मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि

द एभरेष्ट पोष्ट
१६ मंसिर २०८२ १७:४०
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको थियो।

बिरामी रहेका रामनारायणको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचार भइरहेको थियो। उनलाई आइतबार अस्पताल लगिएको थियो। ७७ वर्षीय उनको उपचारका क्रममा सोमबार मध्याह्न निधन भएको थियो।

रामनारायणलाई पिसाब सम्बन्धी संक्रमण देखा परेको थियो भने संक्रमण शरीरमा फैलिएको थियो। साथै मस्तिष्कमा पनि असर देखिएको थियो।

रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनी आयुर्वेद डाक्टर थिए।

अन्त्येष्टिमा भौतिक पूर्वाधार, ऊर्जा तथा सहरी विकास कुलमान घिसिङ पनि पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस