पत्रकारले सम्पत्तिबारे प्रश्न सोधेपछि भड्किए ट्रम्प

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक अस्ट्रेलियाली पत्रकारसँग भड्किएका छन् । पत्रकारले ट्रम्पलाई व्यापार सम्झौताको बारेमा प्रश्न गरेका थिए । यसको उत्तरमा ट्रम्पले पत्रकारलाई उनले अस्ट्रेलियालाई चोट पुर्याइरहेको भनेका थिए ।
अस्ट्रेलियाली प्रसारण निगम (एबीसी)का जोन लियोन्सले ट्रम्पलाई जनवरीमा दोस्रो कार्यकाल सुरु भएयता कति सम्पत्ति कमाउनुभयो भनेर सोधेका थिए ।
ट्रम्पले जवाफ दिए, ‘मलाई थाहा छैन ।’ आफ्ना छोराछोरीले पारिवारिक व्यवसाय व्यवस्थापन गरिरहेको पनि ट्रम्पले बताए । ‘मेरो विचारमा, तपाईँ अहिले अस्ट्रेलियालाई धेरै चोट पुर्याइरहनुभएको छ, र तिनीहरू मसँग राम्रो सम्बन्ध चाहन्छन् ।’ उनले भने ।
आफूले चाँडै अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग भेट्ने पनि ट्रम्पले बताए । ‘म उनलाई तपाईंको बारेमा भन्नेछु । तपाईँले धेरै खराब वातावरण सिर्जना गरिदिनु भएको छ’ ट्रम्पले भने ।
लियोन्सले अर्को प्रश्न सोध्न खोज्दा ट्रम्पले आफ्नो औँला आफ्नो ओठमा राख्दै ‘चुप लाग्नुहोस्’ भनेर अर्को पत्रकारतिर लागे । विनम्रतापूर्वक सही प्रश्न सोध्दा दुई देशबिचको सम्बन्ध बिग्रन सक्छ भनेर सोच्नु बेतुक भएको ट्रम्पको कडा प्रतिक्रियापछि लियोन्सले भनेका थिए ।
आफ्ना प्रश्नहरू वैध र अनुसन्धानमा आधारित भएको अनि अपमानजनक तरिकाले सोधिएका थिएन भन्ने उनको तर्क थियो ।