कञ्चनपुरका ९ वटै स्थानीय तहलाई छाउगोठ भत्काउन पत्राचार

कञ्चनपुर । छाउपडी बसेकी कृष्णपुर नगरपालिका–१ निगाली टोलकी २८ वर्षीया कमला दमाईको सर्पदंशबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्ला भित्रका ९ वटै स्थानीय तहलाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न पत्राचार गरेको छ।

कमला दमाईको सर्पदंशबाट शनिबार राति मृत्यु भएको थियो । सोमबार प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित पत्रमा कञ्चनपुरका ७ नगरपालिका र २ गाउँपालिकालाई सामुदायिक रूपमा जरा गाडेर बसेको यो कुप्रथा अन्त्य गर्न ‘विशेष अभियान’ सञ्चालन गर्न भनिएको छ।

पत्रमा भनिएको छ, ‘महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेकी महिलाको मृत्यु जस्तो दुखद घटना दोहोरिन नदिन परम्परागत रुपमा चलिरहेको कुप्रथा उन्मूलन गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ।’

प्रशासनले भीमदत्त, दोधारा चाँदनी, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी नगरपालिका तथा बेलडाँडी र लालझाडी गाउँपालिकालाई आवश्यक निर्णयसहित छाउगोठ भत्काउने कार्य तत्काल सुरु गर्न अनुरोध गरेको हो।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। आज साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा नियमित एजेण्डामाथि छलफल हुने जनाइएको छ। यसैगरी बैठकमा सरकारका नियमित कामकारवाही र नियुक्ति गरिने बुझिएको छ।

सरकारको एक वर्ष: आर्थिक क्षेत्रमा उल्लेख्य काम भएको दाबी

काठमाडौं । वर्तमान सरकार गठन भएको एक वर्ष भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको असार ३१ गते पदभार ग्रहण गरेका थिए ।

आफूले नेतृत्व सम्हालेपछिको एक वर्ष उपलब्धिपूर्ण रहेको उनले बताए । आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्यलगायत अरु सबै हिसाबले उपलब्धिपूर्ण ढङ्गले एक वर्ष व्यतित गरेको उनले बताए ।

‘हाम्रा उपलब्धि गर्व गर्न लायक छन् । लगानीमैत्री वातावरण निर्माण गर्न वर्तमान सरकारले धेरै नीतिगत सुधार गरेको छ । त्यसैगरी कानुनी सुधार पनि भएको छ,’ पौडेलले भने ।

सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) ऐन, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐेन २०८१, निजीकरण (पहिलो संशोधन) ऐन २०८१, भन्सार महसुल ऐन, २०८१, बैङ्किङ कसुर तथा सजाय ऐन २०८२ र भन्सार ऐेन २०८१ ल्याएको छ । त्यसैगरी विनियोजन ऐन २०८२, राष्ट्र ऋण उठाउने ऐन २०८२, आर्थिक ऐेन २०८२, वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१, (प्रतिनिधिसभामा पेश), आन्तरिक राजस्व परिचालन रणनीति सार्वजनिक, २०८१, सार्वजनिक खर्चलाई मितव्यायी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड २०८१ र वैदेशिक सहायता परिचालन नीति २०८२ पनि सार्वजनिक गरेको उनको भनाइ छ ।

यद्यपी, लक्ष्यअनुसारको राजस्व सङ्कलन, पूँजीगत खर्चमा थप वृद्धि र ग्रे लिस्टबाट बाहिर निस्कने अर्थतन्त्रका चुनौती रहेको पौडेलको भनाइ छ ।

अर्थमन्त्रालयले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोग गठन गर्नुका साथै आयोगको प्रतिवेदन कार्यान्वयन गर्न योग्य बनाएको उनको भनाइ छ ।

त्यसैगरी निजी क्षेत्रको गुनासा तथा माग सुनुवाइ र आत्मविश्वासमा वृद्धि भएको पौडेलले बताए । निर्माण क्षेत्रको गुनासा र माग सुनुवाइ भएको उनको भनाइ छ ।

‘आर्थिक वृद्धिदर हेर्दा अघिल्लो वर्षको दायित्व ३० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी तथा भुक्तानीको समस्या समाधान भएको छ,’ पौडेलले भने, ‘चालु आर्थिक वर्षमा ४.६१ प्रतिशत प्रक्षेपण भएको छ । गत वर्ष ३.८७ प्रतिशत थियो । बहुवर्षीय ठेक्का प्रकृयालाई व्यवस्थित र कार्यान्वयन योग्य बनाइएको छ ।’

अर्थतन्त्रको आकार चार खर्ब वृद्धि भएको उनले बताए । गत वर्ष ५७ खर्ब भएकोमा यो वर्ष ६१ खर्ब रुपैयाँ पुगेको छ । राजस्व वृद्धि १० खर्ब ९७ अर्ब रुपैयाँ भएको छ ।

रेमिट्यान्स १५.५ प्रतिशत वृद्धि भइ १,५३२ अर्ब पुगेको उनले बताए । गत वर्ष एक हजार ३२७ अर्ब रुपैयाँ थियो । त्यसैगरी शोधान्तर स्थितिमा सुधार भएको छ । हाल ४९१ अर्ब रुपैयाँ पुगेको छ । गतवर्ष ४९२ अर्ब थियो । विदेशी विनिमय सञ्चिति १८ करोड ६५ करोड अमेरिकी डलर छ । यो गत वर्ष १४ अर्ब ७२ करोड अमेरिकी डलर थियो । त्यसैगरी वैदेशिक सहायता प्रतिवद्धतामा वृद्धि भएको छ । यो एक खर्ब १९ अर्बले वृद्धि भएको छ ।

यो वर्ष कूल दुई खर्ब १९ अर्बको प्रतिवद्धता भएको छ । गत वर्ष सोही अवधिमा एक खर्ब दुई अर्ब रुपैयाँ प्रतिबद्धता थियो । त्यसैगरी मुद्रास्फितितर्फ चालु वर्षको वैशाखसम्ममा २.७७ प्रतिशत रहेको छ । चालु खाता बचततर्फ चालु वर्षमा तीन अर्ब ७ खर्ब रहेको छ । गत वर्ष २०० अर्ब थियो । ब्याजदर चालु वर्षमा ६.०९ औसत आधार दर (वाणिज्य बैंक) छ । गत वर्ष ८.१७ औसत आधार दर थियो । सञ्चिति पर्याप्ततातर्फ चालु आर्थिक वर्षमा १७ महिना वस्तु आयात र १४ महिना वस्तु तथा सेवा आयात धान्न सक्ने छ । गत वर्ष १५ महिनाको वस्तु र १२ महिनाको वस्तु तथा सेवा आयात धान्न सकेको थियो । यातायात निर्माण, खानी, विद्युत् तथा ग्यास, व्यापार, बैंक तथा बीमा, उद्योग, घर जग्गा, सूचना प्रविधि, कृषि तथा वन, प्रशासनिक सेवा, स्वास्थ्य सेवा, वैज्ञानिक सेवा, औद्योगिक उत्पादन, शिक्षा र आवास तथा भोजन अर्थतन्त्रका १८ वटा क्षेत्रको सूचकहरु सकारात्मक छ ।

बजेटले अर्थतन्त्रलाई चलायमान गर्न, उत्पादन र उत्पाकत्व वृद्धि गर्न, रोजगारी सिर्जना गर्न, स्वदेशी र विदेशी लगानीलाई आकर्षित गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

त्यसैगरी ऊर्जा, जलस्रोत, औद्योगीकरण, श्रम रोजगारको क्षेत्रमा, शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा धेरै महत्वपूर्ण विषय अघि सारेको उनले बताए । ‘यी कार्यक्रम कार्यान्वयनले हाम्रो अर्थतन्त्र चलायनमान हुन्छ भन्ने सरकारको विश्वास छ । मौद्रिक नीतिले पनि स्वाभाविक रूपमा वित्तको कार्यान्वयनलाई जोड दिन्छ,’ पौडेलले भने, ‘ समग्रमा सरकारको मौद्रिक नीति र समग्र बजेटको प्रभावकारीताको माध्यमबाट हामीले अर्थतन्त्रलाई गतिशील बनाउन सक्छौँ । त्यसैले हामीले भनेका छौँ, आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गछौँ ।’

