पग्लिने ‘पत्थर’को कथा

मानिस नामले होईन, कर्मले चिनिन्छ । न्वारनको नाम कस्को के थियो, कमैलाई थाह हुन्छ । उसको परिचय र पहिचान कर्मले गराउछ । त्यही कर्मले नाम बनाउछ । तिनै मध्येकी एक हुन्, साहित्यकार श्रेष्ठ प्रिया पत्थर । हो, उनको वास्तविक नाम धेरै कमलाई थाह छ । 

उनको जन्म २०२१ साल साउन ७ गते डोटीको दिपायल सिलगढी नगरपालिकाको सिलगढीमा भएको थियो । बुवा पूर्णमान श्रेष्ठ र आमा कृष्ण कुमारीकी चार सन्तानमध्ये एक थिईन उनी । उनको न्वारनको नाम थियो, हरीप्रिया श्रेष्ठ ।

उनी जन्मेको केही समयपछि उनका बुवाआमा कैलालीको धनसिंहपुर गाविसको बटनपुर झरे । अक्षराम्भ कर्णाली नदीको किनारमा रहेको त्रिभुवन प्राथमिक विद्यालयमा भयो । जुन अहिले उच्च मावि भईसकेको छ । उनले चार कक्षासम्म अध्ययन गरिन, राष्ट्रिय प्रावि. झुंगामा । अनि पाँच कक्षा भर्ना भईन, मुनुवाको जनता माविमा ।

विद्यालय फेर्ने क्रम यही रोकिएन । उनले ६ कक्षा धनगढीको पञ्चोदय माविमा पढ्नि । र सात कक्षादेखि १० कक्षासम्म पढ्नि, बर्दियाको दशरथ माविमा । जहाँबाट उनले २०३७ सालमा एसएलसी पास भईन ।

उनी जति कक्षामा उक्लिन्थिन । उनको विद्यालय पनि फेरिन्थ्यो । विद्यालय जति फेरिएपनि उनको एउटा रुची भने कहिल्यै फेरिएन । न फेरिएको रुचि थियो, साहित्यिक किताव पढ्ने । उनी खोजी खोजी कथा र कविताका पुस्तकहरु पढथिन ।
कथा र कवितामा उनको चाख थियो । मुनुवाको विद्यालयमा पढ्दा पुस्तकालयबाट कथा र कविताका कितावहरु घर लगेर पढ्थिन । त्यहाँ पढ्दै गर्दा साहित्यिक कितावमा जागेको रुची पञ्चोदय माविमा पढ्दा आदत बनिसकेको थियो । पञ्चोदयमा उनले पहिलो पटक उपन्यास पढिन । उनले पढेको पहिलो उपन्यास थियो, खड्क बहादुर सिंहको ‘हुरीको चरा’ ।
कथा र कविता पढ्दै गर्दा उनी कविता कोर्न थालिसकेकी थिईन ।

धनगढीबाट प्रकाशित हुने खप्तड सन्देशमा उनको पहिलो कविता छापियो, आकांक्षा सबै मरिसके । कविताको शिर्षक ‘आकांक्षा सबै मरिसके’ भएपनि त्यो कविता उनको साहित्यिक यात्राको एउटा कोशेढुंगा थियो । आकांक्षाको स्वप्न उडान थियो । र थियो, त्यो उज्यालो सपनाको गोरेटो । जुन गोरेटोले कालान्तरमा उनलाई नयाँ पहिचान मात्र दिएन । सम्मान र प्रतिष्ठा पनि दियो । उनको त्यही बेला एउटा मुक्तक काठमाण्डौंबाट प्रकाशित हुने नयाँ सन्देश साप्ताहिकमा छापियो ।

उनका बुवा महाभारत पढ्थे । आमा लय हालेर रामायण पढ्थिन । उनलाई सुनिरहु लाग्थ्यो । बुवा आमा भजन गाँउथे । उनी त्यसमा पनि सामेल हुन्थिन । उनको परिवार अध्यात्मिक र धार्मिक थियो । जसले उनलाई साहित्यको मर्म नजानिदो किसिमले बुझाउदै थियो । उनी रेडियो सुन्थिन । पत्रपत्रिका पढ्थिन । रेडियो र पत्रपत्रिकामा आफ्ना कविताहरु पठाउँथिन । पत्रिकामा छापिएको आफ्नो कविता पढेर आफै दंग पर्थिन । एउटा कविता छापिएपछि अर्को कविता लेख्न उत्साहित हुन्थिन । र फेरि नयाँ कविताको जन्म हुन्थ्यो ।

एसएलसी पास भएपछि उनको विद्यार्थीको परिचय फेरियो, वाणिज्य बैंकको ज्यालादारी कर्मचारीका रुपमा उनको जागीरे जीवनको शुरुवात भयो । मासिक तलव थियो, २५५ रुपैया । खाजा भत्ता ६० । र, राशन भत्ता १८ रुपैया ।

जागीरसंगै उनले पढाईलाई पनि निरन्तरता दिईन । सन १९८२ मा माध्यामिक शिक्षा परिषद ईलाहावाद अन्तर्गत पलियाबाट ईन्टरमिडियम पुरा गरेपछि स्नातकमा कानपुर विश्व विद्यालयमा भर्ना भएकी उनले त्यहाँबाट १९८२ मा पढाई पुरा गरिन । यता पढाई पुरा गरिन । उता उनी राष्ट्रिय वाणिज्य बैंकमा स्थायी भईन । र पढाईसंगै उनको पदोन्नती पनि भयो । जागीरसंगै उनले साहित्य लेखनमा पनि निरन्तरता दिईन । यद्दपि कार्यालय समयमा पनि साहित्यमा ध्यान दिन्थिनन । र घरमा पुगेपछि कार्यालयको काम सम्झिन्थिनन । र घरको समय साहित्य सृजनामा लगाउथिन । जागीरबाट पैसा मिल्थ्यो, साहित्य लेखनबाट आत्मसन्तुष्टि । त्यही आत्म सन्तुष्टिले उनलाई साहित्य सृजनामा लागीरहन उत्प्रेरित गरिरह्यो ।

२०४० सालको एउटा क्षण उनका लागि अवस्मरणीय छ, खप्तड सन्देशका प्रकाशक÷सम्पादक जितसिंह भण्डारीले मालिक मजदुर बर्ग समन्वय एक बिबेचना छापिएपछि ५० रुपैया पारिश्रमिक पठाएको उनलाई अहिले झै लाग्छ । यो उनको पहिलो कमाई थियो, साहित्यिक जीवनको ।

जागीरे जिन्दगीपछि उनी उपन्यास पढ्न थालिन । उनले केही वर्षमा हजारभन्दा बढि उपन्यास पढिन । उपन्यास पढ्दा पढ्दै उनी उपन्यास लेख्न थालिन । २०४३ सालमा उनले पहिलो उपन्यास लेखिन,मर्यादा । जुन विशुद्ध प्रेमकथामा आधारित थियो ।
२०४४ मा उनले अर्को उपन्यास लेख्न शुरु गरिन । जुन २०४७ मा पुरा भयो । उनको दोस्रो उपन्यास थियो, पतिगंर ।
उनलाई लेख्न उत्प्रेरित गथ्र्यो, आफ्नै परिवेशले । समाजमा विद्यमान जमिन्दारी प्रथा, मोही प्रथाले उनलाई उद्देलित गराएको थियो । जमिन्दारको ज्यादतीले उनलाई भित्रभित्रै बिद्रोही बनाएको थियो । त्यही बिद्रोह पोखिएको थियो, पतिगंरमा । उनका बुवा मोहीका पक्षमा लड्थे । बुवा उनका उपन्यासका नायक थिए ।

पतिगंर तिनै पात्र र प्रबृतिहरुमाथि लेखिएको थियो । जसमा सोझा थारु, जो जमिन्दारबाट प्रताडित थिए, उनीहरु पनि पात्र थिए । मोहीका पक्षमा लड्ने उनकै बुवा पनि पात्र थिए । अझ शोषण गर्ने जमिन्दारहरुलाई पनि उनले खलनायकका रुपमा प्रस्तुत गरेकी थिईन ।

उपन्यास त लेखेर सकियो । अव छाप्नु प¥यो । उनी धनगढीमा खेमराज पाण्डेय(पूर्व मेयर, धनगढी नगरपालिका) ले सञ्चालन गरेको पाण्डुलिपि लिएर पुगिन । लखिमपुरबाट कागज आफै ल्याईन । उपन्यास छाप्न सुरु भयो । ३०/३५ पृष्ठ छापिएपछि छपाई भद्रगोल भयो । पहिलो गासमै ढुंगा भने झै भयो । तर पनि उनले हिम्मत हारिनन । हरेश खाईनन । र पुगिन, महाकाली प्रिन्टिङ प्रेस महेन्द्रनगर । १८ हजार रुपैया तिरेपछि उपन्यास छापियो ।

२०४९ सालमा उनको तेस्रो उपन्यास आयो, पुकार । जुन पतिगंरको निरन्तरता थियो । कविता,मुक्तक हुदै उपन्यासमा खारिदै गएको उनको साहित्यिक लेखन कथातिर पनि झांगियो । २०४९ मा केही कथा लेखिन । उनका कथाहरु मधुपर्कमा छापिन    थाले ।

कथा र उपन्यास लेखन संगसंगै अगाडि बढाउदै २०५० सालमा रंगभूमि उपन्यास लेखी भ्याईन । बनारसको दुर्गा पुस्तक भण्डारले १० प्रतिशत रोयल्टी दिने सहमतीम रंगभूमि प्रकाशित ग¥यो । रोयल्टी वाफत पनि उनले पैसा होईन, उपन्यास नै पाईन । सुरुमा एक हजार प्रति छापिएको रंगभूमि बिक्री भएपछि दोस्रो पटक फेरि हजार प्रति थप छापियो ।
२०५२ मा मर्यादा पुनः प्रकाशित भयो । र २०५३ मा कसिंगर उपन्यास बाहिर आयो ।

उनी २०४३ सालमा गजल लेख्न थालिसकेकी थिईन । उपन्यास लेखनको व्यस्तताले गजल लेखन सुषुप्त थियो । उनी हिन्दी गजल पढ्थिन । उनमा त्यसको प्रभाव परेको थियो । कम शब्दमा धेरै प्रभाव हुन्छ,गजलको । नेपालीमा किन लेख्न मिल्दैन भन्ने लाग्यो ? सुर चल्यो, गजल लेख्न थालि हालिन ।

रदिफ,काफिया र शेरको प्रभाव बढ्दै गयो । २०५१ सालमा गजलकार घनश्याम न्यौपाने परिश्रमिसंगको भेटले उनलाई गजल लेख्न झनै प्रोत्साहित ग¥यो । र उनी गजलकार भईन ।

गजलमा उनी कहि पग्लिईन, कही पोखिईन । कहि उद्देलित भईन । कही बिद्रोही भईन । त कही राष्ट्रवादी । गजल श्रृंगारिक हुन्छ । प्रेम र सौन्दर्यता यसका गहना हुन् । बाहिरबाट झट्ट हेर्दा प्रेम प्रति असहिष्णु देखिने र कहिलेकाही आफ्नै जिन्दगी प्रति पनि कठोर देखिने ‘पत्थर’ भित्रैभित्रै कति पग्लिएकी छन्, उनका गजल त्यसका साक्षी छन् ।

गालिवले भनेका छन्, दुनियामा और भि हे मोहब्बत के सिवा । हो, उनका गजलमा प्रेम मात्र लेखिएन । देशभक्ति पनि गजल बन्यो । उनले अन्याय, अत्याचार शोषणमाथिको बिद्रोह पनि गजल मार्फत नै ओकेलिन ।

उनले आफ्नो साहित्यिक नाम, आफ्नै मर्जीले पत्थर राखेकी थिईन । पत्थर, जो सुन्दैन । जसलाई दुख्दैन । जो रुदैन । जसलाई पीडा हुदैन । जसका पीर र व्यथाहरु हुदैनन । जसलाई खुशीले छुदैन । तर उनी पृथक पत्थर थिईन । र त, उनी आफ्ना व्यथाहरु सहित पग्लिईन, ‘पग्लिएका व्यथाहरुमा’ । पग्लिएका व्यथाहरु उनको पहिलो गजल संग्रह थियो ।
पत्थरका गुनासा हुदैनन, र आकांक्षा पनि । र त उसका प्रलापहरु पनि हुदैनन । तर गजलकार ‘पत्थर’ ति भन्दा अलग थिईन । २०५९ मा उनको अर्को गजल संग्रह बाहिर आयो, पत्थरका प्रलापहरु ।

नरुने पत्थरका आँशुका के कुरा ? श्रेष्ठ प्रिया पत्थर भित्र मन छ । खुशीमा फुरुंग हुन्छ, दुःखमा रुन्छ । गजलमा त्यही रुवाई, त्यही आँशु पोखिएपछि, त्यही आँशु सौगात बन्यो । र जन्मियो, आँशुको सौगात । २०६७ सालमा प्रकाशित आँशुको सौगात उनको तेस्रो गजलसंग्रह थियो ।

र, जव ओभाएनन, आँशुले पत्थरका आँखा । तव जन्मियो, ओभाएका छैनन आँखा । आँखाबाट आँशु होईन, जव नदी बग्न थाल्छ, पीडाको । तव मुस्किल हुन्छ, ओभाउन । आँशु दुःखको प्रतिक मात्र होईन, स्रोत र शक्तिको स्वरुप पनि हो । जसले त्यसलाई शक्तिमा बदल्न सक्यो, उसले संसारलाई जित्ने सामथ्र्य राख्नसक्छ । श्रेष्ठ प्रिया पत्थरले पनि नओभाएका आँशुलाई साहित्यमा नयाँ पहिचान र उचाई बनाउन प्रयोग गरिन । र सफल पनि भईन ।

उपन्यासपछि उनको गजल लेखनको क्रम जारी थियो । साहित्यिक लेखनको क्रम जारी रहेकै बेला उनले कविता संग्रह बाहिर ल्याईन, क्रम जारी छ । २०६१ सालमा प्रकाशित क्रम जारी छ, उनको पहिलो कविता संग्रह थियो ।यो अबधिमा उनले थुप्रै साहित्यकार, गजलकार, कविहरुका दर्जनौ कृतिहरुमा भूमिका लेखिसकेकी थिईन । तिनै भूमिकाहरुलाई संकलन गरी उनले तयार गरिन, सम्यक दृष्टि । यो भूमिकाहरुको संगालो थियो ।

उपन्यास र गजलमा व्यस्त भईरहदा उनले कथाका लागि समय निकाल्न सकी रहेकी थिईनन । यद्दपि उनले कथा लेखनलाई बिट मारेकी थिईनन । छिटफुट लेखिरहिन । त्यसैको प्रतिफल थियो, ‘एउटा अर्को बाटो’ कथा संग्रह । जुन २०६६ सालमा प्रकाशित भयो ।

त्यसयता साहित्य लेखनमा केही सुस्ताएकी उनले २०६७ सालमा एउटा फरक बिधामा नयाँ कृति बाहिर ल्याईन । जसको नाम थियो, तेस्रो आँखा  । २०७३ सालमा १४ औं कृतिका रुपमा उनले जन्माएको तेस्रो आँखा समीक्षा संग्रह थियो ।

हरी प्रिया श्रेष्ठ एक परिधिमा कैद राष्ट्रिय वाणिज्य बैंककी जागीरे ।  श्रेष्ठ प्रिया पत्थर एक लेखिका । स्वच्छन्द साहित्यकार । एक व्यक्ति । दुई नाम । जागीरले मान्छेको स्वभाव र रुचिलाई थिचिरहेको छ । जागीरे हरीप्रिया श्रेष्ठ र साहित्यकार श्रेष्ठ प्रिया पत्थरका बीच अन्र्तद्धन्द थियो वा थिएन । जान्न चाहे । र जिज्ञासा राखे ।

जागीरे हरी प्रिया श्रेष्ठ नभएको भए सधै हातमुख जोर्नकै चिन्ता हुन्थ्यो, साहित्य लेखनका लागि न उर्जा मिल्थ्यो, न त वातावरण, साहित्यकार श्रेष्ठ प्रिया पत्थरको प्रष्टोक्ति थियो ।

ज्यालादारीमा राष्ट्रिय वाणिज्य बैंकमा प्रबेश गरेकी हरी प्रिया श्रेष्ठ छैठो तह (अधिकृत) बाट एक वर्ष अघि २०७४ चैत १६ गते ३० वर्षे अबधि पुरा गरेर सेवा निवृत भईसकेकी छिन् ।

तर श्रेष्ठ प्रिया पत्थर भने अझै सक्रिय र तल्लिन छन्, साहित्य साधनामा । त्यहाँ न अवकाश छ । न सेवा अबधि । न त कुनै परिबन्ध ।
अझै उत्कृष्ट कृति जन्माउने रहर छ, अविवाहित श्रेष्ठ प्रिया पत्थरभित्र । भन्छिन्, साहित्यमा उमेरले रहरको उडान रोकिदैन ।
कति लेख्नु ? अव पुग्यो । भो लेख्दैन । कुनै साहित्यकारले यस्तो भनेको सुनिएको छैन । आमाका लागि हरेक सन्तान उत्तिकै प्रिय हुन्छन । चाहे सन्तान जस्तो सुकै हुन् । यो आमाको महानता हो । सबै सन्तानलाई समान व्यवहार गर्ने भएकैले आमा भनिएको हो । जसको ममताको कसैसंग तुलना हुदैन । एउटा साहित्यकार पनि आमाकै रुप हुन । जो आफूले जन्माएका हरेक कृतिलाई उत्तिकै माया गर्छिन । यही हो, साहित्यकारको गुण । यही गुण श्रेष्ठ प्रिया पत्थरभित्र पनि छ । पत्थरको गुण हो, कठोरता । तर यो पंक्तिकारले यहाँ चर्चा गरिरहेको कथा हो, कोमल पत्थरको । अर्थात साहित्यकार श्रेष्ठ प्रिया पत्थरको । हो, उनी पनि आफ्ना हरेक कृतिलाई उत्तिकै माया गर्छिन ।

भनिन्छ, हरेक महिला आमा बन्न चाहन्छिन । यसमा उनी अपवाद छिन् । उनले विवाह गरिनन् । उनका सन्तान भनेकै उनले लेखेका कृतिहरु हुन् । उनलाई त्यसको माया छ । विज्ञानले जे संभव छैन भन्छ, साहित्यकार त्यही असंभव मानिएका कुरालाई कल्पनामा उतारेर साहित्यको पुष्पकविमानमा उडान भर्छ ।

जागीर मात्र खाएको भए उनले पैसा कमाउथिन । उनले त साहित्यलाई जीवनको हिस्सा बनाईन । र कमाईन, नाम । जुन नाम पैसा खर्चेर कमाउन सकिदैन । उनले स्थानीय तथा राष्ट्रियस्तरमा दर्जनौ सम्मान तथा पुरस्कार पाएकी छन् ।

उनी हुर्किएको बटनपुरबाट केही पर छ, टीकापुर । र त्यही टीकापुरमा छ, देशकै ठूलो पार्क । जहाँ झण्डै ८० प्रजातीका गुलाव फुल्छन । ती फुल्छन । ओईलाउछन । अनि झर्छन । त्यही छेउको बटनपुरमा हुर्किएकी श्रेष्ठ प्रिया पत्थर, जसले पश्चिमी गुलावको उपाधी पाईन । त्यो पश्चिमी गुलाव जीवन पर्यन्त पनि झर्ने छैन । ओईलाउने छैन । साहित्यका पारखीहरुका माझ सधै फुलिरहनेछ । सुवास छरिरहनेछ ।

युक्रेनद्धारा लामो दुरीको मिसाइल रुसी भूमिमा प्रहार

अमेरिकी राष्ट्रपति जो बाइडेनले लामो दुरीका मिसाइलबाट रुसी भूमिमा आक्रमण गर्न अनुमति दिएपछि युक्रेनले मंगलबार लामो दुरीको मिसाइल रुसी भूमिमा प्रहार गरेको छ ।

अमेरिकाले यसअघि अनुमती नदिदा युक्रेनले अमेरिकाबाट पाएको लामो दुरीको मिसाइल रुसी भूमिमा प्रहार गर्न पाएको   थिएन । आफ्नो भूमिको रक्षाका लागि उक्त मिसाईल प्रयोग गर्न पाउने बाध्यकारी सम्झौतामा अमेरिकासंग बाधिएको युक्रेनले पहिलो पटक यो मिसाईल रुसी भूमिमाथि प्रहार गरेको हो ।

युक्रेनले मंगलबार रुसको सीमावर्ती ब्रियान्स्क क्षेत्रमा ‘एटीएसीएमएस’ मिसाइलबाट आक्रमण गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

