अनशन बसेका मेयर भट्टराईलाई ५ बजेपछि माइतीघरमा नबस्न निर्देशन

काठमाडौं : खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले माइतीघर मण्डलामा अनशन सुरु गरेका छन्। तर उनले प्रहरीले आफूलाई साँझ ५ बजेपछि त्यहाँ बस्न नदिने जानकारी दिएको गुनासो गरेका छन्।
‘मेरो कुरा दिनरात यही बस्ने हो, मेयर भट्टराईले भने, ‘तर प्रहरीले ५ बजेपछि बस्न पाइँदैन भनेको छ। मलाई जहाँ लगे पनि जान्छु।’ उनका अनुसार, एक प्रहरी अधिकृतले’माथिबाट आदेश आएको’ भन्दै साँझपछि बस्न नपाइने जनाएका थिए ।
भट्टराईले आइतवाररदेखि सात बुँदे माग राखेर तीन दिने सत्याग्रह सुरु गरेका थिए । तर माग सम्बोधन नभएपछि उनी सोमबारदेखि अनशनमा बसेका हुन् ।
उनका प्रमुख मागहरू यस्ता छन:
बाँसका सामग्री प्रयोग गर्न राष्ट्रिय नीति बनाउने,
बाँदरको व्यवस्थापन गर्न नीति ल्याउने,
स्थानीय उत्पादनको प्रवर्द्धन,
यातायात सञ्जाल विस्तार,
अनशन स्थलमा सुरक्षाकर्मीको उपस्थिति रहेको छ ।