नेपालमा एमसिसीको निरन्तरतापछि दूतावासले के भन्यो ?

काठमाडौं । नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजना जारी रहने भएको छ। एमसिसीको अनुदानमा नेपालमा सञ्चालन हुने कार्यक्रमहरूले निरन्तरता पाउने भएका हुन् ।
यसबारे जानकारी दिँदै नेपालस्थित अमेरिकी दूतावासले भनेको छ, ‘नेपालमा एमसिसी परियोजना जारी रहने छ। अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको छ र हामीले नेपाल सरकारलाई यो निर्णयबारे सूचित गरेका छौं।’
दूतावासले अगाडि भनेको छ, ‘५० करोड डलर बराबरको एमसिसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९.७ करोड डलरको योगदानले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्द्धनमा टेवा पुर्याउँछ।’