सरकारले स्वीकार्‍यो स्पेन गएकाहरू उतै लुकेको घटना, प्रवक्ता भन्छन् – अनुसन्धान हुँदै छ

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी ओली सहभागी स्पेनको कार्यक्रममा गएर नफर्किएकाहरूको विषयमा सरकारले अनुसन्धान गरिरहेको बताएका छन् ।

सिंहदरबारमा बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री गुरुङले संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन स्पेन गएका केही व्यक्ति सरकारी सूचीबाहिरबाट गएको र उनीहरू नफर्किएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएका केही व्यक्तिहरू उतै बस्न लागेको भन्ने आरोपलाई असत्य ठहराउँदै उनले भने, ‘प्रधानमन्त्रीसँग गएको र मान्छे छोडेर आएको कुरा बत्तिसै आना गलत हो ।’ यसबारे संसदमा उठेको प्रश्नको सन्दर्भमा उनले थपे, ‘स्पेन भ्रमणबारे संसदमा प्रश्न उठेको थियो । प्रश्न उठाउने माननीयले आफैँ त्यसो भनेको होइन भन्ने आत्मस्वीकृति गर्नुभएको छ ।’

मन्त्री गुरुङका अनुसार प्रधानमन्त्री, राष्ट्रपति वा उपराष्ट्रपति विदेश जाँदा उनीहरूका लागि तोकिएको संख्याभन्दा बढी प्रतिनिधिमण्डल लैजान पाइँदैन । उनले भने, ‘२१ जनाभन्दा बढी प्रतिनिधि लैजान नपाइने व्यवस्था छ ।’

दूधले नुहाएर डिभोर्स ‘सेलिब्रेसन’

काठ्माण्डौँ- श्रीमतीसँग डिभोर्स गरेका एक युवकले शुद्ध हुन भन्दै ४० लिटर दूधले नुहाएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल छ । घटना भारतको आसामस्थित नलबारी जिल्लाको हो ।

मुकलमुवा गाउँका मलिक अली नामक युवाले डिभोर्सपछि ४० लिटर दूध किनेर नुहाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बताइएअनुसार अलीले सात वर्षअघि बिहे गरेका थिए । उनको पाँच वर्षीया छोरी पनि छिन् । तर श्रीमती अन्य युवक लागेको अलीको आरोप छ ।

दुई पटक प्रेमीसँग भागिन्, मैले फर्काएर मेलमिलापको प्रयास पनि गरेँ, तर नहुँदोरहेछ’, उनले भनेका छन्, ‘अब म स्वतन्त्र भएँ, शुद्ध भए, म आफ्नो खुशीले जीवन बाँच्नेछु ।’

कानुनी रुपमै अलग हुँदा छोरी भने आमासँगै बस्ने सम्झौता भएको अलीले जानकारी दिएका छन् । डिभोर्सको फाइलमा हस्ताक्षर गरेकै दिन साँझ ४० लिटर दूध किनेर घरमा लगेकाे र त्यसैले नुहाएर डिभाेर्स सेलिब्रेसन गरेकाे उनले बताएका छन् ।

स्पेन गएर नफर्किएका बारे सरकारले अनुसन्धान गरिरहेको छ : प्रवक्ता गुरुङ

काठमाडौं । नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले स्पेन भ्रमण गएर नफर्किएकाहरू बारे सरकारले अनुसन्धान गरिरहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले स्पेन भ्रमणका क्रममा संयुक्त राष्ट्र संघको कार्यक्रममा सरकारी सूचीभन्दा बाहिर रहेर गएका तर नफर्किएकाहरूको बारेमा सरकारले अनुसन्धान गरिरहेको बताएका हुन् ।

उनले प्रधानमन्त्रीसँग गएको मान्छे छोडेर आएको कुरा बत्तिसै आना गलत भएको जिकिर गरे । उनले प्रधानमन्त्री ओलीसँग स्पेन भ्रमणमा गएका केही मानिस नफर्किएको भन्ने आरोप निराधार रहेको दोहोर्‍याए ।

‘स्पेन भ्रमणमा प्रधानमन्त्री जानुभएको बारेमा कुरा उठ्यो । संसद्‍मा प्रश्न गर्नुभएको माननीयले एक खालको आत्मलोचना गर्नुभएको छ, मैले त्यसो भनेको होइन भनेको होइन भन्नुभएको छ,’ उनले भने ।

उनले थपे, ‘प्रधानमन्त्रीले लिएर गए र छोडेर आए भन्ने प्रश्न थियो । सम्माननीय प्रधानमन्त्रीको आचारविधि नै छ कति जना लैजाने, के लैजाने भन्ने । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री बाहिर जाँदा २१ जना भन्दा बढी नलैजाने भन्ने छ ।’

मनीषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले दियो मानार्थ विद्यावारिधि

काठमाडौँ । अभिनेत्री मनीषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । कोइरालाले सामाजिक संजालमा सम्मान ग्रहण गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै यस विषयमा जानकारी दिएकी हुन् ।

‘म यहाँ परम्परागत शैक्षिक बाटो भएर होइन, जीवनमा कडा परिश्रम, असफलता, धैर्यता र सेवाबाट सिक्दै आएको व्यक्तिको रूपमा उभिएकी छु । यो सम्मान मेरो लागि शब्दमा व्यक्त गर्न सक्दिन’, उनले अगाडि भनेकी छन् ‘मेरो जीवनको कथालाई महत्त्वपूर्ण बुझिदिनु भएकोमा यूनिभर्सिटि अफ ब्राडफोर्डलाई धन्यवाद ।’

केही अगाडि क्यान्सर जितेकी मनिषाले बलिउड र नेपाली फिल्म अभिनय गरेकी छन् । उनी पछिल्लो समय संजयलीला भन्सालीको नेट्फिल्क्स सिरिज ‘हीरामण्डी ; द डायमण्ड बजार’मा देखिएकी थिइन् । यो सिरिजमा उनले मलिकाजानको भूमिका निर्वाह गरेकी थिइन् ।

रुपन्देहीमा गोमन सर्पको बिगबिगी, २३ वटा एउटै घरमा भेटिए

बुटवल । रुपन्देहीमा विषालु प्रजातिको गोमन सर्प (कमन कोब्रा) को बिगबिगी देखिएको छ ।

तिलोत्तमा नगरपालिका–५ प्रेमनगरमा एउटै घरबाट २३ वटा, बुटवल ११ देवसिद्धचोकको एउटै घरबाट ८ वटा र देवदह ८ टटेराको एउटै घरमा ९ वटा गोमन सर्प भेटिएका हुन् ।

सर्प उद्धारकर्ताका अनुसार एउटै घरबाट यति ठूलो संख्यामा विषालु सर्प गोमन भेटिएको रुपन्देहीमा पहिलोपटक हो ।

तिलोत्तमा प्रेमनगरका डिलाराम अर्याललाई भान्सा कोठामा खाना पकाउँदै गर्दा सर्पले डसेर अस्पताल भर्ना भएपछि घरमा सर्प खोजतलासका क्रममा तीन दिनमा २३ वटा गोमन भेटिएका थिए ।

भान्सा कोठामा केही भाग फुटेको देखेपछि सर्प उद्धारकर्तालाई बोलाएर हेर्दा पहिलो दिन ५ वटा र दोस्रो दिन दिनभर खोज्दा थप १२ वटा सर्प भेटिएका थिए । तेस्रो दिन पनि खोजी गर्दा थप ६ वटा गरी २३ वटा सर्प फेला पारेर उद्धारकर्ताले जंगलमा लगेर छाडेका थिए ।

उक्त घटना लगत्तै बुटवल ११ देवसिद्धचोकस्थित शान्ति घिमिरेको घरमा एकै दिन ८ वटा गोमन सर्प भेटिए ।

विगतमा वन जंगल रहेका ठाउँ घडेरीमा परिणत भएर घर बनेपछि सर्पको बासस्थान मासिँदै गएकाले सर्प बासस्थान खोज्दै घर–घर आउन थालेको सर्प उद्धारकर्ता विशाल पाण्डे बताउँछन् ।

दुबै ठाउँमा भेटिएका सर्पलाई तिलोत्तमा १ का विशाल पाण्डे र उनको टिमले घरबाट निकालेर जंगलमा लगेर छाडेका छन् ।

तिलोत्तमा पछि देवदह नगरपालिका ८ टटेरामा प्रेम खत्रीको घरमा मंगलबार ९ वटा गोमन सर्प भेटिए । त्यहाँ पनि विशाल पाण्डे र उनको टिमले सर्पलाई समाएर जंगलमा पुर्‍याएर छाडे ।

विगतमा वन जंगल रहेका ठाउँ घडेरीमा परिणत भएर घर बनेपछि सर्पको बासस्थान मासिँदै गएकाले सर्प बासस्थान खोज्दै घर–घर आउन थालेको सर्प उद्धारकर्ता विशाल पाण्डे बताउँछन् ।

स्वास्थ्य मन्त्रीको चेतावनी : डेंगी परीक्षणको नाममा लुट्ने काम बन्द गर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी रहेको बताएका छन् ।

बुधवार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डेंगी परीक्षणको सकेसम्म निःशुल्क परीक्षण गर्न प्रयत्न गर्ने र नसके एउटा निश्चित शुल्क निर्धारण गर्ने बताए ।

‘जसरी हामीले आवश्यकता अनुसार यसलाई महसुस गरेको स्थिति छैन, हामीले यसको जटिलता, चुनौती, समस्या जति हो, त्यसरी नै समाजलाई महसुस गराउन जरुरी छ’ उनले भने, ‘मलाई लागेको छैन, म सुरक्षित छु भन्नेकुरा बेकार हो ।’

उनले थपे, ‘परिवारमा एक जना बिरामी भएपछि परिवारमा असहजता हुन्छ । समाजका सबै मान्छे प्रभावित भएको स्थिति छ । वर्षेनी बढिरहेको छ ।’

उनले गरिब र दुःखी मानिसलाई परीक्षणको नाममा झनै लुट्ने काम बन्द गर्न पनि उनले चेतावनी दिए ।

‘यसको परीक्षणमा पनि शुल्क तय गरिनुपर्छ । मान्छे गरिब छ, दुःख परेको छ भने उसबाट झन धुत्न खोज्ने ? निजीलाई पनि यसको शुल्क निर्धारण गरिनुपर्छ,’ उनले भने, ‘निःशुल्क गराउनसक्छौँ भने निःशुल्क गराउन प्रयत्न गर्नुपर्छ । दूरदराजमा धेरै समस्या छ ।’

उनले प्रश्न गरे, ‘खान लगाउन समस्या छ अनि यसको जटिलता थपिएपछि कस्तो अवस्था हुन्छ ?’

उनले डेंगीबारे सरकारले गर्नुपर्ने जति काम गर्न नसकिरहेको पनि स्वीकारे । डेंगीबाट समाज नै प्रभावित बनिरहेको बताए । उनले भने, ‘डेंगी समस्या भन्दा माथि गइसकेको छ ।’

मन्त्री पौडेलले सञ्चारमाध्यमसँग सहकार्य गरेर प्रचारप्रसारका लागि सरकार अघि बढ्ने तयारी गरिरहेको बताए ।

एक सय २८ वर्षपछि ओलम्पिक फर्किएको क्रिकेटको मिति र खेलस्थल सार्वजनिक

काठमाडौँ– एक सय २८ वर्षपछि ओलम्पिक खेलकुटमा समावेश भएको क्रिकेटको मिति र खेलस्थल सार्वजानिक गरिएको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले टी-२० अन्तर्राष्ट्रिय फर्म्याटमा हुने क्रिकेटको पुरुष र महिला दुवैतर्फको खेल २०२८ को जुलाई १२ देखि जुलाई २९ सम्म सञ्चालन हुने जानकारी गराएको छ।

क्रिकेटको स्वर्णको छिनोफानो भने महिलाको जुलाई २० मा र पुरुषको २९ मा हुने छ। प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ ६-६ टोली रहनेछन्। प्रत्येक टोलीमा १५ जना खेलाडी हुने गरी ९० खेलाडीको कोटा राखिएको छ।

सबै खेल लस एञ्जलसबाट करिब ५० किलोमिटर टाढा रहेको पोमोना फेयरप्लेक्स मैदानमा हुने आईओसीले जनाएको छ। अधिकांश दिन डबल-हेडर खेलहरू हुने छन्।

सहभागी हुने ६ टोलीहरूको छनोट प्रक्रिया भने अझै तोकिएको छैन्। आगामी जुलाई १७ देखि सिंगापुरमा सुरु हुने आईसीसीको बोर्ड बैठकबाट निर्णय हुने संभावना रहेको छ।

सन् २०२८ मा हुने ओलम्पिक खेलुकदमा क्रिकेट एक सय २८ वर्षपछि समावेश भएको हो। यसअघि स्न १९०० मा फ्रान्समा पहिलोपटक भएको ओलम्पिमा क्रिकेट खेल पनि खेलिएको थियो। त्यसबेला ग्रेट ब्रिटेनले स्वर्ण पदक जितेको थियो।

नेपालसँग सीमा जोडिएका सबै देशहरूमाथि शतप्रतिशत कर लगाउने नेटो संगठनको धम्की

काठमाडौं । नेटोले भारत, चीन र ब्राजिलमा १००% कर लगाउने धम्की दिएको छ। भारत र चीन नेपालसँग सीमा जोडिएका ३ देशहरू हुन् । नेपालले यी २ देशबाहेक अरू देशहरूसँग सीमा साझा गर्दैन ।

