समाचार लेखेकाे विषयमा मेयरबाट धम्की खेपेका पत्रकार झुन्डिएको अवस्थामा मृत फेला

काठ्माण्डौँ- रौतहटका पत्रकार रवीन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

कटहरिया नगरपालिका- ५ का ३० वर्षीय प्रजापति शनिबार राति करिब ९ बजे घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

परिवारका सदस्यहरूले तत्कालै नजिकैको स्वास्थ्य चौकी हुँदै गरुडास्थित ग्राण्डी अस्पताल पुर्‍याएका थिए । तर, उपचारका क्रममा राति १० बजे चिकित्सकले मृत घोषणा गरेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी दीपक रायले जानकारी दिए ।

प्रजापति कटहरिया म्युजिकल एफएममा पत्रकारका रूपमा कार्यरत थिए । प्रहरीका अनुसार उनी केही दिनदेखि पारिवारिक तनावमा थिए । साथै जेठको अन्तिम सातामा समाचार सम्प्रेषणको विषयलाई लिएर कटहरिया नगरपालिकाका मेयर जयप्रकाश जयसवालबाट धम्कीसमेत पाएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ ।

पारिवारिक समस्या र धम्कीका कारण मानसिक दबाबमा परेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भियतनाममा डुंगा पल्टिँदा ३७ जनाको मृत्यु

काठ्माण्डौँ- खराब मौसमका कारण पर्यटक सवार डुंगा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु भएको हो । डुंगामा ४८ यात्रु र ५ जना चालक दलका सदस्य थिए । उद्धार टोलीले ११ जनालाई जीवितै उद्धार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।

भियतनामको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्य हालोङ खाडीमा शनिवार दिउँसो पर्यटकहरु डुंगामा चढेर रमाइरहेका थिए । सोही समयमा तीव्र हावा, भारी वर्षा र चट्याङसहितको आँधीबेरीले सो डुंगा पल्टिएको हो ।

स्थानीय सेवा ऐनमा स्वास्थ्यकर्मीलाई विभेद नगर्न माग

कैलाली- स्सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् । प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनमा स्वास्थ्यकर्मीलाई विभेद गरिएको जनाउँदै उनीहरुले आपत्ति जनाएका हुन् ।

स्वास्थ्यकर्मीले प्रदेश सरकारले आफ्नो माग पूरा नगरेको जनाउँदै आकस्मिकबाहेकका सेवा ठप्प पार्ने निर्णयमा पुगेका सङ्घर्ष समितिका संयोजक राजेन्द्रसिंह साउदले जानकारी दिए ।

स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी सङ्घर्ष समितिले आफूहरूका न्यायोचित माग सम्बोधनका लागि प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको तर सरकारका तर्फबाट माग सम्बोधनका विषयमा कुनै चासो नदिएपछि आजदेखि आकस्मिकबाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूमा आजदेखि आकस्मिकबाहेकका सेवा बन्द छन् । स्थानीय तहमा समायोजन भएर आएका स्वास्थ्यकर्मीलाई ऐनले विभेद गरेकाले आफूहरू आन्दोलन उत्रन बाध्य भएको संयोजक साउदले बताए ।

स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिम पदनाम कायम हुनेगरी समायोजन ऐन, २०७५ बमोजिम स्थानीय तहमा समायोजन भएका स्वास्थ्यकर्मीलाई तह वृद्धि गर्नुपर्ने आफूहरूको माग रहेको संयोजक साउदले बताए । सुदूरपश्चिम सरकारले ल्याएको स्थानीय सेवा ऐनले सबैलाई समान किसिमको व्यवहार नगरेकाले आफूहरू आन्दोलनमा उत्रेको उनको भनाइ छ ।

स्वास्थ्यकर्मीहरूले कर्मचारी समायोजन ऐन, २०७५ ले व्यवस्था गरेअनुसार आफूहरूको दरबन्दी र सेवासुविधा मिलाउनुपर्ने बताएका छन् । सुरुमा स्थानीय तहमा समायोजन गर्दा पनि स्वास्थ्यकर्मीमाथि विभेद गरिएको र अहिलेको ऐनले पनि विभेद गरेको उनीहरूको आरोप छ ।

नेपाल – भारत मैत्री रक्तदान कार्यक्रममा ३२ जनाद्वारा रक्तदान

धनगढी, ५ साउन ।

धनगढीमा शनिबार आयोजित नेपाल – भारत मैत्री रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन ।

नेपाल – भारत मैत्री संघ जिल्ला कार्य समिति कैलालीको आयोजनामा रक्तदान कार्यक्रम गरिएको थियो ।

नेपाल – भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष एबम सुदुरपश्चिम प्रदेशका अध्यक्ष हरिशंकर ठाकुरको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा बिभिन्न स्वयमसेवी रक्तदाताहरुले रक्तदान गरेको उपाध्यक्ष ठाकुरले बताए ।

रक्तसंचार केन्द्रमा रगतको अभाव भएको जानकारी पाएपछि सुदुरपश्चिम प्रदेशका रक्तदाता सदभावना दुत दीपक उपाध्ययको समन्वयमा रक्तदान कार्यक्रम गरिएको केन्द्रीय उपाध्यक्ष ठाकुरले बताए ।

ठाकुर मोटर्स प्रालीको बिशेष सहयोगमा महिन्द्रा सोरुमको प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धनगढी ५ नम्बर उपशाखाको सहयोग र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार सेवा केन्द्रले प्राबिधिक सहयोग गरेका थिए ।

‘ग्याँस सकियो, ध्रुवलाई कल गर्नु’

दीर्घराज उपाध्याय ।
धनगढी, ५ साउन ।

समय रातको १०ः३० बजे । बजार सुनसान छ । धनगढी हसनपुरस्थित ध्रुव किराना पसलका सञ्चालक ध्रुव जोशीलाई एलएलचौकस्थित एक ग्राहकले कल गरेर ग्याँस सकिएर खाना पकाउन नपाएको समस्या सुनाउदै  एक थान सिलिण्डर पु¥याई दिन आग्रह गरिन् । उनी एक थान सिलिण्डर लिएर पुगे । ती महिलाले उनलाई धन्यवाद दिईन । ग्याँस आएपछि महिलाले खाना बनाएर परिवारलाई खुवाईन । उनको परिवार भोकै सुत्न परेन ।

यो उनको दैनिकी हो । विहान पसल नखोल्दै उनी सिलिण्डर पु¥याउन हिडिसकेका हुन्छन् । जहाँ ग्यास सकियो, उनी बिलम्व नगरी पुग्छन् । उनी रात भन्दैनन् । दिन भन्दैनन् । घाम र पानीले त उनलाई कहिल्यै रोकेन ।

धनगढी डुवानमा थियो । कतिपय वस्तीमा एक घरबाट अर्को घरमा आवात जावत गर्न समस्या थियो । उनी भने त्यही डुबानमा सिलिण्डर लिएर घर घर पुगे । उनलाई डुबानले पनि रोकेन ।

कोभिडमा सबैलाई ज्यान जोगाउने चिन्ता थियो । घर बाहिर निस्किन मान्छेहरु डराउथे । उनी कोभिडमा पनि घरभित्र चुपचाप बसेनन् । उनी ज्यानको परवाह नगरी सिलिण्डर लिएर घर घर   पुगे ।

एक समय थियो, उनी रक्सी खाएर दिन बिताउथे । कति रक्सी खान्थे उनलाई थाह हुन्थेन । उनी रक्सीको कुलतमा थिए ।

उनी त्यो कुलतबाट बाहिर निस्किए । रक्सी चटक्कै छोडे । र, पुरै समय काममा लगाउन थाले । कुलतबाट निस्किन गाह्रो हुने तर्क गर्नेहरुका लागि उनी गतिलो उदाहरण पनि हुन् ।

स्वदेशमा काम गर्न संकोच मान्नेहरुका लागि त उनी प्रेरणाको स्रोत हुन् । हसनपुरमा उनको किराना पसल छ । र, त्यही खाद्य उद्योग पनि । त्यसका साथै उनी ग्याँसको अधिकृत बिक्रेता पनि हुन् । पसलमै बसेर पनि उनी व्यापार गर्न सक्थे । उनलाई पसलमा बसेर व्यापार गर्नेभन्दा पनि घरघरमा ग्याँस पु¥याएकोमा सन्तुष्टि मिल्छ । त्यसैले त उनी एकछिन खाली बस्दैनन् ।

उनी सिलिण्डर बोकेर घर घर पुग्छन् । संकोच मान्दैनन् । चोरी डकैती र गलत काम पो गर्न लाज ? भन्छन्, काम गर्न केको लाज ? के को संकोच ?

उनी अटोभरी सिलिण्डर भर्छन् । घर घर पुर्याएर फर्किन्छन् । फर्किदा खाली सिलिण्डर ल्याएर आउछन् ।

उनी दैनिक सयभन्दा बढि घर र पसलमा सिलिण्डर पुर्याउने गरेको सुनाउछन् । कहिलेकाही डेढ सयभन्दा बढि सिलिण्डर खपत हुने गरेको उनले बताए ।

उनी पैसा नभएकालाई निराश बनाउदैनन् । उधारोमै भएपनि सिलिण्डर दिएर फर्किन्छन् । ग्राहकले पैसा नभएको कुरा सुनाउदा उनी सहजै भन्छन्, भोलि दिनु । सोच्छन्, ग्याँसको अभावमा कोही भोको नबसोस ।

घर, रेष्टुरेण्ट, होटल । जहाँ कही ग्याँस सकियो ? खाना बनाउन पाएन । भोकै बस्नु पर्ने अवस्था आयो । धनगढीमा सबैले सम्झिने एउटै नाम हो, ध्रुव जोशी । हरेक ग्राहकलाई उनको नाम र नम्बर कण्ठ छ । कसैको घरमा ग्याँस सकियो भने सबैले सल्लाह दिन्छन्, ध्रुवलाई कल गर्नु ।

कतिपय ग्राहकले उनलाई ग्याँस सकिएको खवर गर्नै पर्दैन् । उनलाई नियमित ग्राहकका रुपमा रहेका होटल, रेष्टुरेण्ट, स्कुल र घरहरुमा ग्याँस सकिने समयसम्म थाह हुन्छ । ग्याँस सकिएको खवर गर्नु अघि नै उनी सिलिण्डर लिएर ग्राहक कहाँ पुग्छन् । उनी समयको त पक्का छन् नै । आफ्नो पेशा र ग्राहकप्रति पनि ईमान्दार छन् ।

ग्याँस सकिए सबैले सम्झिन्छन् । कल गर्छन् । भन्छन्, म यसैमा खुशीमा छु ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्धारा ११ वटा विधामा पुरस्कार घोषणा

मेरिल्याण्ड(अमेरिका), ३ साउन ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले (अनेसास) ११ वटा विधामा पुरस्कार घोषणा गरेको छ । अनेसासका तर्फबाट शनिवार हरेक दुई वर्षमा प्रदान गर्दै आएको विभिन्न ११ विधाका पुरस्कार घोषणा गरिएको हो । कूल ११ हजार छ सय डलर राशीका ११ वटा पुरस्कारका लागि विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् ।

शनिवार बसेको बोर्ड अफ ट्रष्टी र केन्द्रीय समितिको संयुक्त बैठकमा पुरस्कार छनोट समितिका संयोजक एवं विओटीका उपाध्यक्ष तीर्थराज पाण्डेयले पुरस्कार प्राप्त गर्ने व्यक्तिहरुको नामावली घोषणा गरे ।

दुई हजार एक सय डलर राशीको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार रोशन थापा नीरवको सन्त्रासका साठी दिन उपन्यासले प्राप्त गरेको छ ।

अनेसास नन्दादेवी सर्वोत्कृष्ट लोक साहित्य पुरस्कार रुकुमका लोककथाका लेखक शशिराम कार्कीले प्राप्त गरे ।

एक हजार डलर राशीको अनेसास होमनाथ सुवेदी डायस्पोरा वाङ्गमय पुरस्कार डा. तुलसी आचार्यको स्वप्न भूमि उपन्यास, अनेसास सर्वोत्कृष्ट तीर्थ पाण्डे निबन्ध नियात्रा, संस्मरण पुरस्कार मोमिलाको निबन्ध संग्रह प्रश्नहरु त बाँकी नै छन् लाई प्रदान गरिने भएको छ ।

त्यसैगरी साँस्कृतिक अध्ययन विधाको अनेसास सीता शर्मा संस्कृति तथा दर्शन पुरस्कार डा. दुर्गाबहादुर घर्तीको साँस्कृतिक अध्ययन,अनेसास राष्ट्रकवि काव्य पुरस्कार (डायस्पोरा) जगन्नाथ पौडेलको बग्दा बग्दै कविता संग्रह,अनेसास राष्ट्रकवि काव्य पुरस्कार कृसु क्षेत्रीको कविता संग्रह पसिनाको क्यानभास, अनेसास पदम विश्वकर्मा उत्कृष्ट कथा पुरस्कार कृष्ण कुसुमको कथा संग्रह पाश्र्वधुन, अनेसास नारायण पाण्डे उत्कृष्ट कथा पुरस्कार अखण्ड भण्डारीको उपन्यास वोरालाई प्रदान गरिने छ ।

यसैगरी अनेसास लक्ष्मण सत्याल गीत गजल पुरस्कार लक्ष्मण सिटौलाको गीत संग्रह धर्तीका ध्वनिलाई र अनेसास शिव लामिछाने गीत वाल साहित्य पुरस्कार वाल साहित्य यात्रामा देशकी लेखिका विमला निरौलालाई प्रदान गरिने भएको छ ।

पुरस्कार छनोट समितिका संयोजक तीर्थराज पाण्डेयले घोषणा गरिएका पुरस्कार आगामी लक्ष्मी जयन्तीमा प्रदान गरिने जानकारी दिए ।

शनिवार आयोजित अनेसासको वार्षिक साधारण सभा तथा भानु जयन्तीमा पुरस्कारहरु घोषणा गरिएको हो ।

साधारण सभामा विओटीका महासचिव प्रकाश नेपालले भवन खरीदलगायतका विषयमा, केन्द्रीय कार्यसमितिका महासचिव राजु सिटौलाले वार्षिक प्रतिवेदन, विओटीका कोषाध्यक्ष नेत्रवन्धु पोख्रेलले प्रस्तुत गरेको विओटीको खर्च तथा आम्दानी प्रतिवेदन प्रतिवेदन पारित भयो ।

कार्यक्रममा अध्यक्ष सर्वज्ञ वाग्ले, विओटीका अध्यक्ष पदम विश्वकर्मा, पूर्व अध्यक्ष गोवद्र्धन पूजा, पूर्व विओटीका अध्यक्ष डा. श्याम कार्की, रोहिणी शर्मा, तीर्थराज अधिकारी, गीता खत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Hikmat in leading roles of Dangote , Africa’s largest business Conglomerate

Dirgha Raj Upadhyay

If humans had wings like birds, would they dream of flying ? Perhaps not. But who needs wings to fly when they have dreams? Life is like an airplane, and dreams are its wings. That’s why humans soar farther than birds. The story of a man raised on the banks of the Karnali River in Kailali, Nepal, teaches us to simply dream and chase that dream. You don’t need wings to fly—just willpower. Hikmat Thapa, born in remote Achham and now standing at the peak of success in West Africa’s Nigeria, proves this truth. Born on Magh 19, 2025 B.S. (February 1, 1969), in Patekhet, Darna Gau Palika (now Jayagadh BanniGadhi Rural Municipality), Achham. Hikmat is the eldest of four children of Gagan Singh and Nutan Thapa. When he was four, his father moved to Khairifanta in Kailali. Hikmat moved with him.

Around 1975/76, they were part of a squatters’ settlement in Katasé. Nearby was the emerging market of Katasé and the Tikaur Development Committee had just been established. To prevent erosion by the Karnali River, several settlements were relocated, and afforestation efforts began. Their house was spared. His father, a teacher by profession, highly valued education and opened a primary school in Khairifanta, starting with 18 students, including Hikmat.

That school later became Arunodaya Secondary School. After studying there up to grade three, he went to Dharmapur for grades 4 to 7, and later to Tikapur Boarding School for grade 8. In 1983, King Birendra laid the foundation stone for a new building there, renaming it Birendra Vidya Mandir, from where Hikmat completed his SLC (School Leaving Certificate) . At that time, there was only one exam center in Kailali—in Dhangadhi. Due to a leaked question paper, his math exam was postponed and rescheduled after three months, which required two trips to Dhangadhi via Palia Kala, India a whole day’s journey then . After SLC, he moved to Nepalgunj and completed his I.Sc. (Intermediate of Science), passing among only three students. Dreaming of becoming an engineer, he went to Kathmandu to take the entrance exam for Pulchowk Engineering College but wasn’t selected.

He then traveled to Hattisar , Dharan to study B. Tech. Food Technology at the Central Campus of Technology—Nepal’s only institution offering that course. Though admissions had closed, Campus Chief Jagat Bahadur KC admitted him as the first student from beyond the Narayani West and granted him a scholarship of Rs. 200 per month. He excelled, topped his batch, and graduated in 2047 B.S. (1990 A.D.), becoming a certified Food Technologist, though his father had hoped he would become an engineer. Just three days after his final exams, he went to Kathmandu, where Chaudhary Group had just opened Nirvana Vanaspati. Before his results came out, he got a job offer. While the officer’s salary was Rs. 1200 he started with Rs. 3,000. In 2048 B.S. (1991 A.D.), Yum Yum Noodles opened in Tandi, Chitwan. He joined them after being promised training in Bangkok.

He flew Thai Airways and trained in Wan Thai Food Industries, Bangkok . He became the first Nepali food technologist trained in instant noodle production abroad. He worked there for 11 years, rising to Factory Manager. Under his leadership, Yum Yum became Nestlé India’s co-manufacturer, producing Maggi 2-minute noodles for Nepal, Bihar , West Bengal, and Northeastern India. He made multiple visits to Nestlé’s Moga factory in Punjab. After Chitwan, he worked with MinMin Noodles in Kathmandu, expanding its market from Ilam to Dadeldhura, even amid the Maoist conflict. He later became General Manager at HP Agarwal Group, overseeing Flour , rice, soap, and vanaspati oil manufacturing and business from Kathmandu.

During the conflict, Maoists bombed his home in Katasé and looted their property. His father, a Nepali Congress Leader and Member of Kailali District Development Authority had already moved the family to Kathmandu after building a house there in 2059 B.S. At HP Agrawal Group, he managed operations, logistics, and marketing nationwide. Then, he was offered a job at Rumpum Noodles, owned by Sarada Group to set up a Noodle & Snack food plant in Rudrapur, India.

But around the same time, he learned of a vacancy at Dangote Group, Nigeria, for the post of General Manager. He applied and was invited to Chennai for an interview. After being selected, he moved to Nigeria in December 2006. Initially managing Dangote’s noodle factories, he established three plants. Gradually, he managed their sugar, vegetable oil, tomato paste, flour, pasta, salt, Seasoning ,and Rice mills. Currently, he is the Managing Director of Dangote’s Heavy Vehicle and Truck Manufacturing Division, which produces over 10,000 trucks annually. He has worked at Dangote for 19 years, holding multiple roles including Group General Manager, Managing Director, and CEO of one subsidiary. He also oversees new agriculture and food processing projects focusing on sugar, rice, tomato, Soyabean , Wheat and Dairy. The Dangote Group, based in Lagos, Nigeria’s former capital and economic hub, operates in 16 countries.

It employs over 200,000 people, including Indian ,South Asians and few Nepalis, with Hikmat being the highest-ranking Nepali. Lagos, though no longer the capital (replaced by Abuja in 1993), remains Nigeria’s economic nerve center. Nigeria has 220 million people—Africa’s most populous nation—with 1 in 5 Africans being Nigerian.

 Personal Values & Legacy

Hikmat’s father was deeply influenced by B.P. Koirala and literary culture. He regularly read Sarita, Kadambini, and other literature, which sparked Hikmat’s own passion. He began writing poems and joined poetry competitions in school. In 2044 B.S., while studying in Dharan, he and friends started Atirikta Swarharu (Additional Voices), publishing poetry collections. He later led the Nepal Food Technology Students’ Union and became editor of Oasis, a publication of the Nepal Student Union. Later, he was executive editor of Sampreshan, a respected literary magazine from Chitwan . In 2015, he published his first poetry collection titled “The Girls of Chibok”, reflecting his continued commitment to literature—even from Africa. Hikmat also continuing his literature icon   fathers dream to strength far west & Karnali s literature & cultural value  whose more then Nine books are already published .

Social Impact & Philanthropy

Though he has achieved personal success, Hikmat remains grounded in social service, especially in Sudurpaschim (Far-West Nepal). During the COVID-19 pandemic, he led efforts to deliver oxygen, ambulances, and even mobile blood bank to remote areas like Dadeldhura, Achham,Jumla, and Mugu. He helped establish libraries and classrooms across multiple schools in places like Chitwan, Dharan, Hetauda, Janakpur, Khotang ,Rasuwa and Kailali, and led the campaign for Shabbahan to Tikapur hospital , Ambulance for Katase and Mobile blood bank bus for Dhangadhi  . As two periods elected Treasurer of Non-Resident Nepali Association a global Nepalese diaspora Association Hikmat led and involved many Social & Philanthropic works throughout Nepal . He also plays key role to hand over One Million US Dollars support to Nepal Government from Aliko Dangote Foundation for Earthquake victims in 2015 .He even attempted to bring Dangote investment (over Rs. 60 billion) into Nepal’s cement industry—but failed due to government apathy. His father had earlier led the effort to create Nepal’s largest community forest—Chhatiwan—turning a barren riverside into a green reserve. Hikmat inherited that same determination and love for his homeland.

A Heart in Two Worlds Though his body is in Lagos, his heart remains in Katasé, Tikapur, and Karnali. In his free time, he walks with his wife, Mana, along the ocean shore, sipping coffee. But his thoughts are often in the past—nostalgic for his childhood by the Karnali. His wife notes that whenever a disaster strikes Nepal, he becomes restless—unable to sleep—until he finds a way to help. She is his companion, his strength, and a constant support.

Final Thoughts

Hikmat Thapa grew up by the Karnali River and now thrives beside the Atlantic Ocean. But no matter how far he’s come, his soul is anchored in the soil of Sudurpaschim. His life is a shining example of how dreams, discipline, and dedication can take a boy from a humble village to the global stage—without ever forgetting his roots. Despite setbacks, he keeps going. He once said: “To do good work, you don’t need position—you need willpower and heart.”

प्रमुख प्रशासकीय अधिकृत कुटपिट गर्ने नगर प्रमुखका स्वकीयविरुद्ध जाहेरी

कैलाली। कैलालीको गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशी कुटपिट गर्ने नगर प्रमुख देवीदत्त कँडेलका स्वकीय सचिव उमेश जोशीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ।

कैलालीको गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवीदत्त कडेलका ज्वाइँ समेत रहेका सहयोगी उमेश जोशीलाई प्रहरीले खोजी गरिरहेको छ।

कार्यकक्षमै रहेका बेला सहयोगी उमेशले प्रमुख प्रशासकीय अधिकृत जोशीलाई कुटपिट गरेका थिए। कुटपिटपछि उमेश फरार छन्। प्रमुख प्रशासकीय अधिकृत जोशीले आफूलाई कार्यकक्षमै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उमेश विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन्।

किटानी जाहेरीपछि प्रहरीले उमेशको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रणबहादुर चन्दले बताए।

गौरीगङ्गा नगरपालिकाका कर्मचारीले दोषीलाई कानुनी कारबाही र कर्मचारीलाई सुरक्षाको वातावरण तयार पार्न माग गरेका छन्। नगरपालिकाका सबै कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरू स्थगन गरिएको छ।

कुटपिट गर्ने नगर प्रमुख देवीदत्त कँडेलका स्वकीय सचिव उमेश जोशी हुन ।

भारतको बेङ्गलुरुमा ४० विद्यालयलाई बमले उडाइदिने धम्की

नयाँ दिल्ली । भारतको बेङ्गलुरु सहरका करिब ४० वटा विद्यालयमा शुक्रबार बिहान बम राखिएको भन्दै धम्कीपूर्ण इमेल प्राप्त भएपछि सुरक्षा निकाय उच्च सतर्कतामा पुगेका छन् ।धम्की दिने इमेलमा कक्षाकोठाहरूमा कालो प्लास्टिक झोलाभित्र विस्फोटक पदार्थ राखिएको भनिएको थियो । उक्त खबर लगत्तै प्रहरी, बम डिस्पोजल टोली र तालिमप्राप्त कुकुरसहितको टोली विद्यालयहरूमा पुगेर व्यापक खोजतलास गरे पनि कुनै विस्फोटक सामग्री फेला परेको छैन ।

यो घटनाले विद्यालय प्रशासन, विद्यार्थी र अभिभावकमाझ ठूलो चिन्ता र त्रास फैलाएको थियो । हालै राजधानी दिल्ली र पंजाबको अमृतसरस्थित गोल्डेन टेम्पलमा पनि यस्तै प्रकृतिका धम्कीहरू प्राप्त भएका थिए, जसले गर्दा यस्ता घटनाहरूबीच सामाजिक अस्थिरता फैलाउने नियत हुन सक्ने आशंका गरिएको छ ।

गत वर्ष पनि यस्ता नक्कली बम धम्कीहरूले विद्यालय, अस्पताल, होटल र विमानस्थलजस्ता सार्वजनिक स्थानहरूमा त्रासदीपूर्ण स्थिति सिर्जना गरेका थिए । प्रहरीले घटनाको डिजिटल फरेन्सिक अनुसन्धान सुरु गरिसकेको छ र दोषीलाई कडा कारबाही गरिने जनाएको छ ।

साफ यू–२० महिला च्याम्पियनसिपः भुटानविरुद्ध नेपालको सानदार जित

काठमाडौँ। बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि अर्को सानदार जित निकालेको छ ।  ढाकास्थित बसुन्धरा किंग्स एरिनामा शनिबार भएको खेलमा नेपालले भुटानलाई ८–० गोलले हरायो । एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा दुई गोल गरेको थियो ।

नेपालको जितमा प्रर्णिमा राई र मीना देउवाले ह्याट्रिक पूरा गर्नुभयो । यस्तै समीक्षा घिमिरे र कुसुम खतिवडाले एक एक गोल गर्नुभयो । यसअघिको खेलमा नेपालले भुटानलाई ६–१ गोलले हराएको थियो ।

यस्तै चार टोली सहभागी च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलले हराएको थियो । नेपाल जारी च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा भने घरेलु टोली बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।  यस च्याम्पियनसिपको पाँच खेलमा चौथो जित निकालेको नेपालले १२ अङ्क बनाएको छ । नेपाललाई च्याम्पियन बन्न अब घरेलु टोली बङ्गलादेशबिरुद्ध सोमबार हुने अन्तिम खेल जित्नुपर्नेछ ।

च्याम्पियनसिपमा सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।


आरजु र जयवीर देखाएर ओलीले कांग्रेस तर्साइरहेको वर्षमानको आरोप

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध बोल्न खोज्ने जो कोहीलाई पनि फाइल तयार पारेर तर्साउने काम गरिरहेको आरोप लगाएका छन् । शनिबार पार्टीको गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा पुनले यस्तो आरोप लगाएका हुन् ।

ओलीको चरित्रबारे लामो चर्चा गर्दै  पुनले सत्तारुढ मुख्य घटक कांग्रेस पनि केही चलमलाउन खोजेको वा नेतृत्व परिवर्तनको कुरा गर्न थाल्नासाथ ओली तर्साउन खोजेको बताए । परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेता आरजु राणा देउवालाई पनि तर्साउने काम भएको उनको भनाइ छ ।

‘हेर्दै जानुस् कांग्रेस गठबन्धनबाट अलिकति चल्मलाउन थाल्यो, नेतृत्व आफैँले लिने कि भन्ने भएपछि अब आरजुका आमा छोरा (जयवीर) को पालो हो भनेर कांग्रेस नेतृत्वलाई तर्साइरहनुभएको छ । यो ओलीजीको तरिका हो,’ पुनले भने ।

उनले नेकपाकालमा पनि माओवादीका पुराना नेता रामबहादुर थापा बादलका छोराको फाइल तयार पारेर तर्साएरै एमाले भित्र्याएको आरोप पनि लगाए । ‘नेकपा हुँदा पनि बादलजीको छोराको फाइल तयार गरेर राख्नुभयो । लास्टमा उहाँलाई नै एमालेमा लैजानुभयो,’ पुनले भने ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक र टेरामक्स खरिदमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई तानेर ओलीले कांग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब बढाएको पुनले दाबी गरे ।

