मुख्यमन्त्री शाह र भारतीय अधिकारीबिच ऊर्जा क्षेत्रको विकासबारे छलफल

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नयाँ दिल्लीमा जलविद्युत् विकास सङ्गठन, (एनएचपीसी) लिमिटेडका अधिकारीसँग पश्चिम सेती जलविद्युत् परियोजना निर्माणका विषयमा छलफल गरेका छन् ।
मुख्यमन्त्री नेतृत्वको टोलीले र भारतको ‘नेश्नल स्किल डेभलपमेन्ट कर्पोरेशन’ कम्पनीका अधिकारीसँग प्रविधिमैत्री सीप विकास क्षमताका बारेमा छलफल गरेको छ ।
उनीहरूबीच टनकपुर—ब्रह्मदेव ब्यारेजमा आवागमन सहज बनाउन, दार्चुलामा निर्माणाधीन पुल छिटो निर्माण गर्न, बैतडी र डडेलधुरामा पुल निर्माण प्रक्रिया चाँडो सुरू गर्ने, तिकुनिया—खक्रौलासम्मको सडक छिटो निर्माण गर्ने विषयमा छलफल भएको छ ।
उद्योगपतिहरूसँगको भेटमा मुख्यमन्त्रीले सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनका बारेमा जानकारी गराएका छन् ।
यसअघि मुख्यमन्त्री शाह नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल जानु भई श्रद्धाञ्जली अर्पण गरेका थिए । भारत सरकारको निमन्त्रणमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको नेतृत्वको १० सदस्यीय टोली यही वैशाख १६ गतेदेखि एकसाताको भारत भ्रमणमा रहेको छ ।