विद्यालय शिक्षा ऐन असार १५ भित्रै पारित गर्ने लक्ष्य : शिक्षामन्त्री पन्त

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले लामो समयदेखि प्रतीक्षित विद्यालय शिक्षा सम्बन्धी ऐनलाई यही असार १५ गतेभित्र प्रतिनिधि सभाबाट पारित गर्नेगरी सरकार तीव्र गतिमा अघि बढेको बताएका छन् । उनले शिक्षकहरूका माग सम्बोधन गर्न सरकार गम्भीर रहेको बताउँदै उनीहरूलाई पुनः सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

शनिबार ‘सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता’ सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै मन्त्री पन्तले शिक्षक महासंघसँग भएको ९ बुँदे सम्झौता आगामी आर्थिक वर्षदेखि पूर्ण रूपमा कार्यान्वयन हुने र त्यसका लागि राज्यलाई थप ८ अर्ब रुपैयाँको दायित्व पर्ने जानकारी दिए ।

‘असार १५ गतेसम्ममा विद्यालय शिक्षा सम्बन्धी ऐनलाई हामीले प्रतिनिधि सभाबाट पारित गर्ने प्रयत्नमा छौं,’ मन्त्री पन्तले भने, ‘शिक्षक महासंघसँग भएको ९ बुँदे सम्झौताको ८ अर्ब रुपैयाँको दायित्व नेपाल सरकारले व्यहोर्छ । तर, त्यसअघिका पुराना सम्झौताहरू कार्यान्वयनको माग गर्दै उनीहरूले फेरि दबाबका कार्यक्रम घोषणा गर्न खोजेका थिए ।’

उनले पुराना सम्झौताका विषयमा छलफल गर्न आफू तयार रहेको तर देशको बजेटले धान्ने र ऐन-कानुनले मान्ने विषय मात्रै कार्यान्वयन गर्न सकिने यथार्थ बुझ्न आग्रह गरे । ‘मैले उनीहरूलाई बोलाएर भनेको छु, संविधान र ऐन-कानुनले मान्ने र देशको बजेटले धान्ने काम म गर्छु । तर अब थप आर्थिक भार पर्ने माग धान्न सकिँदैन। सकेसम्म शिक्षकहरू फेरि सडकमा फर्किएर जान नपरोस् भन्ने अवस्था बनाऔं,’ उनले भने ।

भारतबाट फर्किरहेका कोरोना सङ्क्रमितलाई सोझै घर पठाइदै

धनगढीः भारतबाट फर्किरहेका केहीमा कोरोना सङ्क्रमण देखा परिरहेको छ । विभिन्न नाकामा परीक्षण गर्दा उनीहरूमा कोरोना सङ्क्रमण देखिएको हो। तर, सङ्क्रमितलाई चेकजाँच गरेर घर पठाउने गरिएको छ। जब कि नाकामा होल्डिङ सेन्टर छन्। तर, सङ्क्रमित त्यहाँ बस्दैनन्।
प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार जेठ २१ गतेदेखि हालसम्म प्रदेशमा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किने शङ्कास्पद व्यक्तिको नाकामै परीक्षण गर्ने गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले बताए। प्रदेशको मुख्य चार नाका गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र पुलघाट नाकामा हेल्थ डेस्क स्थापना गरेर शङ्कास्पद व्यक्तिको परीक्षण गर्ने कार्य भइरहेको उनले बताए। चार वटै नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षणका लागि ३५० वटा किट बाँडिएको छ । मुख्य नाकाहरू गौरीफन्टा र गड्डाचौकीमा अलि बढी र दुई वटा नाकामा आवश्यकतानुसार किट दिइएको जनाइएको छ।

जेठ २१ गते सबैभन्दा पहिले गौरीफन्टा नाकामै तीन जनामा कोरोना पुष्टि भएको थियो। कोरोना सुरु भएपछि विगतमा यही नाकाबाट सबैभन्दा बढी नेपाली भारतबाट स्वदेश फर्केका थिए। भारतबाट फर्किनेबाट समुदायमा समेत कोरोना फैलिएको थियो।

सबैभन्दा बढी कोरोना सङ्क्रमणको जोखिम भारतबाट फर्किनेबाट भएपछि उनीहरूलाई केही दिनसम्म नाकामै छुट्टै होल्ड गर्नका लागि कैलालीको धनगढी उपमहानगरपालिका–३, बडहरामा होल्डिङ सेन्टर बनाइएको थियो। सङ्घीय सरकारको २८ करोड ८१ लाख १२ हजार रुपियाँ खर्चेर बनाइएको होल्डिङ सेन्टर प्रयोगविहीन भएको छ । सरकारले आर्थिक वर्ष २०७८÷७९ मा निर्माण गरेको होल्डिङ सेन्टर जीर्ण बन्दै गएको छ । होल्डिङ सेन्टरमा २२ वटा क्वारेन्टाइन, २२ वटा चर्पी र १५ वटा डाइनिङ हलसहितको भान्साकोठा रहेका छन्। प्रयोगमा नआएपछि यी संरचना खुइलिनुका साथै जीर्ण बनिरहेका छन् । भारतबाट फर्किरहेका कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई भने घरमै आइसोलेसनमा बस्ने गरी पठाउने कार्य भइरहेको छ । सङ्क्रमण पुष्टि भएका व्यक्तिमा सामान्य लक्षण देखिएकाले उनीहरूलाई घरमै बस्ने गरी पठाउने गरिएको जोशीले बताए।

भारतबाट फर्केका सङ्क्रमित व्यक्तिलाई सिधै घर पठाउँदा अरूमा कोरोना सर्ने जोखिम रहेको छ । त्यस्ता व्यक्तिलाई एक हप्तासम्म होल्डिङ सेन्टरमै राखेर उनीहरूको स्वास्थ्योपचार गर्न सके अरूमा सर्ने जोखिम नहुने कतिपयको बुझाइ छ। तर जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले होल्डिङ सेन्टरलाई प्रयोग गर्ने सन्दर्भमा कुनै पनि निर्देशन नआएको बताए।

सुदूरपश्चिम सरकारको राजस्व घाटा तीन अर्ब ६५ करोड ६६ लाख

धनगढी : चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा सुदूरपश्चिम सरकारको कूल आठ अर्ब ७९ करोड ५१ लाख खर्च भएको छ।
कूल विनियोजनमध्ये चालुतर्फ चार अर्ब ८६ करोड ९५ लाख र पूँजीगततर्फ तीन अर्ब ९२ करोड ५७ लाख खर्च भएको छ। सोही अवधिमा प्रदेश सरकारको बजेट बचत १० अर्ब ९८ करोड नौ लाख र राजस्व घाटा तीन अर्ब ६५ करोड ६६ लाख रहेको छ।

प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आजको प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा बजेट विलम्ब गरी आएकाले खर्च प्रभावित भएको बताए। चालु आर्थिक वर्षको चैतसम्ममा कूल विनियोजनको अनुपातमा चालु खर्चतर्फ ३७.८ र पूँजीगत खर्चतर्फ २०.९ प्रतिशत खर्च भएको छ। गत आर्थिक वर्ष भन्दा चालु खर्च बढ्दा पूँजीगत खर्च घटेको छ।

प्रदेशको आन्तरिक आय एक अर्ब एक करोड २९ लाख रहेको छ। प्रदेशका स्थानीय तहतर्फ कूल ४१ अर्ब ४३ करोड खर्च भएको छ। यस अवधिमा कर राजस्वतर्फ १४.२ प्रतिशत र गैरकर राजस्वतर्फ २५.७ प्रतिशतले वृद्धि भएको मन्त्री थापाले बताए।

कर राजस्व ५६ करोड ५७ लाख र गैरकर राजस्व ४४ करोड ७१ लाख सङ्कलन भएको छ। चालू आर्थिक वर्षमा प्रतिव्यक्ति आय कूल गार्हस्थ उत्पादन एक हजार ४९६ अमेरिकी डलर हुने अनुमान गरिएकोमा सुदूरपश्चिम प्रदेश प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादनमा वृद्धि भई एक हजार १५३ अमेरिकी डलर हुने अनुमान गरिएको छ।

कूल गार्हस्थ उत्पादनमा सुदूरपश्चिमको ७.०३ प्रतिशत योगदान रहने अनुमान गरिएको छ। कूल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी बागमती प्रदेशको ३६.५२ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको ४.१९ प्रतिशत रहेको बताइएको छ।

यस्तै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर सबैभन्दा कम सुदूरपश्चिम प्रदेशको ३.३२ प्रतिशत, सबैभन्दा बढी गण्डकी प्रदेशको ५.५१ प्रतिशत हुने अनुमान गरिएको छ।

अन्तर्राष्ट्रिय फिरन्ते शेर्पाको कथा

दीर्घराज उपाध्याय
एक समय थियो, सोलुखुम्बुका शेर्पाको जीवन संसारकै सबैभन्दा अग्लो शिखर सगरमाथाको फेदमा बित्थ्यो । चौरी गोठ र खेतीपाती नै उनीहरुको संसार थियो । कतिपयको जुनी त्यही पर रहेको लुक्ला नपुगरै कट्थ्यो ।

समय वदलियो । सगरमाथा चढ्ने विदेशीहरुको लर्को लाग्न थाल्यो । त्योसंग बदलियो चौरीखर्कसंगै त्यहाँका बासिन्दाको    दैनिकी । जीवन र सपनाहरु ।

१९२२ मा सगरमाथा आरोहणका लागि आएका बेलायती नागरिक जर्ज मेलोरी र उनका साथी सगरमाथाको शिखरमा कतै हराए । त्यसको ३१ वर्षपछि २९ मे १९५३ मा न्यूजिल्याण्डका एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले सगरमाथाको आरोहण गरे । पहिलो पटक सगरमाथा आरोहण गर्नेमा उनीहरुको नाम दर्ज भयो । त्यही बेलादेखि सगरमाथा चर्चामा आयो । र, विदेशबाट हरेक वर्ष आरोही आउने क्रम तिब्र भयो । त्योसंगै फेरियो, शेर्पाको जीवन ।

८ डिसेम्बर १९४८ मा पासाङ ल्हामु गाउँपालिका–२ चौरीखर्कमा जन्मिएका लाक्पा छोतार शेर्पाका लागि पनि चौरीखर्क नै संसार थियो । वाल्यकालमा उनले चौरीखर्क भन्दा पारी गाउँ होला सम्म सोचेका थिएनन् ।

चौरीखर्क गाउँ ठूलो थियो । र, सोलुको केन्द्र पनि । लुक्लामा विमानस्थल बनेपछि चौरीखर्क ओझेलमा पर्दै गयो ।
लाक्पाका बुवा पेम्बा ग्याल्जेन शेर्पा र आमा पासाङ याङ्जिन शेर्पा खेतीपाती गर्थिन । उनीहरु चौरी पनि पाल्थे । छ भाई र चार बहिनीमा लाक्पा जेठा थिए ।

आफू अनपढ भएपनि उनका बुवामा सन्तान पढाउनु पर्छ भन्ने चेत थियो । उनलाई पनि बुवाले महेन्द्रज्योति प्राविमा भर्ना गरे । पाँच कक्षा पढेपछि उनी पढ्न छोडेर बुवालाई खेतीपाती र चौरीखर्कमा सघाउन थाले ।

उनका भाईहरुलाई बुवाले पढ्न काठमाण्डौं पठाए । चारै भाई कपन गुम्बामा पढ्न थाले । बुवाआमालाई खेतीपाती र चौरीखर्कमा सघाईरहेका लाक्पा त्यही बेला विदेशी पर्यटकको सम्पर्कमा पुगे ।

र, १४ वर्षकै उमेरमा टे«किङमा होमिए । उनी पहिलो पटक मै सगरमाथा आरोहण टोलीको भरिया बने । उनीहरुको साथमा सन् १९७० मा क्याम्प २ सम्म पुगे । पिठ्युमा १५ किलो भारी । सगरमाथाको उकालो । त्यही भारी र उकालोले उनको जीवन बदल्यो । उनले टे«किङ गरेको सर्टिफिकेट पाए ।

त्यही सर्टिफिकेटका आधारमा उनले टे«किङ कम्पनीमा काम पाए । त्यसपछि सगरमाथाको फेदमा हुर्किएको जीवन उकालो लागीरह्यो निरन्तर । केही समयपछि उनी अन्नपूर्ण टे«किङमा गए । उनले ईन्टरनेशनल टे«किङ कम्पनीमा काम पाए ।
दुई वर्षपछि उनले पहिलो पटक विदेशमा टे«किङको अवसर पाए । १९७२ मा अफगानिस्तानको  हिन्दु कुश अन्तर्गतको ७४९२ मिटर अग्लो दोस्रो ठूलो हिमाल नोसाकको आरोहणमा  ईटालियन टीमको टे«किङ सहयोगीका रुपमा जान पाए । उनीसंगै थिए, १८ जना शेर्पा । ४ जना कुक । आरोहीहरुको पहिलो समूह २२ जनाको थियो । दोस्रो समूह २३ जनाको । र, तेस्रो पनि २३ जनाको । एकैपटक तीन टोलीका लागि काम गर्ने अवसर पाए । पारश्रमिक पनि तीन वटै समूहबाट पाए । कपडा, जुत्ता र ज्याकेटको सेट पनि तीन वटा पाए । एउटा टोलीलाई विदाई गरेपछि अर्को टोलीका लागि सामान लिएर उनी हिन्दकुश पर्वतको टे«किङमा जान्थे । दुई वटा समूहलाई विदा गरेपछि उनी तेस्रो समूहसंग फर्किए । जीवनमा यतिधेरै अवसर र खुशी उनले कहिल्यै पाएनन् । पहिलो विदेश यात्रा उनका जीवनमा सबैभन्दा ठूलो खुशी ल्याएर आयो ।

उनलाई काबुलबाट झण्डै गाडीमा १० घण्टाको यात्रापछि हिन्दुकुश पुगेको अझै सम्झना छ । उनी ४५ दिनपछि काबुलबाट पाकिस्तान पुगे । र, त्यहाँबाट जहाजमा काठमाण्डौं ।

त्यसपछि जर्मनी पर्वतारोहणको साथमा उनी १९७४ मा स्वीट्जरल्याण्ड पुगे । त्यहाँ पाँच हप्ता विताएपछि नेपाल फर्किए ।
उनले एकपछि अर्को विदेशको अवसर पाउदै गए । स्वीट्जरल्याण्डपछि उनले अमेरिका आउने अवसर पाए । अमेरिकन पर्वतारोहीको स्पोन्सरमा हरेक वर्ष दुई पटक अमेरिका आउन थाले ।

अमेरिका कति पटक आए । पछि त गन्न छोडिदिए । उनको अनुमान छ, १७ पटक त आए हूँला ।

पर्वतारोहीहरुसंगको घुमघाम र यात्रा त रमाईलो हुन्थ्यो नै । पारिश्रमिक पनि डलरमा पाउथे । पछि उनलाई लाग्यो, यसरी त जीवन कहिलेसम्म चल्छ ? उनी अमेरिकामै बस्न थाले । ८ वर्ष ग्याँस स्टेशनमा काम गरे । केही समय ईण्डीयन रेष्टुरेण्टमा पनि काम गरे ।

सानैमा विहा गरेकी लाक्पाकी पत्नी आङदाकी शेर्पा माईतीमै बस्थिन् । उनी पनि ससुराली बस्थे । ससुरालीबाट विदाई हुदा उनीसंग थिए, एक छोरा, दुई छोरी र पत्नी सहित चार जना । उनका तिनै सन्तानको जन्म शुक्रवार भयो । त्यसैले उनीहरु सबैको नाम पासाङबाट शुरु हुन्छ ।

उनीसंगै जेठी छोरी पासाङ दिकी र छोरा पासाङ दावा अमेरिका आए । उनीहरु न्यूयोर्कमा बस्न थाले । जेठी छोरी नर्स छिन् । कान्छी पासाङ ल्हामु नेपालमै पढ्नि । उतै लुक्ला अस्पतालमा काम गर्न थालिन् । अमेरिका–नेपाल आवात जावत गरिरहने पत्नीको चार वर्षअघि गाउँमा हृदयघातबाट मृत्यु भएपछि भने लाक्पा फिरन्ते भएका छन् ।

अमेरिकाबाट केही समय उनी ईटली पुगे । त्यहाँ हाउस किपिङको काम गरे । त्यसपछि अष्ट्रिया, फ्रान्स, जापान पुगे । केही वर्षअघि श्रीलंका, कम्बोडिया, भियतनाम घुमे ।

हुन् पनि उनका छ भाई मध्ये एक भाई मात्र गाउँमा बस्छन् । बाँकी सबै विदेशमा । कान्छो भाई, सन फ्रान्सिसकोमा बस्छन् । काहिलो भाई लण्डनमा । साहिलो ईटलीमा बस्न थालेको वर्षौ भयो । उतैको पीआर लिईसके । एक भाई स्पेनमा बस्छन् । माहिलो भाई मात्र गाउँमा बस्छन् । उनी भने फिरन्ते । घर छ । बस्ने ठेगाना छैन् ।

पैसा त अचेल गाउँमै पनि छ, भन्छन्, अमेरिका त अमेरिका हो नि । तर उनी गाउँमा आफैले बनाएको भव्य घरमा एक दिन बसेनन् ।

एक साताअघि न्यूयोर्कबाट कोलोराडो आईपुगेका लाक्पाले गोल्डेनको एक रेष्टुरेण्टमा आफ्ना जीवनका आरोह अवरोह सुनाए । जहाँ घुमेपनि राम्रो त नेपाल नै छ । कुराकानीको अन्त्यमा उनले जुलाई १४ मा नेपाल फर्किन लागेको सुनाउन छुटाएनन् ।

उनी फकिर झै लाग्छन् । ईटलीमा राम्रो कमाई हुन्थ्यो । त्यहाँ धेरै समय बसेनन । काठमाण्डौं महाराजगञ्जमा घर जोडे । लुक्लामा उनको पोताला गेष्ट हाउस छ । चौरीखर्कमा एउटा घर छ । एउटा घर र जग्गा छोरीलाई दिए ।

जम्मा गरेको भए त पैसाको थुप्रो हुन्थ्यो, फकिर झै उनले सुनाए, म पैसा जम्मा गर्दैन् । घुम्न र खान पुगेकै छ । जोडेर कसलाई पुगेको छ ।

एक पायलटको उडानको टर्निङ 

दीर्घराज उपाध्याय ।
भनिन्छ, सपना देख्ने आँखा थुप्रै हुन्छन्, तर सपनामा उड्ने साहस पाइलटसँग मात्र हुन्छ ।

साहस भएका सबै मान्छे पायलट बन्न भने पाउदैनन् । विरलै मान्छेका आँखाले देखेका सपना पुरा हुन्छन् । सुनिल शाक्य, तिनै विरलै मान्छेमध्ये एक थिए । जसले आकाशमा उड्ने सपना मात्र देखेनन् । पुरा पनि गरे ।

राणाकालमा काठमाण्डौं असनमा कहलिएका सुन व्यवसायी थिए, सिद्धि बहादुर शाक्य । असन व्यापारको हव थियो । सिद्धि असनको रैथाने नेवार । नून पनि सहजै नपाईने त्यो समय । उनी सुनको मूल्य निर्धारण गर्थे । सिद्धीका दुई छोरा थिए । एक थिए, कर्ण ।

देहरादूनमा पढेका कर्णले केही वर्ष वन विभागमा जागीर खाए । जागीरको मोह टुट्यो । पर्यटनमा हात हाले । र १९६८ मा ठमेलमा खोले, काठमाण्डौं गेष्ट हाउस । जन्मियो, केजीएच ग्रुप ।

कर्णकी पहिलो पत्नी सानोछोरी शाक्यबाट चार सन्तान जन्मिए । १९६२ मा जन्मिएका सुनिल जेठा थिए । उनीपछि थिए, एक भाई । दुई वहिनी । पहिलो पत्नी वितेपछि कर्णले दोस्रो विहा अमेरिकन महिलासंग गरे ।

सुनिल दुई कक्षामा सेन्टी जेभियरमा भर्ना भए । एसएलसी त्यही गरे । त्रिचन्द्रबाट आईएस्सी सके । १९८१ मा पाईलट कोर्स गर्न पुगे क्यानडा । १६ महिनामा कोर्स पुरा गरे । र, नेपाल फर्किए ।

१९८३ मा उनी टे«नी पाईलटका रुपमा तत्कालिन शाही नेपाल वायु सेवा निगममा जोडिए । । केही समयपछि को–पाईलट भए । अनि पाईलट ।

त्यो समय निगमसंग ९ वटा ट्वीनटर थिए । दुई वटा एचएस ७४८(एभ्रो) । उनी नन स्टल रुटबाट बिराटनगर उडान भर्थे । गाह्रो मानिने ट्रंक रुट अन्तर्गत लुक्ला र मनाङ ।

एउटा बेस नेपालगञ्ज । अर्को बिराटनगर । नेपालगञ्जबाट सुदूर र मध्यपश्चिममा जहाज चल्थ्यो । सिमिकोट, बाजुरा, साँफेबगर । डोटी, बझाङ र महेन्द्रनगर । डोल्पा, दाङ, र रुकुमको चौर   जहारी ।

काठमाण्डौंबाट धनगढीको उडान दुई घण्टाको हुन्थ्यो । ककपीटमा चढ्नु अघि बाथरुम जान्थे । अनि उडाउथे । सुदूर पश्चिमका विमानस्थलमा शौचालय थिएन ।

 

धर्तीबाट देखिने चन्द्रमा । त्यसैलाई हेरेर हुर्किएका सपनाहरु । चन्द्रमाको मुन्तिर भएर उड्ने जहाज । लगेर छेवैमा । चन्द्रमाको दाग हेर्ने रहर हुदो हो कि नाई ? प्रियसीसंग किशोरावास्थामा गरेका आकाशका तारा टिपेर ल्याउने बाचाहरु । पायलटले ती बाचा बिर्सिन्छन् होला की ? तारा टिप्ने रहर राखिरहदा हुन्, मन भित्र । एक पायलटसंगको संवादमा यस्ता तमाम प्रश्नहरु जन्मिएका थिए, पंक्तिकारभित्र ।

वाल्यवयमै हुर्किएको उडान भर्ने सपना । ओहो ! पखेटा बिना आकाश छुने सपना ? त्यो सपना त पायलट भए मात्र संभव थियो । भनिन्छ, पखेटा बिना आकाश छुने कला पाइलटको हो — जहाँ हरेक उडान आत्मविश्वास र अनुशासनको मिश्रण हो ।
उनका परिवारमा कोही पनि चाहदैनथे– उनी पायलट बनुन । हजुरआमा, बुवा र श्रीमती सबै बर्खिलाप थिए । उनी परे जिद्दी । उनको जिद्दीका अगाडि कसैको चलेन । पिताले पायलट कोर्सका लागि क्यानडा पठाए ।

काठमाण्डौंमा जन्मिएका उनी नेपाल हेर्न चाहन्थे । अझ दूर दराज । त्यहाँको कठिनाई । चुनौती । गरीवी । प्रकृति । सुन्दरता । संघर्ष । समस्या । संस्कृति । सबै सबै हेर्न चाहन्थे । उनको त्यो ईच्छा पुरा भयो । शुरु भयो, उनको हवाई उडान ।

उनको दिनचर्या विहान पाँच बजे शुरु हुन्थ्यो । पेपरमा साईन ग¥यो । ककपीटमा उक्लियो । पर्खिरहेका यात्रुहरुलाई उडायो । गन्तव्यमा पु¥यायो । फर्कियो । सिमिकोट र डोल्पामा १० बजेपछि तिव्र गतिमा हावा चल्थ्यो । विहानै सिमिकोट र डोल्पाको उडान भर्थे । दिउँसो जुम्ला । चार पाँच बजेसम्म उडान । त्यसपछि आराम ।

क्याप्टेन दीपक पोखरेलका शब्दमा ‘पाइलट बन्ने सपना केवल आकाशमा उड्ने होइन, जिम्मेवारी र धैर्यको यात्रा हो ।’

उनी जिम्मेवार थिए । धैर्य पनि । उनको हातमा हरेक दिन सयौं यात्रुको जीवन हुन्थ्यो । सुरक्षित रुपमा यात्रुलाई गन्तव्यमा पु¥याउनु उनको जिम्मेवारी थिए ।

मनसुनको समय । हिमाल, पहाड, तराई । धेरै परसम्म केही नदेखिने गरी लाग्ने बाक्लो हुस्सु । बादलका गुजुल्टाहरु । त्यही गुजुल्टाभित्र हराउने जहाज । जहाज कुहिरो र हुस्सुभित्र पस्थ्यो ।  आँखा च्यातेर पनि केही नदेखिने । एकछिन अलि आतिन्थे । उही आकाश । उही हुस्सु । उही कुहिरो । पछि सब नर्मल लाग्न थाल्यो ।

आकाशको यात्रा । मान्छेले बनाएको जहाज । बेलाबेलामा हुने हवाई दुर्घटना । त्यसमाथि साथी गुमाएको सिमिकोटको दुर्घटना । स्तब्ध भए । झस्किए । तर डराएनन् । उडान भर्न छोडेनन । सावधानी अपनाए । सतर्क भए । उडान जारी राखे ।

अनौठो अनुभूति ? डर । रोमाञ्चकता । बादल पारीको देश । रुमानी सपना । सपनाहरुको खुट्टा हुदैन् । उड्नलाई पखेटा चाहिदैन । निस्फ्रिकी उड्यो ।

ईलाम हेर्थे । बझाङ पुग्थे । तुलना गर्थे । किन बझाङ ईलाम भएन ? असमानता । विकास र सम्पन्नतामा । भूगोल उस्तै । काठमाण्डौंबाट दूरी उस्तै । सोच्थे । कहिले होला ईलामजस्तै ? उनी पायलट मात्र थिएनन् । उनीभित्र थियो एउटा नागरिक । र, त्यो नागरिकभित्र थियो, देश प्रेम । उडान भ¥यो । तलव लियो । जागीर खायो । त्यतिमात्र त होईन जिन्दगी ? उनीभित्र कर्णाली दुख्थ्यो । काली दुख्थ्यो । आँखा र मन दुबै थिए, उनीसंग । जोभित्र थियो, संवेदना, चेतना र भावना । त्योभन्दा धेरै थियो, माया ।

(क्रस-कन्ट्री फ्लाइटका क्रममा पायलट शाक्यको न्यूयोर्क सिटीको टेटरबोरो विमानस्थलमा पहिलो अवतरण)

काठमाण्डौंबाट नेपालगञ्जको एक घण्टा २० मिनेट लामो उडान । त्यहाँबाट थप ४० लामो धनगढीको उडान । धनगढीबाट महेन्द्रनगर । महेन्द्रनगरबाट बझाङ । बझाङबाट त्यही रुटमा फर्केर काठमाण्डौं ।

प्रकृतिले दिएको सबै थियो । हिमाल । पहाड । जंगल । जडिबुटी । नदी । तर विकास थिएन । मैलो कछाड । वर्षौ ननुहाएका अनुहारहरु । जसको निश्चल र निर्दोष हेराई । काठमाण्डौं पुगेपछि सोच्थे, किन यस्तो छ, सुदूर पहाड ?

बझाङबाट काठमाण्डौं जहाज उड्थ्यो । सोझै जादैनथ्यो । नेपालगञ्ज झथ्र्यो । ईन्धन भरेर लाग्थ्यो, काठमाण्डौं । ईन्धन भर्न पनि त्यहाँ झर्नैपथ्र्यो । त्यसमाथि यात्रु पनि लाने ।

एक दशक आरएनएसी काम गरे । केही समय युएनको जहाज उडाए । झण्डै ६ हजार घण्टा आकाशमा विताए छन् । आरएनएसीमा ४५ हजार तलव थियो । युएनले एक हजार डलर दिन्थ्यो । युएनको जहाजमा खाद्यान्न लिएर सिमिकोट र डोल्पामा उड्थे ।

पिताको उर्दी भयो, ‘ईनफ टु फ्लाई । कम टु वर्क ।’

उडान स्थगित गरे । होमिए, होटल तथा पर्यटनमा । चुपचाप पछ्याए, पिताको पद्चाप ।

उनको उडानसंगै सपनाको टर्निङ प्वाईन्ट बन्यो, १९९२ ।

उनका बुवाका चार होटल थिए । काठमाण्डौै गेष्ट हाउस । क्लव हिमालय । एम्बसडेर । र, मार्कोपोलो ।

(तस्वीर : -चलचित्र ‘लेजेंड अफ विस्ली’ को लागि हङकङबाट जोमसोममा आएका फिल्म टिमसँग उडानका विषयमा समन्वय गर्दै पायलट शाक्य ।)

बुवा र भाईसंग उनी होटल र पर्यटनमा होमिए । २००२ माया म्यानर होटल थपियो । वाल्यकालमा हुर्किएको हात्तिसारको घरलाई बुटिक होटल बनाए । त्यसै वर्ष बुढानिलकण्ठमा सेप्टेम्बर १७ मा पार्क भिलेज सञ्चालनमा ल्याए । ४० रुमबाट शुरु गरेको पार्क भिलेजमा हाल ११४ रुम छन् ।  त्यसैदिन लुम्बिनीमा १७ रुमबाट शुरु गरेको होटलमा ८० रुम पु¥याए ।

त्यसपछि पोखरामा वाटर फ्रन्ट खोले । सराङकोटमा हिमालयन फ्रन्ट । केजीएच गु्रपका सबै होटलमा उनको पारिवारिक लगानी थियो । हिमालय फ्रन्ट र वाटर फ्रन्टमा साझेदारका रुपमा थपिए, दिवाकरराज कर्णिकार ।

चितवनमा मारुनी सेञ्चुरी लज थपे । दुई वर्ष अघि पाटनमा हेरिटेज होटल सञ्चालनमा ल्याए । नाम दिए, केजिएच पाटन होटल । केजीएच गु्रपको होटल खोल्ने क्रम जारी छ । धुुलिखेलको दाप्चामा दुई वर्षभित्र होटल सञ्चालनमा ल्याउने तयारी छ ।

नेपालको होटल तथा पर्यटन क्षेत्रमा केजिएच ग्रुपको ठूलो योगदान छ । होटल तथा पर्यटनका क्षेत्रमा पुरानो र प्रतिष्ठित नाम हो, केजिएच ।

केजीएच ग्रुपले रुम बेच्दैन । आतिथ्यता बेच्छ । सात होटल । छ सय रुम । सात सय कर्मचारी । त्यसै हुर्किएका होईनन्, भन्छन्, हामी हस्पिटालिटीमा सम्झौता गर्दैनौ ।

सरकारले पर्यटनको अर्थशास्त्र बुझेन् । भन्छन्, आपूर्ती र मागलाई सरकारले नियमन गर्न नसक्दा पर्यटन व्यवसाय फष्टाउन सकेन ।

होटलमा अस्वस्थ प्रतिस्पर्धा भयो । दुई सय डलरमा बेचिनु पर्ने रुम । ४० डलरमा बेचिन थाले, उनी प्रश्न गर्छन्, अनि कसरी उभो लाग्छ, पर्यटन ? कसरी बाँच्छन्, व्यवसायी ?

उनले पढेर हवाई जहाज बुझे । परेर होटल तथा पर्यटन । उनको बुझाईमा, नेपाली होटलहरु अन्तर्राष्ट्रिय ब्राण्डसंग त जोडिए । तर पर्यटनको बजार नबढ्दा सकसमा छन् ।

एउटै अन्तर्राष्ट्रिय बिमानस्थल । सिमित अन्तर्राष्ट्रिय उडान । महंगो हवाई भाडा । अनि कसरी भित्रिन्छन् पर्यटक ? कसरी चल्छन्, ठूला होटलहरु ? पर्यटक भित्र्याउन उनको फर्मुला छ, पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडान शुरु गर्ने । त्यो पनि सहुलयित भाडामा ।

झञ्झटिलो भिसा प्रकृया । सिमित अवधिको भीसा । महंगो हवाई भाडा । अनियमित उडान । पर्यटक धेरै नभित्रिनुका केही कारण केलाए । उनले समाधानको उपाय सुझ्याए, मलेशिया र श्रीलंका झै लामो समयको भिसा सहजै दिने ।

मौसमको दृष्टिकोणले काठमाण्डौं स्वर्ग हो । दिल्ली ४० डिग्री तापक्रम हुदा काठमाण्डौंमा १५ डिग्री हुन्छ । हाम्रा रुमहरु मात्र होईनन्, आकाश नै वातानुकूलित छ । तर त्यही हवाई आकाश कालो सूचिमा छ । कसरी भित्रिन्छन्, पर्यटकहरु ?

तीन दशक भएछ । सुदूर नटेकेको । तीन वर्ष अघि जेठी छोरी एमीसंगै धनगढी झरे । ओहो ! धनगढी विमानस्थल कस्तो भएछ ? फेरिएछ धनगढी । उनले खुशी व्यक्त गरे । यो त्यही विमानस्थल थियो । जहाँ भरेका थिए, दर्जनौ उडानहरु । ककपीटबाटृट देखेको त्यो सुदूर । र, यात्रुका रुपमा टेकेको त्यही भूमि । कस्तो परिवर्तन भएछ है ? उनले प्रश्न गरे ।

उनी हेलिकोप्टरमा खप्तड पुगे । आकाशबाट हेरे सुदूरको भूगोल । पहाड । नदी नाला । उनले अनुभव सुनाए, सुदूर पश्चिम त अझै भर्जिन रहेछ ।

उनलाई लाग्छ, सुदूरको हावापानी मात्र होईन । मान्छे पनि आग्र्यानिक छन् । जसमा मिसिएको छैन्, कुनै रसायन ।

नीति, नेतृत्व र भीजन नभएर धेरै चिज गुमायौ । स्वागत गर्नुपर्नेलाई लखेट्यौ, उनले आग्रह गरे, बाह्य लगानीकर्ता र पर्यटकलाई रेड कार्पेछ बिछ्याउनु पर्छ । अव ढिलो गर्न हुदैन् ।

मृगौला प्रत्यारोपण गरेर जोगाएकी पत्नीले बबिताले २०७२ मा संसार छोडिन् । उनका लागि त्यो समयको विनाशकारी भूकम्पले निम्त्याएको पीडा भन्दा ठूलो क्षति थियो ।

उनकी दुई छोरी छन् । जेठी अमृताञ्जली एमी । कान्छी माया । स्वीट्जरल्याण्डबाट टुरिज्म र हस्पिटालिटिमा बीबीए गरेकी एमीले होटल व्यवसायमा उनलाई सघाईरहेकी छन् । कान्छी छोरी मायाले अमेरिकाबाट डिजिटल मार्केटिङमा बीबीए पुरा गरिन् । उनले के गर्छिन् ? उनैलाई जिम्मा छोडिदिएका छन् ।

व्यवसायसंगै सामाजिक क्षेत्रमा उनी सक्रिय छन् । मियामोटो रिलिफमा अध्यक्ष छन् । मियामिटोले पुरातात्विक सम्पदाको संरक्षणका क्षेत्रमा काम गर्छ । उनी हनुमान ढोकाको गद्दी, आनन्दकुटी, सेन्ट जेभियरको भत्किएको बनाउदै छन् ।  स्वयम्भुको मर्मत संभार गरिरहेका छन् । बुद्ध धर्मसंग उनको विशेष लगाव छ । रिपोञ्छेसंग काम गरिरहेका छन् । लुम्विनीमा बुद्धको संग्रहालय बनाउने उनको धोको छ ।

विगतमा पर्यटन बीज्ञका रुपमा सरकारलाई सहयोग गरेको उनी पाटामा पूर्व अध्यक्ष हुन् ।

उनी सेन्टिजेभियरको १९७९ व्याचका विद्यार्थी हुन् । सहपाठीहरुले विदेश रोजे । व्याचीहरु कोही डाक्टर । कोही ईञ्जिनियर । कोही व्यवसायमा छन् । उनले विदेशको सपना देखेनन् । सोचनन पनि । पायलट बन्ने सपना थियो । बने । उडान भरे । एक समय आयो । उनले पायलटको सपना स्थगित गरे । र, होटल र पर्यटनमा जोडिए ।

उनी उमेरले ६३ नाघे । समकक्षीहरु आराम गर्दैछन् । उनी भने सक्रिय छन् । उनका लागि उमेर संख्या मात्र हो । र त, उनले योजना बनाउन छोडेका छैनन् ।

होटलहरुको स्तर सुधार गर्ने । र, एउटा रेष्टुरेण्ट थप्ने । यी निकटका योजना हुन् । धनगढी र जनकपुरमा होटल थप्न मन छ । यी उनका अलिपछिका योजना हुन् ।

हरेक सफल उडान एउटा अनुशासन, तयारी र निर्णय क्षमताको जीत हो । यो नियम पायलटका हकमा मात्र लागु हुदैन् । हरेक पेशामा लागु हुन्छ । उनले पेशा पो बदलेका हुन् । अनुशासन, तयारी र निर्णय क्षमता उस्तै छ । र त, उनी जहाजको उडानमा झै सफल छन्, होटल व्यवसायमा पनि ।

तस्वीर : सम्झनामा २०१५ को भूकम्पको समयमा मृत्यु भएकी शाक्य पत्नी बबिता पारिवारिक जमघटमा

जोमसोममा डा. संजीव तुलाधर र क्याप्टेन ज्ञान राईसँग कफी पिउँदै।

 तस्वीर : २० वर्षअघि नेपाल-अमेरिका च्याम्वर अफ कमर्सको नवौं साधारण सभाको अध्यक्षता गर्दै तत्कालीन अध्यक्ष सुनिल शाक्य

तस्वीर : (बेल्जियमका क्राउन प्रिन्स र युवराज दिपेन्द्र शाहलाई क्लब हिमालयमा सत्कार गर्दै पायलट शाक्य ।)

खाएको विष लाग्ने हो, नखाएको विष लाग्दैन : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पूर्वाग्रह राखेर आफूविरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको बताएका छन् ।

शुक्रबार काठमाडौँमा पार्टीको सुदूरपश्चिम प्रदेश सम्पर्क समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपाललले आफूले कहिल्यै घुस नखाएको दाबी गर्दै डराउनुपर्ने कुनै कारण नरहेको बताए । खाएको विष लाग्ने र नखाएको विष नलाग्ने चर्चा गर्दै उनले घुस लिएको प्रमाणित गर्न चुनौति समेत दिए ।

कोरोना सङ्क्रमितलाई राखिँदैन होल्डिङ सेन्टरमा

धनगढी। भारतबाट फर्किरहेका सुदूरपश्चिम प्रदेशका व्यक्तिमध्ये केहीमा कोरोना सङ्क्रमण देखा परिरहेको छ । विभिन्न नाकामा परीक्षण गर्दा उनीहरूमा कोरोना सङ्क्रमण देखिएको हो तर सङ्क्रमितलाई चेकजाँच गरेर घर पठाउने गरिएको छ । जब कि नाकामा होल्डिङ सेन्टर छन् तर सङ्क्रमित त्यहाँ बस्दैनन् ।

जेठ २१ गतेदेखि हालसम्म प्रदेशमा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतकबाट फर्किने शङ्कास्पद व्यक्तिको नाकामै परीक्षण गर्ने गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले बताए। उनले प्रदेशको मुख्य चार नाका गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र पुलघाट नाकामा हेल्थ डेस्क स्थापना गरेर शङ्कास्पद व्यक्तिको परीक्षण गर्ने कार्य भइरहेको जानकारी दिए। जोशीका अनुसार चार वटै नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षणका लागि ३५० वटा किट बाँडिएको छ । मुख्य नाकाहरू गौरीफन्टा र गड्डाचौकीमा अलि बढी र दुई वटा नाकामा आवश्यकतानुसार किट दिइएको जनाइएको छ ।

जेठ २१ गते सबैभन्दा पहिले गौरीफन्टा नाकामै तीन जनामा कोरोना पुष्टि भएको थियो । कोरोना सुरु भएपछि विगतमा यही नाकाबाट सबैभन्दा बढी नेपाली भारतबाट स्वदेश फर्केका थिए । भारतबाट फर्किनेबाट समुदायमा समेत कोरोना फैलिएको थियो ।

होल्डिङ सेन्टर प्रयोगविहीन

सबैभन्दा बढी कोरोना सङ्क्रमणको जोखिम भारतबाट फर्किनेबाट भएपछि उनीहरूलाई केही दिनसम्म नाकामै छुट्टै होल्ड गर्नका लागि कैलालीको धनगढी उपमहानगरपालिका–३, बडहरामा होल्डिङ सेन्टर बनाइएको थियो । सङ्घीय सरकारको २८ करोड ८१ लाख १२ हजार रुपियाँ खर्चेर बनाइएको होल्डिङ सेन्टर प्रयोगविहीन भएको छ । सरकारले आर्थिक वर्ष २०७८र७९ मा निर्माण गरेको होल्डिङ सेन्टर जीर्ण बन्दै गएको छ । होल्डिङ सेन्टरमा २२ वटा क्वारेन्टाइन, २२ वटा चर्पी र १५ वटा डाइनिङ हलसहितको भान्साकोठा रहेका छन् । प्रयोगमा नआएपछि यी संरचना खुइलिनुका साथै जीर्ण बनिरहेका छन् । भारतबाट फर्किरहेका कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई भने घरमै आइसोलेसनमा बस्ने गरी पठाउने कार्य भइरहेको छ । सङ्क्रमण पुष्टि भएका व्यक्तिमा सामान्य लक्षण देखिएकाले उनीहरूलाई घरमै बस्ने गरी पठाउने गरिएको जोशीले बताए ।

भारतबाट फर्केका सङ्क्रमित व्यक्तिलाई सिधै घर पठाउँदा अरूमा कोरोना सर्ने जोखिम रहेको छ । त्यस्ता व्यक्तिलाई एक हप्तासम्म होल्डिङ सेन्टरमै राखेर उनीहरूको स्वास्थ्योपचार गर्न सके अरूमा सर्ने जोखिम नहुने कतिपयको बुझाइ छ तर जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले होल्डिङ सेन्टरलाई प्रयोग गर्ने सन्दर्भमा कुनै पनि निर्देशन नआएको बताए ।

संघीयता आवश्यक छ तर बोझिलो भयोः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालमा संघीयता आवश्यक रहेको तर बोझिलो भएको बताएका छन् ।
बिहीबार मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाम आयोजित ‘क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रमको प्रदेश स्तरीय समीक्षा’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले आफू संघीयताको विरोधी नरहेको बताउँदै मन्त्री मात्रै हुने संघीयताको अर्थ नभएको बताए।

उनले ५०० बढी सांसद हुने संघीयता नरहेको समेत जिकिर गरे।

उनले भने, ‘यसमा संघीयता विरोध कुरा गर्‍यो भन्ने सुनिन्छ तर म सङ्घीयता विरोधी हुँदै होइन। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा यहाँहरूले सुन्नुभएको छ, संघीयता चाहिन्छ, तर यो बोझिलो भयो। मन्त्री मात्रै हुने संघीयता अर्थ छैन। यो ५०० जति सांसद हुने संघीयता अर्थै छैन।’

मन्त्री पौडेलले तीन तहको सरकार भएपनि तीन देशको सरकार भएको जस्तो देखिएको जिकिर गरे। उनले स्रोत संघबाट चाहिने र अन्य विषयमा सहकार्य नगरे पनि हुने भाव प्रदेश र स्थानीय तहमा देखिएको जिकिर गरे।

उनले संघीयता भित्रै तीन तहका सरकारहरूले मिलेर काम गर्नुपर्नेमा जोड दिए। तीनै तहको सरकार एउटै नागरिकको सेवा गर्न बनेको बताउँदै संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उनले स्पष्ट पारे।

मन्त्री पौडेलले भने, ‘हाम्रो देशमा संघीयता आयो, यो तीन तहको सरकार छ नि तीन देशको जस्तो छ। मिलेर केही पनि काम गर्नहुन्न भन्ने जस्तो छ। स्रोत चाहिँ संघीबाट चाहियो, अरू सहकार्य नगरे पनि हुन्छ जस्तो छ। संघीयता भित्र पनि कतिपय कुराहरू मिलेर मात्रै गर्नुपर्ने हुन्छ, जस्तोः स्वास्थ्य। जनकपुरको नागरिक पालिकाको पनि नागरिक हो, मधेस प्रदेशको पनि नागरिक हो र नेपाल देशको पनि नागरिक हो। तीन तहको नागरिक छुट्टाछुट्टै हुन्छ? यो तीन तहको सरकार एउटै नागरिकको सेवा गर्न बनेको होला नि? त्यसैले यसमा सहकार्य गर्न आवश्यक छ।’

उनले अहिले भइरहेको चालु खर्चमा आधा घटाउन सक्नुपर्नेमा जोड दिँदै आधा घटाउनसके मात्रै संघीयता चल्ने बताए।

लोक सेवा नियमावली २०७९ संशोधन

काठमाडौँ- लोक सेवा आयोग नियमावली, २०७९ संशोधन गरिएको छ ।
लोक सेवा नियमावली, २०७९ को पहिलो संशोधन २०८२ मा व्यवस्था भई संगठित संस्थाको परीक्षा एकीकृत तथा संयुक्त हुने गरी कानूनी व्यवस्था भएको हो ।

अब अप्राविधिकतर्फका चौथो, पाँचौँ र छैठौँ सातौंं तहका पदहरूको पूर्व योग्यता परीक्षाको विज्ञापन लोक सेवाले गर्नेछ ।

उक्त परीक्षा उत्तीर्ण भएका उम्मेदवारले मात्र मूल परीक्षामा सहभागी हुन पाउनेछन् ।

माग पूरा नगरे असार २ गतेदेखि थप आन्दोलनको कार्यक्रम घोषणा हुन्छ : सुनचाँदी व्यवसायी

काठमाडौं : आन्दोलनरत सुनचाँदी व्यवसायीहरूले सरकारले २ प्रतिशत विलासिता कर तथा रत्न र पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट नहटाए असार २ गतेदेखि थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताएका छन्।
शुक्रबार विराटनगरमा नेपाल सुनचाँदी व्यवसायी संघ मोरङले पत्रकार सम्मेलन आयोजना गरी सरकारको गलत कर नीतिले नेपाली उपभोक्ताहरू सीमावर्ती भारतीय बजारमा जाने सम्भावना बढेकाले आर्थिक वर्ष ०८२/८३ को बजेटमा लगाइएको कर सच्याउन माग गरेका हुन्।

उनीहरूले अहिले सरकारले लिइरहेको सुन आयातमा १० प्रतिशत भन्सार र १० लाख रुपैयाँभन्दा बढीको सुनका गरगहना खरिद गर्दा लगाइएको विलासिता कर नै उपयुक्त भएको समेत बताएका छन्। सरकारले विलासिता कर लगाएर नेपाली उपभोक्ताहरू माथि अनावश्यक कर थोपरेको मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष विकास बेगबानीले बताए।

सुनचाँदी व्यवसायीहरूले सरकारले सुन खरिदमा लगाएको कोटा प्रणालीका कारण पनि सुनचाँदी महंगिएको र सुन तस्करी बढेको समेत बताएका छन्। सुनचाँदी व्यवसायीहरूले अहिले आफूहरूले पसल बन्द गरेर विरोध प्रदर्शन मात्र गरिरहेको र माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

भिजिट भिसा प्रकरण : अवरुद्ध संसद् खुलाउन तीन दलबीच दुई बुँदे सहमति

ठमाडौं– प्रतिनिधि सभामा कायम रहेको अवरोध अन्त्य गरी बैठक सुचारु गर्न तीन ठूला दलहरूबीच सहमति भएको छ ।

सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रबीच जेठ २० गतेबाट दिनानुदिन अवरुद्ध हुँदै आएको बैठक सुचारू गर्न दुई बुँदे सहमति भएको हो ।

उक्त सहमति पत्रमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

यस्तो छ सहमति

१. भिजिट भिसा र अध्यागमनसंग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। उक्त कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुर्‍याउने नै छ। उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ।

२. अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवम् छानबिन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने ।

विभिन्न जातजाति राष्ट्रको पहिचान हो : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका विभिन्न जातजाति राष्ट्रको पहिचान भएको बताएका छन् ।
शुक्रबार ललितपुरमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको उद्घाटन गर्दै सभामुख घिमिरेले राजनीतिक परिवर्तनपछि छोटो समयमा नै राष्ट्रको पहिचान जातीको रुपबाट स्थापीत गर्न सफल भएको बताएका हुन् ।

उनले विभिन्न जातजातिका मातृभाषा संरक्षणमा चूनौति देखापरेकाले यसको संरक्षणका लागि आवश्यक नीति बनाउनुपर्ने धारणा राखे । अन्तर्राष्ट्रिय सम्मेलनबाट तयार हुने महत्वपूर्ण दस्ताबेज मातृभाषाको संरक्षण गर्दै राष्ट्रलाई बलियो बनाउने सन्दर्भमा उपयोगी हुने उनले बताए ।

सभामुख घिमरेले देशका १२४ जातजातिका साथै लोपोन्मुखको संरक्षणका लागि काम भइरहेको भन्दै यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

सभामुख घिमिरेले सूचनाको हक, वाक स्वतन्त्रताको हकका साथै प्रेसलाई व्यवहारिक बनाउने सन्दर्भमा आएका कानूनलाई व्यवहारिक रुप दिनुपर्ने उल्लेख गरे ।

भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

काठमाडौं– राष्ट्रियसभाका सदस्य गङ्गाकुमारी बेलबासेले भिजिट भिसा प्रकरणको अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी छन् ।
राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा सांसद बेलबासेले नीतिगत रूपमै हुने भ्रष्टाचारको अन्त्य गर्नका लागि उच्चस्तरीय छानबिन आयोग जरुरी भएको बताइन् ।

‘नीतिगत भ्रष्टाचारको अन्त्य गर्न एउटा उच्चस्तरीय छानबिन समिति गठन गरी कर्मचारी प्रशासनलाई चुस्तदुस्त बनाउन जरुरी छ’, सदस्य बेलबासेले भनिन्, ‘अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्छ, दोषीलाई छोड्दिने, निमुखालाई कानुन लगाउने काम गर्नुहुँदै, जोसुकै दोषी भए पनि कानुनी कठघरामा आउँछन् भन्ने अन्तरराष्ट्रिस्तरमा पनि विश्वास दिलाउन जरुरी छ ।’
प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामा माग गरेको भए पनि अहिले छानबिन समिति यथाशीघ्र बनाएर अघि बढ्न माग गरेको र राष्ट्रियसभा निरन्तर रूपमा चले पनि उक्त विषयमा गम्भीर ध्यानाकर्षण भएको बताइन् ।

सांसद बेलबासेले भिजिट भिसा प्रकरणकै कारण केही दिनदेखि प्रतिनिधिसभा अवरुद्ध भएको र अध्यागमनमा समस्या देखिएपछि कर्मचारी अनुगमनमा तानिएको अवस्थामा अनुसन्धान जरुरी भएको उनको भनाइ थियो ।

‘भिजिट भिसामा नेपालीलाई बाहिर लैजाने, अर्को कुनै देश गइसकेपछि दलालमार्फत फेरि अर्को देश लैजाने गरेको देखियो’, उनले भनिन्, ‘ट्राभल एजेन्सीहरू, म्यानपावर एजेन्ट, कर्मचारी मिलेर भ्रष्टाचारमा मिच्छिएको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनमा तानेपछि प्रतिनिधिसभा अवरुद्ध छ, त्यसका लागि उच्चस्तरी छानबिन समिति गठन जरुरी छ ।’

नेपालमा कानुनी राज्य भएको कुरा अन्तरराष्ट्रिय जगतलाई देखाउनका लागि पनि छानबिन समिति जरुरी भएको उनको भनाइ थियो ।

​मदन भण्डारी विश्वविद्यालयमा पीएचडी गर्नेलाई १००% छात्रवृत्तिसँगै मासिक २० हजार भत्ता

काठमाडौँ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले स्नातकोत्तर र विद्यावारिधि तहका लागि भर्ना आवेदन खुलाएको छ । आगामी नोभेम्बरको लागि विश्वविद्यालयले अप्लाइड साइन्स सङ्कायअन्तर्गत आवेदन माग गरेको हो ।
विद्यावारिधि (पीएचडी) तहका लागि आर्टिफिसिएल इन्टेलिजेन्स (एआई), अर्गानिक एग्रिकल्चर, फरेस्ट बायोमटेरियल साइन्स एन्ड इन्जिनियरिङ, सस्टिनेबल एन्ड रेजिलियन्स इन्फ्रास्ट्रक्चर गरी चार विधामा आवेदन खुलाइएको छ । यस्तै स्नातकोत्तर तहमा अर्गानिक एग्रिकल्चर, फरेस्ट बायोमटेरियल साइन्स एन्ड इन्जिनियरिङ, सस्टिनेबल एन्ड रेजिलियन्स इन्फ्रास्ट्रक्चर गरी तीन विधामा आवेदन खुलेको हो ।

विद्यावारिधि अन्तर्गत प्रत्येक विधामा २/२ जना र स्नातकोत्तरमा १६/१६ जनाको आरक्षणमा आवेदन माग गरिएको विश्वविद्यालयका उपप्राध्यापक एवम् जनसम्पर्क संयोजक डा राजिव सुब्बाले जानकारी दिए । विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीले ४ जुलाई (असार २०) गतेसम्ममा आवेदन दिन सक्नेछन् । आवेदन दिने विद्यार्थीहरू मध्येबाट लिखित परीक्षा, अनुसन्धान पत्र र अन्तर्वार्ताका आधारमा छनौट गरिने उनले जानकारी दिए ।

स्नातकोत्तर तहमा एक सेमेस्टरको ७५ हजार रुपैयाँ शुल्क तोकिएको छ भने विद्यार्थीहरूका लागि छात्रवृत्ति र शैक्षिक भत्ताको समेत व्यवस्था गरिएको उनले बताए । स्नातकोत्तर तहमा भर्ना हुने विद्यार्थीलाई भने २५ देखि सत् प्रतिशत छात्रवृत्ति प्रदान गरिने उनको भनाई छ । जसमध्ये प्रत्येक विधाका दुई/दुई जना विद्यार्थीले सत् प्रतिशत छात्रवृत्तिसहित दुई वर्षका लागि मासिक १२ हजार रुपैयाँ शैक्षिक भत्ता पनि पाउनेछन् ।

यस्तै विद्यावारिधि तहमा भर्ना हुने सबै विद्यार्थीलाई सत् प्रतिशत छात्रवृत्तिसहित तीन वर्षका लागि मासिक २० हजार रुपैयाँ शैक्षिक भत्ता प्रदान गर्ने विश्वविद्यालयले जनाएको छ ।

दक्षिण एसियाली शारिरिक सुगठन : नेपाललाई एक स्वर्णसहित ४ पदक

काठमाडौं । भुटानको थिम्पुमा सम्पन्न १५औं दक्षिण एसियाली शारिरिक सुगठन प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १ स्वर्ण र ३ रजत पदक जितेको छ।
महिला एथलेटिक फिजिक समूहमा नेपालकी उर्मिला श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । सोही समूहमा नेपालकै शीला ठकुरीले रजत पदक हात पार्दै दोस्रो स्थान हासिल गरेकी छन्।

पुरुष ५५ केजी तौल समूहमा शरद सुवालले रजत पदक जिते भने पुरुष स्पोर्ट्स फिजिक १७५ सेन्टिमिटर मुनीको समूहमा अवतार श्रेष्ठले पनि रजत पदक जिते।

त्यस्तै, पुरुष स्पोर्ट्स फिजिक १७५ सेन्टिमिटर माथिको समूहमा प्रनिश श्रेष्ठले पाँचौं स्थान प्राप्त गरे।

प्रतियोगितामा नेपालबाट पाँच खेलाडी सहभागी थिए – शरद सुवाल, प्रनिश श्रेष्ठ, अवतार श्रेष्ठ, उर्मिला श्रेष्ठ र शीला ठकुरी। पाँचमध्ये चारले पदक जितेका हुन् ।

टोलीमा अफिसियलका रूपमा दिनेशकुमार राजभण्डारी, व्यवस्थापक सुरेश सुवेदी, प्रशिक्षक रुजेश शाही, निर्णायक दीपेन्द्रकुमार प्याकुरेल तथा सहयोगीमा रमेश श्रेष्ठ र बालमुकुन्द अवाल रहेका थिए।

अनुसन्धान प्रहरी र सरकारी वकिलबिच समन्वय जरुरी छ : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री रमेश लेखकले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच ठिक ढंगको समन्वय हुनुपर्नेमा जोड दिएका छन् । शुक्रबार बिहान प्रहरी प्रधान कार्यालयमा आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले दुई पक्षबीच निरन्तर समन्वय हुन जरुरी रहेको बताए ।
समिति स्रोत र साधनमा धेरै काम प्रहरीले गर्नुपरेको उनको भनाइ छ । ‘सबैभन्दा बढी कामको जिम्मेवारी लिएका सुरक्षा निकायहरू समिति र स्रोत र साधनमा काम गर्नु परेको छ,’उनले भने,’सरकारले प्रयाप्त ध्यान दिँदैछ,दिन्छ ।’

उनले आगामी आर्थिक वर्षको बजेटमा तुलनात्मक रुपमा बजेटमा प्रहरीतर्फ उल्लेखनीय वृद्धि भएको जानकारी समेत दिए । मन्त्री लेखकले विज्ञानको प्रयोग मानवताका विरुद्ध भइरहेको बताए । ‘अपराधमा पनि विज्ञानको प्रयोग भइरहेको छ । त्यसो भएकाले हामीले पनि अनुसन्धान र अभियोजनका क्रममा विज्ञानको प्रयोग गर्न जरुरी छ । विज्ञानको प्रयोग भनेको प्रविधिका मार्फत गर्ने हो ।’

लेखकले विज्ञान र प्रविधिको अधिकतम् प्रयोग गरेर अनुसन्धानलाई स्वस्थ्य, स्वच्छ र भरपर्दो बनाउन जरुरी रहेको बताए। ‘अभियोजनको क्रममा पनि विज्ञानको प्रविधिको प्रयोग आवश्यक छ । विज्ञानको प्रयोगले मात्रै पुग्दैन् । विज्ञानको सही प्रयोग हुनजरुरी छ । प्रविधि र विज्ञानको प्रयोग पनि न्यायलाई सहयोग गर्ने गरेर हुनुपर्छ,’ उनले भने,’विज्ञान र प्रविधिको प्रयोग गर्दा पनि प्रमाण संकलन होसियारका साथ गर्नुपर्ने हुन्छ ।’

फौजदारी न्यायमा अनुसन्धान र अभियोजन महत्वपूर्ण आयाम हुने मन्त्री लेखकको भनाइ छ । ‘फौजदारी न्यायको केन्द्रमा पीडित रहन्छ । पीडितलाई हामीले न्यायको अनुभूति गराउन सक्यौंकी सकेनौं ? कुनै पनि अपराधिक कार्यबाट आफूलाई पीडित अनुभूति गरेको मानिसलाई न्याय प्राप्त भयो भन्ने कुराको अनुभूति गर्न सक्यौ की सकेनौं,’मन्त्री लेखकले भने,’त्यो फौजदारीको न्यायको मुख्य उद्देश्य हो।यो क्षेत्रमाअत्यन्त मेहनत र क्रियाशिलताका साथ,अत्यन्त वुद्धि र विवेक प्रयोग गरेर काम गर्न जरुरी छ ।’

सुदूरपश्चिमको प्रतिव्यक्ति आय बढ्यो, आर्थिक वृद्धिदर सबैभन्दा कम

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१-८२ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेशसभा बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् ।

मन्त्री थापाका अनुसार सुदूरपश्चिम प्रदेशको प्रतिव्यक्ति आय गत आर्थिक वर्षको भन्दा वृद्धि भएको छ । सुदूरपश्चिम प्रदेशमा गत वर्ष एक हजार १२२ प्रतिव्यक्ति आय रहेकोमा चालु वर्ष एक हजार १५३ अमेरिकी डलर पुग्ने अनुमान रहेको अर्थमन्त्री थापाले बताए । सुदूरपश्चिममा २.७६ प्रतिशतले प्रतिव्यक्ति आय वृद्धि भएको हो ।
चालु आर्थिक वर्षमा राष्ट्रिय प्रतिव्यक्ति आय भने एक हजार ४९६ अमेरिकी डलर रहने अनुमान गरिएको छ । ‘परम्परागत कृषिमा निर्भरता, कमजोर औद्योगिक उपस्थिति र युवा जनशक्तिको आन्तरिक र बाह्य पलायनजस्ता कारणले प्रदेशको प्रतिव्यक्ति आय उल्लेख्य वृद्धि हुन सकेको छैन,’ आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

यस्तै, चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन चार खर्ब २९ अर्ब ६२ करोड हुने अनुमान आर्थिक सर्वेक्षणमा गरिएको छ । आर्थिक वर्ष ०८०-८१ मा प्रदेशको कुल गार्हस्थ्य उत्पादन चार खर्ब छ अर्ब ७५ करोड थियो । राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको योगदान ७.०३ प्रतिशत रहने अनुमान रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी तृतीय क्षेत्रले हिस्सा ओगटेको छ । ‘कुल गार्हस्थ्य उत्पादनको ५२.७५ प्रतिशत हिस्सा रहेको यस क्षेत्रको प्रमुख योगदानकर्ता सार्वजनिक प्रशासन, व्यापार र यातायात क्षेत्र रहेका छन्,’ आर्थिक सर्वेक्षणमा भनिएको छ । प्राथमिक क्षेत्र (कृषि, वन तथा मत्स्यपालन) को योगदान चालु आर्थिक वर्षमा ३४.७२ प्रतिशत रहने अनुमान गरिएको छ । द्वितीय क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा १२.३ पतिशत ओगटेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

प्रदेशसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री थापाले चालु आर्थिक वर्षमा सुदूरपश्चिमको आर्थिक वृद्धिदर ३.३४ प्रतिशत रहने अनुमान गरएको बताए । मन्त्री थापाका अनुसार उक्त आर्थिक वृद्धिदर सात प्रदेशमध्ये सबैभन्दा कम हो ।

प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शिता हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरूपणमा सघाउन आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौंमा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणहरूका तथ्यले दुविधारहितरुपमा न्याय सम्पादन हुन सक्ने गरी अनुसन्धान र अभियोजन गर्न आग्रह गरेका हुन् । मनवोचित र न्यायपूर्ण समाज सृजना गर्न समयानुकूल कानुनको निर्माण र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको र त्यसका लागि उचित स्रोत, साधनसहित दीक्षित, सक्षम र इमानदार जनशक्तिको खाँचो रहेको रहेको उनले बताए ।

उनले प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शिता हुनुपर्ने भन्दै सुविधा पुगेन भनेर त्यतातिर सोच्नु नपरोस् भनेर सरकारले सेवा सुविधामा आवश्यक ध्यान दिने धारणा राखे ।

प्रहरीको त्रृटीरहित अनुसन्धानले नै न्याय निरूपणका लागि बाटो देखाउने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित दुई दिने सम्मेलनले निष्कर्षसहित घोषणापत्र जारी गर्ने बताइएको छ ।

सेती प्रादेशिक अस्पतालमै निःसन्तान उपचार केन्द्र सञ्चालन

धनगढी– सेती प्रादेशिक अस्पतालले निःसन्तान उपचार केन्द्र स्थापना गरेर सेवा सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक सेती प्रादेशिक अस्पतालले सेवा सञ्चालनमा ल्याएको हो ।
निःसन्तान उपचार केन्द्रको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले शुक्रबार उद्घाटन गरेका हुन् । प्रादेशिक अस्पतालले स्थापना गरेको सेवा औपचारिक सञ्चालनमा आएको समेत उनले घोषणा गरेका छन् ।

केन्द्र संघीय र प्रदेश सरकारको सहयोगमा स्थापना गरिएको हो । प्रदेश सरकार र संघिय सरकारको लगानी सहायतामा केन्द्र सञ्चालनमा आएको उद्घाटन गर्दै मेसु डाक्टर पाण्डेले बताए ।

उनले गत वर्ष नै निःसन्तान उपचार केन्द्र सञ्चालन गर्ने तयारी भए पनि केही प्राविधिक समस्याले हुन नसकेको जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा सेवाको अभावका कारण निःसन्तान दम्पतीहरू उपचारका लागि काठमाडौं तथा भारत जाने गरेका थिए ।

अब उक्त बाध्यता अन्त्य भएको छ । भारत र काठमाडौं गएर महँगो खर्च तिर्नु पर्ने बाध्यता हटेको छ , सहज र सुलभ रूपमा धनगढीमै सेवा लिन सकिने उनले बताए । प्रादेशिक अस्पतालले निःसन्तान भएका दम्पतीलाई साढे ७ हजारको प्याकेजमा उपचार पाउने बताएको छ ।

प्रादेशिक अस्पतालको स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डाक्टर विशेषज्ञ डाक्टर खगेन्द्र भट्टले निःसन्तानपन सम्बन्धी समस्याका विभिन्न किसिमका उपचार पद्धति रहेको बताउँदै अहिले आधारभूत तहको आईयुआई सेवा सुचारू गरिएको बताए ।

निःसन्तान सम्बन्धी कुनै पनि सेवा उपलब्ध नभएको अवस्थामा सञ्चालन गरिएको आईयुआईबाट निःसन्तान भएका दम्पतीले लाभ लिन सक्नेछन् । उक्त सेवा अन्तरगत पुरुष र महिलाको सामान्य स्तरको प्रजनन सम्बन्धी परीक्षण र परामर्श, पुरुषको वीर्य विश्लेषण तथा तयारी, सस्तो, सुलभ, सहज र गोपनीय रूपमा सेवा प्राप्त गर्न सक्ने अस्पतालले बताएको छ ।

भट्टले यो सेवाको सुरूवात सुदूरपश्चिमकै महत्त्वपूर्ण उपलब्धि भनेका छन् । सेतीमा सुरु भयो, भविष्यमा थप सेवा विस्तार गर्न सकिने उनले बताए । बाँझोपनको समस्या महिला र पुरुष दुवैमा हुने चिकित्सकको भनाई छ ।

विश्वव्यापी रूपमा १० देखि १५ प्रतिशतमा दम्पतीहरू बाँझोपनको समस्याबाट प्रभावित रहेकोमा नेपालमा १३ देखि १५ प्रतिशत दम्पती यो समस्याबाट प्रभावित हुने अनुमान गरिएको छ । सुदूरपश्चिमलाई लक्षित गरी यो सेवा विस्तार गरिएको छ । सेवा सञ्चालनसँगै महँगो खर्च गरेर भारत जानुपर्ने बाध्यता हट्ने छ ।

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

इटहरी– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्नेगरी छलफल भइरहेको बताएका छन् ।
आज सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा उनले संसद् सञ्चालनका लागि प्रमुख दलबीच सहमति भइसकेको बताए।

‘केहीबेरमा म संसद् किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु, तर आज केहीबेरमै संसद् खुल्छ’, महामन्त्री थापाले भने ।

उनी तामाङ घेदुङको कोसी प्रदेश अधिवेशनमा सहभागी हुन इटहरी आएका हुन् । त्यस अवसरमा नेपाली कांग्रेस क्षेत्र नं २ ‘क’ ले आयोजना गरेको सङ्गठन संवाद कार्यक्रममा महामन्त्री थापाले संसद्ले आजैदेखि गति लिने उल्लेख गरे।

उनले देशको राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा सकारात्मक संकेत देखिएको बताउँदै नेपाली कांग्रेस लोकतान्त्रिक अभ्यास र जनताका अपेक्षाअनुसार अघि बढ्ने बताए।

अहिलेकै अवस्थामा नेपालमा फाइभजी सेवा सम्भव छैन : एनसेल

काठमाडौँ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले हालको कर नीति र बजारको गिर्दो अवस्थाका कारण नेपालमा फाइभजी सेवा विस्तार गर्न कठिन रहेको जनाएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सरकारले कर प्रणालीसहित नीतिगत सुधारमा ध्यान नदिँदासम्म नेपालको डिजिटल भविष्य मानिएको फाइभजी सपनामै सीमित रहने चेतावनी दिए ।

“दूरसञ्चार क्षेत्रलाई विलासिताको वस्तुजस्तो व्यवहार गरेर अत्यधिक कर लगाइएको छ, जब कि यो देशको विकासका लागि लाइफलाइन हो । जबसम्म उद्योग आफैँ स्वस्थ र दिगो हुँदैन, तबसम्म फाइभजी जस्तो ठुलो लगानी भित्र्याउन सकिँदैन,” उनले भने ।

एनसेलले प्रस्तुत गरेको तथ्यांकअनुसार नेपाली दूरसञ्चार क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १.२ प्रतिशतमात्र योगदान गर्छ, तर सरकारले संकलन गर्ने कुल करमा ३.४ प्रतिशत हिस्सा ओगट्छ । यो सुर्तीजन्य तथा मदिरा उद्योगभन्दा पनि बढी करको भार हो ।

दूरसञ्चार कम्पनीहरूले आफ्नो कुल आम्दानीको लगभग ६० प्रतिशत हिस्सा विभिन्न कर र शुल्कका रूपमा सरकारलाई बुझाउनुपर्ने बाध्यता रहेको उनले सुनाए । पछिल्ला केही वर्षमा ओभर-द-टप (ओटीटी) सेवाहरूको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय तथा स्थानीय कलबाट हुने आम्दानीमा भारी गिरावट, इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरूबिचको अस्वस्थ प्रतिस्पर्धा र नियामक निकायका केही नीतिका कारण समग्र उद्योगको आम्दानी र नाफा निरन्तर घटिरहेको उनले निष्कर्ष निकाले ।

“उद्योगको अवस्था यस्तो छ कि नाफाभन्दा पूँजीगत लगानी (क्यापेक्स) बढी भइसकेको छ, जुन कुनै पनि हिसाबले दिगो होइन,” कायुमोभले भने ।

नेपालमा राष्ट्रव्यापी रूपमा फाइभजी सेवा विस्तार गर्न प्रति अपरेटर करिब ४६ अर्ब नेपाली रुपैयाँ उपकरण तथा पूर्वाधारमा र करिब १८.५ अर्ब रुपैयाँ स्पेक्ट्रम र मर्मतसम्भारमा गरी कुल ६४.५ अर्ब रुपैयाँ नगद प्रवाह आवश्यक रहेको उनले औँल्याए ।

“हालको ‘जस्ताको तस्तै’ बिजनेस मोडेलमा उद्योग नोक्सानमा जाने निश्चित छ,” कायुमोभले भने, “यस्तो अवस्थामा फाइभजीमा लगानी गर्नु भनेको थप आर्थिक संकट निम्त्याउनु हो ।”

एनसेलले यो संकटबाट बाहिर निस्कन र फाइभजीको मार्गप्रशस्त गर्न केही समाधान प्रस्ताव गरेको छ । यसअन्तर्गत उसले इन्डस्ट्री वाइड सब्स्क्रिप्सन मोडेललाई प्राथमिकतामा राखेको छ । भारतको सफल उदाहरण प्रस्तुत गर्दै एनसेलले ‘पे एज यू गो’ र छोटा अवधिका डेटा प्याकभन्दा पनि साप्ताहिक र मासिक सब्स्क्रिप्सनमा आधारित मोडेलमा जानुपर्नेमा जोड दिएको छ । यसले आम्दानीमा स्थिरता ल्याउने र ग्राहकलाई ‘बिल सक’ को डरबाट मुक्त गर्ने कायुमोभले उल्लेख गरे । एनसेलले हालै ल्याएको ‘सधैँ अन’ प्याक यसैको सुरुवात भएको उनको भनाइ थियो ।

त्यस्तै दूरसञ्चार क्षेत्रलाई नै निरुत्साहित गर्ने क्षेत्रगत करहरू तत्काल हटाउनुपर्ने एनसेलको माग छ । अहिले १० प्रतिशत दूरसञ्चार सेवा शुल्क, दुई प्रतिशत स्वामित्व कर, चार प्रतिशत रोयल्टी जस्ता करहरू सेवा प्रदायकले तिर्दै आएका छन् । कर्पोरेट करलाई अन्य उद्योगसरह ३० प्रतिशतबाट घटाएर २५ प्रतिशतमा झार्नुपर्ने र फाइभजीका लागि आवश्यक स्पेक्ट्रम तथा उपकरण आयातमा लाग्ने शुल्कमा छुट दिनुपर्ने एनसेलको प्रस्ताव छ ।

लाइसेन्स नवीकरणमा अस्पष्टता रहेको सन्दर्भमा पनि कायुमोभले सरकारको जवाफ माग गरे । फाइभजी एक दीर्घकालीन लगानी भएकोले सन् २०२९ पछि आफ्नो लाइसेन्सको भविष्य के हुने भन्नेबारे स्पष्ट नीति नभएसम्म एनसेलले अर्बौँको लगानी गर्न नसक्ने उनको भनाइ थियो ।

 

फाइभजी द्रुत इन्टरनेट मात्र नभई नेपालको डिजिटल अर्थतन्त्र, स्मार्ट सिटी, कृषि, स्वास्थ्य र शिक्षाको भविष्य भएको भन्दै उनले यो सपनालाई विपनामा बदल्न उद्योग, सरकार र नियामक निकाय एक ठाउँमा उभिएर साहसिक निर्णय लिनुको विकल्प नभएको उनले उल्लेख गरे ।

सुदूर पश्चिम खेलकुदको सदस्य सचिवमा लोक बहादुर खड्का नियुक्त

धनगढी,२९जेठ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा लोकबहादुर खड्का (रवि) नियुक्त भएका छन्।

सामाजिक विकास मन्त्रालयको सिफारिसमा प्रदेश मन्त्रिपरिषद्को बैठकले खड्कालाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषदको बैठकको निर्णयपछि मुख्यमन्त्री कमल बहादुर शाह र सामाजिक विकास मन्त्री मेघराज खड्काले खड्कालाई बधाई दिदै कार्यकालको सफलताको शुभकामना दिए ।

खड्कालाई भोलि सामाजिक विकास मन्त्री मेघराज खड्काले शपथ ग्रहण गराउने बताईएको छ । कैलाली जिल्ला कुस्ती संघका पूर्व अध्यक्ष खड्का फुटबल र हक्कीका पूर्वखेलाडी हुन्।

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका युवा नेता प्रकाश देउवाको सिफारिसमा सदस्य सचिव बनेका खड्कालाई नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट, नेपाली काँग्रेस, क्षेत्रीय समिति, धनगढी नगरसमिति, नेपाल विद्यार्थी संघ, तरुण दल कैलालीको समर्थन प्राप्त थियो । ती सबै कमिटिले खड्कालाई सदस्य सचिव नियुक्त गर्न सिफारिस गरेका थिए ।

तीन महिनादेखि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिव पदमा रिक्त थियो।

अहमदाबाद विमान दुर्घटनामा एकमात्र जीवित यात्रु

अहमदाबाद, १२ जुन ।

गुजरातको अहमदाबादमा १२ जुन २०२५ मा भएको एयर इंडिया फ्लाइट AI-171 को दुर्घटनामा एक मात्र जीवित यात्रुको पुष्टि भएको छ।

४० वर्षीय बेलायती भारतीय नागरिक विष्वश कुमार रमेश विमानको इमरजेन्सी विन्डोबाट बाहिर निस्केर जीवित बच्न सफल भएका छन्। उनी सीट ११ ए मा सवार थिए र इमरजेन्सी एक्सिटको नजिकै रहेकोले भाग्न सजिलो भएको बताएका छन्। उनले आफू होशमा आउदा लाशको थुप्रोमा रहेको र त्यहाँबाट भागेर बाहिर निस्किएको बताएका छन् । उनी अहिले अस्पतालमा उपचाररत छन्।

पत्रकारसंगको कुराकानीमा अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले दुर्घटनामा एक मात्र जीवित यात्रुको पुष्टि भएको जानकारी दिएका हुन्।

विमान टेकअफ गरेको केही सेकेन्डमै मेघाणी नगर क्षेत्रमा दुर्घटनामा परेको थियो। विमानमा २४२ जना सवार थिए, जसमा २३० यात्रु र १२ चालक दल सदस्य थिए। दुर्घटनामा कम्तीमा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ। ४१ जना घाइते भएका छन्।

प्रहरी आयुक्त मलिकले बताए अनुसार, घटनास्थलबाट अहिलेसम्म २०४ जनाको शव फेला परिसकेको छ। यद्यपि, उनले अझै पनि केही बाँचेकाहरू भेटिने सम्भावना रहेको बताए, तर त्यसबारे हालसम्म ठोस विवरण छैन।

मृतकहरूमा १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगाली र १ जना क्यानाडाली नागरिक थिए।

विमानको टुक्रा एक मेडिकल कलेजको होस्टलमा खसेपछि आसपासको क्षेत्रमा पनि आगलागी भएको छ। कम्तीमा ५ जना स्थानीय बासिन्दाको मृत्यु जमिनमै भएको जानकारी प्राप्त भएको छ।

घटनास्थलमा उद्धार कार्य जारी रहेको छ। घाइतेलाई नजिकका अस्पतालमा पठाइएको छ र राहत कार्यमा स्थानीय प्रशासन र सुरक्षा बल संलग्न छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायतका प्रधानमन्त्री कियर स्टारमरले शोक व्यक्त गरेका छन्। एयर इंडिया र टाटा समूहले मृतकका परिवारलाई  ८६,००० युरो क्षतिपूर्ति र घाइतेलाई पूर्ण चिकित्सा सहयोगको घोषणा गरेका छन्।

यो दुर्घटना बोइङ ७८७ ८ ड्रीमलाइनरको पहिलो ठूलो दुर्घटना हो। बोइङ कम्पनी र भारतीय नागरिक उड्डयन मन्त्रालय यस घटनाको अनुसन्धानमा सक्रिय छन्।

अहमदाबादमा एयर इंडिया विमान दुर्घटना, २०४ को मृत्युको पुष्टि

अहमदाबाद, भारत – १२ जून

गुजरातको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एयर इंडियाको उडान AI-171 लण्डनका लागि उडान भरेको केही समयमै भयानक दुर्घटनामा परेको छ।

दुर्घटनामा हालसम्म २०४ जनाको मृत्यु पुष्टि गरिएको छ भने ४१ जना गम्भीर घाइते भएका छन्।

बिहान करिब १ : ४० बजे लण्डनका लागि उडेको बोइङ AI-171 ड्रीमलाइनर विमान टेकअफ गरेको केही समयमै ६२५ फिटको उचाइमा पुगेपछि ट्रान्सपन्डर सिग्नल हराएको थियो।

पाइलटले तत्काल मे-डे  सन्देश एयर ट्राफिक कन्ट्रोललाई पठाएको भए पनि केही सेकेन्डमै विमान मेघाणी नगर क्षेत्रमा रहेको भवनसँग ठोक्किएको बताइएको छ।

विमानमा २३० यात्रु र १२ चालक दल सदस्य सहित जम्मा २४२ जना सवार थिए । विमानका चालक क्याप्टेन सुमीत सभरवाल र फर्स्ट अफिसर क्लाइभ कुन्दर थिए ।

जसमा मृतकहरूमा १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगाली र १ जना क्यानाडाली नागरिक थिए।

विमानको टुक्रा एक मेडिकल कलेजको होस्टलमा खसेपछि आसपासको क्षेत्रमा पनि आगलागी भएको छ।
कम्तीमा ५ जना स्थानीय बासिन्दाको मृत्यु जमिनमै भएको जानकारी प्राप्त भएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
गृह मन्त्री अमित शाह र नागरिक उड्डयन मन्त्री के. राममोहन नायडूले घटनास्थलको जानकारी लिँदै गुजरात सरकारसँग राहत कार्य समन्वय गरिरहेका छन्।

यो बोइङ ७८७- ८ ड्रीमलाइनर विमानको हालसम्मकै सबैभन्दा गम्भीर दुर्घटना मानिएको छ।
बोइङ कम्पनीले भारतीय अधिकारीहरूसँग मिलेर पूर्ण अनुसन्धानमा सहयोग गर्ने जानकारी दिएको छ। घटनाको विस्तृत रिपोर्ट आउन बाँकी छ।

भारतको अहमदाबादमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त,विमानमा चालकदलका सदस्यसहित २४२ जना यात्रु

भारतमा गुजरात राज्यको अहमदाबादमा आफ्नो एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको एअर इन्डियाले जनाएको छ।

एअर इन्डियाले उसको सामाजिक सञ्जाल एक्समा दुर्घटनाको पुष्टि गर्दै लेखेको छ, “अहमदाबाद-लन्डन ग्याटविक उडानमा रहेको फ्लाइट नम्बर एआई १७१ आज, १२ जुन २०२५मा एक दुर्घटनामा परेको छ।”

एअर इन्डियाले एक्समा दिएको पछिल्लो जानकारी अनुसार दुर्घटनाग्रस्त ७८७-८ विमानमा चालकदलका सदस्यसहित २४२ जना यात्रु रहेको र तीमध्ये १६९ जना भारतीय नागरिक, ५३ जना ब्रिटिश नागरिक, १ क्यानडेली नागरिक र ७ पोर्चुगलका नागरिक थिए।

विमान दुर्घटनापछि उडेको धुवाँको मुस्लो

तस्बिर स्रोत,Getty Images

भारतको नागरिक उड्डयन निर्देशनालयका प्रमुख फैज अहमद किदवईले एशोसिएटेड प्रेस समाचार एजेन्सीसँग कुराकानी गर्दै एअर इन्डियाको यात्रुवाहक विमान मेघानी नगर भनिने एक आवासीय क्षेत्रमा खसेको बताएका छन्।

दुर्घटनामा घाइतेहरू भएकाहरूलाई नजिकको अस्पतालमा लगिएको छ।

  • भवनमा खसेको विमानको अवशेष
    दुर्घटना स्थल
  • एअर इन्डिया एक्सप्रेसको विमान
  • सौर्य एअरलाइन्सका पाइलटको उद्धार
    गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले “युद्धस्तरमा तत्काल उद्धार तथा राहतको कार्य गर्न” निर्देशन दिइएको बताएका छन्।

अहमदाबादको सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलका एकजना प्रवक्ताले विमानस्थल बन्द गरिएको र अर्को सूचना जारी नभएसम्मका लागि त्यहाँका सबै उडान गतिविधिहरू स्थगित गरिएको बताएका छन्।

दुर्घटना कुन स्थानमा भएको थियो

भारतको अहमदाबादमा विमान दुर्घटना

एअर इन्डियाको यात्रुवाहक विमान पश्चिम भारतस्थित अहमदाबादको विमानस्थल नजिकै आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।

उक्त विमान उडेको केही सेकेन्डभित्रै त्यसबाट अन्तिम संकेतहरू प्राप्त भएका उडानहरूको निगरानी गर्ने वेबसाइट फ्लाइट रेडारले जनाएको छ। त्यसबेला उक्त विमान ६२५ फिटको उचाइमा आकाशमा रहेको थियो।

अहमदाबादका एकजना वरिष्ठ प्रहरी अधिकारीले एएनआइ समाचार एजेन्सीसँग कुरा गर्दै लन्डनतर्फको यात्रामा जान लागेको उक्त विमान डाक्टरहरूको होस्टेलमाथि खसेको बताएका छन्। उनले दुर्घटनाको केही मिनेटभित्रै घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रण कर्मचारी र अन्य उद्धारकर्मीहरू पुगेको बताएका छन्।

बीबीसी भेरिफाइका जोश चितमको विवरण अनुसार उक्त विमान दुर्घटना हुँदा त्यसस्थलमा मौसमी अवस्था सफा र स्थिर रहेको उडान सुरक्षा विज्ञ मार्को चानले बताएका छन्। सतहमा हावाको वेग हल्का गरेको र भिजिबिलिटि पनि ६ किलोमिटर रहेको मेटार भनिने उडान मौसम भविष्यवाणीकर्ताले जनाएको छ।

चान भन्छन्,”त्यहाँ उक्त घटना हुनेगरी कुनै उल्लेख बादल वा मौसमी गतिबिधिको अवस्था थिएन र चर्को हावा, आँधी बेहरी वा अन्य प्रतिकुल मौसमी अवस्था रहेको विवरण पनि प्राप्त भएको छैन।”

एअर इन्डिया के भन्छ?

भारतको अहमदाबादमा एअर इन्डियाको विमान दुर्घटना

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,विमानस्थलबाट उड्ने वित्तिकै उक्त विमान दुर्घटनाग्रस्त भएको हुन सक्ने फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट रेडारले सामाजिक सञ्जालमा जनाएको छ

एअर इन्डियाले दुर्घटनाको कारण तथा अन्य जानकारीबारे आफूले सूचना सङ्कलन गरिरहेको र चाँडै त्यसबारे अद्यावधिक गरिने बताएको छ।

एअर इन्डियाका अध्यक्ष नटराजन चन्द्रशेखरनले एक्समा लेखेका छन्, “म गहिरो दु:खका साथ आज अहमदाबादबाट लन्डन ग्याटविकतर्फ जान लागेको एअर इन्डिया फ्लाइट १७१ दुर्घटनाग्रस्त भएको जानकारी दिँदैछु।”

उनले उक्त दर्दनाक घटनाबाट प्रभावित सबै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

दुर्घटनाबाट प्रभावितहरूलाई सहयोग गर्नमा आफ्नो प्रमुख ध्यान केन्द्रित भएको उनले बताए।

उद्धार प्रयास

भारतको अहमदाबादमा दुर्घटनाग्रस्त विमानमा कुनकुन देशका नागरिक थिए?

अहमदाबाद विमानस्थलको टर्मिनल १ का व्यवस्थापकले बीबीसी हिन्दीसँग कुरा गर्दै विमानस्थल क्षेत्रको बाहिर धुवाँको मुस्लो देखिएको र त्यसको जाँचको लागि एक टोली खटाइएको बताएका छन्।

विमानस्थलबाट उड्ने वित्तिकै उक्त विमान दुर्घटनाग्रस्त भएको हुनसक्ने फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट रेडारले सामाजिक सञ्जालमा जनाएको छ।

सामाजिक सञ्जालहरूमा राखिएका भिडिओहरूमा उक्त विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको हुन सक्ने र त्यहाँबाट कालो धुवाँ उडिरहेको देख्न सकिन्छ।

अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले समाचार संस्था पीटीआईसँग बोल्दै भने, “विमानस्थलको नजिकै मेघाणीनगर इलाकामा एक विमान दुर्घटनाग्रस्त भएको छ।”

अग्निनियन्त्रक अधिकारी जयेश खडियाले भने, “विमान दुर्घटनाग्रस्त भएपछि त्यसमा आगो लाग्यो। आगो निभाउन दमकल विभागले गाडीहरू पठाएको छ।”

भारतका नागरिक उड्डयन मन्त्री किन्जरापु राम मोहन नायडुले उनी अहमदाबादमा भएको विमान दुर्घटनाबाट “स्तब्ध र अति दुःखित भएको” बताएका छन्।

मन्त्री नायडुले भने,”हामी उच्च सतर्कताको अवस्थामा छौँ। मैले व्यक्तिगत रूपमा नै अवस्थाको निगरानी गरिरहेको छु र सबै उड्डयन तथा आपत्कालीन प्रतिक्रिया निकायहरूलाई शीघ्र र संयोजित कारबाही अघि बढाउन निर्देशन दिएको छु।”

“उद्धार टोलीहरूलाई परिचालन गरिसकिएको छ र घटनास्थलमा उपचार सहयोग तथा उद्धारको व्यवस्था पठाइसकिएको छ। विमानमा रहेकाहरू र तिनका परिवारजनको निम्ति म प्रार्थना गर्दछु।”

‘बोइङ ७८७ यसरी दुर्घटनाग्रस्त भएको पहिलोपल्ट हो’: जोनाथन जोसेफ्स, व्यापार संवाददाता

भारतको अहमदाबादमा एअर इन्डियाको विमान दुर्घटना

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,यो दुर्घटना विमान उत्पादक कम्पनी बोइङका लागि ठूलो धक्का हुने ठानिएको छ

एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाको घटना बोइङ ७८७-८ यसरी दुर्घटनामा परेको पहिलो घटना हो।

उक्त मोडल १४ वर्षअघि सुरु गरिएको थियो र ड्रिम लाइनर भनिएको यो मोडेलको यात्रुवाहक विमानले १ अर्ब यात्रु बोकेर कीर्तिमान कायम गरेको भनि केही हप्ताअघि मात्रै यसको प्रशंसा गरिएको थियो। त्यस अवसरमा बोइङ कम्पनीले विश्वव्यापी रूपमा सञ्चालनमा रहेका ११७५ वटाभन्दा बढी ७८७ विमानहरूको जत्थाले ३ करोड उडान घण्टा हुने गरी पचास लाख उडानहरू गरेका पनि जनाएको थियो।

अब यो दुर्घटना उक्त कम्पनीका लागि ठूलो धक्का हो जसले विभिन्न समस्याहरूसँग जुझ्न सङ्घर्ष गरिरहेको छ जुन समस्यामा ७३७ विमानहरू दुर्घटनाग्रस्त भएका घटनाहरू पनि पर्दछन्।

पदभार सम्हालेको पहिलो वर्षगाँठ मनाउन लागेका उक्त कम्पनीका नयाँ प्रमुख कार्यकारी अधिकृत केली ओर्टबर्गका लागि यो अर्को कठिन परीक्षाको घडी बन्न पुगेको छ।

कम्पनीको भविष्यमाथि प्रश्न खडा गर्ने विभिन्न प्रकारका समस्याहरूबाट उक्त अमेरिकी विमान निर्मातालाई माथि उकास्न उनलाई नियुक्त गरिएको थियो।

वीवीसीबाट ।

विश्वविजेता वेस्ट इन्डिजविरुद्ध नेपालले ऐतिहासिक ट्वान्टी-२० सिरिज खेल्ने

काठमाडौँ — नेपालले वेस्ट इन्डिजविरुद्ध तीन ट्वान्टी-२० ऐतिहासिक सिरिज खेल्ने भएको छ । सिरिजको आयोजना नेपाल क्रिकेट संघ (क्यान) रहेको छ  । खेल यूएईको सारजाह त्रिकेट मैदानमा हुनेछ । नेपालले दुई देशीय सिरिजमा ट्वान्टी-२० विश्वकपको पूर्व विजेता वेस्ट इन्डिजको सामना गर्न लागेको यो नै पहिलो पटक हुनेछ ।

क्यानले जारी गरेको विज्ञप्ति अनुसार सिरिजको पहिलो खेल सेप्टेम्बर २७ मा दोस्रो खेल २८ र तेस्रो खेल ३० मा हुनेछ । यो सिरिज नेपालका लागि आईसीसी मेन्स ट्वान्टी-२० विश्वकप एसिया छनोटको तयारीका रूपमा पनि रहनेछ ।

कैलालीमा प्रहरी फायरिङ: ज्यान मार्ने प्रयास गरेका दुई जनालाई गोलि हानि पक्राउ

कैलाली । कैलालीमा प्रहरीले गोली चलाएर ज्यान मार्ने उद्योगका आरोपमा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार पक्राउ परेका व्यक्तिहरू मिलन चन्द र रिदम ढुंगाना हुन्। उनीहरू खुकुरी प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको आरोपमा फरार थिए।

प्रहरीका अनुसार उनीहरूलाई आजै कैलारी गाउँपालिका २ बाट पक्राउ गरिएको थियो। तर, भजनी नगरपालिका–७ स्थित क्षेत्रमा ल्याइँदै गर्दा पिसाब फेर्ने बहानामा भाग्न खोजेपछि प्रहरीलाई बल प्रयोग गर्नुपरेको हो।

“पहिला हवाई फायर गरेर रोक्न खोजियो, तर उनीहरू भाग्न सफल भए। त्यसपछि घुँडामुनि गोली हानेर नियन्त्रणमा लिइएको हो,” प्रवक्ता सिंहले जानकारी दिए। हाल दुवैजनालाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कांग्रेस, एमाले र माओवादीका कारण देशको अवस्थामा परिवर्तन हुन सकेन : बाबुराम भट्टराई

काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस, एमाले र माओवादीका कारण देशको अवस्थामा परिवर्तन हुन नसकेको बताएका छन्।
पार्टीको १० औँ स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले तीन दलका नेताहरूले १० वर्षमा कुर्सी साटासाट गर्ने बाहेक केही गर्न नसकेकाले देशको अवस्थामा परिवर्तन हुन नसकेको बताएका हुन्।

अहिले मुलुकमा सुशासन कायम हुन नसकेको बरु भ्रष्टाचारका चाङ उदाङ्गो हुन थालेको उनले बताए। त्यस्तै भट्टराईले सत्तामा पुग्ने र आफ्नो भ्रष्टाचार लुकाउन विपक्षीलाई देखाउने प्रवृत्ति देखापरेको उल्लेख गरे।

उनले मुलुकको अवस्था हेर्दा पुराना दलहरुबाट मुलुकको परिवर्तन नहुने देखाएको जिकिर गरे। आर्थिक विकास र समृद्धिका निम्ति मुखले ठुला कुरा गरेरमात्रै नहुने उनको भनाइ छ।
भट्टराईले सरकारले ल्याएको बजेटमा नयाँ कुनै पनि कुरा नरहेको टिप्पणी गरे।

खोज्नुहोस