नेटो महासचिव मार्क रुटले बुधबार भने ‘यदि तपाईं चीनको राष्ट्रपति, भारतको प्रधानमन्त्री वा ब्राजिलको राष्ट्रपति हुनुहुन्छ भने तपाईंले बुझ्नुपर्छ कि रूससँग व्यापार जारी राख्दा ठूलो घाटा हुन सक्छ।’

बुधबार अमेरिकी सिनेटरहरूसँग भेट गरेपछि पत्रकारहरूसँग कुरा गर्दै रुटले भने ‘तीन देशहरूले शान्ति वार्तालाई गम्भीरतापूर्वक लिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दबाब दिनुपर्छ।’

रुटले तीन देशमाथि दोस्रो चरणको प्रतिबन्ध लगाउने धम्की पनि दिएका छन्। उनले भने ‘यदि यी देशहरूले रूसबाट तेल र ग्यास खरिद गर्न जारी राखे भने यी देशहरूमाथि १००% दोस्रो चरणको प्रतिबन्ध लगाइनेछ।’

यसैबीच, रुसी उपविदेशमन्त्री सर्गेई र्याबकोभले अमेरिका र नेटोको धम्कीलाई अस्वीकार गरे। उनले भने, ‘रुस ट्रम्पसँग वार्ता गर्न तयार छ, तर यस्ता अल्टिमेटम स्वीकार्य छैनन्।’

र्याबकोभले भने ‘आर्थिक दबाबका बाबजुद पनि रूसले आफ्नो नीति परिवर्तन गर्दैन र वैकल्पिक व्यापारिक मार्गहरू खोज्नेछ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नयाँ हतियार उपलब्ध गराउने र रुसका व्यापारिक साझेदारहरूमाथि भारी कर लगाउने घोषणा गरेको बेला नेटो महासचिवको यो चेतावनी आएको हो।

अमेरिकाले अब युक्रेनलाई प्याट्रियट मिसाइल जस्ता आधुनिक हतियार दिने भएको छ ताकि उसले रुसी आक्रमणबाट आफूलाई बचाउन सकोस्।

सर्वोच्चको फैसला: २०७२ अघि विवाह गरेका छोरीले पैतृक सम्पत्ति नपाउने

काठ्माण्डौँ- सर्वोच्च अदालतले २०७२ सालअघि विवाह भएका छोरीले अंश नपाउने फैसला गरेको छ।

मंगलबार सर्वोच्चको बृहत् पूर्ण इजलासले २०७२ असोज १४ अघि विवाहित छोरीले पैतृक सम्पत्ति नपाउने भन्ने फैसला गरेको हो।

त्यस मितिपछि विवाह गर्ने छोरीले मात्रै माइतीतर्फबाट अंशको हक प्राप्त गर्न सक्ने भनिएको छ।

अमेरिकामा बस्ने छोरी पुनम मुडभरीलाई विपक्षी बनाएर बुवा राममणि मुडभरीले सर्वोच्चमा दायर गरेको पुनरावेदनमा सर्वोच्चले यो व्याख्या गरेको हो।

पाँच जना न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, शारंगा सुवेदी, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको इजलासले फैसला गरेको हो।

फैसला गर्दा न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, शारंगा सुवेदी र मनोजकुमार शर्माले २०७२ असोज १४ गते अघि विवाह गरेका छोरीले पैतृक सम्पत्ति नपाउने फैसला गरेका हुन्।

अर्थात् त्यस मिति अगाडि मुलुकी ऐन, २०२० को अंशबण्डा १ नं ले विवाह नभएकी छोरीले अंश पाउने व्यवस्था गरेको थियो।

त्यसको छैटौं संशोधनले अंश पाए पनि विवाह खर्च छुट्याएर बाँकी सम्पत्ति नजिकका हकदारलाई फिर्ता गर्नुपर्ने व्यवस्था गरेको थियो।

त्यस्तै ११ औं संशोधनले अंश लिएकी छोरीको विवाह भएमा छोरीसँग बाँकी सम्पत्ति माइतीपट्टिको हकवालाको हुने व्यवस्था गरेको थियो।

त्यतिबेला विवाहित छोरी र अविवाहित छोरीका हकमा छुट्टाछुट्टै व्यवस्था गरिएको थियो। अविवाहित छोरीले अंश पाएमा पनि विवाह भएपछि उनले सम्पत्ति माइतीमै छोड्नुपर्ने भन्ने व्यवस्था गरेको थियो।

२०७२ असोज ३ गते संविधान जारी भएपछि छोरीलाई पनि छोरा सरह समान पैतृक सम्पत्तिको हक हुने सम्पत्ति र पारिवारिक मामिला दम्पतीको समान हक हुने स्थापित गरेको सर्वोच्चको फैसलामा उल्लेख छ।

२०७२ असोज १४ गते लैंगिक समानता कायम गर्न, लैंगिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२ ले मुलुकी ऐनको ११ औं संशोधनले विवाह गरिसकेको छोरीको अंशबण्डा गर्नुपर्ने भन्ने व्यवस्थालाई खारेज गरेको थियो।

त्यसैले सर्वोच्चले त्यो मिति भन्दा अगाडि विवाह भएका छोरीहरूका लागि ‘नवीन व्यवस्था आकर्षित हुन नसक्ने’ व्याख्या गरेको हो।

‘२०७२ असोज १४ मिति पश्चात विवाह गर्ने विवाहित छोरीले मात्र माइती तर्फबाट अंश हक प्राप्त गर्न सक्ने भनेर व्याख्या भएको अवस्थालाई दृष्टिगत गर्दा अंशको मुद्दामा वादीले फिराद गर्दा बहाल रहेको कानुन अनुसार नै निर्णय गर्नुपर्ने देखिन आयो,’ बहुमतमा रहेको न्यायाधीशहरूले भनेका छन्।

सुरूमा काठमाडौं जिल्ला अदालतले २०६८ जेठ ६ गते छोरी पुनम मुडभरीलाई ६ भागको एक भाग सम्पत्ति विवाहको खर्च छुट्याएर दिने फैसला गरेको थियो।

त्यस फैसलाविरूद्ध बुवा राममणिले तत्कालीन पुनरावेदन अदालत पाटन (अहिले उच्च अदालत पाटन) मा गएका थिए। उक्त अदालतले जिल्लाकै फैसलालाई २०७० साउन १७ गते सदर गरेको थियो।

सर्वोच्चले जिल्ला अदालतको फैसलालाई सदर गर्ने पुनरावेदनको फैसला मिलेको वा नमिलेको भन्नेबारे पनि विचार गरेको छ।

यसमा मुद्दा दर्ता भएको समयमा रहेको कानुन नै आकर्षित हुने भएकाले २०७२ असोज १४ अघि विवाह गरेकी छोरीले सम्पत्ति नपाउने व्याख्या गरेको हो।

‘पछि आएको ऐनमा किटानसाथ अन्यथा उल्लेख गरेको अवस्थामा बाहेक मुद्दाका पक्षहरूको हक र दायित्व फिराद दायर हुँदाका बखत भैरहेको कानुन अनुसार हुने भएकोले २०७२ असोज १४ अगाडि विवाह भएको छोरीले बाबु तर्फबाट अंश हक प्राप्त गर्न नसक्ने हुन्छ,’ फैसलामा उल्लेख छ।

जिल्ला र पुनरावेदनको फैसला चित्त नबुझेपछि राममणि २०७३ जेठ २० गते सर्वोच्च पुगेका थिए।

२०७६ वैशाख १५ गते जटिल कानुनी प्रश्न समावेश भएको भन्दै सर्वोच्चले त्यसलाई पूर्ण इजलासमा पठाउने निर्णय गर्दा यस्तो व्याख्या भएको हो।

पाँच जनाको इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको राय अल्पमतमा परेको हो।

दुई जना न्यायाधीशले भने छोरीको पनि पैतृक सम्पत्तिमा हक हुने भनेर राय पेस गरेका थिए।

‘कुनै पनि आवरण वा कारण वा अन्तर्यका आधारमा पहिले नै न्यायको याचना लिई अदालतमा प्रवेश गरी विचाराधीन रहेका विवादमा अंश नपाउने भनी इन्‍कार गर्नु संविधान र कानूनको मनसाय तथा व्यवस्था अनुकूल हुँदैन,’ दुई न्यायाधीशको रायमा उल्लेख छ, ‘यसरी विधायिकाले विवाह भएको छोरीले पैतृक सम्पत्तिमा अंश नपाउने कुरा हटाएको अवस्थामा सो पूर्व अंशमा फिराद परी विचाराधीन रहेको मुद्दामा संशोधित व्यवस्था आकर्षित नहुने भन्नु न्यायलाई इन्कार गरिएको मान्नुपर्छ।’

करार कर्मचारीलाई हाजिर नगराउन आग्रह

बझाङ । बझाङको थलारा गाउँपालिकाले करार सेवामा कार्यरत कर्मचारीलाई हाजिर नगराउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ । गाउँपालिकाले मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै सबै वडा कार्यालय र स्वास्थ्य संस्थालाई यस्तो आग्रह गरेको हो ।

गाउँपालिकाको असार ३० गते बसेको बैठकको निर्णयअनुसार, हालै लागू भएको ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१’ का प्रावधानका आधारमा करार सेवाको नवीकरण प्रक्रिया अगाडि नबढाइने जनाइएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याद्वारा जारी सूचनामा सेवा अवधि नवीकरणको प्रक्रिया नहुने भएकाले वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत करार कर्मचारीलाई हाजिर नगराउन सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य संस्थालाई निर्देशन दिइएको हो ।

गाउँपालिकाको यो निर्णयसँगै करार सेवामा कार्यरत कर्मचारीले वैकल्पिक व्यवस्थाको तयारी गर्नुपर्ने सङ्केत पाएका छन् । साथै, स्थानीय तहमा स्थायी दरबन्दीबाट दक्ष जनशक्ति परिचालन गरी सेवा प्रवाह प्रभावकारी बनाउने लक्ष्य रहेको बताइएको छ ।

शिक्षामन्त्री पन्त र अमेरिकी राजदूतबीच भेट

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र नेपालका लागि अमेरिकी राजदूत डिन आर.थम्पसनबीच काठमाडौँमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। परराष्ट्र मन्त्रालयको पत्रअनुसार २५ असारमा सम्पन्न उक्त भेटघाटमा द्विपक्षीय सहकार्य, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति विस्तार तथा भूकम्पले क्षति पुर्‍याएका विद्यालयको पुनःनिर्माणलगायतका विषयमा विशेष छलफल भएको थियो।

भेटका क्रममा मन्त्री पन्तले नेपालको शान्ति, लोकतन्त्र र विकासमा अमेरिकाले दिएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य अझ प्रगाढ बनाइनेमा जोड दिए। उनले अमेरिकी शिक्षा प्रणालीप्रति नेपाली विद्यार्थीको आकर्षण उल्लेख गर्दै अमेरिकी विश्वविद्यालयहरूबाट थप छात्रवृत्ति उपलब्ध गराउन सके नेपालका लागि मानव संसाधन विकासमा महत्वपूर्ण योगदान पुग्ने धारणा राखे।

मन्त्री पन्तले (शान्ति कोर स्वयंसेवक)कार्यक्रमले विद्यालय शिक्षाको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सन् २०१५ र २०२२ का भूकम्प तथा पछिल्ला विपद्बाट क्षति पुगेका विद्यालयको पुनःनिर्माणमा निरन्तरता आवश्यक रहेको जानकारी पनि दिए।

राजदूत थम्पसनले नेपाल सरकारद्वारा शिक्षा विधेयकका लागि गरिएको प्रयासको प्रशंसा गर्दै नेपालस्थित अमेरिकी शैक्षिक संस्थान ‘लिंकन स्कुल’ मा कार्यरत शिक्षक र कर्मचारीको भिसा प्रक्रियामा देखिएको समस्या समाधानका लागि शिक्षा मन्त्रालयको सहयोग अपेक्षित रहेको बताए।

त्यस्तै, उनले अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या उल्लेख्य रहेको उल्लेख गर्दै यो तथ्य दुई देशबीचको सबल कूटनीतिक सम्बन्धको संकेत भएको टिप्पणी गरे। साथै, उच्च शिक्षामा अमेरिकी विश्वविद्यालयसँग सहकार्यका सम्भावनाबारे छलफल गर्न सकिने प्रस्ताव पनि राखे।

मन्त्री पन्तले उठाइएका सबै विषयलाई सम्बोधन गर्न मन्त्रालय तयार रहेको उल्लेख गर्दै आवश्यक समन्वय र पहल गरिने प्रतिबद्धता जनाए।

दार्चुला र बैतडीमा नेपाल-भारत सीमा बहत्तर घण्टा बन्द हुने

दार्चुला। आगामी साउन ८ र १२ गते (जुलार्ई २४ र २८) भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनको सुरक्षाका लागि नेपालतर्फ दार्चुला र बैतडी जिल्लास्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुलहरू ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।

भारतको पिथौरागढ जिल्लाको आयोजनामा मङ्गलबार पिथौरागढमा भएको नेपाल–भारत समन्वय बैठकमा दार्चुला र बैतडीका भारतसँग जोडिएका सीमानाकाका झोलुङ्गे पुलहरू जुलाई २१ अर्थात् आगामी साउन ५ गते बेलुकीदेखि जुलाई २४ अर्थात् साउन ९ गते बिहानसम्म बन्द गर्ने बैठकमा सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

भारतको उत्तराखण्डमा जुलाई २४ मा ग्राम पञ्चायत, क्षेत्र पञ्चायत र जिल्ला पञ्चायतका लागि मतदान हुने पिथौरागढ जिल्लाका डिएम विनोद गोस्वामीले बताउनुभयो । निर्वाचनको संवेदनशीलतालाई ध्यान दिँदै नेपाल–भारत सीमानाका जोड्ने झोलुङ्गे पुलहरू सिल गर्ने दुई देशका सुरक्षा अधिकारी र स्थानीय प्रशासन कार्यालय प्रमुखबिच सहमति भएको उनले बताए ।

दार्चुला जिल्लासँगको सीमानाकामा रहेका भारतीय झोलुङ्गे पुलहरू अस्कोट, द्वालीसेरा, जोलजीवी, बलुवाकोट, धार्चुला, एलागाड, रोङ्गती, नाला एलागड, मलघट्टे, गस्कु, गब्र्याङ र सीता पुल बन्द गर्नेबारे बैठकमा छलफल भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । यस्तै साउन ९ गते बेलुकीदेखि साउन १२ गते बिहानसम्म बैतडीको झुलाघाटमा रहेको झोलुङ्गे पुल बन्द गरिने उनले बताए । जुलाई २४ मा धार्चुला, डिडिहाट र कनालिछिनामा मतदान हुँदै छ भने जुलाई २८ मा बिनु मुनाकोटमा मतदान हुने धार्चुलाका स्थानीय राकेश तिवारीले जानकारी दिए ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमावर्ती सुरक्षा समस्यालाई ध्यान दिँदै सीमानाका बन्द गर्ने सहमति भएको बताइएको छ । बैठकमा दार्चुला र बैतडीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, भारतको पिथौरागढ जिल्लाका डिएम र सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।

अगष्ट दोश्रो साता मेरिल्याण्डमा अन्तर राज्य भलिवल प्रतियोगिता हुने

बाल्टिमोर, १५ जुलाई ।

सुदूर पश्चिम नेपाली समाज मेरिल्याण्डले अगष्ट दोस्रो साता अन्तर राज्य भलिवल प्रतियोगिता २०२५ आयोजना गर्ने भएको छ ।

समाजले अगष्ट ९ र १० मेरिल्याण्डमा अन्तरराज्य भलिवल प्रतियोगिता आयोजना गर्ने भएको हो । सुदूर पश्चिम समाजका अध्यक्ष बिक्रम शाहीले सुदूर पश्चिम समाज मेरिल्याण्ड कप नाम दिईएको भलिवल प्रतियोगितामा बिभिन्न राज्यका १० वटा टीमले भाग लिने बताए ।

अध्यक्ष शाहीले प्रतियोगितामा सहभागिताका लागि बिभिन्न राज्यका नेपाली टीमहरुलाई निमन्त्रणा पठाईसकिएको बताए । हामीले सबैतिर पत्राचार गरिसकेका छौ, शाहीले भने, केही टीमले सहभागी हुने प्रतिबद्धता समेत गरिसकेका छन् ।

उनले प्रतियोगिताको बिजयी टीमलाई सात हजार सात सय ७७ डलर र उपविजेतालाई तीन हजार तीन सय डलर र ट्रफी प्रदान गरिने जानकारी दिए । प्रतियोगितामा भाग लिन ६०० डलर प्रवेश शुल्क तोकिएको छ ।

प्रतियोगिता आयोजनाका लागि ३० हजार डलर खर्च हुने अनुमान गरिएको छ । जसमध्ये ९० प्रतिशत रकम जुटिसकेको आयोजकले जनाएको छ ।

भलिवलका राष्ट्रिय टीमका पूर्व कप्तान कैलाश भट्ट ब्राण्ड एम्बेसडर रहेको प्रतियोगिताको प्रोमोटरमा पूर्व राष्ट्रिय खेलाडी राम श्रेष्ठ रहेका छन् ।

अध्यागमन विभागका महानिर्देशक रिजालको गृह मन्त्रालयमा सरुवा

काठमाण्डौं, ३१ असार ।
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालको गृह मन्त्रालयमा सरुवा भएको छ ।

गृह मन्त्रालयले रिजालको ठाउँमा रामचन्द्र तिवारीलाई पठाएको छ ।

कार्तिक पहिलो साता अध्यागमन महानिर्देशक नियुक्त भएका रिजाल नौ महिनामा गृह मन्त्रालयमै फर्किएका हुन् ।

सामान्य प्रशासनमन्त्रीमा न्यौपाने नियुक्त

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले एमालेकी राष्ट्रिय सभा सांसद भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपति पौडेलले न्यौपानेलाई मन्त्री नियुक्त गरेकी जानकारी दिए ।

यसअघिका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मंगलबार बिहान राजीनामा दिएका थिए । घूस संवाद गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए ।

Newly appointed as Minister of General Administration

भारतीय नागरिक शुक्लासहित ४ जना अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

काठमाडौं । अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पुग्ने पहिलो भारतीय नागरिक शुभांशु शुक्लासहित चार जना अन्तरिक्षयात्री पृथ्वीमा फर्किएका छन् । भारत, पोल्याण्ड र हङ्गेरीका गरी चार जना यात्री बोकेको अन्तरिक्ष यान आज प्रशान्त महासागरमा अवतरण भएको बीबीसीले जनाएको छ ।

ह्युस्टन कम्पनी एक्जिओम स्पेस कम्पनीले तीन हप्ताअघि चार जना यात्रीसहित चार्टर्ड उडान प्रक्षेपण गरेको थियो । चार सदस्यीय टोलीले केन्द्रमा ६० वटा बैज्ञानिक परीक्षण गरेकोमा तीमध्ये सात वटा भारतीय अन्तरिक्ष अनुसन्धान निकाय इसरोले गरेका परीक्षण हुन् । शुक्लाको एक सीट र तालिमका लागि इसरोले पाँच अर्ब भारतीय रुपैयाँ तिरेको थियो । शुक्ला आइएसएसमा पुग्ने पहिलो र अन्तरिक्ष यात्रा गर्ने दोस्रो भारतीय नागरिक बन्नुभएको छ ।

यस अघि सन् १९८४ मा भारतीय नागरिक राकेश शर्माले तत्कालिन सोभियत सङ्घको यानमार्फत अन्तरिक्ष यात्रा गर्नुभएको थियो । इसरोले शुक्लालाई प्राप्त भएको व्यावहारिक अनुभवले भविष्यमा मानवलाई अन्तरिक्ष उडानमा लैजाने योजनामा भारतलाई सहयोग गर्ने बताएको छ । इसरोले भारतको पहिलो मानव अन्तरिक्ष उडान सन् २०२७ मा शुरु गर्न लक्ष्य लिएको छ ।

यस्तै इसरोले सन् २०३५ सम्म एउटा अन्तरिक्ष स्टेशन स्थापित गर्ने र सन् २०४० सम्ममा एक अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पठाउने महत्वकांक्षी योजना घोषणा गरेको छ । भारतीय नागरिक शुक्लासँगै दुई युरोपेली देश पोल्याण्डका र हङ्गेरीका नागरिक पनि आफ्नो देशको तर्फबाट चार दशकपछि अन्तरिक्षमा पुगेका हुन् ।

 

भजनीमा थारु सङ्ग्रहालय पार्क

धनगढी। कैलालीको भजनी नगरपालिका–२ रजवारामा थारु सङ्ग्रहालय पार्क सञ्चालनमा आएको छ ।  पर्यटन विकास गर्ने उद्देश्यले लोटैया ताल क्षेत्रमा थारु सङ्ग्रहालय पार्क सञ्चालन गरिएको हो । थारु सङ्ग्रहालयसहितको पार्क निर्माणका लागि संघीय र प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो ।

संघीय सरकारले ९० लाख र प्रदेश सरकारले १० लाख बजेट दिएपछि सङ्ग्रहालयको संरचना निर्माण भएको वडा अध्यक्ष दुर्गाबहादुर पुनले बताए । उनले वडा कार्यालयलेपनि केही रकम सहयोग गरेको जनाउँदै थपे,“थारु सङ्ग्रहालय पार्क सञ्चालनमा आइसक्यो । सङ्ग्रहालयको घरहरुमा अझै सामग्रीहरु राख्न बाँकी छ ।”

थारु सङ्ग्रहालय पार्कको नगर प्रमुख केवल चौधरी र उपप्रमुख राजुदेवी तिरुवाले एक कार्यक्रमकाबिच उद्घाटन गरे । त्यस क्रममा प्रमुख चौधरीले प्राकृतिक रुपमा सुन्दर भजनीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाले विभिन्न कार्यहरु गर्दै आइरहेको बताए। उनले थारु सङ्ग्रहालयका घरहरुलाई थारु मोडेलमा बनाउनु पर्ने उल्लेख गर्दै भने,“थारु समुदायको हरेक रीतिरिवाज, चालचलनलाई मान र मर्यादाका साथ अगाडि लैजानू पर्दछ ।”

प्रमुख चौधरीले थारु सङ्ग्रहालयसहितको पार्क भजनी नगरपालिकाको सान र मान रहेको उल्लेख गरे ।

पाँच किसानलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट सुदूरपश्चिमका पाँच जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ ।

कृषि क्षेत्रमा सक्रिय उनिहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा कृषि मन्त्री वीरबहादुर थापाले धनगढीमा एक कार्यक्रमका बिच पुरस्कार प्रदान गरेका हुन । मङ्गलबार मन्त्रालयमा आयोजना गरिएको समारोहमा विभिन्न जिल्लाबाट छनोट भएका पाँच जना किसानलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत हुने कृषकहरूमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का केरा व्यवसायी किसान अर्जुन जेठारा सर्वोत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन् । जेठारालाई एक लाख ५० हजार राशिसहित प्रशंसा पत्र, माला तथा दोसल्ला ओढाएर पुरस्कृत गर्दै सम्मान गरेका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका–५ का मौरीपालक किसान किरणपाल भारती मौरीपालमा उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन् । भारतीलाई ७५ हजार रुपैयाँ राशिसहित प्रशंसा पत्र, माला तथा दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

त्यस्तै डोटीको आदर्श गाउँपालिकाका मुकुन्द अवस्थी तरकारी खेति,अछामको पञ्चदेवल विनायक नगरपालिका–६ का कुलबहादुर साउद बाख्रा पालन, र कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ की भैँसीपालक किसान सरस्वती पाण्डेलाई पनि पुरस्कृत गरिएको छ । उत्कृष्ट कृषकको पुरस्कार प्राप्त गरेको तीनै जनालाई ७५ हजार, प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । प्रदेश सरकारले पुरस्कृत गरेपछि थप हौसला मिलेको उहाँहरूको भनाइ छ।

सर्वोत्कृष्ट कृषक पुरस्कार बुुझ्दै केरा व्यवसायी अर्जुन जेठाराले जमिन राम्रो भएमा नेपालमा कृषि कार्य भन्दा उत्कृष्ट अर्को कुनै काम नभएको बताए ।जेठाराले कैलाली र कञ्चनपुरमा करीब ४० बिघा जग्गामा केरा खेती गर्दै आएका छन् ।

भीमदत्त प्रदेश उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले किसान राम्रो गर्नु राज्यका लागि पनि प्रेरणाको विषय भएको उल्लेख गर्दै कृषिलाई सम्मानित पेसाको रूपमा अगाडि बढाउनुपर्ने बताए ।

उनले विदेशबाट फर्केका युवाहरूलाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने पनि वातावरणको निर्माणमा हाम्रा नीति निर्माता, सरकार र व्यावसायिक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने बताए ।

उनले निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको भन्दै कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औधोगिकीकरणको मार्ग प्रशस्त गरी आर्थिकरूपमा समृद्ध नेपालको निर्माण गर्न सकिने बताए।

शिक्षित युवावर्ग तथा उच्च आय हुने परिवारले पनि अहिले कृषिलाई मुख्य पेसा बनाई यसैबाट लाखौ आम्दानी गरिरहेका उदाहरणहरू रहेका बताए।

पुरस्कृत भएका जस्तै हजारौ सक्रिय कृषकहरूको योगदानले नेपाली कृषि व्यवसायलाई आत्मनिर्भर, उत्पादनमुखी र आधुनिक बनाउने दिशामा महत्त्वपूर्ण मार्गनिर्देशन दिएको पनि मन्त्री थापाले उल्लेख गरे।

सदस्य भगवती न्यौपानेलाई संघीय बनाइँदै, आजै नियुक्त गर्ने तयारी

काठमाडौं। नेकपा (एमाले)की राष्ट्रियसभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाइने भएको छ ।

घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले पदबाट राजीनामा दिएपछि न्यौपानेलाई मन्त्री बनाउन लागिएको स्रोतले जनाएको छ ।

बालुवाटार स्रोतका अनुसारलाई, उनलाई आजै नियुक्त गर्ने तयारी गरिएको छ ।

न्यौपाने अहिले राष्ट्रियसभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् ।

‘प्रसाद २’ का निर्माता बैंकिङ कसुरमा दोषी ठहर

काठमाडौं। फिल्म ‘प्रसाद २’ का निर्माता शुभाष थापा बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा दोषी ठहर भएका छन्।

काठमाडौं जिल्ला अदालतले थापालाई दोषी ठहर गर्दै जरिवाना र कैद सजाय सुनाएको छ।

जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार थापालाई मागबमोजिम बिगो ३२ लाख ५० हजार रूपैयाँ भराउने, त्यसको पाँच प्रतिशत जरिवाना र १५ दिन कैद सजाय तोकिएको छ।

असार २९ गते (आइतबार) न्यायाधीश कपिलमणि गौतमको इजलासले थापालाई दोषी ठहर गरेको हो।

सुभाष थापाविरूद्ध ‘प्रसाद २’ फिल्म निर्माणको क्रममा ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो।

व्यवसायी समेत रहेका केशव पाण्डेले थापाविरूद्ध प्रहरीमा जाहेरी दिएका थिए।

थापाले ‘प्रसाद–२’ को निर्माता बनाउँछु भन्दै आफूसँग ६२ लाख ५० हजार लिएर पछि अर्कैलाई निर्माता बनाएर फिल्मको छायाँकन गरेको पाण्डेको भनाइ छ।

थापाले चेक दिएकोमा चेक नसाटिएपछि पाण्डेले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरी परेलगत्तै थापा फरार छन्।

‘प्रसाद २’ रिलिजमा नआउँदै विवादमा तानिएपछि थापाले फेसबुकमा लेख्दै रिलिजको वातावरण बनाइदिन आग्रह गरेका थिए।

रिलिज भएपछि सबैको पैसा तिर्ने दाबी समेत उनले गरेका थिए।

फिल्मले व्यापार भने राम्रो गर्न सकेन्। फिल्मका प्राविधिक तथा कलाकारहरूले समेत पारिश्रमिक पाउन नसकेको बताइएको छ।

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्नुपर्ने भयोः राजेन्द्र बजगाईँ

काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सरकारका मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बजगाईँले देशमा ९७ अर्ब नयाँ ऋण थपिएको र श्रम पलायन तीव्र हुँदा धेरै मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएको बताएका हुन्।

उहाले मुलुकका लागि केहि गर्न अघि बढ्ने प्रयास गर्दा भ्रष्टाचार, घुस र ठगीको प्रणालीमा नाचिरहेको देखिने गरेको जिकिर गरे। सांसद बजगाईँले अहिलको राजनीतिक परिदृश्यमा पुराना वा नयाँ दलहरुबीच राष्ट्रिय हितका साझा एजेन्डामा सहकार्यको स्पष्ट अभाव देखिरहेको धारणा राखे।

त्यस्तै उनले रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा पोखराको जुलुसदेखि हस्ताक्षर अभियानसम्म सबै गैरकानुनी र अदालतको अवहेलना भएको तर्क गरे।

उनले आपराधिक मुद्दामा जेलमा रहेका बेला समेत रवि लामिछाने पार्टीको अध्यक्षमा कायमै रहेको भन्दै सुधारको कुरा गर्ने पार्टीले आधारभूत जवाफदेहिता बेवास्ता गर्नु दुःखद भएको धारणा राखे।

बीस दिन अन्तरिक्षमा बसेर शुभांशु फर्के पृथ्वीमा

काठमाडौँ । भारतीय अन्तरिक्षयात्री शुभान्शु शुक्ला २० दिन अन्तरिक्षमा बसेर पृथ्वीमा फर्केका छन् । उनीसहित चार अन्तरिक्षयात्री २० दिन अन्तरिक्षमा बसेर पृथ्वीमा फर्किएका हुन् । लगभग २३ घण्टाको यात्रापछि उनीहरूको ड्र्यागन अन्तरिक्षयान मंगलबार दिउँसो नेपाली समयअनुसार ३ः१५ बजे क्यालिफोर्नियाको समुन्द्रमा अवतरण गरेको थियो ।

चारै जना अन्तरिक्षयात्री एक दिन अघि साँझ ५ बजे आईएसएसबाट पृथ्वीको लागि प्रस्थान गरेका थिए । सबै अन्तरिक्षयात्री जुन २६ मा नेपाली समयअनुसार अपरान्ह ४ः१६ बजे आईएसएस पुगेका थिए ।

तिनीहरू जुन २५ मा मध्यान्ह १२ बजेतिर एक्सियम मिसन ४ अन्तर्गत प्रस्थान गरेका थिए । यो स्पेसएक्सको फाल्कन–९ रकेटमा जोडिएको ड्र्यागन क्याप्सुलमा केनेडी स्पेस सेन्टरबाट उडेको थियो ।

साउन १ बाट धरहरा हरेक दिन १२ घण्टा खुल्ने

काठमाडौं । साउन १ गतेबाट धरहरा विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । सार्वजनिक विदाको दिन पनि अब धरहरा चढ्न पाइने मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बताए ।

धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ। सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ ।। ‘अब विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दुई सिफ्टमा धरहरा सञ्चालन गर्दैछौं । धरहरा घुम्न चाहनेहरुका लागि सार्वजनिक विदाको दिन पनि अब खुला रहनेछ,’ मन्त्रालयका प्रवक्ता मैनालीले भने ।

०७२ वेशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुननिर्माणपछि यही असोज ३ गतेबाट परिक्षणका रुपमा खुला गरिएको थियो । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएको थियो । सर्वसाधारण नागरिकले धरहरा खुल्ने समय कम भएको भन्दै गुनासो गर्दै आएका थिए भने सार्वजनिक विदाको दिन बन्द नगर्न सुझाव दिएका थिए ।

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नागरिकको सुझावलाई ध्यान दिँदै धरहरा सञ्चालनको अवधि बढोस् भन्ने नागरिकको चाहना अनुसार तयारी गर्न भनेपछि मन्त्रालयले सोही अनुसार दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो ।

भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणपछि सशुल्क सञ्चालन गरिएको सात महिनाको अवधिमा टिकट बिक्रीबाट ४ करोड ३३ लाख ९३ हजार ६५० रुपियाँ राजस्व सङ्कलन भएको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले जनाएको छ ।

शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) अन्तर्गत धरहरा सञ्चालन हुँदै आएको छ । धरहरा सञ्चालन भएको यस अवधिमा २ लाख ३७ हजार ६५ जनाले धरहरा चढी अवलोकन गरेका छन् । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश–२०८१ बमोजिम सशुल्क धरहरा सञ्चालनमा छ ।

दार्चुलामा तुइन चुँडेर एक जना महाकालीमा बेपत्ता

दार्चुला : दार्चुलाको दुम्लिङमा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता भएका छन् । ब्यास गाउँपालिका-२ दुम्लिङस्थित महाकाली नदीमा स्थानीय २८ वर्षीय नारायण बुढाथोकी तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आज मध्याह्न १२ बजेतिर बुढाथोकी दुम्लिङबाट पारि भारतीय बजार जाने क्रममा तुइन चुँडेर नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता बुढाथोकीको खोजीमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन् । दुम्लिङभन्दा तल्लो क्षेत्रका सबै प्रहरी युनिटलाई खोजी कार्यका लागि परिचालिन गरिएको प्रहरीले जनाएको छ ।

सरकारले तुइन विस्थापन गर्ने भनेर पटक-पटक घोषणा गरे पनि भाषणमै सीमित भएको छ । २०७२ असोजमा केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्दा ‘नेपाललाई दुई वर्षभित्र तुइनमुक्त’ बनाइने घोषणा गरेका थिए । अहिले पनि ओली नै प्रधानमन्त्री छन् । २०७२ मै २ वर्षभित्र तुइन विस्थापन गर्ने भनेको सरकारले यस वर्ष पनि नीति तथा कार्यक्रममा उही कुरा दोहोर्‍याएको छ ।

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा समेत सम्पूर्ण तुइन विस्थापन गरी झोलुंगे पुल निर्माण गर्ने घोषणा छ ।

पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

काठमाडौँ- पूर्वाञ्चल विश्वविद्यालयको मंगलबार सम्पन्न ४१औँ सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार बराबरको बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको सभामा रजिष्ट्रार प्रा.डा. कल्याणी मिश्रद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ का प्रस्तावित आय-व्यय विवरण स्वीकृत भएको हो।

सभाले उपकुलपति प्रा.डा. बिजुकुमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि पारित गरेको छ। सो विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसहित ‘एमबिबिएस’ कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राखेको छ।

प्रधानमन्त्री एवं कुुलपति ओलीको तत्परतामा नयाँ आर्थिक वर्ष प्रारम्भ हुनुपूर्व नै सबै विश्वविद्यालयका सभा आयोजना भई बजेट स्वीकृतिको क्रम जारी छ।

एलिनाले ल्याइन् नयाँ तीज गीत ‘छोरीको शिर आमा’

काठमाडौं – गायिका एलिना चौहानले नयाँ तीज गीत सार्वजनिक गरेकी छन्।

केही दिनअघि ‘पृथ्वी छोडेर’ गीत ल्याएकी उनले सोमबार बेलुका ‘छोरीको शिर आमा’ बोलको नयाँ मर्मस्पर्शी तीज गीत युट्युबमा सार्वजनिक गरेकी हुन्।

एलिनाको एकल स्वर रहेको यो गीत मार्मीक शब्दले भरिएको छ भने भिडिओ पनि मर्मस्पर्शी लाग्छ। श्रीमानबाट यातना भोगेकी महिलाको पीडा र वेदना गीतले बोल्छ।

धेरैले यो गीतलाई एलिनाको आफ्नै भोगाइसँग जोडेर समेत हेरेका छन्। गीतले एलिनाको विगतको भोगाइ बोलेको भन्दै थुप्रै प्रतिक्रियाहरू देख्न सकिन्छ। गीतले स्रोता तथा दर्शकबाट तारिफ पाइरहेको छ।

‘छोरीको शिर आमा’ को शब्द तथा संगीत प्रेम सापकोटा सोनुको हो। संगीत संयोजनको काम हेमन्त शिशिरले गरेका छन्।

भिडिओमा स्मारिका ढकाल र सुरेश कोहलीको अभिनय देख्न सकिन्छ। यसमा दुर्गा पौडेल र टिमको छायांकन, नवीन घर्ती मगरको सम्पादन छ।

एलिनाको आफ्नै युट्युबमा भिडिओ सार्वजनिक छ। गीतको भ्युज २० घण्टामै ४ लाख नजिक पुगेको छ।

स्पेन प्रकरण माथि छानबिन गर्न सीआईबीले बनायो छानबिन समिति

काठमाडौं । हालै स्पेनमा भएको संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त (फाइनान्सिङ अफ डेभलपमेन्ट) को चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा नेपालबाट नक्कली कागजपत्र बनाई नेपालीहरू गएको विषयमाथि छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समिति बनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी सो कार्यक्रमका नाममा नेपालबाट मानव तस्कर गिरोहले नेपालीहरूलाई नक्कली कागजात बनाई स्पेन पुर्‍याएको विषय चर्चामा छ ।

संसद्‌मा प्रधानमन्त्री ओलीसँगै स्पेन गएकाहरू नफर्केको भन्दै कुरा उठेपछि यो विषय सार्वजनिक भएको थियो । पछि प्रधानमन्त्रीको सरकारी टोलीमा नभई विभिन्न गैरसरकारी संस्थाका नाममा नेपालीहरू स्पेन पुगेको खुलेको थियो ।

यो विषयमा छानबिन गर्न सीआईबीले समिति बनाएको हो । सीआईबीका एसएसपी होबिन्द्र बोगटीको संयोजकत्वमा छानबिन बनाइएको सीआईबीका एक अधिकारीले जानकारी दिए । उनका अनुसार स्पेनको सेभियामा ३० जुनदेखि २ जुलाईसम्म भएको सो सम्मेलनको आसपासमा नेपालबाट स्पेन गएकाहरूको विवरण खोजी, उनीहरू गएपछि फर्के/नफर्केको अवस्था, मानव तस्कर गिरोहलगायतका विषयमा यो समितिले छानबिन गर्नेछ ।

यसअघि गृहमन्त्री रमेश लेखकले सोमबार मन्त्रालयमा अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालसहित सुरक्षा अधिकारीहरूसँग यो विषयमा छलफल गरेका थिए । सो छलफलमा छानबिन समिति बनाउने निष्कर्ष निकालिएको गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।

सोही छलफलअनुसार सीआईबीले मंगलबार एसएसपी बोगटीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति बनाएको हो । बोगटीले आफूलाई समितिको संयोजक बनाइएको बताए ।

कोहलपुरमा नक्कली नोट र लागुऔषधसहित मिडिया सञ्चालक पक्राउ

काठमाडौं । बाँकेको कोहलपुरमा प्रहरीले नक्कली नोट र लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनगर्जन नेटवर्क प्रा.लि. अध्यक्ष एवं सञ्चालक मनबहादुर सहकारी देउवा छन् ।

उनलाई इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार, मंगलबार विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनलाई यो कम्पनी अन्तरगत चलेको जनगर्जन अनलाइनको कार्यालयबाटै पक्राउ गरेको हो ।

कोहलपुरकी डीएसपी लक्ष्मी खनालका अनुसार, देउवाको साथबाट एक हजार दरका ५१ वटा नक्कली नोट र १९ किलो ३३५ ग्राम अफिम बरामद भएको छ ।

कार्यालयबाट प्रहरी रंगिन प्रिन्टर, मोनिटर, सिपीयूलगायत समेत बरामद गरेको छ । सोधपुछका लागि कार्यालयका अर्का एक कर्मचारीलाई समेत प्रहरीले नियन्त्रणमा लिए पनि संलग्नता नदेखिएकाले छाड्ने तयारी रहेको बताइएको छ ।

खोज्नुहोस