चुनावअघि नै कांग्रेस महाधिवेशन गर्न माग
काठमाडौं । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति कतारले २१ फागुन अघि नै महाधिवेशन गर्न माग गरेको छ ।
समितिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई २१ कात्तिकमा बसेको कार्यसमिति बैठकको निर्णयबारे जानकारी गराउँदै चुनाव अघि महाधिवेशन गर्न माग गरेको हो ।
नेपाली जनसम्पर्क समिति सभापति मोहम्मद अजित र महामन्त्री केदार भुसालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘१५ औं महाधिवेशनलाई वर्तमान सरकारले घोषणा गरेको निर्वाचनभन्दा अगाडि नै नियमित अथवा विशेष महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्वसहित जनतामा जान जोडदार माग गर्दछौँ ।’
