सातै प्रदेशका मुख्यमन्त्री बालुवाटार पुगे

द एभरेष्ट पोष्ट
१७ कार्तिक २०८२ १७:०३
सातै प्रदेशका मुख्यमन्त्री बालुवाटार पुगे

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने छिन् । बालुवाटारमा बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्री बालुवाटार पुगेका छन् । बैठक केहीबेरमा सुरु हुने बताइएको छ ।

बैठकमा कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीहरू क्रमशः हिक्मतबहादुर कार्की, जितेन्द्रप्रसाद सोनार, इन्द्रबहादुर बानियाँ, सुरेन्द्रराज पाण्डे, चेतनारायण आचार्य, यामलाल कँडेल र कमलबहादुर शाहको उपस्थिति रहनेछ ।

प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउन बैठक आह्वान गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस