दार्चुलामा ढुङ्गा लागेर गम्भिर घाईते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

दार्चुला । दार्चुलामा ढुङ्गा लागेर गम्भिर घाईते प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ ।
मंगलवार (आज) विहान निसिलको थागिल भन्ने स्थानमा खर काट्न गएको बेला माथिबाट खसेको ढुङ्गा टाउकोमा लागेपछि प्रहरी जवान दिपेन्द्र पाल गम्भिर घाइते भएका थिए । स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्याएको भएपनी उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिए ।

पाल केहि दिन अगाडी मात्रै बिदामा घर आएका थिए । प्रहरी जवान पालको काठमाडौँमा दरवन्दी भई बैतडीमा कार्यरत रहेको बताइएको छ ।

प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभुषण सङ्घका अध्यक्ष सुमनमान ताम्राकारसहितको टोलीले उक्त करको व्यवस्था लागु गर्दा आफूहरुको व्यवसाय धरासयी हुने भएकाले पुनः विचार गर्न माग गरेको हो ।

ती संस्थाहरुले कर र भन्सारका दर छिमेकी भारतको भन्दा बढी हुँदा नेपाली व्यवसायले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले उक्त व्यवस्था कायम रहेमा आफूहरु आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका थिए ।

प्रधानमन्त्री ओलीले संवादबाट समस्याको समाधान खोज्न आफूले सम्बन्धित मन्त्रालयसँग बुझे र मिल्नेसम्मका माग पूरा गर्न लागिपर्ने विश्वास दिलाउँदै आन्दोलनको बाटोमा नलाग्न आग्रह गरे ।

किभमाथि रुसले गरेको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु

एजेन्सी । युक्रेनको राजधानी किभमा रुसले गरेको आक्रमणमा परेर कम्तीमा पनि १५ जना मारिएका छन् । आक्रमणमा परेर अरू दर्जनौँ मानिसहरूको मृत्यु भएको अधिकारीहरूले भनेका छन् ।
सोमबार राति भएको यो आक्रमण तीन वर्ष अघि रुसले पूर्ण: स्तरको आक्रमण सुरु गरेयता किभमाथि गरिएको सबैभन्दा ठुलो बमबारी भएको बताइएको छ । उक्त राति ४४० वटा ड्रोन र ३२ वटा मिसाइल प्रहार भएको युक्रेनको आन्तरिक मन्त्री इहोर क्लेमेन्कोले भने ।

सोही रात रुसको हवाई रक्षा इकाईले पनि १४७ वटा युक्रेनी ड्रोन नष्ट गरेको रुसको रक्षा मन्त्रालयले भनेको छ । रुसले किभमाथि ९ घण्टाभन्दा बढी समय आक्रमण गरेको थियो ।

एउटा मिसाइल नौतले भवनमा लागेको बताइएको छ । मर्नेमा ६२ वर्षीय अमेरिकी नागरिक समेत रहेको किभका मेयर भिताली क्लित्श्कोले भने । भग्नावशेषमा पुरिएका मानिसहरूको उद्धारका लागि उद्धार समूह अझै खटिरहेको क्लेमेन्कोले बताए ।

निलो टाई लगाएर रास्वपा सांसद संसद भवनमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निलो टाई लगाएर संसद भवन पुगेका छन् । भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा छानबिन समिति माग गर्दै आएका उनीहरू निलो टाई लगागर संसद भवन पुगेका हुन् ।

`मानव तस्करी बिरूद्धको अभियानलाई विश्वव्यापी रूपमा “निलो रिबन” को प्रतीकले जनाउँछ,´ सांसद मनिष झाले भने, ´आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले संघीय सदनमा निलो रिवन लगाएर “मानव तस्करी” को बिरोध गरेका छन।´

सभामुख घिमिरे र गृहमन्त्रीबीच दुई बुँदे सहमति कार्यान्वयनबारे छलफल

काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकबीच छलफल भएको छ । संसद् बैठक बस्नु अघि उनीहरूबीच मंगलबार सिंहदरबारमा छलफल भएको हो ।

छलफलमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसँग भएको दुई बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच अर्को प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मागलगायतका विषयमा पनि छलफल भएको बताइएको छ । रास्वपा भिजिट भिसा प्रकरणको छानबिन र गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद्मा अवरोध पुर्‍याउँदै आएको छ ।

रास्वपाका सांसद्हहरू मंगलबारको बैठकमा सहभागी हुन निलो रंगको खादा पहिरिएर नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेका छन् ।

एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ ।
नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको हो ।

‘शिक्षकहरूले २९ दिन आन्दोलन गर्नुभयो । दुई दिन आउजाउमा समय गयो । परीक्षण ढिला सुरु भयो । अब नतिजा तेस्रो साताभन्दा अगाडि सम्भव छैन’, परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले भने ।

अहिले भने उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको उनले बताए ।

‘बिहानदेखि बेलुकासम्म कर्मचारी खटाएर काम गरिरहेका छौं । केही ठाउँमा परीक्षण भइरहेको छ । सबै परीक्षण सकेपछि इन्ट्री र रुजु गरेर त्रुटि नहुने गरी नतिजा सार्वजनिक गर्छौं’, उनले भने ।

एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी थिए ।

संसद् अवरोध जारी रहोस् भन्ने सरकारको चाहना छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)लाई संसद्को अवरोध नखुले हुन्थ्यो भन्ने चाहना रहेको टिप्पणी गरेका छन् । मंगलबार चितवनमा प्रेस सेन्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले संसद्मा विचाराधीन कानुन निर्माण प्रक्रियामा अघि नबढ्न संसद् अवरोध रहिरहोस् भन्ने सरकारको चाहना रहेको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘अहिले संसद्मा विचाराधीन ऐनहरूको बारेमा काँग्रेस र एमाले सरकारमा छन्, जेसुकै गरुन् भन्यो भने उनीहरू नगर्ने पक्षमा छन् । तपाईँहरूले अहिलेको अवरोधको कुरा हेर्नुभयो भने यो अवरोध रहिरहोस् भन्ने यो सरकारको नेतृत्व चाहन्छ । यो अवरोध नखुले हुन्थ्यो भन्ने चाहाना छ । यो प्रवृत्ति कस्तो छ भन्ने कुरा तपाईँहरूले हेर्नुभएको छ ? यस्तो परिस्थितिमा ऐन बनाउने र शिक्षा क्षेत्रमा देखिएका अराजकताको अन्त्य गर्ने जिम्मेवारी पनि भएको कारणले प्रतिपक्ष छु, कानुन, संविधान र देश जेसुकै होउन् भन्यो भने संविधान नै खतरामा पर्ने सङ्केत मैले देखिरहेको हुन्छु ।’

उनले सङ्घीय निजामती ऐन, विद्यालय शिक्षा ऐन, नागरिकता ऐन तथा सत्यनिरूपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी बाँकी रहेका कानुनी कार्यहरू टुङ्ग्याउनु आफूहरूको जिम्मेवारी भएको कारण सहमतिमार्फत अघि बढेको समेत बताए ।

