारबाट स्वीकृत भएपछि कार्यान्वयनमा ल्याइने गभर्नर पौडेलले बताए । साथै चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई आवश्यकता अनुसार परिमार्जन गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

कर्जा नोक्सानी व्यवस्थालाई पनि आवश्यकता अनुसार पुनरवलोकन गरिने भएको छ । यसका साथै तीन करोडसम्म प्रवाह भएको कर्जालाई साना तथा मझौला कर्जाको सूचीमा राखिने मौद्रिक नीतिमा उल्लेख छ ।

घर जग्गामा ऋणको सीमा बढाइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गामा लचिलो नीति लिएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले व्यक्तिलाई घर किन्न दिइने कर्जाको अधिकतम सीमा ३ करोड पुर्‍याइएको घोषणा गरे । यसअघि यस्तो कर्जा सीमा २ करोडको थियो ।

त्यस्तै घरजग्गा खरिदमा दिइने कर्जाको सीमा पनि बढाइएको छ । यसअघि घरजग्गाको मूल्यांकनमा ५० प्रतिशत मात्रै बैंकले ऋण दिने गरेकोमा त्यसलाई बढाएर ७० प्रतिशत कायम गरिएको छ । अब मूल्यांकनको ७० प्रतिशतसम्म बैंकबाट ऋण लिएर घरजग्गा खरिद गर्न सकिनेछ ।

‘मन बिनाको धन’ २१ कात्तिकमा आउने

काठमाडौं । फिल्म ‘मन बिनाको धन’को प्रदर्शन मिति तय भएको छ । टंक बुढाथोकी निर्देशित फिल्म २१ कात्तिकमा हलमा रिलिज हुने भएको हो

निर्माता विष्णुमाया मैनाली र वितरकबीच प्रदर्शनबारे सम्झौता भएको छ । फिल्मको नेपाल वितरण अधिकार एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले किनेका छन् ।

फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा लगायतको अभिनय छ ।

बालगायक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । गीतमा टंक बुढाथोकीको संगीत छ । दर्जी अहिले कक्षा ९ मा अध्ययनरत छन् ।

सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्मको पटकथा र संवाद शिवम अधिकारीको छ । कार्यकारी निर्मातामा सपना शर्मा छिन् । जीपी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्माता हुन् ।

आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक

काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकबाट स्वीकृत भएसँगै मौद्रिक नीति सार्वजनिक गरिएको हो।

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले राष्ट्र बैंकको बालुवाटारस्थित भवनबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन्। विदेशी विनियम व्यवस्थापन वित्तिय क्षेत्र सुधार एवं नियमन,भुक्तानी प्रणाली, लघुवित्त वित्तीय पहुँच एवं ग्राहक संरक्षण र सम्पत्ति शुद्धिकरण निवारणलगायतका नीति तथा कार्यक्रमहरू मौद्रिक नीतिमा समावेश गरिएको गभर्नर पौडेलले बताए।

नाउपा सरकारमा फर्किने सत्तापक्षको विश्वास

धनगढी, असार २७ गते । सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको नागरिक उन्मुक्ति पार्टी पुनः मन्त्रीपरिषद्मा फर्किने सत्तापक्षले विश्वास लिएको छ ।

दुवै पक्षका शीर्ष नेतृत्वबिच भेटघाट छलफल भइरहेकाले सो पार्टी पुनः सरकारमा फर्किने सत्तापक्षका नेताले दाबी गरेका छन । नागरिक उन्मुक्तिका तर्फबाट मन्त्रीपरिषद्मा सहभागी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई गतसाता मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट बर्खास्त गरेका थिए ।

आफ्नो पार्टीको मन्त्री बर्खास्तीमा परेपछि नागरिक उन्मुक्तिले सुदूरपश्चिम प्रदेश सरकारको साथ छोडेको छ । यो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले झन्डै दुई तिहाइ बहुमतको साथ गुमाएक छन भने नागरिक उन्मुक्ति पार्टी विपक्षी कित्तामा पुगेको छ । यद्यपि, मुख्यमन्त्रीसँग अझै स्पष्ट बहुमत रहेको छ ।

सुदूरपश्चिम प्रदेश सभामा बहुमत पुर्‍याउन २७ जनाको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री शाहसँग नेपाली कांग्रेसका १८ र नेकपा (एमाले) का ११ गरी २९ जना प्रदेश सभा सदस्यको साथ छ । यसअघि उहाँलाई ३६ जना प्रदेश सभा सदस्यको साथ रहेको थियो ।

काम गर्न असहज भएको भन्दै मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई हटाएका थिए । मन्त्रीलाई हटाउँदा नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिइसकेपछि मुख्यमन्त्रीको दौडधुप भेटघाट बढेको छ । नागरिक उन्मुक्ति पार्टी बाहिरिएपछि उनले गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर घटनाक्रम सुनाउनुभएको थियो । त्यसलगत्तै मुख्यमन्त्रीले आइतबार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई बर्दियामा भेटेका थिए ।

आफ्नो पक्षमा बहुमत हुँदाहुँदै उनी नागरिक उन्मुक्ति पार्टी पुनः फर्किने पर्खाईमा छन । “नागरिक उन्मुक्तिका संरक्षक ९रेशम चौधरी० ज्यूले सम्माननीय प्रधानमन्त्री र हाम्रो पार्टीका आदरणीय सभापति ज्यूलाई भेटघाट गरी सक्नुभएको छ,” कञ्चनपुरको पुनर्वासमा मुख्यमन्त्री शाहले भने, “भेटमा सरकारमा फर्किनेबारे कुरा भएका छन् । नागरिक उन्मुक्ति पार्टीका साथीहरू मन्त्रीपरिषद्मा आउनुहुन्छ भन्ने मलाई विश्वास छ ।”

यो प्रदेशमा कांग्रेस र एमाले मिलेर गठबन्धन सरकार बनाई अरू पार्टीलाई सरकारमा सहभागी गराएको मुख्यमन्त्रीको भनाइ थियो ।

काम गर्न असजिलो भएपछि सरकारले व्यक्तिलाई हटाउँदा सिङ्गो पार्टीले सरकारै छोड्नुपर्ने कारण नरहेको सत्तापक्षको जिकिर छ । सरकारबाट हट्ने निर्णयलाई एक दिन नागरिक उन्मुक्ति पार्टीले पुनर्विचार गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले बताए ।

“आफ्नो मान्छेमाथि कारबाही भएपछि केही दिन रिस मान्नु स्वाभाविक हो,” उनले भने, “तर व्यक्तिलाई सरकारबाट हटाउँदा पार्टी नै सति जानु पर्छ भन्ने लाग्दैन । उहाँहरूले निर्णय फिर्ता लिनुहुन्छ ।”

प्रदेश सभामा चौथो ठुलो दल नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्य छन् । सभामा निर्णायक यो दललाई कुनै बेला मुख्यमन्त्री शाहले मुख्यमन्त्री बनाउनेसम्मको ‘अफर’ दिएका थिए । अहिले उनले नै सो पार्टीलाई विपक्षीको बेन्चमा पु¥याइ दिएका छन । आफ्नो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेकाले अब त्यसबाट पछाडि नहट्ने नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीले बताए ।

उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताएका छन्।

महिला उद्यमी महासङ्घले आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिएका हुन्। ‘हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ। सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ। यस सम्मेलनबाट आउने निष्कर्षले सरकारको प्राथमिकता पूरा गर्न सघाउने छ,’ प्रधानमन्त्री ओलीले भने।

साथै महिलाको सशक्तीकरणका लागि संविधान र व्यवहारमा व्यवस्था गर्दै आएकफ उनले बताए। उनले तीनै तहमा कम्तीमा ३३ प्रतिशत जनप्रतिनिधि सुनिश्चित गरेको र विद्यालयमा छात्राहरूको सङ्ख्या छात्रहरूको भन्दा बढी रहेकाले नतिजामा पनि छात्राहरूको राम्रो हुँदै गएको प्रधानमन्त्री ‌ओलले बताए।

उनले भने, ‘हामीले महिलाको सशक्तीकरणका लागि संविधान र व्यवहारमा व्यवस्था गर्दै आएका छौँ। तीनै तहमा कम्तीमा ३३ प्रतिशत जनप्रतिनिधि सुनिश्चित गरेका छौँ। विद्यालयमा छात्राहरूको सङ्ख्या छात्रहरूको भन्दा बढी छ। नतिजामा पनि छात्राहरूको राम्रो हुँदै गएको छ। हामीले अझै प्रगति हासिल गर्दै जानुपर्नेछ।’

परराष्ट्रमन्त्री डा. राणा स्वदेश फिर्ता

काठमाडौं : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा इटालीको रोममा आयोजित खाद्य तथा कृषि सङ्गठन (एफएओ) को ४४ औँ अधिवेशन एवं सोही क्रममा आयोजित उच्चस्तरीय मन्त्रीस्तरीय कन्फ्रेन्समा सहभागी भई आज स्वदेश फर्किएकी छन्।

जुन २८ देखि जुलाई ४ सम्म आयोजित एफएओ कन्फ्रेन्सको प्रमुख सत्रका साथै यसका दौरानमा आयोजित अन्य उच्चस्तरीय बैठक तथा कार्यक्रमहरूलाई पनि मन्त्री डा. राणाले सम्बोधन गरेकी थिइन्। सम्बोधनमा उनले नेपालले खाद्य अधिकारलाई नागरिकको मौलिक अधिकारका रुपमा व्यवस्था गरेको र यसको कार्यान्वयन एवं प्राप्तिका लागि आवश्यक अन्य कानुनहरूले आधार प्रदान गरेका जानकारी दिइन्।

खाद्य सुरक्षा तथा गुणस्तर नियन्त्रण नीति मार्फत नियामक मापदण्ड,प्रयोगशाला निगरानी र उपभोक्ता संरक्षणको माध्यमबाट नेपालले सुरक्षित र गुणस्तरीय खाद्य सुनिश्चित गर्दै आएको पनि मन्त्री डा.राणाले बताइन् । अतिकम विकसित,साना टापु राष्ट्रहरू तथा भूपरिवेष्ठित राष्ट्रहरूमा खाद्य अधिकार तथा पोषणका सम्बन्धमा धारणा राख्दै मन्त्री डा. राणाले नेपाललगायत यी देशहरूले जलवायु परिवर्तनको क्षति व्यहोरिरहेको तर्फ विश्व समुदायको ध्यानाकर्षण गराएकी थिइन्।

नेपाल र योजस्ता भूबनोट रहेका देशहरूका लागि दिगो कृषि प्रणाली र हिमाली क्षेत्रका लागि जलवायु वित्तमा अनुदान दिइनुपर्ने माग पनि उनले राखेकी थिइन्। साथै उनले जलवायु परिवर्तनको मार खेपिरहेका नेपाल र यहाँका विशेषगरी हिमाली क्षेत्रका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय जलवायु वित्त सुनिश्चित गर्न आग्रह गरिन्।

त्यसपछि जर्मनीको भ्रमणका क्रममा मन्त्री डा. राणाले जर्मनीका विदेशमन्त्री डा. जोहान डेविड वेडफुलसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्। गत मङ्गलबार बर्लिनमा भएको सो भेटवार्तामा नेपाल र जर्मनीबीचको द्विपक्षीय व्यापार थप प्रवर्धनका लागि दुवै देशका निजी क्षेत्रबीचको सञ्जाललाई प्रोत्साहन र प्रवर्धन गर्नुपर्नेमा जोड दिँदै नेपालमा रासायनिक मल उत्पादन कारखाना लगायतका क्षेत्रमा जर्मनीको लगानीका लागि आग्रह गरेकी थिइन्।

उनले नेपाल र जर्मनीबीच सिधा हवाई उडानका लागि प्रस्ताव गर्नुका साथै नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि नेपालले जर्मनी, युरोपियन युनियन एवं अन्य साझेदारहरूबाट स्रोत, प्रविधि र आर्थिक सहयोगको अपेक्षा गरेको पनि बताएकी थिइन्।

मन्त्री डा. राणाले इयु र आइकाओको मापदण्ड बमोजिम नै नेपालले कानुन निर्माण सुरु गरिसकेकाले नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने भूमिकाका लागि इयुको एक प्रभावशाली सदस्य राष्ट्र जर्मनीसँग अनुरोध पनि गरेकी थिइन्।

त्यसैगरी मन्त्री डा. राणाले नेपालले राष्ट्रसङ्घको मानवअधिकार परिषदको सदस्य,आर्थिक तथा सामाजिक परिषद सदस्य तथा सुरक्षा परिषदको अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि जर्मनी सरकारसँग आग्रह गरेका थिइन्।

मन्त्री डा. राणा इटाली र जर्मनीमा लगानी बोर्ड नेपालद्वारा नेपालमा लगानी प्रवर्धनका लागि आयोजित कार्यक्रममा पनि सहभागी भएकी थिइन् । उनलाई आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले स्वागत गरेका थिए।

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ। शुक्रबार राष्ट्र बैंकले आगामी आवको मौद्रिक नीति सार्वजनिक गर्ने भएको हो ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आगामी आर्थिक वर्षको मौद्रिक नीति पास गरिसकेको छ । आज दिउँसो मौद्रिक नीति सार्वजनिक गर्न लागिएको छ ।

नेपाल राष्ट्र बैंकले उक्त नीति नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमार्फत सार्वजनिक गर्ने जनाएको छ। बैंकले आज सूचना प्रकाशित गर्दै मौद्रिक नीति सार्वजनिक हुने कार्यक्रमको विस्तृत जानकारी दिएको हो। कार्यक्रम बैंकको फेसबुक पेज र युट्युब च्यानलबाट समेत प्रसारण गरिने छ।

सुदूरपश्चिम विश्वविद्यालयमा अनुसन्धान व्यवस्थापन इकाइ कार्यालय स्थापना

कञ्चनपुरः सुदूरपश्चिम विश्वविद्यालयको शिक्षाशास्त्र विभागमा बिहीवार अनुसन्धान व्यवस्थापन इकाइ कार्यालय स्थापना गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारको १० लाखको आर्थिक सहयोगमा उक्त इकाइ स्थापना गरिएको हो। गुरुपूर्णिमाका अवसरमा आयोजित एक विशेष समारोहमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले कार्यालयको उद्घाटन गरे। कार्यक्रममा पूर्वमुख्यमन्त्री रावलले परम्परागत शिक्षण पद्धतिलाई नवप्रवर्तनयुक्त शैक्षिक प्रणालीसँग जोड्न तथा नीति निर्माणमा आधारित तथ्य अनुसन्धानलाई संस्थागत गर्न यो इकाइ महत्वपूर्ण रहने बताए।

उनले अनुसन्धानमैत्री वातावरण निर्माणमा यसले दीर्घकालीन योगदान पु¥याउने धारणा व्यक्त गरे। प्रदेश सरकारबाट उपलब्ध बजेटमार्फत स्मार्ट बोर्ड, ल्यापटप, कम्प्युटर, कुर्सी, टेबललगायत सामग्री खरिद गरिएको छ। यसअघि, अघिल्लो आर्थिक वर्षमा व्यवस्थापन सङ्कायमा आइसिटी ल्याव स्थापना गरिएको थियो भने आगामी आवमा विश्वविद्यालयमा अनुसन्धान केन्द्र स्थापनाका लागि बजेट व्यवस्था गरिएको जानकारी दिइएको छ।

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिप आजदेखि : पहिलो खेल नेपाल र भुटानबीच हुने

काठ्माण्डौँ – बङ्गलादेशमा हुने २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप २०२५ आजदेखि शुरू हुँदैछ । खेल बङ्गलादेशको बसुन्धारा किङ्स एरेनामा नेपाली समयअनुसार बेलुकी सवा ६ बजे शुरू हुनेछ ।

यो उमेर समूहमा नेपाल र भुटान दोस्रोपल्ट आमनेसामने हुन लागेका हुन् । दुई वर्षअघि बङ्गलादेशमै भएको प्रतियोगितामा भुटानमाथि नेपालले ४–० को एकतर्फी जीत निकालेको थियो ।

प्रतियोगितामा बङ्गलादेश, नेपाल, भुटान, र श्रीलङ्काबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । डबल राउन्ड–रोबिनको आधारमा हुने प्रतियोगीतामा हरेक टोलीले एक–अर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन । लिग चरणको अन्त्यमा सबैभन्दा धेरै अङ्क ल्याउने टोलीलाई विजेता घोषित गरिनेछ ।

नेपालले आज भुटानसँग, पर्सि आइतवार बङ्गलादेशसँग, असार ३२ गते र साउन १ गते श्रीलङ्कासँग, साउन ३ गते भुटानसँग, साउन ५ गते बङ्गलादेशसँग खेल्नेछ ।

नयाँ स्वरुपमा बडीमालिका मन्दिर

खेमराज उपाध्याय
धनगढी, २६ असार ।
प्रख्यात शक्तिपीठ बडीमालिकाको मन्दिर नयाँ स्वरुपमा निर्माण गरिएको छ ।

नेपाली सेनाले बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ पैमास्थित प्रख्यात शक्तिपीठ बडिमालिकाको मन्दिर निर्माण गरेको    हो ।

पुरानो मन्दिरकै अघिल्तिर नेपाली सेनाले बडिमालिकाको मन्दिर निर्माण गरेको हो । गजुर सहित पगोडा र शिखर शैलीमा निर्माण गरिएको मन्दिरमा दुई तहको छाना छन् । मन्दिरमा काठको एउटा कलात्मक ढोका र दुई वटा झ्यालहरु राखिएका छन् । अत्यन्त आकर्षक ढंगले निर्माण गरिएको मन्दिरको अघिल्तिर घण्ट राखिएको छ । र, मन्दिरकै छेउमा भण्डार गृह निर्माण गरिएको छ । मन्दिरको परिसरमा ढुंगा बिछ्याईएको छ ।

समून्द्र सतहबाट करीव १४ हजार फिटको उचाईमा अवस्थित बडीमालिका मन्दिरमा सतिदेवी बायाँ काँध पतन भएको विश्वास गरिन्छ ।

बडीमालिकाको दर्शन तथा पूजाआराधनाले चिताएको कुरा पुरा हुने विश्वास छ ।

बडीमालिका मन्दिरमा हरेक वर्ष जनै पूर्णिमा (श्रावण शुक्ल पूर्णिमा) को अवसरमा मेला लाग्छ। देश विदेशबाट हजारौ भक्तजनहरु यो अवसरमा पूजा आराधनाका लागि बडीमालिका पुग्ने गरेका छन् ।

तस्वीर : सामाजिक सञ्जाल

नेपाल फर्कँदै मोन्टी देसाई

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि काठमाडौं गोर्खाजले मोन्टी देसाईलाई प्रशिक्षक नियुक्त गरेको छ।  अघिल्लो सिजन बसन्त शाहीलाई प्रशिक्षक बनाएको गोर्खाजले नयाँ सिजनका लागि नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक देसाईलाई भित्र्याएको हो।  यसअघि देसाईले दुई वर्ष नेपाली टोलीको प्रशिक्षक भएर काम गरेका थिए। गत फागुनमा भने उनको सम्झौता क्यानले नवीकरण गरेको थिएन।

देसाईले प्रशिक्षकको रूपमा फर्कन लागेकोमा उत्साहित भएको बताउँदै यसअघि नेपालको यू-१९ टोली र सिनियर टोलीसँग काम गरेको सम्झिए।  दोस्रो सिजनको एनपिएल नोभेम्बरमा हुँदैछ। त्यसअघि अगस्टमा मिनि अक्सन हुने तालिका छ। उनी सन् २०२३ देखि २०२५ अप्रिलसम्म सिनियर टोलीको प्रशिक्षक थिए।  देसाईले सन् २०१७ मा नेपाली यू१९ टिमसँग ब्याटिङ सल्लाहकारका रूपमा पनि काम गरेका थिए।

देसाई मुख्य प्रशिक्षक भएपछि नेपालले एकदिवसीय मान्यता जोगाएको थियो। आइसिसी विश्वकप लिग-टु का पछिल्ला १२ मध्ये ११ खेल जित्दै सनसनी मच्चायो। प्रशिक्षक नियुक्ति भएको दुई महिनामै मोन्टीको नेतृत्वमा नेपाली क्रिकेटको साख फर्कियो। कठिन मानिएका १२ मध्ये ११ खेल जितेपछि नेपालको एकदिवसीय मान्यता चार वर्षका लागि जोगिएको थियो।

लिग-टुमा उत्कृष्ट खेलपछि नेपालले सन् २०२३ को एसिसी प्रिमियर कपमा पनि उत्कृष्ट प्रदर्शन गर्‍यो। नेपालमै आयोजनामा भएको प्रिमियर कप च्याम्पियन बन्यो। प्रिमियर कपको उपाधिसँगै नेपालले एसिया कपमा छनोट भयो। एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो।

गत वर्ष नेपालले मोन्टीकै नेतृत्वमा अर्को उपलब्धि हासिल गर्‍यो। छनोट पार गर्दै नेपालले दोस्रो पटक टी-२० विश्वकपमा स्थान पक्का गर्‍यो। घरेलु मैदानमा भएको छनोट पार्दै नेपाल सन् २०२४ को आइसिसी टी-२० विश्वकपमा छनोट भयो।

गत जुनमा अमेरिका र वेस्ट इन्डिजमा भएको आइसिसी टी-२० विश्वकपमा नेपालले अद्भूत खेल देखायो।

 

Between Sky and Soil: The Life Journey of Sunil Shakya

Dirgha Raj Upadhyay

They say a pilot never truly lands — some part of his soul remains forever aloft. But rare individuals like Sunil Sakya not only learn to land planes; they master the art of bringing dreams to earth — grounding them with purpose, grace, and vision.

This is not just the story of a pilot or a hotelier. This is the journey of a man who lived by quiet conviction — who defied gravity not just in the air but in life, who dared to fly when others urged caution, and who returned to his roots when the skies still beckoned.

Legacy in His Blood, Vision in His Bones

Born in 1962, into a family deeply embedded in the cultural and commercial soul of Kathmandu, Sunil inherited more than a name — he inherited a legacy.

His grandfather, Siddhi Bahadur Shakya, was among the most esteemed gold traders in Ason during the Rana era. In a time of scarcity and silence, he was the man who set the price of gold — a quiet force of trust and integrity in Nepal’s bustling trade lanes.

His father, Karna Shakya, was a path-breaker. Educated, forward-thinking, and driven by purpose, he left the safety of government service to step into the unknown realm of tourism. In 1968, he founded the Kathmandu Guest House (KGH) — not just a hotel, but a gateway between Nepal and the world.

When the Sky Beckoned

Yet Sunil’s compass pointed elsewhere.

From his earliest years, he was drawn not to the earth beneath his feet but to the heavens above. Passing airplanes lit sparks of wonder. For him, the skies were not distant — they were destinations.

No one in his family encouraged this path. His grandmother, father, and wife — all were hesitant, even resistant. But Sunil’s spirit was quietly unshakable. Eventually, his father relented, sending him to Canada, where he trained at the Moncton Flying School.

He earned his wings in record time.

In 1983, he joined Royal Nepal Airlines — and the dream truly took flight.

Flight as a Way of Seeing

For Sunil, flying wasn’t about glory. It was about witnessing Nepal — in all its contrasts. It was about intimacy with terrain, with humanity, and with the silent suffering and strength found in the country’s most remote corners.

He flew the toughest routes: Simikot, Dolpa, Manang, Bajhang, Doti, Jumla — places where the clouds hung heavy, the winds turned wild, and the runways vanished in fog. There were no luxuries. Often, no bathrooms. Yet he flew, always alert, always grounded in purpose.

              “From the cockpit, I saw two Nepals — one hopeful, one forgotten.”

He was haunted by the inequality he witnessed from the skies:

“Why does Ilam flourish while Bajhang waits in silence? Both blessed by nature — but only one seems seen.”

These were not idle reflections. They became the seedbed of deeper transformation.

When He Let the Sky Go

After more than a decade in the skies — including a mission under the ICAO with the United Nations, and over 6,000 flight hours — a different kind of call came. His father’s voice, firm yet full of affection:

“Enough indulgence in flying. Come home. It’s time to serve in other ways.”

Sunil understood. The next chapter of his journey would not be in the sky, but on solid ground — in people, in place, in hospitality.

Thus began the evolution of the KGH Group — no longer just a guest house, but a constellation of soulful spaces across Nepal.

From Thamel to Budhanilkantha, Sarangkot to Lumbini, Chitwan to Patan, Sunil helped shape a legacy rooted not in luxury, but in character, charm, and care.

“We don’t sell rooms. We offer sanctuary — memory, warmth, and refuge.”

(During a cross-country flight, Pilot Shakya made his first landing at Teterboro Airport in New York City.)

Love, Loss, and the Quiet Strength Within

In 2015, amidst the devastating aftershocks of Nepal’s earthquake, Sunil faced a loss that eclipsed every storm he had weathered in the sky.

His beloved wife, Babita, who had bravely survived a kidney transplant, passed away tragically. The medications had left her bones fragile. In the panic of the quake, she fell down a staircase and collapsed             — the cause: internal hemorrhage. It was a sudden, searing blow.

     No turbulence, no crash, no cockpit silence had ever felt this deafening.

But from that grief, resilience rose.

Sunil devoted himself to his daughters — Amy and Maya. Amy, trained in the finest Swiss hospitality traditions, now carries the torch of the KGH Group. Maya, a graduate in Marketing and Psychology from Bentley University in Boston, brings insight, creativity, and fresh perspective to the family legacy.

He doesn’t micromanage. He trusts. He believes.

(Photo: Pilot Shakya coordinating flight arrangements with the film crew from Hong Kong, who came to Jomsom to shoot the movie ‘Legend of Wisely.’)

The Citizen Within the Pilot

Beyond business and beyond bloodline, Sunil is a citizen of conscience — and a seeker of meaning.

As Chairman of Miyamoto Relief, he has worked tirelessly to preserve Nepal’s endangered architectural heritage. His initiatives have helped restore Hanuman Dhoka’s Gaddi Baithak, Anandakuti School in Swayambhu, and other priceless relics shaken by both disaster and neglect.

His deep spiritual connection with Buddhism fuels a dream — to create Buddha Maya Gardens in Lumbini. Not just a destination, but a pilgrimage of inner awakening.

A Voice That Speaks Hard Truths

Sunil’s reflections on Nepal’s tourism industry are clear-eyed and uncompromising:

“We’ve pushed away those we should’ve welcomed. We’re selling $200 rooms for $40. We’ve entered a race to the bottom — and no one’s winning.”

He advocates for:

Simplified, long-term visas, akin to Malaysia and Sri Lanka

Affordable international air links to Pokhara and Bhairahawa

Policy rooted in vision, not political appeasement

Investment in infrastructure, connectivity, and regional balance

Kathmandu, he insists, is a natural sanctuary.

 “When Delhi burns at 40°C, Kathmandu breathes easy at 15°C. Even our skies are air-conditioned.”

And yet those very skies remain restricted by aviation blacklists.

 “How can tourists come,” he asks, “when the sky itself is closed?”

Still Dreaming at 63

While others his age slow down, Sunil is still scaling new altitudes — with grounded feet and a far-reaching vision.

Projects in Dhangadhi and Janakpur — regions he once touched from the sky — are now on his roadmap for development. He no longer lands planes, but he builds landing places — spaces for people to arrive, to breathe, and to begin again.

Each hotel.
Each stone restored.
Each moment of warmth offered to a guest — is a landing strip of meaning.

He once flew with engines.
Now, he lifts others — with care, wisdom, and generosity.

The Story Continues

Sunil Shakya’s journey is not merely a story of altitude — it is a study in attitude.
A testimony to love, loss, legacy, and lasting service.
A man who followed his own compass.
Who soared through cloud and crisis.
Who returned home — not defeated, but full.

A pilot,
A hotelier,
A father,
A visionary,
A citizen,
A dreamer.

Still flying —
in all the ways that truly matter.

(Photo: In memory of Shakya’s wife Babita, who passed away during the 2015 earthquake, captured at a family gathering.)

Having coffee with Dr. Sanjiv Tuladhar and Captain Gyan Rai in Jomsom.

(Photo: Sunil Shakya presiding over the 9th General Assembly of the Nepal-America Chamber of Commerce 20 years ago.)

(Photo: Pilot Shakya welcoming Belgium’s Crown Prince and Crown Prince Dipendra Shah at Club Himalaya.)

Graduation ceremony of EDIT programme in University of Hawaii.

Multi-engine n IFR rating training in Moncton Flying School in Moncton NB Canada.

शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधको मुद्धा दर्ता

काठमाडौँ । बंगलादेशको अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरणले मानवताविरुद्धको अपराधको मुद्दामा पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध आरोपपत्र दायर गरेको छ । हसिना बाहेक पूर्वगृहमन्त्री असदुज्जमान खान कमल र पूर्व आईजीपी चौधरी मामुनलाई सह-आरोपी बनाइएको छ ।

हसिनामाथि गत वर्ष प्रदर्शनका क्रममा सामूहिक हत्या र सामूहिक बेपत्ता पारेको आरोप छ । हसिनाविरुद्ध हालसम्म न्यायाधिकरणमा तीन वटा मुद्दा दर्ता भएका छन् । फौजदारी न्यायाधिकरणले जनवरी ६, २०२५ मा हसिना र अन्य ११ जना विरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो । यो हसिनाविरुद्ध न्यायाधीकरणको दोस्रो पक्राउ वारेन्ट थियो । जुलाई २०२४ मा बंगलादेशमा भएको विरोध प्रदर्शनका क्रममा करिब १४ सयको मृत्यु भएको थियो । विद्यार्थी विद्रोहपछि अगस्ट ५, २०२४ मा हसिनाको सरकार ढल्यो। शेख हसिनाले देश छोडेर भारत भाग्नुपरेको थियो ।

बंगलादेशमा विद्रोहपछि बनेको युनुस सरकारले हसिना विरुद्ध २२५ भन्दा बढी मुद्दा दर्ता गरेको छ, जसमा हत्या, अपहरणदेखि देशद्रोहसम्म समावेश छन्। जुलाईमा भएको हत्याका कारण बंगलादेश सरकारले शेख हसिनाको राहदानी पनि रद्द गरेको छ। यद्यपि, हसिना विगत ११ महिनादेखि भारतमा छिन् । जुलाई २ मा, न्यायाधीकरणले अदालतको अवहेलना मुद्दामा हसिनालाई ६ महिनाको जेल सजाय सुनाएको छ । बंगाली अखबार द डेली स्टारका अनुसार, हसिना र स्थानीय नेता शकील बुलबुल बीचको फोन वार्तालापको अनुसन्धान गरेपछि न्यायाधिकरणले यो फैसला सुनाएको हो ।

यो कुराकानी गत वर्ष सामाजिक सञ्जालमा भाइरल भएको थियो र धेरै पत्रिकाहरूले पनि यसलाई प्रकाशित गरेका थिए । यो कथित अडियो क्लिपमा, शेख हसिनाले आफूविरुद्ध २२७ मुद्दा दर्ता भएको भन्दै सुनिएकी थिइन्, त्यसैले उनले २२७ जनालाई मार्ने लाइसेन्स पाएको बताएको सुन्न सकिन्छ । हसिनाले प्रधानमन्त्री पद छोडेपछि, अधिकारीहरूसँगको उनको फोन वार्तालापका धेरै अडियोहरू लीक भएका छन्। यद्यपि, पछिल्लो लीक भएको अडियो टेप उनको विरुद्धमा अहिलेसम्मको सबैभन्दा ठूलो प्रमाण, उनले प्रदर्शनकारीहरूलाई प्रत्यक्ष रूपमा गोली हान्न आदेश दिएकी थिइन् ।

कोमल वलीले ल्याइन् तीज गीत ‘सुनिदेऊ शिव’

धनगढी । लोकगायिका कोमल वलीले आउँदो तीजलाई लक्षित गर्दै नयाँ गीत ‘सुनिदेऊ शिव’ युट्युबमा सार्वजनिक गरेकी छन् । बुधबार सार्वजनिक गीतको शब्द, संगीत र स्वर कोमलको आफ्नै छ । हरेक वर्ष भिन्न मर्म र शैलीका तीज गीत ल्याउने कोमलले यसपटक शान्त र भावुक गीत ल्याएकी छन् ।

गीतमार्फत एक चेलीले तीजमा धर्मअनुसार व्रत बसेर महादेवसँग मनको मर्म सुनाइदिन आग्रह गरेकी छन् । भाकामा शान्त लय छ र शब्दमा सरलता, जसले गीतलाई धार्मिक भावनासँग जोडेको छ । कुनै झिलिमिली भिडियो वा चम्किला शब्द नभई गीतमा आत्मीयता र भक्ति झल्किन्छ ।

 

वलीले अघिल्ला वर्षमा ल्याएको ‘पोइला जान पाम’, ‘तीजमा रमाइलो’, ‘बोल्नेलाई बोल्न देऊ’ निकै चर्चित रहे । लोकसंगीत मात्र होइन, संचारकर्म र राजनीतिमा पनि उनी उत्तिकै सक्रिय छिन् ।

दाङमा जन्मिएकी वलीको सांगीतिक यात्रा २०४६ सालमा रेडियो नेपालको लोकगीत प्रतियोगिताबाट सुरु भएको हो । त्यसपछि उनले रेडियो नेपालमा झण्डै २३ वर्ष समाचारवाचन, कार्यक्रम सञ्चालन र प्रस्तुति कार्यमा बिताइन् ।

गीतसंगीतसँगै सञ्चार र सार्वजनिक जीवनमा सक्रिय रहेकी उनी केहीवर्ष देखि राजनीतिमा पनि सक्रिय छिन् । ‘सुनिदेऊ शिव’मार्फत उनले फेरि एकपटक तीजको गहिरो पक्ष दर्शाउने प्रयास गरेकी छन् ।

विश्वासको मत लिने, नलिने विषयमा छलफल भइरहेको छ : मुख्यमन्त्री शाह

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमबहादुर शाहले आफूले विश्वासको मत लिने वा नलिने विषयमा कानुनी बहस भइरहेको बताएका छन।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित एक कार्यक्रममा उनले नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि विश्वासको मत लिने, नलिने विषयमा कानुनी रुपमा छलफल भइरहेको बताएका हुन । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी बर्खास्तमा परेपछि नाउपाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

संसदीय व्यवस्थामा सत्ता साझेदार कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पद्मा रहि रहन सरकार प्रमुखले विश्वासको मत लिनुपर्ने प्रावधान छ । तर, नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदा मुख्यमन्त्रीसँग अझै स्पष्ट बहुमत रहि रहेकाले विश्वासको मत लिन नपर्ने चर्चा पनि चलिरहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै शाहले प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर गठबन्धन सरकार बनाएको बताए । उनले सरकारमा अन्य पार्टीलाई सहभागी गराइएको भन्दै थपे,“सरकारलाई दिएको समर्थन फिर्ता लिएको नागरिक उन्मुक्ति पार्टी मन्त्रीपरिषद्मा फर्किने मलाई विश्वास छ ।”

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो पार्टीका सभापति शेरबहादुर देउवालाई भेटेर सरकारकै विषयमा कुराकानी गरेको मुख्यमन्त्रीको भनाइ थियो । नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि असार २२ गते मुख्यमन्त्री शाह आफैले पनि बर्दियामा संरक्षक चौधरीसंग भेटघाट र छलफल गरेका थिए ।

आईसीसी टी-२० विश्वकप छनोट : नेपालको पहिलो खेल कुवेत र दोस्रो खेल जापानसँग

काठ्माण्डौँ- आईसीसी टी-२० विश्वकपको १०औं संस्करण सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । उक्त विश्वकपमा २० वटा टोलीले सहभागिता जनाउने छन् । त्यसमध्ये १३ टोलीको टुंगो लागिसकेको छ ।

भारत र श्रीलंकाले आयोजकका रूपमा सन् २०२६ को टी-२० विश्वकप खेल्नेछन् । अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज भने अघिल्लो संस्करणमा गरेको प्रदर्शनका आधारमा सन् २०२६ को विश्वकपमा छानिएका हुन् ।

आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान सन् २०२४ जुन ३० सम्मको आईसीसी वरीयताका आधारमा आगामी विश्वकपमा स्थान बनाउन सफल भएको हो । क्यानडा भने अमेरिकी क्षेत्रबाट छनोट चरण पार गर्दै विश्वकपमा छनोट भएको हो ।

अब एसिया तथा प्रशान्त क्षेत्रबाट तीन, अफ्रिका क्षेत्रबाट दुई र युरोपेली क्षेत्रबाट दुई टोली विश्वकपमा छनोट हुन बाँकी छ । नेपालले हालसम्म दुईपटक टी-२० विश्वकप खेलिसकेको छ ।

खोज्नुहोस