सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

धनगढी, १५ साउन ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन् । ५३ जना सदस्य रहेको सुदूर पश्चिम प्रदेश सभामा मुख्यमन्त्री शाहले ३० मत पाए । उनलाई सरकार जोगाउन २७ मत आवश्यक थियो ।
नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिएका हुन् ।
नाउपाकै कारण बिश्वासको मत लिनु परेका मुख्यमन्त्रीलाई नाउपाकै सांसद कैलाश चौधरीले पक्षमा मतदान गरेका हुन् ।
नाउपाका ७ सांसद छन् । तीमध्ये ६ सांसद प्रदेश सभामा उपस्थित थिएनन् । उपस्थित भएका एक सांसद चौधरीले बिश्वासको मत दिएका हुन् ।
काङ्ग्रेसको १८ र नेकपा एमालेको ११ मत पनि मुख्यमन्त्रीको पक्षमा आएको छ ।