तीनकुने घट्नाको अनुसन्धान सकियो, आजै मुद्दा दर्ता हुने

द एभरेष्ट पोष्ट
१० जेठ २०८२ १३:४२
तीनकुने घट्नाको अनुसन्धान सकियो, आजै मुद्दा दर्ता हुने

काठमाडौँ, ९ जेठः राजावादी समूहले काठमाण्डुको तीनकुनेमा गत चैत १५ गते गरेको प्रदर्शन तथा जुलसमा भएको लुटपाट र आगजनीको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा पठाउने तयारी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटसँग सम्बन्धित अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा पठाउने तयारी गरेको छ ।

प्रहरी परिसरका प्रवक्ता एसपी अपिल बोहोराका अनुसार घटनाको अनुसन्धान करिब सकिएको र अन्तिम रूप दिने तयारी भइरहेको छ ।प्रहरीले शुक्रबार साँझसम्म अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गर्ने तयारी गरेको छ ।

घटनामा ६१ जनालाई प्रतिवादी बनाउने तयारी भइरहेको एसपी बोहराले बताए । उनीहरूविरुद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध कसुर, ज्यान मार्ने र ज्यान मार्ने उद्योगअन्तर्गतका चार कसुर लगाउने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध कसुर, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग गरी चार वटा कसुर लगाउने तय भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गत १५ चैतदेखि नै घटनाको अनुसन्धान गर्दै आएको छ । घटनामा हालसम्म १७० भन्दा धेरै पक्राउ परेका थिए । जसमध्ये ५३ अभियुक्त प्रहरी हिरासतमै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस