नेपाल-बेलायत संसदीय समूहको बैठक सम्पन्न

द एभरेष्ट पोष्ट
१३ जेठ २०८२ १७:१७
नेपाल-बेलायत संसदीय समूहको बैठक सम्पन्न

काठमाडौं– नेपाल–बेलायत संसदीय मैत्री समूहको पहिलो बैठक सम्पन्न भएको छ ।

बैठकको संयोजन प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले गरेका थिए । संयोजक श्रेष्ठले नेपाल र बेलायतबीचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यसहित संसदीय मैत्री समूहलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय भएको जानकारी दिए ।

बैठकमा समूहका सदस्य सांसदहरूबीच नेपाल–बेलायत सम्बन्धका विविध आयामहरूबारे छलफल भएको थियो । संयोजक श्रेष्ठले समूहले आगामी दिनमा दुवै देशका सांसदहरूबीच नियमित संवाद, अनुभव आदानप्रदान र आपसी समझदारी अभिवृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकता दिने जानकारी दिए ।

बैठकमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप गहिरो बनाउँदै संसदीय कूटनीतिलाई संस्थागत र सशक्त बनाउन अग्रसर हुने प्रतिबद्धता व्यक्त गरिएको छ । नेपाल–बेलायत संसदीय मैत्री समूहले आगामी दिनमा दुवै देशका हितमा काम गर्ने रणनीतिसहित योजनाबद्ध गतिविधि सञ्चालन गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस