अंकुर नेपालको सुदुर प्रदेश अध्यक्षमा धर्मराज जोशी चयन

धनगढी, १८ जेठ ।
कोरियाबाट फर्केकाहरुको साझा संस्था अंकुर नेपालको सुदुर प्रदेशको प्रथम अधिवेशनबाट धर्मराज जोशी अध्यक्षममा सर्वसम्मत रुपमा चयन भएका छन् ।

मञ्चको उपाध्यक्षमा हेमन्त जोशी, सचिवमा सुरेन्द्र भण्डारी, कोषाध्यक्षमा दौलत बोहरा, सहसचिवमा लोकेन्द्र बोहरा चयन भएका छन् । त्यस्तै सदस्यमा मन मल्ल चयन भएका छन् । सदस्य पदमा थप तीन जना मनोनीत गरिने छ ।

कोईका अन्तर्गत के- हामी परियोजनाका म्यानजेर सङ यल सको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम अधिबेशनमा अंकुर नेपालका केन्द्रीय अध्यक्ष लाल प्रसाद भट्टराई र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय बिशिष्ट अतिथि रहेका थिए ।

नवनिर्वाचित अध्यक्ष जोशीले कोईका अन्तर्गतको के -हामी प्रोजेक्टका म्यानेजर, अंकुर नेपालका केन्द्रीय अध्यक्ष भट्टराईलाई धन्यवाद ज्ञापन गर्दै आफूले ईमान्दारीपूर्वक जिम्मेवारी पुरा गर्ने बताए ।

नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा अच्युत दाहाल

धनगढी, १८ जेठ ।
नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) कैलाली शाखाको अध्यक्षमा अच्युत दाहाल निर्विरोध निर्वाचित भएका छन् ।
शनिवार सम्पन्न मञ्चको अधिवेशनले दाहालको नेतृत्वमा निर्विरोध नयाँ कार्य समिति चयन भएको हो ।

मञ्चको प्रथम उपाध्यक्षमा आयुष हमाल र द्धितीय उपाध्यक्षमा आशिष शाह चयन भएका छन् ।

त्यस्तै सदस्यमा आदित्य हमाल,आयुष मोहपाल,वीरेन्द्र भट्ट,श्रवण शाह,भरत श्रेष्ठ,गोविन्द बोहरा र प्रितम करिया निर्विरोध चयन भए । नव निर्वाचित कार्यसमितिलाई पूर्व अध्यक्ष रोशन भट्टले शपथ ग्रहण गराएका थिए ।

सुदूर पश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री प्रकाश बमको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा सम्पन्न नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष कुशल श्रेष्ठ र कैलालीका संस्थापक अध्यक्ष पुष्कर ओझा बिशिष्ट अतिथि रहेका थिए ।

काँग्रेस नेता बिष्टद्धारा जन्मदिनमा अनाथ बालिका तथा महिलाहरुलाई सहयोग

धनगढी, १८जेठ । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति तथा नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टले जन्मदिन असहाय बालबालिकाहरुलाई सहयोग गरेर मनाएका छन् ।

राजनीतिसंगै सामाजिक क्षेत्रमा समेत सक्रिय बिष्टले जन्मदिनको अवसरमा कैलालीको अत्तरीयास्थित महिला तथा बालबालिका सेभ हाउसलाई ५१ हजार रुपैया सहयोग गरे ।

नेपाली काँग्रेस डोटीका पूर्व सभापति प्रदीप देउवा, शिखर नगरपालिका डोटीका पूर्व मेयर सीताराम जोशी,कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायतको उपस्थितिमा नेता बिष्टले अनाथ बालबालिका तथा महिलासंग जन्मदिन मनाउने क्रममा सहयोग गरेका हुन् ।

नेता बिष्टले जन्मदिनको अवसरमा असहाय महिला तथा बालबालिकाहरुलाई सहयोग गर्न पाउदा खुशी व्यक्त गरे ।

उनले सडकमा आश्रित महिला तथा बालबालिकाहरुलाई आश्रय दिएकोमा सेभ हाउस सञ्चालक जानकी मलासीलाई धन्यवाद दिदै सबैलाई सहयोग समेत आग्रह गरे ।

नेपाल हेभी ईक्वीपमेण्ट व्यवसायी महासंघको केन्द्रीय सदस्यमा साँउद

काठमाण्डौ,१६ जेठ ।
नेपाल हेभी ईक्वीपमेण्ट व्यवसायी महासंघको छैठौ साधारण सभाबाट युवा व्यवसायी लक्ष्मण साउँद केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् ।

महासंघको २०८२ बैशाख १८ गते सम्पन्न महाधिवेशनले साउँदलाई सर्वसम्मत रुपमा नयाँ कार्यसमितिका सदस्यमा चयन गरेको हो। महाधिवेशन सम्पन्न भएको झण्डै एक महिनापछि साँउद सहितका सदस्य र पदाधिकारीले पदभार ग्रहण गरेका हुन् ।

सुदूरपश्चिमका जय बहादुर साँउद महासंघको तृतीय उपाध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै महासंघको सुदूर पश्चिम संयोजकमा लोक बलायर चयन भएका छन् ।

यसैगरी महासंघको केन्द्रीय सदस्यमा दान सिंह बडैला,बम बहादुर खड्का र भरत शाह निर्वाचित भएका छन् ।

 

नीति तथा कार्यक्रम प्रदेश सभामा टेबुल

धनगढी, जेठ १७ गते । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२र८३ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा टेबुल भएको छ ।

आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले सभामा प्रस्तुत नीति तथा कार्यक्रमको एक प्रति बुझाउँदै सभामा टेबुल गरेका हुन । प्रदेश सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले सभामा प्रस्तुत गरेका थिए । उनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुतिसहित सभालाई सम्बोधन गरेकाले प्रदेश सभाबाट प्रदेश प्रमुखलाई धन्यवाद दिनका लागि धन्यवादको प्रस्ताव सर्वसम्मतले पारित गरिएको छ ।

यसैगरी, सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२र८३ को विनियोजन विधेयक ९बजेट० को सिद्धान्त र प्राथमिकतामाथि पनि छलफल गरिएको छ ।

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाको प्रस्तावमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरिएको हो । छलफलमा भाग लिनुहुँदै सत्तापक्षका प्रदेश सभा सदस्यले सिद्धान्त र प्राथमिकताको समर्थन गरेका छन् । प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरूले भने त्यसको आलोचना गर्दैै सुधार गर्नु पर्नेमा जोड दिए ।

सत्तापक्ष नेकपा ९एमाले० का प्रदेश सभा सदस्य सन्तोषकुमारी शर्मा थापाले सिद्धान्त र प्राथमिकता राम्रो रहेको भन्दै त्यसमै टेकेर बजेट आउनेमा आफू आशावादी रहेको बताए । उनले स्रोतको समुचित बाँडफाँट हुने अपेक्षा व्यक्त गरे ।

सत्तापक्ष नेपाली कांग्रेसका प्रदेश सभा सदस्य डम्मरी महराले समग्र प्रदेशको विकासको लागि बजेटको सिद्धान्त र प्राथमिकता उचित रहेको बताउनुभयो । यो निष्पक्ष र पारदर्शी रहेको भन्दै उनले बहुमतले पारित गर्नका लागि आग्रह गरे ।

त्यस्तै, प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य रमेशसिंह धामीले संविधानतः टेक्ने ठाउँ सिद्धान्त र प्राथमिकतामा नरहेको भन्दै बहुमतले अस्वीकृत गर्न आग्रह गरे । विषयवस्तुमा सबै कुरा समेट्न खोजे पनि बजेटमा त्यो समेटिने कुनै ज्ञारेन्टी नरहेको उनको जिकिर थियो । धामीले बजेट प्रणालीमाथि सुधारको खाँचो रहेको भन्दै सुधार गर्न आग्रह गरे ।

विधेयकमाथि छलफल कार्यक्रममा सत्तापक्ष नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक इन्दिरा गिरी, प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्य माया भट्ट, नेकपा ९एमाले० का प्रमुख सचेतक चक्र मल्लले भाग लिएका थिए ।

छलफलको क्रममा उठेको विषयमा जवाफ दिदै आर्थिक मामिलामन्त्री थापाले समावेशी, सन्तुलित बजेट निर्माण होस भनेर सिद्धान्त र प्राथमिकताका केही आधार बनाएर प्रस्तुत गरेको बताए ।

 

भारतमा कोरोना संक्रमण बढ्दै : २४ घण्टामा ४ जनाको मृत्यु

काठमाडौं : भारतमा फेरि कोरोना संक्रमणका घटनाहरू बढ्दै गएका छन्। भारतकाे स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार देशमा सक्रिय कोरोना बिरामीको संख्या ३३९५ पुगेको छ।   यस्तै पछिल्लो २४ घण्टामा ६८५ नयाँ संक्रमित बिरामी पहिचान भएका छन् भने १,४३५ बिरामी निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

यसैबीच पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ। जसमा छत्तीसगढ, कर्नाटक, केरला र उत्तर प्रदेशका एक–एक  जना बिरामी रहेका छन्।

बैतडीको पञ्चेश्वरमा सुकुम्बासीका लागि जग्गा एकीन गर्ने कार्य शुरु

बैतडी–बैतडीको पञ्चेश्वरमा सुकुम्बासीहरुका लागि जग्गा एकीन गर्ने कार्य शुरु गरिएको छ । गाउँपालिका क्षेत्रभित्र रहेको बाँझो जमीन,सार्वजनिक जमीन, बाटोघाटो,पानी पँधेरो लगायतका कुराहरु छुट्याउन जग्गा एकीन गर्ने कार्य शुरु गरिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

भूमीहिन सुकुम्बासी, भूमीहिन दलित र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापनका लागि जग्गा एकीन गर्ने कार्य शुरु गरिएको भूमी समस्या समाधान आयोग जिल्ला समिति बैतडीका अध्यक्ष रमेश पाण्डेयले बताए । जग्गा एकीन गर्नका लागि प्राविधिकहरुको टोली खटिएर काम गरिरहेको उनले बताए ।

पञ्चेश्वर गाउँपालिकामा भूमीहिन सुकुम्बासी, भूमीहिन दलित र अव्यवस्थित बसोबासीलाई यही असार भित्रै पूर्जा वितरण गर्ने लक्ष्य रहेको पाण्डेयले बताए ।

पञ्चेश्वर गाउँपालिकाभित्र भूमीहिन सुकुम्बासी, भूमीहिन दलित र अव्यवस्थित बसोबासी ४ सय ३८ परिवार रहेको पाण्डेयले बताए ।

जग्गा एकीन गर्नका लागि फिल्डमा प्राविधिक टोली खटाउनुभन्दा पहिला गाउँपालिकामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष चन्दले बताए । उक्त अन्तरक्रियामा गाउँपालिका अध्यक्ष चन्दका साथै भूमी समस्या समाधान आयोग बैतडीका अध्यक्ष रमेश पाण्डेय, गाउँपालिका उपाध्यक्ष बिना भट्ट, आयोगका विज्ञ सदस्य जगदीश नायक लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

उक्त अन्तरक्रियामा जग्गा एकीन गर्नका लागि खटिएको प्राविधिक टोलीले जग्गा एकीन गर्ने विधिका बिषयमा जानकारी गराएका थिए ।

पञ्चेश्वरमा जग्गा एकीन गर्नका लागि नापी कार्यालयका कृष्ण भण्डारीको नेतृत्वमा पाँच जना प्राविधिकहरुको टोली खटिएको जनाइएको छ ।

एमालेको झोले हुँ, यसमा गर्व छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेलीले तथाकथित आलोचनात्मक चेत भएका भनिएकाहरुले राम्रो कुरा गर्दा पनि झोलेको आरोप लगाउने गरेको टिप्पणी गरेका छन्।

शनिबार नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै भने, ‘सोकल्ड आलोचनात्मक चेत भएका मानिसहरु तपाईंले सही आर्टिकल लेख्नु भयो भने पनि झोले हुनुभए छ भन्छन्। किनभने तपाईंले सही कुराको विरोध गर्नुभएन नि।’

२५ सय वर्षअघि प्लेटोले भनेको कुरा अहिले आएर नबुझ्नेहरू दाष भएको टिप्पणी गर्दै जनताको कुरा बोकेर हिँडेकाले आफूलाई झोले भन्दा कत्ति पनि अप्ठ्यारो नलाग्ने जिकिर गरे। ‘सही कुराको सर्मथन गर्दा झोले, मलाई अलिकति पनि अप्ठ्यारो लाग्दैन,’ ओलीले भने, ‘म जनताको कुरा बोहेर हिँड्ने मान्छे हुँ। जनताको हितको झोला बोक्ने, राष्ट्रको हितको झोला बोक्ने, राष्ट्रको इज्जतको झण्डा उठाउने झोले हुँ। के भो त म झोेले हुँ। मैले कुनै सामन्तको झोला बोकेको छैन।’

उनले थपे, ‘कुनै सामान्तको २ कौडी लिएर स्तुती गान गाएको छैन।’

आफू झोले भएकोमा गर्व गर्ने समेत प्रधानमन्त्री ओलीको भनाइ छ। ‘म नेकपा एमालेको झोले हुँ, म यस जनताको झोले हुँ,’ उने भने, ‘अब चित्त बुझ्यो प्रतिक्रिायवादीहरुलाई? म कबुल गर्छु– झोले हुँ। झोले हुनुमा गर्व छ, तर राम्रा कुरा बोक्नुमा गर्व छ।’

तस्करीका कारण पाकिस्तानी अर्थतन्त्रलाई १२ अर्ब डलर घाटा

काठमाडौं– पाकिस्तानमा अवैध तस्करी बढ्दै गएको पाइएको छ । अवैध तस्करीका कारण पाकिस्तानी अर्थतन्त्रमा ठूलो असर परिरहेको प्रतिवेदन सार्वजनिक भएको छ ।

बजार अर्थतन्त्रका लागि नीति अनुसन्धान प्रतिष्ठानले अवैध व्यापारविरुद्ध बहुराष्ट्रिय साझेदारीसँगको सहकार्यमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा तस्करीका कारण पाकिस्तानले हरेक वर्ष १२ अर्ब १० करोड डलर गुमाउने गरेको उल्लेख छ । यो पाकिस्तानको कुल ग्राहस्थ उत्पादनको ३.५ प्रतिशत हो ।

यसबाट पाकिस्तानले प्राप्त गर्नुपर्ने राजश्वमा ठूलो धक्का लागिरहेको जनाइएको छ । तस्करीका अधिकांश घटना अफगानिस्तानसँगको व्यापारमा हुने गरेको इस्लामखबरले जनाएको छ ।

उक्त समाचार संस्थाका अनुसार अफगानिस्तान पारवहन व्यापार सुविधाको क्षेत्रमा ३ अर्ब ५६ करोड डलर बराबरको तस्करी हुने गरेको छ । भूपरिवेष्ठित मुलुक अफगानिस्तानका लागि पाकिस्तानले यस्तो पारवहन सुविधा प्रदान गरेको हो ।

अफगानिस्तानका लागि लगिने सामानका कन्टेनर बीच बाटोबाटै गायब हुने गरेको पाइएको छ । ती सामानको पाकिस्तानी बजार मै कारोबार हुने गरेको छ । यसबाट पाकिस्तानको ढुकुटीमा कुनै कर जाँदैन ।

यसबाहेक पाकिस्तानमा विदेशबाट पेट्रोल, सुर्तीजन्य वस्तु, औषधि पनि तस्करी हुने गरेको उक्त प्रतिवेदनमा जनाइएको छ ।

महाकाली सिँचाइ तेस्रो चरण तीन वर्षभित्र सक्ने लक्ष्य

कञ्चनपुरः राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरणको काम तीन वर्षभित्र पूरा गरिने भएको छ।

बिहीवार सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कार्य तीन वर्षभित्र पूरा गरिने बताए।

आर्थिक वर्ष २०६३/६४ देखि सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाका लागि सुरुवातीदेखि नै प्रयाप्त बजेट नहुँदा निर्माण कार्यले गति लिन सकेनको थिएन। सरकारले आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेपछि निमार्ण कार्यले गति लिएको थियो। बजेट अभावकै कारण आयोजनाको लागत बढ्दै गएपछि सरकारले आयेजनालाई प्राथमिकतामा राखरे आगामी तीन वर्षभित्र सक्ने लक्ष्य लिएको हो।

महाकाली सिँचाइ तेस्रो चरण आयोजना प्रमुख योगेन्द्र मिश्रले आयोजनाको हालसम्मको प्रगति २६ प्रतिशत मात्रै रहेको जानकारी दिए। ‘बजेट अभाव, मुआब्जा वितरण र वनको समस्याका कारण आयोजनाको कामले गति लिन सकेको थिएन’, उनले भने, ‘आव २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि सरकारको प्राथमिकतामा परेको हो।’ उनले २०८७ सम्म कैलालीको मालाखेतीसम्मको नहर निमार्ण गरिसक्ने लक्ष्य रहेको बताए।

टनकपुरदेखि कैलालीको गोदावरीसम्म ४८ किलोमिटर मूल नहर निर्माण गर्नुपर्ने भए पनि २८ किलोमिटर मूल नहर निर्माण मात्रै सम्पन्न भएको छ। बाँकी २० किलोमिटर नहर निमार्णको काम भइरहेको छ। लक्ष्यअनुसार मूल नहरसहित १५१ किलोमिटर नहर निर्माण भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ। आयोजनाका अनुसार हालसम्म नौ अर्ब बजेट खर्च भइसकेको छ। चालु आवमा आयोजनाका लागि करिब दुई अर्ब बजेट विनियोजन भएको थियो।

नेपालतर्फ पाँच हजार हेक्टरमा सिँचाइ गर्ने संरचना तयार भए पनि भारतीय पक्षले मूल नहरमा पानी नछाड्दा समस्या भएको आयोजनाले जनाएको छ। ‘हामीले पटकपटक छलफल गरेका छौँ भारतीय पक्षले दिल्लीको आदेशविना पानी छाड्न सकिँदैन भनेको छ’, आयोजना प्रमुख मिश्रले भने, ‘भारतीय पक्षले टनरपुबाट पानी छाडे ब्रह्वदेव क्षेत्रका किसानलाई सिँचाइ सुविधा उपलब्ध हुन्छ।’ उनले आयोजनाबाट कञ्चनपुरको ९० प्रतिशत खेतीयोग्य जमिनममा सिँचाइ सुविधा पुग्ने बताए।

कृषि ज्ञान केन्द्रका अनुसार कञ्चनपुरमा कूल खेतीयोग्य जमिन एक लाख ६१ हजार ७४१ हेक्टर रहेको छ। त्यसमध्ये ५९ हजार ६०२ हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा खेती हुने गरेको छ। यसको २९ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा उपलब्ध हुने गरेको छ। कञ्चनपुरमा हाल महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिचाँइ सुविधा उपलब्ध छ।

विसं २०४२ मा सुरु भई २०४८ मा सम्पन्न भएको महाकाली सिँचाइ पहिलो चरणबाट चार हजार ८०० हेक्टर र २०५२ मा सम्पन्न भएको दोस्रो चरणबाट छ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ। पहिलो र दोस्रो चरणको सिँचाइबाट यहाँको भीमदत्त र बेदकोट नगरपालिका तथा बेलडाँडी गाउँपालिकासम्म सिचाँइ सुविधा उपलब्ध छ।

वासिङ्टन राज्यबाट २५ करोड मौरी एकसाथ भागेपछि…

वासिङ्टन : वासिङ्टन राज्यको सुदूर उत्तरपश्चिममा एउटा सेमी ट्रेलर ट्रक दुर्घटनामा परेपछि २५ करोड मौरी भागेका छन्। यो घटनापछि प्रहरीले स्थानीयलाई मौरीको झुण्डबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ।

ह्वाटकम काउन्टी शेरिफले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ, ‘अहिले २५ करोड मौरी एकसाथ भागेका छन्। भाग्ने क्रममा बाधा पर्दा मौरी आक्रामक हुन सक्छन्, एकै ठाउँमा झुम्मिन सक्छन् र टोक्न सक्छन्। त्यसैले यस क्षेत्रमा सावधानी अपनाउनुहोस्।’

क्यानाडाको सीमानजिक र भ्यानकुभरबाट ३० माइल दूरीमा रहेको यो क्षेत्रमा मौरी विशेषज्ञहरूले सफाइको काम गरिरहँदा सडकहरू बन्द गरिएका छन्।

पश्चिमी अमेरिकामा केही मौरीपालकहरूले मह उत्पादनमा ध्यान दिन्छन् भने केहीले बालीमा परागणका लागि किसानहरूलाई आफ्ना घार भाडामा दिएर राम्रो आम्दानी गर्छन्।

सरकार डराइसक्यो, गणतन्त्र कमजोर हुँदै गइसक्यो : राप्रपा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजा फर्काउनको लागि १५ गतेबाट थालेको आन्दोलनले सरकार डराएको निष्कर्ष निकालेको छ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आन्दोलनबारे समीक्षा गर्दै राप्रपाले सरकार राजसंस्था पक्षधर आन्दोलनसँग डराएको दाबी गरेका हुन्।

उनले भने, ‘हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राजावादीहरूको प्रदर्शन हुन्छ भनेर निषेधित क्षेत्र तोक्नाले सरकार डराएको र कमजोर भएको पुष्टि हुन्छ। हाम्रो आन्दोलन उत्कर्षतर्फ गइरहेको छ। यसले हामीलाई दुखी भन्दा पनि उत्साह पैदा गरेको छ।’

उनले राजसंस्था पक्षधर र गणतन्त्रका पक्षधरहरूको शक्ति मूल्याङ्कन आम जनताले गरिरहेको बताए। ओलीको आह्वानमा १५ गते एमालेको कार्यक्रममा उपस्थिति हेरेपछि गणतन्त्र कमजोर हुँदै गइरहेको उनको भनाइ छ।

सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर

कञ्चनपुर, जेठ १७ गते । दार्चुलाको मालिकार्जून गाउँपालिका–५ डाडाकोटका नरेश अवस्थी नेपाल, भारत र चीनसँगकोे त्रिदेशीय नाका तिङ्करसम्म महाकाली करिडोर बन्ने भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना हुनेमा आशावादी छन् ।

हालसम्म छिमेकी मुलकसँग व्यापारिक नाका नभएका कारण पनि महाकाली करिडोर त्रिदेशीय व्यापारिक नाका बन्ने र सुदूरपश्चिम व्यापारिक हब बन्ने उनको बुझाइ छ । लामो समय शिक्षण पेशामा लागेका उनि अहिले व्यवसायिक रूपमा कृषिमा लागेका छन् । तर भारतसँगको सहज कनेक्टिभिटि नहुँदासुदूरपश्चिमले आर्थिक लाभ लिन नसकेको उनको तर्क छ । “महाकाली करिडोर निमार्णपछि सुदूरपश्चिम मात्रै नभई मुलुककै आर्थिक विकासमा कोसेढुङ्गा सावित हुने अपेक्षा गरेका छौँ ।” उनले भने, “सुदूरपश्चिम आर्थिक गतिविधिमा न्युन छ, हाम्रो लागि सम्भावना भनेकै महाकाली करिडोर हो यसलाई राज्यले प्राथमिकताका साथ अगाडी बढाओस ।” दार्चुलाको तिङ्करदेखी कञ्चनपुरको ब्रह्मदेवसम्म महाकाली नदीको किनारै किनार निमार्ण हुने करिडोरले यहाँको सामाजिक, आर्थिक क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ ।

भारतका सबैभन्दा ठूला र महत्वपूर्ण, ठूला आर्थिक गतिविधि र जनसङ्ख्या भएका अनि औद्योगिक करिडोर भएका सहरसँग नजिकबाट जोडिएको छ । त्यति मात्रै होइन, उत्तरतिर चीनको सीमासम्म जान पनि सबैभन्दा राम्रो सरल पहुँच हुनेछ ।

महाकाली करिडोर निर्माण भए कञ्चनपुरदेखि दार्चुलासम्म महाकाली किनारैकिनार छोटो दूरीमा यात्रा गर्न सकिने यहाँका स्थानीयको अपेक्षा छ । करिडोरले महाकाली किनारका बस्तीलाई सडक सञ्जालमा जोड्ने र लामो दुरीको यात्रा गर्नुपर्ने बाध्यता हट्ने दार्चुलाको मालिकार्जून गाउँपालिका–५ का वडा अध्यक्ष मदन चन्द बताउँछन । “करिडोर सञ्चालनमा आइदिए त यहाँका जनतालाई धेरै फाईदा हुन्थ्यो ।” चन्दले भने, “यहाँबाट कञ्चनपुर घुमाउरो बाटो भएर आवतजावत गर्नुपर्ने बाध्यताबाट मुक्त भइन्छ ।” उनले महाकाली करिडोर सञ्चालनमा आए सुदूर पहाडका जनताको आर्थिक अवस्थासमेतमा सुधार आउने बताए । “छोटो दुरीमा आवतजावत त हुने नै भयो तिङ्करनाका सञ्चालनमा आए आर्थिक गतिविधि पनि बढ्छ ।” उनले भने, “सरकारले छिटो काम सम्पन्न गर्नेगरि बजेट विनियोजन गर्नुपर्छ ।”

ब्रह्मदेवदेखि महाकाली किनार हुँदै डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाको तिङ्करनाकासम्म यातायातको सहज पहुँच विस्तार गरी सुदुरपश्चिम प्रदेश तथा मुलुकको विकासमा कोसे ढुङ्गा सावित हुने अपेक्षा दार्चुलाको लेकम गाउँपालिकाका स्थानीय कोमल विष्ट बताउँछन् । “करिडोर निमार्णपछि आर्थिक हिसाबले सुदूरपश्चिमलाई फाइदा हुन्छ नै यसले धार्मीक पर्यटनको सम्भावना पनि बढाउँछ ।” विष्टले भने, “सजह अवागमन र आर्थिक गतिविधि बढाउन करिडोर प्रमुख आधार हो ।” करिडोर बनेपछि कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा जिल्लाको जोगबुढा, बैतडी जिल्लाको पन्चेश्वर, चमेलिया, दार्चुला जिल्लाको लाली, उकू, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा हुँदै तिङ्कर नाकासम्म सडक निर्माण गरी उक्त क्षेत्रको आर्थिक सामाजिक साँस्कृतिक पर्यटकीय साथै शैक्षिक विकासमा योगदान पुर्याउने छ ।

महाकाली करिडोर अन्तर्गत महेन्द्रनगरमा सिद्धवैजनाथ, डडेल्धुरामा परशुरामधाम, बैतडीमा त्रिपुरा सुन्दरी, मेलौली भगवती र निङ्लाशैनीजस्ता प्रसिद्ध धार्मीकस्थल छन् । त्यसैगरी दार्चुलामा राष्ट्रकै चौथो धामका रूपमा परिचित मालिकार्जुन धामजस्ता प्रसिद्ध धार्मीकस्थल रहेकाले करिडोरले धार्मीक पर्यटनसमेतमा टेवा पुग्ने पर्यटन व्यवसायी बताउँछन् । “महाकाली करिडोर बने मात्रै सुदूरको विकासको ढोका खुल्छ ।” यहाँका पर्यटन व्यवसायि जगदीश चन्द्र भट्टले भे, “यसले धार्मीक पर्यटनसमेतलाई फाइदा पुग्छ अर्कोतर्फ उत्तरतर्फ चीनसँग पनि व्यापारको ढोका खुल्छ ।” उनले अझै पनि भारतबाट यहाँका प्रसिद्ध धाममा भारतीय धार्मीक पर्यटन आउने गरेको बताउँदै करिडोरले आवागमनमा सहज भएपछि यहाँ धार्मीक पर्यटनको फष्टाउने बताए ।

कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक ३३४ किलोमिटर सडक महाकाली लोकमार्ग आयोजना कार्यालय र ७९ किलोमिटर सडक नेपाली सेनाले निमार्ण गरिरहेको महाकाली करीडोर सडक ९ब्रह्मदेव–झुलाघाट–दाचुला–तिङ्करसडक० योजना कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी रामचन्द्र जैशीले हालसम्म करिडोरको २३० किलोमिटर ट्र्याक खुलेको जानकारी दिनुभयो । उहाँका अनुसार अझै ५५ किलोमिटर ट्र्याक खोल्न बाँकि छ । करिडोर अन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५८ किमी, बैतडीमा १४४ किमी र दार्चुलामा १२१ किमी सडक निर्माण हुनेछ । जसमध्ये कञ्चनपुरमा ११ किमी ट्रयाक खुलिसकेको छ भने डडेल्धुरामा २८ किमी ट्रयाक खुलेको छ । त्यसैगरी बैतडीमा ११४ किमी र दार्चुलामा ७७ किमी ट्रयाक खुलेको छ ।

योजनाका लागि चालु आर्थिक वर्षमा रु ४१ करोड ५० लाख बजेट विनियोजन भएको सूचना अधिकारी जोशीले बताउनुभयो । “बजेट अभावका कारण निर्माण व्यवसायिलाई भुक्तानी दिन सकेत समस्या भएको छ, चालु आर्थिक वर्षमा आएको बजेटमध्ये १७ करोड गत आवको भुक्तानी दायित्व थियो ।” उनले भने, “न्युन बजेट र रुख कटानलगायत प्रक्रियागत अल्झनका कारण निमार्णमा ढिलाइ भइरहेको छ ।” महाकाली करिडोसँगै कञ्चनपुरको महाकाली नदीमा बनेको चार लेनको पक्की पुल र दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्णपछि मुलुककै समृद्धि हुने अपेक्षा व्यवसायिहरूको छ ।

सुदुरपश्चिम प्रदेशका चार जिल्ला कन्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सीमामा रहेको पिल्लर नं १ सम्म निर्माण हुने यस सडक योजनाबाट उक्त क्षेत्रमा बसोबास गर्ने करिव एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने सरकारको अपेक्षा छ । त्रिदेशिय नाका भएका कारण व्यापारिक महत्व धेरै नै रहेको र धार्मिक हिसाबले कैलाश मानसरोवर भ्रमणको लागी छोटो बाटोको रूपमा प्रयोग हुने छ । निमार्ण सम्पन्न पछि यहाँको आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यटकीय साथै शैक्षिक विकासमा टेवा पुग्ने छ ।

बजेटले सुदूरपश्चिमका जनता उत्साहित

धनगढी । सङ्घीय सरकारले बिहीबार प्रस्तुत गरेको बजेटले सुदूरपश्चिम प्रदेशका जनता उत्साहित भएका छन् । सामान्यता बजेटमा मुलुकका जल्दाबल्दा समस्या सम्बोधन गर्दै आगामी दिनमा देशलाई उन्नति र प्रगतिको बाटोतर्फ डोर्‍याउने प्रयास गरिन्छ । बजेट भन्नेबित्तिकै सर्वसाधारण नागरिकमा समेत छुट्टै प्रकारको उत्साह र अपेक्षा देखिन्छ । शिक्षाविद् शिवहरि मुडभरीले बजेट समग्रमा हेर्दा राम्रो आएको बताए ।  आएको बजेट सही ठाउँमा खर्च गर्न सक्यो भने मात्र सफल हुने बताउँदै उनले बजेट जनमुखी छ तर कार्यान्वयन हुन्न कि भन्ने डर पनि रहेको बताए ।

“सूक्ष्म तरिकाले हेर्ने हो भने धेरै कुरालाई सोचेर बजेट आएको छ,” उनले भने, “समग्रमा बजेट हेर्दा सैद्धान्तिक रूपमा भन्दा सुरुका बुँदाहरू हेर्दा परम्परागत रूपमा आएको देखियो, पछिका बुँदा हेर्दा केही सुधार भएको देख्न सकिन्छ ।” स्रोतको सीमितताले गर्दा धेरै गर्ने अवस्था पनि नरहेका कारणले पनि अर्थमन्त्री विष्णु पौडेलको प्रयास राम्रो छ, बजेट नराम्रो भन्ने अवस्था नरहेको उनले बताए। यस बजेटबाट सुदूरपश्चिमवासीले निराश हुनुपर्ने अवस्था नरहेको उनले बताए ।

महाकाली कोरिडोर अन्तर्गत ब्रह्मदेव–झुलाघाट–तुसारपानी सडकखण्डको स्तरोन्नति गर्न र तुसारपानी–टिङ्कर सडकखण्डको ट्र्याक खोल्न आवश्यक बजेटसहित रणनीतिक तथा व्यापारिक महìवका खुटिया–दिपायललगायतका सडकको स्तरोन्नति गर्ने कुरा राम्रो भएको उनले बताए ।