सङ्घीयतालाई सुदृढ गर्ने भनेको संविधानमा जे व्यवस्था छ, त्यो कार्यान्वयन गर्ने रहेको उनको भनाइ छ । ‘अहिले स्थानीय तह, प्रदेश र सङ्घीय तहको बीचमा आपसी समन्वय र सहकार्य भएको छ । सम्बन्धित तहले गर्नुपर्ने अभिभारा एक साथ समन्वयात्मक ढङ्गले गरिएको छ ,’ पौडेलले भने।

त्रिविमा नेविसंघको प्रदर्शन, तीन सुत्रीय माग

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले तीन सुत्रीय माग राखेर प्रदर्शन गरेको छ ।

सोमबार बिहान बल्खु सडकदेखि कीर्तिपुर उपकुलपति कार्यालयसम्म चक्काजामा गरेको त्रिवि नेविसंघ सभापति विष्णु बडैलाले बताए ।

प्रदर्शनमा नेविसंघ केन्द्रीय सदस्य तथा त्रिवि स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष दिपकराज जोशी, नेविसंघ केन्द्रीय सदस्य डन्डीराज जोशी, नेविसंघ त्रिवि समिति बडैला, ताहाचल क्याम्पसका नेविसंघ नेता पुष्पराज बटाला लगायतका विद्यार्थीहरू सहभागी थिए ।

विद्यालय शिक्षा ऐन, सरकार शिक्षक महासङ्घ मुद्दामा बढी केन्द्रित नभई विद्यार्थी र शिक्षाको हितमा केन्द्रित हुनुपर्ने, त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक विद्यार्थी प्रतिनिधित्व बिना मान्य नहुने, सम्पूर्ण शिक्षकदेखि प्राध्यापकसम्मका नियुक्तिहरु सत प्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राखेर प्रदर्शन गरिएको त्रिवि स्ववियु अध्यक्ष जोशीले बताए ।

विद्यालय शिक्षा विधेयकको छलफल रोकेकोमा पनि नेविसंघले विरोध जनाएको छ । ‘आवधिक बढुवाको विरुद्धमा कार्यसम्पादन मूल्याङ्कन अङ्क ९० र दरबन्दी मिलान र विद्यालय मर्ज गरिनुपछै’, जोशीले भने ।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल विद्यार्थी संघले विभिन्न ठाउँमा प्रदर्शन गरेको प्रवक्ता सुरज सेजुवालले बताए । ‘विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल विद्यार्थी सङ्घले उपत्यकाका विभिन्न स्थानमा आज विरोध प्रदर्शन गरेको छ’, उनले भने ।

संघले माग सम्बोधन नभए थप सशक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

स्पेन भ्रमणमा गएकाहरूबारे छानबिन गर्न आइजिपीलाई गृहमन्त्री लेखकको निर्देशन

काठ्माण्डौँ- गृहमन्त्री रमेश लेखकले स्पेन भ्रमणबारे छानबिन गर्न प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका छन्।

सोमबार गृह मन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडी र आइजिपी थापासँगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाँदा भिजिट भिसाको प्रयोग गरी गएकाहरूमाथि छानबिन गर्न मन्त्री लेखकले निर्देशन दिएको सचिवालयले जनाएको छ।

स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डलबाहेकको टोली गएको विषय के हो?, अरूहरू कुन संस्थामार्फत कसरी गए?, भिसा लगायतका प्रक्रिया तथा प्रबन्ध कसले गर्‍यो?, कसको समन्वयमा गए? भन्ने विषयमा छानबिन गर्न निर्देशन दिएका हुन्।

केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरोले यस घटनाको छानबिन तथा अनुसन्धान गर्ने भएको हो।

यसमा कोही दोषी देखिए कारबाहीसमेत गरिने गृह मन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा गएका थिए। उनीसहितको प्रतिनिधिमण्डल असार २० गते फर्किएका थिए।

स्पेन भ्रमणबाट फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले असार २४ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री सहभागीसँग स्पेन भ्रमणमा गएकाहरूमध्ये कतिपय स्वदेश नफर्किएको समाचार आएको भनेर बोलेका थिए।

उनको भनाइपछि कतिपय व्यक्तिहरू नेपाल नफर्किएको भनेर समाचारहरू प्रकाशन भएका थिए।

इजरायल–हमास युद्ध अर्को सातासम्म रोकिन्छ : ट्रम्प

एजेन्सी। महिनौंदेखि जारी इजरायल–हमास युद्धबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेष घोषणा गरेका छन्। उनले अर्को सप्ताहसम्म युद्धको ठोस समाधान हुने बताएका छन् ।

मध्यपूर्वमा शान्ति ल्याउन आफू लागिरहेको भन्दै उनले अब युद्ध टुंगिने बताए ।

“कुराकानी जारी छ र आशा छ कि अर्को सप्ताहसम्म कुनै ठोस समाधान हुन सक्छ”, ट्रम्पले पत्रकार सम्मेलनको बिचमा भनेका छन् ।

ट्रम्पले यो पनि स्पष्ट गरेका छन् कि अमेरिकाको निरन्तर प्रयास जारी छ । गाजामा संघर्ष समाप्त गर्नका लागि सबै सम्बन्धित पक्षहरूसँग एउटै टेबलमा वार्ता गर्न सकिने उनको दाबी छ ।

यद्यपि, दोहामा भइरहेको युद्धविरामको कुराकानी भने हाललाई रोकिएको छ । सञ्चारमाध्यमले जनाएअनुसार ट्रम्पको टीम लगातार इजरायल र हमासबिच सम्पर्कमा छन् ।

जारी युद्धलाई अन्त्य गर्न कतारको मध्यस्थतामा लगातार वार्ता चलिरहेको छ । तर, हालसम्म पनि ठोस प्रगति प्राप्त भएको छैन ।

युद्धको कारण गाजामा ठूलो मानवीय संकट छ । जसलाई पनि समाधान गर्नुपर्ने आवाजहरु उठिरहेका छन् । जसमा ट्रम्पको अभिव्यक्तिले आशाको सञ्चार गराएको छ ।

बाढी पहिरो र डुबानजस्ता प्राकृतिक विपदका घटना हुँदा उद्धार तथा राहत वितरणमा जुट्न आह्वान : रास्वपा

काठ्माण्डौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढी पहिरो र डुबानजस्ता प्राकृतिक विपदका घटना हुँदा उद्धार तथा राहत वितरणमा जुट्न आह्वान गरेको छ ।

पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले विज्ञप्ति निकालेर पार्टीका सम्पूर्ण तहका समिति, विभाग, सदस्य तथा शुभेच्छुकहरूलाई बाढी, पहिरो र डुबानजस्ता घटनाको उद्धार तथा राहत वितरणमा सक्रिय हुन पार्टी पंक्तिलाई आह्वान गरेका हुन् ।

मनसुन भित्रिने क्रमसँगै देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का घटना बढ्न थालेको छ । यसबाट ठूलो जनधनको क्षति हुन सक्ने विगतका अनुभवले देखाएको भन्दै अर्यालले विपद्को घडीमा दलीय स्वार्थभन्दा माथि उठेर सम्पूर्ण नागरिकको जीवन रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।

उच्च सतर्कता अपनाउँदै, मानवीय सेवाको उच्चतम भावनाका साथ सम्भावित विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन समेत उनले अपिल गरेका छन् ।

शेख हसिनाको छोरीलाई डब्ल्यूएचओले गर्‍यो कारबाही

काठ्माण्डौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बङ्गलादेशमा भ्रष्टाचारको आरोप खेपिरहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदमाथि कारबाही गरेको छ । डब्ल्यूएचओले साइमा वाजेदलाई बिदामा पठाएको छ ।

साइमा सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रकी क्षेत्रीय निर्देशक हुन् । सङ्गठनको क्षेत्रीय निर्देशक साइमा वाजेद हाल बिदामा भएको डब्ल्यूएचओले भनेको छ । यस अवधिमा डा.क्याथरिना बोहेमले प्रभारी अधिकृतको रूपमा काम गर्ने भनिएको छ ।

सङ्गठनले साइमा वाजेदलाई बिदामा पठाउनुको कारण स्पष्ट पारेको छैन । यतिबेला यस विषयमा आफूसँग थप कुनै टिप्पणी नभएको सङ्गठनको भनाइ छ । डा. क्याथरिना बोहेम जुलाई १५ मा नयाँ दिल्लीस्थित डब्ल्यूएचओ एसईएआरओ कार्यालयमा पुग्ने अपेक्षा गरिएको छ ।

धोखाधडी, जालसाजी र शक्तिको दुरुपयोगको गम्भीर आरोपमा चलिरहेको अनुसन्धानबिच साइमा वाजेदलाई अनिश्चितकालीन बिदामा पठाउने विश्व स्वास्थ्य सङ्गठनको फैसलाको स्वागत गर्दछौँ भनेर डब्ल्यूएचओको कारबाहीतर्फ औँल्याउँदै बङ्गलादेशका अन्तरिम सल्लाहकारका प्रेस सचिव शफिकुल आलमले भनेका छन् । यसलाई उनले जवाफदेहिता तर्फको महत्त्वपूर्ण पहिलो कदम भनेका छन् ।

प्रदेश प्रमुख मियाँद्वारा विधेयक प्रमाणीकरण

कैलालीः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले दुई वटा विधेयक प्रमाणीकरण गरेका छन्।

उनले आज आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।

शुक्रवार सुदूरपश्चिम प्रदेश सभाबाट पारित भएर प्रमाणीकरणका लागि आएको विधेयक आवश्यक अध्ययनपछि प्रमाणीकरण गरिएको प्रदेशप्रमुखका प्रमुख स्वकीय सचिव सावीर अलीले जानकारी दिए। विधेयक प्रमाणीकरणपछि राजपत्रमा प्रकाशित हुनेछ। त्यसलगत्तै ऐनका रूपमा कार्यान्वयन हुनेछ।

आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेश सरकारलाई कानुनी आधारमा खर्च गर्न अनुमति दिनेछ। यसैगरी, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकले बजेट, नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने कानुनी आधार तयार गर्नेछ।

एनआरएनए अष्ट्रेलियाको भिक्टोरिया राज्यमा धानुकको प्यानलद्धारा उम्मेदवारी दर्ता

मेलबर्न (अष्ट्रेलिया)१३ जुन ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आसन्न निर्वाचनमा भिक्टोरियामा महादेव धानुकको संयोजकत्वमा पुरै प्यानलले का उम्मेदवारहरुले निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गएका छन् ।

भिक्टोरिया राज्य संयोजकमा उम्मेदवारी दर्ता गरेका धानुकको प्यानलबाट राज्य उप–संयोजकका लागि ससिन्द्र गौतम केसी, सचिवमा राशी सिंह ठकुरी, कोषाध्यक्षमा सागर शाही र सह सचिवमा मदन सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै सदस्यमा प्रदीप मिश्र, सज्जन शर्मा, हिक्मत राना मगर, सबिन श्रेष्ठ, रोहित बस्नेत, अशिल गौतम, त्रिवेन्द्र खत्री र प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् ।

नारी निकुञ्जतर्फ बिना अधिकारीको संयोजकत्वमा लालिशा थापा, रिजुपिया पौडेल, मीना मल्ल, बिना महर्जन, रजनी श्रेष्ठ, साकु केसीको टीम चुनावी मैदानमा होमिएको छ ।

युवाको नेतृत्व गदै गौरव सुनारले संयोजकमा उम्मेदावरी दर्ता गरेका छन् । सदस्यमा बम बहादुर कुँवर, विवेक खत्री, जाङ्बु शेर्पा, आशिष गैरे, सुरेश सोटी र रविन्द्र रेग्मीले उम्मेदवारी दर्ता गरेका छन् ।

एनसीसी सदस्यमा एकराज बस्नेत, तारा गैरै र रमेश खड्काले उम्मेदवारी दिएका छन् ।

संयोजक पदका उम्मेदवार धानुकले भिक्टोरियाको नेपाली समुदायको भावनालाई सम्बोधन गर्दै साझा प्यानल तयार गरेर उम्मेदावारी दिएकोले आफ्नो प्यानलको जीत सुनिश्चित भएको बताए ।

युरोपेली सङ्घ र मेक्सिकोले अगस्टदेखि ३० प्रतिशत ‘ट्यारिफ’को सामना गर्नुपर्ने ट्रम्पको भनाइ

जुड शीरिन
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदो अगस्टदेखि युरोपेली सङ्घ र मेक्सिकोमाथि ३० प्रतिशत ट्यारिफ (अमेरिकाले उसका आयातमा लगाउने शुल्क) लगाउने घोषणा गरेका छन्।

उनले अमेरिकाका यी व्यापार साझेदारहरूले जबाफी कदम चाल्ने निर्णय गरेमा त्यस्तो कर झन् चर्काउने चेतावनीसमेत दिएका छन्।

सत्ताइस सदस्य भएको युरोपेली सङ्घले यसै साताको सुरुमा १ अगस्टअगावै वासिङ्टनसँग सम्झौताबारे सहमति जुट्ने आशा गरेको थियो।

यसै साता ट्रम्पले जापान, दक्षिण कोरिया, क्यानडा र ब्रजिलबाट आउने सामानमा पनि अगस्ट १ देखि नयाँ ट्यारिफ लगाइने पनि बताएका थिए। अमेरिकाका कैयौँ साना साझेदारहरूलाई पनि यो साता यसै प्रकारका पत्र पठाइएको बताइएको छ।

शुक्रवार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लायनलाई पठाइएको पत्रमा ट्रम्पले लेखेका छन्, “हामीले युरोपेली सङ्घसँगको आफ्नो व्यापार साझेदारीबारे वर्षौँ चर्चा गरेका छौँ र हामी तपाईँका ट्यारिफ तथा गैरट्यारिफ नीति तथा व्यापार बाधाहरूबाट उत्पन्न दीर्घकालीक, ठूलो तथा लगातारको व्यापार घाटाबाट टाढिनुपर्ने निष्कर्षमा पुगेका छौँ।”

“दुर्भाग्यवश हाम्रो सम्बन्ध पारस्पारिकताबाट निकै टाढा रहेको छ,” उक्त पत्रमा अगाडि लेखिएको छ।

युरोपेली सङ्घ र मेक्सिकोलाई पठाइएको पत्रमा ट्रम्पले कुनै व्यापार साझेदारले अमेरिकाविरुद्ध आयात शुल्क लगाएर जबाफ दिने कोसिस गरेमा अमेरिकाद्वारा लगाइने भनिएको ३० प्रतिशतको ट्यारिफमाथि समान प्रतिशतले कर थप्ने चेतावनीसमेत दिएका छन्।

युरोपेली सङ्घ लगातार ट्रम्पको आलोचनाको केन्द्रमा छ।

अप्रिल २ मा उनले युरोपेली सङ्घ तथा अमेरिकाका अन्य दर्जनौँ व्यापार साझेदारका उत्पादनहरूमाथि २० प्रतिशत ट्यारिफ लगाउने प्रस्ताव गरेका थिए।

व्यापार वार्ता रोकिएसँगै उनले युरोपेली सङ्घबाट हुने आयातमा ५० प्रतिशत ट्यारिफ लगाउने धम्की दिएका थिए।

ट्यारिफ जनाउने साङ्केतिक तस्बिर

तस्बिर स्रोत,Reuters

वाशिङटन र ब्रसेल्सले ९ जुलाईको समयसीमाअगावै सहमतिमा पुग्ने आशा गरेका थिए तर प्रगतिबारे कुनै घोषणा गरिएको छैन।

‘युएस ट्रेड रेप्रिजन्टेटिभ’ कार्यालयका अनुसार अमेरिकाले सन् २०२४ मा युरोपेली सङ्घसँग २ खर्ब ३५ अर्ब ६६ करोड डलरबराबरको व्यापार घाटा बेहोरेको थियो।

भोन डेर लायनले “अगस्ट १ सम्म सम्झौताको दिशामा काम गर्न” सङ्घ अहिले पनि तयार रहने बताएकी छन्।

“विश्वका केही अर्थतन्त्रले मात्रै युरोपेली सङ्घको स्तरको खुलापन र निष्पक्ष व्यापारिक अभ्यासप्रतिको प्रतिबद्धताको बराबरी गर्न सक्ने” उनको वक्तव्यमा भनिएको छ।

“युरोपेली सङ्घको हितको रक्षा गर्न हामी आवश्यक सबै कदमहरू चाल्ने छौँ, जसमा आवश्यक परेमा समान कारबाहीको उपाय अपनाउने विषय पनि सामेल छ।”

फ्रान्सका राष्ट्रपति इमानुअल माक्रोँले ट्रम्पको घोषणाप्रति आफ्नो ‘निकै कडा असहमति’ रहेको जनाएका थिए।

यी फ्रान्सेली नेताले सहमति नजुटेको खण्डमा ‘विश्वसनीय जबाफी कारबाहीको तयारीलाई तीव्र पार्न’ युरोपेली सङ्घलाई सुझाव दिएका छन्।

इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले ‘उचित सहमति’ हुन सक्ने विश्वास व्यक्त गर्दै “एट्लान्टिकका दुई पाटोबीच व्यापार युद्ध सुरु गर्नुको कुनै अर्थ नहुने” एक वक्तव्यमार्फत् बताएकी छन्।

त्यस्तै डच प्रधानमन्त्री डिक स्कोफले अमेरिकासँग “पारस्पारिक लाभकारी” सम्झौतामा पुग्न युरोपेली सङ्घ “एकजुट र दृढ रहनुपर्ने” सामाजिक सञ्जालमार्फत् बताएका छन्।

जर्मनीको गाडी उत्पादकहरूको सङ्घले जर्मन कार निर्माता तथा आपूर्तिकर्ताहरूका निम्ति बढ्न सक्ने लागतबारे चेतावनी दिएको छ। उसले व्यापार सङ्घर्ष अझै चुलिन सक्ने बताउँदै त्यसलाई दु:खद भनेको छ।

आशा

मालबाहक पानीजहाज

तस्बिर स्रोत,Getty Images

मेक्सिकोको नेतृत्वलाई पठाइएको पत्रमा ट्रम्पले उत्तर अमेरिकालाई “लागूऔषध ओसारपसारको खेलमैदान” बन्न नदिन उक्त देशले पर्याप्त कार्य नगरेको उल्लेख गरेका छन्।

“सीमालाई सुरक्षित पार्न मेक्सिकोले मलाई सघाउँदै आएको छ तर उसले गरेका कार्य पर्याप्त छैनन्,” उनले अगाडि भनेका छन्।

मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनाबाउमले सम्झौतामा पुग्न सकिने विश्वास व्यक्त गरेकी छन्।

“हाम्रा सहकर्मीहरूले हिजो गरेको चर्चाका आधारमा हामी अमेरिकासँग एउटा सम्झौतामा पुग्न सक्ने छौँ र निस्सन्देह उत्तम स्थिति हासिल गर्ने छौँ भन्ने विश्वास लिएका छौँ,” उनले शनिवार भनिन्।

“हामी अमेरिकासँग काम गर्न सकिने र नसकिने मुद्दाहरूबारे स्पष्ट छौँ,” उनले थपिन्, “साथै एउटा कुरा जसमाथि कहिल्यै छलफल हुने छैन, त्यो हो हाम्रो देशको सम्प्रभुता।”

त्यसअघि शनिवार नै मेक्सिकोको अर्थ तथा विदेश मामिला मन्त्रालयले एउटा संयुक्त वक्तव्यमार्फत् ट्रम्पको ट्यारिफलाई ‘अनुचित कदम’ भनेका थिए।

सन् २०२० को अमेरिका–मेक्सिको–क्यानडा सम्झौताअन्तर्गत मेक्सिकोबाट आउने सामानहरूमा अगस्ट १ देखि लागु हुने भनिएको ट्यारिफ छुट हुन्छ वा हुँदैन भन्ने ट्रम्पको पत्रमा खुलाइएको छैन। ह्वाइट हाउसले क्यानडाका हकमा भने त्यसो हुने बताएको थियो।

यसै साताको आरम्भमा ह्वाइट हाउसले क्यानडालाई एउटा पत्र पठाउँदै ३५ प्रतिशत ट्यारिफ लगाउन धम्की दिएको थियो।

शनिवारसम्ममा ट्रम्प प्रशासनले युरोपेली सङ्घ तथा अन्य २४ देशमाथि नयाँ ट्यारिफ नियमको प्रस्ताव गरेको छ।

अप्रिल ‍१२ मा ह्वाइट हाउसका व्यापार सल्लाहकार पिटर नभारोले “९० दिनमा ९० सम्झौता” सुनिश्चित गर्ने लक्ष्य तय गरेका थिए।

छलफल जारी रहेको अवस्थामा हालसम्म राष्ट्रपतिले संयुक्त अधिराज्य र भियतनामसँगका त्यस्ता दुई सम्झौताका रूपरेखा सार्वजनिक गरेका छन्।

वीवीसीबाट ।

कुलदेउता खुसी पार्ने’ अन्धविश्वासले ज्यान गुमाइरहेछन् कमलाहरू

कैलाली : शुक्रबार छाउगोठमा सर्पको डसाइबाट कञ्चनपुर कृष्णपुर नगरपालिका-१ निगालीकी ३० वर्षीया कमला आउजीको ज्यान गयो । कमलाको पक्की घर पनि छ । घरदेखि २० मिटरको दूरीमा छाउगोठ छ, तर जीर्ण पानी धरधरी चुहिने । त्यसैले उनी छाउ बार्न भन्दै घरभन्दा झन्डै सय मिटर पर रहेको जेठानीको छाउगोठमा सुत्न गइन् ।

राति १० बजेतिर छाउगोठबाट एक्कासि आवाज आयो, ‘दिदी मलाई मलाई बचाऊ, साँपले मारिहाल्यो ।’ सीता आउजी (मृतककी जेठानी) आत्तिँदै गोठ पुग्दा कमला होसमा थिइनन् । सीताका अनुसार झुल लगाएर सुतेकी कमला गर्मी भएपछि झुलबाहिर टाउको निकालेर सुतेकी थिइन् । सर्पले उनको गालामै टोकेको थियो ।

कमला होसमा नआएपछि उनलाई अस्पताल लग्ने कुरा भयो । घरमा नाबालक छोराहरूबाहेक अरु कोही थिएनन् । न त उनको साथमा पैसा थियो । सीताले १३ हजार रुपैयाँ दिएपछि कमलालाई सेती प्रादेशिक अस्पताल धनगढी लगियो । झन्डै २ घण्टापछि उनलाई अस्पताल पुर्‍याइएको थियो ।

राति दुई बजेतिर स्वास्थ्य अवस्था झन बिग्रिँदै गएपछि डाक्टरले सघन उपचार कक्ष (आईसीयू)मा राख्न पर्छ भने । तर अस्पतालमा आईसीयू खाली थिएन । बिहान ४ बजेतिर मात्र कमलालाई आईसीयूमा राखिएको मृतकका जेठाजु शिद्ध आउजीले बताए । शनिबार राति ८ बजे उपचारकै क्रममा कमलाको मृत्यु भयो ।

छोराहरूको भविष्य बनाउन भन्दै फर्किएकी थिइन्

कमलाको परिवार समयदेखि भारत बस्दै आएको छ । उनी पनि परिवारसँगै भारतमा मजदुरी गर्थिन् । कच्ची घरलाई पक्की बनाउने उनको सपना थियो । श्रीमान्‌सँगै मजदुरी गरेर त्यो सपना पूरा गरिन् ।

उनको अर्को सपना थियो : छोराहरूलाई पढाएर ठूलो मान्छे बनाउने । गत वैशाखमा मात्रै छोराहरू पढाउने भन्दै भारतबाट घर आएकी कमलाले ३ महिना नबित्दै अकालमै ज्यान गुमाइन । उनका तीन छोरा छन्, ५, १२ र १५ वर्षीय । घरमा कोही नभएपछि उनको दाहसंस्कार पनि भएको छैन । शव सेती प्रादेशिक अस्पतालमै छ । आफन्तका अनुसार कमलाका श्रीमान् र सासू-ससुरा सोमबार बिहान मात्र कञ्चनपुर आइपुग्दैछन् । आउजीको परिवार अछामबाट बसाइँ सरेर कञ्चनपुर आएको हो ।

सर्प मार्न भन्दै भत्काइयो छाउगोठ

कमलाको मृत्युपछि उनी सुतेको सीता आउजीको छाउगोठ भत्काइएको छ । ‘कुप्रथा’का रूपमा रहेको छाउ बार्ने चलन बन्द होस् भन्नै अझै चाहँदैनन् स्थानीय । गोठ पनि सर्प खोज्नलाई भत्काइएको बताउँछन् उनीहरू । तर सर्प भने भेटिएन । छाउँ हुँदा घर बसे कुलदेउता रिसाउने सीताको भनाइ छ । ‘हामी त मान्दैन थियौँ । तर देउता रिसाउँदा छन् । मान्छे काम्छन् । घरमा नराम्रो हुन्छ । आखिर मान्छेभन्दा ठूला त देउता हुन्, के गर्नू,’ छाउमै बस्दा देउरानी गुमाएकी उनी यस्तो ‘विश्वास’ राख्छिन् ।

सीताको घरनजिकै अछामबाटै बसाइँ सरेकी चम्फा बुढाको घर छ । उनको छाउगोठ झन डरलाग्दो झाडीमा छ । त्यो गोठमा महिनावारी हुँदा उनकी नन्द र उनी बस्छन् । जाहाँ बत्तीसमेत छैन । उनको सोच पनि सीताको भन्दा फरक छैन । ‘ज्यानको माया त सबैलाई हुन्छ नि । तर पनि देउताका लागि बस्नुपर्छ । छाउमा घरभित्र पसे त सबै परिवार कामिहाल्छन् नि,’ उनी भन्छिन् । अछामबाट मान्छे मात्र बसाइँ सरेका छैनन्, छाउगोठ पनि सँगै ल्याएका छन् ।

गत वर्ष मात्रै कृष्णपुर नगरपालिकाले चारवटा छाउगोठ भत्काएको थियो । तर स्थानीयले फेरि बनाए । कृष्णपुरका मेयर हेमराज ओझा भन्छन्, ‘जति भत्काए पनि उनीहरू पुन: बनाइहाल्छन् । यो कुप्रथाले समाजमा जरा गाडेर बसेको छ । यसलाई उखेल्नैपर्छ ।’

अहिले पनि कृष्णपुर नगरपालिकामा सयभन्दा बढी छाउगोठ छन् । जसमा सबैभन्दा बढी अछामबाट बसाइँ सरेर आएकाहरूको संख्या छ । नगरले छाउगोठ भत्काइरहन्छ, स्थानीयले बनाइरहन्छन्, श्रृंखला यस्तै जारी छ ।

छाउगोठ भत्काउन नगरपालिकाको अल्टिमेटम

कमलाको मृत्युपछि कृष्णपुरले नगरपालिका क्षेत्रभित्र अझै पनि कायम रहेका छाउपडी गोठ भत्काउन सूचना निकाल्दै १५ दिनको ‘अल्टिमेटम’ दिएको छ । छाउगोठ नहटाउनेलाई १० हजार जरिवाना तिराउने नगरपालिकाको चेतावनी छ ।

सूचनामा छाउपडी गोठ भत्काउने कामको निगरानी सम्बन्धित वडा कार्यालयमार्फत गरिने भनिएको छ । साथै, निर्देशनको पालना नगर्ने व्यक्तिहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ ।

पत्रमा भनिएको छ, ‘कृष्णपुर नगरपालिकामा अझै पनि केही स्थानमा अवैध छाउपडी प्रथा कायमै रहेको पाइएकाले, सबै वडामा रहेका

यस्ता गोठहरू १५ दिनभित्र भत्काइदिनुहुन अनुरोध छ । आदेशको अवज्ञा गरेमा जनही १० हजार जरिवाना लागु गरिने छ।’

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १६८ उपदफा (३) ले छाउपडी प्रथालाई भेदभाव तथा अपमानजन्य व्यवहारसम्बन्धी कसुरका रूपमा लिएको छ । साथै महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु, गराउन नहुने प्रावधान रहेको छ । तर पनि सुदूरपश्चिमका धेरै ग्रामीण क्षेत्रमा आज पनि महिनावारी भएका महिलालाई गोठमा राख्ने कुप्रथा कायमै छ ।

२०६३ सालयता मात्रै छाउगोठमा घटेका घटनामा अछाममा १४ जना महिला तथा किशोरी , डोटीमा २ जना र बाजुरामा ३ जना गरी र हालै कञ्चनपुरमा १ जना गरी सुदूरपश्चिममा २० जनाको मृत्यु भएको देखिन्छ ।

 

 

ग्रिन एण्ड बीयर टे«ल रेसमा अल्ट्रा रनर तेञ्जी शेर्पा तेस्रो स्थानमा

क्रिष्टेड व्यूट(कोलोराडो) १३ जुलाई ।
अमेरिकाको कोलोराडोमा क्रिष्टेड व्यूट नर्डिकद्धारा १५ किमी लामो ग्रिन एण्ड बीयर टे«ल रेस प्रतियोगितामा अल्ट्रा रनर तेञ्जी शेर्पा तेस्रो भएका छन् ।

एक सय ८५ जना भन्दा बढि प्रतिस्पर्धी रहेको रेसमा शेर्पाले तेस्रो स्थान हात पारेका हुन् । उनले एक घण्टा २३ मिनेट ३ सेकेण्डमा रेस पुरा गरे ।

अल्ट्रा रनर समग्रमा छैठौ हुदा महिला तर्फको रेसमा भने उपबिजेता भईन् । राईले १५ किलोमिटर लामो रेस १ घण्टा २५ मिनेट २८ सेकेण्डमा पार गरिन् । एक मिनेटको अन्तरले उनी उपबिजेता भएकी हुन् ।

ग्रिन एण्ड बीयर टे«ल रेसमा नाम्खा शेर्पा १७ औं भए । ८८८५ फिट उचाईमा रहेको क्रिष्टेड व्यूटबाट शुरु भएको रेस ग्रिन लेकको १०५९८ फिट उचाईको फन्को मारेर क्रिष्टेड व्यूटमा पुगेर समापन भएको थियो ।

ग्रिन एण्ड बीयर टे«ल रेसमा अल्ट्रा रनर नाम्खा शेर्पा १७ औं स्थानमा

क्रिष्टेड व्यूट(कोलोराडो) १३ जुलाई ।
अमेरिकाको कोलोराडोमा क्रिष्टेड व्यूट नर्डिकद्धारा १५ किमी लामो ग्रिन एण्ड बीयर टे«ल रेस प्रतियोगितामा अल्ट्रा रनर नाम्खा शेर्पा १७ औं स्थान हात पारेका छन् ।

एक सय ८५ जना भन्दा बढि प्रतिस्पर्धी रहेको रेसमा शेर्पाले १७ औं स्थान हात पारेका हुन् । उनले १ घण्टा ४१ मिनेट ५८ सेकेण्ड रेस पुरा गरे ।

अल्ट्रा रनर तेञ्जी शेर्पा तेस्रो भए । उनले एक घण्टा २३ मिनेट ३ सेकेण्डमा रेस पुरा गरे ।

अल्ट्रा रनर समग्रमा छैठौ हुदा महिला तर्फको रेसमा भने उपबिजेता भईन् । राईले १५ किलोमिटर लामो रेस १ घण्टा २५ मिनेट २८ सेकेण्डमा पार गरिन् । एक मिनेटको अन्तरले उनी उपबिजेता भएकी हुन् ।

ग्रिन एण्ड बीयर टे«ल रेसमा नाम्खा शेर्पा १७ औं भए । ८८८५ फिट उचाईमा रहेको क्रिष्टेड व्यूटबाट शुरु भएको रेस ग्रिन लेकको १०५९८ फिट उचाईको फन्को मारेर क्रिष्टेड व्यूटमा पुगेर समापन भएको थियो ।

‘कुप्रथा’का रूपमा रहेको छाउ बार्ने चलन बन्द होस् भन्नै अझै चाहँदैनन् स्थानीय । गोठ पनि सर्प खोज्नलाई भत्काइएको बताउँछन् उनीहरू । तर सर्प भने भेटिएन । छाउँ हुँदा घर बसे कुलदेउता रिसाउने सीताको भनाइ छ । ‘हामी त मान्दैन थियौँ । तर देउता रिसाउँदा छन् । मान्छे काम्छन् । घरमा नराम्रो हुन्छ । आखिर मान्छेभन्दा ठूला त देउता हुन्, के गर्नू,’ छाउमै बस्दा देउरानी गुमाएकी उनी यस्तो ‘विश्वास’ राख्छिन् ।

सीताको घरनजिकै अछामबाटै बसाइँ सरेकी चम्फा बुढाको घर छ । उनको छाउगोठ झन डरलाग्दो झाडीमा छ । त्यो गोठमा महिनावारी हुँदा उनकी नन्द र उनी बस्छन् । जाहाँ बत्तीसमेत छैन । उनको सोच पनि सीताको भन्दा फरक छैन । ‘ज्यानको माया त सबैलाई हुन्छ नि । तर पनि देउताका लागि बस्नुपर्छ । छाउमा घरभित्र पसे त सबै परिवार कामिहाल्छन् नि,’ उनी भन्छिन् । अछामबाट मान्छे मात्र बसाइँ सरेका छैनन्, छाउगोठ पनि सँगै ल्याएका छन् ।

गत वर्ष मात्रै कृष्णपुर नगरपालिकाले चारवटा छाउगोठ भत्काएको थियो । तर स्थानीयले फेरि बनाए । कृष्णपुरका मेयर हेमराज ओझा भन्छन्, ‘जति भत्काए पनि उनीहरू पुन: बनाइहाल्छन् । यो कुप्रथाले समाजमा जरा गाडेर बसेको छ । यसलाई उखेल्नैपर्छ ।’

अहिले पनि कृष्णपुर नगरपालिकामा सयभन्दा बढी छाउगोठ छन् । जसमा सबैभन्दा बढी अछामबाट बसाइँ सरेर आएकाहरूको संख्या छ । नगरले छाउगोठ भत्काइरहन्छ, स्थानीयले बनाइरहन्छन्, श्रृंखला यस्तै जारी छ ।

छाउगोठ भत्काउन नगरपालिकाको अल्टिमेटम

कमलाको मृत्युपछि कृष्णपुरले नगरपालिका क्षेत्रभित्र अझै पनि कायम रहेका छाउपडी गोठ भत्काउन सूचना निकाल्दै १५ दिनको ‘अल्टिमेटम’ दिएको छ । छाउगोठ नहटाउनेलाई १० हजार जरिवाना तिराउने नगरपालिकाको चेतावनी छ ।

सूचनामा छाउपडी गोठ भत्काउने कामको निगरानी सम्बन्धित वडा कार्यालयमार्फत गरिने भनिएको छ । साथै, निर्देशनको पालना नगर्ने व्यक्तिहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ ।

पत्रमा भनिएको छ, ‘कृष्णपुर नगरपालिकामा अझै पनि केही स्थानमा अवैध छाउपडी प्रथा कायमै रहेको पाइएकाले, सबै वडामा रहेका यस्ता गोठहरू १५ दिनभित्र भत्काइदिनुहुन अनुरोध छ । आदेशको अवज्ञा गरेमा जनही १० हजार जरिवाना लागु गरिने छ।’

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १६८ उपदफा (३) ले छाउपडी प्रथालाई भेदभाव तथा अपमानजन्य व्यवहारसम्बन्धी कसुरका रूपमा लिएको छ । साथै महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु, गराउन नहुने प्रावधान रहेको छ । तर पनि सुदूरपश्चिमका धेरै ग्रामीण क्षेत्रमा आज पनि महिनावारी भएका महिलालाई गोठमा राख्ने कुप्रथा कायमै छ ।

 

२०६३ सालयता मात्रै छाउगोठमा घटेका घटनामा अछाममा १४ जना महिला तथा किशोरी , डोटीमा २ जना र बाजुरामा ३ जना गरी र हालै कञ्चनपुरमा १ जना गरी सुदूरपश्चिममा २० जनाको मृत्यु भएको देखिन्छ ।

ग्रिन एण्ड बीयर टे«ल रेसमा अल्ट्रा रनर मिरा राई उपविजेता

क्रिष्टेड व्यूट(कोलोराडो) १३ जुलाई ।
अमेरिकाको कोलोराडोमा क्रिष्टेड व्यूट नर्डिकद्धारा १५ किमी लामो ग्रिन एण्ड बीयर टे«ल रेस प्रतियोगितामा महिला तर्फ अल्ट्रा रनर मिरा राई उपबिजेता भएकी छन् ।

महिला तर्फको रेसमा उपबिजेता हुदा समग्र रेसमा भने छैठौ भईन् । उनले १५ किलोमिटर लामो रेस १ घण्टा २५ मिनेट २८ सेकेण्डमा पार गरिन् । एक मिनेटको अन्तरले उनी उपबिजेता भएकी हुन् ।

अल्ट्रा रनर तेञ्जी शेर्पा तेस्रो भए । उनले एक घण्टा २३ मिनेट ३ सेकेण्डमा रेस पुरा गरे ।

ग्रिन एण्ड बीयर टे«ल रेसमा नाम्खा शेर्पा १७ औं भए । उनले १ घण्टा ४१ मिनेट ५८ सेकेण्ड रेस पुरा गरे । ८८८५ फिट उचाईमा रहेको क्रिष्टेड व्यूटबाट शुरु भएको रेस ग्रिन लेकको १०५९८ फिट उचाईको फन्को मारेर क्रिष्टेड व्यूटमा पुगेर समापन भएको थियो ।

सुदूरपश्चिममा दुई विधेयक प्रमाणीकरण

कैलाली । सुदूरपश्चिम प्रदेशमा दुई विधेयक प्रमाणीकरण भएको छ । प्रदेश प्रमुख नजिर मियाँले आइतबार “आर्थिक वर्ष २०८२\०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक”र “सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक ” प्रमाणीकरण गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सभाबाट पारित भएर शुक्रवार प्रमाणीकरणका लागि आएको विधेयक आवश्यक अध्ययन पछि आइतबार प्रमाणीकरण गरिएको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साविर अलीले जानकारी दिए। विधेयक प्रमाणीकरणपछि राजपत्रमा प्रकाशित हुने छ । त्यसलगत्तै ऐनका रूपमा कार्यान्वयन हुने छ ।

आर्थिक वर्ष २०८२\०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेश सरकारलाई कानुनी आधारमा खर्च गर्न अनुमति दिने छ भने सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकले बजेट, नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने कानुनी आधार तयार गर्ने छ

छाउगोठका कमलाको मृत्यु : थियो पक्की घर, भयो देउता रिसाउने डर

भानुभक्त आचार्य,

कैलाली । अघिल्लो वर्षमात्रै कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका चार वटा छाउगोठ भत्काएको थियो । तर अझै २ सय भन्दा बढी यस्ता छाउगोठ नगर क्षेत्रमा छन् । ती मध्येकै छाउगोठमा सुतेकी कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजीको सर्पले डसेर मृत्यु भयो ।

पालिकाले बालमैत्री स्थानीय शासन घोषणाको तयारी गरेको वडामा नै छाउगोठमा सुत्दा महिलाको मृत्यु भएको हो । कमलाले भारतमा मजदुरी गरेर बनाएको पक्की घर छ । घरमा उनका ६, ८ र १२ वर्षीय छोराहरू छन् ।

आफैले बनाएको पक्की घरमा आफ्ना साना छोराहरूलाई एक्लै छोडेर नजिकैको छाउगोठमा सुत्न गएकी कमलालाई मध्यरातमा करेत सर्पले टोकेको थियो । सर्पले डसेको थाहा पाएपछि उनले छरछिमेकलाई खबर गरिन् । कमलालाई डसेको करेत सर्प उनको बिस्तरा नजिकै रहेको अवस्थामा स्थानीयले भिडिओ पनि बनाएका थिए । कमला त्यसमा रुँदै हुन्छिन् ।

कञ्चनपुरको कृष्णपुरमा सर्पको टोकाइबाट गम्भीर हुँदै गएकी कमलालाई अटो रिक्सामा राखेर कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।

प्रादेशिक अस्पतालमा बिरामीको चापका कारण आईसीयू र भेन्टिलेटर खाली थिएनन् । झन्डै डेढ घण्टापछि कमलालाई आईसीयूमा राखेर उपचार सुरु गरिएपनि उनको ज्यान भने जोगिएन ।

आफ्नै पक्की घर हुँदा पनि कुप्रथाका कारण कमला छाउगोठमा बस्न गएको र त्यहिनै उनको मृत्युको कारण बनेको कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझा बताउँछन् । ‘आफैले बनाएको घर थियो । घरमा साना छोराहरू बाहेक अरू कोही थिएनन् महिनावारी हुँदा आफ्नो राम्रो घर छोडेर बाहिर गोठका बस्न जानु हुँदैन थियो ’ उनले भने ‘एकरातलाई सन्तान छोडेर छाउगोठ जाँदा सधैँका लागि सन्तान छुटे ।’

कृष्णपुर नगरपालिकाले छाउगोठकै कारण घटना भएको भन्दै छाउगोठ भत्काउने अभियान सुरु गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले १५ दिनभित्र सबै छाउगोठ अनिवार्य रूपमा भत्काउन सार्वजनिक निर्देशन जारी गरेको छ। छाउगोठ नराख्ने व्यक्तिलाई १० हजार रुपैयाँ जरिवाना गरिने र कानुनी कारबाही अघि बढाइने बताइएको छ। कृष्णपुरमा अझै करिब २ सयको हाराहारीमा छाउगोठ हुनसक्ने नगरप्रमुख ओझा बताउँछन् । आफूहरूको १५ दिने सूचनामा सबै छाउगोठ भत्कने मेयर ओझाले विश्वास व्यक्त गरेका छन् ।

‘हामीलाई बालमैत्री वडा घोषणा गर्ने क्रममा छाउपडी कुप्रथाले समस्याका रूपमा देखा परेको थियो । त्यसपछि वडा नम्बर १ को कुमगडामा केही छाउगोठ भत्काइएको थियो तर अझै यो प्रथा कायमै हुँदा दुःखद घटना व्यहोर्नुप¥यो ’ नगरप्रमुख ओझा भन्छन्, ‘ अहिले १५ दिनको सूचना जारी गरेर छाउगोठ भत्काउन भनेका छौँ भत्काइएन भने जरिमाना गराउँछौँ । ’

छाउपडीलाई गैरकानुनी घोषणा गरिँदै २०७४ सालको मुलुकी अपराध संहिताले छाउगोठ बसाल्ने वा बस्न बाध्य पार्ने व्यक्तिलाई ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान राखेको छ। सार्वजनिक ओहदामा बसेका व्यक्तिले यस्तो गरे दोब्बर सजाय हुने व्यवस्था पनि छ। तर कानुन कार्यान्वयनका हिसाबले छाउपडी अझै पनि सुदूरपश्चिमको सामाजिक संरचनामा गढिएको छ।

प्रदेश प्रहरीको तथ्यांकअनुसार सुदूरपश्चिममा ७ हजार ५४५ छाउगोठ भत्काइएका थिए, जसमध्ये कञ्चनपुरमै २३० वटा छन्। छाउगोठ भत्काएपनि महिनावारी हुँदा छाउगोठमा बस्ने अन्धविश्वास अझै भत्किएको छैन ।

कैलालीको मोहन्यालमा केही समयअघि छाउगोठमा बसेकी महिलालाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो। गोदावरी, धनगढीमा मात्रै होइन ग्रामीण क्षेत्रमा अझै धेरै अन्धविश्वास रहेको पाइन्छ ।

कैलाली कञ्चनपुर जस्ता तराइका जिल्लाहरूमा त महिनावारी हुँदा छाउगोठमा बस्दा ज्यान गुमाउनु परेको घटना सार्वजनिक हुन्छन् भने पहाडी जिल्लाको अवस्था सहजै अनुमान गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय केआई खेलकुद महोत्सवमा नेपाललाई ४ पदक

 काठमाडौं । नेपाली कराते खेलाडीले अन्तर्राष्ट्रिय केआई खेलकुद महोत्सवमा २ स्वर्ण र २ कांस्य पदक जितेका छन् ।

दक्षिण कोरियाको बुसानमा भएको प्रतियोगितामा अनु मोक्तान र विकास घर्तीले स्वर्ण जितेको निर्णायक महेश महर्जनले जनाएका छन् ।

आशिष धामी र जमानसिंह गुरुङले कांस्य जिते । जमान कोरियामै बस्दै आएका छन् ।

प्रतियोगितामा चित्र श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

काठमाडौं महानगरले ल्यायो २५अर्ब ७६ करोडको बजेट

काठमाडौं– काठमाडौंं महानगरपालिकाले २५अर्ब ७६ करोडको बजेट पेश गरेको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी हुन् ।

उनले आगामी आर्थिक वर्षका लागि रु २५ अर्व ११ करोड ४३ लाख ४१ हजार रुपैया संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैया अन्य वाह्य व्ययभार हुने गरी कुल रु.२५ अर्व ७६ करोड ४३ लाख ४१ हजारको बजेट विनियोजन गरेकी हुन् ।

आईसीसी पुरुष टी–२० विश्वकप छनोट : प्रारम्भिक चरणको बन्द प्रशिक्षणका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष टी–२० विश्वकपको एसिया–प्यासिफिक क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताका लागि तयारी क्याम्प शुरू गर्न आइतबार ३२ सदस्यीय टोलीको घोषणा गरेको छ ।

टोलीमा अनुभवीसँगै युवा खेलाडीलाई पनि स्थान दिइएको छ । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार, घोषित टोलीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, अनिल साह र आसिफ शेख रहेका छन् ।

यसैगरी, टोलीमा लोकेश बम, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, सन्दीप लामिछाने, प्रतीस जीसी, ललितनारायण राजवंशी र गुलशनकुमार झालाई पनि समावेश गरिएको छ ।

यसैगरी, टोलीमा रूपेशकुमार सिंह, बसिर अहमद, साहब आलम, युवराज खत्री, किरण ठगुन्ना, सागर ढकाल, आकाश चन्द, विवेककुमार यादव, आदिल अन्सारी, पवन सर्राफ, सन्दीप जोरा, शेर मल्ल, शुभ कंसकार, अर्जुन घर्ती र कमलसिंह ऐरीले पनि स्थान पाएका छन् ।

आईसीसी पुरुष टी–२० विश्वकपको एसिया तथा प्रशान्त क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा परेको छ । छनोट प्रतियोगिता आगामी अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।

समूह ‘बी’मा नेपालसँगै कुवेत र जापान पनि परेका छन् । प्रतियोगितामा सहभागी नौ वटा टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । समूह ‘सी’मा ओमान, पपुवा न्यू गिनी र सामोआ छन् ।

समूहगत चरणमा सहभागी सबै टोलीले एक–अर्कासँग एक/एक खेल खेल्नेछन् । अन्तिम चरणको छनोट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल अक्टोबर ८ तारिखमा कुवेतसँग खेल्नेछ । नेपाली टोलीले आफ्नो दोस्रो खेल अक्टोबर १० तारिखमा जापानसँग खेल्नेछ ।

प्रारम्भिक चरणको खेलपछि प्रत्येक समूहबाट दुई टोली प्रतियोगिताको ‘सुपर–६’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर–६’ चरणका ६ टोलीलाई एउटै समूहमा राखेर प्रतिस्पर्धा गराइने छ । त्यसपछि अंक तालिकाको माथिल्लो तीन स्थानमा रहने टोली आगामी विश्वकपमा छनोट हुनेछन् ।

आईसीसी टी–२० विश्वकपको १०औं सँस्करण सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । उक्त विश्वकपमा २० वटा टोलीले सहभागिता जनाउने छन् । त्यसमध्ये १५ टोलीको टुंगो लागिसकेको छ ।

भारत र श्रीलंकाले आयोजकका रुपमा सन् २०२६ को टी–२० विश्वकप खेल्नेछन् । अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज भने अघिल्लो सँस्करणमा गरेको प्रदर्शनका आधारमा सन् २०२६ को विश्वकपमा छानिएका हुन् ।

आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान सन् २०२४ जुन ३० सम्मको आईसीसी वरीयताका आधारमा आगामी विश्वकपमा स्थान बनाउन सफल भएको हो । क्यानडा अमेरिकी क्षेत्रबाट छनोट चरण पार गर्दै विश्वकपमा छनोट भएको हो ।

युरोपबाट इटाली र नेदरल्यान्ड्स छनोट भइसकेका छन् । अब एसिया तथा प्रशान्त क्षेत्रबाट तीन र अफ्रिका क्षेत्रबाट दुई टोली विश्वकपमा छनोट हुन बाँकी छ । नेपालले हालसम्म दुईपटक टी–२० विश्वकप खेलिसकेको छ ।

३१ अंकले बढेर नेप्से २७६२ बिन्दुमा

काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.०८ अंक अर्थात् १.१३ प्रतिशत बढेर २७६२.८८ बिन्दुमा रोकिएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार पनि नेप्से २५.८९ अंकले बढेको थियो भने बुधबार २२.०४ अंकले उकालो लागेको थियो ।

शुक्रबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको थियो । गभर्नर विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीति पुँजी बजारको पक्षमा आएपछि सेयर बजारमा आइतबार बिहानदेखि नै सकारात्मक छाएको थियो ।

आइतबार प्रिओपन सेसनमै ३५ अंकले बढेको नेप्से २७९८ बिन्दुसम्म पुगेको भएपनि बन्द हुने समयमा भने केही सम्हालिँदै २७६२ मा रोकिएको हो ।

आइतबार नेप्सेमा कुल ११ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा कुल ९ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आइतबार नेप्सेमा कारोबारमा आएकामध्ये १५८ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको घटेको छ ।

आइतबार एनआईसी एसिया बैंक र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा जीवन विकास लघुवित्तको सेयर मूल्य ९.६१ प्रतिशतले उकालो लागेको छ ।

बजार उच्च अंकले बढ्दा पनि हिमालयन हाइड्रोपावरको सेयर मूल्य भने ९.९३ प्रतिशते घटेको छ । आइतबार बैंकिङ समूहको सेयर मूल्य ३.३७ प्रतिशत र लघुवित्त समूहको ३.५० प्रतिशतले बढेको छ ।

सुदन किरातीको टिप्पणी- मन्त्रीको घुस काण्डले सरकारको छातीमा कुशासनको तक्मा थपियो

काठ्माण्डौँ- नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस काण्डको अडियो बाहिरिएको भन्दै सुशासनको लागि भन्दै बनेको सरकारको छातीमा फेरि कुशासनको तक्मा थपिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले देशको छविमाथि अन्तर्राष्ट्रिय मञ्चमा गम्भीर प्रश्न उठेको भन्दै उनले यसबारे सरकारको तर्फबाट संसद्लाई जानकारी गराइनुपर्ने बताएका हुन् ।

उनले भने, ‘सामान्य प्रशासन र भूमिसुधारमन्त्रीको बारेमा सर्वत्र मिडियामा आएको कुरा के हो ? मलाई राम्रोसँग स्मरण छ यही उभिएर सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा । म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न । यो जुनीमा त के अर्को जुनीमा पनि चित्र गुप्ताको अगाडि उभिएर जवाफ दिन्छु । हामीलाई अर्को जुनी र चित्र गुप्ताको विश्वास छैन । त्यसैले सरकारको तर्फबाट यो सार्वभौमिक संसदलाई सत्य तथ्य जवाफ चाहियो ।’

उनले स्पेनमा आयोजित प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रमको नाममा भएको मानव तस्करी छानबिनको माग गरेका छन् । उनले उक्त विषयमा सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गरे ।

अबको १५ वर्षभित्र देशलाई गरिबीबाट मुक्त गर्नुपर्छ : प्रधानमन्त्री

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको उद्घाटन गरेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुलको उद्घाटन गरेका हुन्।

प्रधानमन्त्री ओलीले छेउमै नदी भए पनि खेतमा सिंचाइ र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्नुपर्ने आव्हान गरे । उनले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमूना कार्य गर्न स्थानीय तहलाई आग्रह गरे।

त्यसअघि प्रधानमन्त्रीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका थिए।

मियामीको जितमा मेस्सीको अर्को कीर्तिमान

काठमाडौं । लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा इन्टर मियामीले मेजर लिग सकर ( एमएलएस) मा रोमाञ्चक जित निकालेको छ । आइतबार बिहान नेसभिलविरुद्धको खेलमा कप्तान मेस्सीले दुई गोल गरेपछि मियामीले २–१ को जित निकालेको हो ।

यो जितले मियामीलाई मात्र होइन, एमएलएसको इतिहासमै नयाँ अध्याय थपेको छ । लगातार ५ खेलमा समान दुई गोल गर्दै मेस्सी प्रतियोगिताको इतिहासमा यस्तो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी बनेका छन् ।

खेलको १७औँ मिनेटमा गोल गर्दै मेस्सीले मियामीलाई अग्रता दिलाए । उनले ६२औँ मिनेटमा निर्णायक गोल गर्दै मियामीलाई रोमाञ्चक जित दिलाए । पछिल्ला पाँच खेलमा मेस्सीले १० गोल गरेका छन् ।

यो जितपछि मियामीले १९ खेलमा ३८ अंक जोड्दै इस्टर्न कन्फ्रेन्सको पाँचौं स्थानमा उक्लिएको छ । पराजित नेसभिल २२ खेलमा ४१ अंकसहित तेस्रो स्थानमा यथावत् छ ।

स्पेन प्रकरणबारे रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेनको कार्यक्रममा भाग लिन गएका नेपाली नफर्किएका विषयमा जवाफ माग गरेकी छन् । आइतबार (असार २९) प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीको जवाफ मागेकी हुन् ।

स्पेन प्रकरणले मानव तस्करीको सञ्जाललाई राजनीतिक संरक्षण दिइएको छर्लंग भएको उनले आरोप लगाइन् । उनले ०७८ साल फागुनमा बनाइएको भिजिट भिसासम्बन्धी अध्ययन प्रतिवेदन अझै सार्वजनिक नगरिएकामा पनि आपत्ति जनाइन् ।

उनले भिजिट भिसा प्रकरणको अनुसन्धानका निम्ति संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन आयोग गठनको माग गरिन् ।

उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री समेत पोलिएको संघीय मामिलामन्त्रीको अडियोको समेत निष्पक्ष छानबिन गर्न माग गरिन् ।

मन्त्री गुप्ताको अडियो छानबिन गर्न रास्वपा सांसद सुमना श्रेष्ठको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो काण्ड छानबिन गर्न माग गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले छानबिनको माग गरेकी हुन् ।

‘मन्त्रिमण्डलको अर्को काण्ड कास्कीको मालपोत कार्यालयमा को पठाउने भन्नेबारे सेटिङ, जिल्लाको भूमि आयोगमा सेटिङ भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न खोजेको कुरो त बुझ्यौ नी,’ सांसद श्रेष्ठले भनिन्, ‘आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन, एउटा मन्त्रीले अर्को मन्त्री पोलेको छ । यसको छानबिनको माग गर्दछौँ ।’

उनले सम्बन्धित ठाउँ भनेको कुन ठाउँ हो ? कसको ठाउँ हो भनेर प्रश्न गरिन् । ‘अडियोमा भनिएको बा को हुन् ? दुई तिहाइ भनेको मिलिजुली भाग खानलाई हो ? कसको तागत, कस्तो संस्कार के फरक भयो यी सबै वर्षहरूमा ? जनताले के पाए ?,’ सांसद श्रेष्ठले भनिन् ।

खोज्नुहोस