इजरायली आक्रमणबाट गाजामा २४ घण्टामा ९० जना मारिए
एजेन्सी- इजरायली सेनाले गाजामा गरेको आक्रमणमा कम्तीमा ९० जना मारिएका छन् । गाजामा रहेका अस्पताल र राहत केन्द्रमा गएको २४ घण्टामा इजरायलले गरेको आक्रमणमा ९० जनाको ज्यान गएको अलजजिराले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्धको लक्षण देखिएको बताइरहेकै समयमा आक्रमण भएको हो । पछिल्लो समय गाजामा राहत लिन पालो कुरेर बसेकाहरू आक्रमणमा परिरहेका छन् ।
गाजामा इजरायली सैन्य अड्डा र राहत केन्द्र नजिकै छ । त्यहाँ भीड जम्मा हुनेबित्तिकै इजरायली आक्रमणको जोखिम बढ्ने गरेको छ ।
ट्रेन्डिङ
सम्बन्धित
ट्रम्प–पुटिन वार्ता रद्द भएको केही घण्टामा रुसी हवाई हमला हुँदा बालबालिका पनि मारिए
६ कार्तिक २०८२ २१:४८
