सगरमाथा पदमार्गमा पहिरो, सुरक्षित रहन पदयात्रीलाई आग्रह

द एभरेष्ट पोष्ट
१९ असोज २०८२ १४:३६
सगरमाथा पदमार्गमा पहिरो, सुरक्षित रहन पदयात्रीलाई आग्रह

काठमाडौं । सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त भएको छ। नेपाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन (टान) ले उक्त खण्डमा यात्रा गर्ने पदयात्रीहरूलाई सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

टानले पदयात्रीहरूलाई मुख्य पदमार्ग अवरुद्ध भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । मूल बाटोभन्दा २/३०० मिटर माथि रहेको खच्चर हिंड्ने वैकल्पिक बाटोबाट हिंड्न सकिने टानले जनाएको छ ।

संघले सबै ट्रेकिङ एजेन्सीहरू, गाइड र पदयात्रीहरूलाई सुरक्षा प्राथमिकता दिँदै आवश्यक तयारीसहित यात्रा गर्न अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस