प्रधानमन्त्री ओली र देउवा छलफलमा, दोस्रो तहका नेता पनि सहभागी

द एभरेष्ट पोष्ट
१२ जेठ २०८२ १८:०९
प्रधानमन्त्री ओली र देउवा छलफलमा, दोस्रो तहका नेता पनि सहभागी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस एमालेका शीर्ष नेताहरूबीच छलफल शुरु भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा प्रधानमन्त्री ओली र देउवा बाहेक उपप्रधानमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले उपाध्यक्ष इश्वर पोखरेल लगायत सहभागी रहेका छन् ।  छलफलमा जेठ १५ गते सरकारले ल्याउन लागेको बजेट लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस