करको विषयमा डोनाल्ड ट्रम्पले चीनलाई दिए चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउनेबारे विचार गरिरहेको बताएका छन् ।
आफ्नो दोस्रो कार्यकालको पहिलो दिन नै चिनियाँ आयातबारे सोधिएको प्रश्नको जवाफमा ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । उनले फेब्रुअरी १ देखि यो शुल्कमा विचार गर्न लागिएको बताएका छन् ।
पत्रकारसँग ट्रम्पले चीनले अमेरिकामा फेटानिलजस्ता औषधि पठाउँदै आएको र यसले संकट निम्त्याएको दाबी गरे ।
उनले मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने धम्की समेत दिएका छन् । ट्रम्पले यी दुई देशले अवैध आप्रवासी र लागुपदार्थलाई अमेरिका आउन दिएको आरोप पनि लगाएका छन् । बीबीसी
ट्रेन्डिङ
सम्बन्धित
ट्रम्प–पुटिन वार्ता रद्द भएको केही घण्टामा रुसी हवाई हमला हुँदा बालबालिका पनि मारिए
६ कार्तिक २०८२ २१:४८