सुदूरपश्चिममा छाउपडी प्रथाजन्य कुरीति विरुद्ध अभियान सञ्चालन गर्ने निर्णय

धनगढीः सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाजन्य कुरीति तथा जातीय विभेदविरुद्धको आवश्यकतानुसार जनचेतनामूलक कार्यक्रम तथा अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज बसेको छाउपडी प्रथाजन्य कुरीति उन्मूलन प्रदेश सुपरिवेक्षण तथा निर्देशन समितिको बैठकले यस्तो निर्णय गरेको हो। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको समितिको बैठकले सामाजिक कुरीतिविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले बताए।

छाउपडी गोठमा बसेको अवस्थामा गत साता सर्पले डसेर कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ की २८ वर्षीया कमला आउजी दमाईको ज्यान गएको थियो। सो घटना समेतको गाम्भीर्यतालाई मध्यनजर गर्दै बसेको समितिको बैठकले छाउगोठ प्रथा उन्मूलन र समाजमा देखिएका सामाजिक विभेद एवम् छुवाछुतयुक्त व्यवहारको नियमन कार्यलाई थप प्रभावकारी ढङ्गले अगाडि बढाउन स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ।

छाउपडी प्रथाजन्य कुरीति उन्मूलन नीति तथा कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको सुनिश्चितता गर्न प्रदेश, जिल्लास्तरीय र स्थानीय तह स्तरीय समितिहरूको नियमित बैठक गर्ने र आफ्नो क्षेत्रमा नियमित अनुगमन गर्ने निर्णय बैठकले गरेको छ।

नाइजरमा दुई भारतीय नागरिकको हत्या

काठमाडौं– पश्चिमी अफ्रिकी मुलुक नाइजरमा चरमपन्थी आक्रमणमा परी दुई भारतीयको मृत्यु भएको छ । जुलाई १५ (अरास ३१) मा भएको चरमपन्थी आक्रमणमा परी उनीहरूको मृत्यु भएको हो ।

नाइजरमा रहेको भारतीय दूतावासले सोसल मिडिया प्लेटफर्म एक्स (ट्विटर) मा लेखेको छ, ‘नाइजरको डोसो क्षेत्रमा १५ जुलाईमा भएको एक आतंकवादी आक्रमणमा दुई भारतीय नागरिकको मृत्यु भयो । एक भारतीय नागरिक अपहरणमा परेका छन् ।’

भारतीय दूतावासले नाइजरमा रहेका सबै भारतीय नागरिकलाई सतर्क रहन आग्रह पनि गरेको छ  ।  ‘शव भारत पठाउन र अपहरणमा परेका नागरिकको सुरक्षित रिहाईका लागि स्थानीय अधिकारीहरू सम्पर्कमा छन्,’ दूतावासले भनेको छ, ‘नाइजरमा सबै भारतीयलाई सतर्क रहन सल्लाह दिइन्छ ।’

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी

काठमाडौं । विश्व भेटेरिनरी एसोसिएसनको २०२५ को महासभामा नेपाल भेटेरिनरी एसोसिएसनले सहभागिता जनाएको छ। एसोसिएसनका पूर्वअध्यक्ष डा शीतलकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार सम्पन्न भएको महासभामा सहभागिता जनाए।

डा श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसनको समेत प्रतिनिधित्व गर्दै महासभामा सहभागी भए। महासभालाई सम्बोधन गर्दै उनले नेपालमा पशु चिकित्सकहरूले गरेको योगदानको चर्चा गर्दै नेपालमा पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न अन्य राष्ट्रहरूसँग आग्रह गरे।

साथै विश्व भेटेरिनरी एसोसिएसनको कुनै पनि कार्यक्रम आयोजना गर्न नेपाल तयार रहेको उल्लेख गर्दै डा श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसन चाँडै विश्व भेटेरिनरी एसोसिएसनको सदस्य हुने विश्वास व्यक्त गरे।

डा श्रेष्ठ सार्क भेटेरिनरी एसोसिएसनको महासचिव छन्। यही जुलाई १८ मा भएको उक्त महासभामा ९० देशबाट १२० जनाको सहभागिता थियो। नेपाललगायत अन्य चार राष्ट्रबाट उक्त महासभामा सम्बोधन भएको थियो।

महासभामा डा श्रेष्ठले श्रीलङ्का, ताइवान, जापान, कोरिया र फिलिपिन्स भेटेरिनरी एसोसिएसनको अध्यक्षहरूसँग भेट गरी भेटेरिनरी क्षेत्रका समस्या र अवसरका विषयमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। विश्व भेटेरिनरी एसोसिएसनको आगामी महासभा जापानको टोकियोमा हुनेछ। नेपाल सन् १९९८ देखि विश्व भेटेरिनरी एसोसिएसनको सदस्य राष्ट्र भएको हो।

नौ वर्षदेखि बस्न नसकेको नेपाल–भारत गृह सचिवस्तरीय बैठक यसै हप्ता

काठमाण्डौ – नौ वर्षदेखि बस्न नसकेको नेपाल–भारत गृह सचिवस्तरीय बैठक यसै हप्ता बस्ने भएको छ । गृहमन्त्री रमेश लेखकले दुई देशको गृह सचिवस्तरीय बैठक यसै हप्ता बस्न लागेको जानकारी दिएका हुन ।

गृह मन्त्रालयका सचिवको नेतृत्वमा परराष्ट्र मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकारी र भारतीय पक्षका पनि निकायका प्रतिनिधिको उपस्थितिमा बैठक हुन लागेको हो ।

बैठकमा सीमामा हुने अपराधको नियन्त्रण, सीमास्तम्भको मर्मतसम्भारलगायतका विषयमा छलफल हुने गृहमन्त्री लेखकले जानकारी दिएका छन ।

यस्तै सीमा क्षेत्रमा हुने आवतजावत व्यवस्थित गर्न पनि गृह सचिवस्तरीय बैठकको महत्त्व रहेको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय सीमा निर्धारण तथा सीमानामा आउने समस्याबारे छलफल गर्ने बेग्लै निकाय भए पनि सीमासम्बन्धी अपराध नियन्त्रणका लागि गृहसचिव नेतृत्वको संयन्त्रले नै काम गर्ने उनले बताए ।

 

अमेरिकी राष्ट्रपती ट्रम्पद्वारा वाल स्ट्रिट जर्नल र पत्रकारविरुद्ध मानहानी मुद्दा दर्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाचार संस्था वाल स्ट्रिट जर्नल, यसका मालिक रुपर्ट मर्डोक र दुई पत्रकारविरुद्ध मानहानी मुद्दा दायर गरेका छन । यो मुद्दा फ्लोरिडाको मियामीमा दायर गरिएको हो ।

मुद्दाको केन्द्रमा हालै प्रकाशित एउटा समाचार सामग्री रहेको छ । जसमा ट्रम्पले सन् २००३ मा विवादास्पद व्यक्ति जेफ्री एपस्टाइनलाई ५०औं जन्मदिनको अवसरमा लेखेको शुभकामना पत्र छ ।

ट्रम्पका वकिल अलेजान्ड्रो ब्रिटोले अदालतमा दायर गरेको मुद्दामा वाल स्ट्रिट जर्नलले तथ्यमाथि ध्यान नदिई द्वेषपूर्ण ढङ्गले लेख प्रकाशित गरेको दाबी छ ।

साथै समाचार प्रकाशित गर्नु अघि नै वाल स्ट्रिट जर्नललाई गलत तथ्य रहेको र प्रकाशित नगर्नु समेत भनिएको उल्लेख छ ।

एपस्टाइन बालिकालाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा जेल सजाय भोगेका व्यक्ति हुन् । उनीसँग अमेरिकी राष्ट्रपति ट्रम्पको विगतमा राम्रो सम्बन्ध रहेको र ५०औं जन्मदिनमा ट्रम्पले उनलाई पत्र लेखेको समाचार सामग्री वाल स्ट्रिट जर्नलले छापेको थियो ।

बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा एपस्टाइन सन् २००६ मा पहिलो पटक पक्राउ परेका थिए । अनि ट्रम्पको पहिलो कार्यकाल सन् २०१९ मा अर्को पटक पक्राउ परेका थिए । त्यसबेला उनले जेलभित्रै आत्महत्या गरेका थिए ।

सुक्न थाल्यो रोपो

कञ्चनपुर। कञ्चनपुरका अधिकांश क्षेत्रमा रोपेको धान सुक्न थालेको छ । वर्षा नहुँदा रोपेको धान सुक्न थालेपछि कृषक चिन्तित बनेका हुन् ।

कञ्चनपुरको शुक्लाफाँटा, कृष्णपुर, लालझाँडी, वेदकोटमा धान सुक्न थालेको छ । असारमा रोपाइँ गरेका कृषकले पानी नपर्दा धान सुक्न थालेको बताएका छन् । आकासे पानीका भरमा रोपाइँ गरेका शुक्लाफाँटा नगरपालिका–१० का कृषक कमला दमाईंले छ कट्ठामा रोपेको धान एक महिनासम्म पनि पर्याप्त पानी नपर्दा सुक्दै गएको दुःखेसो पोखे ।

धान रोपाइँमा ट्याक्टरको जोताइ, मलखाद गरी नौ हजारभन्दा बढी लगानी खेर गाएको बताए । यस्तै सोही ठाउँका भीम दमाईंले आठ कट्ठामा धान रोपेकोमा अहिले सुक्दै गएको दुःखेसो पोखे।

शुक्लाफाँटा नगरपालिकाका कृषि शााखा प्रमुख करनसिंह बुढाऐरले कृषकले धान रोपेपछि पानी पर्न छोड्दा उँचो स्थानमा धान सुक्न थालेको बताउनुभयो । समयमै पानी नपर्दा धानमा गबारो पनि देखिन थालेको उनले बताए । नहरको सिँचाइ सुविधा नपुगेका क्षेत्रमा किसानले धान सुक्दै गएको दुःखेसो पोखेका छन् भने नहर पुगेका क्षेत्रमा समेत नहरको पानी लगाउन पालो नपुगेको भन्दै धान उत्पादन घट्नेमा चिन्ता गरेका छन् ।

