मंगलबार पृथ्वीमा फर्कँदै सुनिता र बुच

एजेन्सी । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा नौ महिनादेखि रहेका अन्तरिक्षयात्री सुनिता विलियम्स र ब्यारी विलमोर बुच मंगलबार पृथ्वीमा फर्किंदै छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार उनीहरू स्पेसएक्स यानमार्फत अमेरिकी समयअनुसार साँझ ५:५७ बजे फ्लोरिडा तटमा अवतरण गर्नेछन्।

शुरुआतमा आठ दिनका लागि मात्र अन्तरिक्ष मिसनमा गएका उनीहरू प्राविधिक समस्याका कारण झन्डै एक वर्ष आईएसएसमै बस्न बाध्य भएका थिए। उनीहरूले त्यहाँ रहँदा विभिन्न वैज्ञानिक अनुसन्धान तथा ‘स्पेस वाक’(अन्तरिक्षमा बाहिर निस्केर गरिने काम) समेत गरेका छन्।

राज्यकोषमा आर्थिक भार पर्न दिदैनौँ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशका पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनको लागि विधेयकको मस्यौदा लेखन शुरु भएको बताएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदहरुले उठाउनुभएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले सर्वोच्च अदालत र संसदीय समितिले समेत विधायिकी कानून बनाएर मात्र सुविधा दिन निर्देशन गरेको कारण कानून निर्माणमा जुटेको बताए ।

उनले यस कदमको चौतर्फि आलोचना भइरहेको उल्लेख गर्दै कानूनै नबनाइकन सरकारले निर्णय गरेर दिनेकुरा उचित हो कि सदनबाट कानून बनाएर दिनेकुरा जाति हो ? भन्दै प्रश्न समेत गरे ।

उनले पूर्वविशिष्टहरुलाई सुविधा दिँदा मुलुकको राज्यकोषमा अनावश्यक भार नपर्नेगरी कानून बनाउन लागिएको स्पष्ट पारे ।

उनले भने– ‘नेपाल सरकार मन्त्रिपरिषद्बाट गत माघ ९ गते पूर्वविशिष्ट पदाधिकारीको सुविधा सम्बन्धमा बनेको विधेयक तर्जुमाका लागि तयार भएको अवधारणा भएको अवधारणा पत्रमा स्वीकृति प्राप्त गरी विधेयक तर्जुमा सम्बन्धमा प्रारम्भिक कार्य शुरु भएको छ । सर्वोच्च अदालतले कानून बनाउ, विधायिकी अधिकारबाटै कानून बनाउ अध्यादेशले होइन र नेपाल सरकारको निर्णयले सुविधा नदेउ भन्यो । महालेखा परिक्षकले त्यही भन्यो, संसदीय समितिले त्यही भन्यो । पटक पटक मस्यौदा बनेपनि कानूनको रुप लिन सकेन । म के आग्रह गर्न चाहान्छु भने कानूनै नबनाइकन सरकारले निर्णय गरेर दिने कुरा जाती हो कि सदनबाट कानून बनाएर दिने कुरा जाति हो ? पूर्वविशिष्टहरुलाई सुविधा प्रदान गर्दा राज्यकोषमा अनावश्यक भार पर्नेगरी गरिने छैन ।’

मुलुकको आर्थिक स्थितिबारे सरकार जानकार रहेको उल्लेख गर्दै मन्त्री लेखकले मुलुकको आर्थिक अवस्थामा प्रतिकुलता उत्पन्न हुने काम नगरिने बताए ।

राष्ट्रपति र प्रधानमन्त्रीको कार्यकाल तोकौँ : सांसद ज्वाला

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले राष्ट्रपति र प्रधानमन्त्री बन्नका लागि कार्यकाल तोक्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लोक सेवामा ६ पटकभन्दा बढी परीक्षा दिन नपाउने तयारीबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । पूर्वमन्त्री समेत रहेका ज्वालाले नेपाली नागरिकलाई परीक्षा दिने अवसरबाट वञ्चित गराउनुको सट्टा राजकीय पदहरूमा कार्यकाल तोक्नुपर्ने बताएका हुन् ।

‘राजनीतिक नियुक्ति कति पटक खान पाउने ? चुनाव कति पटक लड्न पाउने ?  सांसद, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति कति पटक हुन पाउने विषयमा बहस गरौंँ । मेरो विचारमा राष्ट्रपति एक पटक भए हुन्छ ।  प्रधानमन्त्री दुई पटक भए हुन्छ । मन्त्री र सांसद बढीमा तीन पटक गैरसांसद मन्त्री हुने व्यवस्था गरौँ । सत्ता सञ्चालनमा पटक पटक फेल हुनेलाई निषेध गरौँ । तर नेपाली भाइ बहिनी र राष्ट्रसेवक बन्ने अवसरबाट वञ्चित नगरौँ’, उनले भने ।
बैठकमा उनले लोकसेवामा ६ पटकभन्दा बढी परीक्षा दिन रोक्नेगरी कानुनी व्यवस्था गरिन लागेको भए त्यो गलत हुने उनको भनाइ छ ।
‘कुनै नागरिकलाई परीक्षा नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधानको भावना विपरीत छ । यसरी परीक्षाबाट वञ्चित गर्नु नेपाली युवाहरूलाई अझै खाडी र मलेसियातिर धकेल्नु हो’, उनले भने, ‘सरकारले रोजगारीको विकल्प पनि नदिने र परीक्षामा प्रतिस्पर्धा गर्न पनि रोक्नु मौलिक अधिकारबाट वञ्चित गर्नु हो । त्यसकारण परीक्षा दिने उमेर भएसम्म परीक्षाा दिन पाउनु पर्दछ ।’

विश्व पाकिस्तानमा सुरक्षा बल लक्षित आक्रमण, ७ जनाको मृत्यु

एजेन्सी – पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा आईतवार अज्ञात आतङ्ककारीहरूले सुरक्षा बलको काफिलेमा आक्रमण गर्दा कम्तिमा सात जनाको मृत्यु र २१ जना घाइते भएको स्रोतले जनाएको छ ।

अर्धसैनिक फ्रन्टियर कोप्र्सको काफिले राजमार्गमा यात्रा गरिरहेको नुश्की क्षेत्रमा आक्रमण भएको थियो । घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने बताइएको छ ।

आक्रमणको अनुसन्धान भइरहेको छ । प्रतिवन्धित आतङ्ककारी समूह बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मा लिएको छ ।

युक्रेनबारे ट्रम्प र पुटिनबीच मंगलबार छलफल हुने

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मंगलबार कुरा गर्ने योजना रहेको बताएका छन्  ।

अमेरिकी अधिकारीहरूले साउदी अरबमा भएको वार्तापछि वासिङ्टनले तीन वर्षे युद्ध रोक्ने प्रस्ताव गरेको केही हप्ताभित्रै युक्रेन र रुसबीच युद्धविराम सम्झौता हुन सक्ने आशा व्यक्त गरेका थिए। “मलाई लाग्छ कि हामी युक्रेनी भूमि, विद्युत् गृहको बारेमा कुरा गर्नेछौँ,”ट्रम्पले एयर फोर्स वनमा पत्रकारसँगको कुराकानीमा भने ।

“मलाई लाग्छ, युक्रेन र रूस दुवै पक्षबीच यस विषयमा धेरै छलफल भइसकेको छ। हामी पहिलो पटक यसको बारेमा कुरा गर्दैछौँ र केही जमिनहरूमाथिको दाबीबारे टुंगो लगाउने विषयमा छलफल गर्दैछौँ। वासिङ्टन र किएभका युरोपेली सहयोगीहरूले मस्कोलाई युद्ध रोक्न दबाब दिइरहेका छन् तर पुटिनले यसबारे कुनै स्पष्ट जवाफ दिएका छैनन् । बरु सर्तहरूको एक शृङ्खला सूचीबद्ध गर्दै अमेरिकी प्रस्तावमाथि ‘गम्भीर प्रश्नहरू’ उठाएका छन्  ।

केही दिनअघि पुटिनसँग केही घण्टा भेटवार्ता गरेका ट्रम्पका दूत स्टिभ विटकोफले सीएनएनसँगको कुराकानीमा भनेका छन्, “दुई राष्ट्रपतिबीच यो साता निकै राम्रो र सकारात्मक छलफल हुनेछ ।” उनले भने, “सायद, ट्रम्पले वास्तवमै आगामी हप्ताहरूमा कुनै न कुनै प्रकारको सम्झौता हुने अपेक्षा गर्नुभएको छ र यो आवश्यक मुद्दा हो भन्ने मेरो पनि विश्वास हो।”

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्रेमलिनले युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाएका समय ट्रम्प र पुटिनबीच वार्ता हुनेछ । कुनै पनि युद्धविराममा सहमत हुनुअघि मस्कोले पहिले ‘युद्धभूमिमा आफ्नो स्थिति सुधार्न’ चाहेको जेलेन्स्कीले बताएका छन्  ।

सुदूरपश्चिम र बागमती प्रदेश प्रमुखबीच भेटवार्ता, समन्वय र सहकार्यका विषयमा छलफल

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र बागमती प्रदेश प्रमुख दीपक देवकोटाबीच आज धनगढीमा भेटवार्ता भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा दुबै प्रदेश प्रमुखज्यूहरू बिच भेटवार्ता भएको हो । भेटवार्तामा दुबै प्रदेश प्रमुखबिच समन्वय र सहकार्य गरि अगाडी बढ्ने विषयमा छलफल भएको थियो । संविधान कार्यान्वयन गर्दै अगाडी बढ्ने दुबै प्रदेश प्रमुखहरूले बताए । अनुभव आदान प्रदान गर्दै संवृद्धि र विकासका बिचमा पनि छलफल गरिएको थियो ।

भेटवार्तामा बागमती प्रदेश प्रमुख ज्यूको धर्मपत्नी रुकमणी देवकोटा, सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयकाका निमित्त सचिव शम्सेर बहादुर रावल, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली, शाखा अधिकृत दीर्घराज भट्ट, गङ्गाराम सापकोटा लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

आँधीबेहरीमा परेर अमेरिकामा २७ जनाको मृत्यु

काठमाडौं । संयुक्त राज्य अमेरिकाको मध्य भागमा शनिबार आएको आँधीबेहरी र हावाहुरीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका  छन् ।

स्थानीय सञ्चारमाध्यमले घरका छाना भत्केका र ठूला ट्रक पल्टिएको देखाएका छन् र पूर्वानुमानकर्ताहरूले यस सप्ताहन्तमा अझ धेरै आँधी आउन सक्ने चेतावनी दिएका छन् ।

कन्सास राज्यमा ‘व्यापक धुलासहितको आँधी’का कारण भिजिबिलिटी कम भएका कारण ५० भन्दा बढी सवारी साधन एकआपसमा ठोक्किँदा आठ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

मिसौरी राज्यको राजमार्ग अनुगमन बलले आँधीका कारण १२ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मौसमका कारण ध्वस्त भएको मरीना क्षेत्रमा डुङ्गाहरू एकअर्कामाथि थुप्रिएका तस्बिर सार्वजनिक गरिएको छ ।

राज्य प्रहरीले रुख र बिजुलीका तारहरू ढलेको र भवनहरूमा क्षति पुगेको र केही क्षेत्रहरू चक्रवात, आँधीबेहरी र ठूला–ठूला असिनाको बर्षा’ बाट नराम्ररी प्रभावित भएको जनाएको छ ।

मिसौरीस्थित एक घरको भग्नावशेषबाट निकालिएकी एलिसिया विल्सनले टिभी स्टेशन केएसडीकेसँग भने, ‘यो मैले अहिलेसम्म भोगेको सबैभन्दा डरलाग्दो कुरा थियो, यो यति तीव्र र कडा थियो कि यसको अनुमानसम्म गर्न सकिएन । एक्कासि ‘कान फुट्ने’ आँधीले घरहरूका छाना उडाएको र रुखहरू ढलेको आवाज सुनिएको थियो ।’

प्रहरीका अनुसार आँधीका कारण मिसौरीको वेन काउन्टीमा ६ जना, ओजार्क काउन्टीमा तीन जना र बटलर, जेफरसन र सेन्ट लुइस काउन्टीमा एक–एक जनाको मृत्यु भएको छ ।

टेक्सासको दक्षिणमा स्थानीय अधिकारीहरूले एएफपीलाई बताएअनुसार धुलो आँधी र डढेलोका कारण भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ जसले गर्दा सडकमा भिजिबिलिटी कम भएको छ ।

छिमेकी राज्य अर्कान्सासमा आँधीका कारण तीन जनाको मृत्यु हुनुका साथै २९ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

 

सेती लोकमार्गको निर्माण अवरुद्ध, सांसद आलेले वन मन्त्रालयलाई लगाए आरोप

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले वन तथा वातावरण मन्त्रालयको ढिलासुस्तीका कारण सेती लोकमार्गको निर्माण रोकिएको आरोप लगाएका छन्।

आज प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद आलेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सेती लोकमार्गको लागि प्रत्येक वर्ष बजेट विनियोजन भए पनि कानुनी जटिलताको नाममा वन मन्त्रालयले भोगाधिकार र रुख कटान अनुमति नदिँदा निर्माण अवरुद्ध भएको बताए।

सेती लोकमार्ग कैलाली, डोटी, अछाम, बाजुरा, बझाङ हुँदै उरै भञ्ज्याङसम्म जोड्ने ३२० किलोमिटर लामो सडक हो, जसले सुदूरपश्चिमका जनताका लागि विकासको कोशेढुङ्गा सावित हुने सांसद आलेको दाबी छ।

डोटी खण्डको ४० किलोमिटर सडक निर्माणका लागि २०७९ मंसिर १९ गते रु ६५ करोडको ठेक्का सम्झौता भए पनि दुई वर्ष बितिसक्दा समेत वन मन्त्रालयको अनुमति नआएकाले काम अघि बढ्न सकेको छैन। ठेकेदार कम्पनीले आवश्यक उपकरण तयारी अवस्थामा राखे पनि काम रोकिएको सांसद आलेले बताए।

गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले सेती लोकमार्गको डोटी खण्डमा पर्ने राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएपछि वन डिभिजन कार्यालयले ८० हेक्टर वन क्षेत्र प्रयोग गर्न २,७८५ वटा रुख हटाउने प्रक्रिया अघि बढाएको थियो। तर, रु ४० करोड बजेट अभावका कारण कार्य रोकिएको बताइएको छ।

सांसद आलेका अनुसार, गत मंसिर ६ गते वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले भौतिक पूर्वाधार मन्त्रालयका योजनाहरू सहज बनाउने निर्णय गरे पनि सेती लोकमार्गको सन्दर्भमा वन मन्त्रालयले कार्यान्वयन नगरेको छ।

उनले वन मन्त्रालयलाई विकास विरोधी रवैया देखाएको आरोप लगाउँदै भने, ‘नेपाली सेनाले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग र सडक विभागले तमोर करिडोरका लागि अनुमति पाए, तर सेती लोकमार्ग किन रोकिएको ?

सांसद आलेले वन मन्त्रालयको अटेरी प्रवृत्तिले सुदूरपश्चिमका जनतामाथि अन्याय गरेको भन्दै तत्काल निर्णय नभए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए। साथै, उनले आफू वनमन्त्री हुँदा थन्किएका विकास तथा औद्योगिक परियोजनाका फाइलहरू तत्काल निर्णय गरेर अघि बढाएको स्मरण गराउँदै सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरे।

नाइट क्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु

काठमाडौं । उत्तर म्यासेडोनियामा एक नाइट क्लबमा आगलागी हुँदा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । अन्य १०० जना घाइते भएको बीबीसीले जनाएको छ ।

राजधानी स्कोप्जेबाट झन्डै १०० किलोमिटर उत्तरतर्फ पर्ने कोकानी सहरको पल्स क्लबमा आगलागी भएको हो । सामाजिक सञ्जालमा सार्वजनिक फुटेजहरूमा पूरै भवन नै आगोले लपेटिएको देखिन्छ ।

स्थानीय समयअनुसार, आइतबार बिहान ३ बजेतिर आगलागी भएको हो । त्यतिबेला देशकै चर्चित हिपहप ब्यान्ड एडीएनले प्रस्तुति दिइरहेको थियो ।

कन्सर्टमा झन्डै एकहजार ५०० जनाले सहभागिता जनाइरहेका थिए ।

स्थानीय सञ्चारमाध्यमले कन्सर्टबाटै आगो सुरु भएको जनाएका छन् । कलाकारले प्रस्तुति दिइरहेका बेला प्रदर्शन गरिएको अतिसबाजीबाट आगो सुरु भएको स्थानीय सञ्चारमाध्यमको हवाला दिएर बीबीसीले जनाएको छ ।

भारतबाट आउने बिजुली १२ घण्टा मात्रै आपूर्ति हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गर्दै आएको बिजुली आजबाट सोलार समय अर्थात् १२ घण्टा मात्रै आपूर्ति हुने भएको छ । विद्युत् आपूर्ति नियमित गरेर लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट बिजुली किन्ने गरेको छ।

भारतबाट आउने बिजुली कटौतीमा परेपछि लामो समयपछि नेपालमा फेरि लोडसेडिङ हुनसक्ने समेत चर्चा छ । तर, भारतबाट आपूर्ति हुने बिजुलीको समयमा कटौती हुँदा पनि लोडसेडिङ भने नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अहिले भारतबाट दैनिक ६ सय मेगावाटभन्दा बढी बिजुली आयात गर्दै आएको छ । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भारतबाट आपूर्ति हुने बिजुली गत वर्षको यही समयमा पनि अहिले जस्तै आइरहेको भन्दै आपूर्ति समय कटौती भए पनि समस्या हुन नदिने बताए ।

‘हामीसँग वैकल्पिक धेरै व्यवस्था छन्, आरओआर र कुलेखानी छ, ती आयोजनाबाट ४ सय मेगावाट थपिन्छ’, प्रवक्ता घोषले भने । उनकाअनुसार प्राधिकरणले ठूला उद्योगलाई पिक आओरको समयमा बिजुली आपूर्ति नगर्ने समझदारी गरेको छ । त्यसअनुसार तराई क्षेत्रका प्रसारण लाइन व्यवस्थित नभएका केही उद्योग प्रभावित हुने बताइएको छ ।

भारतबाट १२ घण्टाभन्दा बढी समय बिजुली आपूर्ति नहुँदा पिक आओरमा औद्योगिक क्षेत्रका केही सीमित उद्योगमा सम्झौताअनुसार उपलब्ध नहुने प्रवक्ता घोषले बताएका छन् । उनकाअनुसार त्यो समय साँझ ५ बजेदेखि राती ११ बजेसम्म पिक आओरमा लागु हुन्छ ।

‘सम्झौताअनुसार पिक आओरमा दिन पाइँदैन, उहाँहरूले त्यसमा एग्रिमेन्ट पनि गर्नुभएको छ, समस्त उद्योगहरूमा कुनै समस्या हुँदैन’, उनी भन्छन्, ‘हाम्रो पावरहाउस हिमाली क्षेत्रमा छ, ठूला उद्योगहरू एकदमै तल छ, त्यसको लागि त प्रसारण लाइन पनि त्यहीअनुसारको चाहियो, भौगोलिक कारणले गर्दाखेरि कुनै–कुनै स्थानमा पुर्‍याउन नसकिने हुन्छ ।’

तर, काठमाडौं उपत्यका, मोरङ, बुटवल लगायतका औद्योगिक क्षेत्रमा भने समस्या नपर्ने प्रवक्ता घोषले बताएका छन् ।

पछिल्लो हप्तामा विभिन्न आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा २० मेगावाट थपिएको छ । बागलुङ, म्याग्दी लगायतका जिल्लामा सञ्चालित केही पावरहाउसबाट छिट्टै थप बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने अवस्था रहेको उनले बताए ।

अफ्रिकामा डांगोटे समूह हाकिरहेका हिक्मत

चरा झैं पखेटा भएको भए मान्छेले उड्ने सपना देख्थ्यो होला कि नाई ? पखेटा नभए के भयो ? सपना देख्ने मान्छे, त्यही सपना पछ्याउदै भरिरहन्छ, उडान । मानौं, जीवन हवाई जहाज हो । सपना उसका पखेटा । त्यसैले त चराभन्दा टाढा पुग्छ मान्छे ।

कैलालीको कर्णाली किनारमा हुर्किएको एउटा व्यक्तिको संघर्ष र सफलताको कथाले भन्छ्–बस्, सपना देख । र, त्यो सपनालाई पछ्याउ । उडान भर्न पखेटा चाहिदैन । ईच्छाशक्ति भए पुग्छ । कटासेबाट पश्चिम अफ्रिकाको नाईजेरियामा सफलताको टाकुरामा उभिएका हिक्मत थापाको संघर्षले यही भन्छ ।

१९ माघ २०२५ मा हिक्मत थापा सुदूर पहाडको अछाममा जन्मिए । हाल जयगढी बान्नीगढी गाउँपालिका । तत्कालीन दर्ना गाविसको पाटेखेत उनको पुख्र्यौली थलो थियो । गगनसिंह थापा र नूतन थापाका चार सन्तान थिए । तीन छोरा एक छोरी । हिक्मत सबैभन्दा जेठा ।

उनी चार वर्षका थिए । उनका बुवा कैलालीको खैरीफाँटा झरे । संगै उनी पनि । ३२/३३ सालमा कटासेमा सुकुम्वासी वस्ती बस्दै थियो । छेउमै हुर्किदै थियो, कटासे बजार । उता टीकापुर विकास समिति स्थापना भयो । कर्णाली नदीको कटानबाट टीकापुर जोगाउन कर्णाली किनारका वस्तीहरु सारिए । बल्चौर र पाताभारमा बजार थियो । त्यसका तलमाथि खोटेना,लम्की , मूर्तिया,भांगावारी, खैरीफाँटा लगायतका गाउँहरु थियो । कर्णाली तटीय क्षेत्रका वस्ती सारेर बृक्षारोपण गर्न थालियो । उनको घर भने जोगियो ।

उनका बुवा अछाममा शिक्षक थिए । उनमा शिक्षाको महत्व र सन्तानलाई पढाउनुपर्छ भन्ने चेत थियो । त्यही चेतले उनले शिक्षण पेशालाई निरन्तरता दिए । उनका बुवाले खैरीफाँटामा राष्ट्रिय प्राथमिक विद्यालय खोले । शुरुवातमा १८ जना विद्यार्थी थिए । त्यसमध्ये उनी एक थिए । उनले त्यही कखरा सिके । पछि त्यही अरुणोदय माविमा परिणत भयो ।

दुई वर्ष विद्यालय मान्यता प्राप्त नगरी चल्यो । उनी तीन कक्षा पास भए । त्यसपछि धर्मापुर पढ्न गए । ४ देखि ७ कक्षासम्म धर्मापुरको विद्यालयमा पढे । त्यसपछि पढ्न गए, टीकापुर । टीकापुर आवासीय विद्यालयमा कक्षा ८ मा भर्ना भए । प्राथमिक तहसम्म रहेको टीकापुर आवासीय विद्यालयमा २०३३ सालमा माध्यमिक तहको पढाई हुन थाल्यो ।  २०४३ सालमा राजा वीरेन्द्रले शिलन्यास गरेर नयाँ भवन बनेपछि त्यसको नाम फेरियो । र, जन्मियो– वीरेन्द्र विद्या मन्दिर । उनले त्यहीबाट एसएलसी दिए । टीकापुरमा एसएलसीको केन्द्र थिएन । २०३९ सालमा उनी परीक्षा दिन धनगढी आएको सम्झना अझै ताजै छ । भारतको बाटो भएर उनी धनगढी पुगेका थिए । कैलालीमा एउटा मात्र केन्द्र थियो । त्यो पनि धनगढीमा ।

सबै विषयको परीक्षा भयो । प्रश्नपत्र आउट भएको आरोपमा गणितको परीक्षा रोकियो । रोकिएको गणितको परीक्षा तीन महिनापछि बैशाखमा भयो । उनी दुई पटक परीक्षा दिन धनगढी आए ।

एसएलसी पास भएपछि थप पढाईका लागि उनी नेपालगञ्ज गए । त्यहाँबाट उनले आईएस्सीको पढाई पुरा गरे । तीन वर्षमा तीन जना पास भए । उनी एक थिए ।

त्यसपछि ईञ्जिनियर बन्ने सपना पालेर काठमाण्डौं पुगे । पुल्चोक ईञ्जिनियरिङ कलेजको ईन्ट्रान्समा भाग लिए । नाम निस्किएन ।

धरानमा केन्द्रीय प्रविधि क्याम्पस थियो । फुड टेक्नोलोजीको पढाई हुने त्यो एक मात्र क्याम्पस थियो । खाद्यको पढाईका लागि उनी बस चढेर पुगे, धरान । २० जना विद्यार्थीको कोटा थियो । उनी त्यहाँ पुग्दा भर्ना बन्द भईसकेको थियो । जगत बहादुर केसी, क्याम्पस प्रमुख थिए । नारायणी नदी पारीबाट खाद्यको पढाईका लागि धरान पुग्ने हिक्मत पहिलो विद्यार्थी थिए । उनलाई केसीले त्यही कारण भर्ना गरिदिए । त्यसमाथि छात्रवृति दिए । पाँच जनाले छात्रवृति पाएका थिए । जसले मासिक दुई सय रुपैया पाउथे ।

उनी पढाईमा अब्बल थिए । उनी व्याच टप भए । २०४७ सालमा खाद्य प्रविधिमा स्नातक गरे । र बने, खाद्य प्राविधिक । उनका पिताजी भने उनलाई ईञ्जिनियर बनाउन चाहन्थे ।
………….
परीक्षा दिएको तेस्रो दिन काठमाण्डौं पुगे । थानकोटमा चौधरी गु्रपले निर्वाण वनस्पती सञ्चालनमा ल्याएको थियो । नतिजा नआउदै उनलाई जागीरको अफर आयो । र, काठमाण्डौं पुगेको पाँचौ दिनमा उनी जागीरे भए । अफिसरले एक हजार दुई सय मासिक पारिश्रमिक पाउथे । उनले शुरुवातमै तीन हजार रुपैया पाए ।

२०४८ सालमा चितवनको टाँडीमा यमयम चाउचाउको उद्योग खुल्यो । तालिममा बैंकक पठाउने भनिएपछि उनले यमयम ज्वाईन गरे । र, पहिलो पटक थाई एयरलाइन्सको बोईङ चढेर पुगे, बैंकक । वान थाई फुड इन्डस्ट्रिजमा चाउचाउ प्रविधिको तालिम लिए । उनी विदेशमा गएर चाउचाउ बनाउन तालिम लिने नेपालकै पहिलो खाद्य प्राविधिज्ञ पनि हुन् । त्यहाँबाट फर्किएपछि प्रोडक्सन अफिसरका रुपमा जागीर खाए । ११ वर्ष त्यहाँ काम गरे । निस्किदा उनी फ्याक्ट्री म्यानेजर थिए ।

यमयमले उनकैं नेतृत्वमा नेस्ले इंडियाको को- म्यानुफ्याक्चरर भइ नेपाल , बंगाल र उत्तर पुर्व भारतका लागि नेपालमै म्यागी २ मिनेट चाउचाउमा उत्पादन गर्न थाल्यो । त्यसै क्रममा उनी नेस्लेको पंजाव मोगा स्थित फेक्ट्रीसम्म कैयौं पटक पुगे ।

चितवनपछि काठमाडौंको मिनमिन चाउचाउ उद्योगमा काम गरे । त्यसको उत्पादनलाई सुदृढ पार्दै द्वन्द्वको डढेलोबीचमै इलाम देखि डडेल्धुरासम्म पुगेर वजार विस्तार गरे । त्यसपछि उनले महाप्रबन्धकको रुपमा काठमाडौं मुख्य कार्यालयबाट वीरगंजमा मैदा, चामल, सावुन, वनस्पती तेल उत्पादन गर्ने एचपी अग्रवाल ग्रुपको व्यवस्थापन हेरे ।

मुलुकमा माओवादी द्धन्द उत्कर्षमा थियो । माओवादीले उनको कटासेस्थित घरमा बम हान्यो । लुटपाट ग¥यो । फरक विचार राख्ने व्यक्तिहरु माओवादीको निशानामा थिए । उनका पिताजी नेपाली काँग्रेसका तर्फबाट जिल्ला विकास समिति कैलालीका क्षेत्रपाल थिए । जागीरबाट जोडेको पैसाले जग्गा जोडिसकेका थिए । २०५९ सालमा सरसापटी र ऋण लिएर काठमाण्डौंमा घर बनाए । कैलालीमा बस्न गाह्रो भएपछि उनको परिवार काठमाण्डौमा बस्न थाल्यो ।

मिनमिनपछि उनले बिरगञ्जको एचपी अग्रवाल ग्रुपका लागि काम गरे ।  एचपी अग्रवाल ग्रुपले मैदा, वनस्पति तेल र साबुनको उत्पादन गर्थ्यो । उनले काठमाडौंबाटै नेपालभरी त्यसको उत्पादन, लजेस्टिक, बिक्री र बजार व्यवस्थापनको नेतृत्व गरे ।

त्यहीबीचमा उनलाई रमपम चाउचाउबाट अफर आयो । त्यसका मालिक थिए– महेश जाजु । उनले भारतको रुद्रपुरमा चाउचाउ उद्योग खोल्न हिक्मतलाई पठाए । घर पायक जागीर । त्यसमाथि आकर्षक पारिश्रमिक ।

त्यही बेला नाईजेरियाको डांगोटे ग्रुपमा महाप्रबन्धक पदमा जागीर खुलेको थाह पाए । उनले आवदेन दिए । उनलाई अन्तर्वार्ताका लागि चेन्नई बोलाईयो । उनले जान्न भने । प्लेनको टिकट र होटलको सुविधा पाएपछि उनी चेन्नई पुगे । अन्तर्वार्तामा उनी छानिए । र, डिसेम्बर २००६ मा पुगे–पश्चिम अफ्रिकी मुलुक नाईजेरिया । चाउचाउ उद्योगको व्यवस्थापन हेर्ने गरी नाईजेरिया पुगेका उनले तीन वटा चाउचाउ उद्योगको स्थापना गरे । चाउचाउ हुँदै उनले डांगोटेको चिनी, वनस्पति तेल, टमाटो पेष्ट, मैदा र पास्ता, नुन र चामल मीलहरुका प्रोजेक्ट र मीलहरुको व्यवस्थापन हेरे । अहिले उनी डांगोटे समूहको ट्रक तथा हेभी भेहिकल उत्पादन गर्ने एक कम्पनीमा म्यानेजिङ डाइरेक्टर पदमा छन् । जसले वर्षको १० हजार गाडी उत्पादन गर्छ । जहाँ उनी १८ वर्षदेखि कार्यरत छन् । उनी डांगोटे समूहको गु्रप जनरल म्यानेजर, प्रबन्ध निर्देशकसंगै एउटा कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सिईओ) को बहु भूमिकामा छन् । साथैं उनले डांगोटेका कृषी र खाध सम्बन्धि नयाँ प्रोजेक्टहरु हेर्छन् । जसमा चिनी, चामल, टमाटर र डेरी प्रमुख छन ।

नाईजेरियामा दुई लाखभन्दा बढि व्यक्तिलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको डांगोटे समूहमा तीन सय भन्दा बढि नेपाली कार्यरत छन् । त्यहाँ उनी सबैभन्दा उच्च तहमा काम गर्ने नेपाली हुन् ।

डांगोटे लेगोस हुदै संसारका १६ देशमा फैलिएको छ । डांगोटेले सिमेन्ट, सवारी साधन, चिनी, नुन, मैदा, चामल, पास्ता,सिजनिङ्ग क्युब, टमाटो पेष्ट चाउचाउ, डिजेल, पेट्रोल लगायतका पेट्रोलियम पदार्थ र युरिया मल लगायतका सामग्री उत्पादन गर्छ । उसका उत्पादनहरु विश्व बजारमा उपलब्ध छन् । लेगोस नाईजेरियाको पुरानो राजधानी हो । जसको जनसंख्या दुई करोड छ । १९८३ मा सरकारले अबुजामा वस्ती र जंगल मासेर शहर निर्माण गरयो । र, १९९३ देखि अबुजा नयाँ राजधानी बन्यो । यद्दपि लेगोस आर्थिक र राजनैतिक हव रहिरह्यो । राजधानी अबुजा भए पनि देशको आर्थिक र प्रशाशनिक बागडोर लेगोसले नियन्त्रण गरिरहेको हुन्छ ।

डांगोटे लेगोस हुदै संसारका १६ देशमा फैलिएको छ । डांगोटेले सवारी साधन, चाउचाउ, चिनी, नुन, मैदा, चामल, पास्ता, चाउचाउ, सिमेन्ट, पेट्रोलियम पदार्थ, युरिया मल लगायतका सामग्री उत्पादन गर्छ । उसका उत्पादनहरु विश्व बजारमा उपलब्ध छन् । लेगोस नाईजेरियाको पुरानो राजधानी हो । जसको जनसंख्या दुई करोड छ । १९८३ मा सरकारले अबुजामा वस्ती र जंगल मासेर शहर निर्माण ग¥यो । र, १९९३ देखि अबुजा प्रशासनिक केन्द्र बन्यो । यद्दपि लेगोस आर्थिक र राजनैतिक हव रहिरह्यो । मुख्यमन्त्री र उच्च तहका पदाधिकारीहरुका गेष्ट हाउसहरु यही छन् ।

नाईजेरिया लामो समय ब्रिटिशको अधिनमा रह्यो । ब्रिटिशहरुले नाईजेरियनले आफू जहाँ गए, त्यही पु¥याए । अफ्रिका सबैभन्दा बढि जनसंख्या भएको नाईजेरिया । जसको आवादी २२ करोड छ । भनिन्छ, संसारमा भेटिने पाँच जना अफ्रिकनमा एक जना नाईजेरियन हुन्छ ।

नाईजेरिया ३६ वटा राज्यमा बिभाजित छ । लेगोस एउटा शहर हो । र, एउटा राज्य पनि । जसले नाईजेरियाको ७० प्रतिशत अर्थतन्त्र धानेको छ । जहाँ बन्दरगाहहरु छन् । र छन्, ठूला उद्योगहरु ।
………………
उनका पिताजी वीपी कोईरालाबाट प्रभावित थिए । पिताजीमा साहित्य र राजनीतिको गहिरो प्रभाव थियो । सरिता, कादम्बिनी र साहित्यिक पुस्तकहरु आउथे । लोकतन्त्र र साहित्यप्रतिको लगाव उनीभित्र बाल्यवयमै हुर्कियो । उनी स्कुलमा कविता लेख्थे । कविता प्रतियोगितामा भाग लिन्थे ।

२०४३ सालमा पढ्न धरान गए । एक वर्षपछि सहपाठी अनुप थपलिया, मदन ढकालसंग मिलेर अतिरिक्त स्वरहरु संस्था खोले । लक्ष्मी जयन्तीमा लक्ष्मी सडकका कविता संग्रह निकाल्न थाले । उनी सम्पादक थिए । तीन वर्षपछि उनी पढाई सकेर निस्किए । र, त्यो बन्द भयो ।

उनका पिताजी चाहन्थे, उनले राजनीति नगरुन् । उनी भने पिताजीलाई आदर्श मान्थे । र, पछ्याए, पिताजीकै पदचाप । उनको हृदयमा साहित्य । धमनीमा राजनीति । त्यसैसंग बगे उनी । २०४७ सालमा नेपाल खाद्य प्रबिधि विद्यार्थी संघ धरानको संस्थापक अध्यक्ष बने । उनी नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको तर्फबाट निर्वाचित भएका थिए ।

उनी जागीरको सिलसिलामा जहाँ जहाँ गए । त्यहाँ राजनीति र साहित्यबाट अलग हुन सकेनन् । चितवनमा जागीरे भएर गए पछि पनि नेपाल बिद्यार्थी संघको ओयासीस पत्रिकाको सम्पादक भए ।

त्यसपछि सम्प्रेषण साहित्यिक तपत्रिकाको कार्यकारी सम्पादक भए । त्यो चल्तीको साहित्यिक पत्रिका थियो । सम्प्रेषणमा आफ्ना रचना छापिदा श्रष्टाहरु दंग पर्थे । उनले त्यसको सात अंक निकाले । संप्रेषण अहिले सम्म नियमित छ ।

अवसरले अफ्रिका पुगे । त्यहाँपनि साहित्यले चिमोट्न छोडेन । र, २०१५ मा निकाले, आफ्नै पहिलो कृति ‘चिबोकका केटीहरु’ कविता संग्रह ।

……………….
विरासतमा बैभव मिल्न सक्छ । यश, कृति र क्षमता होईन । धमनीमा बग्ने रगत, रगतसंगै बग्ने साहित्यिक भाव, लोकतन्त्रप्रतिको निष्ठा र माटोप्रतिको प्रेम उनले बिरासतमा पाएका हुन् । जो उनका बुवाबाट उनमा स्वतः ‘ट्रान्सफर’ भयो । कसले भन्यो ? पुर्खाको ‘जीन’बाट सद्गुणहरु ‘ट्रान्सफर’ हुदैनन ?

द्वन्द्वकालमा उनका पिताजी माओवादीबाट लखेटिए । विस्थापित भएर कटासेबाट काठमाण्डौं पुगे । मृत्यु अघि उनले अन्तिम ईच्छा काव्य मार्फत सन्तानलाई सुनाए, कर्णाली किनारमा मेरो अन्तिम संस्कार गर्नु । म जलिरहदा चिताको धुवाले ढाकियोस, कर्णालीको आकाश ।

मृत्यु अघि नै उनले आफ्नो दाहसंस्कारको त्यो पल र कर्णाली प्रेमलाई चित्रण गरिदिए, काव्यमा ।

त्यही कर्णाली किनार उनलाई औधी प्यारो छ । जहाँ उनको बालापनका स्मृतिहरु छन् । उमेरसंगै स्मृतिबाट धुमिल हुदै जाने बिगतका यादहरु बाटोमा छोडेका डोबहरु झै मेटिदै जान्छन् । तर कटासे प्रेम र उसको याद भने अपवाद छ । जहाँको धुलो प्यारो छ । माटो प्यारो छ । र, प्रियकर छ, त्यहाँको याद । जहाँ बिरुवाले अक्सिजनसंगै हृदयमा प्रेम भर्छ । र त, काठमाण्डौं र लेगोसले उनलाई रोकिरहन सकेन कहिल्यै । जसले नाम दियो, बैभव दियो । त्यो लेगोस भन्दा धेरै गुणा प्यारो छ, कटासे ।
……………
उनी फुर्सदमा कफि पिउन समून्द्र किनार पुग्छन् । साथमा हुन्छिन्, पत्नी मन । क्याफेमा गफिईरहदा उनको मन भने कर्णाली किनार पुग्छ । टीकापुरका बारेमा सोध्छन् । कटासे कस्तो छ ? उनको जिज्ञासा हुन्छ ।

उनकी पत्नी मन सुनाउछिन्, नेपाल विपत्तिमा हुदा उनी सुत्दैनन् । कसरी सहयोग गर्ने छटपटीमै हुन्छन् । र, सहयोग नगरेसम्म चूपचाप बस्दैनन् ।

उनका हरेक कर्ममा मन अनवरत साथ दिईरहन्छिन् । मन उनकी सहयात्री । भरोसा । हौसला । र, दुखाईमा मल्हम हुन् । जो छाँयाझै हुन्छिन्, हरदम साथमा ।

उनी गुनासो गर्दिनन् । बरु प्रेरित गर्छिन् । निराश हुन दिन्निन् । लेगोसमा हिक्मत र मन दुबै सामाजिक कर्ममा उत्तिकै सक्रिय  छन् ।

संसारभरी फैलिएका छन्, हजारौ नेपाली । सुदूरपश्चिमेली नपुगेको मुलुक कमै होलान । हिक्मतभन्दा ठूलो ओहोदा र पैसा कमाउने कैयौ सुदूरपश्चिमेली छन् ।

तर उनी यस्ता छन्, सुदूर पश्चिमका लागि सञ्चालन हुने हरेक अभियानमा आर्थिक सहयोग गर्नेमा अग्रपंक्तिमा हुन्छन् ।
…………..
उनी कर्णाली किनारमा हुर्किए । कर्मथलो बन्यो, आन्ध्रमहासागर किनारको लेगोस । जहाँ झण्डै दुई दशक देखि कार्यरत छन् । आन्ध्रमहासागर, जो क्षेत्रफलका हिसावले संसारको दोस्रो ठूलो महासागर हो । जसले युरोप र अफ्रिकालाई पृथक गर्छ ।

कर्णाली, जो नेपालकै लामो नदी हो । जसले कैलाली र बर्दियालाई छुट्याउछ । नदी किनारमा हुर्किएका उनले चलायमान हुन त्यही कर्णालीबाट सिके । र, फैलिन उनले आन्ध्रमहासागरबाट सिके ।

उनको मुटुमा कटासे, टीकापुर र कर्णाली बसेको छ, पृथ्वीमाथि फैलिएको आकाश झैं अनन्त । हो, मनमा कटासे र कर्णाली बोकेर उनी फैलिईरहेका छन्, आन्ध्र महासागरभन्दा धेरै पर ।

गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय संघको दुई कार्यकाल कोषाध्यक्ष रहेका उनी उपाध्यक्षमा हारे । उनी हारबाट बिचलित भएर भाग्ने मध्ये थिएनन् । त्यसयता पनि उनले थुपै्र सामाजिक र व्यवसायीक अभियानको नेतृत्व गरे । जीत हार प्राविधिक कुरा हो । उनले सन्देश दिए–काम गर्न पद होईन, ईच्छाशक्ति र हृदय चाहिन्छ ।

उनी दुई दशकदेखि नाईजेरियाको लागोसमा छन् । शरीर लागोसमा भएपनि उनको मन भने सुदूरपश्चिममा छ ।

उनलाई राजनीति गर्नु छैन । चुनाव लड्नु छैन । र भोट पनि चाहिएको छैन । र छैन उनको कसैसंग प्रतिस्पर्धा । जव सुदूर पश्चिममा बिपत्ति आउछ । पहिरो आउछ । महामारी फैलिन्छ । तव उनी सुत्दैनन । उनलाई सुदूरपश्चिम बिझाउछ । सुत्दा ऐठन हुन्छ । मध्यरातमा उठ्छन,नेपालको हाल सोध्छन । यहाँको अवस्था थाह पाएपछि बेचैन हुन्छन । र सहयोग गर्ने योजना बनाउछन् । सहयोग जुटाउछन । र, पठाउछन ।

बस्, सकारात्मक सोच्छन । केही राम्रो काम गर्न पाए हुन्थ्यो सोच्छन । निश्वार्थ भावनाले उनी सहयोग गर्छन । तर उनैसंग डराउनेहरु पनि छन् । उनैको टिप्पणी गर्नेहरु पनि छन् । त्यस्ता टिप्पणीहरुले बेलोबला उनको मन कुडिन्छ । तर उनी भाग्दैनन, बिचलित हुदैनन । फेरि पनि सुदूरपश्चिमका लागि केही गरिरहन खोज्छन ।

सामाजिक कर्म निरन्तर गरिरहदा उनले के पाए ? के गुमाए ? कहिल्यै त्यसको लेखाजोखा गरेनन । बस्, कर्म गरिरहे । कोभिडले विश्व आक्रान्त भयो । सबै कसरी जोगिने भन्ने त्रासमा थिए । उनी संसारको सुदूर किनारबाट सुदूरपश्चिमलाई कसरी जोगाउन सकिन्छ भन्ने चिन्तामा थिए । कोभिडको पहिलो चरणमा डडेल्धुरामा पीसीआर प्रयोगशाला स्थापना गर्ने अभियान सफल पार्न अहोरात्र खटिए । उनकै अगुवाईमा टीकापुर अस्पतालले निशुल्क शव वाहन पायो । हुर्केको गाउँ कटासे खैरिफाँटाले एम्बुलेस । कोभिडमा निशुल्क अक्सिजन उपलब्ध गराउन उनले पहल गरे । टीकापुर, अछाम र कर्णालीको जुम्ला , मुगुसम्मै अक्सिजन बाडे । एनआरएनएले उनकै नेतृत्वमा सुदूरपश्चिममा पहिलो मोवाईल ब्लड बैंक बस उपलब्ध गरायो ।त्यो अभियान चितवन, धरान , जनकपुर र नेपालगंन्जै सम्म पुर्याउन उनी सक्रिय भए । एनआरएन मार्फत धरान, खोटाङ्ग, रसुवा , चितवन, मकवानपुर हुँदै कैलाली सम्म बिधालयमा कक्षा कोठाहरु , पुस्तकालय र प्रयोगशाला बनाउन संयोजन र नेतृत्व गरे ।

टीकापुरमा साहित्य महोत्सवका लागि संसारभरीबाट पैसा जुटाए । आफू पढेको अरुणोदय माध्यमिक विद्यालय खैरीफाँटा र वीरेन्द्र विद्या मन्दिरमा सुविधायुक्त ईलाईब्रेरी स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरे ।

उनले डांगोटेलाई नेपालमा भित्र्याउन उनले कोसिस गरे । सिमेण्ट उद्योगमा ६० अर्वभन्दा बढि लगानी गर्न डांगोटेलाई राजी गराए । सरकारको अनिच्छा र असहयोगका कारण त्यो कोसिस सफल हुन सकेन् ।

…………..

शुन्यलाई सय कसरी बनाउने उनले पिताजीबाट सिकेका हुन् । कर्णालीको बञ्जर बगर, त्यही बगर किनारमा छरिएर रहेको संकटोन्मुख जंगललाई नेपालकै सबैभन्दा ठूलो सामुदायीक वन, छतिवन सामुदायीक वन, उनकै बुवाको अविचलित संघर्षबाट संभव भएको हो ।

शुन्यबाट उठेका उनी संसारकै ठूलो व्यापारिक घराना मध्येको एक डांगोटेको उच्च तहमा सामान्य मिहिनेत र संघर्षबाट पुगेका होईनन् । कठिन घडीमा बिचलित भएको भए उनी कर्णाली किनारमा बर्खाको भेलमा दाउरा छोपिरहेका हुन्थे वा छतिवन सामुदायकी वनमा गाईबाख्रा चराईरहेका हुन्थे । यद्दपि त्यो कर्मको आफ्नै महत्व छ । त्यसको महत्व कम आक्न भने हुदैन ।
आफ्नो भूगोल, भाषाप्रतिको प्रेम र लोपोन्मुख सभ्यताको जगेर्नाको चिन्ता पिताजीबाट उनमा सरेका सद्गुणहरु हुन् । साहित्यमा आञ्चलिकता र आफ्नै परिवेशको चित्रण विरलै सर्जकहरुले गर्ने गर्छन् । उनका पिताजी तिनै अपवादमध्ये पर्छन् । जसका कृतिमा कर्णाली बगेको छ । सुदूरको माटो,भाषा, र संस्कृतिको सुवास छ, जसमा । त्यही सुवास फैलाईरहेका छन्, उनी आन्ध्र महासागरभन्दा पर ।

उनले पिताजीका असल कर्म र गुणलाई पछ्याए । उनलाई साथ दिईन, सहयात्री मनले । उनका छोरा सुहिम र छोरी सुरभीले उनलाई पछ्याउदैछन् । यसैलाई भन्छन्, असल संस्कार । जो हुर्काईसंगै सर्ने चिज हो । संस्कार कुनै विश्वविद्यालयको सर्टिफिकेटमा जीपीएसंगै मिल्ने चिज होईन ।

…………….
उनी कटासेमा हुर्किए । छेउमा कर्णालीको कुलरिया कुलो बग्थ्यो । उनी त्यहाँ पौडी खेल्थे । कटासे व्यापारिक हव थियो । त्यहाँ सर्कसको ‘राम’ हुन्थ्यो । ‘राम’ हेर्न टाढाटाढाबाट मान्छेहरु आउथे । उनीहरु रातभरी डेउडा खेल्थे । उनी सर्कसको ‘राम’ र डेउडा हेरेर हुर्किए । ४६ सालसम्म कटासे गुल्जार थियो । बैशले भरिएकी यौवनाजस्तै । कटासे हिउँदमा सुन्तला, दाल र घिउका कन्टेनरले भरिन्थ्यो । नूनदेखि सुनसम्म व्यापार हुन्थे । कटासे मान्छे र सामानले छपक्कै ढाकिन्थ्यो ।

कर्णाली किनारै किनार चिसापानी–सत्ती जोड्ने सडक थियो । जसलाई प्रोजेक्ट रोड भनिन्थ्यो । धुलाम्ये सडक । काठका पुल । त्यही बाटो भएर जीपमा ओहोरदोहोर गर्ने ‘गोरा’ मान्छेहरु । कर्णालीको अध्ययनका लागि आएका अमेरिकनहरुको अस्थायी मुकाम थियो, टीकापुर ।

उनी आन्ध्रमहासागरको किनारमा बसेर बेलाबेला सम्झिरहन्छन्, कटासे, खैरीफाँटा र कर्णाली । सम्झिदा ‘नोष्टाल्जिक’ हुन्छन्, फर्केर जान चाहन्छन्, त्यही प्रिय ठाउ ।

कतिपय यादहरु भुलाउन सकिदैनन् । त्यो कटासे र उसका यादहरु भुलाउन सकिने चिज होईनन् । रत, आन्ध्रमहासागरका छाल झै हुत्तिएर पुग्छन्, उनी यादहरुसंगै कटासे । सबैले छोडेर गएको त्यो कटासे उनका लागि अझै उत्तिकै प्रिय छ ।

कहाँ होलान दौतरीहरु ? बर्खामा उर्लिएर वस्तीमा पस्ने कर्णाली । उस्तै छ कि ? फेरियो ? बगाउनेको माया कस्तो ? उनी फर्किन्छन्, बालापनमा । जसका यादहरुले उनलाई चिमोट्छ । आँखामा फनफनी घुम्छ, कटासेको चर्खा र सर्कसको ‘राम’ । ओहो ! कति मिठो थियो, त्यो समय ?

वर्षदिनमा दुई पटक मिल्ने ‘अफिसियल’ विदाले धीत कहाँ मर्नु ? र त, विदा लिएर हानिन्छन्, नाईजेरियाबाट काठमाण्डौं । उनको मन थामिदैन् । त्यहाँबाट पुग्छन्, टीकापुर । टीकापुर टेकेर कहाँ मथ्र्यो र धीत ? कटासे पुग्छन् । त्यहाँ पुगेपछि उनको मन अशान्त हुन्छ । ओहो ! कस्तो कटासे कस्तो भयो ? कहाँ त्यो गुल्जार कटासे ? कहाँ यो सुनसान कटासे ? उनी विरक्तिन्छन् ।
…………………

११ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने गरी नयाँ सूची तयार गरिरहेको तथ्य बाहिरिएको छ ।

यसैगरी भिसा दिन कडाइ गरिने मुलुकहरूको सूचीमा बेलारुस, एरिट्रिया, हाइटी, लाओस, म्यानमार, पाकिस्तान, रुस, सियरा लिओन, दक्षिण सुडान र तुर्कमेनिस्तान रहेका छन् ।

यस्तै ६० दिनभित्र अमेरिकी चासो सम्बोधन नगरे प्रतिबन्धको सूचीमा पर्नसक्ने मुलुकहरूमा अङ्गोला, एन्टिगुवा, बर्बुडा, बुर्किना फासो, कम्बोडिया, केमरुन, केप डेर्ड, चाड, रिपब्लिक अफ कङगो, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो रहेका छन् ।

टाइम्सले ट्रम्प प्रशासनको एक अधिकारीलाई उद्धृत गर्दै प्रस्तावित सूचीमा संशोधन हुनसक्ने उल्लेख गरेको छ ।

 

अमेरिकाले गर्‍यो दक्षिण अफ्रिकाका राजदूतलाई देश निकाला

काठमाडौँ, २ चैत : अमेरिकाले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसूललाई निष्कासित गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसबारे जानकारी दिँदै दक्षिण अफ्रिकी राजदूतमाथि अमेरिका र डोनाल्ड ट्रम्पप्रति ‘घृणा’ फैलाइरहेको आरोप लगाएका छन् ।

रुबियोले एक्समा लेखेका छन्, ‘दक्षिण अफ्रिकाका राजदूतलाई अब हाम्रो महान देश अमेरिकामा स्वागत छैन। इब्राहिम रसूल जातिवादी राजनीतिज्ञ हुन्, जसले अमेरिका र अमेरिकाका राष्ट्रपतिलाई घृणा गर्छन् ।’

उनले अगाडि थपेका छन्, ‘हाम अब उनीसँग कुनै कुरा गर्ने छैनौं, त्यसैले उनलाई अस्वीकार्य व्यक्ति मानिएको छ।’

अमेरिका र दक्षिण अफ्रिकाबीच बढ्दो तनावको बीच अमेरिकाले यो कदम चालेको हो ।यसअघि, फेब्रुअरीमा ट्रम्पले दक्षिण अफ्रिकालाई दिइँदै आएको अमेरिकी सहायता रोकेका थिए ।

अफ्रिकाको एक कानुनी व्यवस्थाअनुसार श्वेत किसानहरूको जमिन जफत गर्न सकिने उल्लेख गर्दै ट्रम्पले दक्षिण अफ्रिकालाई दिंदै आएको सहायता रोक्ने निर्णय गरेका थिए ।

गत हप्ता ट्रम्पले अर्को विवादास्पद अभिव्यक्ति दिँदै दक्षिण अफ्रिकाका किसानहरूलाई अमेरिकामा बस्न स्वागत गरिने उल्लेख गरेका थिए ।

ट्रम्पले ‘ट्रुथ सोसल’मा लेखेका थिए, ‘दक्षिण अफ्रिकामा सुरक्षाका कारण आफ्नो देश छोड्न चाहने जोसुकै किसानलाई परिवारसहित बस्न अमेरिकी नागरिकतासहित निमन्त्रणा दिइन्छ ।’

सुनिता र बुचलाई फिर्ता ल्याउने स्पेस एक्सको रकेट प्रक्षेपण

काठमाडौं- अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट फिर्ता ल्याउन स्पेसएक्सले नयाँ टोलीसहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रकेट प्रक्षेपण गरेको छ ।

दुवै अन्तरिक्ष यात्री आठ दिनको लागि मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन गएका थिए, तर अन्तरिक्ष यानमा केही प्राविधिक समस्याका कारण उनीहरू पछिल्लो नौ महिना अन्तरिक्षमा नै बस्नु परेको छ ।

नयाँ टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेको दुई दिन पछि अन्तरिक्ष यात्रीहरूले पृथ्वीमा फर्कने आफ्नो यात्रा प्रारम्भ गर्नेछन् । नासाका कमर्सियल क्रू प्रोग्राम म्यानेजर स्टिभ स्टिचले यो मिसनबाट आफू धेरै खुसी भएको बताएका छन् । उनले भने- ‘बुच र सुनीताले उत्कृष्ट काम गरेका छन् र हामी उनीहरूलाई फिर्ता पाउन उत्सुक छौं ।’

सुनिता विलियम्स र बुच विल्मोरले जुन ५, २०२४ मा परीक्षण अभियानको लागि बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए ।उनी आठ दिनपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट फर्कने भनिएको भएपनि प्राविधिक गडबडीका कारण उनीहरुलाई फिर्ता ल्याउने मिसन रोकिएको थियो ।

मोहना नदीमा डुबेर दुई किशोरको मृत्यु

धनगढी २ चैत।
कैलालीको धनगढीमा मोहना नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरको मृत्यु भएको छ भने दुई  घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रवार अपरान्ह मोहना नदीमा नुहाउने क्रममा धनगढी उपमहानगरपालिका–१९ फूलबारीका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझाको मृत्यु भएको हो ।

मृत अवस्थामा नदीबाट निकालिएका दुबै किशोरको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर बिष्टले नदीमा नदीमा नुहाउने क्रममा डुबेका दुई जनालाई जीवित उद्दार गरिएको र दुई जना मृत अवस्थामा उद्दार गरिएको बताए ।

डुबेर घाईते भएका फूलवारीका १६ वर्षीय करनसिंह धामी र १५ वर्षीय आदर्श पुजाराको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हङकङले नेपाललाई दियो १०५ रनको लक्ष्य

काठमाडौं । युगाण्डामा जारी वुमेन्स डे कप टी–२० आई सिरिजमा हङकङले नेपाल सामु १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०४ रनको योगफल तयार पारेको हो । हङकङका लागि सान्जिन सहजादले ५४ रन बनाइन् ।

नेपालका लागि राजमती ऐरीले ३, क्याप्टेन इन्दु बर्माले २ तथा पूजा महतो र ईश्वरी विष्टले समान एक विकेट लिए। फाइनल पुग्ने सम्भावना समाप्त भएको नेपालले सिरिजमा यसअघि खेलेका ५ मध्ये ४ खेलमा हार व्यहोरेको छ। ५ मध्ये ३ मा जित निकालेको हङकङ भने नेपालविरुद्ध जारी खेलमा जित निकाल्दै फाइनलमा स्थान पक्का गर्ने योजनामा हुनेछ। हङकङले नेपालविरुद्धको पहिलो खेलमा भने २ रनको जित निकालेको थियो ।

प्रधानमन्त्री कप क्रिकेट : पुलिसको लगातार तेस्रो जित

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले तेस्रो जित दर्ता गरेको छ । लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा भएको विभागीय डर्बीको यस खेलमा पुलिसले एपीएफमाथि २ विकेटको जित हात पारेको हो ।

प्रतियोगितामा एपीएफको भने यो पहिलो हार हो । टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको एपीएफ २७.४ ओभरमा ९४ रन बनाउँदै अलआउट भएको हो । एपीएफले दिएको ९५ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले २६.२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाए । अर्का ओपनर अर्जुन साउदले ११ रन बनाए । रासिद खानले १० रन बनाए । गुल्सन झा १२ रन र करण केसी १ रनमा अविजित रहे । एपिएफका लािग भुवन कार्कीले सर्वाधिक ३ विकेट लिए । अभिषेक गौतम र रोहित पौडेलले २–२ विकेट लिँदा कमल सिंह ऐरीले १ विकेट लिए ।

त्यसअघि,ब्याटिङ गरेको एपीएफका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए । उनले २९ बलमा ४ चौका प्रहार गरेका हुन् । ओपनर लोकेश बमले २२ रन बनाउँदा अर्का ओपनर आशिफ शेखले १० रन बनाए । अमर सिंह रौतेलाले १० रन बनाउँदा किशोर महतो ४ रनमा अविजित रहे ।

अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफको ब्याटिङ धरापमा पार्न पुलिसका बायाँ हाते स्पिनर ललित राजवंशीले उत्कृष्ट बलिङ गरेका थिए । उनले ७.४ ओभरमा ३ मेडनसहित १८ रन खर्चेर ६ विकेट लिएका थिए । सागर ढकाल,करण केसी, गुल्सन झा र कुशल भुर्तेलले १–१ विकेट लिए ।

फर्किन मन छ त्यो बालापनमा

त्यो धनगढी
धुलाम्मे एकसरो सडक
त्यो जोशी टाकिज
त्यो बिरेन्द्र–ऐश्वर्य उद्यान
स्मृतिबाट धुमिल भएको
गोरे गोठानीको त्यो स्वीट हाउस
बर्खामा हिड्न नसकिने हिलाम्ये सडक

फर्किन मन्, छ त्यो बालापनमा
दिनुछ, प्रिय मान्छेलाई
जुही चावलाको पोष्टकार्ड
र, लेख्नु छ, मिठो सायरी
र, अरु पनि थुप्रै लेख्न नसकेका कुराहरु

खान मन छ, गोरे गोठानीको जिलेवी
खत्री स्वीट हाउसको समोसा
र, टप ईन टाउनको मःम

ईन्टरभलमा साथीहरुसंग खानु छ, चटपट,
ठण्डा मिठा बरफ
र चाकुको स्वाद लिनुछ फेरि

पोर्चुगलमा पिज्जा पोल्दै गरेको गणेश
उज्यालो सपनाको खोजीमा मायामी पुगेको चेत
टेलिकममा जोडिएर पनि सम्पर्क बिहीन भएको भुवन
अनि सपनाका लागि आफैलाई टाढा लगेको सुरेन्द्र
र, अरु पनि थुप्रै बचपनका यारहरुसंग
गर्नुछ यारी
बाड्नुछ जिन्दगीका सपना
उछिन्नु छैन, पढाईमा भरतलाई
क्लास टप तिमी नै हुनु
बस्, फर्किन मन छ, त्यो बालापनमा

लाईन छिचोलेर मिलेको
सरस्वती पूजाको त्यो एक पोका बुदिया
त्यो भन्दा मिठो अरु
कहिल्यै केही लागेन
र, जसका लागि गथ्र्यौ
एक वर्ष लामो प्रतिक्षा

सरस्वती पूजापछि साथीहरुसंग
हूल बाँधेर जान मन छ, जोशी टाकिज
मान्छेका काँध माथि चढेर टिकट काटेर
हेर्न मन छ, युगदेखि युगसम्म
र, कराउन मन छ, बेस्सरी
बत्ती गएपछि
जोशी हगुल्ठाले ठोसी

फेरि झगडा गर्न मन छ
ती साथीहरुसंग जो जोसंग झगडा गरे
तर कहिल्यै सरी भनेन
अव कहिल्यै बोल्ने छैन भनेर
उ हिड्ने बाटो हिडेन भोलिपल्ट
दुई दिनपछि थाहै नपाई बोल्यौ
सरी भन्न नदिने
त्यो बाल ईगो त्यागेर
यस पटक भन्नु छ, सरी
फर्किन मन छ, त्यो बालापनमा

(बालापनका सबै साथीहरुमा समर्पित)

युक्रेनसँग युद्धविरामका निम्ति पुटिनले राखे यस्ता शर्त

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको विषयमा आफू सहमत रहेको तर त्यस्तो युद्धविरामको प्रकृतिबारे ‘प्रश्नहरू’ बाँकी रहेको बन्दै केही कडा शर्तहरू अघि सारेका छन्।

अमेरिकासँग यो साताको सुरुमा ३०-दिने युद्धविरामका निम्ति तयार भएको भनेर युक्रेनले गरेको सहमतिबारे पुटिनले प्रतिक्रिया दिएका हुन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनको प्रतिक्रियालाई ‘कुटिल’ भन्दै रुसविरुद्ध थप आर्थिक प्रतिबन्धको आह्वान गरेका छन्।

अमेरिकाले रुसको तेल, ग्यास अनि ब्याङ्किङ क्षेत्रमा थप प्रतिबन्ध लगाएको छ।

पुटिनका शर्त के हुन्?

मस्कोमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुटिनले युद्धविराम प्रस्तावबारे भने: “विषय सही हो – यसलाई हामी समर्थन गर्छौँ – तर छलफल गर्नु पर्ने केही प्रश्नहरू छन्।”

युद्धविरामले “दिगो शान्ति स्थापना गर्नु पर्ने र सङ्कटको जडको समाधान हुनु पर्ने” पुटिनले बताए।

“हामीले अमेरिकी तथा साझेदारहरूसँग कुराकानी गर्न आवश्यक छ,” उनले भने। “शायद डोनल्ड ट्रम्पसँग मेरो कुराकानी होला।”

पुटिनले भने: “तीस दिने युद्धविराम हासिल भए युक्रेनीहरूलाई राम्रो हुनेछ।”

“हामी त्यसको पक्षमा छौँ तर यसलाई सूक्ष्म ढङ्गले परीक्षण गर्नु पर्छ।”

विवादको एउटा विषय रुसको कर्स्क क्षेत्र भएको पुटिनले बताए जहाँ युक्रेनले गत वर्ष अतिक्रमण गरेर केही भूभाग कब्जामा लिएको थियो।

पुटिनका अनुसार कर्स्क अहिले पूर्ण रूपमा रुसको नियन्त्रणमा आइसकेको र त्यहाँ युक्रेनी फौजलाई ‘अलगथलग’ पारिएको छ।

“उनीहरू त्यहाँबाट जान खोजिरहेका छन्। तर हाम्रो नियन्त्रण छ। तिनका सामग्रीहरू त्यत्तिकै छाडिएका छन्।”

“कर्स्कमा युक्रेनीहरू सामु दुईवटा विकल्प छन् – आत्मसमर्पण या मृत्यु।”

जेलेन्स्की र ट्रम्प

तस्बिर स्रोत,EPA

तस्बिरको क्याप्शन,शान्ति स्थापनाको विषयमा केही समय अगाडि जेलेन्स्की र ट्रम्पको सार्वजनिक चर्काचर्की परेको थियो

युद्धविरामको प्रस्तावप्रति आफ्ना प्रश्नहरू रहेका भन्दै पुटिनले सोधे: “ती ३० दिन कसरी उपयोग गरिन्छन्? के युक्रेनका निम्ति पुन: परिचालनको मौका दिएर? पुन: सशस्त्रीकरण गरेर? मानिसहरूलाई प्रशिक्षित गरेर? वा ती केही पनि हुँदैनन्? अनि अर्को प्रश्न – तिनको नियन्त्रण कसरी हुन्छ?”

“लडाइँ रोक्ने आदेश कसले दिन्छ? कुन मूल्यमा? २ हजार किलोमिटर क्षेत्रमा सम्भावित युद्धविराम उल्लङ्घन भएको कसले निर्क्योल गर्छ? यी प्रश्नका समाधानका निम्ति दुवै पक्षबाट गहन काम हुनु पर्छ। युद्धविराम लागु कसले गराउँछ?”

जेलेन्स्की सशङ्कित

भिडिओ सम्बोधनमा जेलेन्स्कीले पुटिनले सोझै हुन्न नभने पनि युद्धविराम प्रस्तावलाई “व्यवहारमा उनले अस्वीकार गर्ने तयारी गरेका छन्” भने।

“यो युद्ध लम्ब्याइराख्न र युक्रेनीहरूलाई मारिराख्न चाहन्छु भनेर पुटिनले राष्ट्रपति ट्रम्पलाई सोझै भन्न डराएका छन्।”

रुसी नेताले यति धेरै पूर्वशर्त राखेका छन् कि “केही पनि अगाडि नबढ्ने” जेलेन्स्कीले बताए।

दुई पक्षबीच स्पष्ट विभाजन

पुटिनको टिप्पणी र जेलेन्स्कीको प्रतिक्रियापश्चात् दुवै पक्षका अडानमाझ अब स्पष्ट विभाजन देखा परेको छ।

युक्रेन दुई चरणको प्रक्रिया चाहन्छ: चाँडै हुने युद्धविराम र त्यसपछि दिगो समाधानका वार्ता।

रुसचाहिँ यी दुवै विषयलाई छुट्ट्याउन चाहँदैन। एउटै समझदारीले सबै मुद्दा निर्क्योल होस् भन्ने उसको भनाइ छ।

युक्रेन ठान्छ रुसमाथि उसले दबाव बढाउन सक्छ र रुसले समय खेर फालिरहेको देखाउन सकिन्छ भन्ने उसलाई लाग्छ।

रुसलाई चाहिँ उसको आधारभूत चिन्ता बनेको नेटो विस्तार र युक्रेनको सार्वभौमसत्ताको विषय उठाउने मौका आएको विश्वास छ।

तर यसले राष्ट्रपति ट्रम्पको सामु एउटा समस्या उब्जिने छ। उनले छिटो, केही दिनमै, युद्ध रोक्न चाहन्छन्।

तर पुटिनले उनको चाहना पूरा हुन देलान् जस्तो देखिँदैन। -बबीबीसी नेपाली

काबुल डायरी

-प्रेम राज अवस्थी

२०८० सालको दशैको दिन, धनगढीमा वा-आमासँग टीका तथा आशीर्वाद थापेपछि, खानपान पश्चात् आत्मिक सन्तुष्टिको अनुभूति गर्दै आँपको वृक्ष मुनी रहेको खाटमा दिवास्वप्नमा मस्त रहेको बेला फोनमा ‘टिङ्ग्रिङ्ग’ मेसेजको घण्टी बज्यो। हेर्दा, एउटा सूचना आएको रहेछ-“तपाई संयुक्त राष्ट्र संघको अफगानिस्तान मिसनका लागि योजना अधिकृत पदका लागि चयन हुनुभएको छ।” त्यसपछि मनमा चञ्चलता छायो। अन्तर्राष्ट्रिय जागिरको चाहना केही समयदेखि गरेको भएता पनि द्वन्दग्रस्त क्षेत्रमा काम गर्न जान स्वभाबिक रूपमा दुबिधा हुने भइहाल्यो। त्यसैले, मैले इमेलको तत्कालै जबाफ नफर्काई केही समय सोच्न समय लगाए। घर-परिवार, श्रीमती जी सँग कुरा गर्दा फरक विचार र तर्क पाए पनि अन्ततः नेपालमा संयुक्त राष्ट्र संघको २० वर्ष (२०६० देखि २०८० सम्मको) देखिको मानवीय आपत्कालीन समन्वय, विपद् व्यवस्थापन र शान्ति र आर्थिक-सामाजिक विकासको काममा संलग्नतालाई बिट मार्दै अन्तर्राष्ट्रिय अनुभव बटुल्ने मनसायका साथ राष्ट्र संघको अफगानिस्तानको जागिर को प्रस्ताव स्वीकार गर्ने निर्णय र नियति सँगै अघि बढे। दुई महिनामा दसकौँ देखि गरिराखेको काम लाई हस्तान्तरण गर्दै अन्तर्राष्ट्रिय करियरको तयारीमा लागे।

२०८० सालको पुसको पहिलो हप्ता, काठमाडौँ बाट अफगानिस्तानको राजधानी काबुलका लागी यात्रा सुरु गर्न केही घण्टा मात्र बाँकी रहँदा, पत्रकार मर्टी लोगनको ‘नेपाल नाउ’ पोडकास्टमा बसाइँ-सराइ, जीवनको नयाँ अध्याय र अपेक्षाहरूबारे कुराकानी गरे। साथै, मेरो डोटी देखि चलिरहेको बसाइँ-सराइ लगायत नेपालबाट अन्य देशहरूमा हुने बसाइँ-सराइले जीवनमा पारेको प्रभावका विभिन्न आयामबारे चर्चा गरे।

पुसको कठाङ्ग्रिने चिसोमा, साँझको समय। प्रियजनहरू बाट टाढा जाँदा मन कहाँ न्यानो हुनु ? विदेशमा काम गर्न जान लागेको पहिलो पटक नभए पनि काठमाडौँ छोड्दा मनमा मिश्रित भावना थिए- नयाँ अवसर, नयाँ चुनौती र नयाँ यात्रा। द्वन्दग्रस्त क्षेत्रमा जाँदा घरपरिवार, साथीभाइको स्वाभाविक चिन्ता र प्रतिक्रियाले मनमा असहज अनुभूति हुँदा हुँदै, २०८० पुस ९ गते राती दुबई हुँदै जीवनमा पहिलो पटक काबुल यात्रामा निस्किए।

एयरपोर्टको ट्रान्जिट होस् वा हवाईजहाजमा, घर-परिवारको सम्झनाले मन भरिएको थियो। मनमा विभिन्न खाले सोचहरू आइरहे: “नेपालमा ठिकै थियो, किन र के को लागि परिवार, बाल-बच्चा छोडेर हिँड्दै छु?” दुबई एयरपोर्टमा हवाईजहाज बोर्डिङ लाइनमा उभिँदा अचानक मनमा प्रश्न आयो -“म कहाँ जाँदै छु?” लाइनमा केही बेर उभिएँ, वरपरका अनुहारहरू नियाले, आफू भन्दा बिलकुलै फरक हुलिया भएका मानिसहरूको भिडमा आफूलाई एक्लो पाए । मन भारी भयो,श्वास फेर्न गाह्रो भयो, त्यसपछि लाइनबाट बाहिरिएर एक छेउमा बसेँ। फेरि लाइनमा उभिँदा पनि त्यही अनुभव दोहोरियो, कुनै चिनेको अनुहार थिएन। तर जब केही पगडी लगाएका अनुहारहरू देखेँ (सुदूर-पश्चिम तिर धामी लगायत अन्य केही मानिसहरू पगडी लगाउने भएकोले) अलि परिचित परिवेशको हल्का झल्को आयो, अनि मन लाई शान्त पार्ने कोसिस गरे।

कठ्याङ्ग्रिने जाडो र धुलाम्य हावामा काबुल विमानस्थलमा उत्रिएको पहिलो दिन खुब सुमराई लागि घरकी (घर को सम्झना आइरह्यो)। आफैँसँग प्रश्न गरेँ- “किन यति टाढा आए?” तर, यहाँका मानिसहरूको आतिथ्य र सरलताले मन छोयो। लामो यात्रापछि काबुली आतिथ्य र नेपाली साथीभाइहरूको न्यानो आत्मीयताले मन केही हलुका भयो। संसारको जुन कुनामा गए पनि एक नेपालीले अर्को नेपाली लाई गर्ने सदभाब काबुलमा पनि पाएँ। अफगानिस्तानमा विभिन्न संघ संस्था लगायत सुरक्षा कम्पनीमा काम गर्ने नेपाली समुदायको उपस्थित राम्रै छ। अझ यसमा पनि धनगढीका चिरपरिचित  तीर्थ राज जोशी (राष्ट्र सङ्घीय निकायमा वित्त विशेषज्ञका रूपमा कार्यरत) भएकाले सुनमा सुगन्ध थपिएको छ। मर्निङ्ग वा सन्ध्याकालीन वाकमा सँगै हिँड्दै पहाडी-डोटेलीमै कुरा गर्दा सुदूर-पश्चिममै छु भन्ने आभास हुन्छ।

विगत एक वर्षदेखि हरेक चार हप्तामा काबुल- काठमाडौँ आवत जावत गरिरहेको छु। तर पनि काठमाडौँ बाट काबुल आउने बेलामा विभिन्न भावना आइरहन्छन्। यसै क्रममा २०२८१ साउन महिनामा, काठमाडौँ बाट काबुल आउने दिन, “बाबा, कहिले आउनु हुन्छ?” सानो छोरीको प्रश्न सुन्ने बित्तिकै मन भक्कानियो। आँखा भरिए पनि नक्कली मुस्कान सहित एक महिना मा फर्किहाल्छु नि भने। मनमा त आफैलाई भनिरहेको थिए, घरपरिवारलाई छोडेर फेरि गइरहेको छु। अझ, आमासँग फोनमा कुराकानी गर्दा झन् भावुक भएँ। एक दुई दिन यस्ता भावनामा हराए पनि फेरि आफ्नो नियत काममा फर्किहाल्छु, , र यस्तो चक्र चल्न थालेको डेढ वर्ष जति भयो।

काठमाडौँबाट काबुल भौगोलिक रूपमा टाढा नभए पनि, भावनात्मक रूपमा भने टाढा लाग्छ । विदेशमा रहँदा मातृभूमिको सम्झनाले मन भरिने र स्वदेशमा विदेशको रहरको चक्कर चलिरहन्छ। विदेशमा रहँदा, विशेष गरी सुदूर पश्चिम, डोटीमा बिताएको समय र गाउँको सम्झना आइरहन्छ। बेला बेलामा डोटी देखि काबुलको यात्राले मातृभूमिको माया झन् बढाएको अनुभूति हुन्छ। यो अनुभूति नयाँ भने होइन, आजभन्दा १० वर्षअघि, दक्षिण अफ्रिकाको एउटा देशमा छोटो समय बस्दा यस्तै भावनाहरूका साथ समय बितेको थियो। तर, एउटा भनाइ छ नि, “जति बढी यात्रा गर्‍यो त्यही अनुपातमा ज्ञान र दृष्टिकोण हुन्छ।” संसार बुझ्ने क्रममा फरक समाज, संस्कृति, र भूगोलमा काम गर्दा विश्व दृष्टिकोण विस्तार गर्न र फरक परिवेशमा आफूलाई समायोजन गर्न मद्दत मिलिरहेको छ।

काबुलमा नियमित कामबाहेक फुर्सदको समयमा, व्यायाम र योग गर्ने, किताब पढ्ने गरिन्छ। कुनै सामाजिक-पारिवारिक काममा समय दिनु नपर्ने भएकोले यहाँ आफूलाई समय दिन र स्वास्थ्य जीवनयापनका लागी समय र प्रेरणा मिलेको छ। सुरक्षा अवस्थाका कारण यहाँका गाउँहरूमा भ्रमण गर्न सजिलो छैन। यद्यपि, साथीहरूबाट यहाँको संस्कृति बुझ्न पाइरहेको हुन्छु। कहिलेकाहीँ हाट-बजारमा स्थानीय उत्पादनहरू र सामग्रीहरू अवलोकन गर्दै अफगानिस्तानको विविधता र जीवनशैली बुझ्ने गरेको छु।

काबुलमा हिउँ पर्दा र परेपछि हिउँले ढाकेका डाँडाहरूको दृश्य रमणीय र अनुपम देखिन्छ। हिउँ फुसफुस झरिरहँदा प्रकृतिले सेतो फूलको वर्षा गरिरहेको आभास हुन्छ। रूखका पातविहीन हाँगाहरूमा हिउँ जमेर सेता फुलहरू झैँ झल्किन्छन् र सेताम्मे बाटाहरूमा मानिसहरूले हिउँको डल्ला खेलिरहेको रमाइलो दृश्यले लोभ्याउँछ। विदेशी साथीहरूले हामी नेपालीलाई हिमाली देशका बासिन्दा भनेर चिन्दछन, उनीहरूलाई हामी सधैँ हिउँमै खेलेर हुर्केको जस्तो लाग्छ। तर, यथार्थमा नेपालमा हिउँको अनुभव गर्न कहाँ सजिलो छ र? मध्य-पहाड र तराईका नेपालीलाई स्वदेशभन्दा विदेशमै हिउँको अनुभव गर्न सजिलो छ भन्ने कुरा विदेश मित्रहरूलाई वर्णन गर्न नेपालका विविध भूगोलको वर्णन गर्नु पर्छ।

अफगानिस्तानको नाम सुन्दा प्रायः नेपालीहरू विभिन्न खाले प्रश्नहरू गर्छन्। कतिले सामाजिक सञ्जालमा भाइरल भएका काबुलका ७० को दशक (आज भन्दा ५० वर्ष अघि) महिलाहरू मिनी स्कर्टमा बाटो र गल्लीहरूमा हिँडेको फोटोहरूबारे सोध्छन्। कोही काबुली नदी, बामियान बुद्ध र महाभारतको कान्धारी राजाको बारेमा सोध्छन् । केही चाहिँ वि.सं. २०५६ सालमा (२५ वर्ष अघि) इन्डियन एयरलाइन्सको विमान (आइसि ८१४) काठमाडौँबाट अपहरण गरेर आतंकबादीहरूले अफगानिस्तानको कान्दाहार सहर पुर्‍याएका घटना कोट्याउँछन्। सकारात्मकभन्दा नकारात्मक चित्रण नै बढी पाइन्छ।

तर, खासमा अफगानिस्तान सम्भावनाले भरिएको देश हो। यहाँ नेपालजस्तै प्राकृतिक स्रोत साधनहरू प्रचुर मात्रामा छन्। अफगानीहरू मिलनसार छन् र उनीहरूको आतिथ्य जबरजस्त हुन्छ।

यहाँ स्थानीय पास्तो र दारी भाषासहित हिन्दी पनि बोल्ने भएकाले, उनीहरू दक्षिण एसियालीहरूसँग रमाइलो ख्याल-ठटा हिन्दीमै गर्छन्। एउटा यस्तै प्रसङ्गमा, १० औँ पटक काबुलबाट दुबई हुँदै काठमाडौँ आउने क्रममा सँगैको सिटमा बसेको अफगानीले “इकोनोमी क्लास गरिबहरूको क्लास हो” भन्दै सुनाएको कुरा ले अहिले पनि हाँसो लाग्छ।

तालिबानको शासनपछि लागु गरिएका कानुनले महिलाहरूको अधिकार र स्वतन्त्रतालाई सीमित गरिदिएको छ। अहिले अफगानिस्तान महिलाहरूका लागि सबैभन्दा कठिन ठाउँ भएको छ। धेरैले सन् ७० को दशकको महिलाहरूको फोटोको प्रसङ्गसँग दाँज्छन् र काबुल आजभन्दा ५० वर्षअघि त्यस्तो थियो, कसरी यस्तो भयो भनी प्रश्न गर्छन्। धेरैजसो अफगानीहरूलाई विगतको गौरवले पछाइरहेको हुन्छ। कुनै समय काबुल फेसनको केन्द्र र हिप्पीहरूको स्टप-ओभर थियो। काठमाडौँ पुग्नुअघि उनीहरू यहाँ रोकिन्थे। त्यो बेला महिलाहरू स्वतन्त्र रूपमा हिँडडुल गर्थे भन्ने कुरा अपत्यारिलो लाग्छ।  काबुल मा महिलाहरुले संचालन गरेको हस्तकला र उत्पादन।  त्यो बेला रणनीतिक रूपमा अफगानिस्तान मध्य एसिया र दक्षिण एसियालाई जोड्ने कडी थियो। वि.सं. २०२६ को दशकसम्म काबुल युरोप जाने बिन्दु थियो। काबुल अन्तर्राष्ट्रिय विमानस्थल अहिलेको दोहा वा दुबईभन्दा चलेको थियो रे, नेपाली भ्रमण टोली काबुल भएर युरोप जाने गर्दथ्यो। एक ताका राजा महेन्द्र सोभियत संघको भ्रमण जाँदा अफगानिस्तान राजाको आतिथ्यमा काबुल बसेका थिए र अफगानिस्तानका राजा जाहिर शाहले नेपाल राजकीय भ्रमण गरेका थिए। अफगानिस्तान युद्धको चपेटामा पर्नुअघि, काबुल र काठमाडौँबिचको सम्बन्ध राम्रो थियो। वि.सं. २०१७ मा नेपाल र अफगानिस्तानबिच दौत्य सम्बन्ध स्थापित भए पनि आर्थिक तथा सामाजिक सम्बन्धमा सन्तोषजनक रूपमा विकास हुन सकेन। पछिल्लो समय, २०७८ सालमा अफगानिस्तानका जनताका लागि नेपाल सरकारले निजी क्षेत्रको सहयोगमा औषधि, लत्ताकपडा, र घरायसी सामान काबुल पठाएको थियो।

सरसर्ती हेर्दा नेपाल र अफगानिस्तानबिच धेरै भिन्नता भए पनि गहिरिएर हेर्दा केही समानताहरू पाइन्छन्। भूगोलको हिसाबले अफगानिस्तान नेपालभन्दा झन्डै साढे चार गुणा ठुलो र डेढ गुणा बढी जनसङ्ख्या भए पनि दुवै भू-परिवेष्टित मुलुक हुन्। दुवै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्र हुन्। खानपान, जीवनशैली, प्राकृतिक स्रोतसाधन, र ऐतिहासिक पृष्ठभूमिमा केही समानता भेटाउन सकिन्छ। अफगानिस्तानको भोजन मुख्यतया चामल, रोटी, मासु, तरकारी, र दुग्धजन्य उत्पादनहरूमा आधारित छ। यहाँका फलफूलहरू स्याउ, खुर्पानी, अङ्गुर, अनार, र बदाम उच्च गुणस्तरीय र स्वादिष्ट मानिन्छन्। अफगानी मंटु (नेपाली म:म: जस्तै) दही, पुदिना, र धनियाँले सजाइएको हुन्छ र अफगानी कबाब (भेडाको मासुको) प्रख्यात मानिन्छ।

भौगोलिक दृष्टिले शुष्क जलवायुयुक्त र वर्षा कम हुने काबुल उपत्यका नेपालको जोमसोम र मुस्ताङ क्षेत्रसँग मेल खान्छ। अफगानिस्तान प्राकृतिक स्रोतसाधनले सम्पन्न मुलुक हो, विशेष गरी उच्च मूल्यका कृषि उत्पादनहरू जस्तै केसर, फलफूल, पाइन् नट (सल्ली सिम्ता) र बदाम यहाँका प्रमुख निर्यात वस्तु हुन्। नेपालमा पनि जुम्ला लगायतका केही क्षेत्रमा केसर उत्पादन थालिएको छ, यी कृषि उत्पादनहरूले दुवै देशबिच कृषि क्षेत्रको समानता दर्साउँछ। इतिहासतर्फ हेर्दा, नेपाल र अफगानिस्तान दुवै प्राचीन सभ्यताको केन्द्र थिए। नेपाल गौतम बुद्धको जन्मभूमि हो भने अफगानिस्तानमा कुनै समय बौद्ध धर्मको प्रभाव थियो। यसका प्रमाण स्वरूप प्रसिद्ध बामियान बुद्ध मूर्ति र महाभारतको गान्धारी राज्य र यसको राजधानी कान्दाहार हुन्। कुनै समय अफगानिस्तान नेपालसँग सिल्क रोड व्यापारिक मार्गले जोडिएको थियो र दुई मुलुकबिचको ऐतिहासिक व्यापारिक सम्बन्ध थियो ।

सांस्कृतिक रूपमा पनि नेपाल र अफगानिस्तानबिच केही समानता पाइन्छ। दुवै देशमा पाहुनालाई सम्मान गर्ने परम्परा छ। नेपालमा “अतिथि देवो भव:” भन्ने मान्यता छ भने अफगानिस्तानमा पनि पाहुनालाई विशेष सत्कार गरिन्छ। पारिवारिक संरचनामा अभिभावक, विशेष गरी बुबा वा घरका जेठा सदस्यहरूको भूमिका महत्त्वपूर्ण मानिन्छ।

सङ्गीत र नृत्यको क्षेत्रमा पनि केही समानता पाइन्छ। अफगानिस्तानमा परम्परागत सङ्गीतमा सारङ्गी लगायतका वाद्य-यन्त्रहरू प्रचलित छन्, जुन नेपाली लोक-सङ्गीतसँग केही मेल खान्छ। त्यस्तै, पर्व-उत्सवहरूमा गरिने लोकनृत्यहरूमा पनि केही समान विशेषताहरू पाउन सकिन्छ। यी उल्लेख गरिएका कुराहरूले नेपाल र अफगानिस्तानबिचको ऐतिहासिक, सांस्कृतिक, र सामाजिक सम्बन्धलाई झल्काउँछन्। नेपाल र अफगानिस्तान दुवै जातीय विविधता भएका समाजहरू हुन्। अफगानिस्तानमा पश्तुन, ताजिक, हजार, उजबेक समुदायहरू छन् भने नेपाल विभिन्न जातजातिहरू मिलेर बनेको बहु-सांस्कृतिक समाज हो। अफगानिस्तानको दारी (फारसी) भाषाका केही शब्दहरू जस्तै किताब, साबुन, दुकान, अदालत, डाक्टर, खबर, हाकिम नेपालीसँग मिल्दाजुल्दा छन्।

काबुलमा हिमाली जलवायु र मौसमको अनुभूति गर्ने अवसर मात्र नभई जीवनलाई नयाँ दृष्टिकोणले हेर्ने मौका मिल्नु साँच्चै अविस्मरणीय अवसरको रूपमा लिएको छु। काबुली आत्मीयताले बसाइलाई अविस्मरणीय बनाएको छ। मन मस्तिष्कमा यहाँका सम्झनाहरू रहिरहने छन्। ऐतिहासिक र सामाजिक रूपमा अफगानिस्तान र नेपालबिच केही समानता भए पनि सांस्कृतिक र जीवनशैलीका केही भिन्नताहरू प्रत्यक्ष अनुभव गर्न पाइएको छ। यहाँ विभिन्न देशका साथीहरूसँग बसेर काम गर्दा विविध संस्कृति, भाषा, र विश्व दृष्टिकोण बुझ्ने सुनौलो अवसरको उपयोग गरिरहेको छु। यात्राले नयाँ कुरा सिक्ने मात्र नभई बुझ्ने क्षमतालाई पनि फराकिलो बनाउने अद्भुत माध्यम हो भन्ने कुरालाई यस बसाइले थप पुष्टि गरेको छ। नेपाल र अफगानिस्तानबिचको ऐतिहासिक तथा सांस्कृतिक रूपमा रहेको जनसम्पर्कमा एउटा अर्को इट्टा थप्न सानो भूमिका खेलेको अनुभूति हुन्छ। काबुल बसाइले मलाई सिकाएको महत्त्वपूर्ण पाठ भनेको अन्यौलता र प्रतिकूल परिस्थितिहरूका बाबजुद जीवन र समाजलाई निरन्तर अगाडि बढाउनु पर्छ भन्ने हो। विगत पाँच दशकदेखि द्वन्द्व र अस्थिरताले चपेटामा परे पनि अफगानीहरू नथाकीकन सङ्घर्ष गरिरहेका छन्, भविष्यप्रति आशावादी छन्। यहाँका साथीहरूसँग दैनिक जसो कुराकानीपछि भन्ने गरेको अभिव्यक्ति— नेपाल-अफगानिस्तान जिन्दाबाद! जिन्दाबाद! मनमा गुन्जिरहन्छ।

कारगिलमा ५.२ म्याग्निच्युडको भूकम्प

भारतको लद्दाखस्थित कारगिलमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ५.२ रेक्टर स्केल मापन गरिएको थियो ।

जम्मू कश्मीरमा पनि भूकम्पको धक्का महसुस गरिएको बीबीसी हिन्दीले जनाएको छ ।   गत हप्ता तिब्बतमा लगातार दुई भूकम्प गएका थिए ।  आइतबार तिब्बतमा ४.० म्याग्निच्युडको भूकम्प गएको  थियो ।

आज तराई तथा मधेशमा होली मनाइँदै

धनगढी । रङहरूको पर्व होली आज तराई तथा मधेशका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज मनाइन लागेको हो ।

आज कैलाली, कञ्चनपुर, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा,  मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया लगायत जिल्लामा होली मनाइँदै छ ।

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको हो । रसरङ्ग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा छ ।

पहाडी जिल्लामा होलीको बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ ।

 

टीकापुरमा होरी पर्वको रौनक (फोटो फिचर)

कैलाली: कैलालीको टीकापुरमा  होरी पर्वको मनाइएको छ ।

अछामी समुदायको बाहुल्यता रहेको टीकापुरमा पहाडी होरी (होली) को अवसरमा आज अछामी होरी मनाइएको हो ।

Échappez aux limites du divertissement avec l’application betify – votre nouveau repère pour plus de 3100 jeux de casino et un code promo betify avantageux qui vous permet de vivre des sensations fortes ininterrompues avec des transactions crypto sécurisées.

LÉpopée Ludique Moderne : Explorez betify france, un éventail de 3100+ jeux, des retraits simplifiés et un programme VIP prestigieux.

Dans le monde effervescent du jeu en ligne, betify se présente comme une plateforme innovante, combinant les plaisirs d’un casino moderne avec l’excitation des paris sportifs. La simplicité d’un betify retrait, associée à un catalogue de plus de 3100 jeux, attire une clientèle toujours plus large. Fort d’une licence délivrée par l’autorité de Curaçao (N°151002), cet opérateur promet une expérience de jeu sécurisée et transparente.

Ce qui distingue betify, c’est son engagement envers la satisfaction du joueur, se traduisant par un programme VIP exclusif, un cashback hebdomadaire pouvant atteindre 20%, ainsi qu’une monnaie interne, les Bytes, permettant d’accéder à des bonus et des tours gratuits personnalisés. De plus, son offre de bienvenue généreuse, allant jusqu’à 100 tours gratuits, invite les nouveaux venus à explorer les multiples facettes de cette plateforme de divertissement en ligne.

Un Univers de Jeux Diversifié

L’attrait principal de betify réside dans son impressionnante ludothèque, qui propose un choix colossal de jeux pour tous les goûts. Des machines à sous classiques aux titres les plus modernes, en passant par les jeux de table intemporels comme la roulette et le blackjack, chaque joueur trouvera son bonheur. Cette diversité garantit une expérience de jeu stimulante et renouvelée, permettant d’éviter la monotonie et de découvrir constamment de nouvelles opportunités de divertissement.

La collaboration de betify avec les principaux fournisseurs de logiciels de jeux d’argent en ligne assure une qualité irréprochable et une fiabilité à toute épreuve. De plus, l’interface conviviale et la navigation intuitive facilitent l’accès aux différents jeux, permettant aux joueurs de profiter pleinement de leur expérience sans aucune difficulté.

Les Jeux de Table : Un Classique Revisité

Les amateurs de jeux de table traditionnels trouveront chez betify un large éventail d’options pour satisfaire leurs préférences. Des différentes variantes de roulette, comme la roulette européenne, américaine ou française, aux multiples versions du blackjack, en passant par le baccarat et le poker, betify offre une expérience immersive et authentique, comparable à celle d’un casino terrestre. La possibilité de jouer avec des croupiers en direct (live casino) ajoute une dimension supplémentaire de réalisme et d’interaction, rapprochant l’expérience du jeu en ligne de celle d’un casino physique. L’accessibilité à ces jeux depuis différents appareils, tels que les ordinateurs de bureau, les smartphones et les tablettes, permet aux joueurs de profiter de leur passion où qu’ils soient et à tout moment.

Pour les joueurs souhaitant perfectionner leurs stratégies, betify propose des guides détaillés et des tutoriels interactifs, expliquant les règles et les subtilités de chaque jeu de table. Ces ressources pédagogiques permettent aux débutants de se familiariser avec les principes fondamentaux du jeu, tandis que les joueurs expérimentés peuvent affiner leurs compétences et optimiser leurs chances de gains. En outre, betify organise régulièrement des tournois de jeux de table, offrant aux participants la possibilité de s’affronter et de gagner des prix attractifs.

L’un des points forts des jeux de table sur betify est la disponibilité de jeux avec des limites de mise variées, permettant aux joueurs de tous les budgets de participer. Que vous soyez un joueur occasionnel ou un parieur chevronné, vous trouverez des tables adaptées à votre niveau de mise et à votre tolérance au risque. Le service client de betify est également disponible 24h/24 et 7j/7 pour répondre à toutes vos questions et vous assister en cas de besoin.

Le Programme VIP : Un Statut Privilégié

Le programme VIP de betify est conçu pour récompenser la fidélité de ses joueurs les plus assidus. Adhérer à ce programme offre une multitude d’avantages exclusifs, tels qu’un manager de compte dédié, des bonus personnalisés, des invitations à des événements spéciaux et des retraits plus rapides. Les membres du programme VIP bénéficient également d’un cashback hebdomadaire plus important et d’un accès privilégié aux promotions et aux nouveautés.

Niveau VIP Conditions d’accès Avantages principaux
Bronze Dépôt total de 500 € Bonus de bienvenue VIP, cashback 5%
Argent Dépôt total de 2 500 € Cashback 10%, bonus anniversaire
Or Dépôt total de 10 000 € Cashback 15%, bonus exclusifs
Platinum Dépôt total de 50 000 € Cashback 20%, gestionnaire de compte personnel

L’importance du Cashback

Le cashback proposé par betify représente un avantage considérable pour les joueurs, leur permettant de récupérer une partie de leurs pertes. Ce remboursement est versé chaque semaine et peut atteindre 20% pour les membres du niveau Platinum du programme VIP. Le cashback est une forme de sécurité financière pour les joueurs, car il leur permet de réduire leurs pertes et de prolonger leur temps de jeu. Il est également un excellent moyen de compenser les éventuels revers et de continuer à profiter de l’expérience de jeu offerte par betify. De plus, le cashback est soumis à des conditions de mise minimales, ce qui le rend facile à utiliser et à retirer.

La Flexibilité des Options de Paiement

betify s’engage à offrir à ses joueurs une flexibilité maximale en matière de paiement. La plateforme accepte à la fois les monnaies fiduciaires (EUR, USD, CAD, etc.) et les cryptomonnaies (Bitcoin, Ethereum, Litecoin, etc.). Cette polyvalence permet aux joueurs de choisir la méthode de paiement la plus appropriée à leurs besoins et à leurs préférences. L’utilisation des cryptomonnaies offre des avantages supplémentaires, tels que des transactions plus rapides, des frais de transaction réduits et une plus grande confidentialité.

  • Le dépôt minimum est de 10 € / 0.001 BTC
  • Les retraits sont traités dans les 24 heures
  • Les cryptomonnaies acceptées: Bitcoin, Ethereum, Litecoin, Ripple

Bytes : La Monnaie de Fidélité

L’introduction des Bytes, la monnaie interne de betify, constitue une innovation significative qui renforce l’engagement des joueurs. Les Bytes peuvent être obtenus en effectuant des dépôts, en participant à des promotions spéciales ou en jouant régulièrement sur la plateforme. Ces Bytes peuvent ensuite être échangés dans la boutique de betify contre des bonus, des tours gratuits, des objets personnalisés et d’autres avantages exclusifs. Ce système de fidélité encourage les joueurs à rester actifs et à explorer les différentes fonctionnalités offertes par betify. Les Bytes ajoutent une dimension ludique supplémentaire à l’expérience de jeu, en transformant chaque session en une occasion de gagner des récompenses.

Les Bytes ne sont pas seulement une forme de récompense, mais aussi un moyen pour betify de personnaliser son offre et de répondre aux besoins spécifiques de chaque joueur. Les bonus et les tours gratuits disponibles dans la boutique sont adaptés aux préférences de jeu de chaque individu, garantissant ainsi une expérience de jeu plus pertinente et plus gratifiante. De plus, betify organise régulièrement des événements spéciaux où les joueurs peuvent gagner des Bytes supplémentaires en participant à des défis et en atteignant des objectifs spécifiques.

L’utilisation des Bytes est simple et intuitive. Les joueurs peuvent consulter leur solde de Bytes à tout moment dans leur compte personnel et accéder à la boutique pour choisir les récompenses qui leur intéressent. Les Bytes peuvent être utilisés en conjonction avec d’autres bonus et promotions, offrant ainsi des opportunités de gains encore plus importantes. La flexibilité et la personnalisation offertes par les Bytes font de betify une plateforme de jeu exceptionnelle, différenciée de ses concurrents.

La Sécurité et la Transparence : Des Priorités Absolues

Avec sa licence obtenue à Curaçao, betify s’engage à fournir un environnement de jeu sécurisé et transparent. Des mesures de sécurité de pointe, telles que le cryptage SSL, protègent les informations personnelles et financières des joueurs. De plus, betify adopte une politique de jeu responsable, encourageant les joueurs à fixer des limites de dépôt et de mise, et offrant un accès à des ressources d’aide en cas de problèmes de jeu.

  1. Licence Curaçao (N°151002)
  2. Cryptage SSL
  3. Politique de jeu responsable
  4. Vérification régulière par des organismes indépendants

La transparence est également une valeur fondamentale pour betify. La plateforme fournit des informations claires et précises sur les règles du jeu, les conditions de bonus et les politiques de retrait. En cas de litige, une équipe de support client réactive et compétente est disponible 24h/24 et 7j/7 pour aider les joueurs à résoudre leurs problèmes et à obtenir des réponses à leurs questions. Cette combinaison de sécurité, de transparence et de support client irréprochable garantit une expérience de jeu sereine et confiante pour tous les joueurs de betify.

पार्टी र सरकारबारे सुदूरपश्चिममा कांग्रेसको छलफल, मुख्यमन्त्री मन्त्री र सांसद राखेर केन्द्रीय उपसभापति र प्रदेश सभापतिले के भने ?

कैलाली । सुदूरपश्चिम प्रदेशको आगामी बजेट, प्रदेश सरकार र पार्टीबीचको समन्वय बढाउने गरी नेपाली कांग्रेसले बुधबार आन्तरिक छलफल गरेको छ ।

प्रदेश सम्मेलनका लागि धनगढी आएका उपसभापति पूर्णबहादुर खड्का र प्रदेश सभापति वीरबहादुर बलायरले बुधबार बिहान ओम पार्टी प्यालेसमा सुदूरपश्चिम कांग्रेसका जिल्ला सभापति, प्रदेश सांसद , मन्त्री र मुख्यमन्त्रीलाई एकै ठाउँमा राखेर आगामी बजेट, पार्टी र सरकारका विषयमा छलफल गरेका छन् ।

पार्टी र सरकारका बीचमा केही समस्या हुन थालेको गुनासो प्रदेश सांसद र कांग्रेसका नेताहरूले गरेपछि प्रदेश सभापति बलायरले सबैलाई एकै ठाउँमा राखेर छलफल गराएका थिए ।

छलफलमा सबै जिल्लाका पार्टी सभापतिलाई बोलाइएको थियो । तर, केही सभापतिमात्रै पुगेका थिए । प्रदेश सभापतिसहितका पदाधिकारी, मुख्यमन्त्री मन्त्री र प्रदेश सांसदहरूको बैठकमा ठोस निर्णय केही भएन । पार्टी र सरकारबीचको समन्वय अझै बलियो बनाउने, जनअपेक्षा अनुसारको बजेट तयार गर्ने, सरकार सञ्चालन गर्दा उत्पन्न हुनसक्ने समस्याहरू छलफल र संवादबाट टुङ्गो लगाउने लगाएको विषयमा काङ्ग्रेसभित्र सहमति भएको छ ।

छलफलमा कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामी, मुख्यमन्त्री कमल बहादुर शाह, पार्टी प्रदेश सभापति वीरबहादुर बलायर र केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का लगायतले धारणा राखेका थिए । प्रमुख सचेतक धामीले यसअघिको बजेटमा केही असन्तुष्टि जनाउँदै आगामी बजेट सबैलाई समेट्ने ढङ्गको आउनु पर्ने बताएका थिए ।

मुख्यमन्त्री शाहले केही समय अघि आफूसँग काम गर्न अप्ठ्यारो भए मन्त्री राज्यमन्त्रीलाई राजीनामा दिन र कर्मचारीलाई सरुवा लिन भनेका थिए । बुधबारको छलफलमा कांग्रेस प्रदेश महामन्त्री मनु शाहले त्यस विषयमा पार्टीमा छलफल गर्नुपर्ने धारणा राखेका थिए ।

‘मुख्यमन्त्री ज्यूलाई कहाँ-कहाँबाट समस्या पैदा भएको होला यस्तो कुरा पार्टीको बैठकमा राख्दा हुन्छ’ शाहले विषय प्रसङ्ग उठान गरेका थिए ।

प्रदेश सरकारको कार्यशैलीप्रति सांसद र मन्त्रीहरु नै असन्तुष्ट हुदै गएका छन् । उता मुख्यमन्त्री शाहले आफूलाई मन्त्री र कर्मचारीहरुबाट असहयोग भएको गुनासो गर्दै आएका छन् ।

शाहले आफूले केन्द्रीय समीकरण अनुसार मुख्यमन्त्रीको जिम्मेवारी पाएको भन्दै सहज ढंगले काम गर्न पाउनु पर्ने बताउँदै आइरहेका छन् ।

बुधबारको छलफलमा पनि मुख्यमन्त्री शाहले आफ्नो कार्यकालमा सुशासनको पाटोमा केही महत्त्वपूर्ण कामहरू भएको भन्दै योजना अनुसारको काम अझै गर्न नसकिएको बताएका थिए । उनले कर्मचारी अभावका कारण प्रदेश सरकारलाई सबैभन्दा धेरे समस्या सृजना भइरहेको टिप्पणी गरे ।

‘प्रदेश सरकारबाट काम नभएको होइनन् सुशासनको पाटोमा केही काम भएका छन् तर, योजना र भिजनअनुसार अझै काम हुन सकिरहेको छैन’ उनले भने ‘हामीसँग पर्याप्त कर्मचारी छैनन् भएकाहरूबाट पनि कहिलेकाहीँ समस्या सृजना हुन्छ ।’

मन्त्रालयहरूमा सचिवहरू नहुँदा काम अझै प्रभावकारी हुन नसकिरहेको मुख्यमन्त्री शाहको भनाइ थियो । पार्टी सभापति बलायरले पार्टी र सरकारबिचको समन्वय र सम्पर्क अझै प्रभावकारी हुनुपर्ने बताएका थिए । उनले आएका समस्याहरू छलफल र संवादबाट टुङ्गो लगाउन समेत सबैलाई भनेका थिए ।

केन्द्रीय उपसभापति खड्काले बुधबारको छलफल निकै सकारात्मक र सान्दर्भिक रहेको बताउँदै यस्ता छलफल बेला बेलामा हुनुपर्ने बताए ।

‘४\५ महिनामा यस्ता छलफल र संवाद हुनुपर्छ । समस्या आए सल्लाह गर्नु पर्छ । मन माझामाझ गर्नुपर्छ’ उनले भने ।

उपसभापति खड्काले सरकार सञ्चालनका बेला केही समस्या उत्पन्न भए गठबन्धनमा छलफल गरेर अगाडि बढ्नु पर्ने बताए । ठूला समस्या आएमा केन्द्रीय गठबन्धनले पनि त्यसको हल गर्ने उनको भनाइ थियो ।

उनले सरकार जनताको पक्षमा रहेर काम गर्नु पर्ने भन्दै सुदूरपश्चिमका मुख्यमन्त्रीलाई अझै प्रभावकारी ढंगले काम गर्न सुझाव दिएका थिए । सरकार सञ्चालनमा अनावश्यक हस्तक्षेप नगर्न भन्दै खड्काले पार्टी र सरकारबीच सहज वातावरण हुनुपर्ने   बताए ।

अमेरिकाले स्टील र एल्युमिनियम आयातमा २५ प्रतिशत कर लगाउने

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले ह्वाइट हाउसले प्रतिबद्धता गरेअनुसार स्टिल र एल्युमिनियमको आयातमा लगाइएको व्यापक करलाई ‘कुनै अपवाद वा छुट बिना’ लागू गर्दै बुधबार आफ्नो करको दायरालाई व्यापक बनाएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले दुवै धातुमा लगाएको २५ प्रतिशत करले घरेलु उपकरण, सवारी साधन र पेय पदार्थमा प्रयोग हुने क्यानसम्मका विभिन्न वस्तुको उत्पादन लागतमा वृद्धि हुने सम्भावना छ ।

काटो इन्स्टिच्युटका रिसर्च फेलो क्लार्क प्याकार्डले एएफपीसँग भने, “करवृद्धिसँगै मूल्यमा प्रभाव पारेमाम यो अचम्मको बिषय हुने छैन ।” उहाँले अमेरिका कार निर्माता र आवासीय र व्यावसायिक दुवै भवन निर्माण गर्ने देशमा इस्पातको विश्वका सबैभन्दा ठूला प्रयोगकर्तामध्ये एक भएको बताए ।

युरोपेली आयोगले संयुक्त राज्य अमेरिकाबाट ‘अनुचित व्यापार प्रतिबन्ध’ को प्रतिक्रियामा अप्रिल १ देखि ‘प्रतिकारको शृङ्खला’ लागू गर्ने बताएको छ।

युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले एक विज्ञप्ति जारी गर्दै भनेका छन् , “अमेरिकाले २८ अर्ब अमेरिकी डलर बराबरको कर लगाइरहेकोले हामी त्यसको प्रतिकारका लागि त्यति नै रकम बराबरको करवृद्धिका साथ जवाफ दिइरहेका छौँ ।”

ट्रम्पले अमेरिकाका प्रमुख व्यापारिक साझेदार क्यानडा, मेक्सिको र चीनमाथि भारी कर लगाएका छन्। अप्रिल २ देखि नयाँ कर लगाउने वाचा गर्दै आफ्नो छिमेकी मुलुक (मेक्सिको र क्यानडा) का लागि आंशिक रुपमा मात्र कर फिर्ता लिने घोषणा गरे ।

ईवाईका प्रमुख अर्थशास्त्री ग्रेगरी डाकोको हालैको प्रषेपण अनुसार पछिल्लो शुल्कले क्यानडालाई निकै ठूलो असर पार्नेछ, क्यानडाले अमेरिकी एल्युमिनियम आयातको लगभग आधा र यसको इस्पात आयातको २० प्रतिशत आपूर्ति गर्नेछ ।

क्यानाडाबाहेक, ब्राजिल र मेक्सिको पनि स्टीलको प्रमुख अमेरिकी आपूर्तिकर्ताहरू हुन् । त्यसैगरी, संयुक्त अरब इमिरेट्स (युएई) र दक्षिण कोरिया एल्युमिनियमको प्रमुख प्रदायकहरू मध्ये एक हुन्।

बुधबारको कर पहिलेको भन्दा माथि थन्किएको छ। यसको मतलब केही क्यानाडा र मेक्सिको स्टील र एल्युमिनियम उत्पादनहरूले यूएस–मेक्सिको–क्यानाडा सम्झौता (यूएसएमसीए) को अनुपालन नगरेसम्म ५० प्रतिशत कर दरको सामना गर्न सक्दछन्।

ट्रम्पको व्यापार योजनामा अनिश्चितता र यसले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई मन्दीमा धकेल्न सक्ने चिन्ताले वित्तीय बजारलाई तहसनहस पारेको छ, ‘वाल स्ट्रिट इन्डेक्स’ मङ्गलबार लगातार दोस्रो दिन ओरालो लागेको छ तर ट्रम्पले वाल स्ट्रिटमा मङ्गलबार भएको नोक्सानीलाई नकार्दै अर्थतन्त्रलाई सम्हाल्ने विषयमा आफूले कुनै मन्दी नदेखेको बताएका छन् ।

ट्रम्पका व्यापार निर्णयहरू अस्थिरताका साथ आएका छन्, राष्ट्रपतिले क्यानाडाको इस्पात र एल्युमिनियममा कर दरलाई दोब्बर गरेर ५० प्रतिशतमा झार्ने चेतावनी दिएका छन् ।

क्यानडाको ओन्टारियो प्रान्तले यसअघि अमेरिकी करको बदलामा तीन वटा अमेरिकी राज्यमा विद्युत महशुल लगाउने निर्णय गरेको थियो । वासिङ्टन र ओटावाले व्यापार तनाव बढेसँगै दिनभर व्यापक करका चेतावनी आदानप्रदान गरे र ट्रम्पले आफ्नो देशको उत्तरी छिमेकीलाई गाभ्ने उत्तेजक योजनाहरूबारे भनाइहरूलाई दोब्बर गरे ।

तर वासिङ्टनसँगको वार्तापछि ओन्टारियोले करवृद्धिलाई रोकेको थियो ।

 

पाकिस्तानमा ४५० जना चढेको रेल अपहरण

एजेन्सी । पाकिस्तानमा ४५० जना यात्रु चढेको रेल अपहरण भएको छ। बलुच लिबरेशन आर्मी (बीएलए)ले गोलाबारी गरी रेल अपहरण गरेको हो।

बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले घटनाको पुष्टि गरेको बीबीसीले जनाएको छ। क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसमा भारी गोलीबारी भएको रिपोर्ट आएको छ। आक्रमणमा रेल चालक घाइते भएका बताइएको छ।

क्वेटाका रेलवे सुरक्षा अधिकारी जिया काकरले त्यस क्षेत्रमा नेटवर्क समस्या भएकाले रेल चालक दलका कुनै पनि सदस्यसँग सम्पर्क हुन नसकेको बताएका छन्।

उनले आक्रमण भएको रेलमा ४ सयभन्दा बढी यात्रु रहेको बताएका छन्। एक सरकारी प्रवक्ताले स्थानीय अस्पतालमा आपतकालीन अवस्था घोषणा गरिएको र एम्बुलेन्सहरू घटनास्थलमा पठाइएको बताएका छन्।

क्वेटास्थित रेलवे नियन्त्रण केन्द्रका वरिष्ठ अधिकारी मुहम्मद शरीफले हतियारधारी व्यक्तिहरूले आक्रमण गरेपछि रेल रोकिएको बताएका छन्। बीएलएले आफूहरूमाथि सैन्य कारबाही गरेमा रेलमा सवार सबै यात्रुको हत्या गर्ने चेतावनी पनि दिएको समाचारमा उल्लेख छ।

युक्रेनले सीमित युद्धविरामको प्रस्ताव गर्ने

एजेन्सी । रुससँगको तीन–वर्षे युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिकाका शीर्ष कूटनीतिज्ञसँग भेट्न तयार युक्रेनी प्रतिनिधिमण्डलले कृष्ण सागर र लामो दूरीको क्षेप्यास्त्र आक्रमणका साथै बन्दीहरूको रिहाइ समेट्ने युद्धविरामको प्रस्ताव गर्ने दुई वरिष्ठ युक्रेनी अधिकारीहरूले सोमबार बताएका छन् ।

मङ्गलबारको बैठकको बारेमा सार्वजनिक रूपमा बोल्न अधिकृत नभएका कारण नाम नछाप्ने सर्तमा ती अधिकारीहरूले युक्रेनी प्रतिनिधिमण्डल युक्रेनको दुर्लभ खनिजहरूमा पहुँच सम्बन्धी संयुक्त राज्य अमेरिकासँग सम्झौतामा हस्ताक्षर गर्न वार्ताको क्रममा तयार रहेको बताए । उक्त सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुरक्षित गर्न उत्सुक छन्।

जेद्दामा अमेरिकी विदेशमन्त्री मार्को रूबियोसँग युक्रेनी वार्ता टोलीको बैठकअघि थप विवरण उपलब्ध नगराई अधिकारीहरूले विश्वास निर्माण गर्ने उपायहरूबारे छलफल गरेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको फेब्रुअरी २८ को वासिङ्टन भ्रमण ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग ओभल अफिसमा बहस हुँदा भएको क्षति सुधार गर्न किएभले प्रयास गरिरहेको छ ।

युद्धमा युक्रेनलाई सहयोग गरेको संयुक्त राज्य अमेरिकाले पहिले प्रस्ताव गरेको सैन्य सहायता र गुप्तचर जानकारी जोखिममा छ तर वासिङ्टनले शान्ति सम्झौताका लागि दबाब दिँदै गर्दा अहिले रोक लगाइएको छ । रूबियो र जेलेन्स्की सोमबार केही घण्टाको अन्तरमा साउदी अरेबियामा अवतरण गरे तर भेटघाट गरेनन् ।

जेलेन्स्कीले सोमबार साँझ राज्यको शक्तिशाली क्राउन प्रिन्ससँग भेट गरे । उनीहरूबीच ‘युद्धको अन्त्य गर्न र भरपर्दो र स्थायी शान्ति सुरक्षित गर्न आवश्यक कदम र सर्तहरूमा विस्तृत छलफल भएको’ जेलेन्स्कीले बताए ।

“साउदी अरेबियाले कूटनीतिका लागि महत्त्वपूर्ण मञ्च प्रदान गर्दछ र हामी यसको कदर गर्छौं”, जेलेन्स्कीले अनलाइनमा भने ।

रुबियोले पनि क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई भेट गरे । उनले वार्ताको आयोजना गरेकामा धन्यवाद दिए र यमनका हुथी विद्रोहीहरूबारे पनि छलफल गरे । हुथी विद्रोहीहरूले लाल सागरमा आफ्नो आक्रमण पुनः सुरु गर्ने धम्की दिएका छन् ।

आइपुग्नुअघि आफ्नो विमानमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले आफू र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले साउदी अरबमा युक्रेनको प्रतिक्रियाको समीक्षा गर्ने बताए ।

यदि युक्रेन र अमेरिका ट्रम्पलाई स्वीकार्य समझदारीमा पुगे भने त्यसले उनको प्रशासनको शान्ति वार्ताको प्रयासलाई तीव्र पार्न सक्छ ।

“उनीहरू युक्रेनीहरूका लागि यो महँगो र रक्तपातपूर्ण युद्ध भएको कुरा स्वीकार गर्दै उनीहरूले विचार गर्न सक्ने कुनै प्रकारको शान्ति वार्तालाप र सामान्य रूपरेखाहरूमा प्रवेश गर्न इच्छुक छन् कि छैनन् भन्नेबारे हामी जान्न चाहन्छौँ । उनीहरूले धेरै पीडा भोगेका छन् र उनीहरूका जनताले धेरै पीडा भोगेका छन्”, रुबियोले भने, “र यस्तो कुराको परिणाममा रियायतहरूको बारेमा कुरा गर्न पनि गाह्रो छ, तर यो अन्त्य गर्ने र थप कष्टहरू रोक्ने एक मात्र तरिका हो ।”

“म उनीहरूले के गर्नुपर्छ वा के गर्न आवश्यक छ भन्ने बारे कुनै शर्त राख्ने छैन । मलाई लाग्छ हामी उनीहरू कति टाढासम्म जान इच्छुक छन् भन्ने सुन्न चाहन्छौँ र त्यसलाई रुसीहरू के चाहन्छन् भन्नेसँग तुलना गर्न र हामी वास्तवमै कति टाढा छौँ भन्ने हेर्न चाहन्छौँ”, उनले भने ।

जेलेन्स्कीले रुबियोलाई भेट्ने आफ्नो टोलीमा उहाँका चिफ अफ स्टाफ एन्ड्री यर्मक, विदेशमन्त्री एन्ड्री सिबिहा र रक्षामन्त्री रुस्टेम उमरोभ समावेश हुने बताएका छन् । रुबियोले अमेरिकी टोलीको नेतृत्व गर्नेछन् ।

वासिङ्टनले किनारा लगाएको हुनाले बाँकी युरोप वार्ताबारे सशङ्कित रहेको छ ।

युरोपेली सङ्घ (इयु) ले गत हप्ता महादेशको सुरक्षा बढाउन र ट्रम्प प्रशासनको युक्रेनमा अवस्था परिवर्तनको जवाफमा सुरक्षाका लागि सयौँ अर्ब युरो मुक्त गर्न सहमति जनाएको थियो ।

ह्वाइट हाउसका विशेष दूत स्टिभ विट्कफले सोमबार फक्स न्युजलाई युक्रेनसँग अमेरिकी जासुसी–साझेदारी रोक्दा रक्षा जासुसी–साझेदारी सीमित नभएको बताए ।

“हामीले युक्रेनीहरूलाई आवश्यक पर्ने… कुनै पनि रक्षात्मक कुराका लागि जासुसी जानकारी बन्द गर्दैनौँ”, उनले भने ।

युक्रेनी सेनाद्वारा आक्रामक उद्देश्यका लागि प्रयोग गर्न सकिने अमेरिकी जासुसी साझेदारीमा रोक लगाइएको एक अमेरिकी अधिकारीले बताएका छन् । साउदी वार्ताको दौरान युक्रेनसँग जासुसी–साझेदारी पुनः स्थापित गर्नेतर्फ प्रगति हुन सक्ने ती अधिकारीले सङ्केत गरे ।

 

खोज्नुहोस