साधारण सदस्य नरहने गरी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पदमुक्त

काठमाडौं ।
नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी पदमुक्त गरेको छ ।
पार्टी संरक्षक तथा श्रीमान रेमश चौधरी पक्षधर केन्द्रीय सदस्यहरूले श्रेष्ठलाई बुधवार साधारण सदस्य समेत नरहने गरी पदमुक्त गरेका हुन् ।
पार्टी विवाद, भूमि आयोग र मालपोत प्रमुख सरुवा प्रकरणमा मुछिएकी रञ्जितालाई शिव बास्तोलालाई कार्यबहाक अध्यक्ष नियुक्त गरेपछि क्रुद्ध रेशम पक्षधर सदस्यहरुले पदमुक्त गरेका हुन् ।
रेशम पक्षको बैठकले बुधवार साँझ रन्जितालाई हटाउने निर्णय गरेको नाउपाका महासचिव ठाकुरसिंह थारुले बताए ।
रेशम चौधरी र रन्जिता चौधरीको राजनीतिक कलह पारिवारिक बेमलमा परिणत हुँदै राजनीतिक रुपमा सम्बन्ध बिच्छेदको चरणमा पुगेको छ ।
नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधि सभामा ४ सीट छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभामा उपस्थिति छ । रेशम रन्जिता कलहका कारण पार्टी विभाजनको नजिक पुगेको छ । रन्जिताले यसअघि नै कार्यवाहक तोकेर केही दिन आराम गर्ने भनेकी थिइन् ।