यसपालि धान खेतीका लागि आवश्यक पर्ने वर्षा नहुँदा जिल्लाका विभिन्न क्षेत्रमा धान सुक्दै गएको कृषि प्राविधिकले बताएका छन् ।

केही दिनदेखि कञ्चनपुरमा पर्याप्त वर्षा नभएको महाकाली बेसिन कार्यालयका प्रमुख सञ्जयकुमार शाहले बताए । उनका अनुसार आगामी आइतबारसम्म कञ्चनपुरमा वर्षा नहुने देखिएको छ । सोमबारदेखि भने केही वर्षा हुने अनुमान गरिएको उनेले बताए ।

कञ्चनपुरमा कुल खेतीयोग्य जमिन ५९ हजार ६०२ हेक्टर रहेको छ । जिल्लामा ४८ हजार ४९६ हेक्टरमा धान खेती हुँदै आएको छ । जिल्लमा झन्डै १० हजार हेक्टरमा सिँचाइ सुविधा नपुगेको कृषि ज्ञान केन्द्र महेन्द्रनगर कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउदले बताए ।

साउन लागेसँगै शक्तिपीठमा भक्तजनको घुइँचो

बैतडी । सुदूरपश्चिमका पहाडी जिल्लामा साउन महिनाको आरम्भसँगै शक्तिपीठ तथा मन्दिरमा सर्वसाधारणले बत्ती बाल्ने, पूजाआजा गर्ने र रातभर जाग्राम बस्न थालेका छन् ।

साउन महिनालाई ‘बत्ती बाल्ने महिना’ का रूपमा मान्ने सांस्कृतिक र धार्मिक परम्परा अनुसार विभिन्न मन्दिरमा विशेष चहलपहल हुन थालेको छ । साउनको आरम्भ भएसँगै बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरमा पूजा, भजनकीर्तन, आरतीलगायतका धार्मिक कार्यक्रम सुरु भएको दशरथ चन्द नगरपालिका–७ का पण्डित गणेशदत्त भट्टले बताए ।

देवीदेवताका मन्दिरमा रातभर जाग्राम बस्ने र बत्ती बाल्ने प्रचलन धेरै पहिलेदेखि चलिआएको स्थानीय संस्कृतिका जानकार स्थानीय पण्डित घनश्याम लेखकले बताए । विशेषतः शिवजीको आराधना गरिने यो महिनामा मनोकामना पूरा हुने विश्वास रहिआएको वासुलिङ मन्दिरका पुजारी धर्मानन्द भट्टले बताए । उनले भने, “साउन महिनाभरि देवीदेवताका मन्दिरमा पूजापाठ गर्ने चलन रहिआएको छ ।” बैतडीमा सात बैनी भगवती र सात भाइ केदारका प्रसिद्ध मन्दिर रहेकाले नेपालभित्रका साथै सीमावर्ती भारतका श्रद्धालु पनि दर्शनका लागि आउन थालेका छन् ।

जिल्लामा रहेका त्रिपुरासुन्दरी, निङ्गलासैनी, डिलासैनी, मेलौली भगवती, रौलाकेदार, वाशुलिङ, सिगासधुरा, दोगडाकेदार, उदयदेव, शिवनाथलगायतका मन्दिरमा साउन महिनाभर श्रद्धालुको भिड लाग्ने गरेको पाटन नगरपालिका–६ का लवदेव जोशीले बताए। विशेष गरी सुर्नया गाउँपालिकास्थित रौलाकेदार, वासुलिङ मन्दिर, सिगास गाउँपालिकाको सिगासधुराधाम, दशरथ चन्द नगरपालिकाको ग्वाल्लेक केदार, जगन्नाथ मन्दिर, ईश्वरी गङ्गाधाम, पाटनको महारुद्र मन्दिरलगायतमा साउनको समयमा दर्शनार्थीले दैनिक पूजाआराधाना गर्ने सुर्नया गाउँपालिकाका स्थानीय  पण्डित भुवनदेव भट्टले बताए ।

साउन महिनाको सुरुवातसँगै प्रसिद्ध रौलाकेदारधाममा श्रद्धालुको ओइरो लाग्न थालेको उनले बताए। “साउन सुरु भएसँगै रौलाकेदारमा श्रद्धालु आउन थालेका छन, यो महिनाभर मन्दिरमा भिड लाग्ने गर्छ,” उनले भने । रौलाकेदारको दर्शन गरेमा बद्रीकेदारको दर्शन गरेसरह फल प्राप्त हुने जनविश्वास रहेको उहाँले बताए। त्यस्तै सिगास गाउँपालिकास्थित सिगासधुराधाममा पनि विशेष चहलपहल सुरु भएको छ । शिवजीको वासस्थानका रूपमा लिइने सिगासधुरामा दर्शन गर्नाले मनोकामना पूरा हुने विश्वास रहेको सिगास गाउँपालिका–३ का  स्थानीय चुडामणि अवस्थीले बताए । साउन महिनामा शुद्ध शाकाहारी भएर मठ मन्दिरमा पूजाअर्चना गर्ने चलन धेरै पुरानो रहेको अवस्थीले बताए ।

तराई पहाड जोड्ने भिमदत्त राजमार्गको अवस्था जोखिमपूर्ण

डडेल्धुरा। सुदूरपश्चिम प्रदेशका सात पहाडी र दुई तराईका जिल्ला जोड्ने एक मात्रै राजमार्ग भिमदत्त राजमार्गको हाल अहिले बेहाल छ । राजमार्गको मर्मतका लागि ठेक्का सम्झौता भए पनि काम पूरा नहुँदा करिब २० किलोमिटरको यात्रा सास्ति पूर्ण छ । मालसामान र सवारीका साधान आउजाउमा दुर्घटनाको जोखिम उच्च छ ।

सडक मर्मतको काम सुस्त हुँदा सवारी आवतजावत जोखिमपूर्ण बनेको छ भने सर्वसाधारणले दैनिक सास्ती खेप्दै आइरहेका छन । भिमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्क–साहुँखर्क, हगुल्टे लेक र कैलालीको बुढीतोला क्षेत्रमा फुटेको सडक खनेर छोडिएको छ । बर्खाको यो समयमा सडक खनेर छोडिदा ठूला ठूला खाल्टा भएका छन् । यी क्षेत्रमा सडक हिलाम्मे हुदा गाडी ओहोर दोहोर गर्न निकै समस्या हुने गरेको छ ।

ठूला गाडीभन्दा साना गाडीहरु सञ्चालन गर्न निकै कठिन भएको हाईस चालक हरि साउदले गुनासो गरे । अप्ठ्यारो सबैलाई भएको छ । खाल्टा खुल्टि र हिलोका कारण यो क्षेत्रमा दुई घण्टासम्म ढिला हुने गरेको छ । गाडीहरु हिलोमा फस्छन । उनले भने, ‘‘हाम्रा साना गाडीको तल ईञ्जिन भएको भाग ठोकिन्छ र बिग्रने हुँदा खर्च बढेको छ ।’’

निर्माण कम्पनीले ग्रावेलसमेत नहालेपछि सडक हिलाम्मे बनेको छ । सडकमा पानी जमेर खाल्डाखुल्टी थप गहिरिएका छन् । सवारी चालक करन दियालका अनुसार बर्खामा यो सडक खण्ड भएर आउजाउ गर्नु  सवारी साधन नै जोखिममा पार्नु हो । कतिपय ठाउँमा गाडी फस्ने र बिग्रने समस्या भइरहेको छ ।

सवारी चालक रमेश अवस्थीले दुखेसो पोख्दै भने, ‘‘सडक मर्मत भन्दै खनियो तर ग्रावेल हालिएन । अहिले झनै हिलाम्मे छ । यात्रुहरुले कष्टकर यात्रा गर्नु पर्ने बाध्यता छ ।’’

सडक डिभिजन कार्यालय कुलपाते डोटीअन्तर्गत पर्ने यो सडक खण्डको मर्मत दुई पटक टेण्डर भएको थियो । तर निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्न नसक्दा सडकको बेहाल भएको हो । राजमार्ग समयमै मर्मत हुन नसक्दा समस्या भएको गुनासोपछि सडक डिभिजन कार्यालयले अनुगमन गरी ग्रावेल हाल्न लगाएको सडक डिभिजन कार्यालय कुलपातेका कार्यालय प्रमुख रमेश भट्टराईले जानकारी दिए । तर सडकको अवस्था जस्ताको त्यस्तै छ । वर्षाका कारण ग्रावेल हिलोेमा परिणत भएको छ ।

उनका अनुसार चैत महिनादेखि नै लगातार वर्षा भइरहेका कारण निर्माण कम्पनीले काम गर्न नसकेको हो । यो सडकखण्ड डडेल्धुराको सबैभन्दा अग्लो स्थान महाभारत पर्वतको करिब दुई हजार मिटरको उचाईमा पर्छ । यहा कात्तिक महिना देखि फागुन महिनासम्म नै हिमपात हुन्छ । चैत महिना लागेपछि काम गर्न मिल्छ । तर यस वर्ष चैत महिनादेखि लगातार रुपमा वर्षा भएका कारण यो सडक खण्ड मर्मत गर्न नसकिएको हो ।