कैलाली उद्योग वाणिज्य सङ्घका महासचिव ओम विष्टले अहिलेको परिस्थिति हेर्दा बजेटको आकार ठुलो छ, व्यवसायीलाई छुने खालको बजेट आएको बताए । कार्यान्वयनमा कति सहज असहज हुन्छ त्यो पछिको कुरा हो तर अहिलेको अवस्थामा सकारात्मक खालको बजेट आएको छ, उनले भने, “अहिलेको यो बजेट युवालाई लक्षित गरेर ल्याएको जस्तो लाग्छ ।”

देशमा अहिले बेरोजगारी समस्या विकराल बन्दै गएको छ । हरेक वर्ष करिब पाँच लाखभन्दा बढी युवा कामको खोजीमा श्रम बजारमा प्रवेश गर्छन् । मुलुकभित्र रोजगारीका अवसर नहुँदा लाखौँ युवा बिदेसिने गरेका छन् भने स्वदेशभित्रै रहने युवा निष्क्रिय रूपमा बसेका छन् । विशेष गरेर पलायन भइराखेका छन् । युवालाई स्वदेशमै रोक्ने खालको बजेटमा समावेश गरेको देख्न सकियो जुन बजेट हेर्दा स्वागतयोग्य रहेको उनको भनाइ छ ।

बजेट तर्जुमा गर्दा प्राविधिक पक्ष मात्र ध्यान नदिई व्यावहारिक पक्षका कार्यक्रम पनि समावेश गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । बजेट तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका महìवपूर्ण योजना समेटिएका छन् । बजेट कार्यक्रममा निजी तथा पर्यटन बोर्डको सहकार्यमा कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र निर्माण अगाडि बढाइने उल्लेख छ ।

पर्यटकीय क्षेत्रको प्रवर्धन गर्न शुक्लाफाँटा–खप्तड पदयात्रा निर्माण, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण, पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिको कार्यसँगै महाकाली कोरिडोर अन्तर्गत ब्रह्मदेव–झुलाघाट–तुसारपानी खण्डको स्तरोन्नति गरिने कुरा सकारात्मक भएको उनले बताए ।

डिआईजीमा बढुवा भएका ११ प्रहरी अधिकारीको पदस्थापन

काठमाडौं । नेपाल प्रहरीका ११ नायव महानिरीक्षक (डीआईजी)को पदस्थापन भएको छ । एसएसपीबाट डिआईजीमा बढुवा भएका उनीहरूलाई गृहमन्त्री स्तरीय निर्णयअनुसार पदस्थापन तथा काज गरिएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार एसएसपीबाट डिआईजीमा बढुवा भएकाहरु मध्येबाट डीआईजी सुदर्शनप्रसाद कोइरालाको प्रहरी प्रधान कार्यालय विशेष ब्युरो, विनोद घिमिरेको महानिरीक्षकको सचिवालय, दीपेन्द्र घर्ती क्षेत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, दीपक रेग्मीको अन्वेषण योजना तथा विकास निर्देशनालयमा र माधवप्रसाद श्रेष्ठको कर्णाली प्रदेशमा पदस्थापन गरिएको छ ।

यसैगरी, दिलीपसिंह देउवाको अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय, दीपककुमार बस्नेतको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग, ओमबहादुर रानाको अख्तियार, जयराज सापकोटाको कार्यविभाग, सञ्जीव शर्मा दासको अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय र सुरेन्द्र बहादुर गुरुङको साइबर ब्युरोमा पदस्थापन भएको छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार नाघ्यो, १६ जनाको मृत्यु

काठमाडौं- भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितहरूको संख्या २ हजार ३९० पुगेको छ। केरलामा सबैभन्दा बढी ७२७ केसहरू छन्।

सक्रिय संक्रमितहरूको हिसाबले महाराष्ट्र दोस्रो स्थानमा छ। शुक्रबार त्यहाँ ८४ नयाँ केसहरू रिपोर्ट गरिएको थियो । योसँगै कूल सङ्क्रमितको संख्या ६८१ पुगेको छ। देशको ६० प्रतिशत सक्रिय केसहरू यी दुई राज्यहरूमा छन्।

उता, कर्नाटकको मैसूरमा शुक्रबार एक ६३ वर्षीय पुरुषको मृत्यु भयो। यो राज्यमा कोरोनाका कारण भएको तेस्रो मृत्यु थियो। अब भारतमा मृत्यु हुनेको संख्या १६ पुगेको छ।

मेघालयमा ७ महिनापछि २ जना नयाँ कोरोना सङ्क्रमित भेटिएका छन् । मिजोरममा २ जनामा ​​सङ्क्रमण पोजेटिभ देखिएको छ। स्वास्थ्य विभागका अधिकारीहरूले राज्यमा पछिल्लो पटक यस्तो केस रिपोर्ट भएको ७ महिनापछि कोभिडका केसहरू फेला परेको बताएका छन्। मिजोरममा कोभिड–१९ को अन्तिम केस अक्टोबर २०२४ मा रिपोर्ट गरिएको थियो।

भारतका धेरै राज्यहरूमा कोरोना सङ्क्रमण वृद्धि भइरहेको बेला, त्यहाँ चार नयाँ भेरियन्टहरू फेला परेका छन्। दक्षिण र पश्चिम भारतबाट क्रमबद्ध गरिएका भेरियन्टहरू एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ शृंखलाका भएको बताए। नयाँ भेरियन्टहरू पत्ता लगाउन अन्य ठाउँहरूबाट नमूनाहरू लिइँदैछ र अनुक्रमण गरिँदैछ।

यद्यपि डाक्टरहरू सङ्क्रमितको अवस्था धेरै गम्भीर नरहेकाले मानिसहरूले चिन्ता लिनु नपर्ने तर सतर्क भने रहनु पर्ने बताएका छन्। विश्व स्वास्थ्य संगठनले पनि यसलाई चिन्ताको विषय मानेको छैन। यद्यपि, यसलाई निगरानीमा रहेको भेरियन्टको रूपमा वर्गीकृत गरिएको छ। चीन लगायत अन्य एसियाली देशहरूमा कोभिडको बढ्दो केसहरूमा पनि यी भेरियन्ट देखिँदैछ। –एजेन्सी

Widow of Sherpa climber fulfilled her husband’s dream and is now making a new life

Dirgha Raj Upadhyay in Colorado

While Nepal marked Mt Everest Day on 29 May, on the other side of the planet in the US state of Colorado dozens of Nepalis who have climbed the world’s highest peak multiple times were busy working as chefs and Uber drivers.

Among them is Nima Doma Sherpa, who climbed Mt Everest in 2019 after her husband Tshering Wangchu was among 16 crushed by an avalanche on the Khumbu Icefall five years earlier.

A large serac broke off the West Shoulder of Mt Everest and fell directly on a group of porters and guides making their way up the Icefall at 5,800m. Their bodies were flown by helicopter to Khumjung where Tshering Wangchu was born. He was excited about climbing Mt Everest for the first time.

In Khumjung, Nima Doma felt like her own life had also ended. This was the kind of news Sherpa wives, mothers and sisters dreaded every mountaineering season.

She stayed home for more than two years grieving, but ultimately gathered up all her emotional strength to take care of her 6-year-old son and 3-year-old daughter.

Nima had grown up in Khumjung hearing tales of adventure on the mountains from their father, Ang Chubi Sherpa who had climbed Everest in 1993. He used to bring her and her sisters and brother European chocolates after every expedition, and used to tell them that the chocolate bars grew on the mountains.

“It was only after we got older did we realise that he told us that chocolates grew in the mountains so we would not worry about him putting himself in harm’s way,” Nima Doma recalled with a faraway look at her home in Boulder this week.

Nima went to the school that Edmund Hillary opened in Khumjung till Grade 8, and then dropped out to help in the kitchen and tend yaks. She was married off to Tshering Wangchu, who was also a high altitude guide.

When Tshering went on expeditions, Nima also started working as a porter from Namche to Base Camp. It was perhaps her father’s tales of mountains of chocolates that had always attracted her to the peaks.

After her husband was killed ten years ago this month, being a widow with children was not easy for Nima Doma. But she was not alone: there were at least 200 single mothers in the Khumbu, and 20 of them just in Khumjung whose husbands had been killed in mountaineering accidents.

Some were not even 20 years old, and had children growing up without fathers. But there were also women in the 50s whose husbands had been killed in the 1980s.

Nima found sponsors for her children’s education, and moved to Kathmandu. In the capital, Sherpa widows used to meet to help each other. Some of them had joined the Nepal Mountaineering Association (NMA) training for rock and ice climbing.

“I decided that it was no use sitting home and crying anymore, after meeting other single mothers I felt less alone,” remembers Nima, who joined the Juniper Foundation and enrolled in an NMA training camp in Manang.

There she climbed Chulu East (6,584m) and met Furadiki Sherpa, whose rope-fixing husband had also been killed on Everest in 2013. They set themselves the goal of climbing Everest one day, and started a fund-raising drive.

Everest summiteers find new life in the US

“We decided we had to overcome society’s stigma of widowhood and prove that women could also climb mountains,” Nima said, adding that she was inspired by Nepal’s first woman Everest summiteer Pasang Lhamu Sherpa, who died during her descent in 1993.

Nima Doma and Furdiki climbed the technically-difficult Ama Dablam (6,812m) and then arrived at Everest Base Camp in April 2019 as part of their Two Widows Expedition with the motto, ‘So Can We’.

While climbing up the Icefall Nima passed the spot where her husband had been killed. It was a jumble of constantly-shifting ice blocks bigger than houses. She closed her eyes and said a prayer.

“I remember thinking, this is so difficult and dangerous. This is what my husband had to do to support our family,” Nima Doma said. “I was determined to fulfil my husband’s dream of climbing Chomolungma, and to prove to ourselves that we two women could do it.”

It was 23 May 2019 when Nima and Furdiki stepped on the summit and looked over into Tibet, and down at Tengboche Monastery to the south.

Everest summiteers find new life in the US

Nima Doma hugged Furdiki, took off her mask and wept. But for the first time in five years, it was not from grief but relief — relief for being free of all the sadness and sacrifices and for fulfilling her husband’s dream. They had found life after death.

“I felt this immense joy to be on top of the world, it was indescribable,” Nima Doma said, “I have wept only twice in my life. Once when my husband died, and once there on top of Everest.”

The tears had frozen on Nima Doma’s cheeks, as she and Furdiki headed back down the mountain.

सुदूरपश्चिमको नीति तथा कार्यक्रम : ‘सीएम एक्सन रुम’ देखि ‘एक जिल्ला एक क्रिकेट मैदानसम्म’

सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विगतमा झैं थुप्रै आकर्षक नारा तथा अभियानका कार्यक्रमहरु उल्लेख गरिएका छन् ।

उद्यम विकासअन्तर्गत ‘एक जिल्ला–एक उद्यम’, ‘गरौं उत्पादन–राखौं पहिचान’, ‘एक स्थानीय तह–दुई उत्पादन’ लगायतका नारा दिइएको छ । कृषि क्षेत्रअन्तर्गत कृषकलाई टेवा–घरदैलोमा प्राविधिक सेवा, पशुपक्षी पूर्ण खोप प्रदेश अभियान राखिएको छ । पर्यटन क्षेत्रको विकास कार्यक्रममा ‘पर्यटन पूर्वाधार–समृद्ध प्रदेशको आधार’, ‘बाकावीर पर्यटन प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गर्ने भनिएको छ ।

वन क्षेत्रतर्फ ‘सामुदायिक वन–प्रदेशको धन’ नारा दिइएको छ । स्वास्थ्य क्षेत्रमा ‘मुख्यमन्त्री स्वास्थ्य सुधार तथा पोषण सुरक्षा कार्यक्रम’, ‘स्वास्थ्यमा प्रविधि–समृद्धिमा गति’, ‘सबै आमाको हक–सुरक्षित गर्भ र सुरक्षित जीवन’, ‘प्रदेशको समृद्धिका लागि स्वस्थ नागरिक’, ‘एक घण्टा–आफ्नै लागि’, ‘स्वस्थ बालबालिका’, ‘सबल नारी र सम्मानित जेष्ठ नागरिक–सुदूरपश्चिमको प्रतिबद्धता’ लगायतका नारा नीति तथा कार्यक्रममा राखिएको छ ।

सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षमा प्रदेश लगानी तथा विकास सम्मेलन आयोजना गर्ने भनेको छ । मुख्यमन्त्री गरिबी निवारण तथा लघुउद्यम कार्यक्रम, प्रदेशमा पनि स्टार्टअप कार्यक्रम, कैलालीको डुडेझारीमा प्रदेशस्तरको आद्योगिक क्षेत्र स्थापनाका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ । विगतमा झैं कृषकलाई कृषि कर्जाका ब्याजमा अनुदान तथा कृषकलाई विभिन्न अनुदान उपलब्ध गराउने कार्यक्रम प्रस्तुत नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रदेश सरकारको एक सय वटा उच्च प्रतिफलयुक्त आयोजना छनोट गरी कार्यान्वयन गर्ने तथा प्रदेश गौरवका आयोजना र बहुवर्षीय आयोजनालाई प्राथमकिता दिएर कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेशका गौरवका आयोजनाको निगरानी गर्न सीएम ‘एक्सन रुम’ स्थापना गर्ने भनिएको छ ।

शिक्षाअन्तर्गत कैलालीको टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालन गर्ने, बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालन गर्ने, नौ वटै जिल्लामा एक/एक नमुना क्याम्पस सञ्चालन गर्ने भनिएको छ । जयपृथ्वीबहादुर सिंह शैक्षिक पूर्वाधार विकास तथा विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रमअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रका एउटा माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउने भनिएको छ ।

यस्तै, स्नातक र स्नातकोत्तर तह पूरा गर्ने चरणमा रहेका इच्छुक विद्यार्थीलाई इन्टर्नसिप र स्वयंसेवकका रूपमा परिचालन भनिएको छ । खेल क्षेत्रअन्तर्गत प्रदेश खेलकुद नीति बनाएर उत्कृष्ट खेलाडीलाई सम्मान र प्रोत्साहन गर्ने, ‘एक जिल्ला, एक क्रिकेट मैदान’ निर्माण गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा उल्लेख छ । स्वस्थ बालबालिका, सबल नारी र सम्मानित जेष्ठ नागरिक दशक कार्यक्रम (०८२–०९२) सञ्चालन गर्ने भनिएको छ ।

यस्तै, अघिल्ला वर्षजस्तै सुदूरपश्चिम प्रदेशको राजधानीमा पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाइने विषय पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । प्रदेशको समृद्धिका लागि स्वस्थ नागरिक नारा दिएर स्वास्थ्य क्षेत्र सुधारका कार्यक्रम राखिएको छ ।

डडेलधुराको जोगबुढा, दार्चुलाको गोकुलेश्वर, कञ्चनपुरको बेलौरीलगायतका अस्पताललाई प्रदेशस्तरको बनाउने, अछामको बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन प्रदेश सरकारमातहत ल्याउन कानुनी प्रबन्ध गरी प्रदेशस्तरको अस्पताल रूपमा सञ्चालन गर्ने भनिएको छ ।

आफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा राखेर उपचार

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ । उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका एक चिकित्सकका अनुसार आलमलाई आईसीयूमा भर्ना गरेर उपचार सुरु गरिएको छ । परिवारले बिहान साढे १० बजे नै आलमलाई अस्पताल पुर्‍याएको थियो ।  ती चिकित्सकका अनुसार बिहान सात बजेतिर आलमलाई मस्तिष्कघात भएको थियो ।

‘उहाँ अस्पताल आइपुग्दा बोली लरबरिएको थियो भने दाहिने हर कमजोर अवस्थामा थियो,’ ती चिकित्सकले भने । त्यसपछि एमआरआई गरेर हेर्दा एक्युट स्ट्रोक देखिएको थियो ।

‘अहिले औषधि चलाएर आईसीयूमा राखेर उपचार गरिरहेका छौं,’ उपचारमा समंलग्न ती चिकित्सकले भने । ती चिकित्सकका अनुसार अलामले मधुमेह, उच्चरक्तचापको औषधि समेत सेवन गर्दै आइरहेका छन् ।

बम विस्फोटका घाइतेहरूलाई ज्युँदै इँटाभट्टामा जलाएर मारेको अभियोगमा जिल्लाबाट दोषी करार भएका नेपाली कांग्रेसका पूर्वसांसद आलमसहित चार जनालाई बुधबार उच्च अदालतको वीरगञ्ज इजलासले  ज्यान मुद्दामा सफाइ दिएको थियो ।

२०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौटहटमा विस्फोट भएको थियो । कांग्रेस उम्मेदवार आलमको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो ।


सगरमाथाको चुचुरोमा नथामिएका निमाका आँशु

दीर्घराज उपाध्याय ।

कोलोराडो, ३० मे ।
१८ अप्रिल २०१४ को बिहान करीव ६ बजेर ३० मिनेट जाँदा सगरमाथाको चुचुरोमा उक्लिदै गरेको १६ जना आरोहीको टोली १९ हजार फिटस्थित ‘खुम्बु आइसफल’ ले पुरियो । सगरमाथाकै काख खुम्जुङमा जन्मिएका छिरिङ ओङ्चु त्यही हिमपहिरोमा अस्ताए ।

पहिलो पटक सगरमाथा उक्लिन हिडेका छिरिङको शव त्यही साँझ हेलिकोप्टरले पासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको आगनमा पु¥याएर फर्किदा उनकी पत्नी निमा डोमाले सोचिन, जीवन सकियो । तीन वर्षीया छोरी र छ वर्षीय छोरा टुहुरा भए । डोमा सहारा विहीन । त्यसपछिका दुई वर्ष घर बाहिर निस्किईनन । रोएर बिताईन ।

सगरमाथाको इतिहासमा यति धेरै मानिसको ज्यान लिने त्यो सबैभन्दा ठूलो दुर्घटना थियो । शेर्पाहरुको बाँच्ने आधार बनेको त्यही सगरमाथाले निमाको भने बाँच्ने आधार खोसेको थियो ।

विदेशीलाई जोगाएर आफू मृत्युको शिकार भएका पथप्रदर्शक शेर्पाहरु सगरमाथाको पश्चिमी भागबाट टुक्रिएको बरफका ठूला टुक्राहरुमा पुरिएका थिए । ती बरफका टुक्राहरु ३४.५ मिटरसम्म बाक्लो र १४.३ किलोग्रामसम्म तौल भएका थिए ।

दुई दिदी र एक दाईकी कान्छी बहिनी निमा सगरमाथा सुन्दै हुर्किईन । बुवा आङ्छुवी शेर्पा भरिया, पथप्रदर्शक हुदै सगरमाथा आरोही भए । बुवाले फर्किदा चकलेट ल्याउथे । बुवा सगरमाथा आरोहणका कुरा गर्थे । उनलाई सगरमाथा आरोहणका कुरा भन्दा चकलेटले खुशी दिन्थ्यो ।

एड्मण्ड हिलारी स्कुलमा ८ कक्षा पढेपछि उनले स्कुल जान पाईनन् । स्कुल छुटेपछि २००५ मा उनी छिरिङ ओङ्चुसंग बैबाहिक बन्धनमा बाधिईन । टे«किङ पेशाका ओङ्चु महिनौपछि घर फर्किन्थे । उनी भान्सा, चुलोचौको र खेतबारीमा व्यस्त हुन्थिन् ।

भनिन्छ, सगरमाथा आरोहण नगर्ने के शेर्पा ?

उनका बुवा आङ्छुवी शेर्पाले १९९३ मा सगरमाथा आरोहण गरिसकेका थिए । उनका पति ओङ्चुले ससुरा आङ्छुवीको पद्चाप पछ्याए ।

सगरमाथामाथि बिजय हात पार्न घरबाट विदावारी भएर निस्किएका उनका पति १८ अप्रिल २०१४ को विहान सूर्योदय नहुदै हिउँमा अस्ताए । ओङ्चुको सगरमाथाको टाकुरामा टेक्ने सपना र जीवन हिमपहिरोमा अस्ताएको त्यो उनको जीवनको कालो दिन थियो ।

विद्यालयको विदामा उनी भरिया भएर नाम्चे पुग्थिन । बुवाले हिमालबाट फर्किदा ल्याउने चकलेटले लोभ्याएर निमामा थाहै नपाई भरिया हुने रहर पलाएको थियो । हिमाल हेरेर धीत नमर्ने शेर्पाहरुको दिमागमा सगरमाथा टेक्ने भूत सवार हुन्थ्यो । तर शेर्पा महिला त्यसमाथि एकल महिलाहरुका लागि सगरमाथा टेक्ने सपना दुरुह थियो । निमा तिनै मध्ये एक थिईन ।

पासाङ ल्हामु गाउँपालिकामा मात्र सगरमाथाले सहारा खोसेका उनी जस्तै २०० एकल महिला थिए । खुम्जुङ गाउँमा ३० जना भन्दा बढि थिए । १८/१९ वर्षको उमेरमा एकल भएका महिलाहरु झै गर्भमै टुहुरा भएका बालबालिकाहरु थुप्रै थिए । ५० वर्षभन्दा माथिको उमेर समूहका महिलाहरुलाई पनि सगरमाथाले एकल बनाएको थियो ।

छोराछोरीलाई पढाउने स्पोन्सर भेटिएपछि उनी दुई वर्षपछि २०१६ मा काठमाण्डौं पुगिन । त्यही बेला काठमाण्डौंमा एकल महिलाहरुको भेला भयो । भेलामा ३० जना सहभागी थिए । संयोजन गर्ने व्यक्ति थिए, कर्मा दाइ ।  उनलाई आङ छिरिङ लामाले सगरमाथा चढ्न हौसला दिए । उनको संस्था आङ हिमालयनले टे«किङ तथा पर्यटनका क्षेत्रमा काम गथ्र्यो ।

भेलापछि उनलाई लाग्यो, अव रोएर बस्न हुदैन । एकल म मात्र होईन रहेछु ।

उनी ४५ दिने आरोहण तालिममा सहभागी भईन । तालिम दिने संस्था थियो, नेपाल पर्वतारोहण संघ । तालिमले उनको हौसला बढायो । उनी जुनिपर फण्डसंग जोडिईन । शेर्पाका एकल महिलाहरुलाई पर्वतारोहणको तालिम र आरोहणमा जुनिपर फाउण्डेसनले सहयोग गर्दै आएको छ । निमालाई पनि जुनिपरले सहयोग गरेको हो ।

उनले पहिलो पटक ६५८४ मिटर अग्लो चुलु ईष्ट हिमाल चढिन् । त्यसपछि उनले सगरमाथा चढ्ने अठोट गरिन । तर उनीसंग सगरमाथा चढ्न पैसा थिएन । उनीसंगै कस्सिईन्, फुरा दिकी ।

उनी काठमाण्डौंबाट खुम्जुङ गईन । आर्थिक सहयोगका लागि महिला समूह गुहारिन । देउँसी र भैली खेलिन । संघसंस्था र आफन्तका अगाडि हात फैलाईन । सबैले गच्छे अनुसार सहयोग गरे । जहाँ ईच्छा,त्यहाँ उपाय । केही समयमै पैसा जुट्यो । त्यसपछि उनी हानिईन, सगरमाथा तर्फ ।

त्यो सगरमाथा, जसले उनको आड, भरोसा, सहारा सबैको खोसेको थिए । जसले अधुरो बनाएको थियो, उनका श्रीमानको टाकुरामा टेक्ने सपना ।

उनी केही दिनमा सगरमाथाको आधार शिविर पुगिन् । र, त्यहाँ केही दिन अभ्यास गरिन् । सगरमाथाको चुचुरो चुम्ने लक्ष्य सहित अघि बढ्नु अघि आधार शिविरमा आफ्ना लुगाहरु प्याक गरिन । चाहिने जति लुगा मात्र लिएर अघि बढ्नि ।  उनले मनमनै सोचिन, सगरमाथाबाट लाश आएपनि छोराछोरीले सुरक्षित रुपमा सामान पाउन ।

उनी हिउँ छिचोल्दै अघि बढ्दै गईन । कही डोरीको सहाराले उक्लिन्थिन । हिउँको कठिन र जोखिमपूर्ण पहिरो उस्तै थियो । त्यसमा ज्यान जाने डर उस्तै । उनी त्यसरी अघि बढ्दै गर्दा सोच्थिन्, श्रीमानले कति दुःख गरेर परिवार पालेका रहेछन् । त्यो सम्झिदा उनी भक्कानिन्थिन् । आँखाबाट आँशु बर्बरती खसिरहदा उनी मनलाई भने दरो बनाउदै अघि बढ्थिन ।

पासाङ ल्हामुले सन्देश दिईसकेकी थिईन्, महिलाहरु पनि हिमाल चढ्न सक्छन् । समाजलाई निमाले थप सन्देश दिनु थियो–एकल महिलाहरु पनि हिमाल चढ्न सक्छन् ।

उनीसंग श्रीमानको अधुरो सपना पुरा गर्ने अर्को दृढ अठोट थियो । श्रीमानले टेकेका ठाउँहरु सम्झिदा उनी रुन्थिन । पहिरोमा पुरिएर जहाँ उनका श्रीमानको मृत्यु भएको थियो, त्यहाँ पुगेपछि त उनले आफूलाई सम्हाल्न सकिनन् । उनी त्यहाँ निकै बेर रोईन । श्रीमानको मृत्यु कति पीडादायी भयो होला ? उनले सास फेर्न पाए होलान कि नाई ? श्रीमानले उद्दारका लागि गुहार मागिरहदा कसैले उनको आवाज सुन्यो होला कि नाई ? कति छटपटिए होलान मृत्यु अघि ? यस्ता थुप्रै प्रश्नहरु उनीभित्र ज्वाराभाटा झै उठेका थिए, त्यो कठ्यांग्रिदो हिउँको चिसोमा ।

बुवाले हिमाल चढेर ल्याएको चकलेट उनलाई झलझली याद आउथ्यो । त्यो बालापन, जतिबेला उनी सोच्थिन्, हिमालमा चकलेट टिप्न पाईन्छ । बाबाले भन्थे, मैले छोरीका लागि हिमालबाट चकलेट टिपेर ल्याएको हूँ ।

उनी त्यहाँ चकलेट खोज्थिन् । तर कहाँ चकलेट भेटिनु ? त्यहाँ आरोहीले छोडेका प्लाष्टिक र खानेकुराका खोष्टा मात्र थिए । त्यतिबेला मात्र थाह पाईन, बुवाले हिमाल चढ्न छोरीले नरोकोस भनेर सधै झुट बोलिरहे । श्रीमान र बुवाले बेहोरेको हिमाल आरोहणको पीडादायी र कष्टकर यात्रा उनले आफैले भोगीरहेकी थिईन् । उनी रोकिईनन । अघि बढिरहिन ।

२३ मे २०१९ मा उनले सगरमाथाको चुचुरोमा पाईला टेकिन । सारा दुःख, कष्ट र पीडा बिर्सिएर उनी खुशीले रोईन । धीत नमरुञ्जेल रोईन । उनीसंगै रोईन, फुरा दिकी । दुई एकल महिलाले शेर्पाको पोशाकमा एकसाथ सगरमाथा चढेर पहिलो पटक ईतिहास रचेको दिन थियो त्यो । आफूलाई अभागी ठान्ने निमाले आफूलाई भाग्यमानी ठानेको दिन थियो त्यो । सधै पीडा, बेदना र पती बियोगमा आँशु बगाएकी निमाका आँखाहरु फेरि एक पटक निथ्रुक भिजेका थिए ।
उनी चिच्याईन । कराईन । र, रोईरहिन डाको छोडेर ।

सगरमाथाको टाकुरामा चढेको त्यो पल सम्झिदै उनले सुनाईन, म जीवनमा दुई पटक निकै रोए । पहिलो पटक श्रीमानको मृत्युमा । दोस्रो पटक श्रीमानको अधुरो सपना पुरा गरेको दिन ।

पीडा, अभाव, बियोगले थिचिएकी निमाले सगरमाथामाथि बिजय हात पारेको त्यो दिन उनी जिन्दगीमा कहिल्यै बिर्सिन सक्दिनन् । त्यो दिन म कसरी बिर्सिन सक्छु ? जुन दिन म सबै पीडा बिर्सिएर खुशीमा रोएकी थिए, भन्छिन्, सधै मेरो पीडा सगरमाथा भन्दा अग्लो थियो । सगरमाथा त्यो दिन मेरो पैताला मुनी थियो ।

हो, सगरमाथा त्यो दिन म भन्दा होचो थियो, छ वर्षपछि उनी यो भनिरहदा उनका आँखामा आँशु उसैगरी बगिरहेका थिए, सगरमाथाको चुचुरो चुमेको दिन उनका आँखाबाट त्यसैगरी आँशु बगिरहेको थियो ।

जीवन र मृत्युको दोसाँधमा ५२ दिन विताएर उनी घर फर्किन । घर पुग्दा सगरमाथा आरोहण गर्ने श्रीमानको अधुरो सपना पुरा गरेकोमा अत्यन्त खुशी थिईन् ।

सगरमाथापछि उनले अन्य थुप्रै हिमालहरुको सफल आरोहण गरिन । धीत कहिल्यै नमर्ने गरी आफू भित्र प्रगाढ भएको आरोहणको नशालाई नेपालमै छोडेर अमेरिका हानिने निमाले कहिल्यै सोचेकी थिईनन् ।

४० वर्षको उमेरमा उनी एसएलसी दिएका छोरा पेम्बा छेतेन र ९ कक्षामा अध्ययनरत छोरी निमा याङ्जीको सुखद भविश्यको चिन्ताले सबैचिज छोडेर अमेरिका पुगेकी छन् ।

छोराछोरी उनलाई हिमाल नचढ्न आग्रह गर्थे । छोराछोरी भन्थे, बुवा हिमालमै बित्नुभयो । तपाई पनि बिते हाम्रो अवस्था कस्तो होला ?

हिमाल चढेपछि धेरै पैसा पाईन्छ, उनी सम्झाउथिन्, त्यही पैसाले तिमीहरुलाई पढाउनेछु ।
उनी सगरमाथा चढेर फकिईन । तर आर्थिक अभाव उस्तै रह्यो ।

सगरमाथापछि उनी माउण्ट आमादब्लम, चोलात्से, आईसल्याण्ड र लोबुजे पीक चढिन।

सगरमाथाको काख र उसको त्यो अटुट प्रेम खुम्जुङमै छोडेर अमेरिका पुगेकी निमाले धमिलो साँझमा कोलोराडोको शेर्पा हाउसमा भएको भेटमा भनिन्, यतिबेला छोराछोरीकै लागि यहाँ छु । समयसंगै गन्तव्य, सपना र बाटो परिवर्तन हुदो रहेछ । मेरो हकमा पनि त्यही भयो ।

अमेरिकाका लागि निमालाई युएस शेर्पा ब्राण्डले स्पोन्सर गरेको हो । अमेरिकाबाट फर्केर बाँकी जीवन नेपालमै पर्वतारोहणमै बिताउने चाहना बताउन पनि उनी चुकिनन् ।

जेठाजु ओङगेल शेर्पाको लुगाको कम्पनी छ, युएस शेर्पा । निमा त्यही ब्राण्डको एम्बेसडर हुन्  । त्यही ब्राण्डको निमन्त्रणामा उनी पहिलो पटक २०२२ मा अमेरिका आईन् । केही महिनापछि उनी नेपाल फर्किईन । त्यसको केही समयपछि स्पोन्सरको निमन्त्रणामा स्पेन पुगिन । दुई महिनापछि त्यहाँबाट पनि फर्किईन ।

लडाईमा मारिने सिपाहीलाई सरकारले शहीद घोषणा गर्छ । उसको परिवारलाई राहत, क्षतिपूर्ति र आजीवन पेन्शन दिन्छ, उनले आफूभित्र दबिएका थुप्रै प्रश्नहरु एक साथ ओकेलिन्, देशका लागि मर्ने आरोही र पथप्रदर्शक शेर्पाको जिन्दगीको के कुनै मूल्य छैन् ? उनीहरुलाई राज्यले सम्मान गर्न पर्दैन ? उनीहरुका परिवारलाई राहत, क्षतिपूर्ति र पेन्शन दिनु पर्दैन ?

सगरमाथा चिनाउने शेर्पाहरु देश किन छोडिरहेका छन्, सरकारले कहिले सोधीखोजी गर्ला ? उनले छुट्टिदा अन्तिम प्रश्न गरिन् ।

प्रदेश राजधानीमा छैन उच्च अदालत

कैलाली : न्याय प्रशासन ऐन, २०७३ को दफा १ मा प्रत्येक प्रदेशको राजधानीमा उच्च अदालत रहने व्यवस्था छ । तर गोदावरीलाई सुदूरपश्चिम प्रदेशको राजधानी तोकेको ६ वर्ष बितिसक्दा पनि सरकारले उच्च अदालत दिपायललाई कैलाली सार्ने कुनै सुरसार छैन।

यहाँका न्याय उपभोक्तालाई मार परेको भन्दै कानुन व्यवसायी र सरोकारवालाहरू उच्चलाई प्रदेश राजधानी कैलालीमा सार्न माग गरेका छन्।

संविधानको धारा २८८ को उपधारा २ मा प्रदेशको राजधानी नतोकिएसम्मका लागि सरकारले न्याय परिषद्को परामर्शमा तोकेको ठाउँमा उच्च अदालत रहने उल्लेख छ। सुदुरपश्चिमाञ्ल विकास क्षेत्र रहँदाको पुनरावेदन अदालतलाई सरकारले उच्च अदालत दिपायलमा परिणत गर्दा सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको थिएन।

तर, प्रदेश सभाले गोदावरीलाई राजधानी तोकेको लामो समय बितिसक्दा पनि यो विषयमा सरकार मौन छ । अन्य जिल्लाको तुलनामा ७० देखि ८० प्रतिशत मुद्दा कैलाली मै आउने गरेको कानुन व्यवसायीहरूको बत्ताउँछन् । मुद्दाको चापलाई हेरेर उच्चलाई छिटो भन्दा छिटो कैलाली सार्नुपर्ने उनीहरूको माग छ । जिल्ला अदालतबाट किनारा नलागेका मुद्दा दिपायल पठाउँदा सेवाग्राहीहरू आर्थिक र मानसिक दोहोरो मारमा पर्ने गरेका छन् ।

वषौ सम्म मुद्दा लड्नुपर्ने, बहस गर्न वकिललाई गाडी बुक गरेर दिपायल लग्नुपर्ने, बस्न खान र वकिल फिस लगायतमा लाखौँ खर्च आउने गरेको नाम नखुलाउने सर्तमा कैलालीका एक व्यक्तिले बताए । उनले ४ वर्ष मुद्दा लडेपछि उच्च अदालत दिपायलबाट सफाइ पाएका थिए । त्यो समयमा आफ्नो लाखौँ रुपैयाँ खर्च भएको उनी बताउँछन्।

नेपाल बार एसोसिएसन कैलालीका अध्यक्ष इन्द्र प्रसाद लेखक कानुनतःउच्च अदालत कैलालीमा हुनु पर्ने बत्ताउँछन् । ‘न्यायमा सहज पहुँच भनिन्छ । के कैलालीका नागरिकले लाखौँ खर्च गरेर न्यायका लागि डोटी धाउनु सहज न्यायमा पहुँच हो त ?’ लेखकले प्रश्न गरे ।

न्याय सम्पादनलाई सहज र सरल बनाउन उच्च अदालतलाई कैलालीमा राख्न पहल गरिदिन भन्दै कानुन व्यवसायीहरूले निवर्तमान मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर आग्रह गरेका थिए । त्यसपछि अहिले सम्म भएका मुख्यमन्त्री, कानुमन्त्रीहरुलाई पटक पटक ध्यानाकर्षण गरे पनि कसैले गम्भीरता पूर्वक कसैले नलिएको लेखकको गुनासो छ । कानुन व्यवसायीहरूले उच्च अदालतलाई कैलालीमा सार्न पटक पटक दबाब दिए पनि सरकारले भने आवश्यक प्रक्रिया चालेको छैन ।

उच्चलाई दिपायलबाट कैलाली सार्दा पहाडी जिल्लाका नागरिकलाई समस्या पर्ने भएकाले उच्चको इजलास डोटीमा राख्नु पर्ने लेखकको सुझाव छ । यही कुरा उच्च अदालत दिपायलका सूचना अधिकारी नर बहादुर नेगी बताउँछन् । आवश्यकता अनुसार उच्च अदालत सार्ने अधिकार सर्वोच्च र सरकारलाई रहेको बताउँदै प्रदेश राजधानीमा उच्च अदालत सरे पनि डोटीमा इजलास हुन पर्ने उनको भनाइ छ ।

‘कैलाली कञ्चनपुरका जनताले टाढा भयो भनेर गुनासो गरे जस्तै अछाम, बझाङ, बाजुराका नागरिकलाई कैलाली पायक पर्दैन,’ नेगी भन्छन्, ‘संविधान अनुसार उच्च कैलाली सरे पनि दिपायलमा इजलास राख्नु पर्छ । ’ कैलाली, कञ्चनपुर, बैतडी र डडेल्धुराकालागी उच्च अदालत दिपायलले महेन्द्रनगरमा इजलास राखेको छ । त्यसै गरी डोटी, अछाम, बझाङ, बाजुरा र दार्चुलाका मुद्धाहरु दिपायलमै जाने गर्छन् । उच्च अदालत राजधानीमा सारेपछि महेन्द्रनगर इजलासको आवश्यकता नपर्ने सुचनाअधिकारी नेगी बताउँछन् ।

यता आन्तरिक मामिला तथा कानु नमन्त्री हिरा सार्कीलाई उच्च अदालत सार्नेबारे मन्त्रालयको धारणा के छ भन्ने प्रश्न गर्दा ‘केही पनि धारण छैन’ भन्ने जवाफ दिए । उनले तोकिएको क्षेत्रमा राजधानी बनाउन नसकेको प्रदेश सरकारले अदालत सार्ने बारे कुनै निर्णय नगरेको जानकारी दिए ।

विकल्पको रूपमा भर्चुअल माध्यम

नेपाल बार एसोसिएसन कैलालीको पहलमा हाल उच्च अदालतमा पुगेका केही मुद्दाहरूको सुनुवाइ भर्चुअल माध्यमबाट कैलालीमै हुने गरेको छ । भौतिक रूपमा उच्च अदालत टाढा रहेकाले सेवाग्राहीलाई केही सहज बनाउन विकल्पका रूपमा प्रविधिको प्रयोग गरेको बार एसोसिएसन कैलालीका अध्यक्ष इन्द्र प्रसाद लेखक बताउँछन् ।

भर्चुअल मार्फत वकालत गर्ने अधिवक्ता र सेवाग्राहीले जिल्ला अदालत कैलालीमा उपस्थित भई उच्च अदालतका पेशीहरूमा सहभागी हुने गर्छन् । उच्च अदालत दिपायलमा रहेका न्यायधिसहरुले कैलालीका अधिकांश मुद्दालाई भर्चुअलबाटै सुनवाइ गर्ने गरेका छन् । पेशी परेको दिन ८ देखि १० वटा मुद्दा सम्मको सुनवाइ र फैसला पनि भर्चुअलबाटै हुने गरेको छ ।

प्रविधिले गर्दा केही मात्रामा सहयोग पुगे पनि भौतिक रूपमै उच्च अदालत भएको जस्तो प्रभावकारी नहुने लेखक बत्ताउँछन् । ‘प्राविक कुरा त भइहाल्यो कहिले उपकरणहरू बिग्रिन्छ कहिले नेटको समस्या हुन्छ । भौतिक रूपमा अदालत जस्तो प्रभावकारी त हुँदैन,’लेखक भन्छन्, ‘तर पनि सेवाग्राहीलाई सकिने जति सेवा यतैबाट दिने प्रयास गरेका छौ ।’

भर्चुअल सेवा लिएबापत सेवाग्राहीले प्रत्येक पेशीको १ हजार रुपैयाँ तिर्ने गरेका छन् । यो रकमबाट एक जना प्राविधिक कर्मचारी राखेको बार एसोसिएसन कैलालीले जानकारी दिएको छ ।

भारतीय राजदूतद्वारा रासस सेवाबारे जानकारी

काठमाडौँ, १६ जेठः नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रिय समाचार समिति ९रासस० सेवाबारे जानकारी लिएका छन।

राजदूत श्रीवास्तवले राससद्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीका साथै रासस मिडिया सङ्ग्रहालय तथा रासस मिडिया सङ्ग्रहालयको अवलोकन गरेर रासस सेवाबारे जानकारी लिएका हुन।

राजदूत श्रीवास्तवलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले स्वागत गर्दै प्रदर्शित तस्बिरहरुको सङ्क्षिप्त रुपमा व्याख्या गरेका थिए । उनले रासस मिडिया सङ्ग्रहालय, समाचार सङ्कलन र समाचार सम्पादन शाखा, समाचार बुलेटिनका साथै राससको समाचार सेवाबारे अवगत गराए ।

त्यसैगरी, राजदूत श्रीवास्तवले मिडिया सङ्ग्रहालयका सामग्री एवं उपकरणको अभिरुचिपूर्वक जानकारी लिनुभएको थियो । राससको फोटो प्रदर्शनीले आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । राजदूत श्रीवास्तवले राससमा पहिलो पटक आएर महत्वपूर्ण तस्बिर प्रदर्शनी तथा राससका विविध सेवाका बारेमा जानकारी लिन पाउँदा खुसी लागेको बताए । गणतन्त्र दिवस २०८२ को सन्दर्भमा राससले केन्द्रीय कार्यालयमा यही जेठ ११ गतेदेखि फोटो प्रदर्शनी आयोजना गरेको हो ।

बढ्यो अण्डाको मूल्य

काठमाडौं- नेपाली बजारमा अण्डाको मूल्य बढाइएको छ । नेपाल लेयर्स कुखुरा पालक संघ चितवनबाट लोड भएर देशभर जाने अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँसम्म बढाउने निर्णय गरेको हो ।

त्यसैगरी चितवनबाट लोड भइ देशैभरीको अण्डा बिक्री डिपोमा पुर्‍याउँदा लाग्ने भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ थप लाग्नेछ । यही अनुरुप हाल बजारमा पाउँदै आएको अण्डाको मूल्य बढ्ने उनले बताए ।

स्विट्जरल्यान्डमा हिमनदी फुट्दा गाउँ पुरियो

एजेन्सी: स्विट्जरल्यान्ड आल्प्सस्थित ब्लाटेन गाउँ बर्च हिमनदीको ठूलो हिस्सा फुट्दा पुरिएको छ। बरफ, ढुंगा र हिलोले गाउँको ९० प्रतिशत भाग पुरिएको हो।

बुधबार लोट्चेन्टल उपत्यकामा रहेको बर्च हिमनदीको पहाडी भागबाट आएको पहिरोले हिमनदी फुटेपछि गाउँका घरहरू समतल भएका छन्। पहिरोले लोन्जा नदी अवरुद्ध भएर बाढीको जोखिम बढाएको छ।

बेलायतको न्यूक्यासल विश्वविद्यालयका हिमनदी विज्ञानका प्राध्यापक बेथान डेभिसले भने, ‘गत हप्ता हिमनदीको पहाड अस्थिर थियो, लाखौँ पाउन्ड चट्टान खसेको थियो।’ ‘धेरै दरारहरू बने, जुन बरफमा तनावको संकेत हो,’ उनले थपे।

आपतकालीन टोलीले हिमनदी पग्लने क्रम बढेपछि मे १९ मा तीन सय बासिन्दा र पशुहरूलाई सुरक्षित स्थानमा सारेको थियो।

सन् २०२३ मा सिल्भ्रेटा आल्प्समा पनि यस्तै भएको थियो। अमेरिकाको पेन्सिलभेनिया स्टेट युनिभर्सिटीका श्रीधर आनन्दकृष्णनले भन्छन्, ‘हिमनदीको क्षयीकरणले फुट्नेदेखि ताल बनेर विनाश निम्त्याउँछ।’ भविष्यमा यस्ता घटना थप हुने अपेक्षा गरिएकाे छ। ड्रोन र उपग्रह तस्बिरले माटो र भग्नावशेषले भवनहरू ढाकेको देखाउँछ।

एक स्बाथानीय सिन्दाले भने, ‘मैले पहिरोमा सबै गुमाएँ।’ अर्कीले भनिन्, ‘अब यहाँ बस्ती थियो भन्न सकिन्न।’ ‘हामीले गाउँ गुमायौँ, तर हाम्रो मनोबल छ,’ ब्लाटेनका मेयर म्याथियास बेलवाल्डले भने।

जलवायु परिवर्तनले युरोपका हिमनदीमा ठूलो परिवर्तन ल्याइरहेको छ। सन् २०२४ को प्रतिवेदनअनुसार युरोपेली आल्प्सका एक तिहाइ हिमनदी २०५० सम्म हराउनेछन्।

सन् २००० यता स्विट्जरल्यान्डका हिमनदीले ४० प्रतिशत आयतन गुमाएका छन्। २०२२–२०२३ मा १० प्रतिशत बरफ पग्लिएको थियो। स्विस आल्प्समा १९७० यता तापमान ३ डिग्री सेल्सियस बढेको पाइएको छ।

स्विट्जरल्यान्डका हिमनदी सन् २१०० सम्म हराउन सक्ने खतरा छ। हिमनदी पग्लिँदा पानी आपूर्तिमा कमी र समुद्री सतह बढ्न सक्छ। लोन्जा नदी अवरुद्ध भएर बनेको तालले बाँकी भवनहरू डुबाएको छ, र नजिकैका गाउँहरूमा बाढीको जोखिम छ। विश्वको तापमान वृद्धि २ डिग्री सेल्सियसभन्दा कम राखे एक चौथाइ हिमनदी बचाउन सकिन्छ।

एमसीसीबाट आगामी वर्षमा करिब ६ अर्ब अनुदान आउने आश

काठमाडौं । एमसीसीबाट आगामी वर्षमा करिब ६ अर्ब अनुदान आउने आश सरकारले गरेको छ।

सरकारले २०८२/८३ का लागि ल्याएको बजेटमा ५ खर्ब ६८ करोड अनुदान अमेरिकाबाट आउने आस गरेको छ।

उक्त अनुदान सोझै भुक्तानी हुने अपेक्षा गरिएको छ । नेपालले २०७४ सालमै एमसीसी कम्प्याक्ट सम्झौतामा हस्ताक्षर गरेको थियो।तर उक्त सम्झौता नेपालमा निकै विवादित बन्दा २०७८ को फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित संसदले एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन गरेको थियो । त्यसपछि एमसीसीको खास कार्यान्वयन डेढ वर्ष अगाडि सुरु भएको थियो।

अमेरिकी अनुदानअन्तर्गत एमसीसीले नेपालमा विद्युत र सडक पूर्वाधारमा लगानी गरिरहेको थियो।

अमेरिकाको ५०० मिलियन डलर र नेपालको १ सय ९७ मिलियन डलर खर्च गरेर ३०० किलोमिटर विद्युत प्रसारणलाइन र सबस्टेसन निर्माण अनि ७७ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको लक्ष्य राखिएको थियो। डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएपछि यो कार्यक्रम शुरुमा तीन महीना स्थगन भयो।

अहिले पनि एमसीसीको काम अघि बढ्न सकिरहेको छैन । सरकारले सोही अन्योलग्रस्त दातृ निकायबाट अझै पनि अनुदान आउने आश गरेको छ।

गृहमन्त्रीले राजीनामा नदिएसम्म माओवादीले सदन चल्न नदिने

काठमाडौँ – प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद्को अवरोध जारी राख्ने निर्णय गरेको छ ।

खुमलटारमा बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।

हिजो संवैधानिक बाध्यताअनुसार बजेट पेस गर्नको लागि अवरोध नगरेको भए पनि अब बैठक चल्न नदिने माओवादीको निष्कर्ष छ ।

वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन

काठमाडौं :  वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन भएको छ । गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादकसमेत रहेका चालिसेको शुक्रबार ७४ वर्षको उमेरमा निधन भएको हो ।

जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा शुक्रबार बिहान उनको निधन भएको हो।

उनी २०६६ असार १५ देखि २०६७ फागुन अन्तिमसम्म संस्थानको कार्यकारी अध्यक्ष रहेका थिए।  यसैगरी,२०६२ असोज ८ देखि २०६२ पुस १२ सम्म र २०६४ जेठ ३० देखि २०६५ भदौ १६ गतेसम्म  गोरखापत्र दैनिकको कायम मुकायम प्रधान सम्पादक थिए।

पत्रकारिता र साहित्यमा विजय चालिसेको नामबाट परिचित उनको पूरा नाम विजयकुमार चालिसे हो । बेलायतबाट पत्रकारितामा डिप्लोमा गरेका चालिसेले ‘सञ्चारका सिद्धान्त’ नामक पत्रकारिताको पुस्तक पनि प्रकाशन गरेका छन् । गोरखापत्र दैनिक १२५ वर्ष प्रवेशका अवसरमा गएको वैशाख २४ गते आयोजित विशेष समारोहमा उनलाई ५० हजार राशिको रामचन्द्र–इन्द्र पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो ।
वरिष्ठ साहित्यकार रमेश विकलका सुपुत्र विजय चालिसे बाल साहित्यमा सक्रिय एक समर्पित स्रष्टा हुन्।

वि.सं. २००८ असार २२ गते शुक्रबार जोरपार्टी आरुबारी काठमाडौँमा जन्मिएका चालिसे लामो समयदेखि कथाहरू,उपन्यासहरू र नाटकहरूमार्फत बालबालिकालाई केन्द्रमा राखी विविध साहित्यिक विधामा निरन्तर कलम चलाउँदै आएका थिए।

बालकथा लेखनमा उनको उल्लेखनीय योगदान छ। ‘हराएको मूर्ति’ ९२०५६०, ‘किसानबाट शिक्षा’ ९२०५८० र ‘चट्याङ्किको बाँदर’ ९२०५९० नामक कथा सङ्ग्रहमार्फत उहाँले बालबालिकालाई जीवनका विविध पक्षहरू सरल भाषामा चिनाउने प्रयत्न गर्नुभएको छ। छोटा वाक्य र संवादको प्रयोग गर्दै उहाँले स्वाभाविक र रमाइलो शैलीमा कथा प्रस्तुत गर्नुहुन्छ। यी कथाहरूमा प्रत्यक्ष सल्लाह नभए पनि गहिरा सन्देशहरू परोक्ष रूपमा समेटिएका हुन्छन्।

चालिसेका उपन्यासहरू पनि ज्ञानवर्धक र वैज्ञानिक दृष्टिकोणबाट महत्त्वपूर्ण छन्। ‘मंगल ग्रहका विज्ञान’ ९२०६०० उपन्यासमा उहाँले सौर्यमण्डल तथा अन्तरिक्षसम्बन्धी विभिन्न वैज्ञानिक तथ्य र खोजहरू प्रस्तुत गरेका  छन्। यस्तै,‘मुस्ताङको गुफा’ ९२०६१० मा नेपाली प्राकृतिक सम्पदाबारे जानकारी दिँदै चालिसेले बालबालिकाले पनि बुद्धिमत्ता र सतर्कताका साथ गलत गतिविधिमा संलग्न वयस्कहरूमाथि विजय प्राप्त गर्न सक्ने सन्देश दिएका छन्।

विसं. २०५२ मा प्रकाशित ‘बादलका बुट्टाहरू’नामक नाटक सङ्ग्रहमा समावेश चार नाटकमध्ये पहिलो दुई नाटकले समयमै बालबालिकाको प्रतिभा पहिचान गरी फुल्न दिएको खण्डमा उनीहरू सक्षम व्यक्तित्व बन्न सक्छन् भन्ने सन्देश दिन्छन्।

राष्ट्रसङ्घमा ७ हजार कर्मचारीको जागिर धरापमा

काठमाडौँ । आगामी २० महिनामा संयुक्त राष्ट्रसङ्घ (युएन) मा हजारौँ मानिसहरूले आफ्नो जागिर गुमाउन सक्नेछन् । एजेन्सीले २० प्रतिशत कर्मचारीहरूलाई हटाउने निर्णय गरेको छ । योसँगै हजारौँको जागिर धरापमा परेको छ ।

समाचार एजेन्सी रोयटर्सको समाचारअनुसार युएनको आन्तरिक ज्ञापन पत्रमा कर्मचारी कटौतीको उल्लेख गरिएको छ । यसबाहेक नियन्त्रकलाई उद्धृत गर्दै २०२६ सम्ममा लगभग सात हजार जागिरहरू कटौती गर्ने तयारी भइरहेको बताइएको छ ।

कर्मचारीहरूको सङ्ख्यामा कटौतीको मुख्य कारण आर्थिक सङ्कट मानिएको छ । रोयटर्सको रिपोर्ट अनुसार नियन्त्रकले युएनले अमेरिकालाई डेढ अर्ब डलर तिर्न बाँकी छ । यो जानकारी ट्रम्पका सल्लाहकार रहेका अर्बपति उद्योगपति एलन मस्कले विवादास्पद र लागत बढाउने कानुनसँग असहमति जनाउँदै आफ्नो राजीनामाको घोषणा गरेको समयमा प्रकाशमा आएको हो ।

यो पनि रोचक छ कि नोभेम्बर २० मा राष्ट्रपति पद सम्हालेपछि पछिल्लो छ महिनामा राष्ट्रपति ट्रम्पले धेरै यस्ता निर्णयहरू लिएका छन्, जसमा खर्च कटौती छलफलको विषय बनेको छ । विश्व स्वास्थ्य सङ्गठन जस्ता संस्थाहरूले प्राप्त गर्ने रकमबाहेक उनले हार्वर्ड विश्वविद्यालयले शिक्षाको क्षेत्रमा प्राप्त गर्ने अनुदानमा प्रश्न उठाएर उसले पाउने पैसा रोकेका छन् ।

खोज्नुहोस