बालेन र सुदनविरुद्ध कैलालीमा पनि उजुरी
धनगढी : एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र (बालेन) शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएको छ ।
जेन-जी आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेकोले शाह र गुरुङविरुद्ध किटानी जाहेरी दिएको अनेरास्ववियुका कैलाली अध्यक्ष कुवेर खड्काले बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता राजकुमार सिंहले जाहेरी बुझेको तर दर्ता भने हुन बाँकी रहेको बताए । ‘केन्द्रको निर्देशनअनुसार गर्छौं,’ उनले भने ।
ट्रेन्डिङ
ताजा समाचार
सम्बन्धित
फिलिपिन्समा कलमेगी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो, २६ अझै बेपत्ता
२० कार्तिक २०८२ १७:०९
