अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प बिजयी

द एभरेष्ट पोष्ट
२१ कार्तिक २०८१ ११:३९
अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प बिजयी

न्यूयोर्क, ६ नोभेम्बर ।

अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प बिजयी भएका छन् । यो जीतसंगै ट्रम्प अमेरिकाको ४७ औ राष्ट्रपति भएका छन् । उनी दोश्रो पटक अमेरिकाको राष्ट्रपति पदमा निर्बाचित भएका हुन् ।

रिपब्लिक पार्टीका तर्फबाट उम्मेदवार बनेका पूर्व राष्ट्रपति ट्रम्पले डेमोक्रयाटिक दलकी उम्मेदवार बर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेका हुन् ।

उनी निर्बाचित हुन २७० भोट आवश्यक पथ्र्यो । उनी २७७ ईलेक्ट्रोरल भोट प्राप्त गरी बिजयी भएका हुन् । उनकी प्रतिद्वन्दी ह्यारिसले २२४ ईलेक्ट्रोरल भोट प्राप्त गरिन ।

पहिलो पटक २०१६ मा राष्ट्रपति पदमा निर्बाचित ट्रम्प दोस्रो पटक २०२० को निर्बाचनमा भने जो बाईडेनसंग पराजित भएका  थिए । यस पटकको निर्बाचनमा उनी पुनः बिजयी भएका छन् । यद्दपि औपचारिक रुपमा बिजयी घोषणा हुन भने बाँकी छ ।

One thought on “अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प बिजयी

  1. अनि डोनाल्ड ट्रम्प ले जित्यो भने इडिबी र त्याहाका नेपाली लाई समस्या पर्ने जस्तो छ क्या हो खास के हो त्यो कुरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस