भारतमा पक्राउ गरिएका मियाँ नेपाली भएको दाबी, पाकिस्तानी जासुसको आरोप किन लगाइयो?

काठमाडौं । नयाँ दिल्ली प्रहरीले भारतमा दुई जनालाई पक्राउ गरिएका मध्य एक जना नेपाली नागरिक भएको दाबी गरिएको छ।
पक्राउ गरिएका अन्सरूल मियाँ अन्सारी नेपाली भएको र उनी पाकिस्तानका लागि जासुसीको काममा संलग्न रहेको त्यहाँका मिडियाको दाबी रहेको छ। यो दाबी गौतम अदानीको लगानी रहेको एनडीटिभीले गरेको छ।
दिल्ली प्रहरीले एक गोप्य अपरेशन सञ्चालन गरेर एक जना नेपालीसहित दुई जनालाई पक्राउ गरेको दाबी गरिएको छ।
दिल्ली प्रहरीले (स्लिपर सेल नेटवर्क) गुप्तचरहरूको नेटवर्कलाई भत्काउँदै दुई जना एजेन्टलाई पक्राउ गरिएको र उनीहरु उनी पाकिस्तानको गुप्तचर निकाय इन्टर सर्भिस इन्टेलिजेन्स (आइएसआई) आइएसआईमा संलग्न रहेको दाबी गरिएको छ।
स्लिपर सेल नेटवर्क गोप्य समूह हो। जसमा कुनै पनि व्यक्ति सामान्य नागरिकसरह समाजमा घुलमिल भएर बस्छन् र आदेश प्राप्त नगरेसम्म उनीहरूले कुनै पनि क्रियाकलाप गर्दैनन्।
दिल्ली प्रहरीका अनुसार जनवरीदेखि मार्चसम्म अपरेशन सञ्चालन गरिएको थियो। पक्राउ परेका व्यक्तिहरूबाट गोप्य कागजातहरू बरामद गरेको उल्लेख गरिएको छ।
दिल्ली प्रहरीले उनीसहित अर्का व्यक्तिविरूद्ध पनि अभियोग दर्ता गरिसकेको छ। उनीहरू दुवै जना हाल तिहाड जेलमा छन्।