संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा सञ्चारमन्त्रीले प्रस्तुत गर्ने

काठमाडौं । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पेश भएको संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा प्रस्तुत हुने भएको छ ।

मङ्गलवार दिउसो सवा १ बजेका लागि तय भएको राष्ट्रियसभाको बैठकको कार्यसूचीको दोस्रो नम्बरमा संघीय निजामती सेवा विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव रहेको छ ।

प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । तर, घुस लेनदेनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएसँगै मन्त्री गुप्ताले मङ्गलवार बिहानै प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा दिइसकेका छन् ।

मन्त्री गुप्ताले राजीनामा दिएसँगै संघीय निजामती विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुगले प्रस्तुत गर्ने भएका छन् ।

विधेयकमाथीको सैद्धान्तिक छलफलमा सांसद आनन्दप्रसाद ढुंगाना, जगप्रसाद शर्मा, जयन्तीदेवी राई, मोहम्मद खालिद, शेखरकुमार सिंह, दुर्गा गुरुग, राजेन्द्रलक्ष्मी गैरे, राधेश्याम पाश्वान र सोनाम गेल्जेन शेर्पाले भाग लिनेगरी नाम दर्ता गराएका छन् । विधेयकमाथी करिब डेढ घण्टा छलफल हुने कार्यसूची रहेको छ ।

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न दिएका थिए । उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबस्दासम्म विरोध गरिरहने बताए ।

त्यसपछि सभामुख घिमिरेले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्ने समय दिए । उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताए ।

दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।

एमालेले ‘दुई पुस्ता सँगसँगै’ कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं : नेकपा एमालेले ‘दुई पुस्ता सँगसँगै’ विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। नेकपा एमालेको केन्द्रीय संगठन विभागको सोमबार बसेको बैठकले हरेक वडामा अग्रजलाई सम्मान र युवा प्रशिक्षण कार्यक्रम सँगसँगै आयोजना निर्णय भएको संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए।

बैठकले जरा अभियान जस्तै अभियान लिएर एमाले जनताका घर घरमा जानुपर्ने निष्कर्ष निकालेको छ। एमालेले सबै तहका पार्टी कमिटीमा लघु प्रशिक्षणसहितका बैठकको परिपाटी बसाले स्तरोन्नती गर्ने भएको छ।

यसैगरी बैठकले सदस्यता नवीकरण-पूर्व अनिवार्यरुपमा परीक्षा दिनुपर्ने व्यवस्था गर्ने जनाएको छ। पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन संगठनात्मक क्षेत्रका कामलाई व्यवस्थित योजनाका साथ विभागहरुलाई क्रियाशित बनाउने र विधान महाधिवेशनका तयारीका लागि संगठनात्मक दस्तावेजका लागि माग गरिएका विषयमा पार्टी नेतृत्वलाई रिपोर्ट उपलब्ध गराइएको निर्णय भएको छ।

सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः १ अर्ब ५४ करोड बजेट स्वीकृत

कैलाली । सुदूरपश्चिम विश्वविद्यालयले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५४ करोड रुपैयाँको अनुमानित बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको विश्वविद्यालयको १३औँ सभाको बैठकले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५४ करोड रुपैयाँको अनुमानित बजेट स्वीकृत गरेको हो ।

बैठकले विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. विनोद लेखकद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत गरिएको हो । कुलपति ओलीले विश्वविद्यालयको आर्थिक स्थितिलाई तन्दुरुस्त राख्न आग्रह गर्दै बजेट प्रस्तुत गर्दा यथार्थ चित्रका आधारमा गर्न निर्देशन दिए ।

साथै आर्थिक वर्ष २०८१-८२ को नियमानुसार लेखा परीक्षण गराउन पनि उनले निर्देशन दिए ।

साफ यू–२० च्याम्पियनसिपमा आज श्रीलंकासँग नेपाल खेल्दै

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा आज नेपालले श्रीलंकासँग खेल्दै छ । बंगलादेशको बसुन्धरा किंग्समा हुने खेल नेपाली समयानुसार साँझ ६ः४५ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल दोस्रो जितको खोजीमा छ । नेपालले यसअघिका दुई खेलमध्ये एकमा जित र अर्को हार बेहोरेको थियो ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले भुटानविरुद्ध ६–१ को जित निकालेको थियो । तर, दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भयो ।

यता, श्रीलंकाले यसअघिका दुईमध्ये दुवै खेलमा हार बेहोरेको थियो । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग ९–१ ले, दोस्रो खेलमा भुटानसँग ५–० ले पराजित भएको थियो ।

कञ्चनपुरको बन्धातालमा पूर्वाधार निर्माण गरिँदै

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका– ४ स्थित पर्यटकीय गन्तव्य बन्धातालको पर्यटन विकासका लागि पूर्वाधार निर्माण सुरु गरिएको छ ।

सरकारले २०७५ सालमा घोषणा गरेका सय वटा नयाँ पर्यटकीय गन्तव्यमध्येको बन्धातालमा पर्यटकीय पूर्वाधार निर्माणका लागि सङ्घ सरकारको पाँच करोड ४३ लाख रुपैयाँ लागतमा निर्माणकार्य भइरहेको छ । ताललाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने लक्ष्यअनुरूप गत जेठमा ठेक्का सम्झौता भएर काम भइरहेको बेलौरी नगरपालिकाका इञ्जिनियर जगदीश जोशीले जानकारी दिए ।

उनले पहिलो चरणमा तालको चारैतिर पर्खाल निर्माण गरेर संरक्षण गरिने र पर्यटकको सहजताका लागि विभिन्न संरचना निर्माण हुने बताए । २७ बिघा क्षेत्रफलमा फैलिएको यो तालको संरक्षण र पर्यटकीय विकासका लागि पालिकाले पनि नगर गौरवको योजनामा समेटेर बन्धाताललाई बेलौरीको चिनारीका रूपमा विकास गर्न खोजेको बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले बताए ।

ताल परिसरमा पूर्वाधार निर्माणका लागि दाउत निर्माण सेवा र भूमिराज कन्स्ट्रक्सनले संयुक्त रूपमा काम गरिरहेका छन् । गत जेठ ९ गतेको ठेक्का सम्झौताअनुसार आगामी असार मसान्तभित्र काम सम्पन्न गरिसक्नुपर्ने छ । स्थानीयका अनुसार गोलो घेरामा फैलिएकाले तालको नाम बन्धाताल रहन गएको हो । उक्त तालमा विभिन्न प्रजातिका माछा, जलपन्छी र चराचुरुङ्गीको समेत अवलोकन गर्न सकिन्छ ।

मन्त्रीबाट राजीनामा दिएपछि गुप्ताले भने– नखाएको विष लाग्यो

काठमाडौं । घुस डिल प्रकरणमा विवादित बनेपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । अडियो सार्वजनिक भएपछि विवादमा तानिएका गुप्ताले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीको सचिवालयलाई राजीनामा बुझाएका हुन् ।

राजीनामा दिएपछि गुप्ताले घुस डिलको विषय उल्लेख गर्दै नखाएको विष लागेको दाबी गरेका छन् ।

‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ । कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको सिकार भएँ,’ गुप्ताले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा गरेको छु ।’

उनले प्रविधिको प्रयोग गरेर आफूलाई फसाइएको दाबी पनि गरेका छन् ।

‘प्रविधिको उच्चतम प्रयोगको सिकार अब अरु कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्म विभिन्नरूपले आफूलाई सहयोग गर्नुहुनेहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ गुप्ताले भनेका छन्, ‘अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठा को साथ पूरा गर्ने प्रतिवद्धताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।’

एमालेका केन्द्रीय सदस्य एवं सांसदसमेत रहेका गुप्ता मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादित बनेका थिए ।

ऊर्जा संकटकाल घोषणा गर्न निजी क्षेत्रको माग

काठमाडौं । जलविद्युत् विकासका निम्ति ऊर्जा संकटकाल घोषणा गर्न निजी क्षेत्रले माग गरेको छ । १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने भए ऊर्जा संकटकाल लगाउनुपर्नेमा निजी क्षेत्रले जोड दिएको छ ।

मंगलबार (असार ३१) राजधानीमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)को २३औँ वार्षिक साधारणसभामा अध्यक्ष गणेश कार्कीले नेपालको समृद्धिको एक मात्र क्षेत्र जलविद्युत् भएको बताए । यसनिम्ति सरकार गम्भीर हुनुपर्ने उनले उल्लेख गरे ।

काठमाडौं । जलविद्युत् विकासका निम्ति ऊर्जा संकटकाल घोषणा गर्न निजी क्षेत्रले माग गरेको छ । १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने भए ऊर्जा संकटकाल लगाउनुपर्नेमा निजी क्षेत्रले जोड दिएको छ ।

मंगलबार (असार ३१) राजधानीमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)को २३औँ वार्षिक साधारणसभामा अध्यक्ष गणेश कार्कीले नेपालको समृद्धिको एक मात्र क्षेत्र जलविद्युत् भएको बताए । यसनिम्ति सरकार गम्भीर हुनुपर्ने उनले उल्लेख गरे ।

कार्कीले ऊर्जा क्षेत्रमा निजी क्षेत्रको योगदान, अवसर, चुनौती र समाधानका उपाय प्रस्तुत गर्दै सरकारसँग ठोस पहलको माग गरे । उनले निजी क्षेत्रको सक्रियताले मुलुक लोडसेडिङमुक्त बनेको स्मरण गरे । जलविद्युतु विकासलाई रोकिरहेका कानुनी, संरचनात्मक र नीतिगत अवरोध हटाउन तत्काल ऊर्जा संकटकाल घोषणा गर्नुपर्ने उनले धारणा राखे ।

उनका अनुसार, हाल देशको विद्युत् उत्पादन ३६ सय मेगावाटजति छ । तर, अध्ययनानुसार नेपालको कुल जलविद्युत् उत्पादन क्षमता दुई लाख मेगावाटभन्दा बढी रहेको उनले बताए । हाल उत्पादित विद्युत्को ८१ प्रतिशत निजी क्षेत्रबाट छ ।

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याउने तयारी भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहति मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन्। मुस्ताङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद्सहित स्थानीय तहका जनप्रतिनिधिहरूसँग सोमबार राति प्रधानमन्त्री निवास,बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले यसबारे जानकारी गराएका हुन् ।

यही असार २४ गतेको गोसाइकुण्ड गाउँपालिका–२ मा आकस्मिक बाढीका कारण नेपाल–चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल बगाइ आवागमन बन्द भएकै दिन प्रधानमन्त्री ओलीले सो क्षेत्रको स्थलगत भ्रमण गरी वैकल्पिक मार्ग र नाका पूर्ण सञ्चालनका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका थिए।

प्रधानमन्त्री ओलीले आफूले बेनीघाट–कोराला बाटो निर्माण सुरु गरेको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुक्तिनाको भ्रमण गराएको, मुक्तिनाथ केवलकार सञ्चालनका लागि प्रक्रिया अघि बढाएको, स्याउको सुपर जोन निर्माण र च्याङ्ग्रापालन आदि काममा प्राथमिकता दिएको पनि स्मरण गराएका थिए।

प्रधानमन्त्री ओलीसँग प्रतिनिधिमण्डलले मुस्ताङको माथिल्लो भेगका लोमान्थाङ र लो–घेकार दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा नेपाल सरकारले निषेधित क्षेत्र घोषणा गरी प्रति विदेशी पर्यटक ५०० अमेरिकी डलर शुल्क उठाउँदा पर्यटकमा कमी आएकाले पर्यटन रोयल्टीबारे पुनः विचार गर्न माग गरेको थियो ।

साथै कालिगण्डकी करिडोरको कागबेनी–कोरला सडक खण्डमा कालोपत्र गर्न र आवश्यक संरचना निर्माण गरी कोरना नाकामा पूर्णरुपमा सञ्चालनमा ल्याउन माग गरिएको थियो । कोराला नाकामा भन्सार, अध्यागमन, एकीकृत सुरक्षा पोष्ट, सुख्खा बन्दरगाहलगायत व्यापारिक प्रतिष्ठानका भौतिक निर्माण आवश्यक रहेको विषयमा ध्यानाकर्षण गराइएको छ । सडक र नाका पूर्ण सञ्चालन नहुँदा तथा निषेधित क्षेत्रको कार्यान्वयनका कारण माथिल्लो मुस्ताङका होटेल तथा स्थानीय व्यवसायी घाटामा रहन बाध्य भएको जनप्रतिनिधिको गुनासो थियो ।

प्रतिनिधिमण्डलमा सङ्घीय सांसद योगेन्द्र गौचन थकाली, लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टासी न्हर्वु गुरुङ, लोप्साङ छोम्पेल विष्टलगायत सहभागी थिए। कागबेनी–कोरला सडक खण्ड ९७ किलोमिटर कालोपत्रका लागि ठेक्का हुन बाँकी रहेको छ भने तातोपानी खोला, दाना खोला, पाण्डा खोला, तान्ग्बे खोलामा पुल निर्माणमा ठेक्का तोडिएकाले पुनः सुचारु गर्नुपर्ने देखिएको छ ।

घूस प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौँ — बिचौलियासँग घूसको संवादपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा यसबारे उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा गरेको छु ।’

विगत केही दिनदेखि आफ्नो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ । म अहिले त्यसैको सिकार भएँ ।’

गुप्ता र बिचौलियाबीच आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि उनलाई बर्खास्त गर्न माग उठिरहेको थियो ।

अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु

काठमाडौं । अमेरिकामा भएको एक कार दुर्घटनामा दुईजना नेपालीको मृत्यु भएको छ ।

अमेरिकाको लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थी राजन यादव र रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको एक स्थानीय अनलाइनले जनाएको छ । दुर्घटनामा अरु दुईजना घाइते भएका छन् । अमेरिकामा भारी वर्षा आँधीबेहरीको समयमा दुर्घटनामा परेको जनाइएको छ ।
कार एक रुखमा ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका दुईजनाको एक स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

मन्त्री गुप्ताले राष्ट्रिय सभामा निजामती विधेयक प्रस्तुत गर्ने

काठ्माण्डौँ- सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक मंगलबार दिउँसो बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त निजामती सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यो विधेयकमा कुलिङ अफ पिरियडबारे चलखेल भएको थियो । जसलाई राष्ट्रिय सभाबाट सच्चाउने अपेक्षा गरिएको छ ।

मन्त्री गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुस रकम डिल गरेको अडियो सार्वजनिक भएपछि सत्ता र प्रतिपक्षीका सांसदहरूले उनको राजीनामा र सरकारको जवाफ माग गरिरहेका छन् । मन्त्री गुप्ता र अडियोबारे सत्यतथ्य माग भइरहेपनि उनले राजीनामा दिएका छैनन्, भने प्रधानमन्त्रीले समेत बर्खास्त गरेका छैनन् । प्रश्न उठेपछि गुप्ताले राजीनामा दिने वा बर्खास्त हुने अपेक्षाविपरित सोमबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री गुप्ता सहभागी भएका थिए ।

यस्तै मंगलबारकै राष्ट्रिय सभा बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

शुक्लाफाँटामा सुनौलो तोप चरा फेला

धनगढी। सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस वर्ष १८४ वटा सुनौलो तोप चरा अभिलेख भएका छन् ।

जुलाई पहिलो साता गरिएको वार्षिक गणनाको क्रममा सो सङ्ख्यामा सुनौलो तोप चरा भेटिएका हुन । जसमा भाले ९२ वटा, पोथी ६९ र बच्चा २३ वटा रहेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।

यसै गरी, ११४ वटा सक्कली र १२२ वटा नक्कली गरी २३६ वटा गुँड भेटिएको जनाइएको छ । गत वर्ष निकुञ्जमा २१३ वटा सुनौलो तोप चरा अभिलेख गरिएको थियो । सङ्कटापन्न अवस्थामा रहेको यो प्रजातिका चराको सङ्ख्या र अवस्था अद्यावधिक गर्ने उद्देश्यले निकुञ्ज र नेपाल पंक्षी संरक्षण सङ्घ ९बिसिएन० ले हरेक वर्ष सुनौलो तोप चराको गणना गर्दै आएको चराविद् हिरुलाल डंगौराले जानकारी दिए ।

विश्व प्रकृति संरक्षण सङ्घ ९आइयुसिएन० को रातो सूचीमा रहेको सुनौलो तोप चरा नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमामात्रै पाइने गरेका छन् ।

कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल

काठमाडौं । कर्णाली याक्स स्पोट्र्स प्रा.लिले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षक रुपमा निरन्तरता दिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका निम्ति टोलीको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा मल्ललाई नियुक्त गरेको कर्णाली याक्स स्पोट्र्स प्रालिका निर्देशक गृहेन्द्र घिमिरेले जानकारी गराएका छन् ।

पहिलो संस्करणमा पाएको सफलतामा पूर्व अन्तर्राष्ट्रिय खेलाडी मल्लको महत्वपूर्ण भूमिका रहेको छ । त्यसैले पनि सहकार्यलाई निरन्तरता दिन पाउँनु खुशीको कुरा रहेको निर्देशक घिमिरेले बताएका छन् । सम्झौता अवधि एक वर्षको लागि हुनेछ । २०८१ मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म भएको प्रतियोगितामा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।

‘नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहनु भएका ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा हाम्रो टोलीले पहिलो संस्करणमा शीर्ष चारमा रहँदै प्लेअफसम्मको यात्रा तय गरेको थियो । आगामी संस्करणमा पनि हामीले उहाँको प्रशिक्षणमा टोलीले सफलता हात पार्ने विश्वास छ । प्रशिक्षकको रुपमा उहाँलाई नै निरन्तरता दिन पाउँदा हामी हर्षित छौँ,’ कर्णाली याक्स स्पोट्र्स प्रालीका निर्देशक घिमिरेले बताए ।

कर्णाली याक्सले प्रतियोगिताको दोस्रो संस्करणका निम्ति मार्कीसहित सात खेलाडीलाई रिटेन गरिसकेको छ । कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीले रिटेन गरेको थियो ।

अघिल्लो सिजन भारतीय चर्चित ओपनर शिखर धवन अनुबन्ध गरेको कर्णाली याक्सले यो सिजन पनि चर्चित खेलाडी अनुबन्ध गर्दै बलियो दाबेदारी दिने रणनीति तयार पारेको छ ।

नियुक्तीसँगै प्रशिक्षक मल्लले जिम्मेवारी दिएकोमा धन्यवाद दिँदै दोस्रो संस्करण काम गर्न उत्साहित भएको बताएका छन् । ‘कर्णाली याक्स स्पोट्र्स प्रा।लीले एकपटक फेरी मलाई विश्वास गरेर जिम्मेवारी दिएको छ । याक्स परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘पछिल्लो पटक हामीले निकै राम्रो गरेका थियौं। यो पटक त्यस्तै प्रदर्शन गर्दै उपाधि जिताउने योजना बनाएको छु । टोलीका नयाँ खेलाडीसँग काम गर्न निकै उत्साहित छु ।’

कञ्चनपुरमा ‘छाउपडी गोठ’ भत्काउने अभियान सञ्चालन हुने

धनगढी : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले छाउपडी गोठ भत्काउन अभियान सञ्चालन गर्न भनेको छ। प्रशासन कार्यालयले सोमवार जिल्लाका नौ वटै पालिकालाई पत्र काट्दै छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न भनेको हो।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित पत्रमा कृष्णपुर नगरपालिका – १ मा छाउपडी गोठमा सुतिरहेकी कमला दमाइको सर्पको टोकाइबाट मृत्यु भएको सन्दर्भमा जिल्लाका नौ वटै स्थानीय तहमा छाउपडी गोठ भत्काउन भनिएको छ। पत्रका परम्परागत रूपमा चलिरहेको कुप्रथा उन्मुलन गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएकाले पालिकाबाट आवश्यक निर्णय गरी सामाजिक कुप्रथा अन्त्य गर्न छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न अनुरोध गरिएको छ।

असार २७ गते छाउगोठमा गोठमा सुत्न गएका बेला सर्पले टोकेर घाइते भएकी कमलाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा असार २८ गते मृत्यु भएको थियो। यसअघि आइतवार कृष्णपुर नगरपालिकाले पनि नौ वटै वडालाई सम्बोधन गर्दै १५ दिन भित्र छाउपडी गोठहरूको निरीक्षण गरी भत्काउन भनेको थियो। पत्रमा उक्त कार्य कार्यान्वयनमा नल्याए कानुनी कारबाही सहित १० हजार जरिबाना हुने उल्लेख छ।

 

स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गर्छौँ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य पुष्टि हुने गरी स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिने बताएका छन्।   त्रिभुवन विश्वविद्यालयको ४३ औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित समारोहमा उनले स्वास्थ्य बीमाका नाममा कतिपय दुरुपयोग हुने गरेको पाइएको बताएका हुन्।

प्रधानमन्त्री ओलीले निरोगी नेपाल अभियान र बिरामीलाई सही उपचार गराउने काममा थप सफलता हासिल गर्न त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताललाई आग्रह पनि गरे। प्रधानमन्त्री ओलीले नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वोत्कृष्टता हासिल गरेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वास्थ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा यसले अझै सफलता हासिल गर्दै जानुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले आफूले दोस्रो पटक मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालमै गरेको स्मरण गर्दै नेपालमै हुने उपचार यही गर्नुपर्ने बताए।  कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट कर्मचारी  र अस्पतालको विस्तार सेवा भवन निर्माणमा सहयोग गर्ने संस्थाहरूलाई सम्मान गरे।

अमेरिकाले पहिलो पटक एफ ३५ लडाकु विमान फिलिपिन्स पुर्‍यायो

काठमाडौं– अमेरिकाले फिलिपिन्समा पहिलो पटक एफ ३५ अत्याधुनिक लडाकु विमान परिचालन गरेको छ । चीनको बढ्दो प्रभावसँगै दक्षिण चीन सागरमा तनाव बढिरहेका बेला अमेरिकाले फिलिपिन्समा एफ ३५ लडाकु विमान परिचालन गरेको हो ।

हालै अमेरिकी लडाकु विमानवाहक युद्धपोत यूएसएस जर्ज वाशिंटन फिलिपिन्सको राजधानी मनिलास्थित बन्दरगाह पुगेको थियो । भारतीय समाचार संस्था एएनआईका अनुसार यससँगै अमेरिकाले पहिलो पटक फिलिपिन्समा पाचौँ पुस्ताको अत्याधुनिक एफ ३५ लडाकु विमान परिचालन गरेको हो ।

ती लडाकु विमानले फिलिपिन्सको वायुसेनासँग मिलेर संयुक्त सैन्य अभ्यास गर्ने कार्यक्रम छ । जुलाई ७ देखि १८ सम्म सञ्चालन हुने उक्त अभ्यासलाई ‘कोप थन्डर २५–२’ नाम दिइएको छ ।

अमेरिका र फिलिपिन्सबीच लामो समयदेखि रक्षा सन्धि कायम छ । यसअनुसार फिलिपिन्सको सार्वभौमिकताको रक्षा गर्न अमेरिकाले सहयोग पुर्‍याउँदै आएको छ ।

आयुष र एलिजेले गरे कोर्ट म्यारिज

काठमाडौं। चर्चित टिकटकर जोडी एलिजे जमाली र आयुष सिंह ठकुरीले अदालती विवाह गरेका छन् । काठमाडौं जिल्ला अदालतमा यी दुईले कोर्ट म्यारिज गरेका हुन। आफ्नो कोर्ट म्यारिजको तस्विर दुवैले आफ्नो सामाजिक संजालमा शेयर गरेका छन।

 

विवाहको तस्बिर शेयर गर्दै एलिजेले लेखेकी छिन, ‘उनीहरूले हामीलाई अनलाइन खोजे तर हामीले हाम्रो सधैंको लागि अनलाइनमा हस्ताक्षर गरिरहेका थियौं। मिस्टर एण्ड मिसेस।’

२०८० असोज १९ गते आयुष र एलिजेले दुबईमा ईन्गेजमेन्ट गरेका थिए। यी दुईको ईन्गेजमेन्टको क्लिप्सहरु टिकटकमा भाइरल भ्रएको थियो। इन्गेजमेन्टको खवर पनि यी दुईले आफ्नो सामाजिक संजालबाट जानकारी दिएका थिए।

एलिजे पाकिस्तानी हुन भने आयुष नेपाली हुन्। यी दुईको भेट टिकटक लाईभमार्फत भएको थियो। लाइभबाटै यी दुई प्रेमसम्बन्धमा बाँधिएका थिए। सुरुवाती दिनबाटै यी दुईको जोडी चर्चाको विषय बनेको थियो। पाकिस्तान र नेपाल दुई देशको नागरिक भएकाले पनि यो जोडीको प्रेमलाई लिएर दर्शकहरुमा कौतुहल थियो।

पाकिस्तानी भएपनि एलिजे दुबईमा बस्दै आइरहेकी थिईन। इन्गेजमेन्टपछि भने एलिजे आयुषसँगै बस्छिन।

शेख हसिनाको छोरीलाई डब्ल्यूएचओले गर्‍यो कारबाही

न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बङ्गलादेशमा भ्रष्टाचारको आरोप खेपिरहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदमाथि कारबाही गरेको छ । डब्ल्यूएचओले साइमा वाजेदलाई बिदामा पठाएको छ ।

साइमा सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रकी क्षेत्रीय निर्देशक हुन् । सङ्गठनको क्षेत्रीय निर्देशक साइमा वाजेद हाल बिदामा भएको डब्ल्यूएचओले भनेको छ । यस अवधिमा डा.क्याथरिना बोहेमले प्रभारी अधिकृतको रूपमा काम गर्ने भनिएको छ  ।

सङ्गठनले साइमा वाजेदलाई बिदामा पठाउनुको कारण स्पष्ट पारेको छैन । यतिबेला यस विषयमा आफूसँग थप कुनै टिप्पणी नभएको सङ्गठनको भनाइ छ । डा. क्याथरिना बोहेम जुलाई १५ मा नयाँ दिल्लीस्थित डब्ल्यूएचओ एसईएआरओ कार्यालयमा पुग्ने अपेक्षा गरिएको छ ।

धोखाधडी, जालसाजी र शक्तिको दुरुपयोगको गम्भीर आरोपमा चलिरहेको अनुसन्धानबिच साइमा वाजेदलाई अनिश्चितकालीन बिदामा पठाउने विश्व स्वास्थ्य सङ्गठनको फैसलाको स्वागत गर्दछौँ भनेर डब्ल्यूएचओको कारबाहीतर्फ औँल्याउँदै बङ्गलादेशका अन्तरिम सल्लाहकारका प्रेस सचिव शफिकुल आलमले भनेका छन् । यसलाई उनले  जवाफदेहिता तर्फको महत्त्वपूर्ण पहिलो कदम भनेका छन् ।

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बहुआयामिक संकटको अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सोमबार सम्बोधन गर्दै प्रचण्डले विस्तृत शान्ति सम्झौता गर्दा देखेको सपनाअनुसार अघि बढ्न नसकेको भन्दै देश बहु आयामिक सङ्कटबाट गुज्रेको बताएका हुन् ।

लामो र घनिभूत बहसपछि संविधान निर्माण गर्दा जनता सामु गरेका प्रतिबद्धतातर्फ अघि बढेका छौ भन्दै प्रश्न गरे ।

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बहुआयामिक संकटको अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सोमबार सम्बोधन गर्दै प्रचण्डले विस्तृत शान्ति सम्झौता गर्दा देखेको सपनाअनुसार अघि बढ्न नसकेको भन्दै देश बहु आयामिक सङ्कटबाट गुज्रेको बताएका हुन् ।

लामो र घनिभूत बहसपछि संविधान निर्माण गर्दा जनता सामु गरेका प्रतिबद्धतातर्फ अघि बढेका छौ भन्दै प्रश्न गरे ।

मध्यपश्चिम विश्वविद्यालयको एक अर्ब ३६ करोड बजेट स्वीकृत

काठमाडौं – मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३६ करोड ७७ लाख २१ हजार रुपैयाँ बजेट पारित गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शोभाकर कँडेलद्वारा प्रस्तुत पूँजीगततर्फ रु ४६ करोड २५ लाख र सञ्चालनतर्फ रु ९० करोड ५२ लाख २१ हजारसहितको बजेट तथा कार्यक्रम स्वीकृत भएको हो ।

 

राजेन्द्र लिङ्देनको प्रश्न- प्रधानमन्त्रीको सुशासन आयोग कहाँ हरायो ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (रााप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सरकारले अघि सारेको सुशासनको नारा ‘छट्टु स्यालको कथा’ बनेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको सुशासन आयोगको अवस्था के भएको हो भन्ने प्रश्न उठाउँदै सरकारमाथि गम्भीर प्रश्न खडा गरे । ‘कता छ प्रधानमन्त्रीको सुशासन आयोग ? आज जनता र देशले त्यसलाई खोजिरहेको छ,’ उनले भने ।

लिङ्देनले पछिल्ला दिनमा मन्त्रीहरू एकपछि अर्को लेनदेन काण्डमा मुछिएको विवरण सार्वजनिक भइरहे पनि कुनै नैतिक जबाफदेहिता नदेखिएको भन्दै असन्तुष्टि जनाए ।

‘यदि नैतिकता छ भने, यदि सुशासनप्रति अलिकति पनि प्रतिबद्धता छ भने मन्त्रीहरूको राजीनामा आउनुपर्ने हो कि होइन ?’ उनले प्रश्न गरे ।

सरकारको प्रवृत्तिप्रति आक्रोश पोख्दै उनले भने, ‘राजावादीलाई तह लगायौँ, गणतन्त्र विरोधीलाई तह लगायौँ भनेर डंका पिटेर जनतालाई भ्रममा पारिएको त ‘छट्टु स्यालको कथा’ पो रहेछ । चिल आयो, चिल आयो भन्ने अनि तल चल्ला टिप्नेजस्तो भयो ।’

लिङ्देनले सत्ता गठबन्धनका दुई ठूला दलले मिलेर मन्त्रिपरिषद् बसेर देश लुटिरहेको आरोप लगाए ।

‘जनताको ध्यान एकातिर लगाएर, सरकार मन्त्रिपरिषद्मा बसेर दुई ठूला ठूला पार्टीहरू मिलेर देश लुटिरहेछन्, जनताले टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ, जुन कदापि सह्य छैन,’ उनले भने ।

उनले संसदमा मात्रै होइन, आवश्यकता परे सडकबाट पनि कडा प्रतिवाद गरिने चेतावनी दिए । ‘हामी संसदबाट पनि विरोध गरिरहेका छौँ, र आवश्यक परे सडकबाट पनि यसको प्रतिवाद गरिन्छ,’ उनले भने ।

राष्ट्रपतिले गरे तीन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण गरेका छन् ।

उनले दुवै सदनबाट पारित आएका विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय शीतल निवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिइन् ।

उनका अनुसार राष्ट्रपतिले आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपला सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएका हुन् ।

यससँगै नयाँ बजेटको कार्यान्वयन हुनेछ ।

मन्त्री गुप्ताको ‘अडियो’बारे माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मन्त्रीको घुस डिलको अडियोबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा सांसद पौडेलले जनताले थाहा पाउने गरी जवाफ दिनुपर्ने बताए ।

“मन्त्रीहरूको बारेमा आएका कुरा के हुन् ? जनताले थाहा पाउने गरी सम्माननीय प्रधानमन्त्रीले जवाफ दिन माग गर्दछु,” उनले भने ।

माओवादीका सचिवसमेत रहेका पौडेलले भ्रष्टाचारमा ‘शून्य सहनशीलता कहाँ छ ? नैतिक मूल्यमान्यताको प्रतीक कहाँ छ ?’ भनी प्रश्न गरे ।

संघीय प्रशासन तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कास्की मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख मागेको घुस मागेको भनिएको अडियो संवाद बाहिरिएको छ ।

देशभर ८ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न

काठमाडौं- देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयका अनुसार असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो । गत वर्षको तुलनामा झण्डै ८ प्रतिशतले रोपाइँमा कमि आएको हो ।

प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब एक लाख ६४ हजार हेक्टरमा रोपाइँ भएको छ । उक्त प्रदेशमा ९३ प्रतिशत रोपाइँ भएको जनाइएको छ ।

कर्णाली प्रदेशमा ६४ हजार हेक्टरमा रोपाइँ सकिएको छ । यहाँ ८३ प्रतिशत रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा दुई लाख २३ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको छ भने प्रतिशतका हिसाबले ७३ प्रतिशत रोपाइँ भएको हो ।

गत वर्ष सोही अवधिमा करिब ६७ प्रतिशत धान रोपाइँ भएको थियो । मन्त्रालयले आइतबारसम्म संकलन गरेको तथ्यांकअनुसार देशका केही भागमा रोपाइँ जारी छ । आगामी साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र राम्रो मानिन्छ । त्यस क्षेत्रबाट धानको उत्पादकत्वसमेतमा वृद्धि भई कूल उत्पादनको ७० प्रतिशत योगदान छ । पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ ।

गत आर्थिक वर्ष २०८०(८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो । मौसमको प्रतिकूलता, दैवी प्रकोप, अतिवृष्टि तथा अनावृष्टिले रोपाइँमा नकारात्मक प्रभाव परी कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ ।

मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने गर्दछ । पछिल्लोपटक विकास भएका ज्ञान, सीप, प्रविधि तथा उन्नत जातका बीउबिजनको विकासका कारण उत्पादन वृद्धि हुने अनुमान छ ।

धान उत्पादनमा करिब १० प्रतिशतले घटबढ भएमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले घटबढ हुने जनाइएको छ । यसवर्ष स्वदेशमा उत्पादन हुने अनुमान गरिएको ६० लाख मेट्रिकटन धानबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल बन्ने मन्त्रालयको भनाइ छ ।

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबारको प्रतिनिधिसभाको बैठकमा विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्ने वित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेका हुन् ।

त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद अशोककुमार चौधरी लाई बोल्न समय दिएका छन् । अहिले चौधरी बोलिरहेका छन् ।

प्रधानमन्त्रीले गरे शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन

काठ्माण्डौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गरेका छन्।

भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो भवनको उद्घाटन गरेका हुन्।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले निरोगी नेपालको नाराका साथ काम गरेकोले सकभर बिरामी नहुने गरी आहार, बिहार र आराममा ध्यान दिने र बिरामी भइहालेमा गुणस्तरीय र सुलभ रूपमा सेवा दिनुपर्ने बताए।

उनले दु:ख गरेर धन कमाएर सामाजिक काममा दान गर्ने भाटभटेनीका संचालक मीनबहादुर गुरुङ र साबित्री गुरुङको प्रशंसा गरे।

खोज्नुहोस