महाकाली सामुदायिक वनको घुम्ती कोषले गरिबी घटाउँदै, रोजगारी बढाउँदै

कञ्चनपुर: कृष्णपुर नगरपालिका–६ बन्जरियास्थित महाकाली सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध सदस्य आर्थिक रूपमा परिपक्व हुन थालेका छन्। सामुदायिक वनले घुम्ती कोष सञ्चालन गरी उपभोक्ताको आयस्तरमा सुधार ल्याउन थालेको हो।  सामुदायिक वनअन्तर्गत तीन वटा टोल समिति गठन गरिएका छन्। टोल समितिपिच्छे सामुदायिक घुम्ती कोष सञ्चालन गरिएका छन्। सामुदायिक वनका कार्यालय सहायक वुद्धिबहादुर चौधरीका अनुसार उत्तर बन्जरिया टोल समिति, वसन्तपुर टोल समिति र दक्षिण बन्जरिया टोल समिति गरी तीन वटा टोल समिति छन्।

प्रत्येक टोल समितिमा रु १० लाखको घुम्ती कोष सञ्चालित छ। टोल समितिमा आबद्ध उपभोक्तालाई बङ्गुरपालन, बाख्रापालन, कुखुरापालन, पशुपालन, बेमौसमी सागसब्जीखेती, माछापालन र किराना पसल सञ्चालनका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने कार्य हुँदै आएको छ।

‘टोल संयोजकसहित समितिमा सात जना रहने व्यवस्था गरिएको छ’, चौधरीले भने, ‘समितिले आवश्यकता भएका विपन्न अवस्थाका उपभोक्ताको मागअनुसार ऋण परिचालन गर्दै आएको छ।’ एक जना उपभोक्तालाई एक पटकमा कम्तीमा ३५ हजारसम्म ऋण वार्षिक शून्य दशमलव पाँच प्रतिशत ब्याजमा लगानी गरिँदै आएको छ।

तीन वटै टोल समितिमा २५४ घरधुरी आबद्ध रहेका छन्। जसमा महिला ५५७ र पुरुष ६०६ जना आबद्ध रहेका छन्। सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीका अनुसार टोल समितिको हिसाबकिताबलाई पारदर्शी र चुस्तदुरुस्त बनाउनका लागि आर्थिक वर्षको अन्त्यमा आर्थिक प्रतिवेदन तयार गरी सार्वजनिक सुनुवाइ गरी अनुमोदन गर्ने गरिन्छ। प्रतिवेदनमा ऋण लगानी भएको रकम, वार्षिक प्राप्त ब्याज र बैंक मौज्दातबारे उल्लेख गरिएको हुन्छ।

‘आर्थिक प्रतिवेदन अनुमोदन गर्न आयोजना गरिने कार्यक्रममा टोल समितिमा आबद्ध उपभोक्ताको आर्थिक अवस्थामा सुधार भए नभएकोबारे छलफल गर्छौं’, उनले भने, ‘ऋणको सही सदुपयोग भए नभएकोबारे विश्लेषण गर्छौं, विपन्नताको अवस्थामा रहेका उपभोक्ताको आर्थिक अवस्थालाई अझै सुधार गर्न के गर्न सकिन्छ त्यसबारे गहन छलफल गरी आगामी वर्षका लागि योजना बनाउँछौँ, लागू गर्छौँ।’

घुम्ती कोष परिचालनका लागि भने सामुदायिक वनले विनियमनै तयार गरी त्यसैअनुरूप रकम परिचालन गर्दै आएको छ। आयआर्जनका कार्यक्रमसँगै वैदेशिक रोजगारीमा जानेलाई र उच्च शिक्षा अध्ययन गर्नेलाई पनि सहुलियत दरमा ऋण उपलब्ध गराउने गरिन्छ। सामुदायिक वनमा आबद्ध उपभोक्ता कोषको रकम ऋणका रूपमा लिएर कुनै न कुनै व्यवसायमा संलग्न रहेका छन्। घुम्ती कोषअन्तर्गत एक उपभोक्तालाई निश्चित समयावधिका लागि दिएको ऋण अर्को उपभोक्तालाई दिइने गरिन्छ।

कोषबाट ऋण लिएर फूलराम चौधरीले बाख्रापालनको कार्य गर्दै आएको छ। बाख्रापालन गरी उनले वार्षिक रूपमा रु दुई लाख बढी आम्दानी गर्दै आएका छन्।  सामुदायिक वनमा आबद्ध भएपछि घुम्ती कोषबाट ऋण लिएर बाख्रापालन गरिएपछि वर्षभरिको घरखर्च सहज रूपमा चल्न थालेको चौधरीले बताए। पहिलोपटक लिएको ऋणको रकम बाख्रा बिक्री गरेर चुक्ता गरिसकेको उल्लेख गर्दै उनले थप ऋण लिएर उन्नत जातका बाख्रा थपेर व्यवसायलाई विस्तार गर्ने सोच रहेको बताए।

समितिमा आबद्ध बुद्धिराम चौधरीले घुम्तीको कोषबाट लिएको ऋणको रकम परिचालन गरी दश कट्ठा जग्गामा व्यावसायिक रूपमा सागसब्जीखेती थालेका छन्। मौसमी र बेमौसमी सागसब्जीखेती गरी वर्षमा पाँच लाख जतिको आम्दानी हुने गरेको उनी बताउछन्।

घुम्ती कोष सञ्चालन गर्नुको उद्देश्यबारे प्रष्ट्याउँदै अध्यक्ष राजवंशी भन्छन्, ‘विपन्नतका अवस्थामा रहेका उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनु, लघु उद्यममार्फत उपभोक्तालाई आर्थिक रूपमा सवल बनाउनु र महिलालाई सशक्तीकरण गर्नु रहेको छ, जुन उद्देश्यका लागि घुम्ती कोष गठन गरी सञ्चालन गरेका छौँ, त्यसमा सफल हुँदै गएका छौँ।’ उनका अनुसार घुम्ती कोषको अर्को उद्देश्य गरिबी घटाउने र रोजगारीका अवसर सिर्जना गर्ने समेत रहेको छ। सामुदायिक वनले पाँच वर्षअघिदेखि घुम्तीकोष कार्यक्रम सञ्चालन गर्दै आएको छ।

नेपालीका दुःख

नेपालीका खुशी र दुःखका कारण अनेक छन् । दीपक साँउदको हिलोमा लडिबुडी गरेको भिडियोले पाँच करोड भ्यूज कटायो । सामाजिक सञ्जालमा खुशीको लहर छायो। साँउदले नेपाली टोपीको अपमान गरे भन्दै दुःख मनाउने उत्तिकै छन् ।

यस्तो लाग्छ, नेपाली भित्र करुणा अटेसमटेस छ । बंगलादेशमा एक जनाको पाँच दिनपछि समुन्द्रबाट उद्दार भयो । सबैले भिडिओ शेयर गरे । तर आफ्नो छिमेकी अस्पतालमा आर्थिक अभावमा छटपटाईरहेको छ, उसलाई भेट्न जान हामीलाई फुर्सद छैन । न त उस प्रति दयाभाव छ ।

राजनीतिमा युवाको खाँचो छ भन्छौ । विद्या भण्डारी राजनीतिमा फर्किदा ढोल पिट्छौ । भो देशका लागि अव धेरै कष्ट नगरौ । किन सल्लाह दिएनन् कसैले ?

युवाको नाडी छामेका नयाँ भनिएकाहरु परम्परागत दललाई सत्तोसराप गरेर भ्यूज बटुल्नमा व्यस्त छन् । विकासको खाका के छन् ? रोजगारीका अवसर कसरी सृजना गर्ने ? अर्थतन्त्र चलायमान बनाउने तरिका के हुन् ? योजना छैनन् । दैनिक २३ सय भन्दा बढि युवा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश गईरहेको दृष्यले कसैलाई बिझाउँदैन । खुला नाकाबाट भारत छिर्नेको संख्याको हिसाव कसले गरोस ?

बुर्किनाफासोमा ३७ वर्षीय ईब्राहिम तरारेको उदयमा खुशी छौ । यता सामाजिक सञ्जाललाई नियमन गर्ने कुराको बिरोध गर्छौ । स्वच्छन्दता नेपाल जस्तो चाहिने अनि तानाशाह बुर्किनाफासो जस्तो ? जसलाई भन्छन्, ननसेन्स राईम्स ।

एलिना चौहानले के भनिन् ? विष्णु सापकोटा किन मौन छन् ? समाज त्यसमा बाडिएको छ । युट्युबको मसला बनेको मान्छेको निजी जीवन । सुनिता बिलियम्स अन्तरिक्षमा पुगेको कुरामा हर्ष बढाई गर्छौ । मानौ, हाम्रै चेली पुगेकी हुन् । यता एलिनालाई मुखाले भएको टिप्पणी गर्छौ । उनका आँशुलाई ट्रोल बनाउछौ ।

फिल्म हेर्दा हामी भित्र पसेको रजनीकान्त हल बाहिर निस्किदा उत्रिसकेको हुन्छ । न आशा । न सपना । घर पुग्दा दुःखीराममा परिणत भईसक्छौ ।

पुरानालाई प्रश्न गर्नेहरु आफू भने प्रश्न गर्न नपाईने जमात खडा गर्दैछन् । साईवर सेनाका सेनापती महेश बस्नेत सबैभन्दा बढि सामाजिक सञ्जालबाट लखेटिएको कति चाँडो बिर्सिन्छौ । जे रोप्यो । फल्ने त्यही हो । सामाजिक सञ्जाललाई सियो बनाए, त्यसले जोड्ने हो । मुशल बनाए, आफ्नै टाउको बज्रिन्छ, बज्रिन्छ । कुरा ढिलो चाँडोको हो । त्यही सामाजिक सञ्जाल हो, रवि लामिछानेलाई बनाउने । र, यही सामाजिक सञ्जाल हो, उनको उछितो काढ्ने । यस्ता प्लटेफर्मलाई बिकृत बनाउने कि ? सदुपयोग गर्ने । आशा सञ्चार गर्ने कि ? भडास ? धैर्यताको लेवल छैन् । एकछिन पर्खन सक्दैनौ । फ्याट्ट कमेण्ट गर्छौ । सामाजिक सञ्जालको सामग्रीमा फ्याक्ट चेक गर्दैनौ ।

एमालेले अध्यक्षको उमेर हद हटायो । ७० नाघेपछि अध्यक्ष बन्ने सुविधा ओली समूहले पायो । तर देशले युवा हुन नपाउदै कर्णधारहरु किशोर वयमै गुमाईरहेको छ । कसलाई चिन्ता ? जुंगाको रेखी नबस्दै देश छोड्न खुट्टा उचालेको किशोरको मनोदशा बुझ्ने नेता नभए, हुने यही हो । ७० को बृद्ध सत्तामा । १७ को युवा खाडीमा ।

नमरुञ्जेल ओलीलाई अध्यक्षमा बोक्ने र आजीवन लामिछानेलाई बोक्छु भन्नेहरु नेता होईनन् । दास हुन् । जवसम्म गगन र विश्व प्रकाशहरु आफ्नो अनुकुलताका लागि नेतृत्वको आलोचना र प्रशंसा गरिरहन्छन् । काँग्रेसले भोग्ने नियति पनि एमालेभन्दा पृथक कसरी हुन सक्छ ?

भगवानको बिरोध गर्दा गर्दै आफै भगवान भएको घोषणा गर्नेहरुको नियति के भयो ? प्रचण्ड, रेशम, उपेन्द्र र राजेन्द्रहरु उदाहरण हुन् । नीति र नियत बेठिक भए राजनीति सङ्लो रहदैन । मुक्तिका नाममा गरिएका उपद्रवहरु सत्तामा पुग्दा सतकर्म गरेर बिर्साउनु पर्ने थियो । बिगत छोडौ भने पनि कुबेर बन्ने लालसाले ती नेताहरुले आगत पनि धुमिल बनाई सके । जनताको मुक्ति र देशको विकासको नारा त सत्तामा पुग्ने भ¥याङ हुन् । सत्तामा पुगेपछि त्यो भ¥याङ, ‘खोलो त¥यो, लौरो बिस्र्यो’ बनाई दिए ।

तीनकुनेबाट तितरवितर भएको राजतन्त्र फर्काउनेहरुको आन्दोलन घरभित्रको झगडाले उठ्नै नसक्ने गरी थला परेको छ । सबै मिलेर देश बनाए राजा चाहिदैन भन्ने ज्ञान विद्धानहरुलाई कसले देओस ।

‘हाम्रो तेञ्जिङ नोर्गेले चढ्यो हिमाल चुचुरा’ उत्सव गीत गाईरहदा नोर्गेले अर्कै देशको नागरिकता लिदा टुलुटुलु हेरिरह्यौ । यो हाम्रो नियति हो । सगरमाथा आरोहण गर्नेहरु कोलोराडोमा शिविर बनाएर किन बसे ? न हामीले खोज्यौ ? न सरकारले ? कहाँ छिन्, मिरा राई ? सरकारलाई खोज्ने फुर्सद छैन् । सत्ता आरोहणमा नेताहरु किर्तिमान कायम गरिरहदा देशका वास्तविक किर्तिमानीहरु भने चुपचाप पलायन भईरहेको तथ्यलाई बिर्सिने अनौठो रोग अल्जाईमर्स भन्दा भयानक छ ।

मन्त्रीहरुको अडियो काण्डले सरकारको सुशासनको जग्ग बेस्मारी हल्लाईदिएको छ । त्यसका पराकम्पले कति क्षति गर्ने हो ठेगान छैन् ।

नयाँ र स्वतन्त्र ठिक भन्ने मानसिकताले तानाशाह जन्माउदै त छैनौ ? पुरानाबाट जवाफदेहिता, पारदर्शिता, सुशासन खोजिरहदा नयाँका कृत्यहरु जायज कसरी हुन सक्छन् ? विकासका नाममा कि सबै कुरा विर्सिदिनु ? तिनले गर्दा भ्रष्टाचार नमानिने कसरी हुन सक्छ ? तिनले बिधि र पद्धति मान्नु नपर्ने हो भने किन चाहियो संविधान ? अझ पुराना ठिकलाई खुईल्याएर नयाँ मात्र ठिक ठान्ने प्रवृति घातक छ । ईन्द्रलाई तह लगाउन भष्मासुरको कामना सही हुन सक्दैन ।
उत्तेजना र आवेगले खरानी बनाउछ । महल होईन ।

बहुदलपछि सबै पञ्च काँग्रेस भए । काँग्रेसको हालत के भयो ? जग जाहेर छ । यतिबेला सबै उदण्ड र भ्रष्ट रास्वपा हुने लहर चलेको छ । र, नेतृत्व पनि रातो कार्पेट बिछ्याउन कञ्जुस्याई गरिरहेको छैन् । तिनको भारी के रास्वपाले थेग्न सक्ला ? आफैले भित्र्याएका अवसरवादीहरुबाट उपेन्द्र अल्पमतमा परेको ईतिहास पुरानो भईसकेको छैन् । माओवादी आन्दोलन यति बिघ्न बद्नाम हुदैनथ्यो । जसका विरुद्ध लडे, त्यही सामन्तीलाई नेता मान्नु पर्ने माओवादी कार्यकर्ताको नमिठो भोगाई हो ।
काँग्रेसका एक गृहमन्त्री थिए । जसले ‘टीओ’ बढाउन हुकुम दिए । र, प्रहरीले फुली र अवसरका लागि अनाहकमा निर्दोषहरु मार्न थाले । शुन्यमा रहेको माओवादी कहाँ पुग्यो ? त्यो ईतिहास साक्षी छ ।

दमनले प्रतिरोध जन्माउछ । प्रतिरोध बलियो हुदै गए सत्तामा बस्नेहरु अस्तित्वमै रहदैन । रवी होस वा अरु कुनै व्यक्ति, राज्यले प्रतिशोध साँध्न शक्तिको दुरुपयोग गर्न हुदैन । जनता चूप छन् । जनता जागेपछि के हुन्छ । ४६, ६३ कति चाँडो बिर्सिन सकेका ?
प्रवासमा एउटा संस्था थियो, एनआरएनए । थियो यसर्थ कि, अव त्यो हुनु र नहुनुको कुनै अर्थ छैन् । देश बनाउछु भन्नेहरु लडेर रमिता देखाईरहदा …..के जातीलाई लाज भन्ने भईसक्यो । कुरा तिनकै ठूला । दारुमा गरेको खर्च गाउँमा गरेको भए कति पाटी, पौवा र विद्यालय बन्थे होलान् । अधिबेशनमा तिनलाई भूईबाट कसले उठाईदेओस । देश तिनैले बनाउछन् भनेर पत्याईरह्यौ, हामी ।

मिल्न नसकेर फुटेकाहरु एकीकृत समाजवादी कहलिने देशमा बामदेव र माधवको मिलापका समाचारहरु ब्रेकिङ बन्नु स्वाभाविक नै हो ।

शेखर, विद्या र प्रचण्डहरु एक ठाउँमा भेला भएपछि अमरेशले सान्त्वना दिने नै भए । उपेन्द्रलाई किन छुटाए होलान भेलामा ? त्यो बुद्धि कहाँ गएछ । देश बनाउन एक ठाउँमा को जम्मा भएको छ ? पानीको माछा बाहिर बस्न सक्छ । सत्ता बाहिर बस्न सक्ने नेता यो देशले उहिल्यै जन्माउन छोडेको हो कि लाग्छ । सत्तामा हिस्सेदारी भए कसलाई छटपटी भएको छ र ?

आशा जगाउने अखवारका हेडलाईनहरु छैनन् । टेलिभिजनका समाचारहरुले पुरै दिन निराश बनाउछ । युवा पलायन हुदैछन् । व्यवसायी धराशायी । सत्तामा ७० कटेका । कहाँबाट बनोस देश ?

दलभित्रका राम्राहरु । समाजभित्रका राम्राहरु । एक ठाउँमा उभिन ढिलो भईसक्यो । हाम्राहरु छोडेर राम्राहरुलाई निर्वाचित गरेनौ भने ८४ पछि पछुताउने समय पनि पाउने छैनौ ।

 

भोलि रातिदेखि सोमवारसम्म देशभर ठूलो वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव

काठमाण्डौ – भोलि शनिवार मध्यरातदेखि पूर्वी तराई र पहाडी क्षेत्रहरूमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार पर्सि आइतवार दिउँसोदेखि सोमवार बिहानसम्म देशभर ठूलो वर्षाको सम्भावना छ ।

बागमती, कोशी र गण्डकी जलाधार क्षेत्रमा अत्यधिक पानी पर्ने सम्भावना रहेको मौसमविद् उपाध्यायको भनाइ छ । उहाँले अबको २/३ दिनको अवधिमा लामो दूरीको यात्रा नगर्नसमेत सुझाव दिनुभएको छ ।

मुख्यगरी पृथ्वी राजमार्ग, बीपी राजमार्ग र बुटवल–नारायणगढ सडक खण्डको यात्रा नगर्न उहाँको सुझाव छ । आज र भोलि तराईमा भने मौसम सुक्खा रहने मौसमविद्को भनाइ छ ।

आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका १/२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

यसैबीच आज इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, ओखलढुङ्गा, खोटाङमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी सिन्धुपाञ्चोक, दोलखा, रसुवा, धादिङ, नुवाकोट, गोरखा, कास्की, पर्वत, बाग्लुङ, लमुजङ, स्याङ्जा, रोल्पा, सल्यान, सुर्खेत, दैलेख, कालीकोट, अछाम, मुगु, जुम्ला, डोल्पा, दार्चुलामा पनि बाढीको मध्यम छ ।

बाढीको जोखिम भएका र आसापासका जिल्ला भई बहने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

साउन २१ गतेभित्र शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासङ्घको चेतावनी

काठमाण्डाै – नेपाल शिक्षक महासङ्घले साउन २१ गतेभित्र विद्यालय शिक्षा ऐन जारी नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । महासङ्घले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी अबको २० दिनभित्र विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई अल्टिमेटम दिएको हो ।

महासङ्घले संसद्को शिक्षा समितिमा विधेयकमाथि चलिरहेको छलफल छिटो सकेर प्रतिनिधिसभामा पेश गर्न र यही साउन २१ गतेभित्र पारित गराउन सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ । साथै महासङ्घले आफ्नो ध्यानाकर्षणलाई बेवास्ता गरेमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।

महासङ्घले गएको चैत २० गतेदेखि झन्डै एक महिना काठमाण्डौ केन्द्रित आन्दोलन गरेको थियो । सरकार र महासङ्घबीच असार १५ गतेभित्र ऐन जारी गर्ने सहमति भए पनि अहिलेसम्म ऐन जारी हुन सकेको छैन ।

मुक्त कमैयाका समस्या समाधानमा तीन तहका सरकार एकजुट हुनुपर्छ : मुख्यमन्त्री शाह

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्त कमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन्। मुक्त कमैया महिला विकास मञ्चले आज धनगढीमा आयोजना गरेको २५औं कमैया मुक्ति दिवस कार्यक्रममा मुख्यमन्त्री शाहले भने, ‘मुक्तिको घोषणा भए पनि मुक्त कमैयाका धेरै समस्या छन्। यसको समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार एकजुट भएर अगाडि बढ्न जरुरी छ।’

प्रदेश सरकारले बनाएको मुक्त कमैया, हलिया र कम्लरी पुनःस्थापना कार्यविधि पूर्ण रूपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको मुख्यमन्त्री शाहको भनाइ थियो। उनले कार्यविधि कार्यान्वयनको पाटो निरन्तर अगाडि बढेको उल्लेख गर्दै कार्यविधि कार्यान्वयन गर्ने सन्दर्भमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। मुक्त कमैया, हलिया र कम्लरीको शिक्षा, स्वास्थ्य, रोजगारका लागि प्रदेश सरकारले सहयोग गर्ने उनले बताए। थारू, रानाथारू समुदायका विभिन्न संस्कृति, संस्कार, रीतिरिवाज जगेर्ना गर्न प्रदेश सरकार तत्पर रहेको उनको भनाइ थियो।

तत्कालीन सरकारले २०५७ साउन २ गते बँधुवा मजदुरका रूपमा जमिनदारको घरमा काम गर्दै आएका कमैयालाई मुक्त भएको घोषणा गरेको थियो। कमैयामुक्ति घोषणाको लामो समय हुँदा पनि अझै केही मुक्त कमैयाको पुनःस्थापना हुन सकेको छैन। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका गरी अझै दुई हजार ३७५ मुक्त कमैयाको पुनःस्थापना हुन नसकेको मुक्त कमैया महिला विकास मञ्चका कार्यक्रम संयोजक इन्द्र चौधरीले जानकारी दिए। उनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा २५ हजार १९५ मुक्त कमैयाको मात्रै पुनःस्थापना भएको छ।

बामदेवको जोश देखेर हाम्रो जागर बढेको छ- माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बामदेव गौतमको उर्जा र जोश देखेर आफुहरुको जागर बढेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै बामदेव गौतमसँग फेरी सहकार्य शुरु भएको, बामदेवको ७७ बर्षको जोश देखेर आफुहरु पनि प्रफुल्लित भएको र जागर बढेर गएको बताए ।

अध्यक्ष नेपालले यो एकताले देशमा ठुलो जिज्ञासा र उत्सुकता प्रदान गरेको बताउदै आएका चुनौतीलाई सहि विचारले सामना गर्नुपर्ने बताए ।

बामदेवको आगमनले एकीकृत समाजवादीको शक्ति बढ्ने र देशभरका कार्यकर्तामा नयाँ उत्साह आएको नेपालले बताए ।

नेपालले राष्ट्रिय एकता अभियानका अन्य असन्तुष्ट रहेकाहरुसँग पनि छलफल भइरहेको र छिटै एकताबद्ध गरिने बताए ।

आफुहरुले सम्भव हुनेसँग एकता गर्दै र सम्भव नभएकासँग मोर्चा बनाएर अगाडी बढिरहेको नेपालले बताए । अहिले समाजवादी मोर्चा कायम रहेको र नियमित गतिबिधि गरिरहेको बताए ।

उनले नेकपा एमालेसँग एकताको कुनै सम्भावना नरहेको बताउदै एमालेभित्रको अवस्था आफुहरुले हेरिरहेको बताए ।

कबड्डी विश्वकपका लागि भारत जाँदै नेपाली टोली

काठ्माण्डौँ- दोश्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन नेपाली टोली शनिबार भारतको हरियाणा जाने भएको छ। टोली १४ खेलाडीसहित १८ सदस्यीय रहेको छ। प्रतियोगिता अगष्ट ३ देखि १० तारिखसम्म हरियाणाको मोरमाजरामा हुनेछ।

खेलाडीमा मानमति विष्ट (कप्तान), जयन्ती बडु (उप–कप्तान), मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, श्रृजनाकुमारी थारु, श्रृजना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सन्जु थामी रहेका छन्।

प्रशिक्षकमा विष्णुदत्त भट्ट, सहायक प्रशिक्षकमा हरिना थापा, व्यवस्थापकमा शरद दर्शनधारी र निर्णायकमा रमेशचन्द्र ओझा छन् ।

प्रतियोगिताअघि नेपाली टोलीले मोरमाजरामै १२ दिनको अवधिमा प्रशिक्षणका साथै स्थानिय ५ क्लबसँग अभ्यास खेल पनि खेल्ने छ।

एसियाका ४७ राष्ट्र मध्येबाट नेपाल पनि छनोट हुँदै प्रतियोगितामा सहभागी हुन लागेको हो ।

विश्वकपको दोश्रो संस्करण १३ वर्षपछि हुन लागेको हो। पहिलो संस्करण सन् २०१२ मा भारतको पटनामा भएको थियो।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले महिला खेलाडीको ग्राफ उकालो लाग्दै गएको बताउदै एसियाली प्रतियोगितामा पनि पदक जित्दै महिला कबड्डी टोली दक्षिण एसियामा मात्र सीमित छ भन्ने भ्रमलाई चिर्न सफल भएको बताए ।

निर्देशक विष्टले देशका लागि केही गर्छु भन्ने भावनाका साथ प्रतिस्पर्धा गर्न बताउदै पदक जितेर आउन शुभकामना दिए ।

प्रशिक्षक भट्ट र कप्तान मानमतिले ८ महिनाको बन्द प्रशिक्षणले तयारी राम्रो भएको बताउदै पदक जित्नेमा आशावादी रहेको बताए

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व संकलन

कैलाली- कैलाली भन्सार कार्यालय धनगढीले आठ अर्ब ६६ करोड ९८ लाख राजस्व संकलन गरेको छ। भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असार मसान्तसम्मको एक वर्षको अवधिमा सो राजस्व संकलन गरेको हो।

आर्थिक वर्ष २०८१/८२ मा कार्यालयको रु ११ अर्ब १६ करोड २६ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा रु आठ अर्ब ६६ करोड ९८ लाख अर्थात् ७७ दशमलव ६७ प्रतिशतमात्रै राजस्व संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालले जानकारी दिए।

उनका अनुसार भन्सार महसुलतर्फ रु तीन अर्ब २३ करोड ९९ लाख, मूल्य अभिवृद्धि करतर्फ रु तीन अर्ब २३ करोड १५ लाख, अन्तःशुल्कतर्फ रु २१ करोड ४४ लाख र अन्यतर्फ रु एक अर्ब ९८ करोड ३९ लाख राजस्व संकलन भएको छ।

सूचना अधिकारी अर्यालका अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनमा रु ५७ करोड ५० लाख, भदौमा रु ५३ करोड ८४ लाख, असोजमा रु ६७ करोड २४ लाख, कात्तिकमा रु ६२ करोड ७८ लाख, मंसिरमा रु ८१ करोड १३ लाख र पुसमा रु ६५ करोड ८७ लाख राजस्व संकलन भएको छ।

त्यस्तै, माघमा रु ७३ करोड दुई लाख, फागुनमा रु ७२ करोड ७६ लाख, चैतमा रु ७८ करोड १४ लाख, वैशाखमा रु ८१ करोड ८० लाख, जेठमा रु ८७ करोड १३ लाख र असारमा ८५ करोड ६९ लाख राजस्व संकलन भएको उनले जानकारी दिए।

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको थिएन। अघिल्लो आर्थिक वर्षमा रु ११ अर्ब ५८ करोड २४ लाख वार्षिक राजस्व संकलनको लक्ष्य रहेकामा रु सात अर्ब ९१ करोड ८० लाखमात्रै राजस्व संकलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिए। जुन वार्षिक लक्ष्यको ६८ दशमलव ३६ प्रतिशतमात्रै थियो।

विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

काठमाडौँ । नेकपा एमालेको राजनीतिमा पुनरागमन गर्ने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग छलफल गरेकी छन् । शुक्रबार बिहान भण्डारी र कोइरालाबीच छलफल भएको छ ।

भण्डारी निवासमा भएको भेटमा भण्डारीले आफु राजनीतिमा फर्किएको जानकारी गराएकी थिइन् भने वर्तमान राजनीतिक अवस्थाको बारेमा छलफल भएको स्रोतले बताएको छ ।

यस अघि विहिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका कोइरालाले शुक्रबार भण्डारीसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

खोज्नुहोस