एकै परिवारका ६ बालबालिकाको नदीमा डुबेर मृत्यु

एजेन्सी। भारतको गुजरातको नदीमा डुबेर १४ देखि १६ वर्ष उमेर समूहका ६ बालबालिकाको मृत्यु भएको छ । एकै परिवारका सबै ६ बालबालिका स्थानीय नदीमा पौडी खेल्न गएका प्रहरीले जनाएको छ ।
पानीको बहाव बढी भएकाले उनीहरूको मृत्यु भएको बताइएको छ । उनीहरू अहमदाबादबाट खेडा जिल्लामा रहेको मामाको घरमा गर्मी बिदा मनाउन गएका थिए ।
मृतक सबै ६ जनाको शव फेला परिसकेको प्रहरीले बताएको छ ।