युक्रेनले प्रहार गरेका ६ वटा मिसाइलहरुमध्ये ५ वटालाई आकाशमै ध्वस्त बनाएको पनि मन्त्रालयले जनाएको छ । तर त्यसका केही टुक्रा खस्दा एक सैन्य अड्डामा आगलागी भएको थियो । यद्यपि आगो तत्काल निभाइएकाले ठूलो क्षति नभएको रुसी अधिकारीहरुको भनाइ छ ।

रुससँग युद्ध सुरु भएको एक हजारौं दिनमा युक्रेनबाट पहिलोपटक लामो दुरीको हमला भएको हो । रुसले २४ फेब्रुअरी सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।

युक्रेनको यो आक्रमणबाट रुस क्रुद्ध भएको छ । त्यसैले युद्ध अझै भयावह बन्नसक्ने चिन्ता छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई लामो दुरीको आक्रमणको अनुमति दिएलगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको परमाणु नीति संशोधनमा हस्ताक्षर गरेका छन् ।

दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ

  • विनिता दाहाल

साइबर अपराध गरेको आरोपमा दोस्रो पटक पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि पटकपटक उही आरोपमा पक्राउ परेका कारण ‘पटके अपराध’मा अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ।

मङ्गलवार भक्तपुरस्थित निवासबाटै पक्राउ परेका प्रसाईँलाई करिब दुई महिनाअगाडि पनि प्रहरीले सोही ठाउँबाट सोही अपराधको कसुरमा पक्राउ गरेको थियो।

“एकपटक पक्राउ परेर अनुसन्धान भएपछि सधैँभरि उही अपराध गर्छु भन्न त पाइएन। अपराध गरिसकेपछि त अब पटके अपराधमा पक्राउ गरेर कारबाही अगाडि बढ्ने भयो। हामी अब पटके अपराध कायम गरेर सजाय माग गर्छौँ,” केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता होविन्द्र बोगटीले बीबीसीसँग भने।

कसुर के हो

केपी शर्मा ओली

तस्बिर स्रोत,RSS

तस्बिरको क्याप्शन,प्रसाईँ कुनै बेला प्रधानमन्त्री ओलीसँग नजिक मानिन्थे

प्रधानमन्त्री केपी शर्मा ओलीले क्याम्बोडियामा लगानी गरेको भ्रामक समाचार सम्प्रेषण गरेर सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पर्ने गरी घृणा र द्वेष फैलाउने काम गरेको भन्दै आफूहरूले प्रसाईँलाई पक्राउ गरेको पनि प्रवक्ता बोगटीले बताए।

आफूलाई सामाजिक अभियन्ता समेत बताउने प्रसाईँले क्याम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर बराबरको शेअर रहेको एउटा कार्यक्रममा बताएका थिए। त्यसपछि उनले उक्त विषय आफ्नै घरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको उनको फेसबुक पेजमा जनाइएको छ।

“मलाई थाहा छ मैले यो सार्वजनिक गरेपछि मेरो जिन्दगीमाथि खतरा थपिएको छ,” उनले फेसबुक पेजमा लेखेका छन्।

प्रहरीले भने बहालवाला प्रधानमन्त्रीविरुद्ध भ्रामक र अपुष्ट विषय बोलेको र सामाजिक सञ्जालमा पोस्ट गरेका कारण साइबर अपराध गरेको देखिएको जनाएको हो।

“साइबर अपराधमा अदालतबाट पक्राउ पुर्जी जारी गरेर केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले भक्तपुरबाट पक्राउ गरी (आज) सीआइबी ल्यायौँ। सीआइबीबाट मेडिकल सहित थप अनुसन्धानका लागि हाम्रो मातहतको साइबर ब्यूरोमा पठाएका छौँ,” प्रवक्ता बोगटीले भने।

दुई महिनाअघि भने प्रहरीले एक महिलाको उजुरीको अनुसन्धानका क्रममा भन्दै प्रसाईँलाई पक्राउ गरेको थियो।

एउटै अपराधमा एक पटकभन्दा बढी पक्राउ परेपछि प्रहरीले पटके अनुसन्धान अन्तर्गत सजायको माग गर्नसक्ने प्रहरीले जनाएको छ।

पटके अपराधमा अनुसन्धान अगाडि बढाउनु कति गम्भीर?

दुर्गा प्रसाईँ

तस्बिर स्रोत,Durga Prasai/Facebook

केन्द्रीय अनुसन्धान ब्यूरोका पूर्वप्रमुख हेमन्त मल्ल पटके अपराधमा अनुसन्धान अगाडि बढ्नु र त्यसैअनुसार सजाय माग हुनु भनेको गम्भीर कुरा भएको बताउँछन्।

“चोरी, साइबर अपराधलगायतका अपराधमा कुनै व्यक्तिलाई प्रहरीले एक पटकभन्दा बढी पटक पक्राउ गर्‍यो भने त्यसलाई पटके अपराध भनिन्छ,” मल्लले भने।

प्रहरी र अदालतले निर्णय गर्दा यसलाई गम्भीर रूपमा लिने मल्लले बताए।

“पटके अपराध कायम गर्दा दफा नै अर्को पनि आकर्षित हुन्छ र अदालतले हेर्दा पनि पहिलापहिला पनि यस्तै अपराधमा परिसकेको रहेछ भनेर दृष्टिकोण बन्छ,” मल्लले भने।

प्रसाईँमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।

“पटके अपराध कायम गर्दा डेढी सजायको माग गरिन्छ,” सीआइबी प्रवक्ता बोगटीले भने, “तर त्यसका लागि पहिला गरेको अपराध ठहर भएको हुनुपर्छ।”

अब अनुसन्धानको प्रक्रिया के हुन्छ?

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी

दुर्गा प्रसाईँले अहिले समाजमा द्वेष फैलाउने गरी प्रधानमन्त्रीका विरुद्ध पोस्टहरू गरेको भन्दै अहिले त्यसैअन्तर्गत साइबर अपराधमा अनुसन्धान गरिने प्रहरी प्रवक्ता बोगटीले बताए।

“देशको कार्यकारी प्रधानमन्त्रीको विरुद्धमा त्यस्ता किसिमका गतिविधि गर्नु गराउनु, सामाजिक सञ्जालमा अप्लोड गराउनु भनेको प्रथम दृष्टिमै साइबर अपराध गरेको देखिएको हुँदा अहिले चाहिँ त्यसैमा अनुसन्धान अगाडि बढाउँछौँ,” बोगटीले भने।

“अब साइबर ब्यूरोबाट म्याद थप भएर प्रमाणहरू संकलन गर्छौँ र प्राप्त प्रमाणको आधारमा अनुसन्धान अगाडि बढाउँछौँ।”

त्यसो भए अहिलेसम्म हेर्दा प्रसाईँविरुद्ध कुनकुन मुद्दा आकर्षित हुने देखिन्छ?

बोगटीले भने, “अहिले त विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर नै भयो। त्यसपछाडि अनुसन्धानको क्रममा अरू पनि प्रमाण जुटेर आए भने त्यसमा पनि अनुसन्धान अगाडि बढ्छ।”

विद्युतीय कारोबार ऐन २०६३को दफा ४७ आकर्षित हुने भन्नाले विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्नेलाई अधिकतम एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ।

उक्त दफामा भनिएको छ, “कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।”

सीआइबीका पूर्वप्रमुख मल्लका अनुसार पटके कायम हुने भन्नाले सजायको व्यवस्थामा पनि फरक पर्छ।

“पहिलो चोटि अपराध गर्नेको एउटा हुन्छ सजायको व्यवस्था भने एउटै व्यक्तिले पटकपटक गर्छ भने यो व्यक्ति जहिले पनि यस्तो गर्ने रहेछ भन्ने अदालतले पनि कुनै फैसला गर्दा दृष्टिकोण बनाउँछ।”

को हुन् दुर्गा प्रसाईँ

दुर्गा प्रसाईँ

एमाले र माओवादी मिलेर गठित तात्कालिक नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड एवं केपी ओलीलाई आफ्नो घरमा मार्सी चामलको भात खुवाएको एउटा तस्बिर सार्वजनिक भएपछि प्रसाईँ एकाएक चर्चामा आएका थिए।

नेकपा फुटेपछि प्रसाईँ एमालेका केन्द्रीय सदस्य बने।

एमालेको केन्द्रीय सदस्य रहेकै बेला गत वर्ष झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर एउटा कार्यक्रम गरेपछि उनलाई एमालेले दलबाट निष्कासन गरेको थियो।

त्यसपछि उनी एमालेविरुद्ध उग्र रूपमा प्रस्तुत हुँदै आएका छन्।

केपी ओलीसँग पारिवारिक नाता भएको देखाउन रुचाउने प्रसाईँले केही समयअघि पूर्वप्रधानमन्त्री ओलीको ‘विदेशको एउटा कम्पनीमा लगानी रहेको’ भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए।

राजधानीमै भएको प्रसाईँको एउटा कार्यक्रमपछि केही व्यक्तिले उनलाई कालोमोसो पनि दलेका थिए। उनले एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ र एमाले नेता महेश बस्नेतको अगुवाईमा आफूमाथि कालोमोसो दलिएको दाबी गरेका थिए।

गत वर्ष उनको अगुवाइमा राजधानी काठमाण्डूमा प्रदर्शनको आयोजना गरिएपछि उनी थप चर्चामा छन्।

देशमा राजतन्त्र र हिन्दूराष्ट्र ब्युँताउने अभियान चलाइरहेका प्रसाईँको अभियानको उद्घाटन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह सहित उनको परिवारका सदस्यहरू डेढ वर्षअघि झापा पुगेका थिए।

बीबीसीबाट

विदेशी मुद्राको मूल्य बढ्यो, यस्तो छ आजको बिनिमय दर

काठमाडौँ, ५ मङ्सिर ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको   छ ।

मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७२ पैसा तथा बिक्रीदर एक सय ३५ रुपैयाँ ३२ पैसा रहेकामा आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७७ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ ।

मङ्गलबार युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९६ पैसा तथा बिक्रीदर एक सय ४२ रुपैयाँ ५९ पैसा निर्धारण भएकामा आजका लागि बढेर एकको खरिददर एक सय ४२ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार अघिल्लो दिन पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ९६ पैसा तथा बिक्रीदर एक सय ७० रुपैयाँ ७२ पैसा निर्धारण भएकामा आजका लागि भने बढेर एकको खरिददर एक सय ७० रुपैयाँ २५ पैसा तथा बिक्रीदर एक सय ७१ रुपैयाँ ०१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ६३ पैसा तथा बिक्रीदर एक सय ५३ रुपैयाँ ३१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५१ पैसा, बिक्रीदर ८७ रुपैयाँ ९० पैसा निर्धारण भएको जनाएको छ ।

साथै आजका लागि क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ १४ पैसा,  तथा बिक्री दर ९६ रुपैयाँ ५७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ५६ पैसा तथा बिक्रीदर एक सय एक रुपैयाँ ०१ पैसा कायम भएको छ ।

यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ७६ पैसा तथा बिक्रीदर आठ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ७० पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ १२ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै थाईभाट एकको खरिददर तीन रुपैयाँ ९० पैसा, तथा बिक्रीदर तीन रुपैयाँ ९२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १३ पैसा तथा बिक्रीदर ३० रुपैयाँ २६ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६७ पैसा तथा बिक्रीदर नौ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ ।

स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २७ पैसा तथा बिक्रीदर १२ रुपैयाँ ३३ पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा तथा बिक्रीदर १९ रुपैयाँ १५ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ३९ पैसा तय गरेको छ ।

यस्तै कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ३२ पैसा तथा बिक्रीदर चार सय ४० रुपैयाँ २७ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ५० पैसा तथा बिक्रीदर तीन सय ५९ रुपैयाँ १० पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

किन चाहियो प्रदेश संरचना ?

मुलुक प्रदेश संरचनामा गएको सात वर्ष भयो । एउटा प्रदेश सरकारले वार्षिक रुपमा औसतमा ३० अर्व रुपैयाका दरले खर्च गरेको अनुमान गर्ने हो भने पनि सात वर्षमा प्रदेश सरकारहरुले कम्तिमा १४ खर्ब ७० अर्ब रुपैया खर्च गरेको देखिन्छ ।

मुख्यमन्त्रीहरु भन्छन्, अधिकार भएन । काम गर्न पाएनौ । यतिका बजेट खर्च चाहि कसरी ग¥यौ ? कहाँ खर्च ग¥यौ ? त्यसको जवाफ दिनु पर्दैन ?
आफू प्रतिपक्षमा हुदा सरकारको आलोचना गर्नेहरु सत्तामा गएपछि त्यही राग अलाप्छन् । भन्छन्, सोचे जति काम गर्न   सकिएन ।

बजेट पर्याप्त भएन । नीति भएन । कानून भएनन । कर्मचारी भएनन । प्रदेशको आफ्नो आम्दानीका आधारहरु भएनन । मुख्यमन्त्रीहरुका यी साझा गुनासा हुन् ।

तीन महिना अघि आफ्ना पार्टी सभापति शेर बहादुर देउवासंग पहिलो कार्यकालमा काम गर्न नसकेको जिकिर गर्दै कमल बहादुर शाह एक पटक काम गर्ने मौका दिन आग्रह गर्दै थिए । उनी मुख्यमन्त्री भएको सयदिन नाघ्यो । के काम गरे, उनै    जानुन ।

‘भन्न सहज रहेछ । काम गर्न निकै गाह्रो रहेछ । यो चार महिनामा मैले भोगेको छु । बाहिर बसेर कुरा गर्नु र काम गर्ने ठाउँमा पुग्दा गाह्रो हुदो रहेछ ।’ सात महिनाअघि कर्णालीको मुख्यमन्त्री नियुक्त भएका यमलाल कँडेलको दुखेसो हो, यो ।
बिगतमा सरकारको खरो आलोचक रहेका कँडेलको आफै मुख्यमन्त्री भने बोली फेरिएको छ ।

आफू सरकारमा नभएकै कारण विकास हुन नसकेको टिप्पणी गर्नेहरु सत्तामा पुगेपछि कति सहजै बोली फेर्छन । दलले सरकारमा किन पठायो ? किन दियो जिम्मेवारी ? अझै किन लियौ जिम्मेवारी ? सत्तामा आफू गएपछि पुरै कायापलट गर्छु  भन्नेहरुलाई हो यो प्रश्न ? सत्तामा गएकाहरुलाई न गुनासो गर्ने छुट छ । न त असफल हुने छुट नै । यसको हेक्का हरेक मुख्यमन्त्री र मन्त्रीहरुले राख्न जरुरी छ ? सबै नीति, कानून, बाधा, व्यवधानहरु थाह पाउदा पाउदै सत्तामा जाने । अनि यो भएन । त्यो भएन । गुनासो गर्ने । यस्तो जगहसाई बन्द गर्नुपर्छ ।

यो सात वर्षको समीक्षा गर्न कोही दल तयार छैनन । कोही मुख्यमन्त्री आत्मसमीक्षाका लागि तयार छैनन । भन्छन्, मैले जति काम गरे । अहिलेकाले गर्न सकेनन । बस्, अरुलाई औंला तेस्र्यायो, अनि आफू ओभानोमा बस्यो ।

जो कोही आफ्नो असफलता ढाकछोप गर्न अर्कोमाथि आरोप लगाउछन् । पुरानाले नयाँलाई । नयाँले पुरानालाई ।
भन्छन्, संघीयता भारतको जस्तो हुनुपर्छ । प्रदेशहरुसंग असिमित अधिकार र बजेट हुनुपर्छ ।

तर जनसंख्याको कुरा उठाउदा तिनै भन्छन्, स्वीट्जरल्याण्डमा कति न जनसंख्या छ र ?

व्याख्या आफू अनुकूल । काम आफू अनुकूल । फजुल खर्च आफ्नो मनमर्जीले। तर जिम्मेवारी केही कुराको नलिने । जवाफदेही हुन पनि नपर्ने । प्रदेशले गरेको खर्च र त्यसको उपलब्धीका विषयमा प्रश्न गर्न नमिल्ने ? यो कस्तो संघीयता ? प्रदेशगत हेर्दा कोशी प्रदेशमा ६.२६ प्रतिशत, मधेश ५.०८, बागमती ४.२४, गण्डकी ३.९८, लुम्बिनी ४.४२, कर्णाली ३.२५ र सुदूरपश्चिममा ६.५६ प्रतिशत छ गरीवी । हरेक वर्ष बजेट खर्च भएकै छ । गरीवी घटेको छैन । कहाँ खन्याउछन्, बजेट ?

स्थानीय सरकारसंग प्रतिस्पर्धा र संघीय सरकारसंग गुनासो । यही हो गरेको, प्रदेशले गरेको सात वर्षमा ।

यति सानो मुलुकमा प्रदेश सरकार आवश्यक थियो वा थिएन ? त्यसको व्ययभार थेग्न सकिन्छ वा सकिदैन ? मुलुकको माग हो वा दलहरुको आवश्यकता ? कहिले यस विषयमा न अध्ययन भयो । न अनुसन्धान । बस्, नेतृत्वले जे चाह्यो, बाँकी पंक्तिले त्यसलाई चुपचाप समर्थन गरिरह्यो ।

यी सात वर्षमा प्रदेशले गरेको खर्चको उपलब्धी के भयो ? २४० वर्ष लामो एकात्मक र केन्द्रिकृत शासन व्यवस्थाले सबै भूगोल, बर्ग र समुदायको विकास हुन सकेन भन्नेहरु पनि छन् । त्यसो हो, संघीयतापछि पनि दार्चुलाको तिंकर र छाङरु किन काठमाण्डौंसंग जोडिएन ? बजेट र विकासको वितरण किन न्यायोचित भएन । ‘आफ्नो हात जगन्नाथ’ किन भईरहेको छ अझै ? जो मन्त्री उसको निर्बाचन क्षेत्रमा बजेट । जहाँबाट बढि कमिसन आयो, त्यही भूगोलमा योजनाहरु । किन चाहियो त्यसो भए संघीयता । जुन व्यवस्थामा आवश्यकताको सिद्धान्त लागु हुदैन । जसले पछाडि परेको भूगोललाई सुन्दैन, त्यो संघीयता किन चाहियो ? कर्णालीमा ‘विकास अन्र्या भन्दा खान्या चलन भयो’ के यो फगत आरोप मात्र हो र ? पक्कै होईन । यही हो, नमिठो यथार्थ । भातका भोकाहरुले जे पाए, त्यही खाए, अहिले विकास खादैछन्, पछि यिनले यो व्यवस्था खानेछन् ।

यस्तो अचुक व्यवस्था ठानिएको थियो संघीयता । भनिएको थियो, यसले जनताको अवस्था फेर्ने छ । कति मिठो थियो, त्यो आश्वासन । तर यो व्यवस्थामा महिना महिनामा मन्त्री फेरिए । मुख्यमन्त्री फेरिए । र, फेरिए सरकारहरु । गरीवी र महंगीले जनतालाई भने सधै सास फेर्न गाह्रो भईरह्यो ।

सुदूर पश्चिमसंगै जोडिएको छ, भारतको उत्तर प्रदेशको खिरी जिल्ला । २२ करोड जनसंख्या रहेको उत्तरप्रदेशको एउटा जिल्ला खिरीको जनसंख्या झण्डै ५५ लाख छ । जवकी सुदूर पश्चिमको जनसंख्या २७ लाख ।

आफ्नो कमजोरी ढाकछोप गर्नुछ भने हामी आफूलाई ठूलो चिजसंग तुलना गर्छौ । आफूलाई बलियो देखाउनु छ भने आफूलाई सानो चिजसंग तुलना गर्छौ । हामीसंग त ती दुईटै सुबिधा छैन ।

यति सानो देशमा किन चाहियो संघीयता ? भन्नलाई भनौला, सुदूर पश्चिमको भूगोल र जनसंख्या भन्दा साना देशहरु पनि त छन्, विश्वमा । तर त्यो आत्मरतिका लागि भन्ने कुरा हो ।

सात वर्षयता प्रदेश सभा सदस्यहरुका बीचमा सरकारमा जानकै लागि हानथाप भईरहेको छ । सबैलाई मन्त्री हुनुछ । मुख्यमन्त्री हुनुछ । काम के गर्ने ? सरकार कसरी चलाउने ? मुख्यमन्त्री र मन्त्री भएपछि के काम गर्ने ? कसैसंग कुनै खाका छैनन । खाका छैनन ।

सबैलाई झण्डावाल गाडी चाहिएको छ । सलाम चाहिएको छ । विदेश शयर गर्नुछ । र, सरकारी ढुकुटीमा रजाईँ गर्नुछ । त्योभन्दामाथि त कसैको सोच नै छैन । प्रदेश संरचना केही थान व्यक्तिलाई मुख्यमन्त्री र मन्त्री बनाउनलाई मात्र हो कि ? यत्ति मात्र हो त, त्यसको औचित्य र अर्थ ?

सात वर्षमा प्रदेश राजधानीको ठेगान छैन । मुख्यमन्त्री फेरिरहने क्रम जारी छ । मुख्यमन्त्रीलाई थाह छैन, उसको आयु । त्यसैले त, हरेक अवसरलाई अन्तिम ठान्दै उनीहरु कमाउने धन्दामा लागेका छन् । भोलि त्यो पद र अवसर मिल्ने हो कि होईन, ठेगान जो छैन ।

क्षमता, योगदान, अनुभवबाट कसले पो मुख्यमन्त्री र मन्त्री पद पाएका छन् ? भलै, कसैले भन्लान, पार्टीले मेरो योगदानको कदर गरेर अवसर पाए । यी सब भन्ने कुरा न हुन् । कृपा, अनुकम्पा र गुटगत राजनीतिको अंकगणितभन्दा माथि पदहरु कहिल्यै भएनन । टिकट पाउने आधार पनि तिनै थिए ।

प्रदेश सरकारका पहिलो पाँच वर्ष त्यसै खेर गए । यस्तै हो भने दोस्रो कार्यकाल पनि त्यसै जानेछ । र, यो व्यवस्था जोगाउने कि टुंग्याउने ? त्यो प्रदेश सरकार सञ्चालन गर्ने दलहरु र ति दलका शीर्ष नेतृत्वको कार्यशैलीमा निर्भर छ । व्यवस्थासंगै आफू पनि सक्किने कि ? व्यवस्थासंगै आफूपनि जोगिन ? त्यो उनीहरुको हातमा छ ।

नेपाली युवाहरुद्धारा लिस्वनमा पार्किङमा राखिएका ४७ वटा गाडी तोडफोड

लिस्वन(पोर्चुगल), ४ मंसिर ।
पोर्चुगलको राजधानी लिस्वनमा चार जना नेपाली युवकले पार्किङमा राखिएका ४७ वटा गाडी तोडफोड गरेका छन् ।

नेपाली युवाहरुले आईतवार बिहान पाँच बजे लिस्वनको व्यस्त पर्यटकीय क्षेत्र ग्रासामा पार्किङमा राखिएका ४७ वटा गाडी तोडफोड गरेका हुन् ।

ग्रासामा पार्किङ क्षेत्रमा राखिएका गाडीहरुमा नेपाली युवाहरुले अन्धाधुन्ध आक्रमण गरेर क्षति पुर्याईरहेका बेला प्रहरी पुगेपछि थप क्षति हुनबाट जोगिएको पोर्चुगलका अखवारहरुले जनाएका छन् । यो घट्नालाई पोर्चुगलका अखवार र टेलिभिजनले महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका छन् ।

तोडफोडमा संलग्न नेपाली युवाहरुको परिचय नखुलाएको प्रहरीले राष्ट्रियता भने खुलाएको छ । प्रहरीले तोडफोड गर्नेहरु युवाहरु नेपाली रहेको जनाएको छ ।

युरोपियन कानून अनुसार अदालतले निर्णय नगरुञ्जेल उनीहरुको नाम र ठेगाना भने खुलाउन मिल्दैन । यो कानूनले व्यक्तिको गोपनियताको हकलाई सुरक्षित छ ।

गाडीधनीले उजुरी दिएपछि उनीहरुका बिरुद्ध कारबाही प्रकृया अघि बढ्ने छ । प्रहरीले उनीहरुको बिबरण लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रधानमन्त्री ओलीका बिरुद्ध भ्रम फैलाएको आरोपमा दुर्गा प्रसाई पक्राउ

काठमाडौं,४ मंसिर ।
प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओलीका बिरुद्ध विवादास्पद अभिव्यक्ति दिएपछि मंगलवार पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंको घरबाट ३ वटा ल्यापटप र ९ वटा मोबाइल बरामद गरेको छ ।

मंगलवार दिउँसो भक्तपुरस्थित घरबाट पक्राउ परेका व्यवसायी प्रसाईको घरबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ल्यापयटप र मोवाईल बरामद गरेको हो ।

सीआईबीका एसपी होविन्द्र बोगटीले प्रसाईको घरमा खनतलासी गरेर ३ ल्यापटप र ९ वटा मोबाइल बरामद गरिएको बताएका छन् ।

प्रसाईंले सोमबार युट्युबरहरु बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम एक्जिएटा प्रालिमा लगानी गरेको दाबी गरेका थिए । त्यसक्रममा उनले प्रमाण भन्दै केही कागजपत्र पनि सार्वजनिक गरेका थिए । सोही अभिव्यक्तिपछि प्रसाई पक्राउ परेका हुन् ।

प्रहरीको प्रारम्भिक जाँचका क्रममा ती कागजातहरु कीर्ते गरेर तयार पारिएको देखिएको छ । गलत विवरणका भरमा प्रधानमन्त्रीमाथि गम्भीर आक्षेप लगाएपछि उनी अनुसन्धानको दायरामा परेका थिए ।

प्रहरीले विद्युतीय अपराध ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएकाले थप प्रमाण भेटिनसक्ने हुँदा घरबाट अन्य विद्युतीय सामग्री पनि बरामद गरिएको जनाएको छ । प्रसाईंमाथि सरकारी लिखत कीर्तेको कसुरमा पनि अनुसन्धान गर्ने प्रहरी तयारी छ ।

प्रसाईंबाट बरामद ल्यापटप र मोबाइललाई जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाउने तयारी छ । डीएफएलबाट ल्यापटप र मोबाइलमा डिलिट भएका विवरण पनि रिकभर हुन्छन् ।

सीआईबीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि उनलाई साइबर ब्यूरोको जिम्मा लगाएको छ । पक्राउपछि व्यवसायी प्रसाईंलाई प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ ।

सुदूरपश्चिम रोयल्स र एसपीएबीच सम्झौता

धनगढी, ४ मंसिर ।

सुदूरपश्चिम रोयल्स क्लब र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) धनगढीबीच ‘एजुकेसन पार्टनर’ का लागि सहकार्य गर्ने सम्झौता भएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने एक मात्र क्लव सुदूर पश्चिम रोयल्स र एसपीबीच मंगलवार उक्त सम्झौता भएको हो ।

क्लबका मालिक स्वतन्त्रप्रताप शाहले एसपिएसँगको सहकार्यले सुदूरपश्चिममा क्रिकेटको विकास गर्ने लक्ष्य पुरा मद्दत पुग्ने  बताए ।

एसपीएका प्रबन्ध निर्देशक सुभाष शाहीले सम्झौताले क्रिकेटका माध्यमबाट खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने विश्वास व्यक्त गरे ।

एसपिएले नेपाल क्यान निलम्बनमा रहँदा फ्रेन्चाइज लिगको अवधारणाअनुसार धनगढी प्रिमियर लिग (डीपीएल) आयोजना गरेर नेपाली क्रिकेटलाई जीवन्त राखेको थियो ।

रोयल्सले आफ्नो कोटाका चार विदेशी खेलाडी ब्रान्डन मक्मलेन (स्कटल्याण्ड), सेफअलि जेब (इङ्ल्याण्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (युएई) लाई अनुबन्ध गरिसकेको छ । टोलीमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ हुनुहुन्छ । यही मंसिर १५ देखि आगामी पुस ६ गतेसम्म काठमाडौँमा हुने एनपीएलमा रोयल्स टोलीको प्रमुख प्रशिक्षकमा जगत टमटा छन् ।

आठ टिमको सहभागिता रहने एनपिएलमा ‘सुदूरपश्चिम रोयल्स’को मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । ।

प्रेस काउन्सिल नेपालद्धारा नौवटा युट्युब च्यानललाई कारबाही

काठमाडौं, ४ मंसिर ।
प्रेस काउन्सिल नेपालले नौवटा युट्युब च्यानललाई कारबाही गरेको छ ।

प्रेस काउन्सिल नेपालले एक बिज्ञप्ति जारी गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरेको दाबीसहित विभिन्न नौवटा युट्युब च्यानललाई कारबाही गरेको जनाएको छ ।

दर्ता र सूचीकरणबिना चलेका, मिडियासँग आबद्ध नभएका तीन सञ्जाललाई आवश्यक अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको र मिडियाअन्तर्गत आबद्ध भएका अन्य च्यानललाई अप्रमाणित र एकपक्षीय सामग्री तत्काल हटाउन वा स्थगन गर्न निर्देशन दिइएको काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराद्धारा मंगलवार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलले पछिल्लो समय कार्यविधि बनाई कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल र फेसबुक पेजबाट सम्प्रेषित सामाग्रीको अनुगमन गरिरहेको जनाएको छ ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अपुष्ट, एकपक्षीय आरोपसहित गालीगलौज, अफवाहपूर्ण र अतिरञ्जित सामग्रीलाई प्राथमिकताका साथ स्थान दिएर प्रसारण भएकोप्रति काउन्सिलको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

“त्यस किसिमका सामग्री सम्प्रेषण हुनु प्रचलित कानुन एवं पत्रकार आचारसंहिताविपरीत कार्य हुन्, विज्ञप्तिमा भनिएको छ, त्यस्ता गलत, निराधार, अफवाहपूर्ण, भ्रमपूर्ण, अतिरञ्जित शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, अमर्यादित सामग्री सम्प्रेषण भइ आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।”

यसैगरी, काउन्सिलले पत्रकारिताका मूल्यमान्यताविपरीत गलत, समाजमा उत्तेजना फैलाउने, हिंसा, एवं द्वन्द्वलाई प्रश्रय दिने, प्रायोजित एवं पक्षपोषणयुक्त घृणा तथा द्वेष फैलाउने सामग्री नगर्न नगराउन आग्रहसमेत गरेको छ ।

 

press-Bigyapti-2081-08-04-1732022803.jpg

शान्ति सुरक्षा व्यवस्था चुस्त दुरुस्त गर्न गृहमन्त्रीको निर्देशन

धनगढी, ४ मंसिर  ।

गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा व्यवस्था चुस्त दुरुस्त गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन ।

मङ्गलबार कैलालीको धनगढीमा गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा  आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्नुहुँदैन गृहमन्त्री लेखकले जनतालाई अनुभूति हुने गरी मुस्कानसहित प्रभावकारी ढङ्गबाट सेवा प्रभाव गर्न निर्देशन दिएका हुन ।

गृहमन्त्री लेखकले अपराध, राजस्व चुहावट, सीमा सुरक्षा, लागूपदार्थ, सवारी दुर्घटना नियन्त्रण गर्न निर्मम ढङ्गबाट काम कारवाही अगाडि बढाउन निर्देशन दिएका हुन ।

सुदूरपश्चिम प्रदेश भारत र चीनसँग सीमा जोडिएकाले संवेदनशील तरिकाले सीमा सुरक्षाका सवालमा काम गर्नसमेत मन्त्री लेखकले सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका हुन

पछिल्लो समयमा साइबर अपराध बढेकाले यसको निगरानी गर्नसमेत निर्देशन दिनुहुँदै गृहमन्त्री लेखकले भने, “सामाजिक सञ्जालबाट व्यक्तिको चरित्र हत्या गर्ने, समाजमा वितृष्ण फैलाउने, धार्मिक तथा जातीय हिंसा फैलाउने कार्य हुन नदिन सुरक्षा निकायले सजग र चनाखो भएर काम गर्नुपर्छ ।”

सुरक्षा गोष्ठीलाई औपचारिकतामा मात्र सिमित नराखी शान्ति सुरक्षाका सवालमा गोष्ठीमा  उठेका सवालहरूलाई कडाइका साथ पालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री लेखकले भने, “अशान्ति कस्तो हुन्छ रु यसले कस्तो नोक्सान गर्छ भन्ने कुरा हामीले दशवर्षे शसस्त्र द्वन्द्वको समयमा अनुभूति गरेका छौं । अशान्तिले कसैलाई पनि फाइदा गर्दैन तसर्थ शान्ति स्थापना गर्न सबैले एकजुटका साथ अगाडि बढ्नुको विकल्प छैन ।’’

यस्तै, मङ्सिर १६ गते हुने उपनिर्वाचन स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायले भूमिका खेल्नुपर्नेमा मन्त्री लेखकले जोड दिएका छन ।

यसैगरी, गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले लोकतन्त्रको रक्षाका लागि सुरक्षा निकायको महत्त्वपूर्ण भूमिका रहेको जानकारी दिए । उनले भने, “लोकतन्त्र सबैभन्दा उत्कृष्ट व्यवस्था हो । यसमा अराजकता मौलाउन दिनुहुँदैन् । पछिल्लो समयमा लोकतन्त्रको नाममा अराजकता हाबी हुन थालेकाले सुरक्षा निकायले चनाखो भएर  निगरानी बढाउनुपर्छ ।”

गृहसचिव गोकर्णमणि दुवाडीको अध्यक्षता सुरु भएको गोष्ठीमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरिक मामिला तथा कानुनमन्त्री    हीरा सार्की, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललगायत सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता छ ।

कैलालीको गोदावरी बस दुर्घटनामा चालकको मृत्यु

धनगढी, ४ मंसिर ।
कैलालीको गोदावरीमा सोमवार राति बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार बस मुनी च्यापिएर चालक बझाङको दुर्गाथली गाउँपालिका–५ भलान्याका २५ वर्षीय मोहन जप्रेलको मृत्यु भएको छ । बस मुनी च्यापिएर घाईते भएका चालकको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३२२८ नम्बरको बस सोमबार राति गोदावरी नगरपालिका–४ वनदेवी नजिक अनियन्त्रित भई दुर्घटना भएको हो ।

डडेल्धुरामा जिप दुर्घटना, दुई महिलाको मृत्यु

डडेल्धुरा, ४ मंसिर ।
कञ्चपुरको दैजीबाट डडेल्धुराको परशुराम नगरपालिका जादै गरेको जिप  दुर्घटना हुदा दुई महिलाको मृत्यु भएको छ ।   दुर्घटनामा परी नौ जना घाईते भएका छन् ।

प्रहरीका अनुसार दैजी–जोगबुढा सडक अन्तर्गत पर्ने डडेल्धुराको परशुराम नगरपालिका–९ नौलामा मंगलवार दिउँसो करीव चार बजेतिर लु १ ज ४५७९ जिप दुर्घटना दुई महिलाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार १२ जना यात्रु रहेको जिप सडकबाट सय मिटर तल खसेको थियो ।

घाईतेहरुलाई उपचारका लागि कञ्चनपुर लगिएको छ । चालक भने सकुशल छन् ।

प्रहरीले जिप चालक परशुराम नगरपालिका–११ एक्लेगडाका २४ वर्षीय प्रकाश कुँवरलाई नियन्त्रणमा लिएको छ ।

कोप–२९ मा नेपाली युवाले गरे प्रदर्शन

जलवायु न्यायको लागि नेपाली युवाहरूले अजरबैजानको बाकुमा प्रदर्शन गरेका छन्। मंगलबार अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)  चलिरहँदा नेपाली युवाको समूहले प्रदर्शन गरेका हुन।नेपाली युवाको समूहलाई केही विदेशीहरूले पनि साथ दिएका थिए।

धनी देशले गर्ने कार्बन उत्सर्जनबाट नेपाल जस्ता विकासोन्मुख  तथा पर्वतीय देशहरूले क्षति भोग्नु परिरहेकाले  सोबापत न्यायपूर्ण तवरबाट सहयोग उपलब्ध हुनु पर्ने प्रदर्शनकारीहरूको माग थियो। नोभेम्बर ११ बाट सुरु भएको (कोप–२९) को बैठक नोभेम्बर २२ सम्म चल्नेछ।

 

मानव तस्करीमा पक्राउ परेका एमालेका पूर्वमन्त्री अधिकारी थप पाँच दिन हिरासतमा

काठमाडौँ । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन हिरासतमा रहने भएका छन् ।

हिरासतमा राख्न लिएको समय सकिएपछि मंगलबार जिल्ला अदालत काठमाडौँले उनलाई थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।

अधिकारमाथि जापान भ्रमणका क्रममा असम्बन्धित व्यक्तिलाईसमेत लगेको आरोप लागेको छ । एमाले प्रदेशसभा सदस्य एवं तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारीविरुद्ध यस प्रकरणमा छानबिन जारी रहेको छ ।

उनलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

 

विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने

काठमाडौँ – जर्मनीले नेपाललाई एक करोड युरो (करिब रु एक अर्ब ४६ करोड) अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयमा आज एक औपचारिक कार्यक्रमकाबीच नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्ज र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक समन्वय तथा सहयोग महाशाखाका सहसचिव धनीराम शर्माबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त अनुदान रकम नेपाल विद्युत् प्राधिकरणमार्फत् विद्युत् वितरण सुदृढीकरण परियोजनामा खर्च हुनेछ । नेपालको विद्युत् वितरण संरचना सुदृढ गर्दै वातावरणमैत्री प्रविधिको प्रयोग गरी भरपर्दो र प्रभावकारी विद्युत् आपूर्ति सुनिश्चित गर्नेगरी अनुदान रकम खर्च गरिने जनाइएको छ ।

यस परियोजना अन्तर्गत भरतपुर (बागमती प्रदेश), बुटवल–भैरहवा (लुम्बिनी प्रदेश) र पोखरा (गण्डकी प्रदेश) लगायतका क्षेत्रलाई प्राथमिकता दिइनेछ । ऊर्जा दक्षता र विद्युत् आपूर्ति विश्वसनीयता सुधार गर्दै लक्षित क्षेत्रका जनतालाई दिगो रूपमा विद्युत् पहुँच सुनिश्चित गर्ने लक्ष्य परियोजनाको छ । सन् २०२५ देखि सुरु हुने विद्युत् वितरण सुदृढीकरण परियोजनालाई सरकारको वार्षिक बजेट प्रणालीमा समावेश गरिने सम्झौतामा उल्लेख छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा सहसचिव शर्माले लक्षित क्षेत्रमा विद्युत् आपूर्तिको विश्वसनीयता अभिवृद्धिमा यस सहयोगले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । साथै, उनले जर्मनी सरकारप्रति नेपालको ऊर्जा क्षेत्र सुदृढीकरणमा निरन्तर प्रतिबद्धताका लागि आभार व्यक्त गरे ।

राजदूत डा प्रिन्जले जलवायु–मैत्री प्रविधिको प्रयोग गर्दै नेपालमा विद्युत् वितरण प्रणाली सुदृढीकरणमा सहयोग गर्न पाएकोमा सन्तोष व्यक्त गरे । उनले यस सम्झौताले जर्मनी र नेपालबीचको सम्बन्धलाई अझ  प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

 

अमेरिकाबाट निकालिए दुई नेपाली

काठमाडौं : अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिकी सरकारले दुई नेपालीलाई निष्काशन गरेको छ। स्रोतका अनुसार विनोद कार्की र उमा थापा कार्कीलाई अमेरिकी सरकारले निष्काशन गरेको हो।

भिसाको म्याद सकिएपछि पनि अमेरिकामै बसिरहेका विनोदलाई अमेरिकाले एयर इन्डियाको विमानबाट काठमाडौं फर्काएको हो। उमालाई भने क्याथे प्यासेफिकको विमानबाट फर्काइएको थियो। ‘विनोद कार्कीले ‘ओभर स्टे’ गरेका कारण निष्काशन गरेको खुलाइए पनि उमा थापा कार्कीको हकमा भने कारण खुलाइएको छैन। त्यहाँको कुनै कानुन उल्लंघन गरेको हुनसक्छ,’ स्रोतले अन्नपूर्णसँग भन्यो।

जो बाइडेन नेतृत्वको सरकारले पनि अमेरिकाको आप्रवासीहरूमाथि विशेष निगरानी गर्दै आएको थियो। पछिल्लो निर्वाचनमा अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजय भएसँगै त्यहाँका आप्रवासीहरू झनै त्रसित छन्। सामूहिक डीपोर्टेशन गर्ने ट्रम्पको घोषणापछि आप्रवासीहरू त्रसित भएका हुन्। तिहारअघि पनि अध्यागमन कानुन उल्लघंन गर्ने केही नेपालीलाई अमेरिकाले निष्काशन गरेको थियो।

१६७४२ नेपाली विद्यार्थी अमेरिकामा अध्ययनरत

काठमाण्डाै – अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको सङ्ख्या अहिलेसम्मकै धेरै पुगेको छ ।

गएको वर्षको तुलनामा १० दशमलव ९५ प्रतिशतले वृद्धि भई अहिले १६ हजार सात सय ४२ जना नेपाली विद्यार्थी अमेरिकी विश्वविद्यालयमा अध्ययन गरिरहेका काठमाण्डौमा रहेको अमेरिकी दूतावासले जनाएको छ । गएको वर्ष १५ हजार ९० जना विद्यार्थी अमेरिकामा अध्ययनरत थिए ।

नेपाली विद्यार्थीहरू अहिले अमेरिकी विश्वविद्यालयमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको १०औं ठूलो समूह बनेका ‘ओपन डोर्स रिपोर्ट’ २०२४ लाई उद्धृत गर्दै दूतावासले जनाएको छ ।

शैक्षिक वर्ष २०२३/२४ का लागि अमेरिकामा संसारभरबाट ११ लाख जनाभन्दा धेरै विद्यार्थी पुगेका छन् । शैक्षिक वर्ष २०२३/२०२४ का लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय विद्यार्थीमा भारतका छन् । ‘ओपन डोर्स रिपोर्ट’ २०२४ अनुसार अमेरिकामा भारतका तीन लाख ३१ हजार जनाभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । यस्तै दोस्रो स्थानमा रहेको चीनका दुई लाख ७७ हजार र तेस्रो स्थानमा रहेको दक्षिण कोरियाका ४३ हजार जनाभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।

योसँगै शैक्षिक वर्ष २०२३/२४ का लागि अमेरिका अन्तर्राष्ट्रिय शिक्षाका लागि शीर्ष गन्तव्य बनेको छ ।

 

प्रेम, गजल र जगजित

कला, साहित्य र संगीतको कुनै भुगोल हुदैन । न त यो कुनै परिधि भित्र कैद हुन्छ । यो त सबै दायराभन्दा माथि हुन्छ । प्रेम अभिव्यक्त गरेर हुने चिज होईन । यदि त्यसो हुदो हो त यो संसारमा आवाज हुनेहरुले मात्र प्रेम गर्थे ।  भाषा वा बोलीले मात्र प्रेम हुने होईन । प्रेम त अभिव्यक्त गर्ने माध्यम नै नभएपनि अभिव्यक्त हुन्छ । त्यसैले त बोल्न नसक्नेहरु पनि प्रेममा परेका छन् । सुन्न नसक्नेहरुले पनि प्रेम गरेका छन् । महशुस गरेका छन् । आँखा नहुनेहरुले प्रेमलाई देखेका छन् । छोएका छन् । अनुभुत गरेका छन् ।

 

संसारलाई सुन्दर बनाउने त्यस्तो कुनै चिज छ त त्यो प्रेम हो । त्यो सुन्दरतामा सुगन्ध थप्छ, गीतले । संगीतले । हो, यहाँ म संगीतका माध्यमबाट, अझ भन्नु पर्दा गजल गायनको माध्यमबाट संसारमा आफूलाई चिनाउने एक व्यक्तित्व, जो हामीमाझ यति बेला छैनन, तिनका बारेमा चर्चा गर्नेछु ।

यतिभन्दा तपाईहरुले अनुमान गरिसक्नु भयो होला । हो, म चर्चा गर्दै छु, स्वर्गीय गजलकार जगजित सिंहको । जसले साहित्य, कला र संगीतलाई जीवनको आस्था बनाए । र बनाए जीवनको हिस्सा । तिनै जगजीतका बारेमा चर्चा गर्दैछु ।

जसको गजल सबैको ओठमा छ, मनमा छ, मस्तिष्कमा छ । त्यो गजल मात्र अमर छैन, गाउने जगजित पनि अमर छन् । जगजितलाई अमर बनाउने मध्येकै एउटा गजल हो ।

होठो से छु लो तुम, मेरा गीत अमर कर दो ……

८ फेब्रुअरी १९४१ मा राजस्थानको गंगानगरमा जन्मिएका जगजितको बाल्यकाल घरमै बित्यो । उनका चार बहिनी र दुई भाई थिए । उनको शुरुवाती शिक्षा गंगानगरकै खालसा स्कुलमा भयो । पछि थप अध्ययनका लागि उनी जालन्धर पुगे । डिएवी कलेजबाट स्नातक पास भएपछि उनले कुरुक्षेत्र विश्व विद्यालयबाट पोष्ट ग्राजुयसन सके ।

घरमा उनलाई जितका नामले बोलाईन्थ्यो । तर उनले संगीतका माध्यमबाट पुरै जगलाई जीते । र त उनी जगजित भए । गजल गायकीको माध्यमबाट उनले सबैको मन जिते ।

उनले गुजराती फिल्मबाट गजल गायन शुरु गरे । तर उनको गायकी गुजरातीमा मात्र सिमित भएन । उनले पञ्जावी, हिन्दी, नेपाली, उर्दु, गुजराती भाषामा सयौ गजलहरु गाएका छन् ।

जगजित गजल गायनमा संघर्षरत थिए । उनको त्यही समय चित्रासंग भेट भयो । चित्रा पनि गजल गायनमा नाम कमाउदै थिईन । १९६९ मा जगजीतले चर्चित गायिका चित्रासंगको प्रेमलाई बैबाहिक सम्बन्धमा परिणत गरे । बैबाहिक सम्बन्धपछि यो जोडीले गजल गायनमै आफूलाई थप समर्पित ग¥यो ।  पत्नी चित्रासंगै जगजीतले सयौ गजलहरु गाए । यो जोडीले थुप्रै फिल्ममा एक साथ गाए ।

कार दुर्घटनामा आफ्नो जवान छोरा बिबेक गुमाउनुको पीडाले यो जोडीलाई गलायो । संगीत साधनामा कहिल्यै नथाकेको यो जोडी पुत्र बियोगमा बिरक्तियो । जगजीत पत्नि चित्रा छोराको मृत्युपछि गजल गायनबाट टाढा रहिन । जगजीत पनि केही समय गुमनाम झै भए । तर उनले शोकलाई पनि गजलकै माध्यमबाट शक्तिमा बदले । र त्यही शक्तिले एउटा नयाँ गजल जन्मायो ।

चिठ्ठी ना कोई सन्देश….

७० को दशकमा उनको स्वरको जाँदु देखिन थालिसकेको थियो । जतिबेला गीतकै अबस्था त्यति राम्रो थिएन । उनले त्यति बेला गजललाई चिनाए । अर्थ, प्रेमगीत,लीला, सरफरोस,तुम बिन, बीर जारा लगायत दर्जनौ फिल्ममा आवाज दिएर उनले गजलको दायरालाई फराकिलो मात्र बनाएन । गजललाई नयाँ आयाम दिए । नयाँ पहिचान दिए । गजल र जगजीत एक अर्काका पर्याय जस्तै भए । त्यही कारण उनलाई गजलका सम्राट पनि भन्न थालियो । उनको स्वरको जादु यसरी चल्यो कि त्यसलाई कुनै तारवार वा सीमानाले रोकेन ।

भारत र पाकिस्तानकाबीच जति धेरै टकराव र मनमुटाव भएपनि जगजीत पाकिस्तानमा पनि उत्तिकै प्रिय रहे । उनका पाकिस्तानी प्रशंसक अलिले भनेका छन्, म जिन्दगीमा दुई चोटी रोए । पहिलो चोटी भाईको मृत्युमा र दोस्रो चोटी गजल सम्राट जगजितको मृत्युमा । उनका पाकिस्तानी प्रशंसकले उनलाई भारतीय भनेन, भलै भारत प्रति उनका प्रशंसक कहिल्यै सकारात्मक रहेनन । संगीतको शक्ति भनेकै यही हो । जसको कोही शत्रु हुदैन । सबै मित्र । सबै प्रिय । सबैका प्रिय तिनै गजल सम्राट जगजितलाई गजल गायनमा पु¥याएको योगदानको कदर गर्दै भारत सरकारले पद्यम श्री र पद्यम भुषणबाट सम्मानित ग¥यो ।
जव दिन ढल्किन्छ । तव के हुन्छ, महशुस ।,

कही दूर जव दिन ढल जाए
साँझ कि दुल्हन बदन चुराऐ, चुपके से आए
मेरे खयालको आँगनमै कोई सपनेको दीप जलाए

गजल श्रृंगारिक हुन्छ । प्रेमरस युक्त गजल गायनमा धेरैले रुचि दिन्छन । तर जगजितका गजलमा प्रेम मात्र छैन । देशभक्ति पनि छ । छटपटी छ । जीवनका उतारचढाव, आरोह अवरोहहरु उनका गजलमा छचल्किएका छन् । पोखिएका छन् । गजलमा बिरह छ । बिरहले गजल बनेका छन् । र उनका गजलमा कोहीसंग बिछोडिनुको पीडा छ । निराशा छ । र छ, उम्मीद । आशा । त्यही उम्मीद र आशाले उनी बाँचेका छन् । आशाको त्यही त्यान्द्रो उनको गजलमा प्राण बनेको छ । सञ्जिवनी बनेको छ ।

पुतलीहरुलाई मर्नुको डर हुदैन । बत्तीमा जादा मृत्यु निश्चित छ । तर पनि पुतलीहरु बत्तीको उज्यालोमा हाम फाल्छन । यो हो प्रेम । जहाँ मर्नुको डर हुदैन । रित्तिनु अनि खिईनुको परवाह हुदैन । प्रेम, गजल र जिन्दगी उस्तै उस्तै हुन् । प्रेम बिनाको जिन्दगी के जिन्दगी ।  जिन्दगीलाई हेर्ने, बुझ्ने अनि सोच्ने सबैका आआफ्नै दृष्टिकोण हुन्छन । जगजितको पनि आफ्नै बुझाइ थियो । केही पाएर गुमाउनु । अनि केही गुमाएर पाउनु । जिन्दगीको अर्थ आउनु र जानु हो । दुई दिनको जिन्दगीबाट एक समय चोर्ने कुरा गर्छन, गजलमा जगजित ।  आफू सधैभरी रित्तिईरहे । तर उनले संगीतका पारखीलाई कर्णप्रिय गजलहरु दिईरहे । जसले सधै गुमाए । ……

तुम चले जाओगे तो सोचेंगे
हमने क्या खोया हमने क्या पाया

जिन्दगी तव सुन्दर हुन्छ, जव प्रिय मान्छे आफूसंग हुन्छ। र त्यही प्रिय मान्छेको साथले जिन्दगी पनि प्रिय हुन्छ । र त्यतिबेला लाग्छ, जिन्दगी अरु केही होईन, दुई जनाको कहानी हो । बस, प्रेमिल जोडीको मिठो कहानी । र त उनले गाए, जिन्दगी तिम्रो र मेरो कहानी भन्दा केही होईन । यो त प्रेमको प्रतिक हो ।

ईक प्यारका नगमा है
मोजो कि रवानी है
जिन्दगी और कुच भी नही
तेरी मेरी कहानी है….

उनी जिन्दगीमा धेरै पटक निराश पनि भए । उनले कही गजलमै जीवन पोखे । जीवन गाए । तर जव उनी निराश भए । उनले गजलमै निराशालाई गाए । प्रिय मान्छे टाढा हुदा कति पीडा हुन्छ । जो बिना बाँच्नुको अर्थ हुदैन । र त,उनले गजलमा गाए ।………….

तेरे दुनियामे जीने से तो
बेहतर है मर जाए     

जगजितले साहित्य अनि संगीतका पारखीहरुलाई ५० भन्दा बढि एलबम दिएका छन् । उनले देश बिदेशमा सयौ कन्सर्टहरु मार्फत पनि गजल गाए । गजल चिनाए । गजललाई एउटा उचाईमा पु¥याए ।
सन १९९९ मा सरफरोशमा होश वालोको खबर क्या बोलको गजल गाएपछि  लता मंगेशकरले जगजितका बारेमा भनेकी थिईन— जगजीतले गजल गायनमा सबै चिज बदले । बोल, सुर, आवाज, ताल सब चिज…।

गालिबले भनेका थिए, दुनियामै और भिं है मोहब्बत के सिवा…

हो, जगजीतले पनि गजलमा प्रेम मात्र गायनन, गाए देशभक्तिका गीतहरु । उनका गजलमा पीडा अनि निराशा पनि छ । तर मान्छेलाई आशावादी बनाउने गजललाई पनि उनले महत्व दिए । मान्छेलाई गजलका माध्यमबाट जोड्ने । प्रेम, भाईचारा र भातृत्वलाई बाड्ने कोशिस पनि उत्तिकै गरे, जगजीतले गजल मार्फत । र आफ्नो प्रिय मान्छे टाढा हुदा खटकिने अभाव पनि उनले गजलमा पोखे ।

तुम चले जाओगे तो सोचेंगे
हमने क्या खोया, हमने क्या पाया

बचपनको यादले जगजीतलाई चिमोट्छ चित्रासंगै । त्यही चिमोटाई गजलमा पोखिन्छ । बिगतका यादहरु बाहेक मान्छेसंग केही बाँकी रहदैनन । हो, समयभन्दा बलवान कोही छैन ।

कवी डब्लु बी यिट्सले भनेका छन्,—गुलाब होईन, समय फुल्छ । उनको भनाईले समय नआई गुलाब पनि फुल्दैन । समय र नदी उस्तै हुन् । जो फर्किदैनन । जो दोहरिदैनन । तर मान्छे जे दोहरिदैन । जो फर्किदैन । त्यसकै पछि कुद्छ । अज्ञानी बच्चा झै जिद्दी गर्छ । त्यही चिजको अपेक्षा गर्छ । जगजीत र चित्रा पनि त मान्छे थिए । त्यसैले उनीहरुले पनि गाईदिए ।

ए दौलत भि ले लो,ए शौहरत भि ले लो
भले छिनलो मुझसे मेरी जवानी……

पाकिस्तानका चर्चित गजल गायक गुलाम अलीसंगै कन्सर्ट गर्ने तय भएकै दिन जगजीतको ७१ वर्षको उमेरमा मस्तिष्क घातबाट मृत्यु भयो । मृत्यु शास्वत सत्य हो । जसले संगीतको भाषा बुझ्दैन । कसैको ईच्छा बुझ्दैन ।  मृत्युले जगजीतको अन्तिम ईच्छा पुरा हुन नदिएपनि उनी संगीतका पारखीहरुमाझ सधै अमर रहनेछन् । उनी प्रतिको श्रद्धा, सम्मान र समर्पणलाई कसैले छिन्नसक्ने छैन । भौतिक शरीर नभएपनि कालजयी गजलहरु मार्फत जगजितलाई गजलका पारखीहरुले गुन्गुनाईरहनेछन् । गुन्गुगाईरहनेछन् । सधैभरी ।

बा

गोविन्द रिजाल ।

हिजो बा,

फुरङ्ग हुनु भा थियो

छोरा जन्मिएकोमा

भुईमै खुट्टा थिएन बा को

बधाई थाप्नुको चटारो

सुत्केरीको स्याहार सुसार

छैठी न्वारान भोज भतेर

आफन्तको चहलपहल

भ्याई नभ्याई थियो बा लाई ।।

 

यसो अनुहार हेर्नुहुन्छ बा ले छोराको

खै के सोच्नुहुन्छ

र मन्द मुस्कुराउनु हुन्छ

जिस्काईदिन्छ कसैले

काटिकुटी बाबू जस्तै

लजाउनु हुन्छ बा

टाउको निहुराएर ।।

 

विस्तारै छोरो,

हुर्किएको छ

हर्लक्कै बढेको छ

पढेको छ शहर पसेर

तर बा अझै निहुरीरहनु भएको छ

खेतका आलिमा

पाखोवारीका कान्लामा

भोको पेटमा पटुकि कसेर

किनकी छोरालाई ठुलो मान्छे बनाउनु छ

र चिनिनु छ फलानोको बा भनेर ।।

 

मतलब छेैन बा लाई,

आफ्नो भोकको

फुटेका पैतलाको

जवानिमै चाउरिएका गालाको

फाटेको जाँघेको

फिटा टालेको हात्ती छाप चप्पलको

छाना उजाडिएको छाप्रोको

किनकी छोरालाई ठुलो मान्छे बनाउनु छ

र चिनिनु छ फलानोको बा भनेर ।।

 

थाहा छ बा लाई,

यो देश ठुलाको हो ठालुको हो

हलो जोत्नेको होईन

गफ चुत्नेको हो

त्यसैले त बा लाई पनि ठुलो हुने रहर छ

केवल एक सपना छ बा को

आफुले पूरा गर्न नसकेको सपना

ठुलो मान्छे बन्ने सपना

छोराबाट पूरा गराउनु छ बा ले

त्यसैले त बा ले यो सब गरीरहनु भएको छ

छोराको निम्ति

किनकी बा ले छोरालाई ठुलो मान्छे बनाउनु छ

र चिनिनु छ फलानोको बा भनेर ।।

 

कुनै दिन,

यही शहरको छोराको छिडि कोठामा

बा आउनु हुन्थ्यो

अलिकति गुन्द्रुक लिएर

दुई माना घिउ लिएर

दुई पाथि सेरी खेतको चामल लिएर

आमाको माया नासो लिएर

पुरै गाँउको रैवार लिएर ।।

 

तर आज छोरा,

महलमा सरे देखि

गाउँ विरानो भयो

बा गँँवार भए

दाजु भाई पाखे भए

आफन्त आफन्त रहेनन

दुई थान कुकुरसँग छ उस्को सामिप्यता ।।

 

हुन त बा लाई,

केही दिन वास नदिएको होईन छोराले

महलको छिडी कोठामा

के गर्नु

कसैले सोधे बा भन्न गाह्रो मान्छ छोराले

उसको ईज्जत घट्छ रे

साथिभाईले के सोच्लान भन्ने डर छ

बा ले घर छोडेर गईदिए हुन्थ्यो भा छ उस्लाई

सबै वुझेर पनि नवुझेझै गर्नु हुन्छ बा

किनकि छोरो ठुुुुलो मान्छे भएको छ

तर पूरा भएको छैन बा को फलाना को बा सुन्ने रहर ।।

 

आज बिहान,

मन्दिरबाट फर्किदा

गेटमै एक थान बोर्ड थपिएको छ

प्रवेश निषेधको रसावधानको ।।

 

कुकुरदेखी सावधानको बोर्ड

गेटमै झुण्डिएदेखि

बा र घरको सम्बन्ध सकियो

रगतको नाता सकियो

बा लाई पनि प्रवेश दिएन

त्यो कुकुरले

मालिकको ईज्जत घट्ने डरले ।।

 

आज बा,

फेरी छोराकै ईज्जत जोगाउन

बसाई सर्नु भएको छ

खोला छेउमा

र हेर्दै बस्नुहुन्छ त्यहि घर

वृद्धाश्रमको झ्यालबाट

अझेै मरेको छैन बा को ठुुुुलो मान्छे बन्ने सपना

फलानाको बा भनेर चिनिने रहर ।।

 

तर छोरा,

देश बदल्ने गफ गर्छ

समाज परिवर्तनको वकालत गर्छ

सबै भन्दा जान्ने भएको अभिनय गर्छ

ठुलो मान्छे भएको अहंकारसँगै

त्यही वृद्धाश्रममा गएर

बा को एक थान तस्वीर ल्याउछ

र मुहार पुस्तिकामा देखाउछ

पितृ भक्ति ।।

प्रेरणा स्रोत द्वारिकादेवी ठकुरानी

–भक्तबहादुर बलायर
१) यसपाली बैतडी गएँ द्वारिकाको जिल्ला ।
दशरथ जन्मेको थलो लोकतान्त्रिक किल्ला ।।
२) मेलौली देवीको भूमि द्वारिकाको गाउँ ।
सबैले गौरवले लिन्छन् द्वारिकाको नाउँ ।।
३) राणा फाल्न बन्दूक वोक्ने, यही ठाउँकी महिला ।
द्वारिका महिला मन्त्री नेपालकै पहिला ।।
४) उन्नाइस सय बहत्तर कार्तिक बाह्रतिर ।
दान्कोट गर्खामा जन्मिन् राखिन् ठाडो शिर ।।

५) डोटी दान्कोट जैैनोलीमा जन्मेर बढेकी ।
शिक्षा ज्ञान गुरु राखी घरैमा पढेकी ।।
६) राधादेवी पन्त माता बामदेव पिता ।
घरैमा अध्ययन गरिन् महाभारत गीता ।।
७) शिवराज पन्तकी दिदी ब्राहमणको कुल ।
डोटीको गौरव बन्यो सुगन्धित पूmल ।।
८) डोटी गांैडा सिलगढी पाल्पापछि अर्को ।
राणाका जर्नेल बस्थे धाक रवाफ चर्को ।।
९) नौ जिल्लाको केन्द्र डोटी प्रशासनिक किल्ला ।
अदालत प्रशासनिक कार्य डोटी जिल्ला ।।
१०) उद्धव चन्द प्रशासनिक कामले डोटी आउँथे ।
वामदेव पन्तका घर बस्ने बास पाउँथ्ये ।।
११) उद्धव द्वारिकाबीच चिनाजानी बढ्यो ।
भावना दुवैको मिल्यो मायाप्रीति गड्यो ।।
१२) प्रणयसूत्रमा बाँधिन् बयानब्बे सालमा ।
शिक्षाको दीपक बाले राणा शासनकालमा ।।
१३) उद्धव चन्द शिक्षाप्रेमी समाजसेवी थिए ।
द्वारिकालाई अघि बढ्न पूर्ण साथ दिए ।।
१४) दुवै मिली तल्ली स्वराड शिक्षादीप बाले ।
मणिलेक मा.वि. खोली पढाइ पनि थाले ।।
१५) तल्ली स्वराड मेलौलीमा शिक्षा ज्योति बाल्यो ।
दुई हजार चार सालमा हाईस्कूल खोल्यो ।।
१६) भारत छोडो आन्दोलन भारतमा चक्र्यो ।
नेपालमा राणाशाहीको निकै मुटु धड्क्यो ।।
१७) भारतमा नेपालीले पार्टी खोल्न  थाले ।
नेपाली मन मस्तिष्कमा क्रान्तिज्वाला बाले ।।
१८) नेपाली कांग्रेसको जन्म भारतमा भयो ।
नेपालका राणाशाहीमा त्यस्को खवर गयो ।।
१९) बी पी आए तीन सालमा मुजफ्फरपुर ।
हतियार जम्मा गर्ने संगठनको सुर ।।
२०) एन डी प्रकाश साथ लगी बी पी भेट्न गइन् ।
बी पी को व्यक्तित्वदेखि निकै खुशी भइन् ।।
२१) काँग्रेसको सदस्यता बी पीबाट लिइन् ।
क्रान्तिलाई सफल पार्ने पूरा वचन दिइन् ।।
२२) आवतजावत हुन थाल्यो बी पीको साथमा ।
राणा फाल्ने कसम खाए माटो लिई हातमा ।।
२३) नेपालमा चर्कियो क्रान्ति ठाउँ ठाउँ क्रान्ति भयो ।
डोटी गौडा कब्जा गर्न मुक्ति सेना गयो ।।
२४) सुदूरपश्चिम क्रान्तिलाई द्वारिका सघाउथिन् ।
बन्दुक र बन्दोवस्ती रासन पठाउँथिन् ।।
२५) कमान्डर रुप सिंह बजिर सिंह जोशी र्।
क्रान्तिकारीलाई दिन्थिन् आफै बन्दुक खोसी ।।
२६) सात सालमा उद्वव चन्द बत्तिस दिन जेल ।
राणाको विरोध गर्दा हात खुट्टामा नेल ।।
२७) क्रान्तिकारी भीमदत्त रूप सिंह अरू ।
द्वारिका सघाउने गर्थिन् मुक्तिसेनाहरू ।।
२८) कांग्रेसको आहृावानमा क्रान्ति सफल भयो ।
सात साल फाल्गुन सात राणा शासन गयो ।।
२९) राजाले घोषणा गरे फाल्गुन सातमा ।
संविधान छिट्टै आउँछ जनताको हातमा ।।
३०) द्वारिका उद्ववको साथ माछापानी थियो ।
दश सालमा उद्वव चन्द कालले टिपी लियो ।।
३१) लोग्नेको देहान्त हुँदा ठूलो आघात भयो ।
गर्भिणी अवस्था थियो बच्चा खेर गयो ।।
३२) द्वारिका एकली परिन् जिम्मेवारी आयो ।
चढ्दो जवानी थियो पति कालले खायो ।।
३३) समाजसेवा राजनीति एक्लैको काँधमा ।
सम्पूर्ण जीवन सुम्पिन् ईश्वरको हातमा ।।
३४) देशको कसम खाइन् देश सेवा गर्ने ।
डटेर सामना गर्ने विध्न वाधा पर्ने ।।
३५) द्वारिका एकली परिन् हिम्मत हारिनन् ।
प्रजातन्त्र राष्ट्रसेवा कदापि छाडिनन् ।।
३६) परिवारले साथ दियो हिम्मत बढायो ।
परिवारको साथ पाई केही आशा पलायो ।।
३७) मीनबहादुर चन्द सधंै उनका साथ थिए ।
प्रत्येक पाइला उन्ले सधंै साथ दिए ।।
३८) द्वारिका सक्रिय भइन् बी पी भेट्दै गइन् ।
लोग्नेको शिक्षाको धोको उनी मेट्दै गइन् ।।
३९) राजनीतिमा उनको नाम चर्चा पाउन थाल्यो ।
द्वारिकाले महिलामा नयाँ जोश हाल्यो ।।
४०) चर्चाको शिखरमा पुगिन् बहादुर नारी ।
संघर्षमा डटिरहिन् विपत्तिलाई फारी ।।
४१) संविधानसभा चुनाव टार्दा टार्दै गए ।
महेन्द्रको चालदेखि कांग्रेस चिन्तित भए ।।
४२) संविधानसभाको मिति जति पर सा¥यो ।
बहुदलको जनतामाथि उल्टा प्रभाव प¥यो ।।
४३) कांग्रेसी विवश भए सत्याग्रह गर्न ।
या  त चुनाव गराई छोड्न या त आफू मर्न ।।
४४) देशव्यापी सत्याग्रह शुरु हुने  भयो ।
षड्यन्त्रकारीको अब सातोपुत्लो गयो ।।
४५) चौध साल बाइस मार्ग सत्याग्रह शुरु ।
लागे भद्र अवज्ञामा सब काँग्रेसीहरु ।।
४६) अड्डा खाना धर्ना दिने काम ठप्प पारे ।
महेन्द्रको सातो गयो पूरा शेखी झारे ।।
४७) डडेल्धुरा, डोटी, अछाम बैतडी र अरु ।
जिल्ला जिल्ला भेला भए सत्याग्रहीहरु ।।
४८) देशका सम्पूर्ण जिल्ला सत्याग्रह गरे ।
गाउँ गाउँबाट जनता उठी सदरमुकाम घेरे ।।
४९) अवज्ञा आन्दोलनवाट राजामा दबाव ।
निर्वाचन छिटो गर्न परिग्यो प्रभाव ।।
५०) अड्डाखाना कार्यकर्ता धर्ना दिई बसे ।
निर्वाचन गराउन पूरा कम्मर कसे ।।
५१) बाध्य ग¥यो राजालाई घोषणा गरायो ।
छिट्टै नै चुनाव गर्न राजालाई अह्रायो ।।
५२) पन्ध्र साल फागुन सात चुनावको तिथि ।
राजाको धोषणावाट तोकिदिए मिति ।।
५३) संसदको चुनाव गर्ने संविधानसभा छोडी ।
सात सालको धोषणाको मूल मर्म तोडी ।।

५४) राजाले धोषणा ग¥यो उन्नाइस गते माघ ।
चुनाव संसदको लागि सवै लिन भाग ।।
५५) चुनाव संसदको लागि धोषणा जो ग¥यो ।
भाग लिने कि वहिस्कार पार्टी संकट प¥यो ।।
५६) भाग लिऊँ त अडान छोड्नु नलिऊँ त दोष ।
लिने कि वहिष्कार गर्ने पार्टीलाई सोच ।।
५७) बहिस्कृत हुने आपैmँ बहिष्कार गरेमा ।
अडान छोड्नु पर्ने लड्नु नै परेमा ।।
५८) अन्य पार्टी चुनावको तयारीमा थिए ।
अन्त्यमा बी पी ले आफ्नो स्वीकृति नै दिए ।।
५९) पन्ध्र साल फागुन सात चुनाव हुने भयो ।
प्रतिनिधि छान्ने हक जनतामाथि गयो ।।
६०) चुनाव प्रचार भयो घुमघाम गरी ।
कार्यकर्ता घुम्न लागे पूरा देशभरि ।।
६१) तल्ली स्वराड गाभिनमा डडेल्धुरा आयो  ।
काँग्रेसको संसदको टिकट द्वारिकाले पायो  ।।
६२) एक सय नौ क्षेत्र थिए पूरा नेपाल भरि ।
तल्ली स्वराड छयासट्टि नम्बरमा परि ।।
६३) कार्यकर्ता सबै खटे रुखमा भोट माग्न ।
जनताका माझमा जान्थे आफ्ना कुरा राख्न ।।
६४) जनतामा लहर आयो महिला उम्मेदवार ।
भोट हाल्न सिकाए सवले वनि जिम्मेवार ।।
६५) निर्वाचनको दिन जति नजिकमा आउँथे ।
गाउँघर द्वारिकाको पक्ष नारा लाउँथे ।।
६६) हातमा रुख चिन्ह खोपी द्वारिकाले सिकाइन् ।
रुख चिन्ह यस्तो हो भनि आफ्नो हातमा देखाइन् ।।
६७) जनतामा लहर उल्र्यो नारा घन्कि रन्थ्ये ।
द्वारिका मत दिन्छौ भनि सवै जनता भन्थ्ये ।।
६८) पन्ध्र साल फागुन सात निर्वाचन आयो ।
मतदाताले मत हाल्न वुथमा लाम लाग्यो ।।
६९) मतदान शुरु भयो लामवद्ध गरि ।
द्वारिकालाई मत भन्थ्ये सबै वुथ भरि ।।
७०) उर्लिदो लहर देखि विरोधी डराए ।
धाँधलि भयो लौ भनि विरोधी कराए ।।

७१) मेलौलीका वुथमा जनता विहानै लाममा ।
सवजना तल्लिन थिए मत हाल्ने काममा ।।
७२) मेलौलीमा अधिकृत देव चन्द थिए ।
मतदातामा शंका भयो पक्षपात लिए ।।
७३) निवार्चन अधिकृत देव वहादुर चन्द ।
सोझा मान्छे देखे भने मत भन्ने अन्त ।।
७४) मतदान अधिकृत पक्षपाति थिए ।
खुलम खुला मेलौलीमा अर्को पक्ष लिए ।।
७५) देव वहादुर चन्द खिन्न उर्लिदो भेल देखि ।
चुनाव स्थगित गरे उजिर दिए लेखि ।।
७६) मिन वहादुर चन्द सहित वत्तिस जना थुन्यो ।
डडेल्धुरा पक्रि लगे धाँधली भो भन्यो ।।
७७) दोस्रो दिन चुनाव भयो अधिकृत फेरि ।
जनतामा झन जाँगर चल्यो पैलो दिन हेरी ।।
७८) शान्तसँग चुनाव भयो लाम वद्ध गरि ।
पर्वजस्तै उल्लास छायो पूरा स्वराड भरि ।।
७९) मत पेटिका डडेल्धुरा जिल्ला सदरमुकाम ।
मतदाता खुशी थिए सकि आफ्नो काम ।।
८०) पन्ध्र साल फागुन सात देखि चुनाव भयो ।
सोह्र साल बैशाख एक्काईस सम्म चुनाव रहयो ।।
८१) चुनाव भयो बैशाखको एक्काईस गते सम्म ।
काँग्रेसको चौहत्तर सिट मत पायो टन्न ।।
८२) द्वारिका विजयी भइन् परिणाम आयो ।
जनताको वहुमत भोट द्वारिकाले पायो ।।
८३) निवार्चन सकिएर पार्टी नेता चुनी ।
तीन मैना विति गयो सरकार वन्ला भनि ।
८४) सरकार गठन गर्न निम्तो नै आएन ।
तीन मैना विति सक्दा संकेत पाएन ।।
८५) राजाले षड्यन्यन्त्र ग¥यो भन्ने शंका प¥यो ।
वाध्य भई महेन्द्रले निमन्त्रणा ग¥यो ।।
८६) दुई हजार सोह्र साल आठ गते जेठ ।
बी.पीले मुस्किलले पाए राजा सँग भेट ।।
८७) सरकार गठन गर्न राजाले वोलाए ।
षड्यन्त्रको जाल वुन्ने दरवारी टोलाय ।।

८८) पार्टी नेता विशेश्वर प्रधानमन्त्री वने ।
उप.प्र.म पद राखि सुवर्णलाई चुने ।।
८९) मन्त्री परिषद पुरा भयो योग्य मन्त्री वने ।
संसदमा सभामुख के.पी.भट्टराई चुने ।।
९०) स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन ।
द्वारिका देवीले पाइन उपमन्त्री आसन ।।
९१) पहिलो महिला मन्त्री नेपालकै वनिन ।
जनताका सुदिन आए द्वारिकाले भनिन ।।
९२) शिवराज पन्त वनमन्त्री द्वारिकाका भाई ।
दिदीभाइ मन्त्री भए संसदमा आई ।।
९३) जनताले चुनेको सरकार पहिलो पटक बन्यो ।
जनता सुखी देश विकास सरकारले भन्यो ।।
९४) काँग्रेसको सरकारले कार्य गर्न थाल्यो ।
गाउँघर डाँडाकाँडा शिक्षा ज्योति बाल्यो ।।
९५ पाठशाला कलेज खोले सबले पढन पाउने ।
पर्यटकको संख्या वृद्धि नेपालमा आउने ।।
९६) त्रि.वि.को स्थापना भयो उच्च शिक्षा पढाई ।
गरिवले पढ्न पाउने ठालु गए  डराई ।।
९७) विर्ताको उन्मूलन भयो राजा रजौटाको ।
जनताको शोषण हुने वडो अनौठोको ।।
९८) सरकारी संस्था खोल्यो गाउँ विकास योजना ।
जिल्ला विकास वोर्ड खोली काम थाल्यो रोजना ।।
९९) राष्ट्रियकरण गरी आर.एन.एसी वन्यो ।
सदुपयोग बजेटको नेपाल बन्छ भन्यो ।।
१००) आर.टि.ओ. अन्तर्गत रोडहरु वने ।
जनतामा हौसला वढी रोडहरु खने ।।
१०१ पूर्व पश्चिम राजमार्गको सर्भेक्षण भयो ।
कृषकका खेतवारी कूलो नहर गयो ।।
१०२) कृषि शिक्षा उधोग र यातयात सेवा ।
विकासको शुरुवात देश दिने टेवा ।।
१०३) जनताले उछिन्दै गए ठालु ढल्दै गए ।
आफ्नो नै भविष्यदेखि अरु डर्दै गए ।।
१०४) त्रि.वि.को स्थापना भयो उच्च शिक्षा पढाई ।
गरिव बढ्न पाउने ठालु गए डराई ।।
१०५ प्रतिगामी तत्वलाई छटपटी भयो ।
सरकारको काम देखि सातो पुत्लो गयो ।।

१०६) चाहेन राजाले बस्न संविधान भित्र ।
राणाका पालाका ठालु हुन गए मित्र ।।
१०७) संवैधानिक राजतन्त्रको सिमाभित्र नरही ।
राजाले काम गर्न खोज्यो सीमा वाहिर गही ।।
१०८) सत्र साल पौष एक अन्धकार छायो ।
नेपालका धर्तीमाथि कालो रात्री आयो ।।
१०९) सैनिक बलका भर सरकार भंग भयो ।
प्रजातन्त्रको हत्या ग¥यो विश्व दंग रहयो ।।
११०) अधिवेशन तरुण दलको पौष एकमा थियो ।
महेन्द्रले दुवै सदन भङ्ग गरि दियो ।।
१११) थापाथली अधिवेशन तरुण दलको थियो ।
जर्नेल आई बी पी लाई एउटा खवर दियो ।।
११२) राजाले बोलायो सबै सिंहदरवार भनी ।
साथमा ल्याउनु भन्यो अन्य मन्त्री पनि ।।
११३) सिंहदरवार पुगी लग्यो सुन्दरीजलमा ।
बी पी सहित अन्य नेता थुनिए जेलमा ।।
११४) बी.पी१, जी.एम.२,के.पी३, सूर्य४अन्य नेताहरु ।
सबैलाई जेलमा हाल्यो नेता मन्त्री अरु ।।
११५) दुवै सदन विधटन मन्त्री मण्डल भङ्ग ।
राजाको कदमदेखि दरवारिया दङ्ग ।।
११६) द्वारिकादेवीलाई पनि सिंहदरवार भन्यो ।
सिंहदरवारबाट लगी सैनिक क्लवमा थुन्यो ।।
११७) महिला भनेर केही दिनमा रिहा भइन् ।
सुवर्णको हेडक्वार्टर कलकत्तामा गइन् ।।
११८) सशस्त्र क्रान्तिका लागि सुवर्ण जुटेका ।
कलकत्तामा नेता पुगे जेलवाट छुटेका ।।
११९) सुवर्ण शम्शेरले वैठक कलकत्तामा डाके ।
सशस्त्र क्रान्तिको प्रस्ताव बैठकमा राखे ।।

१. विश्वेश्वरप्रसाद कोइराला २. गणेशमान सिंह ३. कृष्णप्रसाद भट्टराई ४. सुवर्ण शमशेर

१२०) द्वारिकाले आफ्ना कुरा प्रस्टसँग राखिन ।
क्रान्तिमा बन्दुक बोक्ने आफ्नो माग मागिन ।।
१२१) सशस्त्र क्रान्तिको कुरा सवले पारित गरे ।
द्वारिकाका कुरा सुनि अचम्मित परे ।।
१२२) द्वारिकाको साहसको प्रशंसा गरियो ।
उनको नाम क्रान्तिकारी टिममा परियो ।।
१२३) मर्दानी देखाइन् खुवै द्वारिकादेवीले ।
प्रशंसा खुलेर गरे कलकत्ता जे.पी.ले ।।
१२४) जय प्रकाश नारायणले ठूलो सम्मान गरे ।
द्वारिकाको साहसदेखि अचम्मित परे ।।
१२५) उन्नाइस साल सुवर्णले निर्णय गराए ।
ठाउँ ठाउँमा नेतृत्व तोकी आन्दोलन अह्राए ।।
१२६) आठ ठाउँका सिमानामा संयोजक खटाए ।
पन्ध्र सालका एम.पी.लाई सीमामा पठाए ।।
१२७) नेपाल भारत सीमा आठ ठाउँमा किल्ला ।
संयोजक तैनाथ ग¥यो सिमानाका जिल्ला ।।
१२८) सु.प.का तीन किल्ला तोक्यो दुर्गादत्त जोशी ।
टनकपुर, झुलाधाट, पिथौरागढ सोची ।।
१२९) द्वारिकादेवीलाई तोक्यो सहायकको रुपमा ।
मन लगाई कार्य गरिन् चिसो वर्षा धुपमा ।।
१३०) झुलाधाट जिम्मा पाइन् द्वारिकादेवीले ।
मनमा क्रान्तिको ज्वाला राजाको शेखीले ।।
१३१) मीनबहादुर चन्द पनि द्वारिकाको साथमा ।
रामदत्त, राम पाध्या हतियार हातमा ।।
१३२) मनोरथ धर्मदेव कौशल खाती पनि ।
द्वारिकाका साथ थिए क्रान्ति गर्छौ भनी ।।
१३३) भारत पिथौडागढ लुहाघाट अनि ।
द्वारिकाको जिम्मा थियो धर्माघाट पनि ।।
१३४) रामचन्द्र हमाल र रमेशचन्द्र  जोशी ।
द्वारिकाका साथै थिए खेमराज जोशी ।।
१३५) रामदत्त जोशी अनि पद्मबहादुर शाही ।
तुम्बाका भरले पारी महाकाली आई ।।
१३६) द्वारिका तुम्बाका भर महाकाली तर्थिन् ।
नेपालका सिमानामा क्रान्ति भाषण गर्थिन् ।।
१३७) पिथौडागढलाई छोडी लोहाघाट सरिन् ।
भारतको गुमदेशमा आफ्नो डेरा गरिन ।।
१३८) लोहाघाट डडेल्धुरा सीमामा पर्दथ्यो ।
भन्सारमा जो आउँथ्यो मनपरी गर्दथ्यो ।।
१३९) धनी चन्द, वीर चन्द , कृष्ण चन्द अनि ।
हजारी साउँदको मद्दत वीर नारी भनी ।।
१४०) छोटी भन्सार धर्माघाट अर्को हल्दुघाट ।
निसानामा कुस्मौतघाट साथै झुलाघाट ।।
१४१) द्वारिकाको निर्देशन चारै भन्सार घे¥यो ।
कर्मचारी कागजपत्र आफ्नो कव्जा ग¥यो ।।
१४२) मीन चन्द रमेश जोशी अन्य साथी आई ।
नियन्त्रण गरी राख्यो सिमानामा ल्यााई ।।
१४३) मीन चन्द मृत्यृदण्ड सर्वस्वहरण ।
प्रजातन्त्र प्राप्त गर्न कालको बरण ।।
१४४) सर्वस्वहरण तोक्यो द्वारिकादेवीलाई ।
द्वारिका भाषण गर्थिन् सिमानामा आई ।।
१४५) झुलाघाट, पंचेश्वर हल्दुघाट धर्मा ।
द्वारिका वसेर जान्थिन् किसानका घरमा ।।
१४६) फुत्ते पार्की केशर चन्द नौ महिना जेलमा ।
तुम्बाका भरमा तथ्र्ये उलिदो भेलमा ।।
१४७) पच्चीस सालमा बी.पी. अन्य नेता पनि ।
सुनायो प्रवासी नेता आउन पाउने भनी ।।
१४८) मीन चन्दको सत्ताइस सालमा मुद्दा फिर्ता ग¥यो ।
द्वारिकादेवीको सवमा ठूलो प्रभाव प¥यो ।।
१४९) अठतिस साल बाइस असोज सात बजे साँझ ।
मीन वहादुर पक्राउ परे साथीभाइका माझ ।।
१५०) दशैँताका घरमा साथी बसी रमाउँदैथे ।
प्रवासमा भएका कार्य सबै सुनाउँदैथे ।।
१५१) अन्य साथी भगाइदियो लाठी चार्ज गरी ।
पुलिसले छापा मा¥यो पुरा घरभरि ।।
१५२) लाठी चलाई साथी भगाई मीन चन्दलाई लगे ।
मीन चन्दलाई गोली हान्दा छिमेकीले ध्येके ।।
१५३) एक गोली द्वारिकाजीको कानैबाट गयो ।
त्यहीँदेखि एउटा कान नसुनिने भयो ।।
१५४) द्वारिका एकली परिन् मीन चन्दलाई मा¥यो ।
सहयोगी मारिदियो निकै गाह्रो पा¥यो ।।
१५५) प्रजातन्त्रप्रेमी मा¥यो राष्ट्रवादी वीर ।
द्वारिकादेवीलाई अब झन प¥यो पीर ।।
१५६) द्वारिकादेवीको क्रान्ति निरन्तर रह्यो ।
छत्तीस साल जनमतमा  दौडधुप भयो ।।
१५७) बहुदलमा माग्न भोट घरदैलो गइन् ।
रातदिन दौडधुप निकै थकित भइन् ।।
१५८) छयालीस सालमा पनि आन्दोलनमा लागिन् ।
आन्दोलनमा लाग्न सबलाई आफ्ना कुरा राखिन् ।।
१५९) आन्दोलनमा सरिक भई हौसला वढाउँथिन् ।
पञ्चायती व्यवस्था फाल्न एकजुट गराउँथिन् ।।
१६०) पञ्चायती व्यवस्था गयो वहुदल आयो ।
सार्वभौम जनता बने मौलिक हक पायो ।।
१६१) चूनाव नजिक आयो टिकट बाँड्ने भए ।
द्वारिका टिकट  पाउने सवै ढुक्क रहे ।।
१६२) एक्लीनारी सिमानामा तम्वु तरी आउँथिन् ।
पञ्चायतका क्रियाकलाप बेलिबिस्तार लाउँथिन् ।।
१६३) हत्केलामा ज्यान राखी वारिपारि गर्थिन् ।
जनताका मनमा आपैmँ क्रान्तिज्वाला भर्थिन् ।।
१६४) द्वारिकाले टिकट पाउने सबै ढुक्क थिए ।
द्वारिकाले टिकट पाउने आफ्नो विचार दिए ।।
१६५) द्वारिकाले पाइनन् टिकट जनता दुःखी भए ।
अन्याय के भयो भनी नेतासामु गए ।।
१६६) राजाको प्रलोभन त्यागी उप. प्र.म पाउने ।
द्वारिकाको मन मोड्न कति पञ्च आउने ।।
१६७) नमानी क्रान्तिमा लागिन् कलकत्तामा पुगिन् ।
सिमानामा प्रचार गर्दा कति घर लुकिन् ।।
१६८) द्वारिकाको परिश्रम प्रवासको काम ।
सबैले गौरवले लिन्छन् द्वारिकाको नाम ।।
१६९) नेपालकी पहिलो नारी मन्त्री पद पाएकी ।
दिएनन् टिकट किन क्रान्तिमा आएकी ।।
१७०) मूल्याङकन गर्ने काममा किन त्रुटि भयो ?
जनताका माझमा अझै प्रश्न वाँकी रहयो ।।
१७१) उनसट्ठी मङ्सिर चौबीस तीन बजे राति ।
शौचालय जाँदा ढलिन् दुःख्यौ निकै छाती ।।
१७२) धनगढी अस्पताल लगे तर होस फर्केन ।
क्रान्तिदीप झ्वाप्प निभ्यो कालले पर्खेन ।।
१७३) नेपालीको प्रेरणाको ठूलो स्रोत गुम्यो ।
सुदूरको उज्ज्वल तारा क्रान्तिदीप निभ्यो ।।
१७४) श्रद्धाञ्जलि तीनै चन्द कोटी नमन गरी ।
द्वारिका उद्धव मीनलाई सम्झौँ सधैँभरी ।।