उनले भने, ‘सङ्घीय निजामती ऐन, विद्यालय शिक्षा ऐन, नगरिकतासम्बन्धी ऐन र टीआरसीसम्बन्धी बाँकी कामहरू टुङ्ग्याउनुपर्ने विषयहरूप्रति म जिम्मेवार भएर सोच्ने परिवर्तनको वाहक पार्टी भएको हुनाले र त्यसको प्रमुख नेतृत्व हुनुको नाताले मैले केही आधार बनाएर ऐन निर्माणलाई प्राथमिकता दिनुपर्ने र छानबिनको कुरा नछोडीकन यो जिम्मेवारी पूरा गर्नुपर्ने भएको कारणले र हाम्रो पार्टीले नै गर्नुपर्ने भएको कारण छानबिन र अध्ययनलाई गम्भीरतापूर्वक अगाडि बढाउने र ३० दिनभित्र छानबिन समिति बनाउने प्रतिबद्धता आएपछि हामीले ऐन निर्माण गर्नुपर्ने जिम्मेवारीबोध गरेर हामीले अघि बढ्न उचित हुन्छ भन्ने ठान्यौँ ।’

असार १५ गतेसम्म विद्यालय शिक्षा पास गर्न नसके शिक्षा क्षेत्र झन् अराजकतातिर धकेलिने उनको भनाइ छ ।

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी

काठ्माण्डौँ- चालु आर्थिक वर्षको ११ महिनामा कुल १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ।
अर्थ मन्त्रालयका अनुसार असार ३१ गतेसम्म संकलित यो राजस्व अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८८ अर्ब रुपैयाँले बढी हो। गत वर्ष सोही अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व संकलन गरिएको थियो। संकलित राजस्व चालु आर्थिक वर्षको लक्ष्यको ८३.२२ प्रतिशत पुगेको छ। चालु वर्षको जेठ महिनासम्म सरकारको राजस्व संकलन लक्ष्य १२ खर्ब ३४ अर्ब रुपैयाँ थियो।

केवल जेठ महिनाको कुरा गर्दा, यस अवधिमा ९४ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको जेठ महिनाको ८५ अर्ब ११ करोड रुपैयाँभन्दा उल्लेखनीय रुपमा बढी हो।

‘भिजिट भिसा ६४ सालदेखिकै समस्या हो, त्यत्तिकै छाड्दैनौं’ : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् ।
प्रेस सेन्टर चितवनले आज दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताएका हुन् ।

उनले भने, “यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईँहरुले पनि थाहा पाउनुभएको छ र हामीले पनि थाहा पाएकै छौँ ।” यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ छ ।

यो मुद्दालाई त्यत्तिकै नछाड्ने उनले बताए । यसका लागि जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने उनको धारणा छ । उनले भने, “मैले छोडेर पनि यो मुद्दा नेपाली जनताले छाड्ने कुरा हुँदैन ।”

प्रचण्डले आफूहरु प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको बताए । उनले भने, “हामीले संविधानका निम्ति, ऐन कानुनका निम्ति, सिस्टमका निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ ।”

अध्यक्ष प्रचण्डले बजेट पारित गर्नुपर्ने, सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका जिम्मेवारीबोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसद्को अवरोध खुलाउन सहमति गरिएको स्पष्ट पारे ।

त्रिकोणात्मक टी–२० : नेपाल आज स्कटल्याण्डसँग खेल्दै

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ । मंगलबार बेलुका पौने ८ बजेदेखि खेल सुरु हुनेछ । नेपाल र स्कटल्याण्ड आज टी–२० सिरिजमा पहिलो पटक खेल्न लागेका हुन् ।

सन् २०१३ को टी–२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । नेपालले टी–२० आई मान्यता पाएपछि भने स्कटल्याण्डसँग खेलेको छैन । यसअघि शृंखलाको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग नेपाल रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेदरल्याण्ड्ससँग खेलेपछि नेपालले आफ्नो १००औं खेल पूरा गरेको छ । यस सिरिजअन्तर्गत आइतबार भएको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो ।

विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् । विश्वविद्यालयका पदाधिकारीसँग सोमबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको जानकारी दिए ।

विश्वविद्यालयका निमित्त उपकुलपति प्रा डा खड्ग केसीले कुलपति ओलीलाई विश्वविद्यालयमा सुरक्षा व्यवस्था सुदृढ  गरी शान्तिपूर्ण वातावरण बनाउनुपर्ने लिखितपत्र प्रस्तुत गर्दै आफूहरूले तोडफोडमा संलग्नलाई कारबाहीका लागि प्रहरीमा उजुरी दिए पनि पक्राउ परेका दोषीहरू रिहा गरिएकामा चिन्ता व्यक्त गरे ।

असुरक्षाका कारण हाल विश्वविद्यालयका पदाधिकारीले कीर्तिपुर बाहिरबाटै सेवा सञ्चालन गरिरहेको अवगत गराए । निमित्त उपकुलपति केसीले कुलपति ओलीको पहलबाट आफूहरूलाई सुरक्षाको प्रत्याभूतिको आशा जागेको बताए ।

गत फागुन २१ गते कीर्तिपुरस्थित विश्वविद्यालयका शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनको कार्यालय तथा प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा र गत जेठ १४ गते कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा तोडफोड भएको थियो ।

दिलभूषणको पक्राउ पूर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो

काठमाडौं । विद्युतीय अपराध ऐन विपरितको कसुरमा पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्ने तयारीविरुद्ध उच्च अदालत, पाटनमा परेको निवेदनमाथि सुनुवाइ सकिएको छ ।
हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जाडेको भन्दै उनीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो । त्यसपछि प्रहरीले विद्युतीय अपराध ऐनको दफा ४७ अन्तरगतको कसुरमा पाठकलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिएको थियो ।

त्यसविरुद्ध पाठकका तर्फबाट उच्च अदालत, पाटनमा निवेदन परेको थियो । निवेदनमाथि सोमबार उच्च अदालतका न्यायाधीश ऋषिराज भण्डारीको इजलासमा सुनुवाइ सकिएको छ ।

आदेश आउन बाँकी रहेको अदालतका एक अधिकारीले बताए । निवेदनमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाइएको छ । समाचारको विषयमा निरुपण गर्न प्रेस काउन्सिलसहितका निकाय भए बदनियतपूर्वक विद्युतीय कसुरमा मुद्दा चलाइएको जिकिर निवेदनमा छ ।

पक्राउ पूर्जी जारी भएयता प्रहरीले पाठकको खोजीलाई व्यापक बनाएको छ । यद्यपि, उनी सम्पर्कविहीन छन् । पक्राउ पूर्जीविरुद्ध सम्पादकहरुले समेत विरोध जनाउँदै शनिबार विज्ञप्ति जारी गरेका थिए ।

सुदूरपश्चिम प्रदेशको बजेटमा समावेश गरिएका योजना सार्वजनिक

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बजेटमा समावेश योजनाहरूका लागि छुट्याइएको रकमसहितको विस्तृत विवरण सार्वजनिक गरेको छ । प्रदेश सरकारले प्रत्येक योजनाका लागि छुट्याएको बजेटसहितको कार्यक्रम पुस्तिका सार्वजनिक गरिएको हो । आइतबार राति आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपियाँको अनुमानित बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए ।
प्रदेश सरकारले चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार (३०.४९ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ८३ करोड दुई लाख ६ हजार (५९.२५ प्रतिशत) बजेट विनियोजन गरेको छ । यसैगरी अन्तरवित्तीय हस्तान्तरतर्फ तीन अर्ब ४२ करोड ७७ लाख (१०.२४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ एक करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरेको खर्च बेहोर्ने स्रोतहरुमा आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ६५ करोड रुपियाँ रहेको छ । यसैगरी, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम नौ अर्ब ८७ करोड २५ लाख, सङ्घीय रोयल्टी बाँडफाँटबाट प्राप्त हुने रकम आठ करोड रुपियाँ रहेको जनाइएको छ ।

त्यस्तै, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान आठ अर्ब ९२ करोड ५६ लाख, प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को विनियोजनबाट बचत हुने अनुमानित सात अर्ब ६६ करोड ६३ लाख रुपियाँ खर्च बेहोर्ने स्रोत रहेको छ ।

यसैगरी, सशर्त अनुदानबाट प्राप्त हुने रकम चार अर्ब १६ करोड ३० लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने रकम ६० करोड २६ लाख र विशेष अनुदानबाट प्राप्त हुने अनुदान रकम ५१ करोड ६० लाख रुपियाँ रहेको छ ।

प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि सबैभन्दा बढी १५ अर्ब ४० करोड ३० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि प्रदेश सरकारले तीन अर्ब ३० करोड १० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि सरकारले दुई अर्ब ३४ करोड ४८ लाख, सामाजिक विकास मन्त्रालयका लागि सात अर्ब सात करोड चार लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

यसैगरी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि सरकारले ३६ करोड चार लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । सरकारले प्रत्यक्ष र समानुपातिक प्रदेश सभा सदस्यका क्रमशः पाँच करोड र तीन करोडका योजना बजेटमा समावेश गरेको छ ।

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीचको २७ बुँदे सहमति सार्वजनिक

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच गत जेठ १८ गते भएको सहमति सार्वजनिक भएको छ।
विद्यालय शिक्षा विधेयक–२०८० माथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिले बुझाएको प्रतिवेदनमा महासंघले चित्त नबुझाएपछि २७ बुँदे सहमति गरिएको थियो।

महासंघले यस सहमतिलाई गोप्य राख्दै आएको थियो।

मन्त्रालय र महासंघबीचको सहमतिमा राहत शिक्षकदेखि छात्रावाससम्बन्धी बुँदाहरू उल्लेख छन्।

अमेरिकामा गोलीबारी, आठ महिनाको बालकसहित तीन जनाको मृत्यु

एजेन्सी । अमेरिकाको युटा राज्यमा भएको गोलीबारीमा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा ४१ वर्षीया महिला र १८ वर्षीय पुरुष र ८ महिनाको बच्चासमेत रहेका समाचारहरूमा जनाइएको छ ।

राज्यको वेस्ट भ्याली सिटीमा आयोजित मेला वेस्टफेस्टका क्रममा गोलीबारी भएको रोयटर्सले जनाएको छ । घटनामा दुई किशोर पनि घाइते भएका छन् । घाइते किशोरहरू १७ र १५ वर्षका छन् । घाइते भएका किशोरहरूको हातमा गोली लागेको छ ।

घटना आइतबार राति स्थानीय समयअनुसार ९ः२० बजे भएको बताइएको छ ।

वेस्ट भ्याली सिटी प्रहरीका अनुसार राति ९ः२० बजे दुई समूहबिच झगडा भएको थियो । प्रहरी हस्तक्षेप गर्न आइपुग्दा एक किशोरले पेस्तोल निकालेर गोली चलाएका थिए । जवाफमा एक प्रहरीले पनि गोली चलाएका थिए । तर प्रहरीको गोली ती किशोरलाई लागेन । र पछि अभियुक्तलाई हिरासतमा प्रहरीले हिरासतमा लिएको थियो ।

यी किशोरीहरू को हुन् भन्ने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । घटनाका प्रत्यक्षदर्शीलाई अगाडि आउन र घटनाको विवरण दिन प्रहरीले अनुरोध गरेको छ ।

उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादकत्व वृद्धि र रोजगारी सृजना गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्ने बताएका छन् ।ललितपुर महानगरपालिकाद्वारा आज एकान्तकुनामा आयोजित चौथो महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै मन्त्री भण्डारीले अरु देशका बजार नेपाल बन्ने समस्यालाई हामीले नेपालभित्रै साना, लघु र घरेलु उद्योगको प्रवर्द्र्धनबाट समाधान गर्नुपर्ने बताए ।
“हामी मेड इन नेपालको उत्पादनलाई खरिद गर्नेछौँ, हरेक जनप्रतिनिधि र कर्मचारीले पाउने पोसाक भत्ताले नेपाली उत्पादनहरु खरिद गर्नुपर्छ, हाम्रो दैनिक जीवनमा नेपालका उत्पादनले प्राथमिकता पाउनुपर्छ, हाम्रो उत्पादनको ब्राण्डिङ पहिलो प्राथमिकता हो, बजेटमा उद्यमशीलतालाई प्राथमिकतामा राखिएको छ, कानुन, विधि र नीतिगत रुपमा सम्बोधन गरेर उपलब्धि हासिल गर्नुछ, थुप्रै कानुनका सुधारहरु सरकारले गरेको छ, लगानीमा क्षेत्रहरु पहिचान गरेर प्राथमिकतामा राख्न सरकारले जोड दिएको छ ।”

मन्त्री भण्डारीले महिलाले सञ्चालन गर्ने उद्योगमा सरकारले कर छुटको सहुलियत दिएको छ भन्दै उद्योग मन्त्रालय नेपालको जिडिपीमा उद्योगको योगदान बढाउन नीति र कानुनमा सहुलियत दिने कुरामा ध्यान दिएर लागेको छ भने।

“बजेटमा रोजगारी सृजना गर्ने, उद्यमशीलता वृद्धि गर्ने, राष्ट्रिय आवश्यकता पूरा गर्ने विषयलाई समेटिएको छ, स्टार्टअप र रचनात्मक उद्यमशील परियोजनालाई २५ लाखसम्म दिने कार्यक्रम समावेश गरेका छौँ, महिलालाई उद्यमशीलतातर्फ आकर्षित गर्नुपर्छ”, उनले भने।

नेपालको उद्यमशीलताको विकासमा ललितपुरका उद्यमीको महत्वपूर्ण योगदान रहने उल्लेख गर्दै मन्त्री भण्डारीले उत्पादन र उत्पादकत्व वृद्धि गर्ने तथा सफल हुने क्रममा कति उद्यमी र उत्पादन वृद्धि गर्न सक्यो भन्ने भूमिका महत्वपूर्ण हुन्छ भने ।

विश्वमा आफ्नो उत्पादनको बजारीकरण र ब्रान्डिङ गर्ने सन्दर्भमा प्रतिस्पर्धा चलिरहेको उल्लेख गर्दै उनले यो प्रतिस्पर्धामा नेपालले सामेल हुनुपर्नेमा जोड दिए । “लघु घरेलु कोष स्थापना गरेका छौँ, सार्वजनिक निकायमा स्वदेशी उत्पादनको प्रयोगसम्बन्धी कानुन ल्याएका छौँ, पहिलो बजार राष्ट्रिय बजार नै हो, राज्यका निकायमा बसेकाहरुले यसको प्रवर्द्धन गर्नुपर्छ”, उनले भने ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपालकै सबैभन्दा जेठो स्थानीय पालिकाले गर्ने काम अरु स्थानीय तहले अनुसरण गर्ने खालको हुनुपर्छ भन्दै यसका लागि सबै कर्मचारीले ध्यान दिएर कार्यसम्पादन गर्न आग्रह गरे ।

“ललितपुर महानगरको उत्पादनलाई देशैभर चर्चा कमाउने गरी उत्कृष्ट बनाउन लाग्नुस्, हामी समस्या सम्बोधन गर्न तयार छौँ,, प्रमुख महर्जनले भने ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयालले महिलाले आफूले उत्पादन गर्ने सन्दर्भमा भोगेका समस्या समाधान गर्न, पूँजी, सीप, प्रविधि र बजारको व्यवस्थापन गर्न यो उद्यमी सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उद्योगधन्दा र कलकारखानाको विकासले नै नेपालको समृद्धि हुने भन्दै उनले यसका लागि सङ्घ र प्रदेश सरकारबाट पर्याप्त काम हुने अपेक्षा राखे ।

महानगरका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उद्यम, उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर लागेका महिलालाई प्रोत्साहन गरेर राज्यको अपेक्षाअनुसार समृद्धि हासिल गर्न लाग्नुपर्ने तथा हाम्रो महानगर, राम्रो महानगर बनाउन लाग्नुपर्नेमा जोड दिइन ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले महिलाको उद्यमशील भनेको एक जना व्यक्तिको सफलता मात्रै नभइ परिवार र समुदायको सफलता भएको बताए । उनले यस महिला उद्यमी सम्मेलनबाट उद्यमशीलताका क्षेत्रमा उत्कृष्ट काम र उत्साहजनक उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे ।

स्ट्याटस लेखेर बेपत्ता डा. श्रेष्ठको लोकेसन गोपीकृष्ण हल आसपास देखियो, खोजी कार्य तीव्र

काठमाडौं । फेसबुकमा लामो स्ट्याटस लेखेर सम्पर्कविहीन बनेका बागमती प्रदेशमा कार्यरत डा. केशव श्रेष्ठको खोजीलाई प्रहरीले तीव्र पारेको छ ।
श्रेष्ठको मोबाइल अफ भए पनि ‘ह्वाट्स अप’ अन रहेको देखिएपछि प्रहरीले अहिले उनको मोबाइल लोकेसन देखिएको गोपीकृष्ण हल आसपासमा खोजी गरिरहेको छ ।

अहिले पनि उनको मोबाइल लोकेसन गोपीकृष्ण हल आसपासमै देखिएको स्रोतको भनाइ छ ।

गोपीकृष्ण हलपछाडि उनको ससुराली घर भएको पनि बुझिएको छ ।

प्रहरीको साइबर ब्युरो प्रमुख डीआइजी नविन्द अर्यालले सूचना पाइसकेपछि लोकेसन खोजी कार्य तीव्र पारिएको बताए ।

रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. श्रेष्ठले सामाजिक फेसबुकमा अलबिदा लेखेर मोबाइल बन्द गरेको पाइएको थियो । उनले करिब २ घण्टाअघि फेसबुकमा सबै जनालाई अलबिदा मलाई माफ गरिदिनु भन्दै लेखेका छन् ।

डा. श्रेष्ठले आफूलाई काम गर्न नदिएका कारण यो कदम चाल्न बाध्य भएको उल्लेख गरेका छन् ।

 

उनको स्ट्याटस यस्तो छ

सबै जनालाई अलविदा मलाई माफ गरिदेउ सानु, धेरै संघर्ष गरेर मम्मीले मलाई डाक्टर बनाउनु भयो। संघर्ष-संघर्षैमा डाक्टर पढ़े, करारको जागीर हुदै नेपाल प्रहरी हुदै अहिलेको बागमती प्रदेशको लोकसेवा बाट नाम निकाले ।

करीब २५ महिना सेवा गर्दा १८ महिना अस्पतालको निमित मेडिकल सुपरिण्टेंडेंट भएर चलाउने मौका पाए। दिन-रात खटिएर अस्पताल कसरी राम्रो अनि उत्कृष्ट बनाउने भनेर लागे।म प्रमुख भए पछि काम चोर्ने, ठग्ने, system मा नबस्ने कर्मचारीहरूको भागा-भाग हुन थाल्यो ।

डा गगन अधिकारी रामेछाप अस्पताल बाट सरुवा भएर गए पनि रामेछाप अस्पतालको कहिले डाक्टर त कहिले नर्स मेरो विरुद्धम लगाई नै राख्यो, तर म डटेर नै काम गरे ।एउटा ब्यबस्थित अस्पताल बनाए पनि, हरेक कुरालाई system मा लिएर आए ।

केदार कार्कीले(रामेछाप-०८) मागेको पैसा नदिदा अनि उसले भनेको कार्यालय सहयोगी लाई जागीर नलगाउदा उसको नेतृत्वमा मैले कार्यवाही (स्पष्टीकरण सोधेका ३ जना डाक्टर अनि अरु २ जना महिला डाक्टर)गरेका डाक्टरहरू लाई प्रयोग गरेर अहिले मलाई बिभिन्न झूठा आरोपहरू लगाएर मेरो सरुवा गराए। एप्रन (apron)किन नलगाएको भनेर एक जना डाक्टर लाई प्रश्न मात्र गरेको थिए म माथी मुख-मुखै लागेर morning conference मा प्रस्तुत भई । तेही डाक्टरले तेही दिन केदार कार्की लाई बोलाएर मेरो कार्यकक्षमा मलाई थर्रकायो र मलाई धन्नै हात हालेन, हाम्रो अस्पतालको अधक्ष्यज्यूको अगाड़ी, ३ दिनमा तेरो सरुवा गरिन भने मेरो नाम पनि केदार होइन भनेर धम्कि दिएर हिड्यो ।

केदारले भनेको बामोजिम अस्पताल चलाउनु पर्ने, उसले खाएको होटलको बिल तिर्नु पर्ने ,विज्ञापन गर्दा उसको नै मान्छे राखिदिनु पर्ने । आफ़नो कार्यकक्षमा नबस्ने, आफ़नो बाउको राजनीति power को दम्भ देखाउने, बाहिर lab संग CD/RPD को comission को deal गर्ने, पटक-पटक भन्दा पनि आफ़नो कार्यकक्षमा नबस्ने गरेको पाए पछि लिखित स्पष्टीकरण सोधे। तेही स्पष्टीकरण सोधिएका हरू लाई प्रयोग गरेर, बदलाको भावनाले प्रतिशोध साधेर मेरो बिरुद पत्र लेख्न लगाएर सुनियोजित ढंगले मलाई रामेछाप छोड़न बाध्य बनाईयो ।

अब भोलीको दिनमा स्पष्टीकरण खाएका, कार्यवाहीमा परेका करारका ४,५ जना कर्मचारीले कार्यालय प्रमुखको विरुद्धमा निवेदन लेखे भने अरु अस्पतालको हाकिमलाई सरुवा गर्ने कि नगर्ने?मैले आफ़नो कुरा राख़्न खोजे तर सुनुवाई कतै भएन । न स्वास्थ्य मन्त्रालयको मन्त्रीले, न स्वास्थ्य मन्त्रालयको साचिबले नै सुन्नु भयो ।

शरीरमा १६ ओटा टाका अनि २ वर्षको छोरी र श्रीमतीलाई लिएर राती ९ बजे रामेछाप बाट काठमाण्डौ आउन बाध्य पारियो, बिहान ४ बजे काठमाण्डौ आईपुगे अनि ८ बजे फेरी हाजिर हुन काठमाण्डौ बाट हेटौडा लागे । नया आएको निमित मेसू लाई हाजिर गराउन CDO कार्यालयमा call गर्ने स्वास्थ्य मन्त्रालयले मेरो सुरक्षाको लागी चाही किन CDO लाई call गरिएन? २०८२/०२/२८ गते दिउसो ३ बजे छानबिन समिति अस्पताल आउने अनि १ घण्टा पछी ४ बजे तिर मेरो सरुवा को पत्र अनि फेरी २४ घण्टामा मन्त्रालय हाजिर हुन आउनु भन्ने? यो कत्तीको न्यायोचित छ?

हेटौडा पुगे पछि स्वास्थ्य मन्त्रालयको प्रमुख प्रशासकीय अधिकृत कुमार पोखरेलले पनि अमानबिय व्यवहार गरि मैले बर-बुझार्थ केही नगरी मन्त्रालयमा गाड़ी खोसे, हाजिर पनि नगरेको लाई गाड़ी मा रामेछाप पठाईयो , मलाई अमानवीय व्यवहार गरेर हेटौडामा अल्पत्र पारे। सरुवा गरिएको छ हेटौडा अस्पतालमा तर हाजिर गराईएको छ मन्त्रालयमा। मलाई धेरै दुख दिए, अहिले यो दुख/पिड़ा सहन अनि सोचन पनि सकेको छैन। मैले ज़िन्दगी बाट नै हार खाए। कतै बाट केही साथ/सहयोग पाउन सकिन।

डा. नरेन्द्र झा, रेबती थापाको आर्थिक चलखेलमा मलाई असार मसान्तमा सरुवा गरे । म बाचे भने न्याय पाउछु जस्तो लागेन। असत्यको जित भएको पनि मुर्गदर्शक भएर बस्न पनि मन लागेन ।

मैले बाचेर यही सत्य कुरा लेखेको भए मलाई मन्त्रालयले कार्यवाही गर्ने, का.स.मू मा थोरै अंक दिने गर्ने थिए होलान, म सानो कर्मचारी भनेर मेरो आवाज दबाउने कोसिस गर्ने थिए होलान ।म मानसिक रूपमा कमजोर हुन पुगे, अहिले बििक्षपत हुन पुगेको छ। one man army भनेर चिनिएको थिए अहिले आएर हार खाए ।

मलाई माफ गरिदिनु मम्मी, भावना अनि छोरी । हिम्मत नहार्ने मान्छे आज आएर हिम्मत हार्न पुगे, एक्लै लड़ने मान्छे आज आएर गलि सकेको छु। मलाई साथ दिएर यहा सम्म लिएर आउने डा अनिल कार्की , बद्री खड़का sir, माननीय उत्तम जोशी sir हजुरहरू लाई धेरै धन्यवाद छ। तपाईहरूले दिएको जिम्मेवारी ईमानदारीका साथ निर्वाह गरि अस्पताल बनाए।

तर आज आएर मैले ग़ल्ति बिनाको सजाय भोगेको छु।आज मलाई दुख दिने, आत्महत्या गर्न बाध्य पार्नेहरू ले कानून बमोजिम सजाय नपाए सम्म मेरो आत्माले शान्ती पाउने छैन।दुर्गममा २ वर्ष बसेर अस्पताललाई उत्कृष्ट बनाए-१५ बेडमा नेपालको उत्कृष्ट तेस्रो अनि अहिले ५० बेडको हुदा बागमती को दोस्रो)अहिले पुरस्कृत हुनु पर्नेमा कार्यवाही खाएको छु ।

नेपालमा नै केही गरौ भनेर बसेको अहिले पश्चाताप लागेको छ । यथार्थ के हो भन्ने कुरा छबि sir (अस्पताल प्रशासन), बसन्त, डोर बहादुर सर तपाई हरू लाई थाहा छ, भोली परेको बेला यथार्थ कुरा बोलिदिनु होला । यही हो यथार्थ कुरा, धेरै ले बुझ्न, सुन्न नै खोजनु भएन ।मेरो लाश माथी राजनीति नहोस तर यी अपराधीहरू लाई कानूनको कठघरामा लिएर आउन सबै लाई अनुरोध गर्दछु । फेरी पनि मलाई माफ गरिदिनु मम्मी, भावना, छोरी, भाई-बुहारी, बहिनी अनि भान्जी

इजरायलमा इरानको कारबाही : मृतक संख्या २१ पुग्यो, अमेरिकी दूतावासमा क्षति

एजेन्सी- इरानले शुक्रबारदेखि इजरायलमाथि गरेको सैन्य कारबाहीले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ।
इरानी क्षेप्यास्त्रले तेल अभिभको आवासीय क्षेत्रमा प्रहार गर्दा तेल अभिभस्थित अमेरिकी दूतावासमा क्षति पुगेको इजरायलका लागि राजदूतले बताएका छन्। सहरमा रहेको दूतावास शाखाबाट केही सय मिटर टाढा रहेको होटल र नजिकैका अन्य घरका झ्यालहरू फुटाएर भएको आक्रमणमा धेरै आवासीय भवनहरू ध्वस्त भएका छन्।

भवनमा सामान्य क्षति पुगेको तर कर्मचारीहरूलाई कुनै चोटपटक नलागेको राजदूत माइक हकाबीले बताए। उनले भने, ‘दूतावास बन्द रहनेछ।’

पछिल्लो जानकारीअनुसार इरानको आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ। मृतकमा आइतबार रातिको आक्रमणमा ५ जना र ताम्रा सहरमा भएको मिसाइल हमलामा एक इजरायली–अरब परिवारका ४ जना समावेश छन्।

इजरायलले पछिल्लो आक्रमणमा ८ जनाको मृत्यु भएको र ३५ जना बेपत्ता भएको जनाएको छ। यसैगरी, आक्रमणमा तीन सय बढी घाइते भएका छन्। घाइतेमा सोमबार बिहान तेल अभिभमा भएको क्षेप्यास्त्र आक्रमणमा १२ जना घाइते भएर अस्पताल भर्ना भएका छन्। हाइफा सहरमा पनि थप घाइते भएका छन्, तर यकिन संख्या खुलेको छैन।

इरानले ‘अपरेशन ट्रू प्रोमिस’ अन्तर्गत चार दिनदेखि दैनिकजसो एक सयभन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार गर्दै आएको छ। इरानले तेल अभिभ, हाइफा, लगायतका क्षेत्रमा भौतिक संरचनाहरूमा क्षति पुर्‍याएको छ। तेल अभिभमा खोजी र उद्धार कार्य जारी छ।

एयर इन्डिया दुर्घटनापछि शवको प्रतीक्षामा आफन्त

एजेन्सी – दशकौँमा विश्वको सबैभन्दा खराब विमान दुर्घटनापछि भारतीय स्वास्थ्य अधिकारीहरूले आफन्तहरूलाई आफ्ना प्रियजनहरूको शव हस्तान्तरण गर्न थालेका छन् । यद्यपि अधिकांश परिवारहरू अझै पनि डीएनए परीक्षणको नतिजाका लागि सोमबार प्रतीक्षा गरिरहेका छन् ।
पश्चिमी सहर अहमदाबादमा एयर इन्डियाको जेट दुर्घटना हुँदा मारिएका दुई सय ७९ जना मध्ये केहीको अन्त्येष्‍टि गरिएको छ भने अरूले पीडादायी प्रतीक्षाको सामना गरिरहेका छन् ।

‘उनीहरूले ४८ घण्टा लाग्छ भनेका थिए । तर चार दिन भइसक्यो र हामीले कुनै जवाफ पाएका छैनौँ’, २२ वर्षीय रिनल क्रिश्चियनले भने। उनका दाजु जेटलाइनरमा यात्रु थिए ।

बिहीबार लन्डन जाने विमान अहमदाबादको आवासीय क्षेत्रमा ठोक्किँदा विमानमा सवार दुई सय ४२ यात्रु र चालक दलमध्ये एक जना मात्र बाँचेका थिए भने जमिनमा पनि कम्तीमा ३८ जनाको मृत्यु भएको थियो ।

‘मेरो दाजु परिवारको एकमात्र कमाउने व्यक्ति थिए’, क्रिश्चियनले आइतबार भने, ‘अब के हुन्छ ?’सहरको एक दाहसंस्कारमा करिब २० देखि ३० जना शोकाकुलहरूले लन्डनमा काम गरिरहेकी यात्रु मेघा मेहताको अन्त्येष्‍टि समारोहमा प्रार्थना गरे ।
अहमदाबादको सिभिल अस्पतालका डाक्टर राजनीश पटेलका अनुसार आइतबार बेलुकासम्म ८० दुर्घटना पीडितहरूको पहिचान भएको थियो ।

‘यो सावधानीपूर्वक र ढिलो प्रक्रिया हो, त्यसैले यो सावधानीपूर्वक मात्र गर्नुपर्छ’, पटेलले भने ।

आफ्नो नाम उल्लेख गर्न नचाहने एक पीडितका आफन्तले उनीहरूलाई कफिन प्राप्त गर्दा खोल्न नदिने निर्देशन दिइएको बताए ।
प्रत्यक्षदर्शीहरूले नराम्ररी जलेका शव र छरिएका अवशेषहरू देखेको बताएका छन् ।

कामदारहरूले आइतबार घटनास्थलबाट भग्नावशेष सफा गर्ने काम जारी राखेका थिए भने प्रहरीले क्षेत्रको निरीक्षण गरेको थियो । बोइङ ७८७-८ ड्रिमलाइनर विमान उडान भरेको केही समयपछि मेडिकल स्टाफले प्रयोग गरेको भवनमा ठोक्किएको थियो ।

विमानमा एक सय ६९ जना भारतीय, ५३ जना ब्रिटिस, सात जना पोर्चुगिज र एक जना क्यानाडाली तथा १२ जना चालक दलका सदस्य रहेको एयर इन्डियाले जनाएको छ ।

नेपाली क्रिकेट टोलीले १००औं टी-२०आई खेल्दै

काठमाडौं । नेपाली क्रिकेट टोलीले आज आफ्नो १००औं टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै छ । स्कटल्याण्ड टी-२०आई शृंखलाअन्तर्गत नेदरल्याण्ड्ससँगको खेल नेपालको १००औं टी-२०आई खेल हुनेछ ।
सन् २०१४ मा आईसीसी टी-२० विश्वकपमार्फत अन्तर्राष्ट्रिय स्तरको क्रिकेट यात्रा सुरु गरेको नेपालले त्यसयता ९९ वटा टी-२०आई खेलेको छ ।

नेपालले उक्त समय हङकङसँगको खेल खेल्दै टी-२०आई यात्रा सुरु गर्दा जित हासिल गरेको थियो । त्यसपछि बंगलादेशसँग पराजित भएको नेपालले अफगानिस्तानलाई हराएको थियो।

नेपालको पहिलो टी-२०आई टोलीमा रहेका एक खेलाडी मात्र हालसम्म टोलीमा छन् । त्यसबेला खेलेका पेस बलर सोमपाल कामी हालसम्म पनि टोलीको महत्वपूर्ण हिस्सा रहँदै आएका छन् । यद्यपी यस शृंखलामा भने उनी चोटका कारण उपलब्ध हुने छैनन् ।

हालसम्म नेपालले खेलेका ९९ टी-२०आईमा ५५ जित निकालेको छ भने ३९ मा हार बेहोर्दा २ खेल बराबरी भएको छ । ३ खेल नतिजाविहीन छ।

नेपालका लागि टी-२०आईमा सर्वाधिक रन दिपेन्द्रसिंह ऐरीले बनाएका छन् । उनले ७८ खेलमा १७५६ रन बनाएका छन् । त्यस्तै कुशल भुर्तेलले ५७ खेलमा १४२० रन बनाएका छन् । कप्तान रोहित पौडेलले १३५८ र आसिफ शेखले १३५२ रन बनाएका छन् ।

बलिङमा सन्दीप लामिछानेले सर्वाधिक १०८ विकेट लिएका छन् । त्यसपछि करण केसीले ९९ विकेट लिएका छन् । आजको खेलमा उनलाई १००औं विकेट लिने मौका पनि छ ।

नेपालको सबैभन्दा ठुलो योगफल ३१४ रनको छ । २७ सेप्टेम्बर २०२३ मा मङ्गोलियाविरुद्ध हाङ्झोउमा सम्पन्न एसियन गेम्सको खेलमा बनाइएको उक्त योगफल टी-२०आई इतिहासमा पहिलोपटक ३०० भन्दा बढी रन बनेको क्षण थियो ।

त्यसबेला सर्वाधिक टी-२० योगफलको कीर्तिमान कायम भएपनि हाल यो तोडिइसकेको छ । सोही खेलमा नेपालका ब्याटर कुशल मल्लले १३७ रन बनाएका थिए जुन् नेपालका लागि टी-२०आई मा कुनैपनि ब्याटरले बनाएको सर्वाधिक स्कोर हो ।

हालसम्म नेपालका पाँच ब्याटरले टी-२०आईमा शतक बनाएका छन् । सबैभन्दा पहिलो शतक पारस खड्काले सन् २०१९ मा सिंगापुरविरुद्ध बनाएका थिए । त्यसपछि कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध, कुशल मल्लले मंगोलियाविरुद्ध बनाएका छ्न् । दिपेन्द्रले मलेसियाविरुद्ध तथा ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध शतक बनाएका छन् ।

टी-२०आईमा नेपालको सबैभन्दा कम योगफल ५३ रनको छ, १३ जुलाई २०१५ मा आयरल्यान्डविरुद्ध बेलफास्टमा भएको विश्वकप छनोट खेलमा नेपालको खराब प्रदर्शन थियो ।

अविनाश बोहराले माल्दिभ्सविरुद्ध ११ रन मात्र दिएर ६ विकेट लिएको नेपालको टी-२०आईमा उत्कृष्ट बलिङ प्रदर्शन हो ।

यसबाहेक दिपेन्द्रसिंहले एसियन गेम्सकै खेलमा ९ बलमा अर्धशतक बनाएका छन् जुन् रेकर्ड तोडिँदैन केवल बराबर मात्र हुन सक्छ । उनले एकै ओभरमा ६ छक्का प्रहार गरेको रेकर्ड पनि बनाएका छन् ।

पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन

काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ पुर्जी जारी भएपछि त्यसविरुद्ध पत्रकार दिलभूषण पाठकले निषेधाज्ञा निवेदन दिएका छन् ।

पत्रकार पाठकले उच्च अदालत पाटनमा दिएको निषेधाज्ञा निवेदनको सुनुवाइका लागि पेसीसमेत तोकिएको छ ।

अदालतका न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासमा पाठकको पेसी तोकिएको छ । उनको पेसी ‘ढ’ नम्बरमा रहेकाले आजै पालो आउने/नआउने यकिन भएको छैन ।

हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाको छोरा जयवीरलाई जोडिएको भन्दै उनले प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी दिएका थिए । त्यसपछि जिल्ला अदालत काठमाडौंले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता पाठक सम्पर्कविहीन छन् ।

अहिले उनले उनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो समेतलाई विपक्षी बनाएर निषेधाज्ञाको निवेदन दायर गरेका हुन् ।

आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ । बैंकले सार्वजनिक सूचना जारी गर्दै आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको जनाएको हो ।
‘साविककै आकार तथा रङ्गमा सङ्केत नं. ०००००१ देखि , ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नयाँ नोट प्रचलनमा ल्याउन ल्याइएको राष्ट्र बैंकले सूचनामार्फत जनाएको छ ।

नयाँ नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ । नोटका तल्लो भागको बोर्डरमा नोटको क्रम नम्बर नेपालीमा वि.स. २०८१ लेखिएको हुनेछ ।

त्यसैगरी नोटको पृष्ठ भागमा भने नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको हुनेछ । मध्य भागमा कृष्णसारको चित्र रहेको हुनेछ, तल्लो भागको बोर्डरमा अंग्रेजीमा दश रुपैयाँ लेखिएको हुनेछ । नोटको तल्लो भागको बोर्डरमा नोटको क्रम सङ्ख्या अंग्रेजीमा सन् २०२४ मा लेखिएको हुनेछ ।

गाजामा इजरायली आक्रमणबाट ३३ प्यालेस्टिनीको मृत्यु

काठमाडौँ : प्यालेस्टिनी चिकित्सा स्रोतहरूकाअनुसार आईतवार बिहानदेखि गाजा पट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली आक्रमणमा कम्तिमा ३३ प्यालेस्टिनीको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । नासेर अस्पतालले एक प्रेस विज्ञप्तिमा भनेको छ कि इजरायली हवाई आक्रमणको श्रृंखलावद्ध रूपमा दक्षिणी गाजापट्टी शहर खान युनिसमा कम्तिमा १० जनाको मृत्यु भएको छ ।
प्यालेस्टिनी चिकित्सा स्रोतहरूकाअनुसार खान युनिसमा पनि आफ्नो घर पुग्ने प्रयास गर्दा एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ । यसका साथै खान युनिसको दक्षिणमा प्यालेस्टिनीहरूको भेलामा इजरायली ड्रोन आक्रमणमा पाँच प्यालेस्टिनीको मृत्यु भएको स्रोतहरूले बताएका छन् । उत्तरमा अल–शिफा अस्पतालले एक विज्ञप्तिमा भनेको छ कि इजरायली सेनाले बेइत लाहिया क्षेत्रमा नागरिकहरूलाई लक्षित गरेपछि सात जनालाई अस्पतालमा स्थानान्तरण गरिएको छ ।

अर्को आक्रमणमा दक्षिणी गाजापट्टी शहर रफाहमा रहेको सहायता वितरण केन्द्र नजिकै दुई जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । प्यालेस्टिनी चिकित्सा स्रोतहरूका अनुसार मध्य गाजा पट्टीमा रहेको सहायता वितरण केन्द्र नजिकै अन्य तीन जनाको मृत्यु भएको छ । मध्य गाजा पट्टीको नुसेरातमा, एउटा अपार्टमेन्टलाई लक्षित गरी गरिएको तोपखाना आक्रमणमा एक प्यालेस्टिनीको मृत्यु भएको छ र धेरै जना घाइते भएका छन् ।

इजरायली सेनाले अहिलेसम्म यी घटनाहरूमा कुनै टिप्पणी गरेको छैन । मार्च १८ मा, इजरायलले एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेको छ । इजरायलले आफ्नो तिब्र आक्रमणहरू नवीकरण गरेदेखि कम्तिमा ५ हजार ७१ प्यालेस्टिनीहरू मारिएका छन् । १६ हजार ७ सय जना घाइते भएका छन् । जसले गर्दा अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५५ हजार ३ सय ६२ पुगेको छ र १ लाख २८ हजार ७ सय ४१ जना घाइते भएका छन् ।

देश बनाउन फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुपर्छ : नारायणकाजी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश बनाउन जनताले फेरि एक पटक नेकपा (माओवादी केन्द्र) लाई बहुमत दिनुपर्ने बताएका छन् ।
सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रलाई सशक्त बनाउन आम नागरिकको सहयोग आवश्यक रहेको बताए ।

पछिल्लो समय पार्टीका कार्यक्रममा जनताको सहभागिता उल्लेख्य रहेको उनले दाबी गरे । उनले भ्रष्टाचारीलाई रक्षा गर्न र भ्रष्टाचार गर्ने प्रक्रिया थप अघि बढाउन माओवादी केन्द्र नेतृत्वको सरकार ढालेको आरोप समेत लगाए । उनले अहिलेको सरकार भ्रष्ट र निरङ्कुश सरकार रहेको जिकिर गरे ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कामहरू रोक्ने प्रयत्न भइरहेको सो क्रममा बताए । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दा छिटो पूरा गर्न दबाब दिनुपर्ने उनको भनाइ छ ।

थप ३६ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको तयारी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भुटानसहित ३६ देशका नागरिकमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
यही जुन महिनाको आरम्भमा ट्रम्पले १२ वटा मुलुकका नागरिकलाई अमेरिका पस्न प्रतिबन्ध लगाएका थिए । ‘विदेशी आतंकवादी’ बाट अमेरिकालाई जोगाउनका लागि यो कदम आवश्यक रहेको उनको भनाइ थियो ।

अमेरिकी विदेश मन्त्रालयले ती देशले विभिन्न मापदण्ड पूरा नगरेको आरोप लगाएको छ । विश्वसनीय परिचयपत्र प्रदान गर्न सक्षम वा सहयोगी केन्द्रीय सरकारी कार्यालयकोे अभाव र आफ्नो भिसाको सर्त उल्लंघन गर्ने ठूलो संख्यामा नागरिकको उपस्थिति हुनुजस्ता मापदण्ड ती देशले पूरा नगरेका बताइएको छ ।

तर, अमेरिकाबाट निष्कासित तेस्रो देशका नागरिकलाई स्वीकार्न तयार भएमा ती देशले छुट पाउन सक्ने पनि जनाइएको छ ।

भिसा, यात्रा वा अरू प्रतिबन्धको सामना गर्न सक्ने देशको सूचीमा अफ्रिकाका २५ मुलुक समावेश छन् । सूचीमा अंगोला, बेनिन, बुर्किना फासो, केप भर्डे, क्यामरुन, आइभोरी कोस्ट, कंगो, जिबुटी, इथियोपिया, इजिप्ट, गाबोन, गाम्बिया, घाना, लाइबेरिया, मलावी, माउरिटानिया, नाइजर, नाइजेरिया, साओ टोमे, प्रिन्सिपे, सेनेगल, दक्षिण सुडान, तान्जानिया, युगान्डा, जाम्बिया र जिम्बाब्वे छन् ।

केही क्यारेबियन देश पनि सूचीमा छन् । सूचीमा एन्टिगुआ र बार्बुडा, डोमिनिका, सेन्ट किट्स र नेविस र सेन्ट लुसिया छन् ।

एसियाका चार देश सूचीमा छन् । एसियाका भुटान, कम्बोडिया, कीर्गिजस्तान र सिरिया सूचीमा छन् । ओसिनियाका टोंगा, टुभालु र भानुआतु सूचीमा छन् ।

यी देशसँग बुधबार बिहान ८ बजेसम्म विदेश मन्त्रालयलाई नयाँ सर्त पूरा गर्ने कार्ययोजनाको प्रारम्भिक योजना पेस गर्न समय दिइएको जनाइएको छ । यात्रा प्रतिबन्ध यो म्यादपछि लागू हुने नहुने भन्ने स्पष्ट पारिएको छैन ।

From Everest to Colorado: A Sherpa’s Journey in English

Golden, Colorado | June 14

The English translation of renowned musician, singer, and writer Hiranya Bhojpure’s novel Aang Sherpa and Ocean of Heights was officially launched on Saturday at Sherpa House Restaurant and Cultural Center, Golden, Colorado, USA.

Aang Sherpa and Ocean of Heights is the English rendition of Bhojpure’s acclaimed Nepali novel Sagarmatha Bhanda Mathi (“Above Everest”). The translation, completed by poet Bhuwan Thapaliya, has been published by Nirala Publications, New Delhi.

The launch event was held in memory of celebrated musician, singer and writer Ganesh Rasik who passed away a couple of weeks ago.

The book was jointly unveiled by renowned Himalayan poet Yuyutsu RD Sharma, the author’s wife Urmila Shrestha, grandchildren Yahvi Bhojpure, Pravar Raja Moktan, and Prahar Raja Moktan, along with Karma Sherpa of Sherpa Restaurant and his granddaughter Pasang Maya Sherpa.

At the event, poet and editor Yuyutsu Sharma praised the novel for amplifying the unheard voices of native climbers. “Ang Sherpa is a powerful and long-awaited novel. Translator Bhuvan Thapaliya, a poet in his own right, has done a remarkable job in conveying a voice that is lyrical, raw, and profoundly human,” Sharma said.

Speaking at the ceremony, Bhojpure shared insights into the novel’s protagonist, Aang Chhatre Sherpa, a native of Pangboche village nestled at the foot of Mount Everest. Although Bhojpure has never visited Lukla, his novel vividly captures the landscapes, emotions, and lived experiences of the Sherpa people—depicting Lukla, Everest Base Camp, the South Cole, and even the summit with powerful literary precision.

In the novel, Aang Chhatre summits Everest ten times. Following a dramatic incident at the South Col, he is banned from further climbs and exiled to Australia. The narrative traces his exile, eventual return to Nepal, and his internal journey of coping with a life away from the world’s highest peak—rendered in a poignant and deeply human style.

Bhojpure also paid heartfelt tribute to Ganesh Rasik, calling his passing an irreparable loss to Nepal’s musical and literary heritage, as well as a personal loss of a close friend.

He extended gratitude to Nirala Publications and to Yuyutsu Sharma for their role in bringing his novel to an English-speaking audience. Praising Sharma as a true ambassador of Nepali literature, Bhojpure remarked, “While official ambassadors represent individual nations, Himalayan poet Yuyutsu carries Nepal in his heart and represents its soul to the world.”

Urmila Shrestha, Bhojpure’s wife and a legendry singer herself, spoke about the legacy of Ganesh Rasik, recalling how he rose to prominence in Nepali music through sheer perseverance and talent despite his humble beginnings in rural Bhojpur.

Adding a musical note to the occasion, Karma Sherpa—whose image graces the cover of the book—performed Bhojpure and Rasik’s iconic song Rato Bhale (“The Red Rooster”) to enthusiastic applause Born on November 1952, in Deurali, Bhojpur district, Hiranya Bhojpure (real name Hiranya Shrestha) is a revered figure in Nepali arts. A founding member of the Lekali Parivar musical movement of the 1960s, he helped introduce a new wave in Nepali music by blending folk, modern, and experimental elements. Today, he remains a towering presence in Nepal’s literary and musical landscape.

इरानको आक्रमणपछि ८ जनाको मृत्यु, १३० भन्दा बढी घाइते

एजेन्सी- इजरायलमाथि रातभरि भएको इरानी आक्रमणको लहरमा बालबालिकासहित कम्तीमा आठ जनाको मृत्यु भएको आपत्कालीन सेवाले जनाएको छ । हवाई आक्रमणको साइरनले देशभरका लाखौँ मानिसलाई आश्रयस्थानमा लुक्न बाध्य बनाएको थियो ।
मध्य क्षेत्रमा १० वर्षीय बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको र करिब एक सय जना अन्य घाइते भएको मागेन डेभिड एडोम (एमडिए) का प्रवक्ताले जानकारी दिए । सफेला क्षेत्रमा अन्य ३७ जना घाइते भएका छन् ।

इजरायली प्रहरीले एक्समा एउटा पोस्टमा तेल अभिव जिल्लाको मध्य तटमा भएको आक्रमणमा धेरै मानिस मारिएको र दर्जनौँ घाइते भएको पुष्टि गरेको छ ।

शनिबार राति इजरायलको पश्चिमी ग्यालिली क्षेत्रमा भएको आक्रमणले तीन तले भवन ध्वस्त पारेपछि एमडिएले तीन महिलाको मृत्यु भएको जानकारी दिएको थियो ।

“दुई महिलालाई जीवनको कुनै लक्षणबिना उद्धार गरिएको थियो र उनीहरूको घटनास्थलमै मृत्यु भएको घोषणा गरिएको थियो”, आपत्कालीन सेवाले एक विज्ञप्तिमा भन्यो ।

तेस्रो महिलाको अस्पतालमा मृत्यु भएको बताइएको छ ।

आपत्कालीन सेवाले शनिबार हाइफा क्षेत्रको एउटा घरमा इरानी क्षेप्यास्त्र प्रहार भएको र २० वर्षीया एक महिलाको मृत्यु भएको र अन्य १४ जना घाइते भएको बताएको छ ।

एमडिएका प्रवक्ताले इजरायली प्रसारणकर्ता च्यानल १२ लाई इरानले रातभर गरेको क्षेप्यास्त्र आक्रमणमा करिब दुई सय जना घाइते भएको बताए ।

शनिबार राति इजरायलले तेहरानमा आक्रमण गर्ने क्रममा इरानबाट फायर गरिएका मिसाइलहरूको ब्यारेजलाई रोक्न एकैसाथ काम गरिरहेको बताएको छ ।

इरान–इजरायल युद्ध : नेपाली नागरिक सुरक्षित छन्

काठमाडौँ । परराष्ट्र मन्त्रालयले इरान र इजरायलबिच जारी युद्धमा त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद ढकालले इरान र इजरायलबिच जारी द्वन्दलाई नेपालले नजिकबाट नियालिरहेको बताए । त्यहाँस्थित नेपाली दूतावासले त्यहाँका सरकारसँग समन्वय गरी नेपालीहरूको अवस्थाबारे जानकारी लिएको बताउँदै उनले हालसम्म दुवै देशमा रहेका नेपालीहरू सुरक्षित रहेको बताए ।
‘त्यहाँका सरकारहरूले जारी एडभाइजरी पालना गर्न नेपालीहरूलाई भनेका छन्, त्यसलाई उनीहरुले पालना गरिरहेका छन्, थप समन्वय गर्ने काम भइरहेको छ,’ उनले भने, ‘परराष्ट मन्त्रालय निरन्तर फ्लोअपमा छ, अपडेट लिइरहेका छौं स्थानीय सरकारसँग समन्वय भइरहेको छ, हालसम्मको अवस्था सबै ठिक छ, केही आइ पर्‍यो भने आवश्यकता अनुसार कदम चाल्ने छौँ ।’

शुक्रबार इजरायलद्वारा इरानमाथि गरिएको आक्रमणपछि दुई देशबिच मिसाइल आक्रमणको शृङ्खला लगातार जारी रहेको छ । शनिबार मध्यराति इजरायलले इरानको तेल प्रशोधन केन्द्रलाई लक्षित गर्दै पुनः आक्रमण गरेपछि इरानले जवाफी कारबाही गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इरानले इजरायलतर्फ गरिएको मिसाइल आक्रमणमा ठुलो क्षति भएको सञ्चारमाध्यमले जनाएका छन् ।

युद्धको रुप लिँदै गएको घटनाक्रममा आइतबार बिहान इजरायलले फेरि जवाफी कारबाही गर्दै इरानको प्रमुख औद्योगिक सहर इस्फहानमा हवाई आक्रमण गरेको छ । यस आक्रमणले इरानी पूर्वाधारमा समेत क्षति पुर्याएको बताइए पनि यकिन विवरण नआएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

खोज्नुहोस