नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा नेपाल निर्वाचित
काठमाडौँ । विभिन्न दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाल निर्वाचित भएका छन् ।
बुधबार एकता घोषणापछि भएको सम्मेलनमा प्रचण्ड संयोजक र सहसंयोजकमा नेपाललाई चयन गर्न नेता महेन्दराय यादवले प्रस्ताव गरेका थिए । यादवको प्रस्तावलाई हलले ताली बजाएर समर्थन गरेको थियो ।
