दुर्गा प्रसाईंले आफैले गाडी चलाएर प्रहरीलाई मार्न खोजे : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले दुर्गा प्रसाईंले आफैले गाडी चलाएर प्रहरीलाई मार्न खोजेको बताएका छन्।
लेखकले निजी सम्पत्ति आगजनी गर्ने र मिडिया हाउसमा आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने बताएका छन्।
मन्त्री लेखकले राजावादीको आन्दोलनमा प्रहरीले संयमता र धैर्यता अपनाएको उल्लेख गरे। तर उदण्डताको अगाडि केही नलागेको उनले बताए।
राजावादी आन्दोलनकारीहरूको अनियन्त्रित भिडले काठमाडौंको कोटेश्वर र तीनकुने क्षेत्रमा निजी सम्पत्तिमा आगजनी र मिडिया हाउसमाथि आक्रमण भएको छ।
साथै, नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा आगजनी भएको छ। प्रहरी भिड नियन्त्रणमा चुकेको देखिएको छ।
ट्रेन्डिङ
सम्बन्धित
विराटनगरविरुद्ध विशाल जित निकाल्दै सुदूरपश्चिम लगातार दोस्रोपटक एनपीएलको फाइनलमा
२४ मंसिर २०८२ १९:२८