तिमी पुरुषहरु किन यति हठी ?

अनामिका ।

पुरुषहरु जिद्दी हुन्छन, मैले यसो भनिरहदा उसले जवाफमा भन्यो,महिलाहरु नि ?
पुरुषहरुभन्दा कम, मैले प्रत्युत्तरमा भने ।
आफ्नो बखान आफै गर्ने यो त महिलाहरुको बानी नै हो,उसले मलाई इंगित गर्दै भन्यो ।
महिलाहरु जालमा नफस्दासम्म उसको बखान गरेर नथाक्ने पुरुषको बानीलाई चाही के भन्ने ? मैले प्रश्न तेस्र्याए ।
उसले निमेषमै भन्यो,पुरुषहरु त्यही त गल्ती गर्छन, राम्रो भनेर तारिफ गरेर आफै जालमा फस्छन ।
ए ! तिमीले आफू जालमा फसे भन्न खोजेको ? मैले अलि रिसाए झै गरी भने ।
उसको प्रष्टिकरण थियो,मैले त्यसो भनेर ?
मैले प्रश्न गरे, अनि के त ?
म त तिमीलाई देखेकै दिन फसे ? उसले फेरि मलाई अलि चिढ्याउन भन्यो ।
चुप लागेर म पनि कहाँ बस्थे, मैले भने, अरुलाई फसाएर पुरुषहहरु यसै भन्छन् ।
जिद्दी गर्ने त पुरुषहरुको स्वभाव नै हो, मेरो यो थप आरोप थियो ।
म्याडम माफ गर्नुस, पुरुषले साँचो बोल्छन्, महिलाहरु पो जिद्दी हुन्छन्, उसले प्रतिवाद ग¥यो ।
म अन्यथा मान्दिन, मेरो सटिक प्रतिक्रिया दिए ।
उसले मतिर हेर्दै कौतुहलतापूवर्क सोध्यो, के ?
आफ्ना सम्पूर्ण कर्तुतहरुलाई जसरीपनि औचित्यपूर्ण बनाउन भए भरका तर्कहरु गर्नु यो त पुरुषहरुको स्वभाव नै, मैले तत्काल जवाफ दिए ।
फेरि जिद्दी ? उसले प्रश्न ग¥यो ।
मैले भनिदिए, सिकायो कस्ले ?
तिमीसंग नसकिने भो,उसले हार स्वीकार झै ग¥यो ।
ओहो ! यति चाँडै हार स्वीकार गर्छौ मलाई लागेकै थिएन, मैले आश्चर्य प्रकट गरे ।
तिमी ठुस्किन्छौ भनेर पो ? उसले मेरै लागि हार स्वीकार गरेझै गरेर जित्न खोेज्यो ।
नत्र के गथ्र्यौ ? मैले प्रश्न गरे ।
यति थाह पाईराख, म महिलाजस्तो हठ गर्दैनथे, उसको अर्को कटाक्ष मिश्रित जवाफ आयो ।
म कराए, यु…………..स्टुपिड………
उसले जवाफमा भन्यो, सेम टु यु………
हा..हा….हा….
हामी दुबै हास्यौ । यस्तै वाद प्रतिवादमा हामीले धेरै समय बितायौ । उ पुरुष भएकै कारण पुरुषको पक्ष लिन्थ्यो, म भने महिलाहरुको पक्षमा उसंग प्रतिवाद गर्थे । फेरि पनि केही कुरा यस्ता थिए, जसमा हामी दुबै सहमत थियौ ।
फेरि पनि वाद प्रतिवाद गर्नुको मज्जा बेग्लै थियो । जिस्किनु । जिस्काउनु । सताउनु । रिसाउनु । फकाउनु । ठुस्किनुको मज्जा नै बेग्लै ।
दिनहरु यसरी नै बितिरहेका थिए ।
महिलाहरु एकातिर पुरुषप्रति अविश्वास पालिरहन्छन्,अर्कोतिर आफ्नो सबैथोक सुम्पिन्छन्? म्याडम यो त बिरोधाभास भएन ? उसले मतिर प्रश्न सोझ्यायो ।
यो त समर्पण हो, मैले भने ।
अविश्वासमाथि समर्पण कस्तो ? मैले बुझिन, उसले बुझ पचाए झै गरी प्रश्न ग¥यो ।
समर्पण बुझ्न पुरुष होईन, महिला नै हुनुपर्छ, मेरो जवाफ थियो ।
बुझाउन सक्दिन भनन्, उसले फेरि चिढ्याउन खोज्यो ।
म किन चुप लाग्थे, भनिदिए, पुरुषहरु बुझ्नै चाहदैनन ।
उ अलि आक्रामक जवाफ सहित प्रस्तुत भयो, महिलाहरु बस लुटिईरहन चाहन्छन ।
महिलाको समर्पणलाई कमजोरी ठान्छन्, पुरुषहरु, मैले भने ।
महिलाहरु पस्किन्छन त्यसैगरी, उसले फेरि महिला माथि दोष थोपर्दै भन्यो ।
दृष्टिभ्रम भएपछि जे भने पनि भयो, मैले यस्तो आरोप लगाए ।
उ रिसाएझै गरी बोल्यो, कसलाई भन्या ह तिमीले ?
कस्लाई भन्या जस्तो लाग्यो ? मैले उल्टै प्रश्न गरे ।
हेर महिलाहरुबाट बर्बाद भएका पुरुषहरु धेरै छन्, यहाँ ? उसको नयाँ तर्क थियो,यो ।
ए जित्नलाई कुतर्क गर्ने ? मैले उसको तर्कलाई कुतर्क भनिरहदा उ जंगियो ।
कुतर्क होईन, यही हो वास्तविकता, उसले आफ्नो तर्कको बचाउ गर्दै भन्यो ।
मैले भने, कुतर्कले जित्न सकिएला तर यो पनि बुझ कुतर्कले सत्यलाई ढाक्न चाही सक्दैन ।
कुतर्क चाही नभन है, उसले धम्कीपूर्ण आग्रह ग¥यो ।
कुतर्क नै भन्छु । कुतर्कलाई कुतर्क नभनेर के भनु, मैले अझै उसलाई चिढ्याउन खोजे ।
महिलाहरु यही त जिद्दी गर्छन । आफूले भनेको सही । अरुले भनेको गलत । आफूले भनेको तर्क । अरुको चाही कुतर्क ? उसले यसो भनिरहदा उ रक्षात्मक देखिन्थ्यो ।
महिलाहरु तिमी पुरुषहरु जति हठी चाहि हुदैनन है,  मैले भने ।
उसले प्रतिवाद गर्दै भन्यो, जे भन महिला भन्दा चाही पुरुषहरु हठी कम नै छन् ।
मैले प्रश्न मिश्रित जवाफ दिए, आफ्ना कमजोरी त किन स्वीकार गथ्र्यौ होईन ।
संगत कस्को ? उस्ले मलाई नै प्रश्न ग¥यो ।
मैले त मेरै मात्र संगत गर्छौ भन्ने ठानेकी थिए, अरु ककस्को संगत गर्छौ भन ? मैले आशंका गरे झै सोधे ।
तत्काल प्रतिवाद गर्दै उसले भन्यो, पुरुष बिग्रिन के धेरै महिलाको संगत गर्नुपर्छ भनेकी ? एउटै महिला काफी हुन्छे ?
यु……स्टुपिड……
सेम टु यु …..
यति भन्दै उ भाग्यो । मैले लखेटे । तर भेटाउन सकिन । एकछिन पनि उ आफै म भएको ठाँउ आयो । भाग्नु । लखेट्नुमा पनि छुट्टै मजा हुदो रहेछ ।

आमा

भानुभक्त आचार्य

१।
टोड्कोभित्र अजंगको सर्प पसेर
बच्चाहरु खाँदै गरेको देखेपछि
कोकलेका बा–आमाहरु हुर्दुराउँदै आए,
हाँगामा बसे, कराए, साथीहरु बोलाए,
आधा जीउ घुसाएर बचेरा खाइरहेको
त्यो अजिंगर तर्साउने कसको हिम्मत रु
बाउ छेउमा बस्यो करायो, चूप लाग्यो ।
तर, बचेराकी आमाले मन थाम्न सकिन
हिम्मतले सर्पसँग पौठेजोरी खेल्न गई,
उसको आक्रमणमा परी, अनि मरी ।
सौभाग्य, कोकलेको यौटा बच्चा बाँच्यो ।
यस्ता लाखौं आमाहरुको उत्सर्गले
बचाएको विरासत हो यो श्रृष्टि ।

२।
केही अघि एउटी मृगिणी आमाले
उसका चार महिने पाठाहरुलाई बचाउन
दुइटा चितुवालाई आफ्नो जीवन सुम्पेर
आफू नमरुन्जेलसम्म एकोहोरिएर
बच्चाहरु स्वतन्त्र भाग्दै गरेको हेरी ।
मृत्युलाई जीवनले, बेदनालाई करुणाले
पराजित गरेको झल्को दिने गरी
इन्टरनेटमा भाइरल त्यो तस्बिरजस्तै
हाम्रो जीवन आमाको उपहार हो ।
सन्तानभित्र आफ्नो अस्तित्व देख्ने
सन्तानको सुखका लागि मरिमेट्ने
आमाहरुको साहदत्तलाई सलाम ।


हाम्रै वरपर कुकुर्नीले छाउराहरुलाई
बाउको सिकार हुनबाट जोगाएकी छे
सुत्केरी बिरालीले ढाडेबाट जोगाउन
सयौं पटक बच्चाहरु सारेकी छे ।
ढोइले छावालाई ह्याकुलाभित्र राखेर
बाघ र सिंहहरुबाट बचाएकी छे ।
बिरामी, भोको वा घाइते भए पनि
बघिनीले डमरुलाई दूध चुसाएकी छे ।
माकुराकी आमालाई थाहा होला
उसका बच्चाहरुले उसैलाई खानेछन् ।
तैपनि उसले बच्चा जन्माएकै छे
किनकि उसलाई यो श्रृष्टि थाम्नु छ ।

४।
मान्छेको होस् या अमान्छेको
यो श्रृष्टि करोडौं आमाहरुको
बलिदानको दस्तावेज हो ।
आमाको सौंर्य, त्याग, तपस्या
ममता, साहस र दायित्वबोध
अनि करुणाहरुको भण्डार हो
हामीले भोगिरहेको यो श्रृष्टि ।
हामीसँग आमाले दिएको शरीर,
आमाबाट सापटी लिएको रगत,
आमाको फुँकेको श्वासप्रश्वास छ ।
अब अलिकति आमाको पन पनि
आफूभित्र हुर्काउन सक्यौं भने
अर्को स्वर्ग खोज्दै भौतारिनै पर्दैन ।

५।
त्यसैले म विश्वस्त छु,
करुणा र त्यागकी प्रतिमूर्ति
आमा यो धरतीमा रहुन्जेल
ईश्वरको अस्तित्व रहिरहन्छ
श्रृष्टिको चक्र घुमिरहन्छ ।
तसर्थ, हे मानवहरु, जाऊ
आस्थाका हरेक मन्दिरमा
आमाका तस्बिरहरु सजाउ
आमालाई स्वयम् उभ्याउ ।
आमाको पूजा गर, ढोग,
तर नखोज आमाभन्दा ठूलो ईश्वर
किनकि ऊ आफैं आमाको श्रृष्टि हो ।

युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, अमेरिकाले ‘आगोमा घिउ थपेको’ रुसको भनाइ

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले अमेरिकाले उपलब्ध गराएका लामो दूरीका क्षेप्यास्त्रहरू रुसमा प्रहार गर्न दिने अनुमति युक्रेनलाई प्रदान गरेका छन्।

आगामी ज्यानुअरी महिनामा अमेरिकाको सत्ताबाट बाहिरिन लागेका बाइडनको प्रशासनले अमेरिकाले यसअघि युक्रेनलाई उपलब्ध गराएको आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) प्रयोग गर्न किएभलाई अनुमति दिएको बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले जनाएको छ।

लामो दूरीमा मार हान्न सक्ने क्षमता भएका अस्त्रहरू युक्रेनलाई दिन अमेरिकी सेना अनिच्छुक थियो। यद्यपि बाइडनले ती क्षेप्यास्त्र युक्रेनलाई उपलब्ध गराउन गोप्य निर्देशन दिएका विवरणहरू यसअघि सार्वजनिक भएका थिए।

तर यस्ता अस्त्रको प्रयोगले युद्ध चर्किने सम्भावनालाई दृष्टिगत गर्दै वाशिङ्टनले यसअघि प्रयोग नगर्न भनेको थियो।

ट्रम्पले युक्रेनलाई अमेरिकी सैन्य सहयोग उपलब्ध नगराउने अनुमान गरिएको छ।

तर उनले राष्ट्रपतिको कार्यभार सम्हाल्नुभन्दा दुई महिनाअघि बाइडन प्रशासनले आफ्नो नीति उल्ट्याउँदै अस्त्र प्रयोगको अनुमति दिएको हो। यसलाई अमेरिकी नीतिमा ठूलो परिवर्तन मानिएको छ।

रुसमा कस्तो प्रतिक्रिया

भ्लादिमिर पुटिन

तस्बिर स्रोत,Getty Images

अमेरिकाको निर्णयप्रति रुसमा चर्को आक्रोश व्यक्त भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयले अमेरिकाले युद्धको “आगोमा घिउ थपेको” प्रतिक्रिया दिएको छ।

यसलाई आफूले युक्रेनबाट नभई अमेरिकाबाटै भएको आक्रमको रुपमा बुझेको क्रेम्लिनले एक विज्ञप्तिमा जनाएको छ।

सत्ताबाट बाहिरिन लागेका अमेरिकी राष्ट्रपति जो बाइडनले तनाव बढाउन चाहेको “स्पष्ट” भएको उसले बताएको छ।

क्रेम्लिनसँग नजिक रहेको लिबरल-डेमोक्र्याटिक पार्टीका सांसद लिओनिद स्लुत्स्की उक्त कदमका कारण “अन्ततोगत्वा तनाव चुलिने र गम्भीर परिणाम निम्तिन सक्ने” ठान्छन्।

रुसको माथिल्लो सदनका सांसद भ्लादिमिर जबारोफले त्यसलाई “तेस्रो विश्वयुद्धतर्फको एउटा अभूतपूर्व कदम” भनेका छन्।

“पदबाट बाहिरिन लागेका अमेरिकी राष्ट्रपति जो बाइडनले… आफ्नो प्रशासनको एउटा निकै उत्तेजक, आकस्मिक निर्णय गरेका छन्, जसले विनाशकारी परिणाम निम्त्याउन सक्छ,” रुस सरकारको स्वामित्वमा रहेको पत्रिका ‘रोस्सिएस्का गजेटा’ ले भनेको छ।

क्रेम्लिनलाई समर्थन गर्ने ट्याब्लोइड ‘कोम्समोल्स्कया प्राभ्दा’ले त्यसलाई “अनुमान गर्न सकिने उक्साहट” भनेको छ।

अमेरिकाले किन क्षेप्यास्त्र प्रहार गर्न पाउने अनुमति दियो

भोलोदिमिर जेलेन्स्की

तस्बिर स्रोत,shutterstock

युक्रेनले रुसी नियन्त्रणमा पुगेका युक्रेनी भूभागमा रहेका रुसी सैन्य संरचनामा आक्रमण गर्न मात्रै एटीएसीएमएस प्रयोग गर्दै आएको थियो। क्राइमियास्थित रुसी वायुसेनाको शिविर र जापोरिज्या क्षेत्रमा आक्रमण गर्न ती क्षेप्यास्त्रहरू प्रहार भएका थिए

युक्रेनलाई उपलब्ध गराइएका सबैभन्दा शक्तिशाली क्षेप्यास्त्रमा लकहीड मार्टिन बलिस्टिक मिसाइल पनि पर्छ। यो अमेरिकी बलिस्टिक क्षेप्यास्त्र ३०० किलोमिटर टाढाको दूरीसम्म प्रहार गर्न सक्ने बताइएको छ।

युक्रेनले यस्ता क्षेप्यास्त्रको प्रयोगका लागि अनुमति नदिनु “एउटा हात पछाडि बाँधेर युद्ध लड्न पठाउनु जस्तै” भएको बताएको थियो।

हालै उत्तर कोरियाली सैनिकहरू रुसी फौजलाई सघाउन कुर्स्क क्षेत्रमा पुगेको विवरण आएपछि अमेरिकाले आफ्नो नीतिमा परिवर्तन गरेको बताइएको छ।

यसको प्रयोगबारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले केही बताएका छैनन्।

तर उनले आइतवार “शब्दमा बोलेर प्रहार गरिने नभई क्षेप्यास्त्र आफैँले बोल्ने” बताएका छन्।

यी क्षेप्यास्त्रको प्रभाव कस्तो होला

दक्षिण कोरिया र अमेरिकाका सेनाले गरेको संयुक्त अभ्यासमा देखिएको एटीएसीएमएस

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,फाइल तस्बिर – दक्षिण कोरिया र अमेरिकाका सेनाले गरेको संयुक्त अभ्यासमा देखिएको एटीएसीएमएस

अब युक्रेनले रुसी भूभागभित्र पनि प्रहार गर्न सक्छ। सम्भवतः युक्रेनी सेनाले आफ्नो नियन्त्रणमा राखेको रुसको १,००० वर्ग किलोमिटर क्षेत्रनजिकै ती क्षेप्यास्त्रहरू प्रयोग हुन सक्छन्।

उत्तर कोरियाली र रुसी सैनिकहरूले आफ्नो भूभाग फिर्ता लिन केही दिनभित्रै सुरु गर्ने ठानिएको प्रत्याक्रमणमा आफ्नो रक्षाका लागि युक्रेनले एटीएसीएमएस प्रयोग गर्न सक्ने अमेरिकी अधिकारीहरूले बताएका छन्।

यो अस्त्रको बलमा युक्रेनले कुर्स्क क्षेत्रमा रहेका रुसी सैनिक, तिनका बन्दोबस्तीका सामग्री र पूर्वाधार तथा अस्त्रहरूमा प्रहार गर्न सक्छ।

एटीएसीएमएस क्षेप्यास्त्र युद्धको पासा पल्टाउन पर्याप्त नहुन सक्छ। रुसका कतिपय महत्त्वपूर्ण सैन्य उपकरणहरू यो निर्णयको पूर्वानुमान गर्दै यसअघि नै रुसका अझै भित्री क्षेत्रभित्र सारिएका छन्।

तर देशको पूर्वी भूभागमा रुसी फौज अघि बढिरहेको र मनोबल कमजोर भएको अवस्थामा यस्ता अस्त्रले युक्रेनलाई केही फाइदा पुर्‍याउन सक्छ।

अमेरिकाले यसको अनुमति दिएको अर्को प्रभाव पनि पर्न सक्छ। अब यूके र फ्रान्सले पनि युक्रेनलाई ‘स्टोर्म श्याडो’ नामक क्षेप्यास्त्र रुसी भूभागभित्र प्रहार गर्ने अनुमति दिन सक्छन्।

यो क्षेप्यास्त्र पनि अमेरिकी एटीएसीएमएससँग धेरै मिल्दोजुल्दो छ। ‘स्टोर्म श्याडो’ फ्रान्स र ब्रिटेनले संयुक्त रूपमा बनाएको लामो दूरीमा प्रहार गर्ने क्षमताको ‘क्रूज मिसाइल’ हो।

के युद्ध अझै चर्किएला

युद्ध अझै चर्किने डरले बाइडन प्रशासनले यसअघि महिनौँसम्म पनि युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोग गरेर रुसभित्र आक्रमण गर्ने अनुमति दिएको थिएन।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो भूभागभित्र पश्चिमा देशमा बनेका हतियार प्रयोग नगर्न चेतावनी दिएका थिए। पश्चिमा हतियारको प्रयोगलाई रुसले युक्रेन युद्धमा नेटोको संलग्नताकै रूपमा हेर्ने बताएको छ।

रुसले आधुनिक युद्धपोत र लडाकु विमानहरू युक्रेनलाई उपलब्ध गराउने कुरालाई रुस र नेटोबीचको युद्धका रूपमा हेर्ने चेतावनी दिँदै आएको छ।

नेटोका लागि एक भूतपूर्व अमेरिकी राजदूत कर्ट भोल्करले यस्ता हतियारको प्रयोग गर्न अनुमति दिने निर्णय सार्वजनिक गर्नु अमेरिकाको गल्ती भएको बताएका छन्।

डोनल्ड ट्रम्पको प्रतिक्रिया कस्तो होला

भोलोदिमिर जेलेन्स्की र डोनल्ड ट्रम्प

तस्बिर स्रोत,Shutterstock

तस्बिरको क्याप्शन,ट्र्म्पका केही शीर्षस्थ सहयोगीहरूले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रहार गर्ने अनुमति दिने निर्णयको आलोचना गरेका छन्

अहिले जो बाइडन कामचलाउ राष्ट्रपति बनिसकेका छन्। उनले ट्रम्पलाई सत्ता हस्तान्तरण गर्न दुई महिना मात्रै बाँकी रहँदा भएको निर्णयलाई ट्रम्पले निरन्तरता दिन्छन् वा दिँदैनन् भन्ने स्पष्ट छैन।

ट्रम्पका केही निकट सहयोगीहरूले यो निर्णयको आलोचना गरिसकेका छन्।

ट्रम्पका छोरा डोनल्ड ट्रम्प जूनिअरले सामाजिक सञ्जालमा लेखेका छन्, “मेरा बुवाले शान्ति स्थापना गर्नु र मानिसहरूको ज्यान जोगाउनुअघि नै सैन्य औद्योगिक भवनले तेस्रो विश्वयुद्ध सुरु गराउला जस्तो देखिँदै छ।”

ट्रम्पले युक्रेन युद्धबारे आफूले लिने नीतिबारे केही बोलेका छैनन्। उनले आफू पदमा पुगेको एक दिनमै युद्ध अन्त्य गर्ने बताउँदै आए पनि त्यो कसरी गर्छन् भन्ने खुलाएका छैनन्।

डेमोक्र्याटिक नेताहरूले उनीमाथि पुटिनलाई सहयोग गरेको आरोप लगाएका छन्। ट्रम्पले बारम्बार पुटिनको प्रशंसा गरेका छन्।

उपराष्ट्रपतिमा निर्वाचित जेडी भान्ससहित ट्रम्पका धेरै शीर्षस्थ अधिकारीहरूले अमेरिकाले युक्रेनलाई थप सैन्य सहायता उपलब्ध गराउनु नहुने बताएका छन्।

ट्रम्प प्रशासनमा अरू अधिकारीहरूको दृष्टिकोण भिन्न छ। राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले अमेरिकाले युक्रेनलाई दिने हतियारको आपूर्तिलाई तीव्रता दिएर रुसलाई वार्ता गर्न बाध्य बनाउनुपर्ने तर्क गरेका छन्।

ट्रम्प प्रशासन कुन दिशामा जान्छ भन्ने स्पष्ट छैन। तर युक्रेनमा धेरैले ट्रम्पले अस्त्रहरूको आपूर्ति रोक्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

बीबीसीबाट

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ४ मङ्सिर ।

नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य केही घटेको छ । बहराइन दिनार, कुवेती दिनार र कतारी रियालको पनि मूल्य घटेको छ ।

विवरणअनुसार, सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा रहेको थियो । मङ्गलबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७२ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ ।

सोमबार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा थियो । मङ्गलबारका लागि युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९६ पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ५९ पैसा निर्धारण भएको   छ ।

सोमबार पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय ७० रुपैयाँ चार पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ८० पैसा रहेको थियो । मङ्गलबारका लागि पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ७२ पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७६ पैसा, बिक्रीदर एक सय ५२ रुपैयाँ ४४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा, बिक्रीदर ८७ रुपैयाँ २८ पैसा निर्धारण भएको जनाएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५७ पैसा, बिक्री दर ९६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिद दर एक सय रुपैयाँ १६ पैसा, बिक्रीदर एक सय रुपैयाँ ६१ पैसा बराबर रहनेगरी विनिमयदर तय गरिएको छ । यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ६९ पैसा, बिक्रीदर आठ रुपैयाँ ७३ पैसा तय भएको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा, बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा, बिक्रीदर ३६ रुपैयाँ पाँच पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९४ पैसा, बिक्रीदर ३७ रुपैयाँ १० पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै थाईभाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा, बिक्रीदर तीन रुपैयाँ ८८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा, बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ सात पैसा, बिक्रीदर ३० रुपैयाँ २० पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ ।

स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २३ पैसा, बिक्रीदर १२ रुपैयाँ २९ पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ तीन पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३८ पैसा तय गरेको छ ।

यस्तै कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ८१ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४० पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सुदूर पश्चिम रोयल्सद्धारा धनगढीमा बिशाल ¥याली आयोजना

धनगढी, ३ मंसिर ।

‘सुदूर पश्चिमको शान, मैदानमा तुफान’ नारा सहित नेपाल प्रिमियर लिगमा भिडिरहेको सुदूर पश्चिम रोयल्सले सोमवार गृह क्षेत्र सुदूरपश्चिममा व्यापक जन समर्थन प्राप्त गरेको छ ।
धनगढीमा ट्यालेण्ट हण्टपछि सुदूर पश्चिम रोयल्सले सोमवार निकालेको ¥यालीमा खेलकुदप्रेमी तथा सर्वसाधारणको बिशाल उपस्थिति रह्यो ।

धनगढीको चौराहदेखि रंगशालासम्म आयोजना गरेको र्‍यालीमा स्थानीय बासिन्दाको उल्लेख सहभागिता रहेको थियो ।

र्‍यालीमा टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, मार्की खेलाडी दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, अमित श्रेष्ठ लगायत खेलाडीको सहभागिता रहेको थियो ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का, नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द, टोली मालिक स्वतन्त्र प्रताप शाह, ओलम्पियन तथा रोयल्सका ब्रान्ड एम्बेसडर दीपक विष्ट, फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाही, लगायत क्यान कार्यसमिति सदस्यहरु, विभिन्न खेलका प्रदेश तथा जिल्ला संघका पदाधिकारी, खेलाडीहरु लगायत ठूलो संख्यामा स्थानीय सहभागिता रहेको थियो ।

र्‍यालीमा स्थानीय संस्कृति र वेशभूषा झल्कने झाँकीको पनि सहभागिता रहेको थियो । रोयल्सले समग्र सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गरेकाले यहाँको स्थानीय संस्कृतिलाई क्रिकेटको माध्यमबाट विश्वभर चिनाउने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले बताए । उनले र्‍यालीमा स्थानीय सहभागिताले टोलीको हौसला झनै बढेको र सुदूरपश्चिमको नाम उच्च बनाउन खेलाडीको मनोबल पनि बढेको महसुस गरेको जानकारी दिए ।

र्‍यालीको अन्त्य रंगशालास्थित कभर्ड हलमा एक कार्यक्रमबीच समापन भएको थियो । सुदूरपश्चिम रोयल्सले अब केही दिन धनगढीमै रहेर प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ ।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा छन् ।

 

सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्रा. पन्तको आग्रह

लन्डन – वरिष्ठ नेत्र  चिकित्सक प्रा डा चेत राज पन्तले  सुदूर पश्चिम प्रदेशमा एउटा स्वायत्त र अधिकारसम्पन्न  चिकित्सा विश्वदियालय खोल्न सरकारलाई आग्रह गरेका छन्।

हाल बेलायतको भ्रमणमा रहेका नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रा पन्तले  ‘सुन्दर सुदूर पश्चिम कम्युनिटी  युके’ द्वारा गत शनिबार साउथ ह्यारोमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै स्वास्थ्य सेवाका हिसाबले निकै पछाडी रहेको सुदूर पश्चिम प्रदेशमा स्वास्थ्य सेवा सर्वसुलभ गर्न तत्काल चिकित्सा विश्वविद्यालय खोल्न अत्यन्त जरुरी भएको बताए।

वरिष्ठ नेत्र चिकित्सक प्रा पन्तले नेपाल सरकारले गत वर्ष संघीय संसदमा पेश गरेको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पेश हुने क्रममा रहेको जनाए।  गेटा मेडिकल कलेज प्रवर्द्धन तथा विकास समितिका पूर्व अध्यक्ष समेत रहेका प्रा पन्तले  उक्त विधेयक संसदको यसै हिउँदे सत्रबाट पारित गरि दिन सम्पूर्ण राजनीतिक दल र साम्सदहरुलाई  आग्रह पनि गरे।

नेपाल सरकारले मेडिकल कलेज स्थापना गर्न भनेर तोकेको कैलाली गेटास्थित मेडिकल कलेजलाई नै मेडिकल विश्वविद्यालय बनाउन सबै सुदूर पश्चिमवासी एकमत रहेको पनि उनले जनाए ।

“७२ बिगाहा  क्षेत्रमा फैलिएको गेटामा ६०० विद्यार्थीको पठन पाठन गर्न शैक्षिक भवन, प्राध्यापक निवास, प्रशासनिक भवन, अतिथि गृह, क्यान्टिन लगायतका पूर्वाधारहरु बनिसकेका छन् वा बन्ने क्रममा छन्।  विश्वविद्यालय बन्यो भने हाल संचालनमा रहेको गेटा आँखा अस्पताललाई हामीले विश्वविद्यालयको आँखा विभागको रुपमा हस्तान्तरण गर्नेछौं,” प्रा पन्तले भने।

विश्वविद्यालयको संचालन खर्च

अहिले नेपाल सरकारले विभिन्न चिकित्सा विज्ञान अध्ययन प्रतिस्ठानहरुको लागि जति रकम दिने गरेको छ, त्यति नै रकम   दिएमा आवश्यक थप श्रोत खोजेर सुदूर पश्चिम चिकित्सा  विश्वविद्यालय संचालन गर्न सकिने प्रा पन्तले जनाए।  विश्वविद्यालय बन्ना साथ विशेषज्ञ  फ्याकल्टीको अभाव नहुने पनि उनले जिकिर गरे।

विश्वविद्यालय सम्बन्धी विधेयक पारित भएको एक वर्ष भित्रै कम्तीमा ५० जना विद्यार्थी लिएर एमबीबीएस कक्षा संचालन गर्न सकिने तथा एमबीबीएस बाहेक ‘एलाइड हेल्थ साइन्स’ अन्तर्गत ल्याब, नर्सिङ्ग लगायत १५ ओटा  विधामा   विश्वविद्यालयले आफै कक्षा संचालन गर्न सक्ने पनि उनले बताए। विश्वविद्यालयले आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथी लगायतका विषयमा अध्यापन तथा अनुसन्धान गर्ने पनि उनले जानकारी दिए।

‘यो विश्वविद्यालयको पाठ्यक्रम ‘कम्युनिटी बेस्ड मेडिकल एडुकेशन’ मा आधारित हुनेछ।  हाम्रा विद्यार्थी र प्राध्यापकहरु समुदायमै गएर पढ्ने छन् र सिक्ने छन्।  सुदूर पश्चिम प्रदेशका सबै जिल्ला अस्पतालहरुमा विशेषज्ञ सेवा उपलब्ध हुनेछ। अन्तरराष्ट्रिय विश्वविद्यालयहरुसंग सहकार्य गर्नुका साथै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले एउटा अनुसन्धान केन्द्रको रुपमा पनि काम गर्ने छ,’  उनले भने।

प्रा पन्तका अनुसार नेपालमा कूल शिशु मृत्यु दर प्रति हजार २५ रहेकोमा सुदूर पश्चिम प्रदेशमा प्रति हजार ५० रहेको छ ।  त्यस्तै नेपालमा ५ वर्ष मुनिका बाल बालिकाको औसत मृत्यु दर प्रति हजार ३३ रहेकोमा सुदूर पश्चिम प्रदेशमा प्रति हजार ९० रहेको छ।  नेपालमा प्रति एक लाखमा मातृ मृत्यु दर औसत १८६ रहेकोमा सुदूर पश्चिम प्रदेशमा भने ३०० प्रति एक लाख रहेको छ ।

“सुदूर पश्चिम क्षेत्रका स्वास्थ्य सूचकहरु अहिले नेपालको औसतसम्म ल्याउन पनि हामीलाई  एउटा शक्तिशाली तथा स्वायत्त चिकित्सा विश्वविद्यालय चाहिएको हो,” उनले भने।

सुन्दर सुदूर पश्चिम कम्युनिटी युकेका अध्यक्ष खेम राज जोशीले शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सुविधामा अझै पछाडी परेको सुदूर पश्चिम प्रदेशमा चिकित्सा विश्वविद्यालय खोल्न आफुहरुले सक्दो सहयोग गर्ने वाचा गरे। उक्त अन्तरक्रियामा श्याम चन्द, डा पुष्प राज पन्त, सुरेन्द्र ढुंगाना, भान बहादुर चन्द, श्रीमती सुनिता ढुंगाना लगायतले सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न सबैले हातेमालो गर्नु पर्ने धारणा राखेका थिए।

ईण्डोनेशियाको विकासमा खटिएका ईञ्जिनियर टंक पन्त

‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक“ महाकवि लक्ष्मीप्रसाद देवकोटाले कविता मार्फत यो उद्घोष गरेको वर्षौ भयो । उनी बिते । समय बित्यो । तर यसको सान्दर्भिकता र महत्व भने उस्तै छ । धर्तीको मान्छे । उद्देश्य लिनु, त्यो पनि चन्द्र छुने । देवकोटाले त भनिदिए । निराशावादीले प्रश्न गर्छ, यो कसरी संभव छ ? आशावादीको सटिक जवाफ हुन्छ- संभव छ ।

यद्दपि उनको उद्देश्य एक थियो । परिस्थिति यस्तो आयो कि, हिडे अर्कै बाटो । बाटो फरक भए के भयो ? निरन्तर संघर्ष । अविचलित उडानले उनी सफल भए, चन्द्र छुन । उनको सपना डाक्टर बन्ने थियो । बने ईञ्जिनियर । र पुगे, अवसरको खोजीमा टापुहरुको देश ईन्डोनेशिया ।

दुई वटा जेट जहाजको उडानमा सात घण्टाको यात्रापछि पुगिने ईन्डोनेशिया भूकम्पको उच्च जोखिममा छ । त्यही जोखिममा चन्द्र छुने अठोटका साथ कर्ममा तल्लिन रहीरहे, उनी । उनी कहिल्यै पडाङ पुगे । कहिले जाकार्ता खटिए । कहिले सुलोबेशी खटिए । कहिले सुमात्रा पुगे । ठाउ फेरिएपनि कर्म उही ।

त्यही कर्मले उनले सफलता पछाए । पहिचान बन्यो । आफ्नो देशमा हाईड्रो र मेट्रोका गफ कति सुने । सुने ।  तर गफमा सिमित छ, नेपाली सपना । ईन्डोनेशियाले त तीनै सपनालाई पछ्यायो । र पुरा पनि गर्दैछ । मेट्रोको सपना पुरा भईसक्यो । अव उसले हाईड्रोमा छलाङ मार्दैछ । यी सपनासंग नेपालीको कुनै साईनो छैन । तर साईनो नभएका तीनै सपनासंग जोडिएर उनले काम थालेको पनि १० वर्ष भईसक्यो ।

विकासमा द्रुततर गतिले फड्को मारिरहेको संसारकै सबैभन्दा बढि मुस्लिम जनसंख्या रहेको ईन्डोनेशियाको त्यो विकासको साक्षी हुन्, ईञ्जिनियर टंक पन्त । र उनी त्यो विकासको एक सहयोगी पनि हुन् । डोटीको जिजौडामाण्डौं– १ उच्चाकोट(हाल शिखरनगरपालिका ) २०२५ साल फागुन २१ गते जन्मिएका उनी बुवा स्व.भोजराज पन्त, आमा लक्ष्मीदेव पन्तका दुई छोरा र दुई छोरी मध्ये तेस्रो सन्तान थिए ।

उनको अक्षराम्भ उच्चाकोटको सीताराम उच्चमाविमा भयो । पाँच वर्षको उमेरमा बुवासंग तराई कैलाली झरे । र गोमती प्राविमा एक कक्षामा भर्ना भए । त्यही वर्ष गोमती प्रावि खारेज भयो । त्यसपछि त्रिनगरमा कक्षा एक मै भर्ना भए । सात कक्षामा पास गरेपछि उनलाई काका डा.चेतराज पन्तले काठमाण्डौं लगे । सिद्धार्थ बनस्थलीमा ८ कक्षामा भर्ना भए । त्यहीबाट उनले दुई वर्षपछि २०४३ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरे ।

उनको रुचिको विषय बिज्ञान थियो । उनी अस्कल क्याम्पस भर्ना भए । दुई वर्षमा सक्नु पर्ने पढाई भारतको नाकाबन्दीका कारण एक वर्ष लम्बियो । २०४७ सालमा आईएस्सी पुरा गरेपछि उनको जीवनको लक्ष्य स्पष्ट भयो । खासमा उनको सोच डाक्टर बन्ने थियो । तर आईएस्सीमा अंक राम्रो नआएपछि त्यो सोच पुरा हुन सकेन । उनले ईञ्जिनियरिङ गर्ने निधो गरे ।

