कैलालीको जंगलमा १ सय ५० बिदेशी नागरिक : २४ घण्टाभित्र हट्न प्रशासनको निर्देशन

कैलाली : कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा करिब १५० जना विदेशी नागरिक अनुमति बिना बसिरहेको पाइएको छ। इजरायल, यूके, रुस, स्वीडेन, ताइवान, टर्की, भारत, जापान, जर्मनी, फ्रान्स, आइभरिकोस्ट, ग्रिस, नेदरल्याण्ड, स्विट्जरल्याण्ड, चीन, स्पेन लगायत १८ देशका नागरिक बिना अनुमति वन क्षेत्रमा बस्दै आएको खुलासा भएको हो।

‘रेन्बो फेमिली ग्यादरिङ’ नाम दिएर आएका ती विदेशी नागरिकले कुनै आधिकारिक अनुमति नलिएको पाइएपछि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोगनबहादुर हमाल नेतृत्वको टोली बिहीबार सिमली जंगल पुगेको थियो। अस्वाभाविक गतिविधिको गुनासो आएपछि सुरक्षा निकायको टोलीसहित पुगेका प्रजिअ हमालले ती विदेशी नागरिकलाई २४ घण्टाभित्र गन्तव्यतर्फ जान निर्देशन दिएका छन्।

“उनीहरूले कुनै सरकारी अनुमति लिएका थिएनन्। हामीले २४ घण्टाभित्र क्षेत्र खाली गर्न निर्देशन दिएका छौँ। नटेरे कानुनी कारबाही हुन्छ,” प्रजिअ हमालले भने।
अनुगमनका क्रममा ती विदेशी नागरिकले आफूहरू प्रकृतिमा रमाउने समूह भएको दाबी गरे। तर, नेपाल सरकारले अनुमति नदिएको कारण प्रशासनले उनीहरूलाई क्षेत्र छाड्न भनेको हो। प्रशासनले उनीहरूको गतिविधि शान्ति–सुरक्षामा प्रत्यक्ष असर पार्ने खालको नभए पनि कानुनी प्रक्रिया नअपनाएको कारण निष्कासनको आदेश दिएको जनाएको छ।

पत्रकारमाथि हातपात
विदेशी नागरिकको गतिविधि सार्वजनिक गरेपछि सुखडका पत्रकार प्रकाश मिश्रमाथि हातपात भएको छ। घोडाघोडी नगरपालिका–१० का पहलमानपुरस्थित सृजना होटलका सञ्चालक चेतबहादुर सिंह र अजुवा क्याफेका सञ्चालक डबलबहादुर शाहले मिश्रमाथि हातपात गरेको प्रहरीले जनाएको छ।पत्रकार महासंघ जिल्ला शाखा, प्रदेश समिति तथा विभिन्न संस्थाहरूले घटनाको निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्। प्रहरीले हालसम्म शाहलाई नियन्त्रणमा लिएको जनाएको छ।

स्थानीय प्रशासनले अनुमति बिना बसिरहेका विदेशी नागरिकलाई हटाउन निर्देशन दिए पनि घोडाघोडी नगरपालिकाले उनीहरूलाई ‘संस्कृति आदान–प्रदान’ भन्दै स्वागत गरेको देखिएको छ।

यसअघि पनि ‘रेन्बो फेमिली ग्यादरिङ’ नाम दिएर केही महिना अघि अछामको रामारोशन क्षेत्रमा विदेशी नागरिक प्रवेश गरेको पाइएको थियो।

व्यवस्था जोगाउन प्रचण्ड-माधवलगत्तै ओली पनि सडकमा आउने

काठमाडौं, ७ चैत । नेकपा (एमाले) ले मुलुकमा हाल भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ । एमालेले यही चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको छ । तीनमहिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने भएको हो ।

यस क्रममा चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटर साइकल र्याली आयोजना गरिने छ । एमालेले चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने भएको छ भने चैत २४ देखि ३० गतेसम्म बाग्मती बाहेकका छवटै प्रदेशका निम्न शहरहरूमा विशेष प्रदर्शन र जनसभा गर्ने भएको छ ।

प्रदेश तहमा हुने विशेष सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने भएको छ भने जिल्ला तहको सभाका लागि आवश्यक परेका ठाउँमा त्यस्तो व्यवस्था गरिने छ । आज महासचिव शंकर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल बैठकबाट सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयनमा लैजान निर्देशन दिए ।

एमाले केन्द्रीय सचिवालयको यही चैत ४ गते बसेको ४६औं बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर रूपमा छलफल गरी पार्टी नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गरेको थियो ।

महासचिव पोखरेलले जनचेतना अभियान सञ्चालन गर्दा तथ्यका आधारमा गर्न पनि निर्देशन दिए । महासचिव पोखरेलले पञ्चायतकालीन र लोकतन्त्रको अबधिमा भएका आर्थिक र सामाजिक विकासका साथै जनताको जीवनस्तरमा आएको व्यापक परिवर्तन सम्बन्धमा तथ्यगत विवरण समेत जानकारी गराए ।

सो क्रममा उनले पञ्चायतको अन्त्यपछि कुल गार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, निरपेक्ष गरिबी दर, सडक सञ्जाल विस्तार, जनतालाई आधारभूत पिउने पानीको उपलब्धता, सञ्चार सुविधा, विद्युत उत्पादन तथा उपभोग, नेपालीको औसत आयु वृद्धि, शिशु मृत्युदरमा न्यूनीकरण लगायतका महत्वपूर्ण सूचकहरूमा ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे ।

यस्ता छन् कार्यक्रमहरु

१.प्रतिगामी कुप्रयासका विरूद्धमा पार्टीको वडाकेन्द्रित अभियानलाई जोड्दै चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने ।

२. सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्लास्तरमा अन्तर सम्वाद कार्यक्रम आयोजना गर्ने ।

३. चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरण सभा आयोजना गर्ने । जागरण सभा नहुने जिल्लाका हकमा वृहत मोटरसाइकल र्‍याली गर्ने ।

४. चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभाको आयोजना गर्ने । काठमाडौं उपत्यकाको विशेष सभाको योजना पछि तय गरिने ।

कैलालीमा एसईई परीक्षा: प्रश्नपत्र हल गरिरहेको अवस्थामा एक शिक्षक पक्राउ 

धनगढी ।  कैलालीमा एसईई परीक्षाको अंग्रेजी विषयको प्रश्नपत्र हातमा लिएर हल गरिरहेका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सरस्वती मावि, कौवापुरका शिक्षक दीपक धमला रहेका छन्। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार उनलाई राष्ट्रिय मावि, मोतिनगर परीक्षा केन्द्र नजिकैबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनी परीक्षा केन्द्रबाट करिब २०० मिटर टाढा प्रश्नपत्र हल गर्दै गरेको अवस्थामा भेटिएका थिए।

प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका अनुसार धमलाको मोबाइलमा रहेको म्यासेन्जर चेक गर्दा अछामबाट महेन्द्र धमलाले बिहान ९स्३५ बजे प्रश्नपत्र पठाएको खुलेको छ। ‘उनले प्रश्नपत्र हल गरिरहेका थिए, तर कसैलाई चिट चोराएको प्रमाण भने फेला परेको छैन,’ सिंहले भने।

घटनाबारे परीक्षा समिति र सम्बन्धित निकायलाई जानकारी गराइएको छ। यस्तै, प्रहरीले अर्को एक व्यक्ति आफैं प्रहरी कार्यालयमा आए पनि उनको संलग्नता पुष्टि नभएको जनाएको छ।

एसइई दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ

रुपन्देही – रुपन्देहीको सिद्धार्थनगर नगरपालिका -८ मा रहेको परीक्षा केन्द्र लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा परीक्षा दिँदै गरेको अवस्थामा नक्कली परीक्षार्थी फेला परेको विद्यालयका प्राचार्य रूप कुमार रायमाझीले जानकारी दिए ।

उनका अनुसार परीक्षा चलिरहेको बेला प्रवेश पेपरमा हस्ताक्षर गर्न जाने बेला प्रवेश पत्रमा भएको तस्वीर र परीक्षार्थीको अनुहार नमिलेपछि सोधपुक्ष गर्दा नक्कली विद्यार्थी भएको पाइएको हो ।

तिलोत्तमा नगरपालिका स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत एक विद्यार्थी सिद्धार्थनगर नगरपालिकामा रहेको सु-संस्कृत माध्यमिक विद्यालयका एक विद्यार्थीको परीक्षा दिनका लागि आएको पाइएको प्राचार्य रायमाझीले बताए ।

उक्त विद्यार्थीको ग्रेड वृद्धिको परीक्षा आज मात्र रहेको र त्यसैमा पनि नक्कली परीक्षार्थी प्रयोग भएको पाइएपछि उक्त विद्यार्थीलाई जिल्ला प्रहरी कार्यलय रुपन्देही पठाइएको प्राचार्य रायमाझीले जानकारी दिए ।

 

नेपाली कामदारले प्रवासमा ज्यान गुमाउने क्रम बढ्दो

याम कुमारी कंडेल, जिपिजे नेपाल

काठमाडौं, नेपाल — सन् २०२४ को डिसेम्बर ४ तारिखमा ग्रिसबाट आएको फोन कल मार्फत् टेक बहादुर विकले भाइ गणेश विकको बिहान मृत्यु भएको खबर पाए। केही दिनपछि गणेशको परिवार शवको पर्खाइमा काठमाडौंमा भेला भयो जुन व्यर्थ साबित भयो। शव फिर्ता ल्याउन नेपाल सरकारले पैसा निकासा गरिसके पनि ग्रिसका अधिकारीहरुले गणेशको शव गाडिसकेको भन्ने जानकारी परिवारले आधिकारिक पत्राचारमार्फत् प्राप्त गर्‍यो। नेपाल सरकारले गणेशको मृत्युको कारण र परिवारलाई जानकारी नगराई उनको शव गाडेको बिषयमा अनुसन्धान गरिरहेको छ।

कामदारहरु प्रतिहिंसा हुने गरेको धेरै सुनिए पनि नेपालीहरु विदेशमा पैसा कमाउन विगतमा खाडी मुलुकहरु प्रति बढीआकर्षित थिए । हाल पनि त्यहाँ काम गर्ने नेपालीको संख्या ठूलो छ।तर युरोपमा कामदारहरुको लागि सुरक्षित वातावरण हुने विश्वासले गणेश विक जस्ता मानिसलाई त्यहाँका ग्रिस, रोमानिया, क्रोएसिया,माल्टा, पोल्याण्ड जस्ता देशले आकर्षित गर्ने गर्दछन्। ती देशका धेरै नागरिकहरु रोजगारीका लागि मध्य र पश्चिमी युरोपेली देशहरु तिर जाँदा, उनीहरुले छोडेको ठाउँमा मानवीय श्रोतको माग बढेको छ।त्यहाँ विभिन्न थरिका काम हुन्छन्। गणेश विक भने कृषि क्षेत्रमा काम गर्थे ।

नेपालमा युरोपेली रोजगारीको सपनामा वृद्धि हुँदा केही निजी रोजगारदाता कम्पनी अर्थात् म्यानपावर एजेन्सीहरुले भने जोखिमपूर्ण खेल खेल्ने गरेका छन्। यसमा नक्कली कागजात बनाउनु र विदेशी कामदारको सरकारी कोटाबाट पन्छिन प्रवासमा काम गर्न जानेहरुमाथि उच्च दर लगाउनु पर्दछन्।

त्यसमाथि पनि एजेन्सीहरुले विस्तृत कथा बुन्ने गर्छन्। यसमा विदेशको कुनै अनुभव नभएका प्राय: नेपालका ग्रामीण भेगका मानिसहरुले नै जागिर खोजेको र पाएको देखाइन्छ, जुन व्यक्तिगत श्रम स्वीकृतिको लागि अनिवार्य छ, नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको सचिवालयकी रेस्क्यु एन्ड रिपाट्रियसन अधिकारी शान्ति कुमारी सिंह भन्छिन्।

तर इमान नभएका एजेन्सीहरुलाई व्यक्तिगत श्रम स्वीकृतिका लागि रकम बुझाएका कामदारहरु भने कुनै पनि तवरले सुरक्षित हुँदैनन्।

विगत करिब पाँच वर्षयता दिनहुँ कम्तिमा दुई परिवार निराश हुँदै बोर्डमा सहयोग माग्न आउने गरेका छन्, सिंह भन्छिन्। उनका अनुसार, अक्टोबर १७ देखि जनवरी ९ तारिखका बिचमा व्यक्तिगत श्रम स्वीकृतिमा युरोप पुगेका १७ जनाले ज्यान गुमाएका थिए।

उनीहरुलाई विदेश पठाउने एजेन्सीसँग सम्बन्धित कुनै कागजपत्र नहुँदा, शव फिर्ता ल्याउन प्राय: परिवारले आफै जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ।

नेपालमा श्रम प्रवासको लामो इतिहास छ ।सन् १९८० को मध्यतिर नेपाल सरकारले दक्षिण एसिया बाहेकका मुलुकमा जान चाहने कामदारका लागि नीति नियम जारी गर्दै उनीहरुलाई नियमन गर्न खोजेसँगै म्यान पावर एजेन्सीहरु फस्टाएका थिए।केही सीमित व्यक्तिहरुको विदेश गएर कमाउने इच्छा हाल आएर अर्थतन्त्रलाई धान्ने बलियो आधार बन्न पुगेको छ।सन् २०२३ मा विश्व भर रहेका २० लाख भन्दा बढी नेपाली कामदारहरुले अचम्मित पार्दै नेपाल भित्र ११अरब अमेरिकी डलर पठाएका थिए।सम्पूर्ण वैदेशिक अनुदान र लगानी रकमको कुल भन्दा सो रकम बढी हो।यस्ता रेमिट्यान्सले हाल नेपालको कुल गार्हस्थ उत्पादनको एकचौथाइ भन्दा बढी हिस्सा ओगटेको छ।

नेपाली कामदारहरु कानूनी रुपमा विदेशिने दुई तरिका छन्। आफैले काम खोजेर व्यक्तिगत श्रम स्वीकृति प्राप्त गर्ने वा नेपालमा दर्ता भएका १०२६ म्यानपावर एजेन्सीमध्ये कुनै एकमार्फत् संस्थागत स्वीकृति प्राप्त गर्ने। यी दुबै तरिका कागजी प्रक्रियाले भरिएका हुन्छन् जसमा रोजगारीको प्रमाण, पाउने तलब तथा सुविधाहरुको बारेमा राम्रोसँग उल्लेख गरिएको हुन्छ। प्रचलन अनुसार प्राय: ले म्यानपावर एजेन्सीको बाटो रोज्दै आधिकारिक “मास्टर आइडी” लिएर नेपालको कर्मचारीतन्त्रमार्फत आफ्नो यात्रा पहिल्याउँछन्। तर केही दक्ष, शिक्षित र अन्तर्राष्ट्रिय बजारको बारेमा जानकारहरुले भने व्यक्तिगत श्रम स्वीकृति छान्छन्। यस्ता स्वीकृतिहरु नेपालको वैदेशिक रोजगार विभागद्वारा जारी गरिन्छन्।

युरोपको लागि संस्थागत श्रम स्वीकृति दुर्लभ हुने र महँगो पर्ने नेपालको वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरु दत्त सुवेदी बताउँछन्।

प्राय: नेपाली कामदारहरु यात्रा गर्ने व्यक्तिगत श्रम स्वीकृति भने सरल रुपमा प्राप्त गर्न सकिन्छ।

गणेश विकको यात्रा ऋण र वाचाबाट शुरु भयो। रोजगारदाताले उनलाई सर्बियामा महिनामा १ लाख १५ हजार रुपियाँ (८३० डलर) कमाउन सकिने वाचा गरेपछि सन् २०२४ को मार्चमा उनले ८ लाख रुपियाँ (५७७४ डलर) ऋण लिए। धेरै नेपालीका लागि यो ठूलो धनराशि हो। उनले व्यक्तिगतरुपमा श्रम स्वीकृति लिएर यात्रा गरे।

उनले सर्बियामा क्यासियर भएर काम गरे तर वाचा अनुरुपको तलब पाएनन्। त्यसैले, उनी गैरकानूनी रुपमा ग्रिस पुगे जहाँबाट उनले परिवारलाई मासिकरुपमा १ लाख रुपियाँ (७२१ डलर) सम्म पठाए।

उनले रोजेको बाटोको बारेमा लेखिएको कुनै कागजात नभएपनि उनका पाइलाका ढाँचाहरु भने स्पष्ट छन्। नैतिकता नभएका एजेन्सीहरुले बनाएका छोटा बाटाहरुमा कामदारहरु आफ्नो जीवन खेलवाड गर्छन्। परिणामत: कानूनी सुरक्षा हराउँछ र रोजगारदाता जवाफदेहिताबाट पन्छिन्छन्।

नेपाली कामदारहरुले व्यक्तिगतरुपमा श्रम स्वीकृति लिएर यात्रा गर्न सक्ने देशहरु १८८ वटा छन् भने म्यानपावर एजेन्सीमार्फत् जान सक्ने देशहरु १११ वटा छन्। व्यक्तिगतरुपमा नयाँ श्रम स्वीकृतिमा यात्रा गर्ने नेपालीको संख्या आकासिंदो छ। यो संख्या सन् २०२०-२१ मा ५३१७ थियो भने सन् २०२३-२४ मा ९५,०३८ पुगेको छ। ग्लोबल प्रेसको संकलित तथ्याङ्क अनुसार खाडी मुलुक सर्वाधिक लोकप्रिय गन्तव्य रहेपनि युरोप जानेहरुको संख्या छलाङ् मार्दै ४१२९ बाट २१,२६० पुगेको छ।

वैदेशिक राजगार विभागका उजुरी तथा मुद्दा शाखाका निर्देशक गोविन्द प्रसाद हुमागाईंका अनुसार,  सन् २०२४ को अगस्टदेखि जनवरी ९ तारिखसम्म उनको कार्यालयमा २ हजारभन्दा बढीको उजुरी परेको थियो। ती कामदारहरुले युरोपेली देशका लागि व्यक्तिगत श्रम स्वीकृति पाएका भएपनि भनेजस्तो तलब र सेवा सुविधा पाएका थिएनन्। उनीहरुले अवैध रोजगारीको प्रमाण दिएको खण्डमा विभागले एजेन्सीमा छापा मारी कारवाहीसमेत गर्न सक्ने भएपनि यसलाई लागु गर्नु भने चुनौतीपूर्ण छ। कामदारहरुले म्यानपावर एजेन्सीमार्फत् होइन कि आफ्नै आइडी र नाम प्रयोग गरी दरखास्त दिने हुनाले, यदि केही समस्या आएमा, कागजातले उनीहरुलाई भ्रम बेच्ने एजेन्सीको बारेमा नदेखाएर अवसरको खोजी गर्नेहरुकै बारेमा मात्र प्रमाण देखाउँछ।

युरोपमा स्वतन्त्र रुपमा विदेशिने नेपाली कामदारको संख्या बढ्दै गर्दा मृत्यु हुनेको संख्यामा पनि वृद्धि भएको सुवेदी बताउँछन्। नेपालीहरु प्रवासमा रहँदा ज्यान गुमाउनेको संख्या सन् २०१९-२० मा ६७२ थियो भने सन् २०२३-२४ मा बढेर १३४६ पुगेको छ।

मृत्यु भएकाहरुको शव नेपाल झिकाउन सिंह दुतावासहरुसँग दैनिक रुपमा सहकार्य गर्छिन् तर धेरै परिवारलाई उनको कार्यालय रहेको स्थान र त्यहाँसम्मको पहुँचको बारेमा पनि थाहा नभएको उनी बताउँछिन्।

हालको परिस्थितिले वैधरुपमा चलेका म्यानपावर एजेन्सीहरु भने मारमा परेका छन्।

“हाम्रोबदनामीभइरहेकोछ,” नेपालवैदेशिकरोजगारव्यवसायीसंघकामहासचिवमेघनाथभुर्तेलभन्छन्।

उनका अनुसार गैरकानूनी रुपमा मानिस पठाउने काम “दलाल, बिचौलिया र मानव तस्करहरु” को हो। वास्तविक एजेन्सीहरुले कामदारहरुलाई युरोपका प्राय: देशमा पठाउन सक्दैनन् किनभने नेपाल र ती देशहरुबिच यसबारे सहमति भइसकेको छैन, उनी भन्छन्।

गणेश २१ वर्षीया श्रीमती र ८ महिने नवजात शिशुलाई छाडेर बिदा भए। परिवारले सचिवालय सँग गणेशको मोबाइल फोन र अन्त्येष्टिका फोटोहरु भएपनि पठाइदिन अनुरोध गरेको छ तर यसबारे उनीहरुले अहिलेसम्म केही खबर पाएका छैनन्।

नेपालमा दाहसंस्कार गरिने विशाल क्षेत्र पशुपतिनाथको आर्यघाटमा परिवारले उनको अन्तिम संस्कार गर्न पनि नपाएको उनका दाइ टेक बहादुर विक बताउँछन्। डिसेम्बरको चिसोमा बेलुका आएको  फोन  पछि उनीहरुको यही एक आशा जीवित थियो।

“मैले नेपालमै बस भनेर कति बिन्ती गरें, तर मानेन,” विदेशको काम गराइ सुरक्षित नठान्ने टेक बहादुर विक सम्झिन्छन्। “आज यस्तो दिन देख्नुपर्‍यो। अन्तिममा हामीले उसको मुख पनि हेर्न पाएनौं।”

 

Nepali Migrant Workers Risk Their Lives in Europe

Yam Kumari Kandel

KATHMANDU, NEPAL — On Dec. 4, 2024, Tek Bahadur B.K. received a call from Greece informing him that his brother, Ganesh B.K., had died that morning. A few days later, the family huddled together in Kathmandu, waiting for a coffin that would never arrive. Though Nepal’s government approved funds for repatriation, the family found through official correspondence that Greek authorities had already buried Ganesh B.K. The Nepali government is still investigating both the cause of death and why his body was buried without family notification.

Persian Gulf countries were once the gold standard for jobs for Nepalis looking to earn money abroad, despite widespread accounts of worker abuse. That region still attracts scores of Nepali workers, but Europe’s promise of stronger worker protections lures people like Ganesh B.K. to countries there — Greece, Romania, Croatia, Malta, Poland and others. As citizens of those countries increasingly head to central and western Europe for work, demand for labor in the places they’ve left behind has increased. The type of work varies. Ganesh B.K. worked on a farm.

But while dreams of European jobs surge in Nepal, some private recruitment companies, colloquially called manpower agencies, play a dangerous game: forging paperwork and charging would-be migrant workers exorbitant rates to circumvent foreign hiring government quotas.

Then, agencies create an elaborate fiction where workers, most of them from rural Nepal with no experience in the world beyond, appear to have found jobs on their own — a prerequisite for getting an individual permit, says Shanti Kumari Singh, rescue and repatriation officer at the Secretariat of Foreign Employment Board, a government organization.

Workers who pay dishonest agencies for individual permits wind up having no protections, even in the worst cases.

Every day for the last five years or so, Singh says at least two desperate families come to the board seeking help. Between just mid-October 2024 and early January this year, 17 workers who went to Europe on individual permits died, she says.

With no paper trail linking back to the agencies that likely sent them abroad in the first place, most families must shoulder the burden of repatriation alone.

Nepal has a long history of labor migration. Manpower agencies emerged in the mid-1980s when Nepal’s government first tried to harness this human tide, creating rules for workers venturing beyond South Asia. What began with handfuls of people seeking fortune abroad has swelled into an economic lifeline. In 2023, over 2 million Nepali workers scattered across the globe sent home a staggering US$11 billion, pumping more money into their homeland than all foreign aid and investment combined. These remittances now make up more than a quarter of Nepal’s gross domestic product.

Nepali workers can migrate through two legal channels: with individual permits by securing jobs on their own, or on institutional permits through one of Nepal’s 1,026 registered manpower agencies. Both routes demand a maze of paperwork — proof of employment, salary details and benefits, all meticulously documented. While most choose the well-worn manpower agency path, complete with official “master IDs” tracking their journey through Nepal’s bureaucracy, some who are either skilled, educated or aware of the international market opt for individual labor permits. Those permits are issued by Nepal’s Department of Foreign Employment.

Institutional work permits for Europe are both scarce and costly, says Guru Datta Subedi, information officer at Nepal’s Department of Foreign Employment.

Individual permits — the ones most Nepali workers tend to travel on — are more freely to be had.

As the number of Nepali workers migrating independently to Europe increases, so do the number of deaths abroad, says Subedi. Overall, the number of Nepali migrants who died while abroad rose from 672 in 2019-2020 to 1,346 in 2023-2024.

Ganesh B.K.’s journey began with a loan and a promise. In March 2024, he borrowed 800,000 Nepali rupees (US$5,774) — a fortune for many Nepalis — because a recruiter promised him that he could earn 115,000 rupees (US$830) a month in Serbia. He traveled on an individual permit.

Ganesh B.K. worked as a cashier in Serbia but didn’t receive the salary he was promised, so he moved illegally to Greece. From there, he was able to send up to 100,000 rupees (US$721) each month to his family.

He left no paper trail explaining his choice, but his moves follow a familiar pattern: Workers gamble their lives on shortcuts engineered by unscrupulous agencies, legal protections vanish, and recruiters dodge accountability.

There are more destinations — 188 countries — where Nepali workers can travel on individual permits than the 111 where they can travel through manpower agencies on institutional permits. The number of Nepalis traveling on new individual permits is skyrocketing, from 5,317 people in 2020-2021 to 95,038 in 2023-2024. While the Gulf continues to be the most popular destination, according to data collated by Global Press Journal, European destinations saw a significant jump, from 4,129 to 21,260.

Govinda Prasad Humagai, director of the complaints and cases branch of the Department of Foreign Employment, says his office received just over 2,000 complaints between August 2024 and early January this year from workers who obtained individual labor permits for different countries around the world, but were cheated out of promised salaries and benefits. While the department can raid and prosecute agencies if workers provide evidence of illegal recruitment, enforcement is challenging. Because workers technically apply using their own name and IDs rather than through manpower agencies, if things go wrong, the paperwork shows only eager individuals chasing opportunities, never the agencies who sold them a mirage.

Singh works with embassies daily to repatriate bodies but says many families don’t even know how to approach her office, or even where the office is located.

The situation leaves legitimate manpower agencies at a disadvantage.

“Our reputation has been tarnished,” says Meghnath Bhurtel, general secretary of the Nepal Association of Foreign Employment Agencies.

He says it is only “brokers, middlemen and human traffickers” who send people illegally. Real agencies can’t send workers to most of Europe because Nepal and those countries haven’t reached agreements to let that happen, he says.

Ganesh B.K. left behind a 21-year-old wife and an 8-month-old baby. His family has requested the secretariat to at least send them his mobile phone and photos of his funeral, but they have yet to receive anything.

His brother, Tek Bahadur B.K., says the family could not even perform his last rites at Pashupatinath’s Aryaghat, one the largest cremation areas in Nepal — one hope they had when they received the call that cold December evening.

“I begged him to stay in Nepal,” recalls Tek Bahadur B.K., who wasn’t sure working abroad was safe. “Now look what happened. We couldn’t even see his body one last time.”

Photo credit: Yam Kumari Kandel/Global Press Journal.

 

गेटा अस्पताल कैलालीको निर्देशकमा डा. प्रमोद यादव नियुक्त

काठमाडौं, ७ चैत ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलालीको गेटा अस्पतालको निर्देशकमा प्रमुख वरिष्ठ कन्सलटेन्ट डा. प्रमोदकुमार यादवलाई नियुक्त गरेको छ ।

केही समययता रिक्त निर्देशक पदमा यसअघि ट्रमा सेन्टरको निर्देशक रहिसकेका यादवलाई मन्त्रालयको सचिवस्तरीय निर्णयका आधारमा जिम्मेवारी प्रदान गरिएको हो ।

यसअघिका निर्देशकले राजीनामा गरे पछि रिक्त पदमा नियुक्त यादव चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १० औं तहमा कार्यरत छन् ।

यसअघि डा. यादवले जनकपुर प्रादेशिक अस्पतालमा समेत निर्देशकको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

मुख्यमन्त्री शाह र सेना प्रमुख सिग्देलबिच भेटघाट

धनगढी,७ चैत। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली सेना प्रमुख प्रधान सेनापति महारथी अशोकराज सिग्देलबिच आज बिहान धनगढीमा भेटघाट भएको छ ।

भूतपूर्व सैनिक सम्मेलनका लागि सुदूरपश्चिम प्रदेश पुग्नु भएका सेना प्रमुख सिग्देलले मुख्यमन्त्री निवास पुगेर भेटघाट गर्नु भएको हो । सुदूरपश्चिम पृतना हेडक्वार्टर कैलालीमा आज भूतपूर्व सैनिक सम्मेलन हुँदै छ । त्यसको लागि उनि कैलाली पुगेका हुन ।

भेटघाटको क्रममा दुवैबिच सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटन विकासको विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए । भेटघाटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिमलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताएका थिए ।

यस प्रदेशको प्रसिद्ध धार्मिक स्थल बडिमालिकामा पर्यटन विकासका लागि नेपाली सेनाले काम गरिरहेको छ ।

चीनमा चार क्यानेडियनलाई मृत्युदण्ड

काठमाडाैं- चीनले लागुऔषध मुद्दामा दोषी ठहर चार क्यानेडियनलाई मृत्युदण्ड दिएको छ।  बीबीसीका अनुसार क्यानेडियन अधिकारीहरूले यो खबरको पुष्टि गरेका छन्। उनीहरूसँग दोहोरो नागरिकता थियो।

तर तिनको परिचय परिवारको अनुरोधमा गोप्य राखिएको क्यानडाका विदेशमन्त्री मेलानी जोलीले बुधबार पत्रकारहरूलाई बताइन्।

रिपोर्टअनुसार क्यानडास्थित चिनियाँ दूतावासले क्यानाडाली नागरिकले गरेका अपराधको प्रमाण “ठोस र पर्याप्त” रहेको जिकिर गर्दै क्यानडालाई ‘गैरजिम्मेवार टिप्पणी बन्द गर्न’ आग्रह गरेको छ।

चिनियाँ दूतावासले बेइजिङले ‘सम्बन्धित क्यानेडियन नागरिकहरूको अधिकार र हितको पूर्ण ग्यारेन्टी’ गरेको पनि उल्लेख गरेको छ।

चिनियाँ प्रवक्ताले क्यानडा सरकारलाई ‘चीनको न्यायिक सार्वभौमसत्ता’को सम्मान गर्न आग्रह पनि गरेका छन्।

 

एकता महाधिवेशनलाई सघाउने कांग्रेस निकट जनसम्पर्क समितिहरुको निर्णय

 

काठमाडौँ – नेपाली कांग्रेस निकट जनसम्पर्क समितिहरुले गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले आगामी मे ३-५, २०२५ मा काठमाडौँमा आयोजना गर्न लागेको एकता महाधिवेशन सफल पार्न सघाउने निर्णय गरेका छन्।

 भर्चुएल माध्यमबाट आयोजित बैठकमा बोल्दै नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले एनआरएनएमा एक भएर हिडन आह्वान गरे। उनले सर्वोच्च अदालतको परमादेश अनुरुप मे महिनामा एकता महाधिवेशन गर्नुको विकल्प नरहेको भन्दै एकताबद्ध भएमा मात्र एनआरएनएले नागरिकता लगायत गैर आवासीय नेपालीहरुका मुद्दालाई टुंगोमा पुराउन सक्ने बताए।

नेपाली जनसम्पर्क समिति जापानका पूर्व अध्यक्ष तथा एनआरएन अभियन्ता महेश श्रेष्ठले एकताको लागि आह्वान गर्दा अधिकतम लचक बन्न उच्चस्तरीय समितिलाई आग्रह गरे। उनले सर्वोच्चको फैसला बमोजिम मे महिनामा अधिवेशन आयोजना गर्दै सकभर सबै पक्ष सहभागी हुने वातावरण बनाउनु पर्ने बताए।

जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धि प्रकाश ओलीले क्यानाडामा अहिले सम्म निकै कम मात्रै एनआरएनएको सदस्य बनेकाले सदस्यता अभियान तीव्र पार्नु पर्ने सुझाव दिए।

जनसम्पर्क समिति पोर्चुगलका सभापति युवराज पन्थीले सदस्यता प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउनु पर्ने सुझाव दिए। जनसम्पर्क समिति नेदरल्यांड्सका सभापति शालिक गौतमले एनआरएनए लाई एकताबद्ध भएर अगाडी बढाउनु पर्ने जनाए। जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदीले सबै पक्षले महाधिवेशनमा भाग लिने वातावरण बनाउन उच्चस्तरीय समितिले सक्दो प्रयास गर्नु पर्ने सुझाव दिए। बिमल सुवेदी (कतार) ले उच्चस्तरीय समितिले बालुवाटारस्थित संघको सचिवालयमै बसेर काम गर्नु पर्ने बताए।

बैठकमा एनआरएन अभियन्ता गंगाधर गौतमले सम्मानित सर्वोच्च अदालतको परमादेशको सबैले सम्मान गर्नु पर्ने बताए। उनले बढी भन्दा बढी एनआरएनहरुलाई सदस्य बन्न प्रोत्साहित गर्न अभियान चलाउनु पर्ने सुझाव दिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क विभाग प्रमुख किरण पौडेलले नेपाली कांग्रेस कानूनको सर्वोच्चतालाई मान्ने पार्टी भएकाले सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार आयोजना गर्न लागिएको एकता महाधिवेशनलाई सबैले सघाउनु पर्ने बताए। उनले परराष्ट्र मंत्रीको निर्देशन नै एकताको मुख्य आधार हो भन्दै सबै पक्षलाई समेट्ने गरी मे ३-५ मा अधिवेशन आयोजना गर्न पहल गर्न आग्रह गरे। उनले एनआरएनएका सबै पंजीकृत सदस्यहरुले भोट हाल्न पाउने अवस्थाले डेलिगेट्सको विवाद समाधान हुने अवस्था देखिएको बताए । उनले संसारभरि रहेका जनसम्पर्क समितिहरुलाई एकताबद्ध र अनुशासित भएर क्रियाशील हुन आग्रह पनि गरे।

बैठकमा जनसम्पर्क समिति जापानका अध्यक्ष रोशन केसी, मलेसियाका अध्यक्ष चोलाकान्त पंगेनी, युएइका सभापति भुवानी तिमिल्सिना, साउदी अरबका सभापति अर्जुन थापा, एनआरएनए अभियन्ता एवम् जनसम्पर्क समिति नेदरल्यान्डका पूर्व सभापति नारायण प्रसाद आचार्य, नेपाली कांग्रेसका नेता एवम् एनआरएनए अभियन्ता मनोज कुमार श्रेष्ठ (मनोज गोर्खाली) यूएई, नेदरल्यांड्सका सभापति शालिक गौतम, बेल्जियमका सभापति सुबाश गुरुङ, स्पेनका सभापति सन्तोष श्रेष्ठ, अष्ट्रेलियाका पूर्व सभापति कृष्ण गिरि, नारायण सुवेदी (जापान), नरेन्द्र भाट (कतार), शैलु अधिकारी (डेनमार्क), चिन्तामणि सापकोटा (स्पेन), शालिक राम डुम्रे (स्पेन), एकराज गिरी (स्पेन), छबिलाल कडेल (इटाली), बिनोद कार्की (आयरल्याण्ड), जनसम्पर्क समिति बेल्जियमका पूर्व सभापति सन्तोष जोशी (शुभाष), बेल्जियमकै पूर्व सभापति सीता सापकोटा, जनसम्पर्क समिति पोर्चुगलका पूर्व सभापति तिलक गैह्रे, जनसम्पर्क समिति स्विजरल्याण्डका पूर्व सभापति गुणराज पौडेल ‘गुराँस’, एनआरएन अभियन्ताहरु डा केशब पौडेल, सुनील साह, बुद्धि सुवेदी, प्रमोद सिटौला, सीपी पौडेल, दिपक गौतम लगायतले मे महिनामा महाधिवेशन भए पछि फेरि अक्टोबरमा महाधिवेशन गर्नु अदालतको अवहेलना हुने भएकाले सबै पक्षलाई आफ्नो इगो र हठ त्यागी एकताको महाधिवेशनमा सहभागी हुन आग्रह गरेका थिए।

एनआरएनए उच्चस्तरीय समितिले आआफ्नो एनसीसी मार्फत वा समितिको वेबसाइटमा गएर ३१ मार्च २०२५ भित्र सदस्यताका लागि आवेदन दिन एनआरएनएको सदस्य बन्न योग्य सबै गैर आवासीय नेपालीहरुलाई अपिल गरेको छ।

युक्रेनका दुई अस्पतालमा ड्रोन आक्रमण

एजेन्सी । मङ्गलवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबिच फोनमा कुराकानी भएको थियो । उक्त फोन वार्तामा ट्रम्पले आफूले प्रस्ताव गरेको युक्रेनमा ३० दिने पूर्ण युद्धविराममा पुटिनलाई मनाउन सकेन । त्यसको केही घण्टापछि दुवै देशले एक अर्काका पूर्वाधारलाई निशाना बनाउँदै आक्रमण गर्न थाले ।

रुसी सेनाले युक्रेनको उत्तरी सुमी क्षेत्रका दुई अस्पतालमा ड्रोनले आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् । युक्रेनी अभियोजकहरूका अनुसार पुटिन र ट्रम्पको फोनवार्ता समाप्त भएको केही घण्टापछि सुमी सहरको एक अस्पतालमा ड्रोन आक्रमण भयो । त्यतिबेला अस्पतालमा १४७ बिरामी र २२ कर्मचारी उपस्थित थिए ।

त्यसपछि, बुधवार बिहानको समयमा क्रास्नोपिल्ली नामक क्षेत्रको एउटा अस्पतालमा ६ वटा ड्रोन आक्रमण भएको बताइएको छ । आक्रमणको समयमा अस्पतालमा ४९ बिरामी र ११ कर्मचारी बसिरहेका थिए । यस आक्रमणमा अस्पताल भवनमा ठुलो क्षति पुगेको भए पनि आक्रमणको समयमा आश्रयस्थलमा भएकाले सबैजना सुरक्षित रहेको अधिकारीहरूले भनेका छन् ।

युक्रेनका दुई अस्पतालमा ड्रोन आक्रमण

एजेन्सी । मङ्गलवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबिच फोनमा कुराकानी भएको थियो । उक्त फोन वार्तामा ट्रम्पले आफूले प्रस्ताव गरेको युक्रेनमा ३० दिने पूर्ण युद्धविराममा पुटिनलाई मनाउन सकेन । त्यसको केही घण्टापछि दुवै देशले एक अर्काका पूर्वाधारलाई निशाना बनाउँदै आक्रमण गर्न थाले ।

रुसी सेनाले युक्रेनको उत्तरी सुमी क्षेत्रका दुई अस्पतालमा ड्रोनले आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् । युक्रेनी अभियोजकहरूका अनुसार पुटिन र ट्रम्पको फोनवार्ता समाप्त भएको केही घण्टापछि सुमी सहरको एक अस्पतालमा ड्रोन आक्रमण भयो । त्यतिबेला अस्पतालमा १४७ बिरामी र २२ कर्मचारी उपस्थित थिए ।

त्यसपछि, बुधवार बिहानको समयमा क्रास्नोपिल्ली नामक क्षेत्रको एउटा अस्पतालमा ६ वटा ड्रोन आक्रमण भएको बताइएको छ । आक्रमणको समयमा अस्पतालमा ४९ बिरामी र ११ कर्मचारी बसिरहेका थिए । यस आक्रमणमा अस्पताल भवनमा ठुलो क्षति पुगेको भए पनि आक्रमणको समयमा आश्रयस्थलमा भएकाले सबैजना सुरक्षित रहेको अधिकारीहरूले भनेका छन् ।

नेपाली सेनालाई जोडेर विभिन्न टिकाटिप्पणी भएपछि जारी भयो यस्तो वक्तव्य

काठमाडौं, ६ चैत्र । नेपाली सेनाले संगठनलाई जोडेर आएका विभिन्न टिकाटिप्पणी तथा विश्लेषण हुन थालेको भन्दै आफ्नो धारणा सार्वजनिक गरेको छ । सेनाबारे बोल्नुअघि आधिकारिक जानकारी लिएर मात्रै धारणा राख्न जंगी अड्डाको अनुरोध छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज वक्तव्य जारी गरेको छ । पछिल्लो समय राजावादीहरुको आन्दोलन चर्किएसँगै नेपाली सेनालाई जोडेर सामाजिक सञ्जालमा विभिन्न प्रचार भएको थियो । यसैलाई ध्यानमा राखेर सेनाले आज विज्ञप्ती जारी गरेको हो ।

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेशको दोस्रो जित

काठमाडौं : सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ।

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा एक्स्ट्राटेक ओभलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी प्रदेशले दिएको ११७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले ३१.१ ओभरमा लक्ष्य पूरा गरेको हो।

सुदूरपश्चिम प्रदेशका लागि किरण ठगुन्नाले सर्वाधिक ४३ रनको अविजित पारी खेले। उनले ४३ बलमा ४ चौका र २ छक्का प्रहार गरे। ओपनर टेक रावत सस्तैमा आउट हुँदा  अर्का ओपनर खडक बोहोराले ११ रन बनाए। प्रकाश पाण्डेले २२ रन बनाउँदै पेभेलियन फर्किए। कप्तान नारायण जोशले २५ रनको अविजित पारी खेले।

लुम्बिनीका लागि बलिङतर्फ रमेश कुर्मीले सर्वाधिक २ विकेट लिए। निर्मल गुरुङ, अजय चौहान र विप्रसन केसीले समान १–१ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा ११६ रन बनाउँदै अलआउट भएको थियो।

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ४१ रन बनाए। शीर्ष क्रममा तीन ब्याटर सस्तैमा समेटिँदा देवले सम्हालिएको पारी खेलेका हुन्। उनले ७१ बलमा ४ चौका प्रहार गरे।

प्रज्वल थापाले ३० रन बनाउँदा अन्य कुनै पनि ब्याटरको ब्याटरले दोहोरो अंकको रन जोड्न सकेन। सुदूरपश्चिम प्रदेशका लागि हेमन्त धामीले सर्वाधिक ४ विकेट लिए। उनले ९ ओभरमा १ मेडनसहित २६ रन खर्चिए। सूर्य श्रेष्ठ, शेर मल्ल र मिलन बोहोराले समान २–२ विकेट लिए।

लुम्बिनी ६ खेलमा ४ जित र १२ हारसहित ८ अंक बटुलेको छ। आजको खेल जितेको भए लुम्बिनीको पनि फाइनल खेल्ने सम्भावना रहन्थ्यो। आजको हारले लुम्बिनीको शीर्ष  २ मा पुग्ने लक्ष्यमा बाधा पुगेको छ।

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीले सुदूरपश्चिमलाई दियो ११७ रनको लक्ष्य

काठमाडौं : लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ११७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।  प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा एक्स्ट्राटेक ओभलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी प्रदेश ४४.१ ओभरमा ११६ रन बनाउँदै अलआउट भएको हो ।

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ४१ रन बनाए । शिर्ष क्रममा तीन ब्याटर सस्तैमा समेटिदा देवले सम्हालिएको पारी खेलेका हुन् । उनले ७१ बलमा ४ चौका प्रहार गरे । प्रज्वल थापाले ३० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।

सुदूरपश्चिम प्रदेशका लागि हेमन्त धामीले सर्वाधिक ४ विकेट लिए । उनले ९ ओभरमा १ मेडनसहित २६ रन खर्चिए । सूर्य श्रेष्ठ,शेर मल्ल र मिलन बोहोराले समान २–२ विकेट लिए ।

सुदूरपश्चिम र लुम्बिनी दुवैको यो छैटौं खेल हो । लुम्बिनी ५ खेलमा ४ जित र १ हारसहित ८ अंक बटुलेको छ भने सुदूरपश्चिमले ५ खेलमा जम्मा १ जित हात पारेको छ ।

स्ववियु निर्वाचन अपडेट : ९९ कलेजमा नेविसंघको जित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरगत स्ववियु निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणाम अनुसार देशभर नेपाल विद्यार्थी संघ (नेविसंघ) ले लिड गरिरहेको छ ।

जसअनुसार हालसम्म ९९ कलेजको स्ववियु अध्यक्षमा नेविसंघ जित निकालेको छ । कतिपय कलेजहरूमा नेविसंघको पुरै प्यानल नै निर्वाचित भएको छ ।

दोस्रो नम्बरमा रहेको अनेरास्ववियुले हालसम्म ८६ कलेजमा स्ववियु अध्यक्ष जितेको छ । त्यस्तै तेस्रो नम्बरमा रहेको अखिल क्रान्तिकारीले ७३ कलेजको स्ववियु अध्यक्ष जितेको बताइएको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न कलेजमा भएको निर्वाचनको मत परिणाम समेत आउने क्रम जारी छ । हालसम्म नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस ताहाचलमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । कमर्स क्याम्पसमा विशाल रोकाहा र महेन्द्ररत्नमा ईश्वर थापा अध्यक्षमा निर्वाचित भएका अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए ।

यस्तै, थापाथली इन्जिनियरिङ र महाराजगन्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार विजयी भएका छन् । थापाथलीमा प्रल्हाद खड्का र महाराजगञ्जमा विन्दु पोखरेल अध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै अखिल ९क्रान्तिकारी० ले जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पस भक्तपुरमा जित निकालेको छ । जनप्रशासनमा अनिकेत तिवारी र सानोठिमीमा नरेन्द्र ठगुन्ना अध्यक्ष निर्वाचित भएका हुन् ।

पुलचोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । चैत ५ गते देशभरका ३८ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो । त्यस्तै करिब ३०० को हाराहारीमा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन भएको थियो ।

गाजामा आक्रमण शुरुवात मात्रै हो : नेतान्याहू

इजरायल । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजापट्टीमा हमासविरुद्ध फेरि पूर्णस्तरमा आक्रमण सुरु गरेको बताएका छन् । अहिले आक्रमण सुरुवात मात्र भएको भन्दै नेतन्याहुले एउटा भिडियो सन्देश जारी गरेका छन् । जसमा भनेका छ, ‘युद्धविरामसम्बन्धी वार्ता अब आगोमाथि मात्रै चल्नेछ । यो त आक्रमणको सुरुवात मात्रै हो ।’

इजरायलले गाजामा निकै ठूलो हवाई हमलाहरू गरिरहेको समयमा नेतन्याहुको यो भिडियो बाहिर आएको । इजरायलले मंगलबार राति गरेको आक्रमणमा गाजामा एकै दिन ४०० बढीको मृत्यु भएको थियो ।

आफूले हमासका आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गरेर आक्रमण भइरहेको इजरायली सेनाले जनाएको छ । जनवरी १९ मा युद्धविराम सुरु भएयता गाजामा यो सबैभन्दा ठूलो हवाई आक्रमण भएको बताइएको छ । गाजामा युद्धविरामको अर्को चरण सुरु गर्ने वार्तामा सहमतिमा हुन सकेको छैन ।

फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मनालोसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेकी छिन् ।

बुधबार बिहान भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागी भएका उनीहरूबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो । भेटमा उनीहरूबीच आपसी हित र द्विपक्षीय चासोका विविध विषयमा कुराकानी भएको थियो ।

भेटमा परराष्ट्रमन्त्री डा. राणाले जर्जियाकी विदेशमन्त्री बोचोरिसभिलीसँग नेपालले आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‌को सदस्यलगायत अन्यमा पनि उम्मेदवारी दिएकाले त्यसमा सहयोग र समर्थनका लागि जर्जियासँग आग्रह गरेकी थिइन् ।

मन्त्री डा. राणाले कृषि, जलविद्युत्, पूर्वाधार निर्माण, पर्यटनलगायतका क्षेत्रमा नेपाल र जर्जियाबीच संयुक्त लगानी तथा साझेदारी गर्न सकिने सम्भावनाका विषयमा पनि कुराकानी गरेकी थिइन् । साथै नेपालले पछिल्लो समयमा जलवायु परिवर्तनका कारण उत्पन्न अकल्पनीय समस्याको सामना गरिरहेको जानकारी दिँदै नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएका आवाजमा जर्जियाको पनि सहयोग अपेक्षित रहेको मन्त्री राणाले बताएकी थिइन् ।

यस्तै, परराष्ट्रमन्त्री डा. राणाले फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मनालोसँग नेपाल र फिलिपिन्स जलवायु परिवर्तनका कारण उत्तिकै समस्यामा परेकाले यसको असर कम गर्न आगामी दिनमा मिलेर काम गर्न सकिने बताएकी थिइन् । फिलिपिन्स र नेपालबीचको आपसी सम्बन्धका साथै आर्थिक साझेदारी र सामूहिक सहकार्यका विषयमा भेटमा कुराकानी भएको थियो ।

सेती लोकमार्गको भोकाधिकार र रुख कटान आदेश दिने सहमती

काठमाडौँ, ५ चैत । सुदूरपश्चिम प्रदेशको कैलाली, डोटी, अछाम, बाजुरा, बझाङ हुँदै उरै भञ्ज्याङसम्म पुग्ने सेती लोकमार्गको भोकाधिकार र रुख कटानको आदेश दिने सहमती जुटेको छ ।

आज वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, डोटीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आले तथा वन मन्त्रालयका सचिव डा. दीपक खराल लगायतका अधिकारीहरूबीच मन्त्रालयमा भएको छलफलमा भोकाधिकार र रुख कटानको आदेश दिने सहमती भएको हो ।

मन्त्री शाही ठकुरी, पूर्वमन्त्री आले र सचिव डा. खरालबीच छलफलपछि सेती लोकमार्ग निर्माणका लागि आवश्यक पर्ने भोकाधिकार र रुख कटानको आदेश दिने सहमती भएको वन तथा वातावरणमन्त्री शाही ठकुरीको सचिवालयले जनाएको छ ।
यही चैत ३ गते प्रतिनिधिसभाको विशेष समयमा बोल्दै पूर्वमन्त्री आलेले वन तथा वातावरण मन्त्रालयले भोकाधिकार र रुख कटान आदेश नदिँदा सेती लोकमार्गको काम ठप्प भएको आरोप लगाएका थिए । सोही कारण आजको छलफल महत्वपूर्ण मानिएको बताइएको छ ।

वन तथा वातावरण मन्त्रालयले भोकाधिकार र रुख कटान आदेश नदिँदा सेती लोकमार्गको काम ठप्प भएको पूर्वमन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले बताए। उनले भने, “भोकाधिकार र रुख कटान आदेश नदिँदा उक्त लोकमार्गको काम ठप्प भएको थियो । आजको छलफलपछि सो आदेश दिने सहमती जुटेपछि अब उक्त सडक निर्माणको काम सुचारु हुनेछ ।”

सेती लोकमार्गको भोकाधिकार र रुख कटान आदेश दिने सहमती भएसँगै सुदूरपश्चिम प्रदेशका कैलाली, डोटी, अछाम, बाजुरा, बझाङ जिल्लाका जनतामा खुशीयाली छाएको छ । स्थानीयवासीले सडक निर्माण कार्य अगाडि बढ्ने कुराले यातायात तथा आर्थिक विकासमा टेवा पुग्ने आशा समेत व्यक्त गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र भिलेन नबनेको भए अझै केही वर्ष राजतन्त्र टिक्थ्यो: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र स्थापनाका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले भिलेनको रुपमा सहयोग गरेको टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरुले गणतन्त्रको निम्ति आधार तयार पारेको र तत्कालीन राजा शाहले भिलेनको रुपमा भूमिका खेलेको टिप्पणी गरे ।

पूर्वराजा शाहले मूर्खतामार्फत पनि आफूहरुलाई सहयोग गरेको उनको भनाइ छ ।सात राजनीतिक दलहरुमाथि धोका नदिएको भए राजतन्त्र अझै केही वर्ष टिक्ने जिकिर उनको छ। नेपाली जनतालाई अझ अधिकार सम्पन्न बनाउन, अझ सचेत हुन र समाजवादी क्रान्तिको यात्रामा अगाडि बढाउन नयाँ संकल्पको आधार पूर्वराजा शाहले तयार पारेको उनको भनाइ छ ।

‘गणतन्त्रको निम्ति आधार तयार हामीले पार्‍यौं। र ज्ञानेन्द्रले आफ्नो मूर्खतामार्फत पनि हामीलाई मद्दत गरेकै हो । उनले धेरै मूर्खता नगरेको भए अझै केही वर्ष..। उनले सात राजनीतिक दलमाथि पनि दमन नगरेको भए, नेताहरुलाई उनैको पछि लाग्छौँ भन्दा, लात्ताले नहानेको भए अझै केही वर्ष टिक्न पनि सक्थे,’ प्रचण्डले भने, ‘भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिका पनि गणतन्त्र स्थापनामा महत्वपूर्ण छ ।’

अहिले राजतन्त्र पुनःस्थापनाको कलाबिहीन नाटक प्रदर्शन गरिएको उनको भनाइ छ ।

नेपाली जनतालाई अझ अधिकार सम्पन्न बनाउन, अझ सचेत हुन र समाजवादी क्रान्तिको यात्रामा अगाडि बढाउन नयाँ संकल्पको आधार तयार पारेको उनको भनाइ छ ।

‘फेरि पनि ज्ञानेन्द्र शाहको भूमिका महत्वपूर्ण नै हुन्छ । कथा, साहित्य, उपन्यास हिरोले मात्रै चल्दैन, भिलेन पनि चाहिन्छ । भिलेन सक्रिय भएन भने हिरो पनि राम्रो सफल नहुन सक्छ । भिलेन अलि खतरनाक भएर आयो भने तागतका साथ काम गर्छ,’ उनले भने ।

युक्रेन युद्धबारे ट्रम्प र पुटिनबीच वार्ता हुँदै

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार वार्ता गर्ने भएका छन् । उनीहरुबीच नेपाली समयअनुसार साँझ पौने ७ बजे वार्ता हुने भएको हो ।

जसमा युक्रेन र अमेरिका-रूस सम्बन्ध मुख्य एजेन्डा हुनेछन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले फेब्रुअरी १२ मा भएको फोन वार्ता र वासिङ्टन-मस्कोबीच भएका उच्चस्तरीय छलफलपछि दुवै नेताहरूबीच ‘केही समझदारी’ बनेको बताएका छन् ।

‘तर हाम्रो दुईपक्षीय सम्बन्ध सामान्यीकरणका साथै युक्रेन मामिलाको समाधान सम्बन्धी धेरै प्रश्नहरू छन्। यी सबै विषय दुई राष्ट्रपतिबीच छलफल हुनुपर्नेछ,’ पेस्कोभले पत्रकारहरूलाई भने ।

उनका अनुसार वार्ताको कुनै समयसीमा तोकिएको छैन । पुटिन र ट्रम्पले आवश्यक ठानेसम्म कुरा गर्नेछन् ।

अमेरिकामा पत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोग सम्बन्धि अन्तरक्रिया  

अमेरिका ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक संजालको दुरुपयोग रोक्न प्रेस काउन्सिल नेपालले राज्यका निकायहरुसग समन्वय गरेर काम गरिरहेको बताएका छन् ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आईतवार टेक्सस राज्यको युलेसमा आयोजना गरेको ‘पत्रकार आचारसंहिता, विश्वव्यापी अभ्यास र नेपाली मिडियामा प्रयोग’ विषयक अन्तरक्रियामा बोल्दैं काउन्सिल अध्यक्ष बस्नेतले पछिल्लो समय सामाजिक सञ्जाल दुरुपयोग गरी भ्रमपूर्ण, अफवाहपूर्ण, गालीगलौजपूर्ण सामग्री सम्प्रेषण भइरहेको  प्रति चिन्ता व्यक्त गर्दै यसले संचारमाध्यमप्रतिको बुझाईमा समेत नकारात्मक असर गरिरहेकाले सामाजिक संजालको दुरुपयोग रोक्नु आवश्यक रहेको जनाए ।

सामाजिक संजालको प्रयोग गरी कन्टेन्ट उत्पादन गर्ने कन्टेन्ट क्रियटर र संचारमाध्यममा काम गर्ने पत्रकारलाई एकैं प्रकारले बुझ्दा समस्या पैदा भईरहेको छ, बस्नेतले भने, सामाजिक सञ्जालमा गरिने झुटो र आधारहीन पोस्टहरुलाई पत्रकारले लेखेको भन्ने आमजनमानसमा बुझाइका कारण केही समस्या हुने गरेको छ ।

अध्यक्ष बस्नेतले वर्तमान अवस्थामा युट्युब सञ्चालनलाई कानुनी दायरामा ल्याउन र युट्युब सञ्चालकले सिर्जना गर्ने सामाजिक एवं पारिवारिक सामग्रीमाथि काउन्सिलले पछिल्ला वर्षहरुमा निगरानी बढाउन थालेको बताए।

अध्यक्ष बस्नेतले पत्रकार आचारसंहिता कार्यन्वयनका लागि काउन्सिलले काम गरिरहेको बताउदैं  बिदेशबाट सञ्चालित नेपाली मिडियामा प्रकाशित सामग्रीहरुले स्वदेश र विदेशमा रहेका नेपाली समुदायमा प्रभाव पार्ने भएकाले पत्रकार आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए ।

‘नेपालका मिडियाहरुले सुरु गरेको एआईको प्रयोगलाई समेत काउन्सिलले नियालिरहेको छ, अध्यक्ष बस्नेतले भने, विकसित मुलुकहरुमा मिडियाले गरिरहेका प्रविधिको प्रयोगलाई समेत नेपाली मिडियाहरुले पच्छ्याइरहेका छन्, जसले गर्दा अहिले तथ्य जाँचमा समेत टेवा पुगेको छ।

सञ्चारमाध्यम एवं सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार एवम् संयमित बनेर समाचार एव सूचना प्रवाह गर्नसमेत अध्यक्ष बस्नेतको आग्रह थियो ।

कार्यक्रममा कार्यपत्र पेश गर्दै  पत्रकार  विनय गुरागाईंले वर्तमान अवस्थामा नेपाली पत्रकारितामा केही नयाँ आयामहरु थपिएको बताउँदै नेपालका  मिडिया हाउसहरुले समेत प्रविधिको  प्रयोगमा जोड दिनु सुखद् पक्ष रहेको बताए ।

पत्रकारले समाचार प्रवाह गर्दा आचारसंहिताको दायराभित्र बसेर गर्नुपर्नेमा जोड दिँदै समाचार सिर्जना गर्दा पत्रकार संयमित र जिम्मेवार बन्नु आवश्यक रहेको पत्रकार गुरागाईले उल्लेख गरे ।

नेजाका सल्लाहकार सञ्जय घिमिरेले प्रविधिको बढ्दो विकाससँगै प्रविधिको मात्र प्रयोग गरेर सञ्चारमाध्यमका नाममा बढ्दो द्विविधा र विकृतिप्रति काउन्सिललाई थप निगरानी गर्न आग्रह गरे । घिमिरेले नेपाली मिडियामा पछिल्लो समय केही अराजकता पनि देखिएकाले त्यस्ता मिडियलाई हदैसम्मको कारबाही गर्न काउन्सिल हिच्किचाउन नहुने धारणा राखेका थिए ।

नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता, महासचिव बाबुराम दाहालको संचालन र नेजाका क्षेत्रीय संयोजक शंकर थापाले धन्यवाद दिएको कार्यक्रममा  विभिन्न  नगरपालिकाका प्रमुख तथा जनप्रतिनिधिहरु, संघ संस्थाका प्रमुखहरु,सामाजिक अभियन्ताहरु एवं पत्रकारहरुको सहभागिता रहेको थियो ।

२५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलर बोकेर केरुङतर्फ जाँदै गरेका लामा पक्राउ

काठमाडौं,५ चैत ।

काठमाडौंको टोखा नगरपालिकाको झोरबाट २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलरसहित पक्राउ परेका ४३ वर्षीय कुसान लामा रसुवाको केरुङतर्फ जाँदै गरेको खुलेको छ ।

प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का लामालाई सोमबार राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको  थियो ।

पक्राउ परेका लामालाई प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

क्याबिनमाथिको बायाँतिर फल्स बटम बनाई सबै रकम त्यहीँ लुकाएर राखिएको अवस्थामा बरामद गरेको  काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले बताए ।

गाडीका चालक रहेका उनी एक्लै थिए । उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसअघि  २०७३ पुस १३ मा ७ किलो सुन सहित कलंकीबाट समातिएका लामा २०७८ मा छुटेका थिए । उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो ।

गाजामा भीषण आक्रमण, कम्तीमा ३२६ जनाको मृत्यु

काठमाडौं । इजरायलले मंगलबार गाजा पट्टीमा भीषण आक्रमण गर्दा कम्तीमा ३२६ जना प्यालेस्टिनीको ज्यान गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मृतकमध्ये धेरैजसो बालबालिका रहेका छन्।

अलजजिराका अनुसार इजरायली सेनाले गाजा क्षेत्रमा व्यापक बमबारी गरेको छ, जसमा दक्षिणी गाजाको खान युनिस र रफाह, उत्तरी गाजा सिटी तथा मध्य क्षेत्रमा पर्ने देइर अल(बलाह प्रमुख निशानामा परेका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये अधिकांश महिला, बालबालिका तथा वृद्ध छन्, जबकि धेरै पीडितहरू भग्नावशेषमुनि फसेका छन्।

‘३२६ जना शहीदहरूको शव गाजाका विभिन्न अस्पतालहरूमा ल्याइएको छ, र अझै थुप्रै मानिस भग्नावशेषमुनि छन्,’ गाजाका स्वास्थ्य मन्त्रीले भनेका छन्।

गाजामा शासन गर्ने हमासले इजरायलको आक्रमणलाई जनवरी १९ मा भएको युद्धविरामको उल्लङ्घनका रूपमा लिएको छ। हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम विस्तार गर्ने वार्ता असफल बनाएर पुनः द्वन्द्व चर्काएको आरोप लगाएको छ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हमासले हाम्रा बन्धकहरू रिहा गर्न बारम्बार अस्वीकार गरेपछि, र अमेरिकी दूत तथा मध्यस्थकर्ताहरूको प्रस्तावलाई ठाडो अस्वीकार गरेपछि, इजरायलले सैन्य कारबाहीलाई अगाडि बढाउने निर्णय गरेको हो।’ इजरायली अधिकारीहरूका अनुसार आक्रमण जति आवश्यक छ, त्यति लामो समयसम्म जारी रहनेछ र यसलाई हवाई आक्रमणभन्दा पर पनि विस्तार गरिनेछ।

हमासले इजरायली सरकारलाई आन्तरिक संकट समाधानका लागि द्वन्द्वलाई ‘राजनीतिक अस्त्रुका रूपमा प्रयोग गरेको आरोप लगाएको छ। ‘युद्ध पुनः सुरु गर्ने नेतन्याहुको निर्णय कब्जामा रहेका कैदीहरूलाई बलिदान दिने र उनीहरूलाई मृत्युदण्ड दिने जस्तै हो,’ हमासको विज्ञप्तिमा उल्लेख गरिएको छ।

फुटेजहरूमा खान युनिसको नासेर अस्पतालमा स्ट्रेचरमा घाइते व्यक्तिहरूलाई दौडाउँदै गरेको देख्न सकिन्छ। अस्पतालका शवगृहमा सेतो कपडाले बेरिएका शवहरू ल्याइएको दृश्यहरूले युद्धको भयावहता झल्काउँछ।

पृथ्वीमा फर्कदै सुनिता र बुच

एजेन्सी । स्पेसएक्सको अन्तरिक्ष यान ड्रयागन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अनडक (अलग्गिएको)भएको छ। अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर यस अन्तरिक्षयान मार्फत १७ घण्टाको यात्रापछि पृथ्वीमा फर्कनेछन्।

उनीहरुसँगै नासाका अन्तरिक्ष यात्री निक हग र रूसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका अन्तरिक्ष यात्री अलेक्ज्याण्डर गोर्बुनोभ पनि फर्कनेछन्। यो अन्तरिक्षयानको फिर्ताको अनुमानित समय हो। सुनिता विलियम्स र बुच विल्मोर जुन ५, २०२४ मा स्टारलाइनर परीक्षण यानबाट आईएसएस गएका थिए।

त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्कने योजना थियो तर अन्तरिक्षयानमा समस्या उत्पन्न भएपछि उनीहरु फर्कन सकेनन्। नासाका अनुसार अवतरणको स्थान मौसमको अवस्थाको आधारमा निर्धारण गरिनेछ।

मार्च १९, २०२५ सम्म गणना गर्दा उनीहरूले अन्तरिक्षमा कुल २८६ दिन बिताइसकेका हुनेछन्। योसँगै सुनिता एकै यात्रामा आइएसएसमा सबैभन्दा धेरै दिन बिताउने तेस्रो महिला वैज्ञानिक बन्नेछिन्।

क्रिस्टिना कोचले ३२८ दिन त्यहाँ रहेर सूचीको शीर्ष स्थानमा छिन्। पिग्गी ह्विटसन २८९ दिन बसेर दोस्रो स्थानमा छिन्।

अन्तरिक्ष यात्री फ्रान्क रुबियोले एक पटकमा ISS मा सबैभन्दा धेरै दिन ३७१ दिन बिताएका छन्। समग्रमा सबैभन्दा धेरै दिन बिताउने रेकर्ड पिग्गी ह्विटसनको नाममा छ। उनले ISS मा ६७५ दिन बिताएका छन्।

‘अद्भुत र अलौकिक अनुभव’: आईएसएसमा अन्तरिक्षयात्रीहरू के गरेर समय कटाउँछन्

काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा नौ महिना फसेका नासाका दुई अन्तरिक्षयात्री सुनीता विलिअम्स र बुच विल्मोर ‘स्पेसएक्स क्रू ड्र्यागन’ चढेर पृथ्वी फर्किँदै छन्। उनीहरूको यात्रा १७ घण्टा लामो हुने अनुमान छ।

नेपाली समयानुसार उनीहरू बुधवार बिहान सबेरै आइपुग्ने ठानिएको छ।

बोइङ स्टारलाइनर क्याप्स्यूलको परीक्षण उडानमा सहभागी हुँदै उनीहरू गत जुन महिनामा आठ दिनका लागि भनेर अन्तरिक्षमा गएका थिए। तर उक्त यानमा प्राविधिक समस्या उत्पन्न भएपछि उनीहरू अन्तरिक्ष स्टेशनमै बस्न बाध्य भए।

गत वर्ष विलिअम्सले आईएसएसलाई आफ्नो “खुसीको स्थान” भनेकी थिइन् भने विल्मोरले त्यहाँ बस्न पाउँदा आफू “कृतज्ञ” भएको टिप्पणी गरेका थिए।

तर पृथ्वीभन्दा ४०० किलोमिटर टाढा बस्दा खासमा कस्तो महसुस हुन्छ? अन्तरिक्षयात्रीहरू एकआपसमा आइलाग्ने समस्या कसरी सुल्झाउँछन्? कसरी कसरत गर्छन् र लुगा धुन्छन्?

के खान्छन् र महत्त्वपूर्ण कुरा अन्तरिक्षको ‘गन्ध’ कस्तो हुन्छ?

बीबीसी न्यूजसँग तीन अन्तरिक्षयात्रीले पृथ्वीको कक्षको दिनचर्या कस्तो हुन्छ भन्नेबारे आफ्नो अनुभवसहितको कुराकानी गरेका छन्।

व्यस्त दैनिकी

अन्तरिक्षयात्री सुतेको देखाइएको चित्राङ्कन

अन्तरिक्षयात्रीको दिनका प्रत्येक पाँच मिनेट पृथ्वीमा रहेको मिशन कन्ट्रोलले विभाजित गरिरहेको हुन्छ।

उनीहरू छिटै उठ्छन्। ‘जीएमटी’को बिहान ६:३० बजे अन्तरिक्षयात्री फोन बूथजत्रो ‘हार्मनी’ नाम दिइएको शयनकक्षबाट बाहिर निस्किन्छन्।

“विश्वकै राम्रो स्लीपिङ ब्याग हुन्छ त्यहाँ,” सन् २००९ र २०११ मा गरी दुई पटकको यात्रामा गरेर १०४ दिन अन्तरिक्षमा बिताएकी अमेरिकी अन्तरिक्षयात्री निकोल स्टटले बीबीसीलाई बताइन्।

सानासाना भागमा बाँडिएका कम्पाट्मन्टहरूमा ल्याप्टप कम्प्युटर हुन्छन्। अन्तरिक्षयात्रीहरू परिवारसँग तिनको प्रयोग गरेर सम्पर्कमा रहन्छन्। अनि उनीहरूका तस्बिर या पुस्तकजस्ता व्यक्तिगत वस्तु राख्ने स्थान पनि त्यहाँ तोकिएको हुन्छ।

त्यसपछि अन्तरिक्षयात्रीहरूले शौचालय प्रयोग गर्न सक्छन् र त्यहाँ ‘सक्शन’ प्रणाली जडान गरिएको हुन्छ। धेरैजसो पसिना र पिसाब पुनर्प्रयोग गरी पिउने पानी बनाइन्छ। तर अहिले आईएसएसमा समस्या आएका कारण अन्तरिक्षयात्रीहरूको पिसाब सङ्कलन भइरहेको छ।

त्यसपछि अन्तरिक्षयात्रीहरू काममा लाग्छन्।

आईएसएसको मर्मतसम्भार अथवा वैज्ञानिक परीक्षणमा नै उनीहरूको महत्त्वपूर्ण समय व्यतीत हुन्छ । आईएसएसको आकार बकिङ्घम दरबारको जत्रो वा अमेरिकी फुटबल फील्डजत्रो छ।

“भित्रचाहिँ धेरै बसहरू एकपछि अर्को जोडेर राखिएकोजस्तो हुन्छ। आधा दिनसम्म अर्को यात्रीको अनुहार नदेखिन पनि सक्छ,” ‘एक्स्पडिशन ३५ मिशन'(सन् २०१२-१३)का कमान्डर रहेका क्यानडेली अन्तरिक्षयात्री क्रिश ह्याड्फील्ड भन्छन्।

निकोल स्टटले आईएसएसमा १०४ दिन बिताएकी छन्

तस्बिर स्रोत,NASA

तस्बिरको क्याप्शन,निकोल स्टटले आईएसएसमा १०४ दिन बिताएकी छन्

उनी भन्छन्, “मानिसहरू स्टेशनमा व्यर्थमा यताउता गर्दैनन्। यो ठूलो र शान्त छ।” अन्तरिक्षयात्रीहरूले चुनौतीपूर्ण भौतिक वातावरणमा मुटु, मस्तिष्क र रगतले कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने मापन गरिरहने उपकरण लगाएका हुन्छन्।

आईएसएसमा परीक्षणका लागि छ वटा प्रयोगशाला छन्।

“हामी परीक्षणमा प्रयोग गरिने ‘गिनिपिग’जस्तै हौँ,” स्टट भन्छिन्, “अन्तरिक्षले तपाईँको हड्डी र मांसपेशीको बुढो हुने प्रक्रियालाई तीव्रतर हुने वातावरण बनाउँछ र वैज्ञानिकहरूले त्यसबाट सिक्न सक्छन्।”

यदि अन्तरिक्षयात्रीले सके भने मिशन कन्ट्रोलले अनुमान गरेभन्दा छिटो पनि काम गर्छन्।

‘अन्तरिक्षको गन्ध’

क्यानडाका अन्तरिक्षयात्री क्रिश ह्याड्फील्ड सन् २०१२-१३मा आईएसएसका कमान्डर थिए

तस्बिर स्रोत,NASA

तस्बिरको क्याप्शन,क्यानडाका अन्तरिक्षयात्री क्रिश ह्याड्फील्ड सन् २०१२-१३मा आईएसएसका कमान्डर थिए

ह्याड्फील्ड भन्छन्, “पाँच पटकसम्म एकएक मिनेटको फुर्सद पाइन्छ। त्यस्तो समयमा म तैरिँदै झ्यालसम्म पुगेर बाहिर के भइरहेको छ नियाल्थेँ। अथवा सङ्गीत सिर्जना गर्थेँ वा फोटो खिच्थेँ वा बच्चाहरूका लागि केही लेख्थेँ।”

केही ‘भाग्यशाली’ यात्रीहरूलाई आईएसएसबाहिर अन्तरिक्षमा हिँड्न भनिन्छ। ह्याड्फील्डले त्यस्तो दुई पटक गर्न पाएका थिए।

“आईएसएस बाहिरका ती १५ घण्टा म र ब्रह्माण्डबीच मेरो प्लास्टिकको भाइजरबाहेक केही पनि थिएन, त्यो समय अद्भुत र अलौकिक थियो।”

अन्तरिक्षमा हिँडेर फर्कँदा अन्तरिक्षयात्रीमार्फत् स्पेस स्टेशनभित्र नयाँ केही थपिन्छ – धातुको गन्ध आउने ‘अन्तरिक्ष गन्ध’।

आईएसएस कति ठूलो

“पृथ्वीमा हामीले विभिन्न बास्ना सुँघ्न पाउँछौँ। तर अन्तरिक्षमा एउटा मात्र गन्ध हुन्छ र हामी त्यसमा छिटै अभ्यस्त भइहाल्छौँ,” हेलेन शर्मनले भनिन्। उनी पहिलो ब्रिटिश अन्तरिक्षयात्री हुन् र उनले सोभियत स्पेश स्टेशनमा सन् १९९१ मा आठ दिन बिताएकी थिइन्।

बाहिर जाँदा प्रयोग गरिने ‘सूट’ अथवा वैज्ञानिक किट अन्तरिक्षको कडा विकिरणबाट प्रभावित हुन्छन्।

“रेडिएशनबाट सतहमा फ्री र्‍याडिकल बन्छन्। तिनले अन्तरिक्ष स्टेशनभित्र रहेको अक्सिजनसँग प्रतिक्रिया गर्छन् र धातुजन्य बास्ना/गन्ध पैदा गर्छन्,” उनी भन्छिन्।

उनी पृथ्वीमा फर्किएपछि उनले यसरी विभिन्न ज्ञानेन्द्रियबाट प्राप्त हुने अनुभवलाई खुब महत्त्व दिन थालिन्। “अन्तरिक्षमा मौसम छैन- न अनुहारमा पानीको स्पर्श हुन्छ, न हावाले कपाल उडाउँछ। मलाई ती कुराले असाध्यै खुसी बनाउँछन्” ३३ वर्षअघिको आफ्नो अनुभव सुनाउँदै उनले भनिन्।

हेलेन शर्मन यूकेकी पहिलो अन्तरिक्षयात्री हुन्

तस्बिर स्रोत,Ria Novosti/Science Photo Library

तस्बिरको क्याप्शन,हेलेन शर्मन यूकेकी पहिलो अन्तरिक्षयात्री हुन्

कामको बीचमा लामो समय अन्तरिक्षमा बिताउने अन्तरिक्षयात्रीहरूले हरेक दिन दुई घण्टाको कसरत गर्नैपर्छ।

तीन प्रकारका फरकफरक मशीनहरूले शून्य गुरुत्वाकर्षणमा बाँच्दा हुने हड्डीको घनत्व कम हुने जस्ता असरविरुद्ध जुझ्न मद्दत गर्छन्।

‘एडभान्स्ड रेजिस्टिभ एक्सर्साइज डिभाइस’ (एआरईडी) टुक्रुक्क बस्न, केही कुरा उचाल्न तथा मांसपेशी बलियो बनाइराख्न सहयोगी हुन्छ।

अन्तरिक्षयात्रीले ट्रेडमिल पनि प्रयोग गर्छन् तर त्यो प्रयोग गर्दा उनीहरूले आफैँ तैरिएर यताउता जाने अवस्थामा नियन्त्रण गर्न पेटी बाँध्नुपर्छ। अनि उनीहरू कसरतका लागि ‘साइकल एर्गोमिटर’को पनि प्रयोग गर्छन्।

आईएसएसलाई नजिकबाट हेर्दा

आईएसएस विभाजक

‘तीन महिनालाई एउटै सुरुवाल’

स्टट त्यो सबै काम गर्दा निकै पसिना आउँछ भन्छिन्। त्यसैकारण लुगा धुनु महत्त्वपूर्ण हुन्छ।

“हामीसँग लुगा धुने सुविधा त हुँदैन, केवल पानीको फोकाजस्तो हुन्छ र साबुनजस्तो वस्तु हुन्छ।”

मानव शरीरबाट पसिना बाहिर फ्याँक्न पृथ्वीमा जस्तो गुरुत्वाकर्षणले काम गर्दैन। त्यसैले “अन्तरिक्षयात्रीहरूमा पृथ्वीमा भन्दा धेरै बढी पसिनाको तह हुन्छ,” उनी भन्छिन्।

“मेरो टाउकोमा पसिनाको तह बढ्दै गएको मैले महसुस गर्थेँ र मैले टाउको पुछिरहन्थेँ। टाउको हल्लाउन भने मिल्दैनथ्यो किनभने त्यो जताततै उडिहाल्थ्यो।”

लुगाहरू धेरै फोहोर भइसकेपछि तिनलाई कार्गो वाहनमा फ्याँकिन्थ्यो र ती वायुमण्डलमा खरानी बन्थे।

तर उनका अनुसार उनीहरूले दैनिक लगाउने लुगा भने सफा रहन्छन्।

उनी भन्छिन् “शून्य गुरुत्वाकर्षणमा लुगा शरीरमा टाँसिने हैन, उडिरहेका हुन्छ। त्यसैले तेल वा केही कुराले पनि केही असर गर्दैन। मैले एउटा सुरुवाल तीन महिनासम्म लगाएकी थिएँ।”

खासमा सबैभन्दा ठूलो समस्या खानेकुरामा आउँथ्यो।

“कसैले मासु अथवा झोलिलो पदार्थको क्यान खोल्दा सबै जना सचेत हुन्थे किनभने त्यसबाट निस्कने ससाना फोका छल्न मानिसहरू तैरिएर यताउता गर्नुपर्थ्यो,” उनी भन्छिन्।

आईएसएस विभाजक

कुनैकुनै बेला अर्को अन्तरिक्षयानले अन्तरिक्षमा बसेका यात्रीका लागि नयाँ खानेकुरा, लुगा र अन्य उपकरण ल्याएको हुन्छ।

नासाले बन्दोबस्तीका सामान पठाउने यान पटकपटक पठाउने गर्छ।

पृथ्वीबाट स्पेस स्टेशनमा आइपुग्नु “अद्भुत” महसुस हुने ह्याड्फील्ड बताउँछन्।

“ब्रह्माण्डको अनन्ततामा आईएसएसलाई नियाल्दा त्यो जीवन परिवर्तन गर्ने क्षण बन्न पुग्छ – अन्धकारमा अडेको मानव सृजनाको एक सानो अंश,” उनी भन्छन्।

आईएसएस र पृथ्वीको दूरी

के खान्छन्?

दिनभरको कठिन परिश्रमपछि रातिको खाना खाने समय हुन्छ।

खानेकुरा धेरैजसो ससाना प्याकेटमा हुन्छन् र विभिन्न भागमा देशअनुसार विभाजन गरिएको हुन्छ।

“कतै घुम्न जाँदा लिएर गएको खानेकुरा वा सैनिकहरूको राशन जस्तो। राम्रो तर त्यो अझ स्वास्थ्यकर हुन सक्थ्यो,” स्टट भन्छिन्।

उनी भन्छिन्, “मलाई जापानी तरकारी अथवा रुसी सिरिअल र सूप खुब मन पर्थ्यो।”

परिवारले पनि थप खानेकुरा पठाइदिएका हुन्छन्।

उनी भन्छिन्, “मेरा श्रीमान् र छोराले मलाई मनपर्ने केही पठाइदिन्थे, जस्तो कि चकलेटले छोपेको अदुवाको टुक्रा।”

उनीहरू धेरैजसो एकआपसमा खाना बाँडेर खान्छन्।

अन्तरिक्षयात्रीहरूलाई विभिन्न तालिम दिइएको हुन्छ – सहिष्णु हुने, आरामसँग बस्ने, शान्त रहने र समूहमा काम गर्ने। त्यसले गर्दा द्वन्द्व कम हुने शर्मन बताउँछिन्।

“यो कसैको नराम्रो व्यवहार सहने भनेको होइन, बरु त्यसबारे कुराकानी गर्ने हो। अनि हामी हरदम एकअर्कालाई साथ दिने सङ्केत दिँदै पीठ थपथप्याउँथ्यौँ,” उनी भन्छिन्।

अनि दिनभरको हल्लाखल्लामा काम गरेपछि फेरि सुत्ने समय आउँथ्यो। त्यहाँ हरदम पङ्खा चलिरहेका हुन्छन् ता कि त्यहाँ जम्मा हुने कार्बनडाइअक्साइडलाई पर फ्याँक्न सकियोस् र अन्तरिक्षयात्रीहरूले सास फेर्न सकून्। त्यहाँ असाध्यै हल्ला हुने कार्यालयमा जस्तै ध्वनि हुन्छ।

“हामी आठ घण्टा सुत्न सक्छौँ – तर धेरैजसो मानिसहरू तल पृथ्वीतिर हेरिरहेर समय बिताउँछन्,” स्टट भन्छिन्।

‘विशाल अन्तरिक्ष, आफू एकदमै सानो’

बोइङ स्टारलाइनर यान दुई अन्तरिक्षयात्रीलाई लिएर गत जुन ५ मा अन्तरिक्षतिर गएको थियो

तस्बिर स्रोत,EPA

तस्बिरको क्याप्शन,बोइङ स्टारलाइनर यान दुई अन्तरिक्षयात्रीलाई लिएर गत जुन ५ मा अन्तरिक्षतिर गएको थियो

तीनैजना अन्तरिक्षयात्रीले ४०० किलोमिटर टाढाबाट आफ्नो घर रहेको ग्रह पृथ्वी देख्दा उत्पन्न हुने मनस्थितिबारे बताए।

“विशाल अन्तरिक्ष देख्दा मेरो महत्त्व असाध्यै सानो लाग्थ्यो”, शर्मन भन्छिन्।

“पृथ्वीलाई स्पष्ट देख्न सकिन्थ्यो, बादलका चक्र र समुद्र देख्दा एक अर्कासँग परस्पर जोडिएका हामी आफूआफूमा कसरी भौगोलिक पर्खालहरू बनाएर विभाजित भइरहेका छौँ जस्तो लाग्थ्यो।”

त्यतिबेला आफूलाई विभिन्न देशका छ जनासँग समय बिताउन पाउँदा खुब रमाइलो लागेको गरेको स्टट बताउँछिन्।

उनको प्रश्न छ, “हाम्रो ग्रहमा सबै मिलेर समाधान खोज्ने काम किन हुन सक्दैन?”

सबै अन्तरिक्षयात्रीले आईएसएस छोडेर आउनैपर्छ। तर उनीहरूलाई त्यसो गर्न मन नलाग्ने उनीहरू बताउँछन्।

मानिसहरू किन नासाका अन्तरिक्षयात्रीहरू सुनिता विलिअम्स र बुच विल्मोर “अलपत्र” परेको भन्छन् मानिसहरू भन्ने कुरा उनीहरूले बुझेका छैनन्।

“हामी अन्तरिक्षमा लामो समय बस्न पाइयोस् भन्ने आशा राखेर जीवनभर सपना देख्छौँ र तालिम लिइरहेका हुन्छौँ,” ह्याड्फील्ड भन्छन्। “एक जना व्यावसायिक अन्तरिक्ष यात्रीलाई सबभन्दा ठूलो उपहार नै अन्तरिक्षमा लामो समय बस्न पाउनु हुन्छ।”

आईएसएस छाड्ने बेला स्टट सोचिरहेकी थिइन्, “त्यो ओथारो बसेको चरोलाई तानेर हटाउन खोजेको जस्तो अनुभव थियो। मलाई थाहा छैन फेरि म कहिले यहाँ फर्किन सक्छु।”

– बीबीसी नेपाली 

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लबको पाँचौँ जित

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार पाँचौँ जित हासिल गरेको छ ।

सिद्धार्थनगर क्रिकेट मैदानमा सोमबार भएको खेलमा पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८ दशमलव ३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ३२ रन जोडे ।

मिलन बोहोरा ४३ बलमा २ चौकाको सहयोगमा २३ रन बनाए । पुलिसका लागि ललित राजवंशीले ६ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको थियो । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ रन बनाए ।

त्यस्तै रुपन्देहीको एक्स्ट्रा टेक ओभलमा भएको खेलमा एपिएफ क्लबलाई ३ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लबले पनि लगातार पाँचौँ जित निकालेको छ । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२ दशमलव ५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२ दशमलव ३ ओभरमा १ सय ४१ रनमा अल आउट भएको थियो ।

त्यस्तै दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले मधेश प्रदेशलाई ८३ रनले पराजित गर्‍यो । लुम्बिनीले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको मधेश २६ दशमलव ५ ओभरमा ७५ रनमा समेटियो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनमा समेटिएको थियो ।

सुदूरपश्चिममा झण्डै ५९ हजार विद्यार्थीले एसइई दिदै

धनगढी । सुदुरपश्चिममा यस वर्ष झण्डै ५९ हजार विद्याथीहरुले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन लागेका छन्  । शिक्षा विकास निर्देशनालयका अनुसार गत वर्ष ५५ हजार १० जनाले परीक्षा दिएका थिए भने यस वर्ष ५८ हजार ९ सय ४३ जना सहभागी हुने भएका छन्।

प्रदेशभर परीक्षार्थीको सङ्ख्या वृद्धि भए पनि कैलालीमा सबैभन्दा धेरै वृद्धि देखिएको छ । गत वर्ष १८ हजार ७ सय २० विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने यो वर्ष १९ हजार ८ सय ४८ जना विद्यार्थी परीक्षा दिने भएका छन् । त्यसै गरी, कञ्चनपुरमा पनि सोही अनुरूप वृद्धि भएको छ । अघिल्लो वर्ष १० हजार ३३५ जनाले परीक्षा दिएका थिए भने यो वर्ष परीक्षार्थीको सङ्ख्या ११ हजार ३०१ पुगेको छ।

सुदूरपश्चिममा एसइई दिनेको सङ्ख्या बढ्दै ,सबै भन्दा बढी कैलालीमा

यसै गरी, बैतडी, अछाम, बझाङ, डोटी, दार्चुला, बाजुरा र डडेलधुरामा पनि परीक्षार्थीको सङ्ख्या वृद्धि भएको छ । डोटीमा सबैभन्दा धेरै प्रतिशत वृद्धिदर देखिएको छ । अघिल्लो वर्ष ३ हजार २सय ९७ जना सहभागी भएकोमा यो वर्ष ४ हजार ६२ जना परीक्षा दिने भएका छन्।

पछिल्ला वर्षहरूमा शिक्षामा लगानी बढ्दै गएको छ । छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, तथा स्थानीय तहको सक्रियताका कारण विद्यार्थीलाई अध्ययनमा प्रेरित गर्न सकिएको शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी कृष्ण बोहराले बताए । विशेष गरी ग्रामीण क्षेत्रमा विद्यालय छाड्ने प्रवृत्ति केही हदसम्म कम हुँदै गएको देखिएको छ ।

परीक्षा चैत सात गतेबाट सञ्चालन हुने भएको छ । परीक्षा सहज बनाउन तयारी तीव्र पारिएको छ । प्रश्न पत्र व्यवस्थापनदेखि केन्द्र तोक्ने कार्यसम्मका कार्य भइसकेका छन् ।

खोज्नुहोस