‘कमन जेनजी नेपाल’ समूहले सातै प्रदेशमा तोक्यो इन्चार्ज र संयोजक
काठमाडौं । ‘कमन जेनजी नेपाल’ समूहले सातै प्रदेशमा इन्चार्ज र संयोजकको जिम्मेवारी तोकेको छ ।
यो समूहको राष्ट्रिय भेलाले यस्तो निर्णय लिएको हो । कमन जेनजीका राष्ट्रिय अध्यक्ष विकेश साहले विज्ञप्ति जारी निकालेर राष्ट्रिय भेलाका निर्णयहरू सार्वजनिक गरेका छन् ।
जसअनुसार उपत्यका विशेष प्रदेशको इन्चार्जमा साहिल साह र संयोजकमा समृद्धि रेग्मी, कोशी प्रदेशको इन्चार्जमा सुशिल पासवान र संयोजकमा नविन साह, मधेश प्रदेशको इन्चार्जमा रविन्द्र यादव र संयोजकमा प्रदिप साह, बागमती प्रदेशको इन्चार्जमा विकास झा र संयोजकमा प्रसुन्ना आचार्य रहेका छन् ।
यसैगरी, गण्डकी प्रदेशको इन्चार्जमा मुस्कान घले र संयोजकमा रितिका परियार, लुम्बिनी प्रदेशको इन्चार्जमा विकेश यादव र संयोजकमा पवन साह, कर्णाली प्रदेशको इन्चार्जमा प्रिन्स साह र संयोजकमा सोनिया पटेल र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा दिपेन्द्र सिंह कुँवर र संयोजकमा राजन साहलाई जिम्मेवारी तोकिएको छ ।