त्यतिबेला नेपालमा पुल्चोक ईञ्जिनियरिङ क्याम्पसमा मात्र ईञ्जिनियरिङ पढाई हुन्थ्यो । उनको एक जना साथी भारतको मद्रासमा ईञ्जिनियरिङ पढ्थ्यो । त्यही साथीलाई पछ्याउदै उनी ईञ्जिनियरिङ कलेजको खोजीमा मद्रास पुगे । त्यसपछि भने उनले त्यही पढ्ने निधो गरे ।

सन १९९१ मा उनले मद्रासको ईन्स्टिच्यूट अफ ईञ्जिनियर्स (गणेश ईन्स्टिच्यूट अफ ईञ्जिनियर्स) ईञ्जिनियरिङको पढाई शुरु गरे ।
१९९५ मा उनले पढाई पुरा गरे । र उनको नामका अगाडि थपियो, ईञ्जिनियर । ईञ्जिनियरिङको पढाई पुरा गर्न एक लाख २५ हजार शुल्क लागेको थियो । मासिक खर्च अलग थियो । जुन रकम उनका काका र दाईले व्यहोरे ।

मासिक खर्च शुरुमा एक हजार पाँच सय रुपैया लाग्थ्यो । पछि खर्च बढ्यो, दुई हजार पाँच सय लाग्न थाल्यो ।  राष्ट्रिय वाणिज्य बैंक मार्फत डिमाण्ड ड्राफ्टबाट उनलाई रकम आउथ्यो । धनगढीबाट पठाएको रकम उनले आठ दिनमा पाउथे ।  पढाई पुरा गरेपछि उनी काठमाण्डौं फर्के । त्यहाँबाट उनी जागीरको सिलसिलामा रसुवा पुगे । केही समयपछि काका डा. चेतराज पन्तले उनलाई कामका लागि कञ्चनपुर पठाए ।

जापान र अष्टे«लियन सरकारको सहयोगमा महेन्द्रनगर र टीकापुरमा अनमीको भवन निर्माण भईरहेको थियो । उनको काम त्यसको निर्माणको रेखदेख गर्नु थियो । त्यहाँ उनको मासिक पारिश्रमिक पाँच हजार रुपैया थियो । निर्माण पुरा भएपछि अढाई वर्षपछि उनी १४४ मेगावाटको कालीगण्डकी जलविद्युत आयोजनाको निर्माणमा खटिए ।

नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना थियो, त्यो । उनले सन १९९८–२००० सम्म त्यहाँ काम गरे । उनले त्यहाँ पावर हाउस निर्माण र टनेल निर्माणमा काम गरेका थिए । उनी त्यहाँबाट काठमाण्डौं फर्किए । बाहिर जाने सोचमा थिए । तर त्यही बेला उनले ईञ्जिनियर देवेन्द्र श्रेष्ठको डिएस कन्सलटेन्सीमा काम थाले । उनी त्यहाँ बिभिन्न ठूला कम्पनीको प्राबिधिक पक्षको मूल्यांकनकर्ताका रुपमा काम गर्थे ।

अर्थ मन्त्रालय, हेटौडा सिमेण्ट, चिया विकास कम्पनीको पनि उनले काम गरे । उनी द्धन्दकालममा चिया विकास कम्पनीको कामले झापाको चिलिमकोटमा रहेको सोक्तिम चिया कम्पनीमा गएका थिए । कम्पनीका महाप्रबन्धकले कन्सलट्यान्टलाई जोखिम नभएको भनेर त्यहाँ लगेका थिए । तर माओवादीले उनलाई अर्थमन्त्रालयको मान्छे ठानेर झण्डै मारेको थियो । उनी त्यसको जानकारी पाएर खाना खादा खादै त्यहाँबाट भागेर बाँच्न सफल भए । उनी यो घट्ना कहिल्यै बिर्सिदैनन ।

माओवादीले ध्वस्त गरेका संरचनाहरुको क्षतिको सर्भेका लागि उनी त्यहाँ पुगेका थिए । र त्यही क्रममा उनी कञ्चनपुरको दोधरा चाँदनीसम्म पुगेका थिए । डिएस कम्पनीका सञ्चालक देवेन्द्र श्रेष्ठ सिमिजु कम्पनीमा आवद्ध थिए । उनले त्रिभुवन बिमानस्थलमा सिमिजु कम्पनीका तर्फबाट काम गरेका थिए । तिनै श्रेष्ठ मार्फत उनी काठमाण्डौबाट ईन्डोनेशियाको पडाङ बिमानस्थलको निर्माणमा जुनियर लेवलमा काम गर्न गए ।

त्यहाँ उनले जनवरी २००४ देखि २००५ देखि जुलाई २००५ सम्म काम गरे । त्यसपछि उनले ब्रिटिस पेट्रोलियम(बीपी) को परियोजना काम गरे ।  ईन्डोनेशियाकै पपुवाको ताङगु एलएनजी परियोजनामा चार वर्ष कन्ट्रयाक्ट म्यानेजरको पदमा काम गरे । उनी एक अर्को परियोजना पुरा भएपछि अर्को काम पाईहाल्थे । एलएनजीको जिम्मेवारी पुरा गरेपछि उनी पुगे, जकार्ता । जहाँ, उनले सडक, पुलका ठूला परियोजनामा काम गर्ने अवसर पाए । जकार्तापछि उनी सुलावेशीमा डिएसएलएनजी परियोजनामा काम शुरु गरे । जहाँ उनले २१ महिना काम गरे ।

त्यसपछि भने उनले सिमिजु कम्पनीबाट स्थायी नियुक्ति पाए । अस्थायी हुदा उनले परियोजनाका आधारमा एक वर्षका लागि नियुक्ति पाउथे । र त्यो हरेक वर्ष थपिदै जान्थ्यो । सिमिजु कम्पनीले जकार्तामा भूमिगत मेट्रोको ठेक्का पाएपछि उनी मास रपिड ट्रान्जिट(एमआरटी) मा जिम्मेवारी पाए । उनको पद थियो, कन्ट्रयाक्ट म्यानेजर । उनले त्यहाँ प्रशासनिक काम हेर्थे । २०० मिलियन अमेरिकन डलरको यो परियोजनामा ७०० सव कन्ट्रयाक्टर थिए ।


८ वटा परियोजना मार्फत भएको यो परियोजनाको कुल लागत एक दशमलव ६७ बिलियन डलर (२ खर्ब नेपाली रुपैया) थियो ।
नेपालमा मेट्रो रेलको चर्चा शुरु भएसंगै जाकार्तामा निर्माण थालिएको मेट्रोको काम सम्पन्न भएर सञ्चालनमा आईसकेको छ । २०१३ अगष्टमा शुरु भएको यो परियोजना निर्धारित समयभन्दा करीव ६ महिनापछि मार्च २०१९ मा सम्पन्न भयो । जसको उद्घाटन मार्च २४ तारेखमा राष्ट्रपति जोको वीडोडोले गरेका थिए । उनले यहाँको सम्पूर्ण काम सके २६ मार्चमा । २८ मार्चदेखि सिमिजुले उनलाई नयाँ जिम्मेवारी सहित नयाँ ठाउमा खटायो । संसारका १८ वटा देशमा शाखा कार्यालय रहेको सिमिजु २१६ वर्ष लामो ईतिहास भएको विश्वकै प्रतिष्ठित निर्माण कम्पनी हो । त्यही कम्पनीका उनी स्थायी कर्मचारी हुन् ।

सिमिजुले उत्तरी सुमात्रा द्धिपमा २०१९ शुरु गरेको १७२ वाटको जलविद्युत आयोजनाको उनी कन्ट्रयाक्ट म्यानेजर थिए । कोभिडका कारण निर्माण सम्पन्न हुन केही महिना बिलम्ब भएपनि पाँच वर्षमै आयोजनाको निर्माण सकाए । र, २०२४ मे महिनामा आयोजना हस्तान्तरण गरे ।

राजधानी जकार्तामा निर्मित भूमिगत मेट्रोमा उनी नेतृत्वदायी भूमिकामा थिए । भूमिगत मेट्रोपछि उनले जलविद्युत आयोजनाको नेतृत्वदायी भूमिका पाए । र, त्यो भूमिका पनि कुशलतापूर्वक निर्बाह गरे । त्यसपछि कम्पनीले उनलाई दुई वटा आयोजनाको नेतृत्व गर्ने अवसर दियो । यहीबीचमा बिराटनरमा जाईकाको सहयोगमा खानेपानी सुधार आयोजना शुरु ग¥यो । कम्पनीले नेतृत्वदायी भूमिकामा नेपालीको खाँचो देख्यो । र, उनलाई डेढ वर्षका लागि ईण्डोनेशियाबाट बिराटनगर पठायो । जहाँ उनी सेप्टेम्बरदेखि डेपुटी प्रोजेक्ट म्यानेजरका पदमा कार्यरत छन् ।

उनी नेपालमा जन्मिए । उच्चाकोट, धनगढी र काठमाण्डौंमा पढे । ईञ्जिनियरिङको पढाई भारतको मद्रासबाट पुरा गरे । उनको कर्मथलो भने ईन्डोनेशिया बन्न पुग्यो । २०५५ सालमा पुनम पन्तसंग मागी बिबाह गरेका पन्तका दुई छोरी छन् । कान्छी छोरी ८ जेठी छोरी अष्टे«लियामा फुड टेक्नोलोजीमा मास्टर्स गरिरहेकी छन् । कान्छी छोरी ईटलीमा मेडिसिनको पढाई गरिरहेकी छन् ।

उनी जहाँ जहाँ खटिन्छन । उनको परिवारको पनि त्यही बसाई सराई हुन्छ । जलविद्युत आयोजना र भूमिगत मेट्रो रेल निर्माणमा दख्खल राख्ने ईञ्जिनियर पन्त आफ्नो अनुभव र दक्षतालाई नेपालको विकासमा प्रयोग गर्न चाहन्छन ।  तर उनको क्षमता र अनुभवलाई नेपालले भने चिन्न सकेको छैन ।

काठमाण्डौंमा भूमिगत मेट्रोको संभावना 
काठमाण्डौंमा मेट्रो चलाउने गफ चलिरहदा उनलाई उदेक लाग्छ । जार्कार्तामा भूमिगत मेट्रोको निर्माण सफलतापूर्वक सम्पन्न गरेको अनुभव बोकेका पन्त काठमाण्डौंमा भूमिगत मेट्रोको निर्माण अझै सहज देख्छन् । नेपालमा पनि भूमिगत रेलमार्ग बनाउन संभव छ । एक करोड जनसंख्या रहेको जार्कातामा दुई करोडभन्दा बढि गाडी छन् । र जकार्ताको जाम विश्वमै कुख्यात मानिन्छ । मान्छे गाडीमा भन्दा पैदल यात्रा गरे गन्तव्यमा चाँडो पुग्छन् । मेट्रोको सञ्चालनले जाकार्ताको जाम व्यवस्थापनमा ठूलो सहयोग पुगेको छ ।

पहिलो चरणमा सम्पन्न जाकार्ताको मेट्रो रेलको १५ दशमलव ५ किमी लामो हिस्सामा ६ किमी भूमिगत रेलमार्ग छ । भूमिगत रेलमार्गको नक्सांकनदेखि सुरुङ निर्माणसम्म खटिएका उनका नजरमा भूमिगत रेलमार्गको निर्माण कठिन काम थियो । भूकम्पीय उच्च जोखिममा रहेको जाकार्ता पुरानो शहर हो । जमिन मुनी ढल,पाईप र तारहरु थिए । तिनलाई व्यवस्थापन गर्नु ठूलो चुनौती थियो । जसकारण निर्माणमा केही ढिलाई पनि भयो । तर उनको टीमले निर्माण कार्य भने पुरा गरी छाडे ।

उनी काठमाण्डौंमा जाकार्ताको तुलनामा भूमिगत रेलमार्ग बनाउन निकै सहज हुने ठान्छन । अझ काठमाण्डौंमा भूमिगत भन्दा जमीन माथि रेल मार्ग निर्माण गरे सस्तो र सजिलो हुने बताउछन् । भूमिगत मेट्रो निर्माणमा प्रति किलो मिटर नौ करोड अमेरिकी डलर खर्च भएको जाकार्तामा जमिनमाथि रेलमार्ग निर्माणमा प्रति किलोमिटर करीव दुई करोड डलर कम लागेको थियो ।

पहिलो चरणमा १५ दशमलव ५ किमी मेट्रोरेल निर्माण गरिएको जाकार्तामा दोस्रो चरणमा ८ किलोमिटर लामो अर्को खण्डको सन २०२४ सम्म सम्पन्न गर्ने लक्ष्य छ । दुबैको कुल लागत २.६ अर्ब अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।
स्व.प्रधानमन्त्री कोईरालाको मेट्रो रेलको सपना
तत्कालिन प्रधानमन्त्री सुशिल कोईराला जाकार्तामा कार्यक्रममा सहभागी हुन गएका थिए । त्यहाँ रहेका नेपालीहरु उनलाई भेट्न गए । भेटघाटका क्रममा प्रधानमन्त्री कोईरालाले नेपालीहरुका समस्या सोधे । उनी त्यतिबेला चकित परे । जव उनले कुराकानीकै क्रममा नेपाली ईञ्जिनियरको संलग्नतामा जाकार्तामा मेट्रो रेलको निर्माण भईरहेको जानकारी पाए ।

प्रधानमन्त्री कोईरालाले जिज्ञासा राखे–तपाईहरु सुरुङ कसरी खन्नुहुन्छ ? उनले अर्को प्रश्न गरे–सुरुङलाई कसरी सुरक्षित बनाउनुहुन्छ ? के ले सुरक्षा दिनुहन्छ ? प्रधानमन्त्री कोईरालाको प्रश्न यत्तिमै रोकिएन । उनले अर्को प्रश्न गरे–सुरुङ भित्र ह्युमपाईप कसरी राख्नुहुन्छ ? ईञ्जिनियर पन्तले प्रधानमन्त्रीका सबै प्रश्नको जवाफ चित्त बुझ्ने गरी दिए ।


रेल स्टेशन अर्थात बिसौनी बनाउने ठाउँमा सयदेखि दुई सयमिटर खन्नुपर्ने हुन्छ । अन्य स्थानमा भने सुरुङ खन्ने बोरिङ मेशिनले भित्रभित्रै खन्दै जान्छ । त्यसले बस्तीहरुलाई कुनै असर गर्दैन । जहाँ बिसौनी बनाउने हो, त्यहीबाट सुरुङखन्ने मेशिन छिराईन्छ । र त्यसले भित्रभित्रै सुरुङ खन्दै जान्छ । किराले भित्रभित्रै काठ खाए जस्तै गरी ।

नदी भित्र पनि सुरुङ छ ।  पन्तले भने्, यो सबै काम मेशिनले गर्ने हो । पन्तको कुरा सुनेपछि प्रधानमन्त्री कोईराला निकै खुशी भए । उनले नेपालमा पनि मेट्रोरेल बनाउने र त्यसका लागि पन्तलाई नेपाल आउन आग्रह गरे । संबिधान बनेपनि निर्माण भएपछि विकासले गति लिने बताएका प्रधानमन्त्री कोईरालाले मुलुकलाई संबिधान त दिए । तर त्यसलगत्तै कोईरालाको मृत्यु भयो । त्यसपछि न पन्तलाई कसैले सम्झे । न उनको नेपाल आउने कुनै बहाना बन्यो ।
मेट्रो रेल र जोको वीडोडो
कुनै बेला ईन्डोनेशियाको सोलो शहर अपराधको राजधानीका नामले कुख्यात थियो । त्यही शहरका मेयर भए, जोको वीडोडो ।
सबैभन्दा ठूलो ईच्छाशक्ति हो । उनको ईच्छाशक्ति र कामले सोलो शहरको परिचय फेरियो । त्यही अपराधको राजधानीलाई उनले सांस्कृतिक शहरमा रुपान्तरण गरिदिए । सन २००८–०९ मै यो शहरको परिचय फेरियो । मेगावती सुकार्नो पुत्री(पीडीआई) ले जो कोलाई जाकार्ताको गभर्नरमा उठाईन । उनले चुनाव जिते ।

चुनाव जितेपछि उनले मेट्रो रेल निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरे । २०१२ मा मेट्रो रेल निर्माण गर्ने सम्झौता भयो । मेट्रो रेलको टनेल शुरु गर्दा जो को वीडोडो ईन्डोनेशियाको राष्ट्रपति भईसकेका थिए ।

उनले मेट्रो रेलको भाडा बढि तोकिएको भन्दै ६ महिना निर्माण कार्य रोकिदिए । त्यतिबेला मेट्रो रेलको भाडा ३५००० रुपैया( तीन सय नेपाली रुपैया) निर्धारण गरिएको थियो । पछि भाडा कम गर्ने निर्णय गरियो । र ८००० मा झारियो । त्यसपछि मात्र उनले निर्माण कार्य सुचारु गर्न लगाए । सर्बसाधारणको सुबिधाका लागि बनाउन लागिएको मेट्रो रेलमा त्यो वर्ग चढ्नै नसक्ने गरी भाडा तोक्नु गलत हुने उनको बुझाई थियो ।

रेल निर्माणको मोडेल
ईण्डोनिशयाको एउटा प्रदेश हो, राजधानी जकार्ता । यो प्रदेश अन्तर्गत पाँच वटा नगर छन् । र पाँच वटा मेयर । मेट्रो रेल निर्माण जकार्ता प्रदेशको आफ्नो परियोजना हो । यो परियाजनामा जाकार्ता प्रदेशको ९९ प्रतिशत र १ प्रतिशत पसाका कम्पनीको लगानी छ । बिगतमा १५ किलोमिटर दूरी पार गर्न कम्तिमा दुई घण्टा लाग्ने जाकार्तामा मेट्रो रेल निर्माणले त्यही दूरी २० मिनेटमा तय हुन्छ । महाकवि देवकोटाले भनिदिए, उद्देश्य के लिनु उडी छुनु चन्द्र एक । यो त नसिकने कुरा हो भनेर पहिले हरेक खानेहरुका लागि सानो काम पनि ठूलो लाग्न सक्छ । असंभव लाग्न सक्छ ।

चन्द्रमा त प्रतिकको पो हो । निरन्तर संघर्षले त मान्छे त्योभन्दा पनि उचाई हासिल गर्छ । चन्द्रमा कति टाढा छ, त्यसले कुनै अर्थ राख्दैन, जव मान्छेको सोच ठूलो हुन्छ । पन्त भने चन्द्र छुने उद्देश्य लिएर निरन्तर कर्म गरिरहेका छन् । गीतामा कृष्णले भनेका छन्, कर्म गर । फलको आशा नगर । यसको अर्थ फलको आशा नगरी कर्म गर भन्न खोजेको होईन, पन्त भन्छन्, कर्म गरेपछि एकदिन त्यसको फल प्राप्त हुन्छ । हुन्छ ।

राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाकोअन्त्येष्टि

काठमाडौँ, ३ मङ्सिर ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

ढुङ्गानाको पार्थिव शरीरमा उनका छोराहरूले दागबत्ती दिए । अन्त्येष्टिका क्रममा नेपाली सेनाको एक टुकडीले दिवङ्गत ढुङ्गानाको सम्मानमा शोक सलामी अर्पण गरेको थियो ।

पूर्व सभामुख ढुङ्गानाको सम्मानमा १७ तोपको सलामीसमेत दिइएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत ढुङ्गानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री गण, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सांसद तथा विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति तथा सर्वसाधारण आर्यघाट पुगेका थिए ।

अस्पतालमा निधन हुनासाथ ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएकोमा आजै बिहान ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइ उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । प्रधानमन्त्री, सभामुख, नेपाली कांग्रेसका सभापतिसहित विभिन्न राजनीतिक दलका नेता सानो गौचरन पुगेर उहाँप्रति श्रद्धाञ्जली प्रकट गरे ।
सरकारले उनको योगदानको सम्मान गर्दै सोमबार सार्वजनिक बिदा दिएको थियो ।

नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरेका ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्त्वपूर्ण भूमिका निर्वाह गरे । राजनीतिक क्षेत्रमा देखिएको विकृति र विसङ्गतिबारे स्पष्ट र खरोरूपमा प्रतिक्रिया दिँदै आएका उनी संविधान तथा कानुनका ज्ञाता थिए ।

वि.सं.२०४८ मा काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि उनी प्रतिनिधिसभाको सभामुख बनेका थिए । नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उनको ठुलो योगदान छ ।

वि.सं. २०४७ को संविधान निर्माणका लागि गठित आयोगको सदस्यसमेत रहेका ढुङ्गाना मुलुकमा अहिले देखिएको राजनीतिक अस्थिरताको अन्त्य गर्दै सङ्घीयतालाई सबल बनाउन वर्तमान संविधान संशोधनका लागि कानुनका ज्ञाता र राजनीतिक व्यक्तित्वसँग छलफल चलाउँदै आएका थिए ।

 

 

 

खोज्नुहोस